Category: डायस्पोरा

  • प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट

    प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट

    १५ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उनीहरुबीच अनौपचारिक कुराकानी भएको हो ।

    चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन् । उनले थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताए । नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गरेका छन् ।

  • लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

    लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

    १४ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेको छन् ।

    थियानजिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा आज यहाँ आइपुगेलगत्तै थियानमिन स्टेट गेष्ट हाउसमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्वभौम नेपालको अभिन्न भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा नेपालको स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।


    “सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ”, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भनेका थिए, “नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ ।” नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडान (दाबी) प्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राख्नुभएको परराष्ट्र सचिव राईले जानकारी दिए ।


    सौहाद्र्रपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध तथा सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको पनि उनले जानकारी दिए । प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीका हैसियतमा यो चौथो औपचारिक चीन भ्रमण हो भने यही अङ्ग्रेजी वर्षमा दोस्रो चीन भ्रमण हो ।

    भेटका अवसरमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गतका परियोजनालाई द्रूत गति दिन र त्यसबाट नेपालको आर्थिक सामाजिक समुन्नतिमा सहयोग पुग्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चीन र भारतबीच थप नाका सञ्चालन गर्न चीन सकारात्मक रहेको र नेपालको निर्यात बढाउन गुणस्तरीय एवं व्यावसायिक कृषि उत्पादनमा सघाउन पनि तत्पर रहेको छ । नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउने प्रधानमन्त्री ओलीको सङ्कल्पमा सघाउन पनि चीन सधैँ कटिबद्ध रहेको चिनियाँ पक्षले स्पष्ट गरेको छ ।

    भेटका अवसरमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र सचिव राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।

    भ्रमणका अवसरमा बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि प्रधानमन्त्री ओलीको भेट हुनेछ । साथै उनले शिखर सम्मेलनका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

  • प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

    १४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ भेटवार्ता भएको छ । उनीहरुबीच चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका हुन् ।

    मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे ।

  • प्रधानमन्त्री चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता

    प्रधानमन्त्री चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता

    १४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे ।

  • प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान

    प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान

    १४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे ।


    प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए । त्यसअघि नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ ।

    प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

    अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ ।

    शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले हिजै सदनलाई जानकारी गराई सकेका छन् ।


    प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कर्नेछन् ।

  • प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

    प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

    १३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको तियान्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको आफ्नो आसन्न भ्रमणबारे आज प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका छन् । उनले यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताए । प्रधानमन्त्री ओलीले ‘एससिओ’ शिखर सम्मेलनमा आफ्नो सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
    मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ ९तदनुसार अगष्ट ३० देखि सेप्टेम्बर ३० सम्म चीनको पाँचदिने भ्रमणमा जाँदै छन् । नेपालले सो सङ्गठनमा देशको सहभागिताको स्तर अभिवृद्धि गर्दै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय मामिलामा आफ्नो दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गरी अत्यधिक लाभ हासिल गर्न भ्रमण केन्द्रित हुने प्रधानमन्त्री ओलीले स्पष्ट गरे । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

    भ्रमणका क्रममा चीनका राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको दुईपक्षीय भेट हुने कार्यक्रम छ । यसैगरी, चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि उनको भेट हुनेछ । यसैगरी चीनका राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा समेत नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै यही भदौ १६ गते तियान्जिनमा हुने ‘एससिओ प्लस’ शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्बोधन गर्ने जानकारी दिए ।


    शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुने प्रधानमन्त्री ओलीले सदनलाई अवगत गराए । हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय उनले जानकारी दिए ।

    भ्रमण दलमा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारी सहभागी हुनुहुनेछ ।

    सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

  • विद्यार्थी र पत्रकारको अमेरिका बसाइ सीमित गर्ने ट्रम्पको निर्णय

    विद्यार्थी र पत्रकारको अमेरिका बसाइ सीमित गर्ने ट्रम्पको निर्णय

    एजेन्सी
    १३ भदौ, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रस्तावित परिवर्तनअनुसार विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न पाउने छैनन् ।
    विदेशी पत्रकारलाई २४० दिनको मात्र बसाइमा सीमित गरिनेछ, यद्यपि उनीहरूले थप २४० दिनको समयावधि बढाउन आवेदन दिन सक्नेछन् । यद्यपि, चिनियाँ पत्रकारहरूले केवल ९० दिनको भिसा मात्र पाउनेछन्।

    संयुक्त राज्य अमेरिकाले अहिलेसम्म सामान्यतया विद्यार्थीको शैक्षिक कार्यक्रम वा पत्रकारको कामको अवधिको लागि भिसा जारी गर्दै आएको छ, यद्यपि कुनै पनि गैर–आप्रवासी भिसा १० वर्षभन्दा बढीको लागि मान्य हुँदैन। प्रस्तावित परिवर्तनहरू फेडरल रजिस्टरमा प्रकाशित गरिएको थियो तिनीहरू लागू हुनु अघि सार्वजनिक टिप्पणीको लागि छोटो अवधिको सुरुवात गरे। ट्रम्पको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले अनिर्दिष्ट सङ्ख्यामा रहेका विदेशीहरूले अनिश्चितकालका लागि आफ्नो अध्ययन लम्ब्याएको आरोप लगाएको छ।

    “विगतको प्रशासनले विदेशी विद्यार्थी र अन्य भिसा बाहकलाई अनिश्चितकालका लागि अमेरिकामा बस्न अनुमति दिएको छ, जसले सुरक्षा जोखिम निम्त्याएको छ, करदाताको अकथनीय डलर खर्च गरेको छ र अमेरिकी नागरिकलाई असुविधा भएको छ,” विभागले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
    वाणिज्य विभागको तथ्याङ्कअनुसार सन् २०२३ मा अमेरिकी अर्थतन्त्रमा ५० अर्ब डलरभन्दा बढी योगदान पुर्‍याएका अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी नागरिक र करदातालाई कसरी चोट पुर्‍याएका छन् भन्नेबारे विभागले केही बताएको छैन ।

    संयुक्त राज्य अमेरिकाले सन् २०२३ र सन् २०२४ को शैक्षिक सत्रमा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गरेको छ, जुन कुनै पनि अन्य देशको तुलनामा बढी हो । यसले राजस्वको महत्त्वपूर्ण स्रोत प्रदान गर्दछ किनकि विदेशीहरूले सामान्यतया पूर्ण ट्यूशन शुल्क तिर्छन्। अमेरिकी कलेज र विश्वविद्यालयको नेतृत्वको प्रतिनिधित्व गर्ने एक समूहले पछिल्लो कदमलाई अनावश्यक नोकरशाही अवरोधको रूपमा निन्दा गरेको छ जसले शैक्षिक निर्णय प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाएको छ । यसले सम्भावित विद्यार्थीहरूलाई थप रोक्न सक्छ, अन्यथा अनुसन्धान र रोजगारी सिर्जनामा अवरोध पुर्‍याउँछ।

    “यो प्रस्तावित नियमले विश्वभरका प्रतिभाशाली व्यक्तिहरूलाई संयुक्त राज्य अमेरिकामा उनीहरूको योगदानको कदर गरिएको छैन भन्ने सन्देश दिन्छ,” उच्च शिक्षा र आप्रवासनसम्बन्धी ‘प्रेसिडेन्ट्स एलायन्स’का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिरियम फेल्डब्लमले भने । उनले भने, “यो अन्तर्राष्ट्रिय विद्यार्थीका लागि मात्र हानिकारक छैन, यसले अमेरिकी कलेज र विश्वविद्यालयहरूको उच्च प्रतिभालाई आकर्षित गर्ने क्षमतालाई पनि कमजोर पार्छ र यसले हाम्रो विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतालाई कम गर्छ।”

    ट्रम्प प्रशासनले यसअघि चालेका कदमपछि विश्वविद्यालयहरूले आफ्नो शैक्षिक वर्ष सुरु गर्न थालेको र धेरैले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना कम भएको रिपोर्ट गरिरहेका बेला यो घोषणा गरिएको हो। यद्यपि, ट्रम्पले आफ्ना समकक्षी सी जिनपिङसँगको न्यानो सम्बन्धको प्रशंसा गर्दै अमेरिकामा चिनियाँ विद्यार्थीको सङ्ख्या दोब्बर गरेर छ लाख पुर्‍याउन चाहेको बताएका छन् ।
    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ विद्यार्थीको भिसा ‘आक्रामक’ रूपमा रद्द गर्ने यसअघिको प्रतिबद्धताबाट पछि हटेको उनको यो भनाइले पुष्टि गर्छ । अमेरिकी विदेश मन्त्रालयले गत हप्ता ट्रम्पले पदभार ग्रहण गरेयता छ हजार विद्यार्थीको भिसा रद्द गरेको बताएको थियो। ट्रम्पले विश्वविद्यालयहरूलाई संघीय अनुसन्धान कोषको अर्बौ डलर पनि निलम्बन गरेका छन् । उनको प्रशासनले उनीहरूले यहुदीविरुद्ध काम नगरेको दाबी गरेको छ भने अमेरिकी संसद् (कङ्ग्रेस) ले निजी विश्वविद्यालयहरूको अनुदानमा तीव्र रूपमा कर बढाएको छ।

    आफू निर्वाचित हुनुअघि एक सम्बोधनमा उपराष्ट्रपति जेडी भान्सले कन्जरभेटिभहरूले विश्वविद्यालयहरूमाथि आक्रमण गर्नुपर्ने बताए । ट्रम्पले आफ्नो पहिलो कार्यकालको अन्त्यमा पत्रकार भिसाको समयावधि घटाउने प्रस्ताव गरेका थिए । तर उनका उत्तराधिकारी जो बाइडेनले उक्त प्रस्ताव खारेज गरेका थिए ।

  • इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

    इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

    १२ भदौ, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ । कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।

  • अब पोखराबाट अष्ट्रेलिया उडान

    अब पोखराबाट अष्ट्रेलिया उडान

    सिबी अधिकारी/ रासस

    १२ भदौ, काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए ।
    आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ ।

    “सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ । औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ । छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भने । यो उडान भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।

    यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो ।

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ । उता, भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई÷तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए । उनका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ ।

    भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो । “चार्टर्ड उडान दिगो भएमा काठमाडौँजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ । सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ–पारो–काठमाडौँ उडान गर्नेछ । उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ”, सूचना अधिकारी भूलले भने । भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ ।

  • क्विन्स केटिएम् लायन्स क्लब न्यूयोर्कले तीज मनायो

    क्विन्स केटिएम् लायन्स क्लब न्यूयोर्कले तीज मनायो

    न्यूयोर्क ।

    क्विन्स केटिएम् लायन्स क्लब, न्यूयोर्कले आयोजना गरेको तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाली महिला समुदायको महान पर्व तीजलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यता र क्लबकी अध्यक्ष शान्ती जिरेलको सभापतित्वमा कार्यक्रम भएको हो ।

    कार्यक्रममा क्लबका चार्टर अध्यक्ष रुद्र पुन, पुर्व अध्यक्ष अशोक कार्की र डिस्ट्रिक्टबाट रिजन चेयर दिपक राज घिमिरे, क्लवकी निवर्तमान अध्यक्ष तथा जोन चेयर रश्मी श्रेष्ठ, जोन चेयर केईथ विल्लिएम, क्विन्स बुद्ध चार्टर अध्यक्ष कृष्ण आचार्य, पुर्ब क्लब अध्यक्ष तथा जोन चेयर अर्जुन गौडेल, क्लब अध्यक्ष सोनु मल्ल, क्लव निवर्तमान अध्यक्ष चन्द्र नेपाली, क्लब प्रथम उपाध्यक्ष बुद्ध पौडेल, क्लब द्वितिय उपाध्यक्ष पुर्ण बहादुर पाईजा मगर, मिडिया पर्सन तथा मकै हाउस मिडिया संस्थापक बिक्की पुलामी, बरिष्ठ नृत्य निर्देशक गोविन्द राई, नेपाली अमेरिकन कलाकार संघ अध्यक्ष वसन्ती राई, ग्रेटर सुदुर पश्चिम समाज अमेरिकाका अध्यक्ष टिबी भण्डारी, नेपाली अमेरिकन नर्सेस एसोसिएयनकी संस्थापक अध्यक्ष सुनिता भण्डारी, रास्वपा नेपालकी न्युयोर्क शाखा संयोजक शान्ती गुरुंग, तारा-किशन फाउण्डेशनकी अध्यक्ष तारा धामी, अन्तराष्ट्रिय प्रवासि महिला समाजकी अध्यक्ष कुन्ती थापा , बाग्लुंग समाज अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष जिवनाथ कंडेल र महासचिव जिवन दास सुनार बिशेष अतिथीको रुपमा उपस्थित रहेको कार्यक्रममा न्यूयोर्क र आसपास क्षेत्रका नेपाली समुदाय, सामाजिक अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको साथै बिदेशी पाहुना सहित उल्लेख्य उपस्थिति रहेको थियो। परम्परागत तीज गीत, नृत्य, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले कार्यक्रममा उत्साह थपेका थिए।

    क्लवकी प्रथम उपाध्यक्ष रुपा शाहले स्वागत मन्तव्य  राख्ने क्रममा कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पुर्याएका सम्पुर्णलाई धन्यबाद व्यक्त गर्दै पाल्नु भएका सम्पुर्णलाई स्वागत गर्नुभएको थियो । भने प्रमुख अतिथि नेपाली महावाणिज्यदूत भण्डारीले कार्यक्रममा बोल्दै तीजजस्ता पर्वहरूले प्रवासमा बसोबास गर्ने नेपालीलाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै  “प्रवासमा यस्ता कार्यक्रमहरूले नेपाली समुदायलाई अझ नजिक ल्याउने मात्र होइन, नयाँ पुस्तामा संस्कृतिको मूल्य र महत्त्व प्रेषण गर्ने अवसर पनि दिने” कुरामा जोड दिनु भएको थियो ।

    त्यस्तै, कार्यक्रमकी सभापति तथा क्लब अध्यक्ष शान्ती जिरेलले सहभागी सबैप्रति आभार व्यक्त गर्दै लायन्स क्लबले निरन्तर सामाजिक सेवा र समुदायको हितमा कार्य गर्दै आएको बताइन्। उनले भनिन्,
    “हामीले यो कार्यक्रम नेपाली महिलाको महान पर्व तीजको सम्मानमा आयोजना गरेका हौं। हामिले बिगत ४ बर्षदेखि निरन्तररुपमा संस्कृतिको संरक्षणसँगै आपसी भेटघाट र एकताको सन्देश दिने मुख्य उद्देश्यता साथ गर्दै आईरहेका छौ”

    मिष्ठान्न भोजन र बिबिध कार्यक्रमले सम्पन्न कार्यक्रमलाई सफल बनाउनको लागी अहोरात्र खट्ने क्लबका अन्य सदस्यद्वयहरु तिज कार्यक्रम संयोजक तथा क्लव प्रशासक आशा पाण्डे, क्लब द्वितिय उपाध्यक्ष अरुणा तामांग, क्लब सचिव निशा तामांग, क्लब कोषाध्यक्ष निक्की गौचन, क्लब मेम्बरशिप चेयर करुणा श्रेष्ठ, क्लब मार्केटिंग चेयर भगवती कार्की, क्लब सर्भिस चेयर देवी गौत्तम र क्लब डिरेक्टर विष्णु तामांग रहेका थिए ।

    कार्यक्रमको सुरुवातीमा कलाकार संघकी अध्यक्ष बसन्ती राईले सुमधुर नृत्य प्रस्तुत गरेकी थिईन र क्लबका सम्पुर्ण सदस्यहरु र आगन्तुकहरु पनि संगै नृत्य गर्दै सुरुवात भएको कार्यक्रमको मध्य भागमा बरिष्ठ लोक तथा दोहोरी गायक बिमल डॅागीले आफ्नो केही प्रस्तुतीले नचाएका थिए भने सहभागीहरूले तीज विशेष नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिको भरपुर आनन्द लिएका थिए। समुदायबीचको भातृत्व र आत्मीयताले कार्यक्रमलाई अझ रंगीन बनाएको सहभागीहरूको भनाइ थियो। कार्यक्रमको उद्घोष मिंग्मा शेर्पाले गरेकि थिईन् ।

    क्लब निवर्तमान अध्यक्ष तथा जोन चेयर रश्मी श्रेष्ठले क्लब अध्यक्षको रुपमा ३ कार्यकाल नेतृत्व लिएदेखि निरन्तररुपमा गर्दै आएको तिज बिशेष कार्यक्रम र क्लबलाई यस उचाईसम्म पु्र्याउन गरेको अथक प्रयास र योगदानको चौतर्फी प्रसंशा भएको थियो ।

  • प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

    प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

    १२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुुहुने कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता जनाउन यही भदौ १४ गते चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्नेछन् । उनले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँगसमेत भेटवार्ता गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनेछन् ।


    प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कर्नेछन् ।

  • अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

    अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

    ११ भदौ, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई ‘डिएनए’ बाट गरिने परीक्षण र ड्रक परीक्षणका लागि प्रयोग हुने आधुनिक उपकरण र ‘डिएनए’ परीक्षणमा प्रयोग हुने सफ्टवेयर सहयोग गरेको छ । प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट प्राप्त कम्बाइन्ड डिएनए इन्डेक्स सिष्टम ९डिएनए सफ्टवेयर० र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो ।

    नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा आज एक समारोहबीच अमेरिकी दूतावासले उक्त प्रविधि हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले आज हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो्छरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणसमेत प्राप्त हुने विश्वास व्यक्त गरे ।


    उक्त प्रणालीको सुविधाले फोरेन्सिक डिएनए विश्लेषण क्षमतालाई अन्तरराष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै यस उपकरणले लागुऔषधको स्क्रिनिङमा क्षमता अभिवृद्धि हुने उनले बताए । प्रहरी महानिरीक्षक थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवं विकासका लागि विगतका वर्षमा विभिन्न परामर्श, तालिम र उपकरणसमेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तरराष्ट्रिय मापदण्डअनुरूप क्षमतावान् एवं दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताए ।


    आधुनिक प्रविधिको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिनआर थमसनले आज हस्तान्तरण गरिएको आधुनिक प्रविधिले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

  • राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    १० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन सो आग्रह गरेका हुन् ।

    उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् । राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतलनिवासमा आइतबार भेटेर रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

  • भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

    भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

    १० भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरे ।

    त्यसअवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए । यस्तै, उपराष्ट्रपति सुआनले उहाँको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थिइन् ।

    यही भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपतिले सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै शिष्टाचार भेटवार्ता गरेकी थिइन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि उपराष्ट्रपति सुआनले भेटवार्ता गरिन् ।


    भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यसवर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

  • भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

    भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

    ९ भदौ, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले आज विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गरेकी छिन् । उनलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सरकारी अधिकारीले स्वागत गरे । उनले पाटन दरबार क्षेत्रका विभिन्न सम्पदा, हस्तकला, मूतिकलाको अवलोकन गरिन् ।


    यसअघि उपराष्ट्रपति सुआनले आजै बौद्ध धर्मावलम्बीको पवित्र स्थल बौद्धनाथ क्षेत्रको पनि अवलोकन गरिन् । उनलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र कार्यकारी निर्देशक मोहनकुमार तामाङले स्वागत गरे । उपराष्ट्रपति सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार काठमाडौँ आएकी हुन् । भ्रमणका दौरान उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

    उनले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । साथै, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उहाँसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । नेपाल भ्रमण सम्पन्न गरी उनी आजै राति काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

  • बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

    बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

    ९ भदौ, बेलायत । बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ । पासा पुच गुठी युकेले दोस्रो स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेस्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङ जानकारी दिए ।


    मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ सङ्घ–संस्थामध्ये पासा पुच गुठी युके विजयी भएको छभने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको । मेलामा आयोजित एस्वास्डर कपको उपाधि पासा पुच गुठी युकेले जित्योे । किरात याक्थुम चुम्लुङ युके दोस्रो र किरात राई यायोक्खा युकेले तेस्रो स्थान प्राप्त गरे । मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गरेका थिए । उनले नेपालीहरु जहाँ पुगे पनि नेपालको मौलिकता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गरे । कार्यक्रममा आयोजक समूहका तर्फबाट तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले नेपालीले सबैलाई धन्यवाद ज्ञापन गरे ।

  • विदेशमा काम गर्ने नेपालीले घरमा पठाए इतिहासकै धेरै रेमिट्यान्स

    विदेशमा काम गर्ने नेपालीले घरमा पठाए इतिहासकै धेरै रेमिट्यान्स

    ९ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१\८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च भित्रिएको छ । मासिक रूपमा पनि क्रमशः उच्च आउने गरेको रेमिट्यान्स आप्रवाह वार्षिक पनि हालसम्मकै उच्च हो । आर्थिक वर्ष २०८१\८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको तुलनामा १९.२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    २०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब १८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा खुद द्वितीय आय १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९ सय ५७ र पुनस् श्रम स्वीकृति लिनेको सङ्ख्या ३ हजार ३३ हजार ३ सय ९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार एक सय २ र २ लाख ८१ हजार १ सय ९५ रहेको थियो ।

  • प्रधानसेनापति सिग्देल थाइल्याण्ड जाँदै

    प्रधानसेनापति सिग्देल थाइल्याण्ड जाँदै

    ८ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जाने भएका छन् ।
    शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उनी सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    विसं २०५६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायत समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुने निर्देशनालयले जनाएको छ ।

    सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार भई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई सकारात्मक योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । प्रधानसेनापति सिग्देललाई थाइल्याण्ड प्रस्थान गर्नुपूर्व आज नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको पनि निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मलकुमार थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

  • भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

    भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

    ७ भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा छिन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी आज काठमाडौँ आएकी हुन् । भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओली उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छन् । नेपाल र भियतनामबीच १९७५ मे १५ मा औपचारिक दौत्य सम्बन्ध स्थापना भएको थियो ।

    त्यसयता दुवै मुलुकबीच पारस्परिक सद्भाव र विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । दुई देशबीच यसप्रकारका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारीस्तरमा मात्रै नभइ व्यापार, व्यवसाय र जनस्तरमा समेत द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ । राजदूत ओलीले भने, “दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको सन्दर्भमा भियतनाका उपराष्ट्रपतिबाट नेपाल भ्रमण भएको छ, यो उच्चस्तरीय भ्रमणबाट नेपाल र भियतनामबीच व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदान–प्रदानलगायत आपसी सहकार्यका विविध क्षेत्रलाई नयाँ आयाममा लैजान पहल गर्नुपर्छ ।”

    भियतनामका उपराष्ट्रपति सुआनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र स्वयम्भूनाथको भ्रमण गर्ने कार्यक्रम छ । दुई देशबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा यसवर्ष दुवै मुलुकमा विविध कार्यक्रम आयोजना गरिएका छन् ।

    नेपालले आउँदो अक्टोबरमा भियतनामको हनोइमा विशेष कार्यक्रम आयोजना गर्ने राजदूत ओलीले जानकारी दिनुभयो । कार्यक्रममा कृषि, पर्यटन, लगानी, व्यापार र सांस्कृतिक आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने योजना छ । त्यस कार्यक्रममा नेपालका तर्फबाट पनि उच्चस्तरीय भ्रमणको सम्भावना छ ।

    दुई मुलुकबीच कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा (भिसा) छुट दिने तथा लगानीसम्बन्धी सम्झौताको तयारी भइरहेको राजदूत ओलीले जानकारी दिए । “नेपालले लगानीमैत्री वातावरण बनाउन सकेमा भियतनामसँग संयुक्त लगानी गर्ने प्रशस्त सम्भावना छ । विशेषगरी कृषि, पर्यटन, ‘एग्रो–प्रोसेसिङ’, हर्बल उत्पादन र कफी प्लान्टेशनजस्ता क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना छन्”, उनले भने । भियतनामले उत्पादन र निर्यात क्षमतामा ठूलो प्रगति गरिसकेको छ ।

    विशेषगरी कफी, धान, फलफूल र अन्य उत्पादनमा सफलता हासिल गरेको भियतनामसँग नेपालले अनुभव आदान–प्रदान गर्न सक्ने उहाँको भनाइ छ । कृषि मूल्य श्रृङ्खला विकास, आधुनिक प्रविधि प्रयोग र उत्पादन वृद्धिमा सहकार्य गर्न सकिने सम्भावना रहेको राजदूत ओलीले बताए ।

    दुई देशबीच पर्यटन अर्को सम्भावित क्षेत्रका रूपमा देखिएको छ । नेपाल र भियतनामबीच हालसम्म प्रत्यक्ष हवाई सम्झौता नभए पनि त्यसको प्रक्रिया सुरु गरिएको छ । यसलाई निष्कर्षमा पु¥याउन सकेमा दुवै देशबीच पर्यटक आदान–प्रदानमा सहजता हुने अपेक्षा गरिएको थाइल्याण्डका लागि नेपाली आवासीय राजदूत ओलीले बताए ।


    विशेषगरी लुम्बिनीलाई केन्द्र बनाएर ‘चार्टर फ्लाइट’ सुविधा उपलब्ध गराएमा भियतनाममार्ग हुँदै कोरिया, जापानलगायत मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन सकिने विश्वास गरिएको छ । यसले बौद्ध पर्यटनलाई अझ प्रवर्द्धन गर्नेछ । “बौद्धमार्गी मुलुक भियतनामले नेपाललाई बुद्ध जन्मभूमि र हिमालको देश भनेर चिन्ने गर्छ । त्यसैले बौद्ध पर्यटन प्रवर्द्धनमा दुवै देशले संयुक्त रूपमा काम गर्न सक्छौँ”, राजदूत ओलीले भने ।


    शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा पनि दुई देशबीच सहकार्यको प्रशस्त सम्भावना छ । विशेषगरी लुम्बिनीमा स्थापित बौद्ध विश्वविद्यालय तथा अध्ययन केन्द्रलाई लक्षित गरेर विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसले दुई देशका युवापुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । त्यसैगरी, नेपाल–भियतनाम मैत्री सङ्घ सक्रिय रूपमा लागिरहेको र यसले दुवै देशका नागरिकस्तरीय सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पु¥याइरहेको छ ।

    नेपाल र भियतनाम दुवै मुलुक बुद्ध धर्मसँग सम्बन्धित भएकाले सांस्कृतिक नाता गहिरो छ । अन्तरराष्ट्रिय मञ्चमा पनि दुवै देश शान्तिप्रिय राष्ट्रका रूपमा परिचित छन् । जलवायु परिवर्तन, हरित विकास र बहुपक्षीय सहकार्यका विषयमा दुवै देशको साझा दृष्टिकोण रहेको राजदूत ओलीको भनाइ छ । उनले भने, “नेपाल र भियतनामले अन्तरराष्ट्रिय मञ्चमा प्रायः समान खालका आवाज राख्ने गरेका छन् । हामीले एकअर्कालाई निरन्तर सहयोग गर्दै आएका छौँ । वातावरणीय विषय, क्षेत्रीय सहकार्य, दिगो विकासलगायत कुरामा हाम्रा समान धारणा छन् ।”

    नेपाल–भियतनाम दौत्य सम्बन्धको ५०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धलाई अझ नजिक ल्याउने महत्त्वपूर्ण अवसर मानिएको छ । राजदूत ओलीका अनुसार भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध थप मजबुद तुल्याउने महत्त्वपूर्ण कडीका रूपमा रहने छ । यस अवसरलाई प्रयोग गरेर दुई देशबीच व्यापारिक साझेदारी, लगानी प्रवर्द्धन, पर्यटन विकास र सांस्कृतिक आदान–प्रदानलाई नयाँ ढङ्गले अघि बढाउने योजना रहेको छ ।

    “भियतनामका उपराष्ट्रपतिको यो भ्रमण सद्भावको सुरुआत हो । भविष्यमा सहकार्यका प्रशस्त सम्भावना छन् । जति द्विपक्षीय सम्बन्धलाई बढाउँदै लगिन्छ, त्यति नयाँ अवसर खुल्दै जानेछन् । यस भ्रमणको मूल सन्देश भनेकै सम्बन्धलाई अझ मजबुत बनाउने हो”, राजदूत ओलीले भने ।

  • परारष्ट्रमन्त्री डा राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    परारष्ट्रमन्त्री डा राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    ७ भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गरेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राखिन् ।

    मन्त्री डा राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन् । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन् ।


    पछिल्ला वर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् । मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरिन् । उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरिन् ।


    भेटमा मन्त्री डा राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
    नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण-दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो । जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम)का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा राणाले बताइन् ।

  • विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री

    विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री

    २ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत आज उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताइन् । “

    यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ”, मन्त्री डा राणाले उल्लेख गरेकी छिन् । यसैगरी गत असोजमा दोहामा आयोजित ‘एसियन कोअपरेसन डाइलग’ ९एसिडी० सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएको बताएकी छिन् ।

    इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतसँग भेटेरै डा राणाले विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासबीच युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाएको स्मरण गरेकी छिन् ।


    उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै बिपिनको रिहाइका लागि आग्रह गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी मन्त्री डा राणाले सोही आग्रह गरेकी थिइन् । त्यस क्रममा उनले हमासले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह गरेकी थिइन् ।

    यसैगरी, इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट मन्त्री डा राणाले आग्रह गरेकी थिइन् । आफ्नो शल्यक्रियाका लागि बैंककमा रहँदा मन्त्री डा राणाले त्यहीबाट इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन् ।

  • विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

    विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

    २ भदौं, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी हेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिए । “सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।


    प्रधानमन्त्री ओलीले विपिनका परिवारको साथमा नेपाल सरकार रहेको समेत बताउनु भएको छ । “इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

    “यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ, ।” प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवादसमेत दिएका छन् ।

  • हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

    हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

    रासस
    १ साउन, काठमाडौं । ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका हुन लागेको ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ सोमबारदेखि सुरु हुँदैछ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा यही भदौ २ र ३ गते काठमाडौँमा हुने बैठकको तयारी पूरा भएको समितिले जनाएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को प्राविधिक सहयोगमा आयोजना हुन लागेको बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ । अफगानिस्तानको सरकारलाई नेपालले हालसम्म मान्यता नदिएका कारण बैठकमा आमन्त्रणा गरिएको छैन् ।

    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि तथा सभामुख देवराज घिमिरे विशिष्ट आतिथि रहनुहुनेछ । यही भदौ २ गते बिहान ९ः३० बजेदेखि उद्घाटन समारोह सुरु हुनेछ । समारोहमा राष्ट्रपति पौडेल, सभामुख घिमिरे, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो तथा विभिन्न देशबाट आउनुभएका विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नेछन् । उद्घाटन समारोहपछि विभिन्न प्राविधिक सत्र सञ्चालन हुनेछन् ।

    बैठकमा हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि गरी करिब ३० जना तथा जलवायु परिवर्तन, वायुप्रदूषण र वातावरणका विषयसँग सम्बन्धित विज्ञको सहभागिता रहनेछ । साथै साझेदार संस्थाहरू, नेपालको सङ्घीय संसद् र सरकारी अधिकारीहरूका सम्बन्धित विज्ञहरू पनि यस कार्यक्रममा सहभागी हुनेछन् । वन तथा वातावरण तथा परराष्ट्र मन्त्रालयसँगको आवश्यक समन्वयमा बैठक आयोजना हुन लागेको हो ।

    आयोजक समितिका संयोजक वीरबहादुर बलायरले बैठकको तयारी पूरा भएको जानकारी गराउँदै कार्यक्रममा हिन्दुकुश क्षेत्रमा जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा परेको असर, जोखिम र त्यसक्षेत्रका अवसरबारे विस्तृत र गहन छलफल हुने बताए । उनले भने, “जलवायु परिवर्तनको ठूलो असर हिन्दुकुश क्षेत्रमा परेको छ, जैविक विविधता पनि लोप भएर गइरहेको छ । यसलाई न्यूनीकरण गर्न बेलैमा साझा पाइला चालेर केही गर्न सकिन्छ कि भन्ने उद्देश्य यो कार्यक्रम गर्न लागेका हौँ ।”

    विश्व समुदायले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषणजस्ता समस्या भोग्नु परिरहेको परिप्रेक्षमा हिन्दुकुश राष्ट्रका सांसदहरूलाई एउटै मञ्चमा बसेर समस्या समाधानका लागि साझा धारणा बनाउन प्रयत्न गरिएको उनको भनाइ छ । हिन्दुकुश हिमालय एक जैविक विविधता र सांस्कृतिक रूपमा धनी पर्वतीय क्षेत्र हो, जुन अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान गरी आठ देशमा फैलिएको छ ।

    हिन्दुकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नवीन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको समितिका सभापति कुशुमदेवी थापाले बताउनुभयो । राजनीतिक र संसदीय नेतृत्वलाई एकै ठाउँमा राखेर छलफल गर्दा प्राप्त हुने निष्कर्षलाई भावी दिनमा सम्बन्धित देशका जलवायु नीति तर्जुमा तथा जलवायु अनुकूलन, कार्बन उत्सर्जन न्यूनीकरण, क्षेत्रीय रणनीति तयार पारी कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

    हिन्दुकुश हिमालय क्षेत्रले जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषणको प्रभावसँगै तीव्र सामाजिक–आर्थिक परिवर्तनबाट विभिन्न सङ्कटको सामना गरिरहेको छ । यसबाट पारिस्थितिक प्रणाली, प्राकृतिक स्रोत, जीविकोपार्जन र मानव जीवनमा गम्भीर प्रभाव पारिरहेको छ । ज्वलन्त पर्वतीय मुद्दालाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी मञ्चमा साझा दृष्टिकोण, सक्रिय सहभागिता र समुचित रूपमा उठाउने बैठकको सङ्कल्प छ ।

    बैठकमा परराष्ट्र मन्त्रालयबाट समन्वय गरिरहनुभएका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले जलवायु परिवर्तन, जैविक विविधताको क्षति र वायु प्रदूषणसँग सम्बन्धित प्रमुख समस्याका साथै साझा चुनौती र अवसरबारे संसदीय अभ्यास तथा बुझाइलाई नवीन ढङ्गबाट अभिवृद्धि गर्न बैठक सहयोगी हुने बताए ।
    विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको मुलुकमा पर्दछ ।

    वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ( दशमलव ३ डिग्री सेल्सियस देखि ) दशमलव ७ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डार पग्लने अनुमान अध्ययनले गरेका छन् ।

    परिवर्तित जलवायुका कारण नेपालमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ र यस प्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपाली जनताले वहुपक्षीय चुनौतीको सामना गर्नुपरिरहेको छ । वन मन्त्रालयका जलवायु परिर्वतन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभाव मात्र नभई सम्भावना र अवसरबारे पनि कार्यक्रममा पर्याप्त छलफल हुने जानकारी दिए ।

  • राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?

    राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?

    १ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताए ।

    “एउटा उदाउँदो अन्तरराष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरको प्रगतिबाट हामी प्रसन्न छौँ, एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने । उनले नेपाल र भारतबीच शताब्दीऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।

    “नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ”, राष्ट्रपतिले भने । विदेशसचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

    विदेशसचिवले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हित र चासोका विषयमा सम्बद्ध अधिकारीहरुसँग छलफल गर्ने अवसर मिलेको बताए ।

  • प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

    प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

    १ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको भेटका क्रममा निमन्त्रणा दिएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सो जानकारी दिए ।

    भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रुपमा अहिलेसम्म घोषणा गरेका छैनन् । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।

  • युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

    युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

    १ भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

  • भारतका विदेश सचिव आइतबार नेपाल आउँदै

    भारतका विदेश सचिव आइतबार नेपाल आउँदै

    ३१ साउन, काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आउने भएका छन् । भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । उनी सोमबार फर्किनेछन् । आगामी महिना प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी छ ।

  • भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

    भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

    ३० साउन, काठमाडौं । काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ गरिएको थियो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरियो ।


    त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे । उनले रु छ करोड ४० लाखको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरे । दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने विश्वास गरिएको छ ।

    कार्यक्रममा नेपालमा रहेका भारतीय समुदायका सदस्यका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारले उत्साहजनक सहभागिता रहेको थियो । यस अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीले देशभक्तिपूर्ण गीतमा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

  • भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टी

    भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टी


    २७ साउन, काठमाडौं । भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

    उत्तरकाशीमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर हराइरहेका छन् । यस्तै, पौडी गढवालमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल विक हराइरहेका दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

  • न्यूयोर्कमा फिप्नाले सांस्कृतिक परेडसहित विश्व आदिवासी दिवश मनायो

    न्यूयोर्कमा फिप्नाले सांस्कृतिक परेडसहित विश्व आदिवासी दिवश मनायो

    न्यूयोर्क । नेपाली आदिवासीहरुको विविध संस्कृति झल्किने परेडसहित नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले न्यूयोर्कको ज्याक्सन हाइटमा ३१ औं विश्व आदिवासी दिवश मनाएको छ ।
    अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, कनेक्टिकेट लगायतका राज्यमा बसोबास गर्ने नेपाली आदिबासी समुदाय तथा अन्य नेपाली समुदायको सहभागीतामा साँस्कृतिक झाँकी सहीतको परेड आयोजना गरि दिवश मनाएको हो । ज्याकसन हाइटको उडसाईड एभन्युको ७२ स्ट्रिटदेखि शुरु भएको परेड ७८ स्ट्रिटको मध्यभागमा निर्माण गरिएको मञ्चमा पुगेर टुंगिएको थियो । सडकमै निर्माण गरिएको मन्चमा विश्व आदिवासी दिवशको विषेश समारोह आयोजना भएको थियो ।


    नेपाली महावाणिज्यदूताबास न्यूयोर्कका महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यमा भएको समारोहमा न्यूयोर्क राज्यका एसेम्बली मेम्बर स्टेफन रागा, सिनेटर जोन लु, प्राइमेरी इलेक्टेड काउन्सीले मेम्बर फिल वन, बर्नी चाउ, मेयर कार्यालयका प्रतिनिधि सुकरानी धनपद्, तेन्जीङ छेसाङ लगायतका स्थानीय जनप्रतिधिहरुको सहभागिता रहेको थियो । समारोहमा उज्यालो अभियानका नायक कुलमान घिसिङ, फिप्ना अन्तरगतका १८ जातीय सदस्य संस्थाका प्रतिनिधि, न्यूयोर्कका क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि न्यूयोर्क सिटीका डेमोक्रेटिक पार्टीका ड्रिस्टिक्ट लिडर छेवाङ लामा र विष्णु रानामगर लगायतको विषेश उपस्थिति रहेको थियो ।


    बौद्धधर्म गुरु टुल्कु उर्गेन शेर्पाबाट शान्ति प्राथना गरेर शुरु भएको कार्यक्रममा सहभागी अतिथिहरुलाई स्वागत गर्दै फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामा ह्योल्मोले नेपालका आदिवासी समुदायको भाषा संस्कृति र परम्पराको जगेर्न गर्नको लागि र नयाँपुस्तालाई आफ्नो पहिचान बारेमा दिक्षित गर्नको लागि फिप्नाले आफ्नो गतिविधि गर्दै आएको जानकारी गराए । यस्तै कार्यत्रमका संयोजक पूर्ण पैजामगरले आदिवासीको साँस्कृतिक विविधता देशको धरोहर भएको उल्लेख गर्दै देशलाई चिनाउन महत्वपूर्ण भुमिका खेल्ने यस्ता धरोहरलाई राज्यले संरक्षण गरिनु पर्ने र नयाँ पुस्ताले पनि अंगाल्ने वातावरण निर्माण गरिनुपर्ने बताए ।


    सो अवसरमा फिलिपिन्सका आदिवासी समुदायको पहिचान झल्किने नृत्य प्रस्तुत गरेको थियो भने, तामाङ, नेवार, शेर्पा, ह्योल्मो, ढोक्प्या, राई, लिम्बु, गुरुङ, मगर आदि समुदायको परम्परागत संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
    समारोहमा शुभकामना दिदै प्रमुख अतिथि एवं महावाणिज्यदूत दधिराम भण्डारीले फिप्नाले विश्व आदिवासी जनजाति दिवशका अवसर पारेर आयोजना गरेको यो कार्यक्रमले अमेरिकामा नेपाललाई चिनाउन मद्दत पुग्ने बताउदै यसप्रकारको कार्यक्रमहरु आयोजनाको लागि नेपाल सरकारले संधै प्रोत्सहान गर्ने बताए । आगमी दिनमा पनि फिप्ना तथा यस संस्थासंग आवद्ध सदस्य संस्थाहरुसंग मिलेर महावाणिज्यदूतको कार्यालयले नेपाल प्रवद्र्धनको गतिविधिहरु आयोजना गर्न तयार रहेको समेत उहाँले जानकारी गराए ।

    कार्याक्रममा दिवशको अवसरमा विश्वभर छरिएर रहेका नेपाली आदिवासी जनजाति समुदायलाई शुभकामाना दिदै विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक एवं उज्यालो नेपाल अभियानका नायक कुलमान घिसिङले विदेशी भूमिमा पनि नेपाली आदिवासीहरुले आफ्नो परम्परा तथा संस्कृति प्रबद्र्धनका लागि गरिएको कार्यक्रम सराहनीय रहेको बताए । आफुले उज्यालो नेपाल अभियानको क्रममा रहेको चर्चा गर्दै यो अभियानमा जोडेर सबैले सहयोग गर्न अनुरोध गरे । नेपालको विकास सुशासन, संवृद्धि र रोजगार वृद्धिमा सहयोग गर्नकै लागि यो अभियान शुरु गरिएको जानकारी दिदै यो अभियानमा गैर आवसीय नेपाली नागरिकको ठूलो भूमिका रहने भएकोले वदेशको मात्र हैन नेपालमा पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउन उनले सबैलाई आग्रह गरे ।
    कार्यक्रममा न्यूयोर्क राज्यका साँसद स्टेफन रागाले इतिहासमा न्यूयोर्क पनि आदिवासी समुदायकै भूमि रहेको चर्चा गर्दै आदिवासी समुदायको पहुँच र सम्मानमा कमि आउन नहुने बताए । अमेरिकामा नै क्वीन्स काउन्टी सबैभन्दा विविधतले भरिएको रहेको चर्चा गर्दै यस्तो विविधतायुक्त क्षेत्रबाट आफुले राज्य संसदमा प्रतिनिधित्व गर्न पाउदा खुसी लागेको र सबै समुदायको आर्थिक सामाजिक उत्थानका लागि आफु प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । यस्तै राज्य सिनेटर जोन लुले न्यूयोर्क सिटीमा लामो समयदेखि आफु नेपाली समुदायसंग परिचित रहेको बताउदै नेपालको विविधताले न्यूयोर्क सिटीलाई नै सशक्त बनाएको बताए ।

    यसैगरी न्यूयोर्क सिटीका काउन्सील मेम्बरका प्राइमरी विजेता फिल वाङ र बर्नी चाउले हरेक समुदायको भाषा संस्कृति र परम्परा अत्यन्त महत्वपूर्ण हुने भएकोले नयाँ पुस्तालाई पनि ती कुराहरु सिकाउनु र बुझाउनु पर्नेमा जोड दिए । सिटीका मेयर कार्यालय प्रतिनिधिहरु सुकरानी धनपद र तेन्जीङ छेवाङले दिवशको अवसरमा सबैमा शुभाकामना दिदै नेपाली आदिवासी समुदाय र अन्य समुदायसंग मिलेर काम गर्न मेयर कार्यालय तयार रहेको जानकारी गराए ।
    कार्यक्रममा फिप्नाका सल्लाहकार डण्डु ढोक्प्या, आदिवासी जनजाति महिला महासंघ अमेरिकाका अध्यक्ष इन्दिरा चोङबाङ, बरिष्ट पत्रकार प्रदिप थापा परियार, वल्र्ड नेता अर्गनाइजेसनका बरिष्ठ उपाध्यक्ष समिर महर्जन लगायतले आदिवासी जनजातिको हक अधिकार र विश्व आदिवासी दिवशको बारेमा धारणा राखेका थिए ।
    कार्यक्रम समापन गर्दै फिप्नाका अध्यक्ष तोरण गरुङले जुनसुकै भुमिमा रहेपनि आफ्नो भाषा संस्कार संस्कृतिलाई नभुलौ भन्ने सन्देश सहीत यो कार्यक्रमको आयोजना गरेको बताए । आदिवासी जनजातिको अधिकार सुरक्षित गर्नका लागि नेपालमा गणतन्त्र, समावेशीता तथा धर्म निरपेक्षतालाई प्रभावकारी कार्यान्वयनको खबरदारी समेत कार्यक्रमको उदेश्य भएको उनको भनाई थियो । प्रवासमा रहेर पनि आदिवासी जनजातिको भाषा धर्म संस्कृति जगेर्ना गर्नु हाम्रो जिम्मेवारी रहेको बताउदै यसका लागि अमेरिकाको स्थानीय तथा राज्य तहमा जनप्रतिनिधि तथा सरकारी तहमा प्रतिनिधित्वको लागि पहल र प्रयास गर्नुपनि फिप्नाको उदेश्य रहेको अध्यक्ष गुरुङले बताए ।
    फिप्नाद्वारा सम्मान
    ३१ औं विश्व आदिवासी दिवशको अवसर पारेर यो वर्ष नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आदिवासी समुदायको विभिन्न क्षेत्रमा विषेश योगदान पुर्याएका तीन जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा संचारकर्मीद्वय मच्छेदेवी गुरुङ र खड्का बहादुर पुलामी (बिक्की) रहेका छन् भने फिल्मकर्मी दल प्रसाद लिङदेन रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि महावाणिज्यदूत दधिराम भण्डारी र फिप्नाका अध्यक्ष तोरण गुरुङले सम्मान पत्र प्रदान गरेका थिए ।
    नेपालमा रेडियो पत्रकारिताको क्षेत्रमा एक दशक सम्म सक्रिय रहेका मच्छेदेवी गुरुङ हाल नेपाली समुदायका अनलाईन पोर्टल एनवाईसी नेपालन्युजका सम्पादक हुन् । यसअघि एभरेष्ट टाइम्समा सक्रिय रहेका गुरुङ नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व कोषाध्यक्ष र उपाध्यक्ष समेत हुन् । यसैगरी पुलामी न्यूयोर्कस्थित नेपाली सामुदायिक मिडिया मकैहाउसका संचालक हुन् भने लिङदेन लामो समयदेखि लिम्बु समुदायको चलचित्र निर्माणमा सक्रिय छन् ।
    महासचिव दिपक चौधरीले स्थानीय सरकारका जनप्रतिनिधीहरुसँग समन्वय गरी कार्यकमको संयोजन गरेका थिए । कार्यक्रम संयोजक पुर्ण पाइजा मगरसहित, महासचिव चौधरी, कार्यसमिति र सल्लाहकार सहितको कार्यक्रम व्यवस्थापन समितिले कार्यक्रम व्यवस्थापन गरेको हो । कार्यक्रममा संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा सहभागी भएका थिए।
    कार्यक्रममा द गुरुङ (तमु) सोसाइटी इंक युएसए, तामाङ सोसाइटी अफ अमेरिका, मगर संघ अमेरिका, शेर्पा संघ अमेरिका, किरात याक्थुङ चुम्लुङ अमेरिका, किरात राई सोसाइटी अफ अमेरिका, थारु एष्ड फे्रष्ड्स एशोशिएसन, ढोक्प्या किदुग युएसए, युनाइटेड मुगुम अर्गनाइजेशन इंक, युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका, नेवा गुठी न्यू योर्क, ह्योल्मो सोसाइटी अफ अमेरिका, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना), नेप्लिज मुलवासी मंगोल कम्युनिटी इन अमेरिका, काइन्डिङ सिन्ड लगायत जातिय संस्थाहरु साँस्कृतिक झाँकी र व्यानर सहित उपस्थित भएका थिए । साथै अन्य जातिय संस्थाका प्रतिनिधीहरु समेत सहभागी थिए ।