Category: अमेरिका

  • आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

    आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

    राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर कोरोना भाइरसको उपचार हुने बताएको समेत देख्नु/सुन्नु पर्यो । दिनमा सयवटासम्म ट्विट गर्छन् । यस्तो लाग्छ- उनी ट्विटरबाटै देश चलाइ रहेका छन् ।

    प्रभात भट्टराई

    यी अनेक प्रहशनबीच आठ महिना देखि अमेरिकालाई गाँजेको कोरोना भाइरसले ट्रम्पको नेतृत्व कौशल उदाङ्गो पारिदिएको दिएको छ । ८५ लाख बढि संक्रमित र सवा दुई लाख बढिको मृत्यु सहित भाइरस संक्रमणमा अमेरिकाले विश्वलाई उछिनेको छ । विश्वको पाँच प्रतिशत जनसंख्या रहेको अमेरिकामा भाइरसबाट ज्यान गुमाउने भने विश्वभरी मृत्यु हुनेको संख्यामा २० प्रतिशत हाराहारी छन् । संसारको सबैभन्दा शक्तिशाली एवं सम्पन्न मुलुकको हविगत कसरी यस्तो हुन पुग्यो ?

    उत्तर सहज छ- नेतृत्वको हेलचेक्राँइ । ट्रम्प राष्ट्रसामु कहिल्यै भाइरस बारे गम्भीर रुपमा प्रस्तुत भएनन् । बन्द कोठामा गरिएका पुराना वार्ताको अडियो सुनेपछि थाहा भयो उनी आफुलाई भाइरस सर्ला कि भनेर चरम त्रासमा थिए । तर, मुलतः आफ्ना समर्थक माझ भाइरस गम्भिर छ भन्ने सूचना पुर्याउँदा आफूलाई राजनीतिक वेफाइदा पुग्ने आँकलनले सधैँभरि झूठ बोलिरहे ।

    गत शुक्रबार र शनिबार अमेरिकामा सर्वाधिक दैनिक संक्रमणको नयाँ रेकर्ड कायम भएर ८० हजार नाघ्दा पनि ट्रम्प भाइरस नियन्त्रणमा रहेको दावी दोहोर्याइ नै रहेका थिए । मिडियाले कोरोना भाइरसको अधिक चर्चा गरेर आफुलाई चुनाव हराउन खोजेको आरोप लगाएका छन् । हुँदा हुँदा दैनिक मृत्युदर ५०० मा झरि सकेको झूठो विवरण दावी गर्दै मिडियाले संक्रमितको संख्यालाई अनावश्यक उछालेर हल्ला गरेको तर्क समेत गरेका छन् । दैनिक हजार हाराहारीमा अमेरिकीको मृत्युलाई ट्रम्पले मजाकको विषय बनाएका छन् । त्यति मात्र होइन अरु रोगबाट मृत्यु भएकाहरुलाई समेत कोरोनाका कारण मरेको बताएर स्वास्थ्यकर्मी र अस्पतालले पैसा कमाउन खोजेको आरोप समेत ट्रम्पले लगाएका छन् ।  

    अर्थतन्त्रको भ्रम

    ट्रम्प सन् २०१६ मा निर्वाचित हुँदासम्म अमेरिकी अर्थतन्त्र निरन्तर उकालो लागेको थियो । बाराक ओबामा र जो बाइडेनले अन्तिम तीन बर्षमा निरन्तर बढेको अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । ओबामाको अन्तिम तीन बर्षमा जति रोजगारी अमेरिकामा सिर्जना भयो ट्रम्पले त्यसलाई भेट्टाउन सकेनन् । तर, उनी आफुले इतिहासकै उत्कृष्ठ अर्थतन्त्र सिर्जना गरेको दावी गरिरहे । एउटै झूठ सय पटक बोलेपछि सत्य हुन्छ भन्ने नेपाली उखान जस्तै ट्रम्पको उक्त दावी पत्याउने अमेरिकीको संख्या ठूलै छ ।

    सन् २०१४, २०१५ र २०१६ मा ओबामाले क्रमशः मासिक औषत २ लाख ५० हजार,  २ लाख २७ हजार र १ लाख ९५ हजार रोजगारी सिर्जना गरेका थिए । ट्रम्पले ओबामाको यो कुनै पनि अंक छुन सकेनन् । सन् २०१७ मा मासिक औषत एक लाख ७६ हजार रोजगारी सिर्जना भयो । त्यही बेला ट्रम्पले धनी वर्गलाई भारी कर छुट दिने कानून पारित गराउन सफल भए । कम्पनीहरुले नाफा बापत तिर्नु पर्ने कर्पोरेट आयकर ३५ प्रतिशतबाट २१ प्रतिशतमा झारियो । कर बापतको ठूलो रकम बचाउन सफल भएपछि कम्पनीहरुले केही रोजगारी बढाएजस्तो पनि गरे ।

    ओबामाले महामन्दी पार लगाएर सहज बढ्दो अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । स्केचः वासिंटन पोष्ट

    फलस्वरुप २०१८ मा मासिक औषत १ लाख ९३ हजार रोजगारी सिर्जना समेत भयो । तर, २०१९ मा यो १ लाख ७८ हजारमा झरि सकेको थियो । यसरी ओबामा सरकारको अन्तिम तीन बर्षभन्दा ट्रम्पको सुरुवाती तीन बर्षको रोजगारी सिर्जनामा १५ लाखले कमी आएको थियो । २०२० को सुरु देखिनै ट्रम्पले भाइरस संक्रमणमा वेवास्ता गर्दा मार्च दोस्रो साता यता अमेरिकामा भयावह अवस्था आयो । परिमाण स्वरुप दुई करोड बढिले एकै पटक रोजगारी गुमाए । अहिले आधा हाराहारी काममा फर्किए पनि आठ प्रतिशत काम गर्ने उमेरका अमेरिकी बेरोजगार छन् ।

    यति हुँदा पनि ट्रम्प आफुले अर्थतन्त्र फिर्ता ल्याउने दावी गर्न छोड्दैनन् । त्यसको कुनै प्रष्ट खाका र एजेन्डा उनीसँग छैन । प्रतिश्पर्धी जो बाइडेन र मिडियालाई व्यक्तिगत आक्षेप र गालीगलौजको भरमा आफ्नो राजनीतिक उठानको सपना देखि रहेका छन् ।

    घृणाको जगमा उठान

    ट्रम्पको राजनीतिक उदयनै घृणा र रंगभेदको बलमा भयो । चुनाव जितेर ह्वाइट हाउस छिरेपछि पनि उनी त्यही चरित्र निभाइ रहे । सन् २०११ मा उनले पहिलो पटक राष्ट्रपति ओबामा अमेरिकामा नजन्मिएको दावी सुरु गरे । अमेरिकी आमा र केन्याका आप्रवासी पिताबाट हवाइमा जन्मिएका ओबामाले त्यही बर्ष आफ्नो जन्मदर्ता सार्वजनिक गरिदिए । त्यतिले मात्र नपुगेर हवाइ राज्य सरकारले नै ओबामाको जन्मदर्ता सार्वजनिक गर्यो । तर, ट्रम्पले ओबामा अमेरिकामा नजन्मिएको दावी गर्न छोडेनन् । उनलाई तर्कहरु जुटाउन सहज थियो, किनभने ओबामा काला जातिका थिए । कुनै स्वेत पुरुष विरुद्ध अमेरिकामा यस्तो मुद्दा कहिल्यै उठ्दैन । फरक छाला हुने वित्तिकै पहिलो आक्रमण उसको नागरिकताबाट सुरु हुन्छ ।

    मुस्लीमलाई अमेरिकामा यात्रा प्रतिबन्धको कार्यकारी आदेश जारी गर्दै ट्रम्प । तस्वीर: सिएनएन

    ट्रम्पले त्यहि रणनीति अपनाए । पछि थाहा भयो ट्रम्पले २०१२ कै राष्ट्रतपिय चुनावमा ओबामालाई चुनौती दिने महत्वाकांक्षा पालेका थिए । राजनीतिक एजेन्डा या प्रतिबद्धता नभइ व्यक्तिगत आक्रमण र घृणाको बलमा चुनाव लड्ने रणनीति अनुरुप ट्रम्पले उक्त तुरुप फ्याँकेका थिए । राष्ट्रपति चुनाव लड्ने ट्रम्पको तयारी भित्र भित्रै तुहिए पनि ट्रम्पले ओबामा विरुद्धको घृणात्मक प्रचार रोकेनन् । किनभने उनी २०१६ को चुनावमा उदाउने त्यो भन्दा ठूलो अस्त्र अरु हुन सक्दैन भन्नेमा प्रष्ट थिए । ट्रम्पलाई यो आधार दिएको थियो ‘कन्जरभेटिभ’ मिडिया ‘होष्ट’लाई विश्वास गर्ने जमातले । सन् २००८ मै कन्जरभेटिभ मिडियालाई पत्याएर ओबामालाई मुस्लिम ठान्ने एवं अमेरिकालाई उनले माया नगर्ने बताउने ठूलै जमात तयार भइ सकेको थियो । मुद्दाका आधारमा राजनीति गर्ने त्यसबेलाका रिपब्लिकन राष्ट्रपतिय प्रत्याशी जोन म्याकेनले यस्ता घृणात्मक दावीलाई आफ्नो क्याम्पेनमा ठाउँ दिएनन् । उल्टो समर्थकहरुलाई ओबामाले जितेमा राष्ट्रिय सुरक्षामा खलल पुग्ने कुनै सम्भावना नरहेको तर राष्ट्रपतिका रुपमा आफुले राम्रो काम गर्ने विश्वासका साथ चुनावमा उठेको जवाफ दिएर साम्य पार्ने प्रयास गरेका थिए ।

    ट्रम्पले त्यही घृणाको पोखरीमा हाम फाले । रिपब्लिकन प्राइमरी जितेर अन्तिम चुनावको तयारीका बेला भने ओबामा अमेरिकामै जन्मिएको मान्न आफु अब तयार रहेको भन्दै बोली फेरे । कारण थियो रिपब्लिकन प्रति झुकाव राख्ने काला जातिका मतदाताको भोट तान्नु ।

    ट्रम्प कुनै दर्शन र सिद्दन्तबाट प्रेरित व्यक्ति होइनन् । उनी जे बन्छन् या गर्छन् सिर्फ फाइदा र नाफाका लागि गर्छन् । यस्ता मान्छेसँग संगत गर्छन् जो कुनै न कुनै विवादमा मुछिएकै होस् । सोही कारण ट्रम्प राष्ट्रपति निर्वाचित भएयता दर्जन हाराहारी उनका निकट सहयोगी अदालतबाट बिभिन्न मुद्दामा दोषी प्रमाणित भइ सके । जब आफ्ना कोही निकटतमको अपराध छताछुल्ल हुन्छ ट्रम्प उनीहरुलाई नचिनेझैँ गर्न थाल्छन् । यसरी नै उनको राष्ट्रपतिसम्मको यात्रा तय भएको छ ।

    हामी र ट्रम्प

    ट्रम्पको प्रहसनले अमेरिकालाई दीर्घकालका लागि पारेको असर त भोलीका दिनमा थप सतहमा आउँदै जाला । यो आलेखको मूल ध्येय ट्रम्पका रंगभेदी हर्कतले अमेरिकी समाजमा सिर्जना गरेको विभाजन र त्यसले हामी आप्रवासीको जीवनमा पार्ने प्रभाव माथिको चर्चा गर्नेछ । उनले लिएका गोरो छाला भएका बाहेक अरु जाति र मूलका मानिस लक्षित नीति नियमले हामी सबै नराम्रोसँग प्रभावित भएका छौँ । हामीमध्ये कतिपयलाई भ्रम छ- ‘ट्रम्पले अमेरिकी नागरिक भइ सकेका व्यक्तिलाई त समान व्यवहार गर्छन् । आप्रवासीप्रति जुन रुखो व्यवहार छ, त्यो त केवल नयाँ आउनेहरुका लागि मात्र हो ।’ यो बुझाइ सरासर एउटा भ्रम मात्र हो ।

    सबैभन्दा पहिले चर्चा गरौँ ट्रम्प हावी भइ सकेपछिको रिपब्लिकन पार्टीको । सन् २०१९ को सुरुवातमै टेक्सास स्थित टेरान्ट काउन्टीको रिपब्लिकन पार्टी उपाध्यक्षमा शहिद साफी चयन भए । उनको चयन काउन्टीका चल्तापुर्ता रिपब्लिकन नेतालाई खपिसाध्ये भएन । ‘मुस्लिम पनि हाम्रो पार्टीको नेता ? चर्च नजाने मान्छले रिपब्लिकन पार्टी हाँक्ने?’ शाफी माथि यहि शैलीको आक्रमण सुरु भयो । भारतीय आप्रवासी एवं पेशाले ३० बर्ष देखि चिकित्सक रहेका शाफि सन् २००९ मा ‘न्याचुरलाईजेसन’ विधीबाट अमेरिकी नागरिक बनेका थिए । उनलाई विरोध गर्नेहरुले उनको योग्यताको पाटो उधिन्नै मानेका थिएनन् । धर्मकै कारण रिपब्लिकन पार्टीको नेता बन्न निमल्ने तर्क गर्नेहरुलाई बल दिएको थियो ट्रम्प निर्णयले । राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले मुस्लिमहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने नीति लिएका थिए । त्यसले उनका धेरै समर्थकमा ‘मुस्लिम जति सबै अपराधी हुन्’ भन्ने पर्न गयो ।

    अन्ततः शाफीले पदमा बस्न काउन्टीका सकृय रिपब्लिकन कार्यकर्ताबाट विश्वासको मत लिनै पर्ने निर्णय गरियो । त्यहाँ उनको पक्षमा १३९ र विपक्षमा ३९ मत आयो । यसले पुष्टि गर्यो कि रिपब्लिकन पार्टीभित्र सहिष्णुता सम्पुर्ण रुपले मरि नसके पनि ट्रम्प हावी हुन्जेल असहिष्णुहरुकै बोली हावी भइ रहनेछ । किनभने शाफीको पक्षमा गोप्य रुपले त्यति धेरै मत खस्ने अवस्था हुँदा पनि सार्वजनिक रुपमा भने उनको बचाउ गर्ने भन्दा विरोधी आवाज नै चर्को थियो ।

    आप्रवासी, फरक छाला र रंग माथिको आक्रमणमा शाफी त एक बिम्ब मात्र हुन् । ‘ट्रम्पिजम’ अन्तर्गत चल्ने समाजको मूल चरित्र नै यही हो । मिडिया रिपोर्टहरुका अनुसार गोरा बाहेक अरु रंगका आप्रवासीलाई अमेरिका छिर्न नदिन ह्वाइट हाउसबाटै विषेश नीति र कार्ययोजना तइ भइ रहेका छन् । ट्रम्पले आप्रवासीप्रति व्यक्त गर्ने चरम घृणा त्यही नीतिको एउटा अंश हो । ट्रम्पले सुरु देखिनै चर्को विरोध गरेको आप्रवासी नीति हो- पारिवारिक आप्रवासन । ‘चेन माइग्रेसन’ नाम दिएर ट्रम्प यो व्यवस्था उल्टाउन हरसंभव प्रयास गरि रहेका छन् । आफ्ना सासु ससुरालाई यहि नीति अन्तर्गत अमेरिका ल्याएर नागरिकता दिलाएका ट्रम्प आम आप्रवासी अमेरिकीलाई यो सुविधा नहोस् भन्ने चाहन्छन् । हुनतः उनका लागि आफ्ना दाजु भाइ दिदी बहिनीको कुनै महत्व छैन । पैसा र पावर नै उनका लागि सबैथोक हो । त्यही भएर उनकी दिदीले सबैभन्दा निर्दयी पुरुषको रुपमा टिप्पणी गरेको हामीले केही समय अघि सुन्न पायौँ । भतिजीले ट्रम्पले आफ्नो परिवार कसरी भत्काए भनेर किताब नै लेखिन् ।

    ट्रम्पले निरन्तर आक्रमण गरेको पारिवारिक आप्रवासन नीतिबाट हामी पहिलो पुस्ताका आप्रवासी नै सबैभन्दा धेरै प्रभावित हुने हौँ । आफ्ना दाजु भाइ दिदी बहिनीलाई बर्षौँको प्रतिक्षापछि भए पनि अमेरिका ल्याएर सँगै बस्ने अवसर हामीलाई यही नीतिले दिएको छ । एक जिम्मेवार अमेरिकी नागरिको पारिवारिक मिलन गराउने यो नीति अमेरिकाको राष्ट्रिय सुरक्षाका दृष्टिले पनि भरपर्दो र सुरक्षित छ । तर, ट्रम्प यहि भत्काउन चाहन्छन् । मुखले कानूनी प्रकृयाबाट आउने आप्रवासीलाई आफुले स्वागत गर्ने बताए पनि व्यवहारमा त्यस्ता कानूनी सुविधा सबै भत्काउन ट्रम्प लालायित छन् । आखिर किन? ट्रम्पलाई थाहा छ हामी जस्ता तेस्रो मुलुकका मान्छेलाई जति आफ्ना दाजु भाइ दिदी बहिनीको महत्व अरुलाई छैन । र, ट्रम्प प्रष्टसँग चाहन्छन् हामीजस्ताको संख्या यो देशमा नबढोस् । उनले मुखै फोरेर गरिब एवं अश्वेत नागरिकको बहुमत भएका देशलाई ‘सिटहोल’ भनेकै छन् । नर्वेजस्ता गोरा प्रधान देशबाट आप्रवासी ल्याउन जोड गर्नु पर्छ पनि भनेकै हुन् ।

    नेपाली अमेरिकीको संख्या बढ्दै जाँदा राजनीतिक बहस हाम्रो समाजमा पनि तातिन थालेको छ । केही नेपालीले ट्रम्प जिताउन संगठित प्रयासकै घोषणा गरेका छन् । अहिलेसम्म हाम्रो संख्या कसैलाई जिताउन या हराउन पुग्ने त भइ सकेको छैन । तर, यो अमेरिकी इतिहासकै संगिन मोडमा हामी कहाँ उभिएका थियौँ भनेर भोली आफैँले समिक्षा गर्ने दिन अवश्य आउनेछ । छोरा छोरी नाती नातिनालाई जवाफ दिने दिन अवश्य आउनेछ ।

    अमेरिकी सीमामा शरण माग्न आइपुगेका आप्रवासी । अहिले यस्ता शरणार्थी ट्रम्प प्रशासनको तारोमा छन् । तस्वीर: एनबीसी न्यूज

    ट्रम्प विजयको कामना गर्दै गर्दा पल्लो कोठमा बस्ने हाम्रै नेपाली दाजुभाइलाई एक पटक सम्झौँ । ट्रम्पले उनलाई टिपिएस खारेज गरेर डिपोर्ट गरेका दिन हामी खुच्चिङ मनाउने कि एकछिन दुःखी अनुहार बनाएर गोहीको आँशु झार्ने ? सीमानामा बाबु आमाबाट छुट्याएर जेलमा कोचिएका तोते बोल्ने उमेरका लालाबालाको चित्कार सुनौँ र आफैँलाई सोधौँ तिनको रोदनमा नभक्कान्निने हाम्रो हृदयमा आखिर अहिले के भरिन पुग्यो? आफ्ना बाबु आमा एवं दाजु भाइ दिदी बहिनीलाई कुनै दिन अमेरिका ल्याएर सँगै बस्ने सपना ट्रम्प उदयसँगै हामीले भुल्यौँ ? हामी यति चाँडै यति बिघ्न नृशंश कसरी बन्न सक्यौँ ?

    ल यी केहीले पनि हामीलाई छोएनछ रे । एक पटक आफ्नै छोरा छोरी नाती नातीनालाई सम्झौँ । ट्रम्पले निरन्तर मलजल गरेको स्वेत सर्बोच्चतायुक्त समाजमा तिनले आत्मसम्मानको दिन बिताउन पाउलान् ? ट्रम्पले वकालत गरेको जथाभावी बन्दुकको सान दिन पाइने वातावरणमा तिनले सुरक्षित सास फेर्न सक्लान् ? हरेक दिन उनीहरु स्कुलबाट सुरक्षित घर फर्केलान् नफर्केलान् भनेर हाम्रो हृदय नपोली समय बित्ला ? ट्रम्प राष्ट्रपति भएयता बन्दुकको हिंसाबाट कम्तिमा एक लाख अमेरिकीको ज्यान गइ सकेको छ । छ वटा हृदयविदारक ‘मास सुटिङ ‘बाट कम्तिमा १४३ जना मारिए । तर, ट्रम्प मेसिन गनजस्ता आम बिनासकारी हतियार नियमनको कानून बनाउन समेत कहिल्यै तयार भएनन् ।

    हामी यो देशमा सपना देखेर आप्रवासी भएका जरुर हौँ । सहिष्णुता सहितको सम्बृद्धि हाम्रो सपना थियो । तर आज ट्रम्पले दिनहुँ सहिष्णुताको हत्या गर्दा ताली बजाउने अवस्थामा हामी कसरी पुग्यौँ ? जन निर्वाचित सांसदले ट्रम्प नीतिको विरोध गर्दा मन नपरे देश छोडेर जाने धम्की आउँछ । यो देशमा ट्रम्पका हजुरबा जुन सपना देखेर आएका थिए, सबै आप्रवासी त्यसैगरि आएका हुन् । कुनै एक शासकसँग असहमत हुने नागरिकलाई देश छोडेर जाउ भन्ने राष्ट्रप्रमुखको धम्की लोकतन्त्रमा कल्पना पनि गर्न सकिँदैन । हुँदाहुँदा १७ बर्षे गोरा तन्नेरीले रंगभेद विरुद्धको प्रदर्शनमा शान्तिपुर्ण तवरले उत्रिएका नागरिक माझ बन्दुक बोकेर गएर ठ्यांङठ्याङ गोली हानी तीन जनालाई ढालिदिने र राष्ट्रपतिले भोलीपल्ट उनलाई स्यावास भनेको पनि देख्नु पर्यो । हामीले सपना देखेको नेतृत्व र समाज कदापी यस्तो होइन ।

    ट्रम्प आफ्नो व्यापारमा १० पटक ‘ब्यांक्रप्ट’ भइसके । देश त्यसरी चल्दैन । हरेक अफ्ठ्यारा र विरोधहरुलाई नेतृत्वले संगेलेर लैजान सक्नु पर्छ । तर, ट्रम्पका लागि नागरिक ती मात्र भए जो उनको भजन गाउन तयार छन् । ‘ट्रम्पिजम’को रंगभेदी आक्रमणको पछिल्लो शिकार भइन्, डेमोक्रेटिक उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिस । अमेरिकाकी जन्मसिद्ध नागरिक ह्यारिसलाई ट्रम्प र उनका भित्रियाहरुले उपराष्ट्रपतिका लागि योग्यता नपुगेको भनेर विरोध गरे । त्यसका लागि उनीहरुसँग कुनै प्रमाण थिएन मात्र कमलाको कालो छालाप्रतिको द्वेष थियो । ट्रम्प अहिले ह्यारिस पहिलो महिला राष्ट्रपति बने राष्ट्रिय लज्जा बन्ने बताउन थालेका छन् । आफ्नी छोरी मात्र त्यसका लागि लायक रहेको उनको दलिल छ । हुँदा हुँदा ह्यारिसलाई ‘मोन्सटर(कुरुप)’को संज्ञा दिएर व्यक्तिगत आक्रमण सुरु गरेका छन् ।

    भारतीय आमा र जमैकन आप्रवासी पिताकी अमेरिकी छोरी कमलाको कहानी हाम्रै सन्तानसँग मिल्छ । एकछिन उनको स्थानमा आफ्ना सन्तालाई राखेर हेरौँ त । ‘ट्रम्पिजम’ कामय रह्यो भने हाम्रा सन्तानले अमेरिकामा केही गर्छु भन्दा भोली पाइलै पिच्छे राष्ट्रियताको परिक्षा दिनुपर्छ । त्यो पनि मात्र गोरो छाला नभएको कारणले मात्र । त्यसैले हामी आ -आफ्नो आत्मालाई जति झूठ बोलेर ट्रम्प भक्तिमा लागौँ, तर उनका लागि हामी ‘सिटहोल कन्ट्री’ कै नागरिक हौँ ।

  • चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री

    चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री

    काठमाडौं । अमेरिकी विदेशीमन्त्री माइकल आर पोम्पेओले विभिन्न चार वटा एसिया मुलुकको भ्रमणका लागि निस्कने भएका छन् । पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसिया भ्रमणमा निस्कन लागेको अमेरिकी विदेश मन्त्रालयले पुष्टी गरेको छ ।

    मन्त्रालयले एक सूचना जारी गर्दै यसको पुष्टी गरेको हो । उनको भ्रमण आगामी आइतबारबाट शुरु हुनेछ । अमेरिकामा अहिले चुनावको पूर्वसन्ध्या चलिरहेको छ । वर्तमान सरकारको सन्देश लिएर उनी एसिया भ्रमणमा निस्कन लागेको बताइएको छ ।

    यसले चुनावी माहोललाई अन्तर्राष्ट्रिय गति दिने अपेक्षा अमेरिकी सरकारको रहेको छ । सर्वप्रथम भारतमा ओर्लने उनले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँबाट उनी श्रीलंका र माल्दिभ्स पुग्नेछन् ।

    त्यसपछि इन्डोनेसियाको राजधानी जाकार्ता पुग्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका दौरान चीन र नेपाल सम्बन्धमा भने दुई विदेशमन्त्री बीच छलफल हुनेछ ।

  • अमेरिकामा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि, १२१५ जनाको मृत्यु

    अमेरिकामा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि, १२१५ जनाको मृत्यु

    काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ।

    केही सातायता संक्रमण दरमा केही कमी आएपनि पछिल्ला दुईतीन दिन यता संक्रमण पुनः बढ्न थालेको हो।

    वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजार सात सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा त्यहाँ संक्रमणबाट एक हजार दुई सय १५ जनाले ज्यान गुमाएका छन्।

    मृत्यु र संक्रमणको यो संख्या पछिल्लो २४ घण्टामा विश्वका अन्य सबै देशको भन्दा धेरै हो।
    बुधबार अमेरिकामा दुई महिनापछि ठूलो संख्यामा कोरोनाका नयाँ बिरामी अस्पताल भर्ना भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

    बुधबार एकैदिन त्यहाँ ४० हजारको संख्यामा कोरोनाका बिरामी अस्पताल भर्ना भएका छन्। यो अगस्ट यताकै सबैभन्दा धेरै हो।

    अमेरिकाका मध्यमश्चिमका राज्यहरूमा संक्रमण बढी देखिन थालेको छ। आयोवा, कन्सास, मिसौरी, नेब्रास्का, उत्तर डकोटा, दक्षिण डकोटा, विस्कॉन्सिन लगायतका राज्यमा संक्रमण दर उच्च रहेको रोयटर्सले जनाएको छ।

    गएको शुक्रबार अमेरिकामा ६९ हजार ४ सय ७८ जना नयाँ संक्रमित फेला परेका थिए।

    पछिल्लो २४ घण्टामा विश्वरभर संक्रमणबाट ६ हजार आठ सय ३९ जनाले ज्यान गुमाएका छन्। अमेरिकापछि भारतमा धेरैको मृत्यु भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा सात सय तीन जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा पाँच सय ७१ जनाले ज्यान गुमाएका छन्।

    पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३६ हजार एक सय ३० जनामा संक्रमण पुष्टि भएको छ। छिमेकी देश भारतमा हिजो एकै दिन ५६ हजारमा संक्रमण देखिएको छ।

    कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमा ११ लाख ३६ हजार तीन सय ३५ जनाले ज्यान गुमाएका छन् भने चार करोड १४ लाख ८४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

  • विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो

    विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो

    काठमाडौं । सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूची सार्वजनिक भएको छ ।

    आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ ।

    सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार शक्तिशाली देशको सुचीमा दोस्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा महाशक्तीको दर्जा दिइएको छ । तेस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ ।

    प्रमुख शक्तिराष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अंक पाउन यो पटक भारत चुकेको छ । यो बर्ष करिब २ अंकको कमीले गर्दा भारत शक्ति राष्ट्रको दर्जा हासिल गर्न बन्चित भएको हो ।

    गतबर्ष अर्थात सन् २०१९ को सुचीमा भारत पनि विश्वको प्रमुख शक्ति राष्ट्रको दर्जामा थियो । यो बर्ष कोरोना भाइरस प्रकोपका कारण भारत यो सुचिबाट बाहिरिएको छ ।

    सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार सन् २०१९ मा भारतको पावर स्कोर ४१ थियो जुन यो बर्ष घटेर ३९ दशमलव ७ मा झरेको छ ।

    यो सुचीमा जुन देशको स्कोर ४० वा त्योभन्दा बढी हुन्छ त्यसलाई प्रमुख शक्ति मानिन्छ । अघिल्लो वर्ष शक्तिशाली बनेको छिमेकी यस पटक घटुवामा परेको हो।

    रिपोर्टमा इन्डो९प्यासिफिकका सबै देशमध्ये भारत कोरोना महामारीका कारण विकास क्षमता गुमाएको देश भनिएको छ। भारत एसियाको दोस्रो ठूलो जनसंख्या भएको देश हो।

    भारत र अर्को हाम्रो छिमेकी चीनमा पनि जनसंख्या विशाल छ। यी दुई देशको आवादी लगभग बराबर छ। अनुमान के गरिँदै छ भने, केही वर्षमा भारतले जनसंख्यामा चीनलाई उछिन्ने छ।

    केही बर्षपछि सम्भवत भारत जनसंख्याको मामिलामा चीनलाई पछाडी पार्नेछ । तर भारतिय समाजमा कोरोना भाइरसको मारले दुई देश बीच शक्तीको असमानता बढाएको छ ।

    हालको रुझान अनुसार यो दशकको अन्तसम्ममा भारत र चीनको कुल आर्थिक उत्पादन ४० प्रतिशत मात्र रहने पनि प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा यो पुर्वानुमान ५० प्रतिशत हुने आशा गरिएको थियो ।

    सन् २०३० सम्म भारतिय अर्थब्यवस्था मुल रुपमा महामारी पुर्वको पुर्वानुमानको तुलनामा १३ प्रतिशत कम रहनेछ । यसले भारतियहरुको खरिद गर्ने क्षमतामा पनि नकारात्मक असर पर्नेछ । यसले भविष्यको संसाधानको मापनमा भारतको स्कोर करिब पाँच अंकले गिरावत आएको लबी इन्स्टिच्युटले उल्लेख गरेको छ ।

    अष्ट्रेलियाको लवी इन्स्टिच्युट हरेक बर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क, राजनितिक तथा कुटनिटिक प्रभाव र सांस्कृतिक प्रभावको अध्ययन गरि यो सुची जारी गर्छ ।

    यो बर्षको सुचीमा सबैभन्दा तिब्र रुपमा अगाडी बढ्ने देशमा भियतनाम पहिलो स्थानमा पर्छ । दोस्रो स्थानमा अष्ट्रेलिया र तेस्रो स्थानमा ताइवान रहेको छ । एजेन्सी

  • अमेरिकामा अगस्ट १ यताकै धेरै कोरोना संक्रमित फेला

    अमेरिकामा अगस्ट १ यताकै धेरै कोरोना संक्रमित फेला

    काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख २ हजार ८४४ जनाको मृत्यु भएको छ भने ३ करोड ९१ लाख ५८ हजार १०१ जनालाई कोरोना संक्रमण भएको छ ।

    त्यस्तै २ करोड ९३ लाख ७५ हजार ९३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७० हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या ८६ लाख ७९ हजार ३२७ रहेको छ । यसैबीच अमेरिकामा २ लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ भने ८२ लाख १६ हजार ३१५ जनालाई कोरोना संक्रमण भएको छ ।

    त्यस्तै ५३ लाख २० हजार १३९ जना संक्रमण मुक्त भएका छन् भने २६ लाख ७३ हजार ४५९ जना उपचाररत छन् । त्यस्तै १५ हजार २७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    अमेरिकाको क्यालिफोर्नियामा हालसम्म १६ हजार ८४० जनाको मृत्यु भएको छ भने ८ लाख ६८ हजार ५६९ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै टेक्सासमा ८ लाख ५७ हजार १०२ जना संक्रमित रहेका छन् भने १७ हजार ३९३ जनाको मृत्यु भएको छ ।

    त्यस्तै फ्लोरिडामा ७ लाख ४४ हजार ९८८ जनालाई संक्रमण भएको छ भने १५ हजार ७३७ जनाको मृत्यु भएको छ ।

    अमेरिकामा बिहीवार मात्रै ६६ हजार १२९ जना संक्रमित थपिएका छन् । यो संख्या अगस्ट १ यताकै सबैभन्दा धेरै हो । त्यस्तै अमेरिकामा बिहीवार ८७४ जनाको मृत्यु भएको छ ।

  • अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई

    अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई

    काठमाडौं । दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो ।

    लिलामीले विभिन्न उत्पादन, कला, वस्तुहरु लगायत बेच्न सघाउँछ । यसमा विल्सनले किन खरिदकर्ताहरु आफूले खरिद गर्न लागेको वस्तुको आफूले सोचेको वास्तविक मूल्य भन्दा कम कबोल्छन् भन्ने सन्र्दभमा सिद्धान्त विकास गरेका थिए । मिलग्रोमले भने लिलामीमा भाग लिने खरिदकर्ताहरुको व्यक्तिगत मूल्य एकआपसमा कसरी फरक हुन्छ भन्नेमा अध्ययन गरेर सिद्धान्त विकास गरेका थिए ।

    यी सिद्धान्तहरुले लिलामीमा नयाँ ‘र्फम्याट’ विकास गरेको बताइएको छ ।यी दुई प्राज्ञहरुले आधारभूत सिद्धान्तबाट शुरु गरेको र त्यसबाट प्राप्त नतिजालाई व्यवहारिक प्रयोगमा ल्याएको पुरस्कार कमिटिका अध्यक्ष पिटर फेड्रिक्सनले जारी गरेको प्रेस रिलिजमा उल्लेख गरिएको छ ।

    मिलग्रोम सन् १९४८ मा अमेरिकाको डेट्रोइटमा जन्मेका थिए । उनले अमेरिकाको स्टान्फर्ड विश्वविद्यालयबाट सन् १९७९ मा विद्यावारिधी गरेका थिए । यसैगरी विल्सन सन् १९३७ मा स्वीट्जरल्यान्डको जेनेभामा जन्मिएका थिए । उनले आफ्नो अध्ययन अमेरिकाको हार्वड विश्वविद्यालयबाट गरेका हुन् ।

  • अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग

    अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग

    काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया थालेको छ ।

    सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नाम प्रस्ताव गरेको थियो । उनीहरुको नाम संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको हो । सोही अनुसार समितिले सर्वसाधारणबाट उजुरी माग गरेको छ ।

    समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतत्रयका सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भए १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ । त्यसका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

    ती पदमा उनीहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सकिने भएको छ । सरकारले १५ असोजमा उनीहरुको नाम सिफारिस गरेको थियो ।

  • सन् २०२२ का लागि डिभी खुल्यो

    सन् २०२२ का लागि डिभी खुल्यो

    काठमाडौं । सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन फारम खुला भएको छ । गत राती १२ बजेदेखि फारम खुला भएको हो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार डिभी भर्न सकिने समय भने २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म रहेको छ ।


    डीभीको आवेदन निःशुल्क व्यक्ति स्वयमले भर्न सक्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने बताइएको छ ।

    फाराम भर्नका लागि आधिकारिक वेबसाइट डिभिलट्रीस्टेटमा गएर त्यहाँ दिइएको निर्र्देशन अनुसारका प्रक्रिया पुरा गर्नु पर्ने दूतावासले जनाएको छ । डीभी भर्न कन्सल्टेन्टको सहयोग नलिनसमेत दूतावासले आग्रह गरेको छ ।

  • नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त

    नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त

    न्युयोर्क 

    न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको क्वीन्सस्थित एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा नेपाली समुदायका मिलन कुमार शाहीको नियुक्ति भएको छ । यही अक्टोबर ७, २०२० देखि कार्यकाल प्रारम्भ हुने गरी दुई वर्षको लागि शाहीलाई न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सामुदायिक एल्महर्ष्ट अस्पतालको बोर्डमा नियुक्त गरिएको हो। 

    विभिन्न समुदायको तर्फबाट अस्पतालको बोर्डमा जम्मा २५ जनालाई नियुक्ति गर्ने प्रावधान रहेको छ । राज्यले समुदाय र अस्पताल बीचको सम्बन्धलाई मजबुत बनाउन र उपलब्ध स्वास्थ्य सेवा सम्बन्धि जानकारी समुदाय माझमा पुर्याउनका लागि सबैको सहभागितालाई महत्व दिदै एड्भाइजरी बोर्डको व्यवस्था गरिएको हुन्छ । 

    नवनियुक्त शाही बताउँछन्; “अस्पताल सबैको हो, हाम्रो पनि हो । नेपाली समुदायमा जानकारीको अभावले कोही पनि उपलब्ध सेवाबाट बञ्चित हुन नदिने कुरामा म सचेत छु । दोभाषेको प्रयोग तथा सबैको पहुँचको लागि कुनै कसर बाँकी राख्दिन” । नियुक्तिको बारेमा; स्थानीय न्युयोर्क सरकारले समुदायका अगुवाहरु मध्येबाट अस्पतालको बोर्डमा नियुक्ति गर्ने प्रचलन रहेको समेत शाहीले बताएका छन । 

    मिलन कुमार शाही नेपालको रुपन्देहीको छपियामा जन्मिएर सन् २००३ सालमा डिभी मार्फत स-परिवार अमेरिका प्रवेश गरेका थिए । शाहीले रिजवुड नेपाली समाजमा सचिव एवम् उपाध्यक्षको पदमा रही डेढ दशक भन्दा बढी सेवा पुर्याइ सकेका छन् । शाही हाल ‘दर्शन ठकुरी समाज ‘न्युयोर्कका अध्यक्ष पनि हुन । लामो समयदेखि न्युयोर्कमा ब्यापार ब्यवसाय गर्दै आएका उनी रियल्टर समेत हुन ।

  • ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’

    ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’

    विश्वकै सबैभन्दा शक्तिशाली राजनीतिक केन्द्रको रुपमा रहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पति सहित ह्वाइट हाउसमा कार्यरत तथा निकटका दर्जन बढिलाई संक्रमण पुष्टि भइ सकेको हो ।

    ह्वाइट हाउसकी सिनियर कर्मचारी होप हिक्सलाई बुधबार भाइरस लागेको पुष्टि भएपछि ट्रम्प दम्पतिमा पनि संक्रमण देखिएको थियो । ह्वाइट हाउसकी कम्युनिकेसन विभागकी डाइरेक्टर केली म्याकेनेनी पाँच जना कर्मचारीलाई पनि भाइरस लागेको पुष्टि भइ सकेको छ । यस्तै ट्रम्प प्रशासनबाट गत महिना राजिनामा दिए पनि एवं अघिल्लो साता राष्ट्रपतिय वहसका लागि ट्रम्पलाई सहयोग गर्न ह्वाइट हाउस छिरेकी केल्यानी कोन्वेलाई पनि शुक्रबार भाइरस लागेको पुष्टि भयो ।

    बहस तयारीकै लागि ह्वाइट हाउस गएका न्यूजर्सीका पूर्व गभर्नर कृष क्रिष्टी पनि भाइरस पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । ह्वाइट हाउससँग चर्कै आउजाउ भएका रिपब्लिकन सिनेटरहरु माइक लि, थोम टिलिस एवं रोन जोनसनलाई पनि भाइरस लागेको छ । ट्रम्पका सहयोगी निकोलस लुमा, उनको क्याम्पेन म्यानेजर विल स्टेफेन, रिपब्लिकन नेशनल कमिटी चेयर उमन रोन्ना म्याकडेनियल पनि भाइरस संक्रमणमा परेर आइसोलेसनमा छन् । मंगलबार ट्रम्पका अर्का सहयोगी स्टिफिन मिलरलाई भाइरस लागेको पुष्टि भएको हो । ह्वाइट हाउसका तीन रिपोर्टर लगायत केही कर्मचारी पनि संक्रमित छन् ।

    विश्वका अरु कुनै पनि राजनीतिक केन्द्र एवं सरकार यतिबिघ्न संक्रमणमा परेका छैनन् । ह्वाइट हाउस मात्र होइन अमेरिका संक्रमण र मृतकको संख्यामा पछिल्लो पाँच महिना यता विश्वकै एक नम्बरमा छ । मंगलबारसम्ममा दुई लाख १० हजार बढिले अमेरिकामा ज्यान गुमाइ सकेका छन् भने संक्रमितको संख्या ७५ लाख पुग्न लागेको छ ।

    यति हुँदा पनि ट्रम्प प्रशासन भाइसरप्रति गम्भिर कहिल्यै बनेन । डेमोक्रेटिक राष्ट्रपतिय प्रत्याशी जो बाइडेनले संक्रमणबाट बच्न मास्क लगाउँदा ट्रम्पले गिज्याउँदै आएका थिए । उनी बिना मास्क र सामाजीक दुरी हजारौँ कार्यकर्ता भेला गरेर चुनावी सभा समेत गर्दै थिए । चुनावी क्याम्पेनमा मात्र होइन सरकारी काम कारबाहीमा पनि ट्रम्प प्रशासनका अधिकारीले सतर्कता अपनाउन हेलचेक्राइँ आएका थिए । अघिल्लो शनिबार ह्वाइट हाउसमा सर्बोच्च अदालतका लागि नयाँ न्यायाधिश मनोनयनको कार्यक्रम राखिएको थियो । त्यहाँ बोलाइएका २०० हाराहारी पाहुन बिना मास्क र सामाजीक दुरी आपसमा टाँस्सिएर बसेका थिए । अहिले भाइरस लागेका अधिकांश अधिकारी त्यहाँ उपस्थित थिए ।

    अस्पतालबाट ह्वाइट हाउस फर्केपछि बार्दलीमा मास्क फुकाल्दै ट्रम्प। तस्वीरः एनबिसी न्यूज

    त्यहीँबाट भाइरस विस्तार भएको अनुमान गरिएको छ । तर, त्यहाँ आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि सेन्टर फर डिजिज कन्ट्रोल  (सिडिसी)ले गरेको अनुरोध ह्वाइट हाउसले अस्वीकार गरेको छ । चार दिन अस्पताल बसेर फर्किएका ट्रम्पले ह्वाइट हाउस छिरेसँगै भाइरसबारे अफबाह फैलाउने नयाँ चरण सुरु गरि सकेका छन् । अस्पतालमै रहँदा पनि उनले आफ्ना सुरक्षाकर्मीको स्वास्थ्यलाई ख्याल नगरि सडकमा भेला भएका आफ्ना समर्थकलाई हात हल्लाउन गाडीमा यात्रा गरेका थिए । ह्वाइट हाउस फर्केपछि बार्दलीमा पुगेर हतार हतार मास्क खोलेका थिए । आफु नजिकै रहेका दुई फोटोग्राफरलाई हुने सक्ने संभावित संक्रमणको जोखिम प्रति कुनै मतलव गरेका थिएनन् ।

    लाखौँ अमेरिकी ज्यान गुमाइ सकेपनि भाइरसले केही नगर्ने हुँदा नडराउन आह्वान गर्दै उनले भिडियो म्यासेज जारी गरेका छन् भने धारा प्रवाह ट्विट गर्न थाली सकेका छन् । बर्षेनी हिउँदे फ्लूले एक लाख हाराहारीको मृत्यु भइ रहेको अवस्थामा कोरोना भाइरसबाट नडराउनु पर्ने उनको दावी छ । तर, पछिल्लो ५० बर्ष यता फ्लूबाट कहिल्यै एक बर्षमा लाख बढिको मृत्यु नभएको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । ट्रम्प राष्ट्रपति निर्वाचित भइ पछिको चार बर्षमा फ्लूबाट मारिएका भन्दा कोरोना भाइरसबाट सात महिनामा धेरैले ज्यान गुमाएको उनीहरुले बताएका छन् । तर, यो तथ्य लुकाएर कोरोना भाइरसलाई कमजोर पुष्टि गर्ने ट्रम्प ध्याउन्न छुटेको छैन् ।

    चुनाव आउन चार साता मात्र बाँकी रहेको अवस्थामा ट्रम्प प्रतिश्पर्धी बाइडेन भन्दा ठूलो अन्तरले पछि देखिएका छन् । भाइरसलाई कमजोर सावित गरेर आफू तर्फ मतदाता तान्ने उनको ध्याउन्न सफल हुने संभावना झन् झन् कमजोर बन्दै गएको छ ।  

  • अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन  : दूतावास

    अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार एक ट्वीट गर्दै कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको उल्लेख गरे ।

    उनको यो ट्वीट गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणामा आधारित थियो । सोही घोषणलाई आधार मान्दै अन्तराष्ट्रिय समाचार सस्थाहरुले समाचार बनाएका छन् । जसमा भनिएको छ, ‘कुनै पनि कम्युनिष्ट पार्टी वा आतंकवादी समुहमा संलग्न रहेको सदस्यले अमेरिकाको नागरिकता वा स्थायी आवासीय अनुमति पाउँदैन ।’

    यसैलाई आधार बनाएर अन्तर्राष्ट्रिय स्तरमा समाचार बनेको हो । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ताबाट स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाइएको भन्दै ट्वीट आएपछि नेपालस्थित दूतावासले भने स्पष्टिकरण सार्वजनिक गरेको छ ।

    उसले भनेको छ, ‘कम्युनिष्ट पार्टीका सदस्यका सम्बन्धमा दशकौं देखिको नीतिमा अमेरिकी सरकारले कुनै परिवर्तन गरेको छैन ।’

    काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिका बसाइसराइमा कुनै प्रतिबन्ध नलगाएको र कुनै पनि भिसाको विषय व्यक्तिगत विषय भएको स्पष्ट पारेको हो ।

    हालै आएको नीतिले नेपालसम्बन्धी नीतिमा कुनै परिवर्तन नहुने भन्दै निश्चिन्त हुन समेत अमेरिकाले आग्रह गरेको छ । भिसासम्बन्धी आएका केही समाचार गलत अर्थ लाग्ने भएको समेत अमेरिकाको भनाई छ ।

  • कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प

    कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प

    वासिंगटन डिसी । कोरोना भाइरसको संक्रमण बोकेरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन् । उनी तीन दिनसम्म अस्पतालमा बसे । तर, जीउमा सक्रिय भाइरस नभएको भन्दै उनी निवास फर्किएका हुन् । अब उनको विशेष निगरानीमा ह्वाइटहाउस मै उपचार हुने भएको छ ।

    ट्रम्पले डिस्चार्ज हुनुअघि ट्वीट गर्दै आफु छिट्टै चुनावी अभियानमा फर्कन बताएका थिए । कोरोना संक्रमणपछि उनी वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना भएका थिए । ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भने भइसकेका इसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख छ ।

    बीबीसीले ह्वाइट हाउसका चिकित्सक डा. सिन कोनललाई उदृत गर्दै लेखे अनुसार भाइरस जिउँदो नरहेकाले उनीबाट अरुलाई कोरोना सर्ने सम्भावना भने छैन । डिस्चार्ज हुनुअघि ट्वीट गर्दै ट्रम्पले छिट्टै चुनाव प्रचार सुरु गर्ने र गलत समाचारले केबल गलत मत सर्भेक्षण मात्र देखाउने टिप्पणी गरेका छन् ।

  • समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट

    समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट

    वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड१९ को उपचार गराइरहेका छन् । उनको स्वास्थ्य अवस्थाबारे संसारभरबाट तीव्र चासो व्यक्त भइरहेको छ । यकातर्फ शक्तिशाली मुलुकका राष्ट्रपति, अर्कोतर्फ कोरोनालाई हल्का भाइरसको संज्ञा दिने व्यक्ति र आगामी राष्ट्रपति चुनावका एक प्रतिस्पर्धाी भएका कारण पनि ट्रम्पको चासो हुनु स्वाभाविक थियो ।

    यसै सन्दर्भमा ट्रम्पले आफ्ना समर्थकलाई सरप्राइज भेट दिएका छन् । उनी अस्पताल बाहिर उपस्थित समर्थकबीच मोटरमा घुम्दै गरेको अवस्थामा भेटिए । त्यसअघि उनले आफूले आश्चर्यजनक भ्रमण गर्ने भन्दै ट्वीट गरेका थिए । त्यसको केही बेरमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै निस्किएको बीबीसीले उल्लेख गरेको छ ।


    यसअघि डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको र सम्भवतः सोमवार अस्पतालबाट डिस्चार्ज हुन सक्ने संकेत गरेका छन् । राष्ट्रपतिले अचानक समर्थकलाई दर्शन दिनुबाट आफु स्वस्थ रहेको सन्देश प्रवाह गर्नु पनि रहेको बताइएको छ । किनकी उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी गरिँदै आएको थियो ।

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट ट्रम्पलाई स्वास्थ्य लाभको कामना

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट ट्रम्पलाई स्वास्थ्य लाभको कामना

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला कोरोना भाइरससँगको व्यक्तिगत लडाईमा छन् । उनी संक्रमित भई अस्पतालमा भर्ना भएका छन् । उनलाई संसारभरबाट स्वास्थ्य लाभको कामना गरी सन्देश पठाउने क्रम जारी रहेको छ ।

    यसै सन्दर्भमा विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीमा शुक्रबार कोरोना संक्रमणको पुटी भएको हो । भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्न ठोस कदम चाल्ने पर्ने भन्दै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

    सन्देशमा भण्डारीले नेपाल र अमेरिका बीचको वहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने धारणा व्यक्त गरेकी छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाउँदै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका थिए । उता, चिनियाँ राष्ट्रपतिले समेत शनिबार एक सन्देश पठाएर राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना

    राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना

    काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सैनिक अस्पताल भर्ना भएका छन् । उनलाई सावधानी अपनाउँदै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको ह्वाइट हाउसले उल्लेख गरेको छ । उनलाई विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर पुर्याइएको थियो ।

    राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए । अस्पताल प्रस्थान गर्नुअघि ट्रम्पले आफूहरुको स्वास्थ्य लाभको कामना गर्ने सुशचिन्तकलाई समेत धन्यवाद दिएका छन् ।

    कोरोना भाइरसलाई निकै हल्का टिप्पणी गर्ने राष्ट्रपति ट्रम्प अन्ततः आफै संक्रमणको शिकार भएपछि उनीबारे सहानुभूति भन्दा बढी खुसी हुनेहरु देखिएका छन् ।

    उद्दपी संसारभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले भने उनको स्वास्थ्य लाभको कामना गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएका छन् ।

  • कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित

    कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित

    प्रभात भट्टराई/अमेरिका

    अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएको सात महिना पछि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई यो भाइरसले समातेको छ । बिहीबार राती ट्रम्पले ट्विट गर्दै आफु र श्रीमती मलेनियालाई भाइरस ‘पोजेटिभ’ देखिएर क्वारेन्टाइनमा बसेको जानकारी दिएका हुन् ।

    भाइरसबारे सुरु देखिनै ट्रम्पले कमजोर व्याख्या गर्दै आएका थिए । अमेरिकामा भाइरसले कुनै असर नपुर्याउने एवं कोही पनि संक्रमित भित्रिन नदिएको जस्ता दावी उनले झन्डै तीन महिना दोहोर्याए । अमेरिकामा भाइरसको पहिलो संक्रमण जनवरी २० मा देखिएको थियो । त्यसको दुई महिनासम्म ट्रम्पले भाइरसको सम्भाव्य जोखिमसँग जुध्न त टेष्टिङ प्रणाली मजबुत पारे न त अरु जनस्वास्थ्य सरोकारमा नै ध्यान दिए ।

    जनवरी अन्त्यमा चीनबाट अमेरिकामा यात्रा निषेध गरे पनि प्रभावकारी ढंगले कार्यान्वयन गराउन सकेनन् । उनले यात्रा निषेध गरेपवछि समेत हजारौँ व्यक्ति चीनबाट अमेरिकि भित्रिएका थिए । साथै अमेरिकाभन्दा चाँढो संक्रमण फैलिएको युरोपबाट पनि लगातार आवागमन भइ रह्यो । त्यसरि एकै पटक मार्च तेस्रो साता पछि अमेरिकामा संक्रमितको संख्या चुलिन पुग्यो ।

    मार्च तेस्रो साता सामाजीक दूरी सम्बन्धि नीति सार्वजनिक गरेका ट्रम्पले सधैँ जसो भाइरस आफैँ हराएर जाने जस्ता दावी गरि रहे । उनले फेब्रुअरी पहिलो साता नै भाइरस स्वासप्रवासबाट सर्न सक्ने जानकारी पाएको गत महिना सार्वजनिक भयो । वासिंटन पोष्टका पत्रकार बब उडवडसँग उनले त्यसो भनेको अडियो गत महिना सार्वजनिक भएको हो । तर, त्यस्तो सूचना पाएपनि ट्रम्पले सार्वजनिक रुपले जनतालाई सचेत गराउने काम भने कहिल्यै गरेनन् । आफुले गजब काम गरेको र भाइरस नियन्त्रणमा रहेको दावी गरि रहे । अमेरिकामा दैनिक एक हजार बढिको मृत्यु हुन थालेपछि आफुले प्रभावकारी कदम चालेको परिमाणस्वरुप मृत्युदर कम रहेको बताए ।

    भाइरस संक्रमणको जोखिमबारे जनस्वास्थ्य विज्ञहरुको सुझावलाई कहिल्यै गम्भिर रुपमा लिएनन् । जनस्वास्थ्य विज्ञहरुलाई चुनौती दिँदै मलेरियाको औषधी हाइड्रोक्सिक्लोरिक्लिनले भाइरस उपचार गर्ने दावी गरे । शरिर भित्र  ‘ब्लिज’ लगायत सफाइ सामग्री पठाए भाइरस छिटो निको हुने समेत बताए । उनकै प्रशासनका विज्ञहरुले मास्क लगाउनु र सामाजीक दूरी कायम गर्नु नै संक्रमणबाट बच्ने सबैभन्दा बलियो उपाय रहेको बताए पनि उनले टेरेनन् । बिना मास्क र सामाजीक दूरी हजारौँ समर्थक भेला गरेर चुनावी सभाहरु आयोजना गरि रहे । जहाँ पनि मास्क लगाएको भन्दै प्रतिद्वन्दी जो बाइडेनलाई उल्टो उडाए ।

    एक पछि अर्को वेवस्ताको नजिता स्वरुप अमेरिका भाइरस संक्रमण र मृतकको संख्यामा एक नम्बर मात्र बनेन अन्ततः राष्ट्रपति ट्रम्प आफैं संक्रमित बन्न पुगे । भाइरसलाई ट्रम्पजस्तै गम्भिरता पूर्वक नलिने ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई पनि यसअघि संक्रमण देखिएको थियो । उनलाई रोगले धेरै नच्यापी निको भएका छन् । भाइसरबाट बच्न ट्रम्पकै सुझावलाई स्वीकारेर हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहँदा उनलाई संक्रमण देखिएको थियो । ट्रम्पले पनि गत महिना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाने गरेको दावी गरेका थिए । तर, त्यसले उनलाई संक्रमणबाट बचाएन । अहिले पनि उनी हाइड्रोक्सिक्लोरिक्लिन खाँदै छन् कि छैनन् भन्ने बारे केही बताउन ह्वाइट हाउसले मानेको छैन ।

    ह्वाइट हाउस भित्रै संक्रमण छिरि सकेको पुष्टि हुँदा पनि ट्रम्प प्रशासनले भाइरसप्रति गैर जिम्मेवारीपन देखाउन छोडेको थिएन । बुधबार बेलुका नै ट्रम्प निकट ह्वाइट हाउस कर्मचारी होप हिक्सलाई भाइरस लागेको पुष्टिभएपछि आफु जँचाउनुको सट्टा ट्रम्प बिहीबार चुनावी चन्दा संकलनका लागि न्यूजर्सी उडेका थिए । त्यहाँ उनले १०० जना हाराहारी समर्थक एवं चन्दादातालाई बिना मास्क सम्बोधन गरे । हिक्सलाई भाइरस लागेको जानकारी ह्वाइट हाउसले विहीबार दिनभर लुकायो । एकैपटक साँझ ब्लुमबर्गले समाचार ब्रेक गरेपछि मात्र ह्वाइट हाउसले स्वीकारेको थियो । त्यसपछि बल्ल ट्रम्पले हिक्सलाई भाइरस लागेको एवं आफु र मलेनिया पनि नतिजा पर्खि रहेको बताए । अघिल्लो शुक्रबार ट्रम्पलाई भेटेकी रिपब्लिकन नेशनल कमिटी चेयर उमन रोन्ना म्याकडेनियललाई पनि बुधबारै भाइरस संक्रमण देखिए पनि आज बिहानसम्म सूचना लुकाइएको थियो ।

    मंगलबार सम्पन्न राष्ट्रपतिय बहसमा सहभागी ट्रम्प परिवारका कसैले पनि मास्क लगाएका थिएनन् । डेमोक्रेटिक प्रत्याशी जो बाइडेन पत्नी जील बाइडेन लगायत डेमोक्रेटिक प्रतिनिधीहरु हलमा मास्क लगाएर बसेका थिए । बहसमा समेत नियमित मास्क लगाएको प्रति ट्रम्पले बाइडेनलाई गिज्याएका थिए । ट्रम्पलाई भाइरस देखिएको खवरपछि शुक्रबार बिहान बाइडेनलाई जाँच गर्दा नतिजा ‘नेगेटेभि’ आएको उनको क्याम्पेनले जनाएको छ ।

    ह्वाइट हाउसले ट्रम्पलाई ‘माइलड सिमटम’ देखिएको जनाएको छ । नियमित ट्विटर चलाउने ट्रम्पले मध्यराती आफुलाई भाइरस लागेको जानकारी पछि कुनै ट्विट गरेका छैनन् । ७४ बर्ष पुगि सकेका र धेरै तौल भएका ट्रम्प भाइरस संक्रमण र प्रभावका दृष्टिले जोखिमपुर्ण बर्गमा पर्छन् । ट्रम्पलाई भाइरस देखिएपछि जाँच गर्दा उपराष्ट्रपति माइक पेन्स दम्पतिमा भने ‘नेगेटिभ’ नतिजा आएको जनाइएको छ ।

  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

    शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। चुनावी प्रचार प्रसारमा व्यस्त रहेका ट्रम्प संक्रमण देखिएसँगै अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

    अमेरिका कोरोना प्रभावित मूलुककको पहिलो स्थानमा रहेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ७४ लाख भन्दा बढी पुगिसकेको छ । साथै २ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ ।

  • न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्‍यु

    न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्‍यु

    न्युयोर्क       

    न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईटसमा एक ४३ वर्षीया महिलाको घर कै बेडरुममा  उडेर आएको गोली लागी मृत्‍यु भएको छ । बुधबार बिहान एक बज्नु केही अगाडि अपार्ट्मेन्टको अगाडिको झ्याल प्वाल पारेर आएको गोली गर्धनमा लागी ति महिलाको मृत्‍यु भएको न्युयोर्कस्थित सुरक्षा अधिकारीहरुले जनाएका छन् । ज्याक्सन हाईटसस्थित ३४ एभेन्यु र ९१ स्ट्रिटको सुबिधा सम्पन्न उक्त अपार्ट्मेन्टको कोठामा महिलाको मृत्‍यु हुने गरी गोली चलाउने को हो अहिलेसम्म पत्ता नलागेको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन् ।  

    घटनास्थलमा घटना घटेको समयको भिडियो सार्वजनिक गरेको छ र भिडियोमा मोटर साईकल चढेर दुई जना हिंडेको देखिएको छ ।

    न्युयोर्क प्रहरी

    एक बज्ने बेलामा झ्यालको सिसा फुटेको आवाज आएपछि मृतक महिलाको १४ वर्षीय छोरा कुद्धै हेर्न आउँदा आफ्नी आमा लडिरहेको देखेपछि ९११ मा फोन गरेर खबर गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।  तेश्रो तलामा रहेको अपार्ट्मेन्टमा मृत्यु भएकी  बर्थ एरिआगाको तिन वटा बच्चाहरु छन् ।  

    न्युयोर्क प्रहरीले घटनास्थलमा घटना घटेको समयको भिडियो सार्वजनिक गरेको छ र भिडियोमा मोटर साईकल चढेर दुई जना हिंडेको देखिएको छ । अपराधि पत्ता लगाउन मद्दत गर्नेलाई १० हजार अमेरिकी डलर पुरस्कार प्रहरीले घोषणा गरेको छ । गत महिना ज्याक्सन हाईटसस्थित ९६ स्ट्रिट र ३० अभिन्युमा गोली चल्दा एक ३३ वर्षीय पुरुष घाईते भएका थिए ।

  • अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

    अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

    न्यूयोर्क

    आफुलाई ‘सेल्फमेड बिलेनियर (स्वनिर्मित अर्बपति)’ दावी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको बर्ष ७५० डलर मात्र आयकर तिरेको खुलासा न्यूयोर्क टाइम्सले गरेको छ । टाइम्सले आइतबार साँझ प्रकाशित गरेको सनसनीखेज रिपोर्ट अनुसार पछिल्ला १५ बर्षमा १० बर्ष उनले कुनै कर तिरेका छैनन् ।

    ट्रम्पले लामो समय देखि आफ्नो आयकर विवरण (ट्याक्स रिटर्न्स) सार्वजनिक गर्न अटेर गर्दै आएका छन् । अमेरिकी राष्ट्रपतिका उम्मेद्वारले कर विवरण सार्वजनिक गरेर आफ्नो आर्थिक पारदर्शिता देखाउने चलन उनले तोडेका थिए । आफ्नो कर विवरण माथि आयकर विभागको अडिट चलि रहेको र सक्ने वित्तिकै सार्वजनिक गर्ने उनको दावी रहँदै आएको छ ।

    तर, टाइम्सको खोजले ट्रम्पको दावी बहाना मात्र भएको सिद्ध गरिदिएको छ । वित्तिय विवरणहरुमा सर्वसाधारणलाई करौडौँ डलर नाफा कमाएको देखाउने ट्रम्पले सरकारलाई बुझाउने कागजातमा भने लगातार घाटा देखाएर कर छलि गर्दै आएको टाइम्सले खुलासा गरेको हो । त्यही क्रममा सन् २०१६ र २०१७ मा उनले ७५० अमेरिकी डलरको दरले मात्र कर तिरेको पाइएको हो ।

    नाफा देखाएर तिर्नु त होइन चरम घाटा भएको भन्दै उनले आयकर विभागसँग सात करोड २९ लाख अमेरिकी डलर फिर्ता लिन लामो गलफति गरेका थिए । दशक लामो अडिट एवं तानातान पछि घाटा देखाएर उनी त्यो रकम फिर्ता लिन सफल भए । उनले बाहिर प्रचार गरेझैँ नाफाको अवस्था रहेको भए उल्टो १० करोड डलर बढि तिर्नुपर्ने हुने थियो ।

    टाइम्सका अनुसार ट्रम्पले अमेरिकी जनता र आयकर विभागबीच देखाउने आफ्नो तस्वीरमा आकाश जमिनको फरक छ । उनी जनतामाझ अत्यन्त सफल, धनाड्य एवं ‘स्मार्ट’ नेताको रुपमा चिनिन चाहन्छन् । तर, आयकर विभाग सामु भने करौडौँ डलर घाटा खाएको एवं ऋण बोकेको ब्यापारीको रुपमा प्रस्तुत हुँदै आएका छन् । कर, छल्नकै लागि उनले छोरी इभान्कालाई आफ्नो कम्पनीमा परामर्शदाताको रुपमा भुक्तानी गरेका छन् भने आफ्नो कपाल बनाउने खर्च मात्र ७५ हजार डलर लागेको देखाएका छन् ।

    उनले पैसा आर्जनका लागि कैयन् स्वार्थ बाझिने काम गरेको तथ्य समेत टाइम्सले उजागर गरेको छ । टाइम्सले ट्रम्पको राष्ट्रपतिय कार्यकाल अन्तर्गत अघिल्लो दुई बर्ष सहित दुई दशक बढिको कर विवरण फेला पारेको हो । सन् २०१८ र २०१९ को विवरणमा आधारित समाचार भने पछि प्रकाशित गर्ने टाइम्सले जनाएको छ ।

    अमेरिकामा अर्बौँ डलरको ब्यापार गरेपनि ट्रम्पले यहाँभन्दा बाहिरका सरकारलाई धेरै कर तिरेको पाइएको छ । सन् २०१७ मा अमेरिकी सरकारलाई ७५० डलर तिरेका ट्रम्प र उनका कम्पनीले पनामामा १५ हजार ५९८ डलर तिरेका थिए । त्यही बर्ष भारतमा एक लाख ४५ हजार डलर र फिलिपिन्समा एक लाख ५६ हजार डलर कर भुक्तानी उनी एवं उनका कम्पनीले गरेको टाइम्सले उजागर गरेको छ ।

    ट्रम्पले सन् २०१४ मै आफु कुनै दिन राष्ट्रपतिका लागि प्रत्याशी भएमा कर विवरण सार्वजनिक गर्ने बताएका थिए । तर, २०१६ को क्याम्पेन अवधिभर उनले अडिटको बहाना बनाएरै टारे । उनले कर छली एवं पूँजी पलायन गरेको आशंका सहित न्यूयोर्क राज्य सरकारले अनुसन्धान समेत थालेको छ । न्यूयोर्क सरकारलाई आफ्नो विवरण दिन अस्वीकार गरेका ट्रम्पलाई अघिल्लो महिना अमेरिकी सर्बोच्च अदालतले अनुसन्धानलाई सघाउन आदेश दिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउन पाँच साता मात्र बाँकी रहेको बेला सुरु भएको ट्रम्पको कर छली यात्रा उत्खननले निर्वाचनलाई थप रोचक बनाइदिएको छ ।

  • मत सर्भेक्षणमा लगातार पछि परेपछि  बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

    मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

    न्यूयोर्क

    मत सर्भेक्षणहरुश्रमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग लगातार पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आश्वासन बाँडेका छन्- बृद्धहरुलाई स्वास्थ्य कुपन दिने ।

    विहीबार आफ्नो स्वास्थ्य योजना सार्वजनिक गर्दै ट्रम्पले ६५ बर्ष माथिका तीन करोड ३० लाख बृद्ध बृद्धालाई दुई/दुई सय डलर दरको कुपन दिने घोषणा गरेका हुन् ।

    ‘यो यसअघि कहिल्यै भएको थिएन, ट्रम्पको भनाइ छ- केही सातामै कुपन वितरण सुरु हुन्छ ।’ आफुले सधैं बृद्धहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेको तर बाइडेनले त्यसो नगर्ने उनको दावी छ ।

    सन् २०१६ मा बुढापाकाबाटै धेरै भोट पाएको कारण ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । तर, यसपाली त्यस्तो अवस्था छैन । कोरोना भाइरसप्रति उनको वेवास्ताका कारण धेरै बुढापाका उनीसँग चिढिएका छन् । केही दिन अघि ट्रम्पले एक चुनावी सभामा भाइरसले युवालाई केही असर नगर्ने र ज्यान गुमाउनेमा अधिकांश बृद्ध बृद्धा रहेको टिप्पणी गरेका थिए ।

    ती सबै यथार्थमाझ बुढापाकालाई आफुले हेर्ने दावी भने उनले दोहोर्याउने छोडेका छैनन् । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख बढिले ज्यान गुमाइ सकेका छन् । अधिकांश मत सर्भेक्षणमा ६५ बर्ष माथिका बहुमत बुढापाका यसपाली बाइडेनको पक्षमा देखिएका छन् । २०१६ मा आफुले जितैका सबै उमेर समूहमा थप कमजोर भएपछि ट्रम्प यसपालीको चुनावमा धाँदली हुने दावी समेत निरन्तर दोहोर्याइ रहेका छन् ।

    यसरी बुढापाकालाई २०० को दरले स्वास्थ्य कुपन बाँढ्दा छ अर्ब ६० करोड अमेरिकी डलर खर्च हुने देखिएको छ । यो रकम मेडिकेयर कार्यक्रमबाट चलाइने ह्वाइट हाउस अधिकारीहरुको दावी छ ।

  • अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स

    अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स

    न्युयोर्क       

    सेनेटर बर्नी स्यान्डर्सले आसन्न नोभेम्बरको अमेरिकी निर्वाचन डोनाल्ड ट्रम्प र जो बाईडेन बीचको प्रतिस्पर्धा नभएर यो तानाशाह र प्रजातन्त्र बीचको भएको बताएका छन् । राष्ट्रपति दौडबाट बहिरिएपछि पहिलो पटक  सेनेटर स्यान्डर्सले जर्ज वासिङ्टन युनिभर्सिटीमा बिहिबार सशरीर उपस्थित भई सम्बोधन गर्दै अमेरिकाका सम्पूर्ण राजनीतिक दलहरु एक भएर राष्ट्रपति ट्रम्पबाट खतरामा परेको अमेरिकाको प्रजातन्त्रको रक्षा गर्नु पर्ने समय आएको बताएका छन् ।  

    राष्ट्रपति ट्रम्पका मित्र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तो गर्ने सोचेका होला वा अन्य कुनै देशमा त्यस्तो सम्भव होला तर यो अमेरिका हो, यहाँ जबरजस्ति सत्तामा बस्न सम्भव नै छैन

    बिहिबार स्यान्डर्सले वासिङ्टन डिसिबाट भनेका छन्; “यो निर्वाचन फगत डोनाल्ड ट्रम्प र जो बाईडेन बीचको निर्वाचन होईन । यो निर्वाचन डोनाल्ड ट्रम्प र प्रजातन्त्र बीचको निर्वाचन हो । त्यसैले प्रजातन्त्रको बिजय हुनु पर्दछ”। बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाऊसस्थित पत्रकार सम्मेलनमा ‘यदि आफु चुनावमा पराजित भएको खण्डमा शान्तिपूर्ण तरिकाबाट शक्ति हस्तान्तरण गर्छु’ नभन्नुलाई अमेरिकी जनताले गम्भिर रुपमा लिनु पर्ने समेत स्यान्डर्सले बताएका छन् ।  बुधबारको पत्रकार सम्मेलनमा ट्रम्पले ‘निर्वाचनमा पराजित भएको अवस्थामा शान्तिपूर्ण तरिकाबाट शक्ति हस्तान्तरण गर्छु’ भनि नभन्नु खेदपूर्ण मानेका छन् । “राष्ट्रपति ट्रम्पका मित्र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तो गर्ने सोचेका होला वा अन्य कुनै देशमा त्यस्तो सम्भव होला तर यो अमेरिका हो, यहाँ जबरजस्ति सत्तामा बस्न सम्भव नै छैन” स्यान्डर्सले बताएका छन् ।  

    स्यान्डर्सले राष्ट्रपति ट्रम्पलाई चेतावनि दिदै भने; “तिमी जति सुकै धनि हौ वा शक्तिशाली किन नहोस् त्यस्को कुनै मतलब छैन । तिमी अहंकारी र आत्ममोहित हुन सक्छौ । त्यो पनि मतलब भएन । तिमीले जे चाह्यो त्यही गर्न सक्छौ भन्ने सोच्छौ होला, त्यो पनि मतलब भएन तर एउटा कुरा प्रष्ट पार्छु ‘यो देशको प्रजातन्त्रको लागि धेरैले लडेका छन् तिमीले यो प्रजातन्त्रलाई नष्ट गर्न पाउँदैनौ”।

  • बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’

    बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’

    न्युयोर्क       

    माइक्रोसफ्टका सह-संस्थापक तथा विश्व स्वास्थ्य परोपकारी बिल गेट्सले कोभिड -१९ को बिषयमा अमेरिकी बर्तमान सरकारको काम गराईलाई निर्लज्ज भन्दै आलोचना गरेका छन् । बिल गेट्सले आइतबार फक्स न्युजसँगको कुराकानीमा ‘महामारीको ६ महिना बितेर यतिविघ्न क्षति गरिसकेको अवस्थामा हालसम्म पनि तुरुन्तै कोरोना परिक्षणको नतिजा प्राप्त गर्ने अवस्था छैन’ भन्दै सरकारको आलोचना गरेका हुन् ।  गेट्सले भनेका छन्; “अहिलेसम्म पनि मानिसहरुले २४ घण्टा भित्र रिजल्ट प्राप्त गर्न सक्दैनन । अहिले पनि यस्तो अवस्था हुनु अपमानजनक कुरा हो”।

    अहिलेसम्म पनि मानिसहरुले २४ घण्टा भित्र रिजल्ट प्राप्त गर्न सक्दैनन । अहिले पनि यस्तो अवस्था हुनु अपमानजनक कुरा हो

    जोन हप्किन्स् युनिभर्सिटीका अनुसार अमेरिकामा ६८ लाख ९७ हजार संक्रमित र २ लाख ८ सयको मृत्‍यु भई सकेको छ । जुन संख्या दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी क्यानाडा लगायत अन्य बिकसित देशहरुको तुलनामा संक्रमित र मृतकको संख्या दुबै उच्च छ । गेट्सले थप भनेका छन्; “अमेरिकामा राजनीतिक र स्वास्थ्य सम्वन्धि नेतृत्वले बर्तमान अवस्थामा कोरोना जाँचको लागि सन्यन्त्र अपर्याप्त भएकोको कुरा सार्वजनिकरुपमा स्वीकार गर्दै अब उप्रान्त कसरी सहज तरिकाले सेवा दिने बाटो पहिल्याउनु पर्दछ”।

    अमेरिका मृतकको संख्या दुई लाख कटे पनि सरकारको नेतृत्व गरी रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै ‘मास्क लगाउँदा कोरोनाबाट बच्न सम्भव छ’ भन्ने गरेका छैनन र आगामी नोभेम्बर ३ को निर्वाचन लक्षित चुनावी सभाहरु बिना मास्क र बिना सामाजिक दुरी आयोजना गर्दै आएका छन् । 

    समाचार संस्था सिएनएनले उच्चस्तरीय स्वास्थ्य अधिकारीको हवाला दिदै अमेरिकामा आगामी जनवरी १ सम्म कोरोनाबाट मृत्‍यु हुनेको संख्या ४ लाख कट्ने अनुमान गरिएको छ ।

  • अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्‍यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो

    अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्‍यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो

    न्युयोर्क       

    अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्‍यु हुनेको संख्या २ लाख कटेको छ । जोन हप्किन्स् युनिभर्सिटीका अनुसार मंगलबारसम्ममा अमेरिकामा २ लाख पाँच जनाको कोरोना संक्रमणबाट मृत्‍यु भइसकेको छ। त्यसैगरी ६८ लाख ६१ हजार संक्रमित भई सकेका छन् । अमेरिका विश्वमा नै कोरोनाको कारण धेरै मृत्‍यु हुने देश भएको छ ।  

    मृत्‍यु हुनेको संख्यामा भने हालसम्म न्युयोर्कमा सबैभन्दा धेरै  ३३ हजार ९२ जनाको मृत्‍यु भै सकेको छ । 

    हालसम्म अमेरिकामा सबैभन्दा धेरै क्यालिफोर्निया राज्यमा ७ लाख ९१ हजार, दोश्रोमा टेक्सास ७ लाख ३४ हजार, तेश्रोमा फ्लोरिडामा ६ लाख ८५ हजार, चौथोमा न्युयोर्क ४ लाख ५० हजार र जर्जियामा ३ लाख ७ हजार संक्रमित भएका छन् । मृत्‍यु हुनेको संख्यामा भने हालसम्म न्युयोर्कमा सबैभन्दा धेरै  ३३ हजार ९२ जनाको मृत्‍यु भै सकेको छ । 

    अमेरिकामा अहिले पनि दैनिक औसत ७ सय ७० जनाको मृत्‍यु भै रहेको छ ।

  • ट्रम्प उदयसँगै अमेरिकाको अन्तर्राष्ट्रिय छवि रसातलमा

    ट्रम्प उदयसँगै अमेरिकाको अन्तर्राष्ट्रिय छवि रसातलमा

    न्यूयोर्क

    राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको उदयसँगै अन्तराष्ट्रिय जगतमा अमेरिकी छवि निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान संस्था प्यु रिसर्चको पछिल्लो सर्भेक्षण अनुसार मित्र देशका जनताबीच नै अमेरिकी छवि तिब्र ओरालो लागेको पाइएको हो ।

    अमेरिकाका निकट मित्र राष्ट्रहरु जापान र बेलायतका जनतामध्ये ४१ /४१ प्रतिशतले मात्र अहिलेको अमेरिकाप्रति आफ्नो सकारात्मक धारणा रहेको प्रतिकृया दिएका छन् । सन् २००० यी देशका क्रमशः ७७ र ८३ प्रतिशत जनता अमेरिकाप्रति सकारात्मक धारणा राख्थे । ट्रम्प निर्वाचित भएपछि यी देशमा अमेरिकाप्रतिको धारणा तीब्र नकारात्मक भएको अध्ययनले पुष्टि गरेको छ ।

    फ्रान्स र जर्मनीमा अमेरिका प्रति सकारात्मक धारणा राख्ने नागरिक क्रमशः ३१ र २६ प्रतिशत मात्र छ । दुई दशक अघि यो संख्या ६२ र ७८ प्रतिशत थियो । छिमेकी क्यानडा र टाढाको अष्ट्रेलियामा अमेरिकालाई हेर्ने दृष्टिकोण क्रमशः ३५ र ३३ प्रतिशत नागरिकको मात्र राम्रो छ । सन् २००० मा अमेरिकाप्रति यी देशका क्रमशः ७२ र ५९ प्रतिशत नागरिकले सकारात्मक धारणा राख्थे । दक्षिण कोरिया जनतामध्ये अझैपनि ५९ प्रतिशतले अमेरिकाप्रति सकारात्मक धारणा रहेको बताएका छन् । तर, राष्ट्रपति ट्रम्पप्रति भरोसा रहेको बताउने भने १७ प्रतिशत मात्र छन् ।

    सर्भे गरिएका १३ देशमा अमेरिकाप्रतिको धारणा र ट्रम्पप्रतिको भरोसा, स्रोत प्यु रिसर्च

    कोरिया बाहेक छवटै देशमा अमेरिकाप्रति त्यहाँका नागरिकले हेर्ने दृष्टिकोण यति बिघ्न नकारात्मक यसअघि कहिल्यै नभएको प्यु रिसर्चले जनाएको छ । सन् २००० सेप्टेम्बर ११ को आतंककारी हमलापछि इराक र अफगानिस्थानमा सुरु गरेको युद्धसँगै मित्र राष्ट्रका जनतामा अमेरिकाप्रतिको नकारात्मक धारण केही हदसम्म बढेको थियो । तर, बाराक ओबामा राष्ट्रपति निर्वाचित भएर युद्ध विरोधी नीति अवलम्बन गरेसँगै अमेरिकाले गुमाएको विश्वास फर्कन थाल्यो । तर, ट्रम्प उदयले त्यसलाई फेरि रसातलमा पुर्याइ दिएको छ ।

    ट्रम्पले अमेरिकाका पुराना मित्रराष्ट्रहरुलाई निरन्तर चिढ्याउने गतिविधी गर्दै आएका छन् । मित्रराष्ट्रहरु भन्दा लामो समय प्रतिश्पर्धीको रुपमा रहेको रसिया लगायतसँग उनको बढि लगाव देखिएपछि उनी सहित अमेरिकाप्रति नकारात्मक धारण बढेको हो ।

    कोरोना भाइरस नियन्त्रणबारे मित्र देशका जनताको धारणा, स्रोत प्यु रिसर्च

    मित्र राष्ट्रका जनताले अमेरिकाले कोरोना भाइरस नियन्त्रणमा चालेको कदमप्रति सबैभन्दा धेरै अविश्वास देखाएका छन् । १३ देशमा गरिएको अनुसन्धान अनुसार औषत १५ प्रतिशतले मात्र अमेरिकी कदमको समर्थन गरेका छन् । सबैभन्दा कम दक्षिण कोरियाका जनतामध्ये छ प्रतिशत मात्र अमेरिकी कदमको समर्थन गरेका छन् । अमेरिकासँग एकै समय कोरोना भाइरस देखिएको कोरियाले संक्रमण नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको छ । आफ्नो सरकारको कदमप्रति भने त्यहाँका ८६ प्रतिशत जनताले समर्थन गरेका छन् । विश्व स्वास्थ्य संगठन, युरोपेली युनियन र चीनको कदमप्रति पनि कोरियाली जनतामध्ये क्रमशः १९,१९ र २० प्रतिशतले मात्र समर्थन गरेका छन् ।  

    सर्भेक्षण गरिएका १३ मुलुकका जनतामध्ये कोरोना भाइरस नियन्त्रणमा अमेरिकी कदमको समर्थन सबैभन्दा धेरै स्पेनिशहरुले गरेका छन् । स्पेनका २० प्रतिशत जनताले अमेरिकी कदमको सह्राना गरेका हुन् । इटालीका १८ प्रतिशत एवं क्यानडा र बेलायतका १६ /१६ प्रतिशतले जनताले मात्र कोरोना भाइरसप्रति अमेरिकी कदमलाई पास नम्बर दिएका छन् ।  

  • नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा

    नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा


    काठमाडौं । नेपालमा ११ वर्षको अवधिमा ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलासा भएको छ । सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिएको छ ।

    अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

    नेपालमा यसलाई खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको छ । यसरी १ वर्षमा कुल ३४ अर्ब रुपैयाँ कालोधन ओसारपसार भएको पाइएको हो । ‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको भएको समेत जनाइएको छ ।

    यस अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई विवरण उपलब्ध गराएका थिए । ती जानकारी प्राप्त गरी ‘बजफिडन्यूज‘ र आईसीआईजेले विश्वभरका आफ्नो नेटवर्कमा रहेका पत्रकारसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिएर सार्वजनिक गरिएको छ ।

    यो विवरण अनुसार सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महिनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेका छन् ।

    शंकास्पद धनको कारोबार र ओसारपसार गरेको सूचीमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बाङ्लादेश बैंकको नाम जोडिएको छ ।

    यस्तो कारोबार र ओसारपसारमा प्रत्यक्ष संलग्न १० कम्पनीहरूमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि टे्रडर्स प्राइभेट लिमिटेड, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज छन् ।

    उनीहरुमध्ये केही कम्पनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने काम गर्दै आएका थिए । यसबाहेक पनि झन्डै एक दर्जन जति नेपाली कम्पनीहरू अप्रत्यक्ष रूपमा संलग्न छन् ।

    तर, उनीहरूको संलग्नताबारे सोधिएको प्रश्नमा नेपालका बैंक तथा कम्पनीहरूले ‘उल्लिखित काममा आफूहरूको कुनै संलग्नता नरहेको’ भनेर शंकास्पद कारोबारलाई अस्वीकार गरेका छन् ।

    खुलासाअनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसार पसार भएको छ ।

    यो रकम आर्थिक वर्ष २०७७\७८ मा गण्डकी प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको बजेट बराबर हो । आईसीआईजेबाट खोपकेले प्राप्त गरेका कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिन्छ ।पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ ।

    दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ । तर, त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन ।

    तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको देखिन्छ । यसमा नेपालका बैंक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिँदैन ।

    विभिन्न व्यापार, व्यवसाय र कारोबारका नाममा शंकास्पद रकम बाहिर लैजाने र भित्र्याउने काम पटकपटक भएको देखिन्छ । यतिसम्म कि कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा गर्छ ‘फिनसेन फाइल्स’ ले ।

    अमेरिका लगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा बैंक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ ।

    त्यस्तो देखिए ६० दिनभित्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क‘ (फिनसेन) लाई जानकारी दिनुपर्छ । यो अमेरिकी सरकारको ‘डिपार्टमेन्ट अफ दी टे्रजरी’ अन्तर्गतको निकाय हो । यो अमेरिकी संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो

    खुलासाअनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसार पसार भएको छ ।

    यो रकम आर्थिक वर्ष २०७७,७८ मा गण्डकी प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको बजेट बराबर हो । आईसीआईजेबाट खोपकेले प्राप्त गरेका कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिन्छ ।पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ ।

    दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ । तर, त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन ।

    तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको देखिन्छ । यसमा नेपालका बैंक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिँदैन । विभिन्न व्यापार, व्यवसाय र कारोबारका नाममा शंकास्पद रकम बाहिर लैजाने र भित्र्याउने काम पटकपटक भएको देखिन्छ ।

    यतिसम्म कि कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा गर्छ ‘फिनसेन फाइल्स’ ले ।

    अमेरिका लगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा बैंक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ ।

    त्यस्तो देखिए ६० दिनभित्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क‘ (फिनसेन) लाई जानकारी दिनुपर्छ । यो अमेरिकी सरकारको ‘डिपार्टमेन्ट अफ दी टे्रजरी’ अन्तर्गतको निकाय हो । यो अमेरिकी संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो

  • क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु

    क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु

    काठमाडौं । पछिल्लो डेढ महिनामा क्यानडाले तीन जना नेपाली समुदायका सदस्यलाई गुमाउन पुगेको छ । गत आइतबार राजधानी अटोवा निवासी मान्भी श्रीवास्तव विष्टको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । उनको घरमै लडेर ज्यान गएको हो । उनी ५० वर्षीया रहेको संघले जनाएको छ । यसअघि २७ अगस्तमा ओटवामा बस्ने जगन्नाथ र उर्मिला ओझाका छोरा सौगातको २९ वर्षको उमेरमा ज्यान गएको थियो ।

    उनको समेत बाथरुममै ज्यान गएको हो । उता, क्यानडाको टोरन्टो इटोविकोकमा अगस्त ११ मा सवारी दुर्घटनामा ३ वर्षीय बालक रायन भट्टराईको ज्यान गएको छ । उनको सडक पार गर्ने क्रममा भएको दुर्घटनामा ज्यान गएको हो । पछिल्ला दिनमा विदेशमा कोरोनाबाहेक अन्य कारणबाट पनि नेपालीको ज्यान जाने क्रम जारी छ ।

  • अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

    अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

    न्यूयोर्क

    अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश रुथ बाडर गिन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । महिला अधिकार र समानताको पक्षमा उनले युगान्तकारी फैसलाको अगुवाइ गरेकी छिन् ।

    उनलाई सन् १९९३ मा राष्ट्रपति विल क्लिन्टनले सर्बोच्चको न्यायाधिशमा मनोनित गरेका थिए । अमेरिकी सर्बोच्च अदालतमा उमेर एवं समयावधिको सीमा नहुने भएको कारण पदमै रहँदा उनको मृत्यु हुन पुग्यो । गिन्सबर्गलाई दुई बर्ष अघि आन्द्राको क्यान्सर देखिएको थियो । त्यसको सफल उपचार गरि क्यान्सर मुक्त भएको घोषणा गरेको डेढ बर्षमा फेरि उनलाई प्यांक्रियाजको देखियो । त्यसकै कारण परिवारका सदस्य माझ उनको मृत्यु भएको हो ।

    अमेरिकामा सर्बोच्च अदालतलाई शक्ति शन्तुलनका दृष्टिले अत्यन्त महत्वपुर्ण मानिन्छ । अहिलेसम्म सर्बोच्चमा पाँच रिपब्लिकन राष्ट्रपतिले मनोनित गरेका कन्जरभेटिभ र चार डेमोक्रेटिक राष्ट्रपतिले मनोनित गरेका लिबरल न्यायाधिश थिए । ह्वाइट हाउस र सिनेट दुबै रिपब्लिकनसँग रहेको कारण अब उनीहरुले गिन्सबर्गको ठाउँमा नयाँ न्यायाधिश नियुक्तीका लागि जोड गर्नेछन् । त्यसो भएमा कन्जरभेटिभ न्यायाधिशको संख्या ६ पुग्नेछ र यो बहुमत भत्काउन डेमोक्र्याटहरुलाई सहज हुनेछैन । त्यसैले चुनावको मुखमा नयाँ नियुक्ति रोक्न डेमोक्र्याटहरुले पनि भरपुर जोड गर्नेछन् । यसले चुनावी नतिजालाई समेत प्रभाव पार्न सक्छ ।

  • अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ

    अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ

    काठमाडौं । मध्यपूर्वी क्षेत्रमा शान्ती स्थापनार्थ एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । संयूक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग शान्ती सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको यो सम्झौतालाई राष्ट्रपति ट्रम्पले तारिफ गरेका छन् ।

    यी तीन मुलुकबीच एक आपसमा सम्बन्ध सामान्य बनाउने गरी ऐतिहासिक सम्झौता भएको हो । सम्झौतापछि टुईटरमार्फत राष्ट्रपति ट्रम्पले नयाँ मध्यपूर्वको सुरूवातको संज्ञा दिएका छन् । उनले तीन वटै मुलुकलाई बधाई समेत दिएका छन् । दशकौंको विभाजन र संघर्षपछि एउटा नयाँ मध्यपूर्वको सुरूवात गरेको उनको भनाई छ ।

    सम्झौता अनुसार अब इजरायल, युएई र बहराइन एकअर्को मुलुकमा दूतावास खोल्न र राजदूत नियूक्त गर्न सहमत भएका छन् । सम्झौता कार्यक्रम मंगलबार ह्वाइटहाउसमा भएको हो । यो सम्झौताप्रति प्यालेस्टाइनको भने असहमति रहेको छ । प्यालेस्टान खाडी मुलुकहरुले आफुलाई धोका दिएको रुपमा यो सम्झौतालाई लिन्छ ।

    उसको माग इजरायलसँगको विवाद समाधान नभएसम्म खाडी मलुकले इजरायललाई माफी दिन नहुने छ । यो सम्झौताका लागि राष्ट्रपति ट्रम्पको भूमिका महत्वपूर्ण छ । उनले गत जनवरीमा मध्यपूर्व शान्ति योजना ल्याएका थिए । जसमा तीन मुलुकीच शान्ती सम्झौता गर्ने उल्लेख थियो । नजिकिएको निर्वाचनलाई ट्रम्पले एक हतियारका रुपमा शान्ती सम्झौतालाई उपयोग गर्नेछन् । एजेन्सी

  • अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

    अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

    काठमाडौं । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा ज्यान गुमाउने मानिसको संख्या दुई लाख नजिक पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा४ सय ८० जनाको ज्यान गयो । यससँगै कोरोनाबाट कुल १ लाख ९९ हजार मानिसको जीवन समाप्त भएको छ ।

    वर्ल्डोमिटर्सले मंगलबार बिहान गरेको अपडेट अनुसार अमेरिकामा मंगलबार ३८ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कुल कोरोना संक्रमित संख्या ६७ लाख ४९ हजार २८९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४० लाख २७ हजार ८२६ जनाले यो रोगलाई जित्न सफल भएका छन् ।

    २५ लाख ‍२२ हजार ४६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये अझै १४ हजार १०४ जना भने गम्भीर अवस्थामा छन् । उता, विश्वभर २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।


    पछिल्लो २४ घण्टामा कुल २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संसारभर एकै दिन ४ हजार ३५२ जनाको मृत्यु भएको छ । विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ४२२ पुगेको छ । कोरोनालाई जित्नेको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ रहेको छ ।

  • अमेरिकामा डडेलोको कहर, ३५ को गयो ज्यान

    अमेरिकामा डडेलोको कहर, ३५ को गयो ज्यान

    काठमाडौं । अमेरिकामा पछिल्लो एक महिना सातायता विभिन्न राज्यमा फैलिएको डडेलोले मानवीय क्षति तिब्र बनाएको छ । अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    बीबीसीका अनुसार अमेरिकामा तीन वटा राज्यमा डडेलोको कहर चलेको छ । यसको फैलावट तिब्र रहेको र रोकथाममा असफल भएको भन्दै सरकारको आलोचन समेत शुरु भएको छ । अगष्टको प्रारम्भबाटै क्यालिफोर्निया, आरेगन र वासिङ्टनमा डडेलो शुरु भएको हो ।

    ३५ जनाले ज्यान गुमाएको र कैयौं व्यक्ति वेपत्ता रहेको बताइएको छ । डढेलोको प्रभाव दुई लाख हेक्टर क्षेत्रफलमा फैलिएर विनास भइसकेको छ । ती क्षेत्रका संरचना जलेका छन् । जीवजन्तुको क्षति समेत अनगिन्ती भइसकेको बताइएको छ ।

    अहिले पनि यी तीन राज्यका ३० भन्दा बढी क्षेत्रमा डडेलोको ठूला लप्काहरु संक्रिय रहेको संचारमाध्यमले लेखेका छन् । लाखौं व्यक्तिलाई घर छाड्न प्रशासनले आदेश दिइसकेको छ । डडेलोकै कारण अमेरिकामा यो वर्ष तापक्रम समेत वृद्धि हुने देखिएको छ ।

    कोरोना भाइरसको चपेटामा परेको अमेरिकामा निर्वाचन समेत नजिकिएको छ । त्यसमाथि आएको डडेलोको प्रकोपले ट्रम्प प्रशासनको चुनावी अभियानमा समेत प्रभाव पर्न सक्ने आंकलन गरिएको बीबीसीले लेखेको छ ।