कल्पना घिमिरे, न्युयोर्क विश्व सम्पदा सुचिमा सुचिकृत भएको स्वयम्भु क्षेत्र भित्रका बुद्ध मुर्ति सहित केही महत्वपूर्ण स्तुप र मुर्तिहरु भत्काउने सरकारको निर्णयप्रति युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग )को ध्यानाकर्षण भएको छ ।नेपाल सरकारले काठमाडौ उपत्यकाको कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार गर्ने क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप… Continue reading स्वयम्भु क्षेत्रका बुद्धमुर्तिहरु भत्काउन पाईंदैन; शेर्पा किदुग
Category: डायस्पोरा
नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति
न्युयोर्क नेपाली काँग्रेससँग आबद्द नुवाकोट जिल्लाका प्रबासीहरुको संगठन “नुवाकोट अमेरिका जनसम्पर्क समिति” को घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार सम्पन्न भएको छ । सभाले बिज्ञान खनालको सभापतित्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेका छन ।गृह जिल्लाका प्रभावशाली काँग्रेसी नेताहरूको प्रमुख आतिथ्यमा सम्पन्न सभाको कार्यविधि कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली गरिएको हो । सभामा नेपाली कांग्रेसका… Continue reading नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति
कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो
काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा मृत्यु हुने कोरोना संक्रमित नेपालीको ३०१ पुगेको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो। यो साता जर्मनीमा एक र भारतमा एक नेपाली संक्रमितको मृत्यु भएको हो। जर्मनीमा कोरोना भाइरस संक्रमित नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय… Continue reading कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघी विशेष महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनको सम्बोधनको भिडियो रेकर्ड संयुक्त राष्ट्रसंघ पुगेको हो । प्रधानमन्त्रीको सम्बोधनको कार्यक्रम बिहीबार रहेको छ । महासभा बिहीबार शुरु हुनेछ । उद्घाटनकै दिन नेपालको सम्बोधनको कार्यक्रम राखिएको छ । विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च… Continue reading प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने
नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने
न्युयोर्क नेपाली काँग्रेसको सहगोत्रीय सँस्था ‘नुवाकोट अमेरिका जनसम्पर्क समिति’ अमेरिकाको घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार हुने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको प्रमुख आतिथ्यमा हुने सभा कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली हुने सदस्य सचिव विज्ञान खनालले बताएका छन् । सभामा नेपाली कांग्रेसका नेताहरू क्रमश; अर्जुन नरसिंह केसी, डा. रामशरण महत, केंद्रीय सदस्य… Continue reading नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने
कोरोनाले एक हप्तामा ६ जना गैरआवासीय नेपालीको निधन, कुन देशमा कति ?
काठमाडौं, १४ मंसिर । कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा… Continue reading कोरोनाले एक हप्तामा ६ जना गैरआवासीय नेपालीको निधन, कुन देशमा कति ?
कतारमा रोजगारी परिवर्तन गर्न राजिनामा पत्र अनिवार्य
काठमाडौं । अब कतारमा रोजगारी परिवर्तन गर्न चाहने कामदारले नयाँ कामका लागि आवेदन दिने क्रममा साविकको रोजगारदातासँग बुझाएको राजिनामा पत्र समेत संलग्न गर्नुपर्ने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो । अब कामदारले रोजगारी परिवर्तन गर्न खोजेमा नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्पसमेत आवश्यक हुने… Continue reading कतारमा रोजगारी परिवर्तन गर्न राजिनामा पत्र अनिवार्य
ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने
काठमाडौं । ओमानबाट अब सलाम एयरलाइन्सले काठमाडौंका लागि नियमित उडान गर्ने भएको छ । कोरोना भाइरसको महामारी पछि बन्द भएको यो रुटमा सलामले ३ डिसेम्बरबाट नियमित उडान गर्ने भएको हो । एयरलाइन्सका अनसार मस्कटबाट काठमाडौंका लागि सलाम एयरले नियमित उडान गर्न लागेको हो । ओमान वैदेशिक रोजगारीमा जाने नेपालीको एक आकर्षक गन्तब्य हो । सिधा… Continue reading ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने
कास्मिरमा नेपाली गोर्खा सैनिकको मृत्यु
जम्मु कास्मिर । कास्मिरमा शुक्रबार बिहान भएको आतंककारी हमलामा एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नेपालको दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत गोर्खा सैनिकको ज्यान गएको हो । लुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थायी घर भएका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी ज्यान गएको छ । उनीसहित एक… Continue reading कास्मिरमा नेपाली गोर्खा सैनिकको मृत्यु
नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो
काठमाडौं । भारत सरकारले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको छ । नेपा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बर दोस्रो साता भारतमा आयोजना गरिएको परराष्ट्र मन्त्री स्तरीय बैठकका लागि औपचारिक निम्तो दिएका हन् । बैठकको मिति यकिन भएको छैन । तर, डिसेम्बरको दोस्रो साता बैठक… Continue reading नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो
युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका
काठमाडौं । मंगलबार विहान वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको छ । विभागको पूर्व श्रमस्वीकृति नलिई युवालाई कतार पठाउने भन्दै नेपाली युवासँग अन्तर्वार्ता लिएको सूचना विभागमा पुगेपछि टोली त्यहा पुगेको थियो । विभागको टोली र प्रहरीमाथि म्यानपावरका व्यक्तिले हातपातको प्रयास समेत गरेका छन् । कम्पाउण्डमा अन्तर्वार्ता भएको भए पनि विभागको टोली पुगेपछि म्यानपावर… Continue reading युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका
अब जोखिम नभएका सबै मुलुकमा उडान अनुमति खुला
काठमाडौं । सरकारले अब विदेशमा जोखिम विश्लेषण गरेर सबै मुलुकमा उडान अनुमति खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को मंगलबार बसेको बैठकले जोखिम विश्लेषण गरी माग भएअनुसारका मुलुकमा उडान खोल्न पर्यटन मन्त्रालयलाई अनुमति दिएको छ । अहिले खाडी मुलुक र जापानमा उडान सूचारु भएको छ । दक्षिण एसियाली मुलुकमा भने… Continue reading अब जोखिम नभएका सबै मुलुकमा उडान अनुमति खुला
विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य
काठमाडौं । अब विदेश जाने यात्रुले ए-लेभल मान्यता प्राप्त प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण गराउनु पर्ने भएको छ । नेपालमा परीक्षण गरेर नेगेटिभ रिर्पोट बोकेर विदेश जाने यात्रुमा पुनः परीक्षणका दौरान कोरोना संक्रमण पुष्टी भएपछि सरकारले प्रयोगशालामा कडाई गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब विदेश जानेहरूको… Continue reading विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य
विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने
काठमाडौं । अब विदेशबाट नेपाल आउने सबै व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा यस्तो प्रस्ताव पठाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिएको छ… Continue reading विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने
अमेरिकी सेनामा कार्यरत गोरखाका श्रेष्ठको कार दुर्घटनामा निधन
काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका सुरेश श्रेष्ठको कार दुर्घटनामा परी ज्यान गएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी उनको ज्यान गएको हो । श्रेष्ठ गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका हुन् । २३ वर्षिय श्रेष्ठको टाउको र शरीरको भित्री भागमा चोट लागेको अमेरिकी संचारमाध्यमले लेखेका छन् ।… Continue reading अमेरिकी सेनामा कार्यरत गोरखाका श्रेष्ठको कार दुर्घटनामा निधन
हङ्कङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु
जोर्डन । हङ्कङमा नेपालीले चलाएको एक रेष्टरेन्टमा आगलागी भएको छ । हङ्कङको जोर्डनमा भएको यस घटनामा ७ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार यो रेष्टरेन्ट दर्ता बीना नै संचालनमा थियो । घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति… Continue reading हङ्कङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु
अब नेपालबाट हङकङ जान सरकारी ल्यावमा मात्र कोरोना परीक्षण गर्नुपर्ने
काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुले निजी ल्यावमा कोरोना परीक्षण गरेमा उडान अनुमति नपाउने भएका छन् । नेपाल वायुसेवा निगमले अब सरकारी ल्याबमा मात्र कोरोना परीक्षण गर्नुपर्ने शर्त राखेको छ । नेपालबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि हङकङले तेस्रो पटक नेपाल एयरलाइन्सलाई उडानमा दुई साता प्रतिवन्ध लगाएको छ… Continue reading अब नेपालबाट हङकङ जान सरकारी ल्यावमा मात्र कोरोना परीक्षण गर्नुपर्ने
गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने
काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपाल आउन अनुमति दिएको छ । नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोटका आधारमा नेपाल प्रवेश अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा… Continue reading गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने
अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन
काठमाडौं । अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । यससँगै अब निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने निश्चित भएको छ । बिहीबार समितिले तीन जना राजदूतको नाम अनुमोदन गरेको हो । १६ असोजमा मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत… Continue reading अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन
सीमा नाकाको प्रतिबन्ध एक महिना थप, नेपालीबाहेकले प्रवेश नपाउने
काठमाडौं। सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। सरकारले यसअघि कात्तिक ३० गतेसम्म सीमा नाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट… Continue reading सीमा नाकाको प्रतिबन्ध एक महिना थप, नेपालीबाहेकले प्रवेश नपाउने
कतारका राजकुमार आमादब्लम चुचुरोमा
काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरो पुगेको हो । उनीहरुलाई हिमालयन गाइड्स नेपालले हिमाल आरोहणको प्रवन्ध मिलाएको हो । विश्वकै सुन्दर तर आरोहणमा भने यो हिमाल कठिन मानिन्छ ।… Continue reading कतारका राजकुमार आमादब्लम चुचुरोमा
एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको महामारी कतिपय मुलुकमा पुनः दोहोरिन थालेको छ । यसको शिकार विदेशमा रहेका नेपाली समेत हुन थालेका छन् । कुनै बेला संक्रमण शून्यमा झरिसकेका यूरोपेली मुलुकमा पुनः दैनिक हजारौं मानिसमा कोरोना देखिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो हप्ता कुन ५ सय ४४ जना नेपालीमा कोरोना देखिएको छ । अष्ट्रिया… Continue reading एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु
विदेशमा रहेका नेपालीकाे उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस
काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले नेपालीहरुको उद्दार सकिएकाले उडान बन्द गर्न सिफरिस गरेको सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। साथै बैतडीको झुलाघाट नाका र केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र… Continue reading विदेशमा रहेका नेपालीकाे उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस
विदेशी पर्यटक र विद्यार्थी कहिलेबाट छिर्न पाउँछन् अष्ट्रेलिया ?
सिड्नी । अस्ट्रेलियाले विदेशी पर्यटक र विद्यार्थीका लागि आफ्नो मुलुक खुला गर्ने तयारी गरेको छ । अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले अब सुरक्षित तरिका अपनाएर विदेशीलाई अस्ट्रेलिया प्रवेश अनुमति दिने तयारी भइरहेको बताएका छन् । कोभिड १९ को प्रभावका कारण आठ महिनादेखि अष्ट्रेलियाले विदेशीको अनुमति रोकेको छ । अब भने प्राथमिकता हेरेर खुला गरिने… Continue reading विदेशी पर्यटक र विद्यार्थी कहिलेबाट छिर्न पाउँछन् अष्ट्रेलिया ?
एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामाग्री मन्त्रालयलाई हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेका हुन्। स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज… Continue reading एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामाग्री मन्त्रालयलाई हस्तान्तरण
इटलीमा आजबाट दुई साता लकडाउन
रोम । कोरोना भाइरसको बढ्दो संक्रमणपछि इटली पुनः लकडाउनमा प्रवेश गरेको छ । इटलीमा सरकारले आजबाट लागु हुने गरी दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो । इटालीका चार क्षेत्र लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्र कोराना भाइरसबाट बढी प्रभावित छन् । कोरोनाको दोस्रो लहर रोक्न र… Continue reading इटलीमा आजबाट दुई साता लकडाउन
जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित
न्युयोर्क सबल नेपाल मिडिया प्रालिद्वारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल,… Continue reading जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित
नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?
काठमाडौं । नेपालमा ७२ घण्टा यताको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएका यात्रुमा समेत धमाधम कोरोना संक्रमण देखिन थालेको छ । जसले गर्दा यात्रुलाई बोकेर लैजाने एयरलाइन्स कम्पनीमाथि दवाव बढेको छ । एकातर्फ कोरोना बोकेर आएको भन्दै एयरलाइन्समाथि लाग्ने प्रतिष्ठाको प्रश्न र अर्कोतर्फ एयरलाइन्सलाई हुने कारवाहीका कारण पुग्ने आर्थिक क्षतिले उनीहरुलाई समस्यामा पार्न थालेको छ ।… Continue reading नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?
बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतले राष्ट्रपतिबाट लिए सपथ
काठमाडौं । बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् । सरकारको सिफारिसमा नियुक्त भएका तीन राजदुतले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पद तथा गोपनियताको सपथ लिएका… Continue reading बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतले राष्ट्रपतिबाट लिए सपथ
विदेशमा एक सातामा ९६३ जना नेपालीमा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो एक सातामा विदेशमा ९६३ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले यस्तो जानकारी दिएको छ । संघको स्वास्थ्य समितिले उपलब्ध गराएको विवरण अनुसार पछिल्लो साता थप सङ्क्रमित मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत… Continue reading विदेशमा एक सातामा ९६३ जना नेपालीमा कोरोना पुष्टी