काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको छ। सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्। उनले… Continue reading अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख विवादमा
Category: डायस्पोरा
टापु राष्ट्र किरिबास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरिबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा बुधबार उक्त नियोगमा आयोजित एक संक्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि… Continue reading टापु राष्ट्र किरिबास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना
एनआरएनए जर्मनीले थाल्यो निःशूल्क नेपाली भाषा कक्षा
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनीले निःशुल्क नेपाली भाषा कक्षा सञ्चालनको सुरूआत गरेको छ। हरेक आइतबार दुई वटा कक्षा सञ्चालन भइरहेको छ। एनआरएनए जर्मनीको भाषा तथा बालबालिका संयोजक सुनिता राईले हरेक आइतबार जुममार्फत् दुई वटा कक्षा सञ्चालन गर्दै आएकी हुन्। जसमा ४५ जनाभन्दा बढी बालबालिका सहभागी छन्। राई जर्मनीको ह्याम्बर्गमा जर्मनी स्कुलमा विगत ८… Continue reading एनआरएनए जर्मनीले थाल्यो निःशूल्क नेपाली भाषा कक्षा
कामको खोजीमा एक वर्षमा विदेशिए साढे ७ लाख युवा
काठमाडौं । आर्थिक वर्ष २०८०–८१ मा ७ लाख ४१ हजार युवा कामको खोजीमा विदेशिएका छन् । आव २०७९-८० को तुलनामा यो संख्या केही कम हो । २०७९–८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या… Continue reading कामको खोजीमा एक वर्षमा विदेशिए साढे ७ लाख युवा
कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर
काठमार्डौ । रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो । सो शाखाका अनुसार इपिएसमार्फत कोरिया गएको र… Continue reading कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर
विदेशमा रहेका नेपालीले ११ महिनामा पठाए साढे १३ खर्ब रेमिट्यान्स
काठमाडौं । विदेशमा रहेका नेपालीले ११ महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । जुन मासिक १ खर्ब २० अर्ब हुन आउँछ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिना (साउन–जेठ) सम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यस… Continue reading विदेशमा रहेका नेपालीले ११ महिनामा पठाए साढे १३ खर्ब रेमिट्यान्स
मेघालयमा चार नेपालीको विभत्स हत्या
काठमाडौं । रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ । मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको र उहाँ इलामका २३ वर्षीय रवि राई रहेको तथा अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकका अनुसार बीभत्स हत्या गरिएको… Continue reading मेघालयमा चार नेपालीको विभत्स हत्या
स्व.गिरिजा प्र. कोईरालाको शताब्दिऔं जन्मजयन्तिको अवसरमा खाद्यान बितरण
बिष्णु सिंह (बैजु) ३ जुलाई,ज्याक्सनहाईट्स न्युयोर्क। नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईरालाको शताब्दीऔं जन्मजयन्तीको पावन अवसरमा गिरीजाप्रसाद कोईराला फाउन्डेशनले न्युयोर्कको क्विन्सस्थित ज्याक्सनहाईट्समा निःशुल्क खाद्यान बितरण कार्यक्रम आयोजना गरेको छ । गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको आयोजनामा क्विन्स टुगेदर, टेष्टअफ नेपाल रेष्टुरेन्ट, भेराईटी व्वाईज एण्ड गर्लस् क्लब अफ क्वीन्स् र मेट्रोपोलीटान पार्क नामक… Continue reading स्व.गिरिजा प्र. कोईरालाको शताब्दिऔं जन्मजयन्तिको अवसरमा खाद्यान बितरण
अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्याउने चेतावनी दिएको छ । अस्ट्रेलियाका एक सयभन्दा बढी ठुला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अस्ट्रेलिया ९बिसिए० ले बुधबार अीट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पुर्याउने जनाएको छ ।… Continue reading अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
विदेशस्थित कूटनीतिक नियोगको क्षमता बढाउनु पर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरण सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले विदेशस्थित नेपाली नियोगहरुलाई सशक्त बनाउन आवश्यक रहेको बताए । बैठकमा प्रधानमन्त्री… Continue reading विदेशस्थित कूटनीतिक नियोगको क्षमता बढाउनु पर्छ : प्रधानमन्त्री
कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ
काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले ८ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१… Continue reading कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ
मलेसियाको जेलमा रहेका ६१ प्रतिशत नेपालीको मिलेन कागजात
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियाको जेल र घर फिर्की केन्द्रमा रहेका ६१ प्रतिशत श्रमिकको कागजात नमिलेका कारण रहेको तथ्य सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र सेन्टर फर दी स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम) ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकको अवस्था अध्ययन गर्दा… Continue reading मलेसियाको जेलमा रहेका ६१ प्रतिशत नेपालीको मिलेन कागजात
नक्कली म्यानपावर चलाउने दुई भारतीय पक्राउ
काठमाडौं । नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासमा सम्बन्धित निकायबाट दर्ता नगरी सञ्चालन गरिएको जेडी मेनपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । अवैधरुपमा सञ्चालित मेनपावर पनि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । प्रहरीका अनुसार श्रम… Continue reading नक्कली म्यानपावर चलाउने दुई भारतीय पक्राउ
रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताए । कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर ,… Continue reading रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड
वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ८ युवा सरकारद्धारा सम्मानित
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा उद्यमी बन्न सफल आठ युवा उद्यमीलाई पुरस्कृत गरेको छ ।मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मन गरिएको हो । पुरस्कृत हुनेमा एक लाख ५० हजार रुपियाँसहित ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट झापामा व्यावसायिक रूपमा केरा र मकै खेती गर्दै आएका चन्द्रप्रसाद… Continue reading वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ८ युवा सरकारद्धारा सम्मानित
रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत छनोटको जिम्मा उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको छ । सत्ता गठबन्धनको भागवण्डामा रास्वाले दुई देशका लागि राजदूत पाएको छ । पार्टीका तर्फबाट नाम सिफारिसका लागि सम्भावित नाम सुझाउन रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो । जसमा २४० भन्दा बढी… Continue reading रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई
थाइल्याण्डमा गरियो नेपाल प्रवर्द्धन
काठमाडौं । बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी… Continue reading थाइल्याण्डमा गरियो नेपाल प्रवर्द्धन
कायरोमा नेपाली तस्वीर प्रदर्शनी आयोजना
काठमाडौं । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा… Continue reading कायरोमा नेपाली तस्वीर प्रदर्शनी आयोजना
नेपाल र चीन परामर्श संयन्त्रको बैठकमा के भयो सहमति ?
काठमाडौं । नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् ।नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो । नेपाल र भारतबीच सन् १९४७ परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग छ… Continue reading नेपाल र चीन परामर्श संयन्त्रको बैठकमा के भयो सहमति ?
इजरायलले थप ८ सय नेपाली कामदार लैजाने
काठमाडौं । वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ । नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा… Continue reading इजरायलले थप ८ सय नेपाली कामदार लैजाने
प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा नेपालले सन्… Continue reading प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता
चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै
काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । यसबीच उनी असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनेछन् । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनेछन्… Continue reading चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै
थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा… Continue reading थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
सरकारले ८ देशमा राजदूत सिफारिस गर्यो, अमेरिकामा चन्द्र घिमिरे
काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ । कांग्रेस निकट पूर्वमुख्यसचिव रेग्मी एमालेको जोडबलमा राजदूत भएका हुन् । मुख्य… Continue reading सरकारले ८ देशमा राजदूत सिफारिस गर्यो, अमेरिकामा चन्द्र घिमिरे
नेपथ्यले अमेरिकामा म्युजिकल टुर गर्ने;‘टर्मिनल फाइभ’ न्युयोर्क भेन्यू
न्युयोर्क । नेपालकै चर्चित लोक रक समुह नेपथ्यले न्यूयोर्कको म्यानह्याटनस्थित टर्मिनल फाइभमा सांगितिक प्रस्तुति दिने भएको छ । तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यले आगामी अगष्ट ३० को साँझमा सांगितिक प्रस्तुति दिने भएको हो । टर्मिनल फाइभ न्ययोर्कको ठूलो सांगितिक कार्यक्रमहरु हुने ठाउँ हो । न्यूयोर्कमा याक प्रोडक्सन, डिजे रित र इसेन्स… Continue reading नेपथ्यले अमेरिकामा म्युजिकल टुर गर्ने;‘टर्मिनल फाइभ’ न्युयोर्क भेन्यू
स्वदेश फर्किदै राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरे । भ्रमण दलमा प्रथम महिला… Continue reading स्वदेश फर्किदै राष्ट्रपति
कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति-पत्नीलाई कानुनी मान्यता दिने तयारी
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकका गैरकाकानुनी रुपमा बसिरहेका पति–पत्नीहरूलाई कानुनी मान्यता दिने नीति घोषणा गर्ने भएका छन् । राष्ट्रपति निर्वाचनमा आप्रवासीहरूको मत समेत ठूलो प्रभावी हुने भएकाले चुनाव अघि नै बाइडेनले उनीहरूको सहानुभूति प्राप्त गर्न यो नीति ल्याउने लागेका हुन् । यो नीति घोषणा भएपछि अमेरिकी नागरिकका ५ लाखभन्दा बढी पति–पत्नी र… Continue reading कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति-पत्नीलाई कानुनी मान्यता दिने तयारी
जिपि कोईराला फाउण्डेशनमा ईमिग्रेसन समस्याबारे बुझ्न संघीय सासंद ग्रेस मेङ
बिष्णु सिंह (बैजु )१७ जुन २०२४, न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालयमा अमेरिकी हाउस कांग्रेस प्रतिनिधि कंग्रेसवुमन ग्रेस मेंग नेपालीहरुको ईमिग्रेसन समस्याबारे जानकारी लिन उपस्थित भएका छन् । कंग्रेसवुमन मेंगलाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले खादा लगाई कार्यालयमा स्वागत गरेका थिए। कांग्रेसवुमनले करीब डेढ घण्टाको समय दिनु भएको यस ऐतिहासिक, विशेष भेटघाट एवं समसामयिक विषयहरूमा… Continue reading जिपि कोईराला फाउण्डेशनमा ईमिग्रेसन समस्याबारे बुझ्न संघीय सासंद ग्रेस मेङ
नेपाली राष्ट्रपति र जर्मनी समकक्षीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ । जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव… Continue reading नेपाली राष्ट्रपति र जर्मनी समकक्षीबीच भेटवार्ता
बर्लिन पर्खाल पुगे राष्ट्रपति, ऐतिहासिक स्थल अवलोकन
काठमाडौं । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति… Continue reading बर्लिन पर्खाल पुगे राष्ट्रपति, ऐतिहासिक स्थल अवलोकन