काठमाडौं । इरानले इराकमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण थालेको छ । आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीलाई अमेरिकाले इराकमै मारेको थियो । त्यसको कडा बदला लिने चेतावनी दिएको अमेरिकाले इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा ब्यालेस्टिक मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले पुष्टीसहित उल्लेख गरेका छन् । इरानले करीव १ दर्जन यस्तो मिसाइल अमेरिकी हवाई अड्डामा प्रहार… Continue reading इरानले अमेरिकी सैन्य अखडामा आक्रमण थाल्यो
Category: अमेरिका
फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा १० वर्षे नेपाली बालकको निधन
न्यूयोर्क/अमेरिका अमेरिकाको न्यूयोर्कमा सडक दुर्घटनामा परि १० वर्षे बालक श्रृजल पन्थीको निधन भएको छ । मंगलबार बिहान ७ बजे न्युयोर्कको क्विन्सस्थित कोरोनामा बच्चालाई स्कूल पुर्याउन जाँदै गर्दा फोहोर बोक्ने ट्रकले छोरा र आमा मीना पन्थी दुबैलाई ठक्कर दिएको हो । कोरोनाको ५७ एभिन्यु र ९७ स्ट्रिटमा जेब्रा क्रसिङबाट बाटो कट्दै गर्दा ट्रकले ठक्कर दिएको जनाइएको… Continue reading फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा १० वर्षे नेपाली बालकको निधन
विदेशी फौज फिर्ता पठाउने प्रस्ताव इराकी संसदद्वारा पास
बगदाद । इराकी संसदले त्यहाँ रहेका सबै विदेशी सैन्य फौजलाई देश छाड्ने गरी प्रस्ताव पारित गरेको छ। इराकमा इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई शुक्रबार अमेरिकाले मारेसँगै इराकी संसदले यस्तो प्रस्ताव पारित गरेको हो । इरान र अमेरिकाको द्धन्द्धको शिकार इराक बन्न थालेपछि इराकले यस्तो प्रस्ताव पास गरेको हो । राजधानी बगदादमा सुलेमानीलाई ड्रोन आक्रमण… Continue reading विदेशी फौज फिर्ता पठाउने प्रस्ताव इराकी संसदद्वारा पास
केन्यामा समेत अमेरिकी सैन्य क्याम्पमा विद्रोहीको आक्रमण
काठमाडौं । अफ्रिकी मुलुक केन्यामा अमेरिकी सैन्य क्याम्पमा विद्रोहीले हमला गरेका छन् । सेनाले प्रयोग गर्दै आएको सैन्य बेसमा छिमेकी मुलुक सोमालियामा सक्रिय विद्रोहीले आक्रमण गरेको अन्तराष्टिैय संचारमाध्यमले उल्लेख गरेका छन् । सोमलियाको मुस्लिम अतिवादी समूह अल सबाबका लडाकुले आइतबार बिहान केन्या र अमेरिकी सेनाले प्रयोग गर्दै आएको लामु काउन्टीस्थित मान्डा हवाइ बेसमा आक्रमण गरेका… Continue reading केन्यामा समेत अमेरिकी सैन्य क्याम्पमा विद्रोहीको आक्रमण
इराकमा अमेरिकी दूतावासलाई लक्षित गर्दै रकेट आक्रमण
बगदाद । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास तथा सेनाको इलाका नजिकै रकेट आक्रमण भएको छ । अमेरिकी अधिकारीहरुले यसको पुष्टी गरेका छन् । अमेरिकी दूतावास नजिकैको ग्रीन जोन, बगदाद नजिकैको जदरिया र अमेरिकी सुरक्षाबल भएका बलाद एयरबेसमा रकेट आक्रमण भएको बताइएको छ । अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई ड्रोन आक्रामण गरी बगदादमा मारेपछि फेरी… Continue reading इराकमा अमेरिकी दूतावासलाई लक्षित गर्दै रकेट आक्रमण
बगदादमा फेरी आक्रमण, ६ मारिए
काठमाडौं । इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको भोलीपल्ट इराकको बगदादमा दोस्रो हवाई हमला भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आक्रमणमा कम्तिमा ६ जना मारिएका छन् । इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै सैन्य क्याम्प ताजी नजिकै आक्रमण भएको बताइएको छ । आक्रमणका कारण ६ वटा शव जलेको अवस्थामा फेला परेको थिए… Continue reading बगदादमा फेरी आक्रमण, ६ मारिए
के युद्धको तयारीमा छन् अमेरिका-इरान ?
काठमाडौं । शुक्रबार बिहान इराकको राजधानी बग्दादमा अमेरिकाले ड्रोन आक्रमणमार्फत इरानका शक्तिशाली व्यक्ति मध्ये एक मेजर जनरल कसिम सुलेमानीलाई मारेको छ । उनी एलिट कर्दस फोर्स प्रमुख हुन् । इरानको रेभुलसनरी गार्डअन्तर्गत रहने यस सैन्य संगठनको बिस्तार र कार्यक्षेत्र नै इरानीको सीमा भन्दा बाहिर रहेको छ । यस फोर्सको प्रमुख भने इरानका सर्वोच्च नेता आयोतोल्लाह… Continue reading के युद्धको तयारीमा छन् अमेरिका-इरान ?
अमेरिकीका लागि ओबामा र ट्रम्प सर्वाधिक प्रेरक पुरुष, प्रेरक महिलामा मिचेल
न्यूयाेर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको नजरमा प्रेरक व्यक्तिको सूचीमा पूर्व राष्ट्रपति बाराक ओबामालाई भेट्टाएका छन् । ट्रम्प यसपाली पहिलो पटक ओबामासँगै अमेरिकीको नजरको ‘मोष्ट एड्मायर्ड’ व्यक्तिको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् । ओबामा १२ बर्ष देखि यो सूचीको अग्रस्थानमा छन् । यति लामो समय लोकप्रिय व्यक्तिको रुपमा अग्रस्थानमा नम्बरमा रहने उनी पहिलो व्यक्ति हुन्… Continue reading अमेरिकीका लागि ओबामा र ट्रम्प सर्वाधिक प्रेरक पुरुष, प्रेरक महिलामा मिचेल
मुक्तकमा ‘लिम्पियाधुरा’
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका एउटा प्रतिध्वनि लिम्पियाधुराको भीर पहराबाट… लुटतन्त्रको आगोमा शिशु लोकतन्त्र पोलिदिएकै छु (२) सीमा छ बिक्री किस्ताबन्दीमा, मेची महाकाली खोलिदिएकै छु । किन बहुलाउँछन् निरिह नेपाली फलाक्दै ‘कालापानी’ ? (२) ‘एक इन्च जमिन छोडिदैन’ हावा कुरो बोलिदिएकै छु ।। सीमा मिचिएको विषयमा अत्यन्तै चिन्ता ब्यक्त गर्दै साहित्यकार मधु माधुर्यले बाचन गरेको मुक्तक हो… Continue reading मुक्तकमा ‘लिम्पियाधुरा’
रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका रिजउडमा बन्ने भनिएको दुर्गा मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको भवनको नक्सा पास भई निर्माण कार्य प्रक्रिया अघि बढेको छ । रिजउड नेप्लिज सोसाइटिले आइतबार ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी महापूराणमा दान कबुल गर्ने दाताहरुलाई जतिसक्दो चाँडो रकम दिन आग्रह गरेको छ । न्यूयोर्कमा नेपालीहरुको सामुदायिक भवन र दुर्गा मन्दिर स्थापना गर्ने उदेश्यले… Continue reading रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास
एमसीसी पारित हुने परराष्ट्र मन्त्रीको दाबी
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित हुने दावि गरेका छन् । एमसीसीका विषयमा सरकार स्पष्ट रहेको भन्दै उनले कुनै सन्देह यो पास हुने उल्लेख गरे । परराष्ट्र मन्त्रालयले सोमबार आयोजना गरेको सन् २०१८ १९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् ।… Continue reading एमसीसी पारित हुने परराष्ट्र मन्त्रीको दाबी
इराक र सिरियामा अमेरिकी कारवाही तिब्र
काठमाडौं । इराक र सिरियामा अमेरिकी सेनाले पुनः कारवाही तिब्र बनाएको छ । आफ्नो मुलुकका एक ठेकेदार मारिएपछि आक्रोसित बनेको अमेरिकी सेनाले इराक र सिरियाका लडाकु शिविरमा आक्रमण थालेको हो । कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर सेनाले आक्रमण थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन । अमेरिकाको नजरमा हिज्बुल्लाह एक… Continue reading इराक र सिरियामा अमेरिकी कारवाही तिब्र
न्युयोर्कस्थित एक धार्मिक पर्वमा ५ जुईस माथि खुँडा प्रहार
न्युयोर्क न्युयोर्क राज्यस्थित एक शहरमा हनुक्का पर्व मनाईरहेका जुईसहरु माथि सांघातिक आक्रमण हुँदा ५ जना घाईते भएका छन् ।अन्य राज्यहरुका तुलनामा धेरै भाषा, बर्ण जाती र धर्मलाई प्रतिनिधित्व गर्ने न्युयोर्क राज्यस्थित रकल्यान्ड काउन्टीको एक घरमा हनुक्का पर्व मनाई रहेको समयमा शनिबार राती एक अज्ञात ब्यक्ती प्रबेस गरी खुँडा प्रहार गरेको हो । घटनामा दुई जनाको… Continue reading न्युयोर्कस्थित एक धार्मिक पर्वमा ५ जुईस माथि खुँडा प्रहार
नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने
न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ । नेजा कार्यसमितिको गत डिसेम्बर ८ मा बसेको कन्फ्रेन्स कल बैठकले आगामी अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति सदस्य र नेजाका सल्लाहकारहरु सहितको बैठकले आगामी अधिवेशनस्थल न्यूयोर्क… Continue reading नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने
छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट
प्रभात भट्टराई/अमेरिका अमेरिका लगायत क्रिश्चियन बहुल पश्चिमा मुलुकहरुमा चाडको माहोल छ । क्रिसमस मनाउन राज्य चलाउने नेता, विजनेश दुनियाँका बादशाह अर्बपति देखि आम नागरिकसम्म ‘छुट्टि’को मुडमा छन् । गाउँ शहर सबैतिरका घर झिलिमिली सजाइएको छ । ठाउँ ठाउँमा क्रिसमस ट्रि ठड्याइएका छन् । कुनै चोकमा शान्ताक्लर्कहरु उभिएर चकलेट बाँड्दैछन् । हरेक स्टोरमा कामगर्नेहरु क्रिसमसको प्रतिनिधी… Continue reading छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट
अमेरिकामै हिंसा भोग्दै महिला
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका अमेरिकामा बसोबास गर्दै आएका नेपाली तथा दक्षिण एसियाली महिलाले बिभिन्न किसिमका हिंसा खेपिरहेको यथार्थ बाहिर आएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) न्यूयोर्क च्याप्टरले गत शनिबार आयोजना गरेको महिला सम्मेलनमा महिला र मानव अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीले अमेरिकामा रहेर पनि नेपाली महिलाहरु हिंसाको शिकार हुनुपरेको बताएका हुन् ।… Continue reading अमेरिकामै हिंसा भोग्दै महिला
अमेरिकाको सिकागोमा अाईतबार बिहान फेरी मास सुटिङ् ,१३ घाईते
सिकागो अमेरिकाको सिकागो स्थित दक्षिणि शहर एङलउडमा अाईतबार बिहान गोली चल्दा १३ जना घाईते भएका छँन् ।स्थानिय प्रहरीले घटना ब्यक्तिगत निवासमा आयोजित एक भोजमा घटेको जनाएको छ ।घटना रातको १२:३० बजे घटेको प्रहरी श्रोतले बताएको छ ।अन्दाजी ६ ,७ राउन्ड गोलीको आवाज सुनिएको र केही समय पछी मानिसहरु भागाभाग गरेको देखेको एक छिमेकीले स्थानिय संचार माध्यमहरुलाई… Continue reading अमेरिकाको सिकागोमा अाईतबार बिहान फेरी मास सुटिङ् ,१३ घाईते
एससीसीबारे आज आउला नेकपाको निर्णय ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक राजधानीमा जारी रहेको छ । पछिल्लो एक सातायता जारी वैठकमा सबैभन्दा हटकेक अमेरिकी सहयोगको आयोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) रहेको छ । नेकपा भित्र यस सहयोगका सम्बन्धमा मत बाझिएको छ । कांग्रेस सरकारले अगाडी बढाएको यो परियोजना इण्डो प्यासेफिक स्वार्थसँग जोडिएका कारण सहयोग स्वीकार गर्न… Continue reading एससीसीबारे आज आउला नेकपाको निर्णय ?
राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद
काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सँगको सम्झौतालाई सदनबाट पारित गर्ने विषयलाई लिएर यतिबेला नेपालमा विवाद जारी रहेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताहरुले यस सम्झौताको चर्को विरोध गरिरहेका छन् । खासगरी एसीसीमा अमेरिकाले यस सम्झौताका शर्तलाई अन्य कुनै कानूनले समेत नछुने गरी शक्तिशाली बनाउन खोजेपछि यसमा विवाद छ ।… Continue reading राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद
दिन आएपछि यसरी पनि मृत्यु
मान्छे संसार जित्न कोशिस गर्ने प्राणी हो । सफलता हासिल गरेर शिखर चुम्ने प्राणी पनि हो – मानव । जंगली युगलाई आजको बिज्ञान र प्रबिधिको युगमा ल्याउने पनि मानिस नै हो । तर के गर्नु जे नै गरे पनि, जसो नै गरे पनि भाग- भोग सकिएको दिन यो भौतिक शरीर छाडेर जानै पर्छ । न… Continue reading दिन आएपछि यसरी पनि मृत्यु
नेपाली मुलका लिंकन एभरेष्ट सिटी कमिशनको सदस्यमा नियुक्त
कनेक्टिकेट / डिसेम्बर १८, २०१९ अमेरिकाको कनेक्टिकेट राज्यस्थित मिडलटाउन सिटीको “रेक्रियशन एण्ड सिनियर सर्भिस कमिसन” मा नेपाली मुलका एभरेष्ट लिंकन लगातार दोश्रो पटक कमिशनको सदस्यमा नियुक्त भएका छन् । मिडलटाउन सिटी कमन काउन्सिलको गत डिसेम्बर २ तारिखमा बसेको बैठकले २ बर्षको लागि लिंकनलाई नियुक्त गरेको हो । मिडलटाउन सिटीको मेयरको कार्यालय अन्तर्गत रही कार्य सम्पादन… Continue reading नेपाली मुलका लिंकन एभरेष्ट सिटी कमिशनको सदस्यमा नियुक्त
अमेरिकामा आज ऐतिहासिक दिन, संसदबाट ‘इम्पिज्ड’ भए राष्ट्रपति ट्रम्प
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्धको महाभियोग पारित भएको छ । सदनमा बुधबार साँझ भएको मतदानमा महाभियोग पारित भएको हो । हाउस डेमोक्र्याटहरुले ट्रम्प विरुद्ध दुई बुँदे महाभियोग अघि बढाएको थिए । पहिलो बुँदाको रुपमा रहेको अधिकारको दुरुपयोग (एब्युज अफ पावर)मा २३० मत परेको थियो । दुई जना डेमोक्र्याट र सबै रिपब्लिकन… Continue reading अमेरिकामा आज ऐतिहासिक दिन, संसदबाट ‘इम्पिज्ड’ भए राष्ट्रपति ट्रम्प
अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो
काठमाडौं । अवैध रुपमा अमेरिका पुगेका ५ जनालाई अमेरिकी सरकारले नेपाल फिर्ता गरेको छ । ५ नेपाली र ३ पाकिस्तानी नागरिक लिएर अमेरिकाको चार्टर्ड जहाज बुधबार काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालबाट आप्रवासीका रुपमा अमेरिका रहने गरी दलाललाई ठूलो रकम तिरेर अमेरिका पुगेका उनीहरु अमेरिकी अध्यागमनको हिरासतमा थिए । गैरकानूनी बाटो समाएर… Continue reading अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो
अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा
वासिङटन । अमेरिकाका प्रमुख आइटी कम्पनीहरु विरुद्ध बालश्रम शोषणाको आरोपमा मुद्दा दायर भएको छ । एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध बाल शोषणको आरोप लागेको हो । मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको मुद्दा दायर गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु विरुद्ध वासिङटन अदालतमा मुद्दा दायर भएको छ । इतिहासमै पहिलो पटक… Continue reading अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा
रक्तदाताको डायरी : न्यूयोर्कबाट रक्तदानको लागि क्यानाडा जाँदा
अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता, न्यूयोर्क क्यानेडियन नेपालीहरुमा अझ धेरैलाई रक्तदान गर्न हौसला होस् भन्ने हेतुले म जुन २०,२०१७ मा टोरोन्टो, क्यानाडा गएँ । त्यसदिन सदा झैं बिहान काममा जाने समयभन्दा करिब १५ मिनेट अगाडि नै घरबाट निस्किएँ । श्रीमतीलाई आज म रक्तदान गर्ने सोचमाछु, पुरै दिन ब्यस्त हुन्छु होला भनें । तर काममा नगई ल-ग्वार्डिया… Continue reading रक्तदाताको डायरी : न्यूयोर्कबाट रक्तदानको लागि क्यानाडा जाँदा
महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा
प्रभात भट्टराई/अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपति सूचीमा समावेश हुन अब ६७ भोटले मात्र टाढा छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा उनको महाभियोग विरुद्ध मतदान हुन अझै पनि बाँकी छ । संभवतः बुधबार उनलाई हाउसले महाभियोग लगाउने छ । तर, हाउसमा उनलाई महाभियोग लगाउन चाहिने मत पुगि सकेको हुँदा अब मुद्दा… Continue reading महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा
लायन्स क्लब न्यूयोर्कको बालबालिका लक्षित कार्यक्रम सम्पन्न
डिसेम्बर १४, न्यूयोर्क लायन्स क्लब ईन्टरनेशनल, क्वीन्स बुद्ध लायन्स क्लब डिस्ट्रिक्ट २० के १ ले स्कुल जाने ३ देखि १२ ग्रेड सम्मका बालबालिकालाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइट्समा शनिवार साँझ सम्पन्न कार्यक्रम शिक्षा क्षेत्रमा केन्द्रित रही बालबालिकालाई लक्षित गरी गरेको हो । सहभागीहरुले “Achieve Your Dreams & Aspirations” बिषयमा… Continue reading लायन्स क्लब न्यूयोर्कको बालबालिका लक्षित कार्यक्रम सम्पन्न
संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा
न्यूयोर्क अमेरिकी संसदको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग पारित गरेको छ । तीन दिनको म्याराथन बहस पछि शुक्रबार बिहान समितिमा मतदान भएको हो । समितिले ट्रम्प विरुद्ध दुई बुँदे (आर्टीकल अफ इम्पिचमेन्ट) महाभियोग तयार गरेको थियो । महाभियोग पक्ष र विपक्षमा पार्टी लाइन अनुसारको भोट परेको हो । समितीमा रहेका १७ जना नै… Continue reading संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा
अमेरिकाको न्यु जर्सीमा गोलीकाण्ड, अफिसरसहित ६ जना मारिए
न्यूजर्सी । अमेरिकाको न्यु जर्सीमा फेरी अन्धाधुन्द चलेको गोलीकाण्डमा ६ जना मारिएका छन् । मारिनेमा १ जना प्रहरी अधिकृतसमेत रहेको अमेरिकी संचारमाध्यमले उल्लेख गरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार ६ जनाको निधन भएको छ भने अन्य दुई जना प्रहरी घाइते छन् । दुई जना सुटर र प्रहरीबीच गोली हानाहान भएको हो । जर्सी सीटीको कोशेर… Continue reading अमेरिकाको न्यु जर्सीमा गोलीकाण्ड, अफिसरसहित ६ जना मारिए
महाभियोग निचोड तर्फ, ‘आर्टिकल अफ इम्पिचमेन्ट’ तयार हुँदै
प्रभात भट्टराई / अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध अमेरिकी संसदको तल्लो सदनमा सुरु भएको महाभियोग अनुसन्धान निचोड तर्फ पुग्न लागेको छ । हाउस डेमोक्र्याटहरुले ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका बुँदा)’ तयार गर्न लागेको जनाएका हुन् । बिभिन्न चरणको संसदीय सुनुवाइ एवं अनुसन्धान पश्चात डेमोक्र्याटहरु आर्टिकल अफ इम्पिचमेन्ट तयारीको अवस्थामा पुगेका हुन् । सोमबारको संसदको न्यायीक… Continue reading महाभियोग निचोड तर्फ, ‘आर्टिकल अफ इम्पिचमेन्ट’ तयार हुँदै