काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु… Continue reading नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान
Category: डायस्पोरा
वैदेशिक रोजगारीमा जान एक महिनामा ६३ हजारले लिए श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगारीमा जान एक महिनाको अवधिमा ६३ हजार मानिसले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ । गत आवको साउनमा २५ हजार चार सय २८ ले मात्र श्रम स्वीकृति लिएका थिए । साउनमा… Continue reading वैदेशिक रोजगारीमा जान एक महिनामा ६३ हजारले लिए श्रम स्वीकृति
यात्रुमा कोरोना पुष्टी भएपछि हिमालय एयरलाइन्सको चीन उडान चार साता रोकियो
काठमाडौं । यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि चीन सरकारले हिमालय एयरलाइन्सलाई चार साताका लागि उढान गर्न रोक लगाएको छ । नेपाल–चीन उडान चार साताका लागि रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अगस्ट २ मा सो एयरलाइन्सबाट चीन पुगेका १५ जना यात्रुलाई कोरोना देखिएको हो । चीनले अगस्ट २२ देखि लागू हुने… Continue reading यात्रुमा कोरोना पुष्टी भएपछि हिमालय एयरलाइन्सको चीन उडान चार साता रोकियो
नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छिन् । विधेयकलाई संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गरी जानकारी दिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पास भएर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको थियो । आधारमा नेपाली नागरिकता पाएकाका सन्तानले वंशजका आधारमा नागरिकता पाउने… Continue reading नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता
मनिष डांडीले बहराइनबाट व्यवसायिक फुटबल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध भएका छन् । क्लबले शनिबार मनिषसँग सम्झौता गरेको जनाएको छ । मनिष एक बर्षका लागि इत्तेहाल अल रेफमा अनुबन्ध भएका हुन् । उनको पारिश्रमिक खुलाईएको छैन । इत्तेहाल अल रेफ दोस्रो श्रेणीको क्लब हो । नेपालको घरेलु लिगमा मनिषले मछिन्द्र… Continue reading मनिष डांडीले बहराइनबाट व्यवसायिक फुटबल खेल्ने
फिनल्याण्ड पुगेर प्रवाशी नेपालीसँग उर्जामन्त्रीले भनिन् : नेपालमै सुखी जीवन बिताउन सकिन्छ
हेल्सिन्की । जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विदेशमा रहेका नेपालीका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन्। रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्ने उनको भनाई छ । फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, ‘यहाँ… Continue reading फिनल्याण्ड पुगेर प्रवाशी नेपालीसँग उर्जामन्त्रीले भनिन् : नेपालमै सुखी जीवन बिताउन सकिन्छ
बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र
तीजको लहर आयो बरी लै… बर्षौदेखि नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा एकछत्र गुन्जने गीत हो यो। तीजका अवसरमा अन्य तीज लक्षित गीतहरु पनि गुन्जिने गर्दछन्। जब तीज नजिकिन थाल्छ, तब यस्ता गीतहरुले आफ्नो मौनता तोडदै गाँउदेखि शहरसम्म सर्वत्र गुन्जिन थाल्छन् । जसले नेपालीहरुमा हर्षोल्लास र उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ । यस वर्ष पनि… Continue reading बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र
वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत
काठमाडौं । सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमै यस्तो घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली’ संशोधन गरी स्वीकृतिका लागि पठाएको हो । बिहीबार… Continue reading वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत
चीनबाट फर्किएका परराष्ट्र मन्त्री खड्काले भने : चीनलाई विश्वास दिलाउन सफल भएँ
काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का तीन दिने चीन भ्रमण पुरा गरी काठमाडौं फर्किएका छन् । उनले नेपाली भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा चीनलाई विश्वास दिलाउन आफु सफल भएको प्रतिक्रिया दिए । उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले समकक्षी वाङ यीलाई नेपालको भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा विश्वास दिलाएको बताएका हुन् । नेपाल एक… Continue reading चीनबाट फर्किएका परराष्ट्र मन्त्री खड्काले भने : चीनलाई विश्वास दिलाउन सफल भएँ
परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेट
काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको छ । चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको उनीहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले लेखेका छन् । छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने… Continue reading परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेट
परराष्ट्रमन्त्री खड्का चीनमा, आज समकक्षी वाङ यीसँग भेट
काठमाडौं । परराष्ट्र मन्त्री तीन दिने औपचारिक भ्रमणका सिसिलामा चीन पुगेका छन् । आज नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच वार्ता हुँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का मंगलबार राती चीन प्रस्थान गरेका हुन् ।… Continue reading परराष्ट्रमन्त्री खड्का चीनमा, आज समकक्षी वाङ यीसँग भेट
कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने
काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा… Continue reading कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने
जापानबाट प्रचण्डको घोषणा, चितवन ३ बाट चुनाव लड्छु
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि उनको उम्मेदवारी कहाँ हुन्छ भन्ने बारे अनेक अड्कलबाजी गरिएको थियो । जापानमा नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने जानकारी उनले गराए… Continue reading जापानबाट प्रचण्डको घोषणा, चितवन ३ बाट चुनाव लड्छु
परराष्ट्र मन्त्री खड्का आज चीन भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ। उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्नेछन् । चीनका परराष्ट्र… Continue reading परराष्ट्र मन्त्री खड्का आज चीन भ्रमणमा जाँदै
जापान पुगेर प्रचण्डले भने : विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल जारी छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको जानकारी गराएका छन् । जापान भ्रमणमा रहेका उनले शनिबार त्यहाँ आयोजित एक कार्यक्रममा भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’ उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले… Continue reading जापान पुगेर प्रचण्डले भने : विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल जारी छ
न्युयोर्कमा चौंथौं विश्व नेवा सम्मेलन शुरु
न्युयोर्क । अगष्ट ५, २०२२ नेवा संस्कृति, भाषा र परंपरालाई प्रवासमा पनि जीवन्त राख्दै निरन्तरता प्रदान गर्नका लागि अमेरिकाको न्युयोर्क सहरमा ३ दिने चौंथौं विश्व नेवा सम्मेलन २०२२ शुरु भएको छ । न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रस्तुति सहित ३ दिने सम्मेलन शुरु भएको हो । नेवा गुठी न्युयोर्क र वर्ल्ड… Continue reading न्युयोर्कमा चौंथौं विश्व नेवा सम्मेलन शुरु
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा
टोकियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका हुन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् । सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने भएका छन् । प्रचण्डका… Continue reading माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा
विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको यससँगै निर्वाचन आयोगसमेत तयारीमा जुटेको छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यस चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको छ । तर, विदेशमा बस्ने नेपालीले भने यस पटक पनि मताधिकार पाउने छैनन् । नेपालको निर्वाचन प्रणाली अनलाइन माध्यममा… Continue reading विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने
नेपालबाट जापानमा शून्य लागतमा कामदार पठाउन गृहकार्य थालियो
काठमाडौं । नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने बारे गृहकार्य शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको छ । अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३… Continue reading नेपालबाट जापानमा शून्य लागतमा कामदार पठाउन गृहकार्य थालियो
एक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४३३ जना नेपालीको निधन
काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका सिलसिलामा गएका मध्ये एक वर्षको अवधिमा १४३३ जनाले ज्यान गुमाउनु परेको छ । आर्थिक वर्ष २०७८-७९ मा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये सो संख्यामा नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्ड सचिवालयको तथ्यां अनुसार एक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले क्षतिपूर्ति बुझेका छन् । मृत्यु हुनेमा… Continue reading एक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४३३ जना नेपालीको निधन
उच्च अमरिकी अधिकारीको आकस्मिक नेपाल भ्रमणले राजनीतिक वृत्तमा संशय
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका सिलसिलामा आज काठमाडौं अवतरण गर्दैछन् । यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । नेपालमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने छन् । नेपालले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको… Continue reading उच्च अमरिकी अधिकारीको आकस्मिक नेपाल भ्रमणले राजनीतिक वृत्तमा संशय
विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने
काठमाडौं । सरकारले कतारमा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगितालाई लक्षित गरी मौसमी श्रमिक लैजान अनुमति प्रदान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता सञ्१चालन हुँदैछ… Continue reading विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने
न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने
न्युयोर्क नेवा गुठी न्युयोर्क तथा विश्व नेवा संघ अमेरिका च्याप्टरको संयुक्त आयोजनामा न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा “4th World Newah Convention 2022” आगामी अगष्ट ५ देखि ७ तारिखसम्म गरिने भएको छ । नेवारी कला, संस्कृति, सम्पदा र परंपराको निरन्तरता प्रवासमा समेत महत्वपूर्ण भएकोले प्रवासी नेवारी समुदायको बाहुल्यताको आधारमा यसपटक न्युयोर्क सहरमा गर्न लागिएको हो ।… Continue reading न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने
गैरआवासीय नेपाली संघबाट नागरिकता विधेयकको स्वागत
काठमाडौं । गैरआवासयि नेपाली संघले प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो विधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताएका छन्… Continue reading गैरआवासीय नेपाली संघबाट नागरिकता विधेयकको स्वागत
गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला
काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । यो विधेयक राष्ट्रियसभाबाट पास भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यानवयनमा आउने छ । यस विधेयक अनुसार अब गैर आवासीय नेपालीलाई नेपाली नागरिकता लिन ढोका खुलेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा अघि सार्दै नागरिकताका लागि माग राख्दै आएको थियो… Continue reading गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला
नेपालमा सामुहिक लगानी गर्न गैरआवासीय नेपालीलाई महासंघको आह्वान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामूहिक रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा… Continue reading नेपालमा सामुहिक लगानी गर्न गैरआवासीय नेपालीलाई महासंघको आह्वान
वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी
काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा वीज एयरले उडानको तयारी गरेको छ । यो कम्पनीले आबुधावीबाट भैरहवामा सिधा उडान गर्न प्रस्ताव राखेको हो । भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहाललाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार आगामी सेप्टेम्बरबाट उडान गर्ने गरी विज एयरले अनुमति प्रक्रिया थालेको हो । आबुधावीबाट भैरहवामा साताको तीन उडान गर्ने… Continue reading वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी
नेपाली कृषकलाई कोरिया लगेर प्रविधि सिकाइने
काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे ।… Continue reading नेपाली कृषकलाई कोरिया लगेर प्रविधि सिकाइने
‘नेजा’ आफ्नो १५औं साधारणसभाको तयारीमा
बोष्टन नेपाल अमेरिका पत्रकार संघ (नेजा) १५औं साधारणसभाको तयारीमा जुटेको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभालाई, यहीँ आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा सम्पन्न गर्ने गरी तयारीमा जुटेको हो। गत वर्ष भर्जिनियामा सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित कार्य समितिले १५औं साधारणसभामा संस्थाले गरेका क्रियाकलापहरु,… Continue reading ‘नेजा’ आफ्नो १५औं साधारणसभाको तयारीमा
त्रिभुवन विमानस्थलबाट भित्रने यात्रुको साथबाट ७ महिनामा बरामद भयो ४८० किलो सुन
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको विवरण सार्वजनिक गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो परिमाणमा सुन आउने गरेको खुलेको हो । विमानस्थल… Continue reading त्रिभुवन विमानस्थलबाट भित्रने यात्रुको साथबाट ७ महिनामा बरामद भयो ४८० किलो सुन