काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०–८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो अधिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो ।… Continue reading विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब रुपैयाँ
Category: डायस्पोरा
इपिएसमा साढे ५ हजार विद्यार्थी उत्तिर्ण
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जान भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक… Continue reading इपिएसमा साढे ५ हजार विद्यार्थी उत्तिर्ण
नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता
काठमाडौं । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका तर्फबाट राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहसचिव कृष्ण नेपालले यो परियोजनाले कोशी प्रदेशका… Continue reading नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता
१६ देशका कर विज्ञको भेला नेपालमा
काठमाडौं । आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवन क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा आयोजना भएको छ । काठमाडौंमा बुधबार सुरु बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । काउन्सिल अन इकोनोमिक पोलिसी ९सीईपी० र जर्मन इन्स्टिच्युट… Continue reading १६ देशका कर विज्ञको भेला नेपालमा
अमेरिका पठाउने भन्दै डेढ करोड ठगी गर्ने पक्राउ
काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो । अमेरिका पठाउने भन्दै चार जनाबाट उनले सुरुमा १ करोड १८ लाख रुपैयाँ… Continue reading अमेरिका पठाउने भन्दै डेढ करोड ठगी गर्ने पक्राउ
श्रम मन्त्रालयले भन्यो : वैदेशिक रोजगारीको प्रलोभनमा ठगी बढ्यो
काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइरहेको जानकारीमा आएको जनाएको हो । वैदेशिक रोजगारीमा जान इच्छुकलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया,… Continue reading श्रम मन्त्रालयले भन्यो : वैदेशिक रोजगारीको प्रलोभनमा ठगी बढ्यो
नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किइन् जापानी विदेशमन्त्री
काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छिन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा जापानका विदेशमन्त्री योकोले शिष्टाचार भेटवार्ता… Continue reading नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किइन् जापानी विदेशमन्त्री
प्रधानमन्त्री र जापानी विदेशमन्त्रीबीच द्धिपक्षीय सहकार्यबारे छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा उनीहरूबिच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिए । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं… Continue reading प्रधानमन्त्री र जापानी विदेशमन्त्रीबीच द्धिपक्षीय सहकार्यबारे छलफल
जापानी विदेशमन्त्री र राष्ट्रपतिबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले शिष्टाचार भेटवार्ता गरेकी छन्। आइतबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त… Continue reading जापानी विदेशमन्त्री र राष्ट्रपतिबीच भेट, के भयो कुराकानी ?
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बाबुराम दाहाल, न्युयोर्क। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन वातावरणको जननी… Continue reading सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया
काठमाडौं । सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन्। शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन्। ‘हामी स्पष्ट… Continue reading चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया
जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको… Continue reading जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
काठमाडौं । जापानी विदेशमन्त्री योको कामीकावा नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी आगामी आइतवार काठमाडौं आउने बताइएको छ । उक्त भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम भने तय नभएको समेत बताइएको छ । तर, दुई पक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गरिने भएको छ । जापानले दुई देशबीच अर्को वर्ष कूटनीतिक सम्बन्ध कायम भएको… Continue reading जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
सम्पन्न भयो लगानी सम्मेलन, के भयो उपलब्धी
काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । आइतबार उद्घाटन भएको सम्मेलनमा ८ सय विदेशीसहित २५ सय भन्दा धेरै पाहुना सहभागी भएका थिए । नेपाल लगानीकर्ताका लागि उपयुक्त थलो हो भन्ने सन्देश प्रवाहका लागि यो सम्मेलन फलदायी भएको सरकारको दावि छ । तर, ठूला परियोजनामा लगानीकर्ता… Continue reading सम्पन्न भयो लगानी सम्मेलन, के भयो उपलब्धी
तेस्रो लगानी सम्मेलनको पहिलो दिन के के भयो ?
काठमाडौं । तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । १ हजार ४ सयभन्दा धेरै पाहुना सहभागी सम्मेलनमा सहभागी उच्च पदस्थ अधिकारी, राजनीतिक दलका नेतृत्व र निजी क्षेत्रका प्रतिनिधिले नेपाल लगानीका लागि उपयुक्त स्थल भएको सन्देश प्रवाहमा अधिकतम समय खर्चिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले… Continue reading तेस्रो लगानी सम्मेलनको पहिलो दिन के के भयो ?
न्युयोर्क सहरमा नेपाल डे परेड २०२४ हुने तय
बिक्की पुलामी, न्युयोर्क बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि न्युयोर्क सहर म्यानह्याटनमा नेपाल डे परेड २०२४ आयोजना गरिने भएको छ । सन् २०१६ देखि सुरुवात भएको “नेपाल डे परेड” २०२४ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, न्युयोर्क च्याप्टरको आयोजनामा हुन लागेको हो । मे १९,२०२४ मा हुने “नेपाल डे परेड”का लागी गैर आवासीय नेपाली… Continue reading न्युयोर्क सहरमा नेपाल डे परेड २०२४ हुने तय
अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ मन्त्रालयमा भेटेको हो… Continue reading अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?
विविध कार्यक्रमका साथ नेजा स्थापना दिवस मनाइयो
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । संघले आफ्नो १७औं स्थापना दिवसको अवसरमा रक्तदान, अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रमको आयोजना गर्यो । सन् २००७, अप्रिल २१ र २२ गते भर्जिनिया राज्यको आर्लिङटनमा भएको प्रथम अधिवेशनको मितिलाई आधार मानी संघले यो वर्षदेखि अप्रिल २१ लाई नेजा स्थापना… Continue reading विविध कार्यक्रमका साथ नेजा स्थापना दिवस मनाइयो
कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरिएको छ । रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति… Continue reading कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति… Continue reading राष्ट्रपति पौडेल र कतारी राजाबीच भेट, के भयो कुराकानी ?
कतारका अमिर थानी काठमाडौंमा
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका… Continue reading कतारका अमिर थानी काठमाडौंमा
कतारका राजा पहिलो पटक नेपाल आउँदै
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ । उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ । कतारी अमिरलाई स्वागत गर्न… Continue reading कतारका राजा पहिलो पटक नेपाल आउँदै
कतारका राजालाई स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने
काठमाडौं । पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् । अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले अमिर नेपाल… Continue reading कतारका राजालाई स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने
यूएनडीपीका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाडौं आइपुग्ने छन् । यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयसानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा उक्त जानकारी दिएकी हुन् । त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत… Continue reading यूएनडीपीका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउँदै
श्रमिक चढ्ने जहाजमा पनि खानाको व्यवस्था गर्न श्रम मन्त्रीको आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा वैदेशिक रोजगारी व्यवसायी संघसँग भएको छलफलमा मन्त्री अर्यालले श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका हुन् । ‘युवाहरू विदेश जाँदा जहाजभित्र… Continue reading श्रमिक चढ्ने जहाजमा पनि खानाको व्यवस्था गर्न श्रम मन्त्रीको आग्रह
प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गत राति त्यसतर्फ प्रस्थान गरेका हुन् । हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ… Continue reading प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान
कतारका आमिर दुई दिने भ्रमणमा मंगलबार नेपाल आउने
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ ।… Continue reading कतारका आमिर दुई दिने भ्रमणमा मंगलबार नेपाल आउने
अमेरिका भ्रमण पुरा गरी स्वदेश फर्किए अर्थमन्त्री
काठमाडौं । अमेरिकाको वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर अर्थमन्त्री वर्षमान पुन शनिबार स्वदेश फर्किएका छन् । मन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक… Continue reading अमेरिका भ्रमण पुरा गरी स्वदेश फर्किए अर्थमन्त्री
नेपालमा लगानी भित्राउन बेलायतले सहयोग गर्ने
काठमाडौं । लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’ बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं… Continue reading नेपालमा लगानी भित्राउन बेलायतले सहयोग गर्ने
कामको खोजिमा ९ महिनामा विदेशिए साढे ५ लाख नेपाली
काठमाडौं । चालु आर्थिक वर्ष २०८०\८१ को ९ महिना (साउन–चैत)मा नेपालबाट कामको खोजीमा विदेशिनेको संख्या ५ लाख ३९ हजार ६९ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा केही कम हो । गत वर्षको ९ महिनामा ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका थिए । नेपालबाट कामको खोजीमा चैत महिनामा मात्र झन्डै… Continue reading कामको खोजिमा ९ महिनामा विदेशिए साढे ५ लाख नेपाली