एनआरएनएले खोल्ने विकास कोषको कम्पनी दर्ता प्रक्रिया शुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा खुल्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्ध पत्र नियमावली तथा कम्पनी दर्ता प्रक्रिया शुरु भएको छ । यससम्बन्धी कागजातमा आज हस्ताक्षर भएको छ। काठमाडौंमा उपलब्ध संस्थापकका तर्फबाट शुक्रबार हस्ताक्षर सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष… Continue reading एनआरएनएले खोल्ने विकास कोषको कम्पनी दर्ता प्रक्रिया शुरु

दिल्लीको रामलिला पार्कमा नेपाली युवा मृत फेला

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित रामलिला पार्कमा एक नेपाली युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भारतीय संचारमाध्यमका अनुसार उनको नाम २४ वर्षिय दिपेश थापा बताइएको छ । उनको नेपालको ठेगाना भने खुलेको छैन । भारतीय न्यूज एजेन्सी इन्डो–एसियन न्यूज सर्भिस (आइएएनए)ले जनाए अनुसार रुखमा झुण्डिएको अवस्थामा बुधबार उनको शव फेला परेको… Continue reading दिल्लीको रामलिला पार्कमा नेपाली युवा मृत फेला

पत्रकारत्रय सिंह, गौतम र थापालाई ईन्जा सामुदायिक पत्रकारिता पुरस्कार

भर्जिनिया । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ । इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनमध्येबाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने… Continue reading पत्रकारत्रय सिंह, गौतम र थापालाई ईन्जा सामुदायिक पत्रकारिता पुरस्कार

कोरियामा २३ वर्षयताकै धेरैको रोजगारी गुम्यो, साढे ६ हजार नेपाली रोजगारीमा फर्किन पाएनन्

सउल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी तथ्याङ्क अनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार… Continue reading कोरियामा २३ वर्षयताकै धेरैको रोजगारी गुम्यो, साढे ६ हजार नेपाली रोजगारीमा फर्किन पाएनन्

इटालीका प्रधानमन्त्रीलाई ओलीको बधाई

काठमाडौं । इटालीका प्रधानमन्त्री मारियो ड्राघीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् । उनी हालै प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार इटालीका समकक्षीलाई शुभकामना सन्देश पठाउँदै इटालीका जनताको शान्ति र समृद्धिको कामना समेत गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले दुई देश बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण… Continue reading इटालीका प्रधानमन्त्रीलाई ओलीको बधाई

अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न

कल्पना घिमिरे/भर्जिनिया अमेरिका नेपाल सहयोगी समाजद्धारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकेडेमी)ले आइतबार आफ्नो पाँचौ बार्षिकोत्सब सम्पन्न गरेको छ । भर्जिनिया राज्यको मनाससस्थित सञ्चालित एकेडेमीले अमेरिकामा बसोबास गरिरहेका नेपाली बालबालिकालाई मौलिक नेपाली संस्कृति, परम्परा र नेपाली भाषा सिकाउने उदेश्यले नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको हो । बिगत वर्षहरुमा कक्षाकोठामै शिक्षण गर्दै आएको एएनएचएस… Continue reading अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न

कोरोनाले कोरियामा बढ्यो बेरोजगारी, नेपालीको रोजगारी के हुन्छ ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण दक्षिण कोरियामा बेरोजगारी बढेको छ । पछिल्लो डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएको कोरोनामा जनवरी भित्रै ९ लाख ८२ हजारले रोजगारी गुमाइसकेको सरकारी तथ्यांक सार्वजनिक भएको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या पछिल्लो २३ वर्ष यताकै सबैभन्दा बढी हो । कोरियाको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै… Continue reading कोरोनाले कोरियामा बढ्यो बेरोजगारी, नेपालीको रोजगारी के हुन्छ ?

एनआरएनएको पहलमा १० अर्ब रुपैयाँको कोष बन्ने, गैरआवासीय नेपालीले आइपीओ हाल्न पाउने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । अर्थ मन्त्रालयमा बिहीवार बसेको बैठकमा कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय समेत भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग… Continue reading एनआरएनएको पहलमा १० अर्ब रुपैयाँको कोष बन्ने, गैरआवासीय नेपालीले आइपीओ हाल्न पाउने

पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने

काठमाडौं । सरकारले खाडी मुलुकमा पहिलो पटक भ्रमण भिसामा जाँदा ४० वर्षभन्दा कम उमेरका महिलाले वडाको सिफारिस ल्याउनु पर्ने नियम बनाएको छ । अध्यागमन विभागले बनाएको यस्तो नियम स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले स्वीकृत गरेमा यो लागु हुनेछ । भिजिट भिसामा खाडी छिर्ने ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस… Continue reading पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने

लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी

काठमाडौ / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ काठमाडौं ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा सोमबार दिउँसो १२:१५ मा आसय पत्रका साथ उम्मेद्बारी दिनुभएको छ। लायन्स क्लब अफ दिङ्ला भोजपुरले काठमाडौंको बौद्ध स्थित कुशल वैंकेटमा आयोजना गरेको उक्त अनौपचारिक कार्यक्रममा सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी दर्ता गरेको घोषणा गरेका हुन्।… Continue reading लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी

कुवेतमा सात नेपाली महिला पक्राउ

काठमाडौं । कुवेतमा सात जना नेपाली महिला पक्राउ परेको कुवेती संचारमाध्यमले जनाएका छन् । कुवेत प्रहरीले घरेलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोग उनीहरुमाथि लगाएको छ पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेको बताइएको छ । घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध तरिकाले बेचबिखन गरेको आरोप उनीहरुमाथि… Continue reading कुवेतमा सात नेपाली महिला पक्राउ

उत्तराखण्ड बाढी : एक नेपालीसहित २६ को शव फेला, अझै १७० वेपत्ता

File Photo : BBC-REUTERS

उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा हिमताल फुटेर आएको भिषण बाढीमा परी कम्तिमा २६ को मृत्यु भएको पुष्टी भएको छ । त्यसमा एक जना नेपाली रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी उनको पहिचान खुलेको छैन । चार जना नेपालीको भने सकुशल उद्धार गरिएको छ । आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीपीबी) को टोलीले… Continue reading उत्तराखण्ड बाढी : एक नेपालीसहित २६ को शव फेला, अझै १७० वेपत्ता

नेपाली स्ट्राइकर अभिषेक भारतमा व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बने

Photo : ANFA

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतको आइलिग क्लब आइजोल एफसीमा आबद्ध भएसँगै भारतबाट व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बन्न सफल भएका छन् । अभिषेक २०२०\२१ सिजनको बाँकी खेल खेल्न आबद्ध भएका छन् । अभिषेक यसअघि भारतकै मोहमेडन स्पोर्टिङ् क्लबमा थिए । तर, क्लवले उनको स्थानमा बंगलादेशका खेलाडी भित्राएपछि उनले खेल्ने मौका… Continue reading नेपाली स्ट्राइकर अभिषेक भारतमा व्यवसायिक फुटबल खेल्ने तेस्रो खेलाडी बने

विदेशबाट ६ महिनामा नेपालीले घर पठाए ५ खर्ब रेमिट्यान्स

काठमाडौं । विदेशमा बस्ने नेपालीले पछिल्लो ६ महिनामा करीव ५ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यसअवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले वृद्धि भएको छ । कोरोनाको त्रास हुनु अगाडिको अवस्था भन्दा… Continue reading विदेशबाट ६ महिनामा नेपालीले घर पठाए ५ खर्ब रेमिट्यान्स

कोरोनाका कारण विदेशमा थप तीन नेपालीको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघले यस्तो जानकारी दिएको हो । संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण मृत्यु भएको छ । योसहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या ३३३ जना पुगेको छ । गैरआवासीय… Continue reading कोरोनाका कारण विदेशमा थप तीन नेपालीको ज्यान गयो

बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउन लगाएको रोक खुला गरेको छ । अब पर्यटक तथा नेपाली यात्रु बेलायतबाट सिधा उडान वा ट्रान्जिटका माध्यमबाट नेपाल आउन सक्नेछन् । तर, नेपाल आइसकेपछि भने १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । नयाँ निर्णय अनुसार अब भाइरस नदेखिएको मुलुकबाट सिधै वा संक्रमण नभएको मुलुकमा ट्रान्जिट… Continue reading बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

सुकीलाई तत्काल रिहा गर : परराष्ट्र मन्त्रालय

काठमाडौं । म्यानमारमा सेनाको कुविरुद्ध नेपाल सरकारले समेत प्रतिक्रिया दिएको छ । सरकारले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने विश्वास व्यक्त गर्दै प्रजातन्त्रवादी नेताहरुलाई तत्काल रिहाईको समेत माग गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार साँझ प्रेस विज्ञप्ति निकाल्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । म्यानमारी सेनाको नियन्त्रणमा रहेका राष्ट्रपति र स्टेट काउन्सिलर… Continue reading सुकीलाई तत्काल रिहा गर : परराष्ट्र मन्त्रालय

जुन देशबाट आएपनि अब एनआरएनले अनअराइभल भिसा पाउने

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई त्रिभुवन विमानस्थलमा अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागका अनुसार अब जुनसुकै मुलुकबाट नेपाल आउँदा पनि गैरआवासीय नेपाली (एनआरएन)ले अनअराइभल भिसा पाउने छन् । तर, यस्तो सुविधा तत्कालका लागि त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध हुनेछ । नेपाल आउँदा पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य तथा नेपाल आएपछि १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान… Continue reading जुन देशबाट आएपनि अब एनआरएनले अनअराइभल भिसा पाउने

विश्वविख्यात व्यक्तिलाई यूएइले नागरिकता दिने

यूएई । संयुक्त अरब इमिरेट्स (युएई)ले विश्वमा विभिन्न माध्यमबाट ख्याती कमाएका विदेशी नागरिकलाई आफ्नो मुलुकको समेत नागरिकता दिने घोषणा गरेको छ । यूएईमा बसिरहेका नागरिकलाई टिकाइराख्न उक्त मुलुकले सो नीति ल्याएको हो । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटसँगै हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारबाट यस्तो घोषणा आएको बीबीसीले लेखेको छ… Continue reading विश्वविख्यात व्यक्तिलाई यूएइले नागरिकता दिने

खोप लगाएर विदेशबाट नेपाल आए क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गरिँदै

काठमाडौं । सरकारले नेपाल आउने नागरिक र विदेशीलाई खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्ने भएको छ । यसबारे छिट्टै मन्त्रिपरिषद्को निर्णय आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार विदेशबाट खोप लगाएर आएमा नेपालमा निर्वाध हिँडडुल गर्न सकिने गरी निर्णय आउने छ । यसका साथै पर्यटकको क्वारेन्टिन… Continue reading खोप लगाएर विदेशबाट नेपाल आए क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गरिँदै

कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना एक दर्जन भन्दा बढी भ्रातृ संगठनको म्याद ६ महिना लम्ब्याएको छ । मंगलबार राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको हो । नेपाली कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघको म्याद बढाउने निर्णय लिएको छ । यसैगरी नेपाल… Continue reading कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो

कोरोनाबाट विदेशमा थप ९ जना नेपालीको निधन, एक सातामा २ हजार संक्रमित

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय… Continue reading कोरोनाबाट विदेशमा थप ९ जना नेपालीको निधन, एक सातामा २ हजार संक्रमित

मलेसियाबाट एकै पटक ल्याइयो १७ नेपालीको शव, ५ जनाको अस्तु

File Photo

काठमाडौं । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर शोकमग्न रह्यो । दैनिक हजारौं यात्रु आवतजावत गर्ने विमानस्थलमा संनाटा छायो । कारण थियो, एक साथ १७ जना नेपाली दाजुभाईका शव बाकसमा नेपाल आइपुग्नु र वियोगमा आफन्तको चित्कार । मुलुकभित्र सत्ता र शक्तिका लागि नेताहरुबीच लडाई जारी रहेकै समयमा आज मलेसियाकोका क्वालालाम्पुरबाट नेपाल वायुसेवा निगमले एक साथ… Continue reading मलेसियाबाट एकै पटक ल्याइयो १७ नेपालीको शव, ५ जनाको अस्तु

आजदेखि गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजबाट शुरु हुने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमति बनेसँगै महाधिवेशन हुन लागेको हो । दुईदिनसम्म भर्चुअलरुपमा संचालन हुने विशेष महाधिवेशनमा ५० भन्दा बढी मुलुकबाट २६ सय जना प्रतिनिधि… Continue reading आजदेखि गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शुरु

शनिबार मलेसियाबाट वाइडबडी जहाजमा एकै पटक १७ शव काठमाडौं ल्याईंदै

File Photo

काठमाडौं । मलेसियामा विभिन्न कारणले मृत्यु भएका र नेपालमा ल्याउन नसकिएका नेपाली नागरिकको शव लिन आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाज क्वालालाम्पुर उड्दैछ । शुक्रबार राती ११ बजे उड्ने जहाजले शनिबार बिहान एकै पटक १७ वटा शव नेपाल ल्याउने छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निगमले शव नेपाल ल्याउन लागेको बताइएको छ । क्वालालाम्पुरमा न्यारोबडी… Continue reading शनिबार मलेसियाबाट वाइडबडी जहाजमा एकै पटक १७ शव काठमाडौं ल्याईंदै

इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारी पाउने, प्रोटोकलमा हस्ताक्षर

काठमाडौं । इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारीको अवसर पाउने भएका छन् । आज नेपालले इजरायलसँग गर्ने प्रोटोकलमा हस्ताक्षर गरिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच प्रोटोकलमा हस्ताक्षर भएको हो । यसअघि १४ असोजमा नेपालबाट श्रमिक आपूर्ति गर्ने सम्बन्धमा नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो… Continue reading इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारी पाउने, प्रोटोकलमा हस्ताक्षर

बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने

काठमाडौं । सरकारले बेलायतबाट शुरु उडान हुने वा ट्रान्जिट हुने गरी कुनै पनि यात्रु नेपाल आउन नपाउने गरी नियम ल्याएको छ । तर, शर्तसहित नेपाली नागरिक र गैरआवासीय नेपाली र उनीहरुका आफन्त भने अब नेपाल आउन सक्ने भएका छन् । अध्यागमन विभागका अनुसार नेपालमा नेपालीको एकाघरका आफन्तको मृत्यु भएमा वा गम्भीर प्रकृतिको बिरामी भई उपचार… Continue reading बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने

दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

सोल । दक्षिण कोरियाले सो मुलुक भित्र रहने सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप निशुल्क उपलब्ध गराउने भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले यस्तो घोषणा गरेका हुन् । उनको घोषणासँगै यस मुलुकमा रहेका हजारौं नेपाली नागरिक समेत लाभान्वित हुने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा करीव… Continue reading दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

File

काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको छ । निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले केही महिनाअघि भित्र्याएको कलसाइन एचनाइन ९६१ विमानबाट ल्हासामा परीक्षण उडान गरेको हो । एच नाइन ९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो।… Continue reading ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत नियुक्त

काठमाडौं । पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पूर्वमूख्य सचिवसमेत रहेका रेग्मीलाई मन्त्रिपरिषद्को बैठकले बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने… Continue reading पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत नियुक्त