दीपेन्द्रसिंह ऐरीको टीमले जित्यो ग्लोबल टी–२० क्यानडाको उपाधि

काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडाको उपाधि हात पारेको छ । अर्का नेपाली स्टार सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३० रन बनाएको थियो । जगुअर्सले दिएको १३१… Continue reading दीपेन्द्रसिंह ऐरीको टीमले जित्यो ग्लोबल टी–२० क्यानडाको उपाधि

कामको खोजीमा नेपाल आए साढे ३ हजार विदेशी

काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९–८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् । विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।… Continue reading कामको खोजीमा नेपाल आए साढे ३ हजार विदेशी

न्युयोर्कमा फोन्नाको पहिलो सम्मेलन सम्पन्न, अध्यक्षमा बिष्णु मगर

अगष्ट ५, न्युयोर्क, फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, फोन्नाले न्युयोर्कस्थित कोरोना पार्कमा संस्थाको पहिलो सम्मेलन सम्पन्न गरेको छ । तदर्थ समितिद्वारा अगष्ट ५ मा आयोजित भेलाको सर्वसम्मतिले अध्यक्ष बिष्णु राना मगरको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सम्मेलनले प्रत्यक्ष संलग्न र सरोकार रहने पद्दति अनुसार बिज्ञान खनाल, अच्युत सिग्देल, बुद्धिमान तामाङ,… Continue reading न्युयोर्कमा फोन्नाको पहिलो सम्मेलन सम्पन्न, अध्यक्षमा बिष्णु मगर

भारतमा पहिरोमा वेपत्ता नेपाली नागरिकको खोेजीका लागि प्रधानमन्त्रीले थाले कूटनीतिक पहल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागस्थित गौरीकुण्ठ पहिरोमा बेपत्ता भएका नागरिकको उद्धार र खोजका लागि कूटनीतिक पहल सुरु गरेका छन् । शनिबार साँझ प्रधानमन्त्रीको निजी सचिवालयले सूचना सार्वजनिक गर्दै बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल सुरु गरेको जनाएको छ । गौरीकुण्डमा गएको पहिरोमा परेर नेपाली र भारतीय नागरिक बेपत्ता भएको… Continue reading भारतमा पहिरोमा वेपत्ता नेपाली नागरिकको खोेजीका लागि प्रधानमन्त्रीले थाले कूटनीतिक पहल

मोदी र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । दुबै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएका छन्… Continue reading मोदी र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

भारतमा कार दुर्घटना, एकै परिवारका चारसहित ६ जना नेपालीको मृत्यु

काठमाडौं । भारतमा भएको कार दुर्घटनामा६ जना नेपाली नागरिकको ज्यान गएको छ । त्यसमध्ये चार जनाएको एकै परिवारका हुन् । भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा उनीहरुको निधन भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । उनीहरु नेपालगन्जका हुन् । नेपालगन्जको त्रिभुवन चोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी… Continue reading भारतमा कार दुर्घटना, एकै परिवारका चारसहित ६ जना नेपालीको मृत्यु

भारतमा पहिरोमा परेका नेपालीको खोज तथा उद्दारमा खट्न भारतलाई नेपालको आग्रह

काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ । शनिबार परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् । रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा… Continue reading भारतमा पहिरोमा परेका नेपालीको खोज तथा उद्दारमा खट्न भारतलाई नेपालको आग्रह

उत्तराखण्डमा डेढ दर्जन मानिस पहिरोमा पुरिए, धेरैजसो नेपाली

काठमाडौं । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी डेढ दर्जन मानिस वेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पहिरोमा परी १९ जना पुरिएको र त्यसमा कम्तिमा १३ जना नेपाली रहेको बताइएको छ । बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको… Continue reading उत्तराखण्डमा डेढ दर्जन मानिस पहिरोमा पुरिए, धेरैजसो नेपाली

विभिन्न देशका राजदूतको संसदीय सुनुवाइ पूरा

file

काठमाडौं । विभिन्न देश र नियोगका लागि सरकारले प्रस्तावित गरेको छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद्अन्तर्गत सार्वजनिक सुनुवाइ समितिको आज बुधवारको बैठकमा न्युयोर्कमा रहेको नेपाली स्थायी नियोग, स्विट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो । बैठकमा न्युयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्विट्जरल्यान्डका लागि प्रस्तावित राजदूत… Continue reading विभिन्न देशका राजदूतको संसदीय सुनुवाइ पूरा

राष्ट्रपति पौडेललाई कोप- २८ मा निमन्त्रणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन ९कोप–२८० मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ… Continue reading राष्ट्रपति पौडेललाई कोप- २८ मा निमन्त्रणा

प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा हाल्ने युवकलाई प्रहरीले मलेसियाबाट नेपाल ल्यायो

काठमाडौं । प्रेमिकाको नग्न तस्वीर तथा भिडियो पोर्न साइटमा हालेको अभियोगमा एक आरोपीलाई प्रहरीले मलेसियाबाट नेपाल ल्याएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको पत्रका आधारमा इन्टरपोलको एनसीबी (नेशनल कन्ट्रोल ब्यूरो) काठमाडौंले इन्टरपोल हेडक्वार्टरलाई म्यादीका २७ वर्षीय प्रकाश विकविरुद्ध रेड नोटिस जारी गर्न आग्रह गरेको थियो । त्यसअनुसार इन्टरपोल महासचिवालयले २४ माघ २०७८ मा रेड नोटिस… Continue reading प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा हाल्ने युवकलाई प्रहरीले मलेसियाबाट नेपाल ल्यायो

नेदरल्याण्ड्स पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

काठमाडौं । नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्‍ने ३७ वर्षीय कपिल बर्मा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मण्डिखाटारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि… Continue reading नेदरल्याण्ड्स पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

एनआरएनएको समानान्तर संगठन खोल्ने बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ । गत वर्ष एनआरएनएको निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहनेगरी यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर, परराष्ट्र मन्त्रालयले सो संस्था… Continue reading एनआरएनएको समानान्तर संगठन खोल्ने बाटो खुला

कोरियामा अब पानीजहाज कम्पनीमा पनि नेपालीले काम पाउने, खुल्यो भाषा परीक्षा

काठमाडौं । इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ। ‘नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न… Continue reading कोरियामा अब पानीजहाज कम्पनीमा पनि नेपालीले काम पाउने, खुल्यो भाषा परीक्षा

तीन मुलुकको भ्रमण सकेर माधव नेपाल स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तीन देशको भ्रमण सकेर काठमाडौं फर्किएका छन्। उनी शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए। अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र… Continue reading तीन मुलुकको भ्रमण सकेर माधव नेपाल स्वदेश फिर्ता

रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमारमा नजान सरकारको आग्रह

काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । खासगरी थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय… Continue reading रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमारमा नजान सरकारको आग्रह

दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला

काठमाडौं । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला परेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा हिजो बिहीबार मृत भेटिएका हुन्।। जाजरकोट जिल्ला खलङ्गा गाउँपालिका–६ का बाँठाको रूम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा… Continue reading दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला

वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत

काठमाडौं । वैदेशिक रोजगारीका लागि असम्बिन्धत व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तब्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौं ठगी भइरहेको खबर सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो । यसबारे सूक्ष्म अध्ययन समेत भइरहेको मन्त्रालयले जनाएको… Continue reading वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत

१९ औं एसियाली खेलकुदमा नेपालले २९ खेलमा भाग लिने

काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९ औं एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसंगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २ सय ३४ खेलाडी सहभागी गराउने जानकारी दिए ।… Continue reading १९ औं एसियाली खेलकुदमा नेपालले २९ खेलमा भाग लिने

अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरिया प्रस्थान

काठमाडौं । अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरियाको बान्स्कोमा पुगेको छ। टोलीमा काठमाडौं विश्वविद्यालयका कम्प्युटेशनल लिङ्गुइस्ट तथा सह–प्राध्यापक बालकृष्ण बल, ट्रिनिटी कलेजका ४ विद्यार्थी र २ पर्यवेक्षक सहभागी छन्। उक्त भाषिक ओलम्पियाड जुलाई २१(२९ सम्म सञ्चालन हुनेछ। पहिलोपल्ट सन् २०१९ मा दक्षिण कोरियामा भाग लिएको नेपाली टोलीको यो दोस्रो सहभागिता हो। ओलम्पियाडमा विभिन्न… Continue reading अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरिया प्रस्थान

प्रधानमन्त्री आज स्वदेश फर्किदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किने भएका छन् । इटलीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन्। उनी कतार एअरलाइन्सको विमानमार्फत विहान १० बजे त्रिभुवन विमानस्थल अवरण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन साउन ६… Continue reading प्रधानमन्त्री आज स्वदेश फर्किदै

प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण

काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेको बताइएको छ । रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडी आउने… Continue reading प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण

नेपालमा विकास, समृद्धि र सुशासनको नयाँ अभियान सुरु भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताए । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण,… Continue reading नेपालमा विकास, समृद्धि र सुशासनको नयाँ अभियान सुरु भएको छ : प्रधानमन्त्री

नेपाल र पाकिस्तानबीच सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि पहल गर्न नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरण एवम् पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेको चेम्बरले जनाएको छ । नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत हास्मीसागको भेटमा अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको… Continue reading नेपाल र पाकिस्तानबीच सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको माग

खाद्य प्रणालीमा परिवर्तन आवश्यक : प्रधानमन्त्री

vfB k|0ffnL;DaGwL ;Dd]ng ;Daf]wg /f]d, ( ;fpgM k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú dªunaf/ O6fnLsf] /f]ddf cfof]lht /fi6«;ª3Lo vfB k|0ffnL;DaGwL ;Dd]ngnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन् । उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको बताए । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज (मङ्गलबार) सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो भविष्यका… Continue reading खाद्य प्रणालीमा परिवर्तन आवश्यक : प्रधानमन्त्री

इटालीमा बंगलादेश र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो । उनीहरुबीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य… Continue reading इटालीमा बंगलादेश र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता

अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो। उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए। सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभलालच… Continue reading अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको रोममा आयोजित फुड सिस्टम समिटलाई सम्बोधन गर्दै उनले कृषि उत्पादकत्व दोब्बर तुल्याउनका लागि दिगो खाद्य उत्पादन प्रणाली सुनिश्चित गर्ने पारिस्थितीक प्रणाली कायम राख्ने गरी लचिलो कृषि… Continue reading अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

यूरोपमा रहेका नेपालीको समस्या समाधानमा लागि पर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताएका छन् । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्रीको निजी सचिवालयले अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक… Continue reading यूरोपमा रहेका नेपालीको समस्या समाधानमा लागि पर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । सोमबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका… Continue reading प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता