सुपेन्द्र बस्नेत, बोष्टन नेपाली पात्रो अनुसार नयाँ वर्ष २०८० साल प्रारम्भ हुन अब केही दिन मात्र बाँकी छ। नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरु पनि नयाँ वर्षलाई उत्साह र उमङ्गका साथ मनाउदै नयाँ साललाई स्वागत गर्ने तयारीमा छन्। यसै सन्दर्भमा अमेरिकाको मासाचुसेट्स राज्यको ऐतिहासिक सहर बोस्टनमा रहेका नेपालीहरुले पनि नेपाली साँगीतिक माहोलमा नयाँ वर्ष मनाउदै… Continue reading सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय
Category: डायस्पोरा
गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी बद्री केसीलाई
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रबिना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि अर्का अध्यक्ष… Continue reading गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी बद्री केसीलाई
चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति
काठमाडौं । नेपाली र चिनियाँ अधिकारीहरूबीच चिनियाँ अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगति समीक्षा भएको छ । चिनियाँ सहयोगमा नेपालमा बनेका पूर्वाधारहरुको बारेमा बेइजिङमा शुक्रबार नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा छलफल भएको हो । यस अवसरमा ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने दुई देशका अधिकारीहरूबीच सहमति… Continue reading चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति
वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ
९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति
काठमाडौं । चालु आवको ९ महिनाको अवधिमा (साउनदेखि चैत २२ सम्म) झण्डै ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति पत्र एनओसी लिएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार साउनयता ७९ हजार ३०९ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । अहिले शाखाले एनओसीका लागि अनलाइन आवेदन दिएको एक दिनमा रुजु गर्ने र अर्को… Continue reading ९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति
सिक्किम पहिरोमा ३ जना नेपाली परेको पुष्टी
काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा तीन नेपाली परेको पुष्टी भएको छ । घटनामा सात जनाको मृत्यु भएको छ । जसमधये ३ जना नेपाली रहेको स्थानीय अधिकारीले पुष्टी गरेका छन् । घटनामा करिब एक दर्जन घाइते छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका… Continue reading सिक्किम पहिरोमा ३ जना नेपाली परेको पुष्टी
नेपालमा काम गर्छन् १० हजार विदेशी श्रमिक, कुन मुलुकका कति ?
काठमाडौं । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन्… Continue reading नेपालमा काम गर्छन् १० हजार विदेशी श्रमिक, कुन मुलुकका कति ?
मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने
काठमाडौं । मलेशियाको संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ। यो कदमसँगै मृत्युदण्डको सजाय पाउन सक्ने १,३०० कैदीको ज्यान जोगिन सक्ने बीबीसीले लेखेको छ । कैयौँ नेपालीहरू पनि वैदेशिक रोजगारीका लागि पुग्ने गरेको दक्षिण पूर्वी एशियाको यो देशले सन् २०१८ यता मृत्युदण्ड स्थगन गरेको छ। संसद्ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै… Continue reading मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने
हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने
काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । तिब्बतसँग जोडिएका… Continue reading हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने
स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने
काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन भर्न स्थानीय तहहरुले सघाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो । श्रम मन्त्रालय समेत… Continue reading स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने
सामाजिक सुरक्षा कोषमा विदेशमा हुने नेपालीको सहभागिता दर उत्साहजक
काठमाडौं । वैदेशिक रोजगारीमा जाने तयारी रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेको सङ्ख्यामा उच्च वृद्धि भएको छ । सामाजिक सुरक्षा कोषले औपचारिक रूपमा सुरु गरेको एक सातामै १५ हजार ६८५ जना श्रमिक आबद्ध भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा… Continue reading सामाजिक सुरक्षा कोषमा विदेशमा हुने नेपालीको सहभागिता दर उत्साहजक
श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु
काठमाडौं । सरकारले बुधवारबाट निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत… Continue reading श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु
जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध
काठमाडौं । सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ । ‘सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,’ जर्मनीको… Continue reading जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध
खुम्बु क्षेत्रमा पदयात्रा गर्ने विदेशीले गाइड अनिवार्य लैजानु नपर्ने
काठमाडौं । नेपाल पर्यटन बोर्डले बन्द गरेको ‘सोलो ट्रेकिङ’ अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ । बोर्डले भने देशैभर लागु हुने गरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको थियो… Continue reading खुम्बु क्षेत्रमा पदयात्रा गर्ने विदेशीले गाइड अनिवार्य लैजानु नपर्ने
नेपालमा अक्सर बसोबास गर्ने विदेशीको संख्या कति ?
काठमाडौं । नेपालमा अक्सर बसोबास गर्ने व्यक्तिमध्ये १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक अनुसार यसरी… Continue reading नेपालमा अक्सर बसोबास गर्ने विदेशीको संख्या कति ?
वर्तमान समाजको यथार्थ पाटो उजागर गर्दै अस्ताउने कृष्ण दाइप्रति भावपूर्ण श्रद्धासुमन
सुपेन्द्र बस्नेत, बोष्टन जन्म, जीवन र मृत्युवरण प्रकृतिको नियम हो। जब जो कोही प्राणी वा बनस्पतिले जन्म लिन्छ, तब उसले जीवन हुदै मृत्युको बिन्दुसम्म पुगेर जीवनको चक्र पुरा गरेकै हुन्छ। जो शाश्वत सत्य हो। प्राणी जगतमा मानवलाई सबैभन्दा विवेकशील तथा चेतनशील गुण भएको प्राणी मानिन्छ। जसले जीउने क्रममा प्राप्त गरेको सैध्दान्तिक र व्यवहारिक ज्ञान, शिक्षा,… Continue reading वर्तमान समाजको यथार्थ पाटो उजागर गर्दै अस्ताउने कृष्ण दाइप्रति भावपूर्ण श्रद्धासुमन
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३\४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि… Continue reading नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ
विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?
काठमाडौं\बीबीसी । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आगामी नयाँ वर्षदेखि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने घोषणा गरेको छ। यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने अधिकारीहरूले बताएका छन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कसरी यो योजनामा सहभागी हुन सक्छन् ? कोषका कार्यकारी निर्देशक कपिलमणि… Continue reading विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?
कति नेपाली विदेशमा बस्छन् ?
काठमाडौं । २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो । यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी… Continue reading कति नेपाली विदेशमा बस्छन् ?
गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले १२ वैशाख २०७२ को विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन सहयोग गरेको हो । एनआरएनएले बालुवाटारस्थित… Continue reading गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग
नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव
काठमाडौं\रासस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्। भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार नयाँदिल्लीमा भएको छलफलमा उनले उक्त प्रस्ताव गरेकी हुन्। ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको… Continue reading नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव
संचारमन्त्री शर्मा भारत भ्रमणमा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार बेलुका भारत गएकी हुन् । मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय… Continue reading संचारमन्त्री शर्मा भारत भ्रमणमा
वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार… Continue reading वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध
अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने
काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी साता महिला शिखर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ११ र १२ चैतमा आयोजना हुने परिसंघले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको परिसंघको भनाइ छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सोमबार… Continue reading अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने
एक महिनामा कामको खोजिमा विदेशिए ६२ हजार नेपाली
काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा यस संख्यामा विदेशिएका हुन् । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त… Continue reading एक महिनामा कामको खोजिमा विदेशिए ६२ हजार नेपाली
कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गरिने
सुबास अर्याल, कनेक्टिकट संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच दौत्य-सम्बन्ध स्थापना भएको ७५औं वर्षको उपल़क्ष्यमा कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गर्न लागिएको छ । “नेपाल फेस्टिभल २०२३: प्रेस विज्ञप्ति” जारी गर्दै उक्त कार्यक्रम सोसाइटी अफ नेपालिज इन अमेरिका (Society of Nepalese in America) ले आयोजना गर्ने लागेको हो । सन् १९४७ अप्रिल २५… Continue reading कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गरिने
विदेश जाने युवालाई सास्ती नदिनुहोस : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाने युवाले अनावश्यक दुःख… Continue reading विदेश जाने युवालाई सास्ती नदिनुहोस : प्रधानमन्त्री
श्रम स्वीकृतिमा अनिवार्य २ वर्षे प्रावधान हट्यो
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री स्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो । अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति, रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति… Continue reading श्रम स्वीकृतिमा अनिवार्य २ वर्षे प्रावधान हट्यो
न्यूह्यामसायरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव, एनआरएनएमा महिला सहभागिता बढाउने उद्घोष
नाशुवा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका एनसिसीको आयोजनामा न्यू ह्यामसायरको नाशुवा शहरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव सम्पन्न भएको छ । एनआरएनए आइसिसी अध्यक्ष रविना थापाको प्रमुख आतिथ्यमा शनिबार नारी दिवस उत्सव सम्पन्न भएको हो । कार्यक्रममा न्यूह्यामसायर दिदीवहिनीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा आइसिसी अध्यक्ष थापा, एनआरएनए अमेरिका एनसिसी अध्यक्ष बुद्धी… Continue reading न्यूह्यामसायरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव, एनआरएनएमा महिला सहभागिता बढाउने उद्घोष