एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

काठमाडौं । चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा बढेको छ । फागुनको तुलनामा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट… Continue reading एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?

PMO

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ। शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको उल्लेख गरेका छन् । भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको… Continue reading प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?

मनाङ होटेलको छतबाट खसेर आयरल्याण्डका नागरिकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा एक जना विदेशी नागरिकको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोह्रखुट्टेस्थित मनाङ होटलको सातौं तलाबाट लडेर आयरल्याण्डका नागरिक राहदानी नम्बर पिएच ४९०५२३१ बाहक ३२ वर्षीय एलान फिलिप्स एमसीको बुधबार बिहान मृत्यु भएको हो । सोधपुछका लागि उनका साथी ब्रिटेनी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।… Continue reading मनाङ होटेलको छतबाट खसेर आयरल्याण्डका नागरिकको मृत्यु

डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका सिलसिलामा नेपाल आउन लागेका हुन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेको मन्त्रालयले जनाएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया… Continue reading डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

धन लामा, कनेक्टिकट कनेक्टिकट नेपाली समाज, नेकोन-युएसएले गत अप्रिल १७ तारिखमा “वार्षिक मुखपत्र कनेक्टिकट चौतारी” को विमोचन नयाँ वर्ष २०७९ को स्वागत सहित मनायो । कोरोनाको विश्वव्यापी महामारीपछि “कनेक्टिकट नेपाली समाज, नेकोन युएसएले मनाएको यो नै वृहत कार्यक्रम हो । करिव ३०० जना कनेक्टिकटबासी नेपालीहरुको उपस्थितिमा मनाईएको सो नयाँ वर्ष कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो।… Continue reading नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

कतारमा २१ जना नेपालीले पाए क्षमादान

File

काठमाडौं । कतारमा रमादानको अवसरमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बी हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा ती नेपालीहरुलाई क्षमादान गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसरी क्षमादान पाउनेमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादक पदार्थ बिक्री वितरणमा २ र आर्थिक हिनामिनामा मुछिएका ५… Continue reading कतारमा २१ जना नेपालीले पाए क्षमादान

अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो

काठमाडौं । सरकारको चर्को आलोचना भएपछि अनअराइभल भिसामा नेपाल आउने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटेको छद्ध । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने व्यवस्था यथावत रहने भएको… Continue reading अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो

चर्को आलोचनापछि अनअराभइल भिसा लिने विदेशीले नगद बोकेर आउनु पर्ने प्रावधान खारेज

काठमाडौं । एटीएम मेसिन र विद्युतीय भुक्तानीमा समस्या रहेको भन्दै अध्यागन विभागले अनअराइभल भिसा लिने पर्यटकलाक्षर्् नगद नै बोकेर आउनु पर्ने गरि ल्याएको प्रावधान खारेज गरेको छ । गत शुक्रबार विभागले यस्तो प्रावधानबारे सूचना जारी गरेपछि गृह मन्त्रालय र विभागको चर्को आलोचना भएको थियो । नेपाल आउँदा नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने भिसा अर्थात्… Continue reading चर्को आलोचनापछि अनअराभइल भिसा लिने विदेशीले नगद बोकेर आउनु पर्ने प्रावधान खारेज

रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे एक दर्जन प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए । नेपाल आउने… Continue reading रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

सरकारले २० मुलुकमा गर्यो राजदूत सिफारिस, कुन मुलुकमा को ?

काठमाडौं । सरकारले विभिन्न २० मुलुकमा नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो । सरकारले चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन… Continue reading सरकारले २० मुलुकमा गर्यो राजदूत सिफारिस, कुन मुलुकमा को ?

बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, के-के हुनेछन् कार्यक्रम ?

काठमाडौं । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन ९पाटा० नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो । ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने तयारी… Continue reading बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, के-के हुनेछन् कार्यक्रम ?

कंगोमा विद्रोहीको आक्रमणबाट घाइते एक नेपाली सैनिकको मृत्यु

काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएका नेपाली सैनिकमाथि भएको आक्रमणबाट घाइते भएका सैनिक जवानको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका महासचिवको तर्फबाट जारी एक शोक विज्ञप्तीमार्फत यसको पुष्टी गरिएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेको सेनाले जनाएको थियो । आक्रमणबाट एक… Continue reading कंगोमा विद्रोहीको आक्रमणबाट घाइते एक नेपाली सैनिकको मृत्यु

कंगोमा शान्ती स्थापनार्थ खटिएका नेपाली सेनाका एक जवान विद्रोहीको आक्रमणमा परि घाइते

काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि आक्रमण हुँदा एक नेपाली सैनिक घाइते भएका छन्। नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक नेपाली सैनिक घाइते भएको उल्लेख गरेको छ । नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेको थियो। मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा कर्डन एन्ड सर्चुको कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको… Continue reading कंगोमा शान्ती स्थापनार्थ खटिएका नेपाली सेनाका एक जवान विद्रोहीको आक्रमणमा परि घाइते

नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने

file

काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा सो मुलुकको विदेश सचिव नियुक्त भएका छन् । भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी गराएको छ । क्वात्रा यसअघि फ्रान्सको राजदूत समेत थिए । उनी भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका अनुभवी कुटनीतिज्ञ हुन् । उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा समेत काम गरेका… Continue reading नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने

कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अध्ययन गर्न पुगेर फर्केका र पुनः जान नपाएका विद्यार्थीले आगामी शुक्रबारसम्म निवेदन दिन सक्ने भएका छन् । सरकारले खासगरि चीनबाट फर्किएका विद्यार्थीलाई लक्षित गरि यस्तो सुविधा ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना निकाल्दै आगामी शुक्रबारसम्म पुनः निवेदन दिन भनेको छ । कोरोना महामारीका कारण चीन… Continue reading कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने

प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण पुरा गरि काठमाडौं फिर्ता भएका छन् । आइतबार बिहान नयाँदिल्लीबाट बनारस पुगेका उनी बनारसमा धार्मिक यात्रामा व्यस्त रहे । उनले ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरे । त्यहाँ उनले कालभैरव मन्दिर र बाबा विश्वनाथको मन्दिरमा पूजा आरधना गरेका थिए । उनलाई बनारसमा उत्तर प्रदेश राज्यका… Continue reading प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए

अमेरिकी विदेश मन्त्रालयमा नेपालले बाघ संरक्षणमा गरेको कामबारे चर्चा

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा बाघ संरक्षणमा नेपालले गरेका कामबारे चर्चा भएको छ । वन तथा वातावरण मन्त्रालयबाट भएको सचिवस्तरीय भ्रमणमा नेपालले बाघ संरक्षणमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता र कामको बारेमा छलफल भएको सचिव प्रेमनारायण कँडेललाई उदृत गदै स्थानीय संचारमाध्यमले जनाएका छन् । सचिव कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेल र राष्ट्रिय… Continue reading अमेरिकी विदेश मन्त्रालयमा नेपालले बाघ संरक्षणमा गरेको कामबारे चर्चा

प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आज भारतमा अन्तिम दिनका कार्यक्रम हुँदैछन् । उनी आजै स्वदेश फर्किंने कार्यक्रम छ । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने

भारतसँग नेपालले माग्यो तीन हवाई रुट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गरेका छन् । पधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो जानकारी गराएका हुन् । भारतीय समकक्षी मोदीसँगको… Continue reading भारतसँग नेपालले माग्यो तीन हवाई रुट

प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल

नयाँदिल्ली, १९ चैत भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित कार्यक्रममा नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ संयुक्त रूपमा सार्वजनिक गर्दै । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे सवाल उठाएका छन् । उनले भेटमा सीमा समस्याबारे छलफल भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ । लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन… Continue reading प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत

नयाँ दिल्ली । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । आजै प्रधानमन्त्री देउवालाई भारतीय जनता पार्टीको मूख्यालयमा समेत स्वागत गरिएको छ । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । भेटमा दुइ पक्षीय हितका विषयमा कुरा भएको बताइएको छ… Continue reading प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गराइने बताएका छन् । स्वास्थ्य परीक्षण गर्ने संस्थासँग मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण र अनुगमन तथा निरीक्षणसम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरिने बताएका हुन् । उनले विदेशमा… Continue reading वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणमा शुक्रबार भारत जाँदै छन् । उनको साथमा कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डल रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनी विमानस्थलबाट चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा… Continue reading आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

बधाई थाप्न एनआरएनएको टीम पुग्यो प्रचण्ड निवास

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारी बधाई ग्रहण गर्न मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्ड निवास खुमलटार पुगेका नवनिर्वाचित पदाधिकारीलाई उनले बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरे । प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्डले आफ्नो निवासमा आएका समूहतर्फ नै बहुमत संस्थापक भएकाले आधिकारिकता पाउने समेत दावी… Continue reading बधाई थाप्न एनआरएनएको टीम पुग्यो प्रचण्ड निवास

परराष्ट्र मन्त्री खड्का कोलम्बोमा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगेका छन्। मन्त्री खड्का मंगलबार हुने बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी छन् । म्यानमारका विदेश मन्त्री भर्चुअल… Continue reading परराष्ट्र मन्त्री खड्का कोलम्बोमा

नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान, के छ कार्यक्रम ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। अध्यक्ष नेपाल टर्किस एअरलाइन्सको जहाजमार्फत् इस्तानाबुल हुँदै अंकरातर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी गराएका छन् । मार्च २९ देखि ३१… Continue reading नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान, के छ कार्यक्रम ?

नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं (रासस) । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १७५ पुगेको हो । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका… Continue reading नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार घोषणा भएको छ । यो नेपालकै सबैभन्दा ठूलो राशी भएको पुरस्कार हो । यसै वर्षबाट प्रदान गर्न थालिएको यो पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको… Continue reading एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार

आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने

काठमाडौं । तीन दिने नेपाल भ्रमणका क्रममा अन्तिम दिन चिनियाँ विदेशमन्त्री वाङ यीको दैनिकी आज पनि व्यस्त रहनेछ । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले आजै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा… Continue reading आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने

चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

काठमाडौं । शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज भने दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् । उनी तीन दिने भ्रमणका लागि विदेशमन्त्री शुक्रबार भारतको राजधानी नयाँदिल्लीबाट नेपाल अवतरण गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत… Continue reading चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने