बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो

काठमाडौं । बहराइनमा नेपालीमाथि कोरोनाको संक्रमण निरन्तर बढ्दो छ । बिहीबार मात्र बहराइनमा रहेका थप ३१ जना नेपालीमा कोरोना पुष्टी भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । यस मुलुकमा अब कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको हो । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा संक्रमण पुटी भएको थियो । नेपाली कामदारलाई… Continue reading बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो

बहराइनमा १२६ नेपालीमा कोरोना

काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या १२६ पुगेको छ । बहराइनमा पछिल्लो अपडेट अनुसार थप ७७ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबारसम्म १ सय २६ जनामा कोरोना देखिएको हो । दूतावासका अनुसार नेपालीलाई सामाजिक दूरी कायम गरी राख्ने व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ… Continue reading बहराइनमा १२६ नेपालीमा कोरोना

भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोना

नयाँ दिल्ली । भारतमा एकै परिवारका ८ जना नेपाली नागरिकले कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्य उपचारपछि निको भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा अघिल्लो महिना कोरोना पुष्टि भएको थियो । घर मुली, श्रीमती, दुई… Continue reading भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोना

बेलायत सरकारलाइ नेपाली दूतावासले भन्यो : पूर्वगोर्खाको रक्षा गर

लण्डन । लन्डनस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पूर्वगोर्खा सैनिकको जीवन रक्षामा गम्भीर हुन ध्यानाकर्षण गराएको छ । दूतावासले बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराउँदै त्यसमा पनि पूर्वगोर्खा सैनिक बढी प्रभावित भएको तर्फ ध्यानाकर्षण गराएको हो । बेलायतमा कोरोनाका अन्य मुलुकको तुलनामा नेपालीको बढी ज्यान गएको छ ।  बेलायतमा रहेका नेपालीमध्ये कोरोना… Continue reading बेलायत सरकारलाइ नेपाली दूतावासले भन्यो : पूर्वगोर्खाको रक्षा गर

नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैया सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घले र उनकी जीवनसँगीनी जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनले यो रकम सरकारलाई प्रदान गरेको हो । फाउन्डेसनका प्रतिनिधिले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे । उडान प्रतिवन्धका… Continue reading नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

विश्वभर कोरोनाबाट ४९ गैरआवासीय नेपालीको ज्यान गयो, १ हजार ८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा संक्रमण देखिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारी ९कोबिड–१९० बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड… Continue reading विश्वभर कोरोनाबाट ४९ गैरआवासीय नेपालीको ज्यान गयो, १ हजार ८ जनामा संक्रमण

मलेसियामा दुई जना नेपालीले जिते कोरोना

क्वालालाम्पुर । मलेसियामा दुई जना नेपालीले कोरोना सङ्क्रमणबाट मुक्त हुन सफल भएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीले कोरोनालाई जित्दै निको निको हुन सफल भएका हुन् । मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरु मध्ये दुई जना निको भएर काममा फर्किएको दूतावासले जनाएको छ । एक जनाको… Continue reading मलेसियामा दुई जना नेपालीले जिते कोरोना

लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण

एप्रिल २२, न्यूयोर्क १४ औं लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा न्यूयोर्कस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई कोभिड १९ सँग लड्न आवश्यक सामग्री नेपाली समुदाय समक्ष पुर्याउनका लागि प्राप्त भएका छन् । न्यूयोर्क सहरको पूर्व-काउन्सिल मेम्बर एलिजाबेथ क्राउलीले कोरोनाको मारमा परेका र अन्यलाई सुरक्षित रहन आवश्यक सामग्री हस्तान्तरण गरेको सँस्थाका अध्यक्ष सोमनाथ घिमिरेले बताएको छ । लोकतान्त्रिक… Continue reading लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण

कतारमा १७ नेपालीलाई मिल्यो आममाफी

काठमाडौं । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीलाई आममाफी मिलेको छ । कोरोना भाइरसको सन्त्रासकाबीच कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी कतारका राजाबाट कैदीहरुलाई आममाफी दिने निर्णय भएको नेपाली दूतावासले जनाएको छ । राजाको यस निर्णयबाट १७ जना नेपाली लाभान्वित भएका हुन् । दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिक… Continue reading कतारमा १७ नेपालीलाई मिल्यो आममाफी

नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

अप्रिल १९  नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।  हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको… Continue reading नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

विश्वभर कोरोनाका कारण २८ गैरआवासीय नेपालीको मृत्यु

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसले २८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले उपलब्ध गराएको तथ्यांक अनुसार शनिबार साँझसम्म उक्त संख्यामा एनआरएनको मृत्यु भएको हो । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा… Continue reading विश्वभर कोरोनाका कारण २८ गैरआवासीय नेपालीको मृत्यु

बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान

लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मात्र १६ जना नेपालीको मृत्यु भएको छ । लन्डनस्थित नेपाली दूतावासका अनुसार शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भएको पुष्टी भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा धेरैजसो पूर्वगोर्खा सैनिक र दीर्घरोगी रहेका छन् । बेलायतमा १५ जना नेपाली भने कोरोनाको संक्रमणलाई जित्दै निको भइसकेका छन् । अहिले विभिन्न अस्पतालमा… Continue reading बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान

कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

न्युयोर्क सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म  सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना… Continue reading कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

बहराइनमा नेपालीमा कोरोना संक्रमण बढ्दो, थप २७ मा पुष्टी

काठमाडौं । बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । अब यस मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४९ पुगेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार शुक्रबार २७ जना नेपालीमा संक्रमण पुष्टि भएको हो । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको… Continue reading बहराइनमा नेपालीमा कोरोना संक्रमण बढ्दो, थप २७ मा पुष्टी

कुवेतमा भिषा अवधि सकिए स्वतः तीन महिना थपिने

काठमाडौं । कुवेतमा रहेका सबै विदेशी नागरिकको भिषा अवधि तीन महिना थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वतः थप गर्ने निर्णय कुवेत सरकारले गरेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा लागु हुने भएको छ । प्रवेश भिसामा कुवेत… Continue reading कुवेतमा भिषा अवधि सकिए स्वतः तीन महिना थपिने

कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन

एप्रिल १६, न्यूयोर्क विश्वव्यापी महामारी बनेको कोरोनाले न्यूयोर्क सहरलाई सबैभन्दा आक्रान्त पारेको अवस्थामा न्यूयोर्कको क्वीन्सस्थित रक्कवेमा बस्दै आएका महेश अमात्यको निधन भएको छ । श्रीमती शारदा लक्ष्मी श्रेष्ठका साथ बस्दै आएका ७० वर्षीय अमात्यको बिहीबार बिहान आज क्वीन्सको जमैका हस्पिटलमा निधन भएको हो । बुधबार साँझ उहाँलाई गाह्रो भएपछि एम्बुलेन्समा अस्पताल लगिएको थियो । निरन्तर ज्वरो आउने… Continue reading कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन

विदेशमा संकटमा रहेका नेपालीको उद्दार गर : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा संकटमा रहेका नेपालीलाई उद्दार गरी घर फिर्तिको वातावरण बनाउन सरकारलाई आदेश दिएको छ । खासगरी सीमावर्ती क्षेत्रमा हजारौं नेपाली नागरिक घर आउने सरकारको आदेश कुरेर बसेका छन् । प्रवासी नेपालीलाई क्वारेन्टाइनमा राख्ने शर्तसहित घर फर्किन दिने व्यवस्था मिलाउन सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो । अधिवक्ता सोमप्रसाद लुइँटेलले दायर… Continue reading विदेशमा संकटमा रहेका नेपालीको उद्दार गर : सर्वोच्च

लड्दा लड्दै कोरोनाले लडायो पवनलाई

न्यूयोर्क, अप्रिल १५ “योगेश दाई महिना दिनसम्म पकाउने, ख्वाउने, भाँडा माझ्ने मात्र होइन कि खकार सिंगान सोहोरेर स्याहार्दा पनि पवन दाई आज मेरै आँखा अगाडिबाट लास बनेर बिदा भयो” सँगै बस्ने साथीको चीर बिदाईपछि सरगम पनि आफ्नै खर्चमा अनिश्चित समयको लागि होटलमा बस्न पुगेका छन् । सरगम भट्टराई भाई आफैपनि पत्रकार/लेखक भएकोले यो घटनाको नालिबेली… Continue reading लड्दा लड्दै कोरोनाले लडायो पवनलाई

अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

काठमाडौं । सरकारले अफगानिस्तानबाट नेपाली नागरिकको उद्दार गरी स्वदेश फर्काउने भएको छ । अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघीय निकायहरुमा कार्यरत नेपालीको उद्दार गर्न लागिएको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रक्रिया पुरा गरी उनीहरुलाई स्वदेश फर्काइने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । उनका अनुसार राष्ट्रसंघले… Continue reading अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

कुवेतमा कोरोना संक्रमित नेपाली १४ पुगे

कुवेत । धेरै नेपाली कामदार रहेको कुवेतमा कोरोनाबाट नेपाली नागरिक संक्रमित हुने क्रम बढेको छ । बुधबारको तथ्यांक अनुसार कुवेतमा बसिरहेका १४ जना नेपालीमा कोरानाको संक्रमण भएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको छ । कुवेतले सबै संक्रमितलाई समान व्यवहार गरी उपचार… Continue reading कुवेतमा कोरोना संक्रमित नेपाली १४ पुगे

अमेरिकामा नेपाली समुदायबाट कोरोनाको कारण पहिलो मृतक अनिल (सुब्बा) लिम्बुको परिवारलाई २५ लाख रुपैंया सहयोग

न्यूयोर्क अमेरिकाको न्यूयोर्कमा गत मार्च २४ तारिख कोरोनाको संक्रमणबाट निधन भएका अनिल लिम्बुको परिवारलाई  आर्थिक सहयोग  गरिएको छ । मृतक अनिलको नाममा खोलिएको “गोफण्डमी” नामक अनलाईन   सहयोग साईट मार्फत संकलन गरिएको रकम २१ हजार ७ सय ६ मध्येमा गोफण्डमी शुल्क कटाएर बाॅकी हुन आउने रकम बिस हजार नौसय चालिस अमेरिकन डलर सहयोग रकम मृतकका… Continue reading अमेरिकामा नेपाली समुदायबाट कोरोनाको कारण पहिलो मृतक अनिल (सुब्बा) लिम्बुको परिवारलाई २५ लाख रुपैंया सहयोग

लकडाउनको पिडा-विदेशमा आफन्तको शव, नेपाल ल्याउन पाइएन

काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि चालिएको कदम लकडाउन । यसले अन्ततः समाज र व्यक्तिका धेरै पाटोमा असर पार्न थालेको छ । मानिसहरुले जोहो गरेर राखेको खाद्यान्न सकिन लागेको छ । धेरै मानिसका योजना र सपना चकनाचुर पारिदिएको छ । यो त सामान्य समस्या भयो । अहिले कतिपयलाई आफन्त गुमाउनुको पिडामा मृत… Continue reading लकडाउनको पिडा-विदेशमा आफन्तको शव, नेपाल ल्याउन पाइएन

क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

न्यूयोर्क/अमेरिका कोभिड १९ को बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई क्वारेन्टाइनको ब्यवस्था गरिएको छ । न्युयोर्कमा कोरोना भाईरसका कारण क्वारान्टाईनमा बस्नु पर्ने भएमा निशुल्क होटल ब्यवस्था गरिएको छ । अधिकारले आज एक सुचना जारी गरी क्वारेन्टाइनमा बस्नु पर्ने बिरामीका लागि होटलको नाम र ठेगाना सार्वजनिक गरेको छ । कोभिड १९ पोजेटिभ देखिएपछि परिवारका सदस्यबाट अलग्गै… Continue reading क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

बेलायतमा कोरोनाबाट थप एक नेपालीको ज्यान गयो

लण्डन । कोरोना भाइरसले विश्वभर करीव एक दर्जन नेपालीको ज्यान गइसकेको छ । यसमा एक नेपाली बेलायतमा थप भएका छन् । बेलायतमा शनिबार पूर्वगोरखा सैनिकको मृत्यु भएको हो । स्जाङजा वालिङ घर भई अहिले बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा निधन भएको पुष्टी भएको छ । उनी ग्रेट वेष्टर्न अस्पताल… Continue reading बेलायतमा कोरोनाबाट थप एक नेपालीको ज्यान गयो

अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

मेलवर्न । अष्ट्रेलियामा कोरोना भाइरस ९कोभिड—१९० बाट संक्रमित नेपाली निको भएका छन् । अष्ट्रेलियामा कूल ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो । दुई साता अगाडि सिड्नीका ४ र मेलबर्नका ३ नेपालीमा कोरोना देखिएको थियो । त्यसअगाडी तासमेनियामा एक जना नेपालीमा संक्रमण देखिएको थियो । कोरोना संक्रमणमा पर्ने ८ मध्ये ६ जना विद्यार्थी हुन् ।… Continue reading अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

न्युयोर्क अमेरिकी संघिय सरकार मार्फत प्राप्त हुने कोरोना महामारी राहत रकम कुरेर बसेका थुप्रै अमेरिकाबासीले त्यो रकम प्राप्त गर्ने छैनन् ।  शुक्रबारसम्म अमेरिकामा  ४ लाख ७५ हजार अमेरिकन कोरोना संक्रमित र १७ हजारको मृत्‍यु भै सकेको छ भने झन्डै १ करोड ७० लाख मानिसले बेरोजगार  भत्ताको लागि सरकारी निकायमा निबेदन गरेका छँन् ।  कोरोना महामारीमा… Continue reading पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

ओमानका सबै नेपाली सुरक्षित

मस्कट । कोभिड १९ संसारका सबैजसो मुलुकमा फैलिएको छ । यसले सबै देशका नागरिकलाई समस्यामा पारेको छ । त्यसमा पनि संकटका बेला आप्रबासी नागरिक तथा कामदार बढी समस्यामा पर्छन् । किनकी स्वाभाविक रुपमा मुलुकहरुको प्राथमिकता आफ्ना देशका नागरिकको सुरक्षा प्रमुख हुन्छ । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली भने सुरक्षित रहेको पाइएको छ । मस्कटस्थित नेपाली… Continue reading ओमानका सबै नेपाली सुरक्षित

बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

मनामा । बहराइनमा रहेक नेपालीमाथि कोरोनाको संक्रमण बढेको छ । यस मुलुकमा मात्र कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको मनामास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । यसअघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो… Continue reading बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

काठमाडौं । तुलनात्मक रुपमा नेपाल भित्र कोरोनाको संक्रमण नियन्त्रण मै छ । संसारभर करीव ८० हजार मानिसको ज्यान जाँदा नेपाल भित्र मात्र ९ जनामा संक्रमण देखिएको छ । संक्रमितको अवस्था पनि सामान्य छ । तर, नेपाल बाहिर संक्रमण भएका नेपालीलाई भने यस भाइरसले पनि नराम्रोसँग सताएको छ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका… Continue reading कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका नेपालीलाई घर फर्काउन सरकारका नाममा आदेश दिएको छ । विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका र नेपाल फर्कन इच्छुक नागरिकलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारका… Continue reading विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन