न्युयोर्क अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नुवाकोटबासीको संस्था फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्ना) ले आफ्नो वार्षिक भेला सम्पन्न गरेको छ । इष्ट रिभर किनारमा अवस्थित क्वीन्स ब्रिज पार्कमा सम्पन्न भेलामा उपस्थित करिव डेढ सय नुवाकोटेहरुले जिल्लाबासीहरुको समस्या समाधानको लागि भविष्यमा ५० हजार डलरको अक्षय कोष स्थापना गर्ने लक्ष्य समेत तय गरेको छ ।… Continue reading फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्नाको) भेला सम्पन्न; ५० हजार डलर अक्षय कोषको लक्ष्य
Category: डायस्पोरा
नेपाल एयरलाइन्स अष्ट्रेलिया उडानको तयारी
काठमाडौं । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने तयारी थालेको छ । सो बारे नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ । अस्ट्रेलिया-नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । विशेष गरेर कोरोनाकालमा नेपाल एयरलाइन्सले आफ्नै विमान मार्फत आफ्ना नागरिकलाई अस्ट्रेलियाबाट उद्धार गरेर लगेपछि… Continue reading नेपाल एयरलाइन्स अष्ट्रेलिया उडानको तयारी
लेबलानमा रहेका नेपालीलाई सचेत रहन आह्वान
काठमाडौं । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो । लेबनानसमेत… Continue reading लेबलानमा रहेका नेपालीलाई सचेत रहन आह्वान
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने तयारीमा छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर… Continue reading प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड
एमालेले फेर्यो विदेश विभाग प्रमुख, भट्टराईको स्थानमा महासेठ
काठमाडौं । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ । कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको छ । यो विभाग महासेठ आफैले मागेका थिए । यसअघिका विदेश विभाग प्रमुखराजन भट्टराईलाई भने बागमति प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
नेवाः नखः न्यूयोर्कले गर्यो आध्यात्मिक गुरु रुपेश्वर गौर दाससँगको अन्तरक्रिया
ज्याक्सन हाइट्स, न्युयोर्क । नेवाः नखः न्यूयोर्कले मङ्गलबार जुलाई २३, २०२४ मा आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो । कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि गुरुजीको… Continue reading नेवाः नखः न्यूयोर्कले गर्यो आध्यात्मिक गुरु रुपेश्वर गौर दाससँगको अन्तरक्रिया
१८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?
काठमाडौं । सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो । पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ । कुन… Continue reading १८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?
परराष्ट्र मन्त्री राणा पुगिन राहदानी विभाग
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा राहदानी विभागको अनुगमनमा पुगेकी छिन । उनी बुधबार त्रिपुरेश्वरस्थित विभागको कार्यालय पुगेकी हुन् । उनले सो क्रममा सेवाग्राही सङ्ग समेत प्रतिक्रिया लिएकि छिन् । हरेक मन्त्रीले राहदानी वितरण सहज बनाउने भने पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन ।
न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने
न्यूयोर्क । न्यूयोर्क सहरका मेयर एरिक आडम्सले आफ्नो निवासमा आयोजना गरेको मिथिला हेरिटेज रिसेप्सनमा मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष अमित प्रताप शाहले न्यूयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाईने घोषणा गरेका छन् । म्यानहाटनस्थित ग्रेसी म्यानसनमा न्यूयोर्क सहरका मेयरद्वारा आयोजना गरेको ऐतिहासिक कार्यक्रममा मिथिला हेरिटेज रिसेप्शनले मिथिला क्षेत्रको समुदाय र सांस्कृतिक महत्वलाई जीवन्त बनाएको थियो । कार्यक्रममा… Continue reading न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने
नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान
काठमाडौं । नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दुरी पार गरे । यस इभेन्टमा ८९ पौडीवाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस्रो स्थानमै… Continue reading नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान
समिट एनएचएनसी कप–२०२४ सम्पन्न
म्यानचेस्टर न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ… Continue reading समिट एनएचएनसी कप–२०२४ सम्पन्न
८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या
काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो । मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको… Continue reading ८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या
सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस
काठमाडौं । सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको हो । सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूत सिफारिस भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा… Continue reading सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस
भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार
काठमार्डौं । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिए । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए । महिला, बालबालिका तथा… Continue reading भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार
नेजाद्वारा क्यानाडामा अन्तरक्रिया;नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिः राजदूत पौड्याल
क्याल्गेरी, क्यानाडा । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यानाडाको क्याल्गेरीमा समुदाय, सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोगका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ । गत शुक्रबार भएको अन्तरक्रियामा सहभागीहरूले समुदायका लागि सामुदायिक पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारिता गर्ने माध्यम फेरिएको तथा त्यसले अवसर र चुनौति थपेको बताउँदै सहभागीहरूले समुदायले पनि सामुदायिक… Continue reading नेजाद्वारा क्यानाडामा अन्तरक्रिया;नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिः राजदूत पौड्याल
यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको… Continue reading यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई
टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया
काठमाडौं । विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूची सार्वजनिक गरेको छ । जसमा नेपालको बर्दिया अटाउन सफल भएको छ । निकुन्जस्थित ‘बुरहान वाइल्डरनेस क्याम्प्स’लाई टाइमले हाइलाइट गरेको छ । टाइमले यो वर्षका लागि तयार पारेको उक्त सूचीमा कसैलाई पनि क्रमांक दिएको छैन । भ्रमण गर्न र बस्नका लागि… Continue reading टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया
यूएनका लागि नेपाली स्थायी प्रतिनिधि थापा इकोसकको उपाध्यक्षमा नियुक्त
काठमाडौं । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ ९यूएन० का लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा बिहीबार नियुक्त भएका छन् । इकोसकलाई संयुक्त राष्ट्र संघको एउटा महत्वपूर्ण अंगको रुपमा लिइन्छ । थापा एसिया–प्रशान्त मुलुकहरुको तर्फबाट सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा नियुक्त भएको संयुक्त राष्ट्र… Continue reading यूएनका लागि नेपाली स्थायी प्रतिनिधि थापा इकोसकको उपाध्यक्षमा नियुक्त
बंगलादेशमा थामियो आन्दोलन, विदेशी विद्यार्थीलाई समेत जोखिम कम
काठमाडौं । बङ्गलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा त्यहाँको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन तुहिएको हो । आन्दोलन अन्त्य भएकाले अब नेपाली विद्यार्थीले असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताएका छन् । फर्किन टिकट काटिसकेका र… Continue reading बंगलादेशमा थामियो आन्दोलन, विदेशी विद्यार्थीलाई समेत जोखिम कम
”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”
काठमाडौं । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुुलुकले… Continue reading ”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”
भारतमा आयो नयाँ बजेट, नेपाललाई ११ अर्ब २० करोड अनुदान
काठमाडौं । भारतमा नयाँ बजेट सार्वजनिक भएको छ । लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएको जितपछि अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गरेकी छन् । यो उनको सातौं बजेट हो । नरेन्द्र मोदी नेतृत्वको तेस्रो कार्यकालको यो पहिलो बजेट हो । मंगलबार सार्वजनिक भएको बजेट अप्रिल १ देखि लागू हुनेछ । मोदी सरकारको नयाँ बजेटमा ग्रामीण… Continue reading भारतमा आयो नयाँ बजेट, नेपाललाई ११ अर्ब २० करोड अनुदान
बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता
काठमाडौं । बङ्गलादेशमा जारी हिंसाका बीच १३ सय नेपाली स्वदेश फर्किएका छन् । त्यस मुलुकमा रहेका नेपाली विद्यार्थी समेत सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो । उता बंगलादेशमा भने… Continue reading बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता
विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे निर्देशन दिएका छन् । उनले फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमा नजान निर्देशन दिएका छन् । विदेश जानैपर्ने भए अवधि छोट्याउन उनले निर्देशन दिएका छन् । भ्रमण टोलीमा महिला हुनैपर्ने समेत प्रधानमन्त्रीको निर्देशन छ । ‘भ्रमण मण्डलमा दुई… Continue reading विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?
इजरायलमा २ हजार केयर गिभर श्रमिक पठाइने
काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको हो । गत असारमा इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि ८०० जनाको… Continue reading इजरायलमा २ हजार केयर गिभर श्रमिक पठाइने
बंगलादेशबाट आज थप १७ नेपाली स्वदेश फर्किदैं
काठमाडौं । बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थी आज काठमाडौँ आउनेभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको छ । प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको… Continue reading बंगलादेशबाट आज थप १७ नेपाली स्वदेश फर्किदैं
उपसभामभुख विवादमा रास्वपाको बचाउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ । भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन… Continue reading उपसभामभुख विवादमा रास्वपाको बचाउ
बंगलादेश आन्दोलन : ८ सय नेपाली स्वदेश फर्किए
काठमाडौं । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएको छ । यो घटनापछि आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत शनिबारसम्ममा आठ सय नेपालीले हवाई र स्थलमार्ग हुँदै बंगलादेश छाडेको जनाएको हो । ढाका विमानस्थल र अन्य स्थल नाका हुँदै नेपाली विद्यार्थीको सुरक्षित… Continue reading बंगलादेश आन्दोलन : ८ सय नेपाली स्वदेश फर्किए
इजरायलका नाममा हुने ठगीबाट बच्न सरकारको आह्वान
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रव्रिmया जिटुुजी अन्तर्गत पर्ने भएकाले कुुनै व्यक्ति वा संस्थाले अनधिकृत रूपमा पैसा मागेका भरमा नदिन सर्वसाधारणको ध्यानाकर्षण गराएको छ । विभागले विज्ञप्तिमार्फत इजरायल… Continue reading इजरायलका नाममा हुने ठगीबाट बच्न सरकारको आह्वान
परराष्ट्र मन्त्रालयले भन्यो : बंगलादेशमा नेपाली सुरक्षित छन्
काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । तत्काल कुनै थप सहयोग आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सकिनेछ । त्यसका लागि अभिभावक र… Continue reading परराष्ट्र मन्त्रालयले भन्यो : बंगलादेशमा नेपाली सुरक्षित छन्
दूतावासलाई लेखेको पत्रमा विवादित उपसभामूखको आयो स्पष्टीकरण
काठमाडौं । आफूसहित ६ जनाको भिसा अन्तर्वार्ताको समय मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र विवादबारे उपसभामुख इन्दिरा रानामगरले प्रष्टीकरण सार्वजनिक गरेकी छिन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानामगरले आफूले करूणाभावले सहयोग गर्न खोजेको तर विवादित बनाइएको प्रतिक्रिया दिइन् । दूतावासलाई पत्र लेखेको एक वर्षपछि उक्त विषय नियोजित रूपमा बाहिर ल्याइएको पनि उपसभामुख रानामगरको भनाई छ… Continue reading दूतावासलाई लेखेको पत्रमा विवादित उपसभामूखको आयो स्पष्टीकरण