न्युयोर्क अमेरिकास्थित डिपार्टमेण्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपाल लगायत अन्य पाँच मुलुकको टि पि एस (टेम्पोरेटेड प्रोटेक्टेड स्ट्याटस ) को म्याद थप गरेको छ । सन् २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पका कारण अमेरिकामा बिना कानूनी कागजात बसोबास गर्दै आएका करिब ५ हजार नेपाली यो सुबिधा प्राप्त गरी बसोबास गर्दै आएका छन् । डिपार्टमेण्ट अफ होमल्यान्ड… Continue reading अमेरिकामा नेपालीको टि पि एस म्याद थपियो
Category: अमेरिका
राष्ट्रपति डोनाण्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने छानबिनलाई औपचारिकता दिने प्रस्ताव संसदबाट पारित
न्युयोर्क अमेरिकी संसद्को तल्लो सदनले राष्ट्रपति डोनाण्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने प्रस्ताव बहुमतद्वारा पारित गरेको छ। सदनले पास गरेको प्रस्ताबमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको छ । संसद्मा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा चाँहि होईन । डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो… Continue reading राष्ट्रपति डोनाण्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने छानबिनलाई औपचारिकता दिने प्रस्ताव संसदबाट पारित
क्यालिफोर्नियाको एक घरको पार्टीमा गोली चल्दा ३ को मृत्यु, ९ घाईते
क्यालिफोर्निया क्यालिफोर्नियाको लङ् बिचस्थित एक घरमा मंगलवार मास सुटिङ् हुँदा ३ को मृत्यु र ९ जना घाईते भएका छन् । साथीभाई ईष्टमित्र बोलाएर एक व्यक्तिगत घरमा आयोजित पार्टीमा अकस्मात मास शुटिङको हमला भएको हो । टेम्पल एभेन्यु नजिकै ७ स्ट्रिमा रहेको घरमा घटनाको जानकारीपछि १० बजेर ४४ मिनेट जाँदा प्रहरीको टोली पुगेको थियो भने घटना… Continue reading क्यालिफोर्नियाको एक घरको पार्टीमा गोली चल्दा ३ को मृत्यु, ९ घाईते
अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !
न्युयोर्क अमेरिकी राहदानी बाहक अर्थात अमेरिकी नागरिकहरुले प्रायश: विश्वका थुप्रै देशहरुको भ्रमण गर्दा सम्बन्धित देशहरुको भिसा लिइरहनु पर्दैन । राहदानी बोक्यो, हवाईजहाज चढ्यो । तर अन्य थुप्रै देशहरु पनि छन् जहाँ जानको लागि अमेरिकी राहदानी बाहकले भिसा लिनै पर्छ । यसरी अमेरिकी पासपोर्ट बाहकले भिसा लिनै पर्ने थुप्रै देशहरुको सुचीमा भिसा प्राप्त गर्ने तीन वटा… Continue reading अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !
अमेरिकी सेनाको साहसी कुकुर जस्ले आतंककारी नेता बग्दादीलाई मार्यो
विश्वमा लामो समयदेखि सर्वाधिक खोजिमा रहेका आतंककारी समुहका नेता अबु बकर अल बग्दादीको मृत्युमा अहम भूमिका खेल्ने अमेरिकी सेनाको कुकुर घाईते अवस्थामा आफ्नो ड्युटीमा फर्किएको छ । गत शनिबार चर्चित आतंकबादी नेता मारिएको भन्दै आइतबार बिहान राष्ट्रपति डोनाण्ड ट्रम्पले व्हाईट हाऊसबाट बिशेष सम्बोधन गरेका थिए । बग्दादीको मृत्युमा बिशेष भूमिका खेल्ने सेनाको तालिम प्राप्त उक्त… Continue reading अमेरिकी सेनाको साहसी कुकुर जस्ले आतंककारी नेता बग्दादीलाई मार्यो
आफ्नै वकिललाई बन्दुक देखाउँदा एक वृद्धालाई २२ बर्ष जेल
न्युयोर्क लुजियानास्थित एक वृद्धालाई आफ्नै वकिललाई मार्न खोजेको अभियोगमा जेल सजाय तोकिएको छ । न्युअर्लिन्स एड्भोकेट्का अनुसार ७८ वर्षीय प्याट्रिसिया क्युरी नामकी ती महिलालाई २२ बर्षको जेल सजाय तोकिएको हो । क्युरीले सन २०१६ मा आफ्नै वकिल केथ कोचुरलाई मार्न खोजेको कारण २२ बर्ष जेलमा बस्नु पर्ने भएको हो । न्युअर्लिन्स एड्भोकेटका अनुसार क्युरी… Continue reading आफ्नै वकिललाई बन्दुक देखाउँदा एक वृद्धालाई २२ बर्ष जेल
विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी
राष्ट्रपति डोनल्ड ट्रम्पले तथाकथित इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आईतबार बिहान बोल्दै ट्रम्पले भागेर एउटा सुरुङसम्म पुगेका अल-बग्दादीलाई अमेरिकी सेनाका कुकुरले लखेटेको बताए । इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा… Continue reading विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी
न्यूयोर्कका किराँतीहरुले मनाए वलिहाङ तङनाम
अक्टोबर, २७ न्यूयोर्क २६ अक्टोबर, शनिबार साँझ किराँत वलिहाङ तङनाम, न्यूयोर्कले न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसको सभाकक्षमा दीपावली साँझ मनाएको छ । फिप्ना अन्तर्गत रहेको यस आदिबासी संस्थाले नेपाली समुदायमाझ तिहार बिशेष साँस्कृतिक कार्यक्रम सहित तङनाम साँझ मनाएको हो । कार्यक्रमको पहिलो सत्रमा औपचारिक कार्यक्रम अन्तर्गत संस्थाका पदाधिकारीहरुले ईतिहासमा योगदान पुर्याएका ईमान सिंह चेम्जोङ, राष्ट्रिय बिभुती फाल्गुनन्द र… Continue reading न्यूयोर्कका किराँतीहरुले मनाए वलिहाङ तङनाम
साउथवेष्ट एयरलायन्सको जहाज भित्रको शौचालयको भिडियो पाईलटले ककपिटमा बसेर हेर्दा
साउथ वेष्ट एयरलायन्सकी एक महिला परिचारिका (फ्लाईट अटेन्डेण्ट) ले उडानका क्रममा ट्वाईलेटमा क्यामरा जडान गरी ककपिटमा बसेर पाईलटले लाइभ भिडियो हेरेको भन्दै सम्बन्धित एयरलाईन्स बिरुद्ध मुद्धा दायर गरेकी छिन् । सन २०१७ मा फिनिक्सबाट पिटर्सवर्गको लागि उडान भर्दै गरेको साउथवेष्टको पाईलट र को-पाईलटले जहाज भित्रको सौचालयमा लुकाएर क्यामरा जडान गरी ककपिटमा बसेर सौचालय भित्रको भिडियो… Continue reading साउथवेष्ट एयरलायन्सको जहाज भित्रको शौचालयको भिडियो पाईलटले ककपिटमा बसेर हेर्दा
अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै
शनिबार राती राष्ट्रपती डोनाल्ड ट्रम्पले एकदम ठुलो घटना घटेको जनाउदै ट्विट गरेका छँन् ।सामान्यतया दिनमा १० देखी १५ ,१६ पटक सम्म ट्विट गर्ने राष्ट्रपती ट्रम्पको उक्त ट्विटले निकै ठुलो राजनीतिक घटनाको संकेत गेरेको छ । शनिबार राती ९ बजेर २० मिनेटमा ट्विट गर्दै ट्रम्पले लेखेका छँन् ” समथिङ भेरी बिग ह्याज जस्ट ह्यापेन्ड ” । … Continue reading अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै
नेपाली र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम ‘ल्याण्ड फोर्स टल्क’ सुरू भएको छ। कार्यक्रम सैनिक मुख्यालय जंगी अड्डामा बुधबारबाट शुरु भएको हो । कार्यक्रम बिहीबारसम्म चल्ने भएको छ । संयुक्त कार्यक्रममा नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिवृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य फौज व्यवसायीकरण सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन… Continue reading नेपाली र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम
युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ
काठमाडौं । भनिन्छ, अपराधी पानी मुनी गएपनि लुक्न सक्दैन । तर, त्यसका लागि प्रहरीको इच्छाशक्ति पनि उत्तिकै आवश्यक छ । नेपाल प्रहरीले बुधबार एक यस्तो उदाहरण प्रस्तुत गर्न सफल भयो । बुधबार बिहान टर्कीस एयरलाइन्सको जहाजबाट आएका एक युवकलाई त्रिभुवन विमानस्थलमा ओर्लनासाथ पक्रियो । उनी अमेरिकाबाट आएका थिए । प्रहरीका अनुसार उनलाई अमेरिका मै प्रहरीले… Continue reading युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ
अमेरिकी जनगणनाका लागि नेपाली समुदायको ‘कम्प्लिट काउन्ट कमिटी’ गठन
कल्पना घिमिरे /न्यूयोर्क,अमेरिका अमेरिकामा हुन लागेको राष्ट्रिय जनगणना २०२० (सेन्सस २०२०)मा सबै नेपालीलाई सामेल गराउने उदेश्यले ‘कम्प्लिट काउन्ट कमिटी’ गठन गरिएको छ । शेर्पा किदुगको पहलमा गत शनिबार जनगणना सम्बन्धी नेपाली समुदायसंग गरिएको छलफल पछि उक्त कमिटि गठन गरिएको हो । किदुग र कमिटिले सेन्सस ब्यूरोको अफिसियल पार्टनको रुपमा काम गर्दै नेपाली समुदायलाई सक्रियता पूर्वक… Continue reading अमेरिकी जनगणनाका लागि नेपाली समुदायको ‘कम्प्लिट काउन्ट कमिटी’ गठन
अमेरिकाको जर्जियामा ट्रेनिङ गर्दागर्दै ३ अमेरिकी सेनाको मृत्यु
तालिम गर्दागर्दै दुर्घटना भएर आईतबार बिहानै अमेरिकाको जर्जिया राज्यस्थित एक तालिम केन्द्रमा ३ जना अमेरिकी सेनाको मृत्यु भएको छ । यसै क्रममा अन्य तीन जना सैनिकहरु घाईते भएर अस्पताल भर्ना गरिएका छन् । दुर्घटना जर्जियास्थित फोर्ट स्टिवार्ट – हन्टर आर्मी एयर फिल्डमा भएको हो । अमेरिकी सेनाले जारी गरेको बिज्ञप्तीका अनुसार पहिलो आर्मड ब्रिगेड कमब्याट… Continue reading अमेरिकाको जर्जियामा ट्रेनिङ गर्दागर्दै ३ अमेरिकी सेनाको मृत्यु
न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या
न्युयोर्कको हार्लममा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । हार्लमको लेनोक्स र फिप्थ एभेन्यू बीच १३१ स्ट्रिटस्थित ५ तल्ले घरको तल्लो तलामा बस्ने छिमेकीले माथिल्लो तलामा बस्नेलाई गोली प्रहार गरेको प्रहरीले बताएको छ । ७८ वर्षीय रिटायर्ड बिल्डिङ सुपरटेन्डेण्ट र ६२ वर्षीय उनको पत्नीलाई तल्लो तलामा बसोबास गर्दै आएका ५९ वर्षीय एक छिमेकीले गोली… Continue reading न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या
गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त
काठमाडौ । गैर आवासीय नेपाली संघको आगामी दुई बर्षको लागि नयाँ नेत्रित्वमा कुमार पन्त बिजयी भएका छँन् । नेकपा समर्थन पाएको भनिएका पन्त ले १२१७ मत पाएका थिए भने उनका प्रतिद्वन्दी नेपाली काङ्रेस समर्थक उमेद्वार कुल आचार्यले १०७० प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा बद्री केसी -११६३ अर्जुन कुमार श्रेष्ठ-१०२६ मन केसी -९६१ र सोनाम… Continue reading गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त
अमेरिका क्षेत्रबाट कस्ले कति मत पायो ? “राजन त्रिपाठी, राम सि पोखरेल र उमा कार्की थापा बिजयी”
गैर आवसीय नेपाली संघको भर्खरै सम्पन्न निर्वाचनमा मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । जारी मत गणना अन्तर्गत अमेरिका क्षेत्रको मतगणना भने सम्पन्न भएको छ । अमेरिका क्षेत्रको परिणाम यस प्रकार रहेको छ । अध्यक्ष कुमार पन्त १२० कुल आचार्य १३५ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ ५६ बद्री केसी ११५ धर्म राज अधिकारी… Continue reading अमेरिका क्षेत्रबाट कस्ले कति मत पायो ? “राजन त्रिपाठी, राम सि पोखरेल र उमा कार्की थापा बिजयी”
जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर आत्महत्या
न्युयोर्क र न्युजर्सी राज्य बीच आवतजावत गर्ने मुख्य मार्गमा पर्ने अति व्यस्त जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । आज बिहिबार दिउँसो १ बजे नाम नखुलाईएका २१ वर्षीय एक युवाले दुई तल्ले पुलको माथिल्लो तल्लाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या गर्ने ती युवाले न्युजर्सीबाट न्यूयोर्कको म्यानहाटन जाने तर्फबाट… Continue reading जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर आत्महत्या
न्यूयोर्कमा उत्प्रेरणात्मक कार्यक्रम हुने
छिरिङ् योञ्जन, न्यूयोर्क न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित एल्महर्ष्ट हस्पिटलको अडिटोरियम हलमा एक दिने उत्प्रेरणावाणी कार्यक्रम हुने भएको छ । “Motivational Speech – 2019” नाम दिईएको उक्त कार्यक्रम नेपाली समुदायलाई लक्षित गरी भ्वाईस् फर युथले सञ्चालन गर्न लागेको हो । आगामी शनिवार १९ तारिखमा अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा कोलम्विया विश्वविद्यालयका प्राध्यापक डा.… Continue reading न्यूयोर्कमा उत्प्रेरणात्मक कार्यक्रम हुने
राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट पिसाब समेत फ्याकियो
आजभोली अमेरिकाको राजनीति स्पष्ट रुपमा ध्रुविकरण हुँदै गएको छ । यतिबेला राष्ट्रपति ट्रम्प पक्षधर र ट्रम्प बिरोधी दुई धारमा देश कै राजनीति ध्रुविकृत हुँदै गएको अभाष हुन्छ । पछिल्ला समय राजनीतिक अतिबादी राजनीतिको प्रभाब कै कारण बिभिन्न प्रकारका हिंसात्मक घटना समेत बृद्धि हुन थालेका छन् । गत बिहिवार डेमोक्र्याटिक पार्टीको स्पष्ट समर्थन रहेको मिनेसोटा राज्यको… Continue reading राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट पिसाब समेत फ्याकियो
न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्
अभिभावक चनाखो नहुँदा बुधबार बिहान ब्यस्त म्यानहाटनको ट्रेन स्टेसनबाट एक ४ वर्षीया बालिका छलिएर हराएकी छिन् । संगै रहेको आफ्नी आमाबाट अकस्मात छलिन पुग्दा बालिका हराएकी हुन् । क्याट्लिन ब्राउन नामकी ती बालिका अन्तिम पटक म्यानह्याटनस्थित ५९ स्ट्रिट एण्ड लेग्जिङ्टन एभेन्यूको ट्रेन स्टेसनमा देखिएकी थिईन । सेतो रङको पातलो ज्याकेट, निलो रङको जिन्स र निलै… Continue reading न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्
अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न
सुपेन्द्र बस्नेत / रोड आईल्याण्ड नेपालीहरुकाे महान चाड बडा दशैंलाई लक्षित गरी आयाेजना गरिएकाे दशैं कार्यक्रम अमेरिकाकाे राेड आईल्याण्डमा भब्यताका साथ सपन्न भएकाे छ । नेपाली समुदायकाे संस्था नेप्लिज एसाेसिएसन अफ राेड आइल्याण्ड (Nepalese Association of Rhode Island )ले आयाेजना गरेकाे शुभकामना आदान-प्रदान सहितकाे उक्त मनाेरञ्जनात्मक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकाे हाे । संस्थाले अमेरिकाकाे राेड… Continue reading अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न
अमेरिकामा धुमधामले दशैं मनाइँदै
कल्पना घिमिरे / न्यूयोर्क, अमेरिका सधै काममा ब्यस्त हुने नेपालीहरु आज दशैं मनाउने तरखरमा छन् । नवरात्रको अन्तिम दिन नवमीमा नजिकैको मन्दिरमा गइ दर्शन गर्ने, घरघरमा राखेका जमरा शक्तीपीठहरुमा चढाउने, आफ्ना सवारी साधनको पूजा गर्ने लगायतका काममा उनीहरु ब्यस्त थिए । नेपालीको बाक्लो बस्ती वरपरका हिन्दु मन्दिरहरुमा दर्शन गर्नेहरु बाक्लै थिए । अस्टमीको दिन ज्याक्सन हाइटको… Continue reading अमेरिकामा धुमधामले दशैं मनाइँदै
अमेरिकामा गोली चल्दा ४ को मृत्यु
अमेरिकाको कन्सासस्थित एक बार भित्र गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाईते भएका छन् । कन्सास पुलिस डिपार्टमेण्टका अनुसार जम्मा ९ जना मानिसहरुलाई गोली लागेको थियो । हालसम्म गोली प्रहार गर्ने शंकास्पद कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेका छैनन् । घटना गत शनिबारोक मध्य रातपछि स्थानीय समय १ बजेर २७ … Continue reading अमेरिकामा गोली चल्दा ४ को मृत्यु
प्रवासी नेपालीको बडादशैं
गीता खत्री / न्यूयोर्क बडादशैं नेपालीहरुको सबैभन्दा लामो र ठूलो राष्ट्रिय पर्व हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन विभिन्न देवीहरुको पूजाआराधना गरेर चलिरहन्छ । प्रतिपदादेखि नवमीसम्मका नौ दिनलाई नौरथा भन्ने गरिन्छ । हिन्दुहरुको घरमा घटस्थापनाको दिन नदीबाट शुद्ध पानी र बालुवा ल्याइ जौको जमरा राखेर दशैंको शुरुवात गरिन्छ । नौ दिनमा नौवटा देवीहरुको… Continue reading प्रवासी नेपालीको बडादशैं
अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन
प्रभात भट्टराई अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध हाउस डेमोक्र्याटले महाअभियोग प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै सरकार र यसका निकट व्यक्तिबारे एकपछि अर्को पोल खुल्न थालेका छन् । यसले ट्रम्प प्रशासनलाई थप अप्ठ्यारोमा धकेल्न थालेको छ । ट्रम्प लोकप्रिय रहेका राज्यमा २०२० मा पुनर्निर्वाचित हुन चुनाव लड्न लागेका केही सिनेटरबाहेक अरु रिपब्लिकन सिनेटरले ट्रम्पको बचाउ गरेका… Continue reading अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन
सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा
कल्पना घिमिरे न्युयोर्क/अमेरिका साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ पुस्तकमाथि परिचर्चा गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा सोमबार न्युयोर्कको ज्याक्सन हाइटमा भएको पुस्तक परिचर्चा कार्यक्रममा लेखक ज्ञवाली आँफै उपस्थित भएकी थिइन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई संबोधन गर्न आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै उनीपनि अमेरिका भ्रमणमा आएकी हन् । उनी… Continue reading सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा
टाइम्स स्क्वायरमा ‘भिजिट नेपाल ‘२०२०’
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका सन् २०२० मा धेरै भन्दा धेरै बिदेशी पर्यटक नेपाल भित्र्याउने उदेश्यले ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रचारात्मक अभियान सुरु गरिएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसर पारेर विश्वकै चर्चित व्यावसायिक पर्यटन गन्तव्य न्यूयोर्कको टाइम्स स्क्वायरबाट नेपाल भ्रमण वर्ष २०२० ‘भिजिट नेपाल २०२०’ को प्रचारात्मक अभियान शुरु गरिएको हो । यस अभियानलाई… Continue reading टाइम्स स्क्वायरमा ‘भिजिट नेपाल ‘२०२०’
राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको राँको दन्कियो, ‘युक्रेनलाई दवाव दिएको पुष्टि’
न्यूयोर्क अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु भएको भोली पल्टै यो प्रकरण तीब्रता पाएको छ । मंगलबार मात्र हाउस स्पिकर न्यान्सी पिलोसीले ट्रम्प विरुद्ध महाभियोगको अनुसन्धान सुरुवातको घोषणा गरेकी थिइन् । बुधबार बिहान ह्वाइट हाउसले ट्रम्प र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की बीचको टेलिफोन सम्बादको विवरण सार्वजनिक गरेको थियो… Continue reading राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको राँको दन्कियो, ‘युक्रेनलाई दवाव दिएको पुष्टि’
परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेट
न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सहासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेटवार्ता गरेका छन् । बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशी पाहुनाका लागि दिएको स्वागत भेटमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा नेपालको पछिल्लो अवस्थाबारे राष्ट्रपतिले चासो राखेको मन्त्री ज्ञवालीले जानकारी दिए । राष्ट्रपतिले महासभामा पुगेका सबै देशका प्रतिनिधि प्रमुखसँग… Continue reading परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेट