पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो

काठमाडौं । पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगाएको छ । दूर्घटनामा दुबै जनाको ज्यान गएको हो । समुन्दी किनारमा माछा मार्न पुगेका धादिङका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङको मृत्यु भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा यो दूर्घटना भएको हो । माछा मार्न किनारमा… Continue reading पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो

अमेरिकी अस्पतालको बोर्डमा गुरुङ

न्यूह्यामसर नेपाली मूलका युवा माधव गुरुङ अमेरिकाको न्यूह्यामसर राज्यको सबैभन्दा ठूलो शहर म्यान्चेष्टरस्थित एमोस्केग हेल्थ सेन्टरको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन् । गुरुङको मनोनयनलाई गत मंगलबार बाेर्ड समिति बैठकले पास गरेको हो । करिव २० मिलियन डलर बार्षिक बजेट रहेको एमोस्केग अमेरिकी संघीय सरकारबाट मान्यताप्राप्त राज्यकै ठूलो सामुदायीक स्वास्थ्य केन्द्र हो । राज्यको मुख्य… Continue reading अमेरिकी अस्पतालको बोर्डमा गुरुङ

आज विश्वभर भ्रमण वर्षको शूभारम्भ, अष्ट्रेलियाको कार्यक्रम किन विवादित ?

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार विश्वभर विविध कार्यक्रम गरी उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ, सम्बन्धित मुलुकका नेपाली कूटनीतिक नियोग र सरोकारवालाको सहभागितामा संसारभर भ्रमण वर्षको उद्घाटन गरिएको भ्रमण वर्षको सचिवालयले जनाएको छ । १ जनवरीमा नेपालमा उद्घाटन गरिएको यस कार्यक्रमलाई विदेशमा भने ७ जनवरीमा उद्घाटन गरिएको हो । सोही सिलसिलामा… Continue reading आज विश्वभर भ्रमण वर्षको शूभारम्भ, अष्ट्रेलियाको कार्यक्रम किन विवादित ?

अष्ट्रेलियामा तीन नेपालीको डुबेर ज्यान गयो

काठमाडौं । पछिल्लो दुई दिनमा अष्ट्रेलियामा तीन जना नेपालीको ज्यान गएको छ । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई नेपालीको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ । चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको डुबेर ज्यान गएको हो । एक जनालाई… Continue reading अष्ट्रेलियामा तीन नेपालीको डुबेर ज्यान गयो

न्यूह्यामसरमा तमु ल्होछार, पहिचान झल्किने नृत्यदेखि लोक दोहोरीसम्मको आनन्द

प्रभात भट्टराई / न्यूह्यामसर अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरमा विविध कार्यक्रम साथ तमु ल्होछार सम्पन्न भएको छ । नेपालमा बर्षेनी पुष १५ मा तमु ल्होछार मनाइने गरे अनुरुप न्यूह्यामसरमा बसोबास गर्ने गुरुङ समुदायले गत शनिबार भव्यताका साथ आफ्नो मुख्य पर्व मनाएका हुन् । यस बर्षको ल्होछार च्यू ल्हो (मुसा बर्ष) को रुपमा मनाइएकौ हाे । राज्यको… Continue reading न्यूह्यामसरमा तमु ल्होछार, पहिचान झल्किने नृत्यदेखि लोक दोहोरीसम्मको आनन्द

कनेक्टिक्ट नेपाली समाजको ११ औं वार्षिक साधारण सभा सम्पन्न

धन लामा डिसेम्बर ३१, कनेक्टिकट कनेक्टिक्ट नेपाली समाज, अमेरिकाले संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत डिसेम्वर २९ तारिख आइतावार यूइङटनस्थित स्थानीय बल्लभधाम मन्दिरमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले संस्थाको बार्षिक कार्यप्रगति विवरणको पूर्ण पाठ र आगामी वर्ष सन् २०२० मा गरिने विविध कार्यक्रमहरु साधारण सभामा उपस्थित सदस्यहरु… Continue reading कनेक्टिक्ट नेपाली समाजको ११ औं वार्षिक साधारण सभा सम्पन्न

मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो

काठमाडौं । मलेसियाको मलक्का राज्यमा मासु काट्ने मेसिनमा परी एक नेपाली कामदारको ज्यान गएको छ । मेसिनको मर्मत गरिरहेका बेला अचानक मेसिन चलेपछि उनी दूर्घटनामा परेका हुन । ४७ वर्षिय नेपाली कामदारको नाम भने सार्वजनिक गरिएको छैन । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफसीले जनाएअनुसार उनको कम्मरमा गहिरो चोट लागेको थियो । मेसिनले काटिएपछि उनको घटनास्थलमै निधन… Continue reading मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो

बढ्यो भ्रमण वर्षको चहलपहल, बढ्लान पर्यटक ?

काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ । यसको तयारी पुरा भएको आयोजक नेपाल सरकारले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी भ्रमण वर्षको तयारी पुरा भएको जानकारी गराएका छन् ।… Continue reading बढ्यो भ्रमण वर्षको चहलपहल, बढ्लान पर्यटक ?

नेपाली समाज टेक्ससमा शर्मा

टेक्सस नेपाली समाज टेक्ससमा दिनेश शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।  अध्यक्ष सहितको पदाधिकारीमा पद संख्या अनुसार नैं उम्मेद्वारी दाखेला भएपछि अध्यक्ष सहितको पदाधिकारी निर्विरोध निर्वाचित भएको थियो । तर कार्यसमिति सदस्यमा भने ६ पदका लागि ७ जनाको उम्मेद्वारी परेको थियो । कार्यसमिति सदस्यमा उम्मेद्वारी दिएकी निर्मला राईले समाजलाई मिलाएर लैजानका लागि निर्वाचनमा… Continue reading नेपाली समाज टेक्ससमा शर्मा

नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने

न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ । नेजा कार्यसमितिको गत डिसेम्बर ८ मा बसेको कन्फ्रेन्स कल बैठकले आगामी अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति सदस्य र नेजाका सल्लाहकारहरु सहितको बैठकले आगामी अधिवेशनस्थल न्यूयोर्क… Continue reading नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने

न्यूह्यामसरमा तमु ल्होछारको भव्य तयारी, सांस्कृतिक कार्यक्रमहरु साथ मनाइने

प्रभात भट्टराई/ न्यूह्यामसर अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरमा बसोबास गर्ने गुरुङ समुदायले आउँदो तमु ल्होछारलाई भव्यताका साथ मनाउने तयारी गरेका छन् । राज्यको मुख्य सहरी केन्द्र मेनेचेष्टरमा आउँदो डिसेम्बर २८ मा विविध कार्यक्रमका साथ तमु ल्होछार मनाइन लागेको हो । कार्यक्रममा चर्चित नेपाली कलाकारहरु पविता परियार, रोशन गुरुङ, तिलक श्रेष्ठ लगायतको प्रस्तुती रहने गुरुङ समाज न्यूह्यामसरका… Continue reading न्यूह्यामसरमा तमु ल्होछारको भव्य तयारी, सांस्कृतिक कार्यक्रमहरु साथ मनाइने

नेपाली मुलका लिंकन एभरेष्ट सिटी कमिशनको सदस्यमा नियुक्त

कनेक्टिकेट / डिसेम्बर १८, २०१९ अमेरिकाको कनेक्टिकेट राज्यस्थित मिडलटाउन सिटीको “रेक्रियशन एण्ड सिनियर सर्भिस कमिसन” मा नेपाली मुलका एभरेष्ट लिंकन लगातार दोश्रो पटक कमिशनको सदस्यमा नियुक्त भएका छन् । मिडलटाउन सिटी कमन काउन्सिलको गत डिसेम्बर २ तारिखमा बसेको बैठकले २ बर्षको लागि लिंकनलाई नियुक्त गरेको हो । मिडलटाउन सिटीको मेयरको कार्यालय अन्तर्गत रही कार्य सम्पादन… Continue reading नेपाली मुलका लिंकन एभरेष्ट सिटी कमिशनको सदस्यमा नियुक्त

एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

विश्वन्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)को साइबर कन्फ्रेन्स बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनए आईसीसीका २१ नयाँ सदस्य चयनमा चर्को विवाद भएको छ । विवादबीच अमेरिका क्षेत्रबाट पासाङ शेर्र्पा, डा. हरि दाहाल, विष्णुमाया परियार, यमुना भट्टराई, प्रमोद सिटौला र पुरुषोत्तम बोहोरा आईसीसी सदस्य बनेका छन् । त्यस्तै, युरोप क्षेत्रबाट रामशरण सिंखडा, भक्त गुरुङ,… Continue reading एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

पोर्चुगलमा दुई साता भित्र तीन नेपालीको ज्यान गयो

पोर्चुगल । पोर्चुगलमा नेपालीको संख्या बढेसँगै त्यहा हुने घटनामा समेत वृद्धि भएको छ । पछिल्लो दुई साता भित्रै तीन जना नेपालीले पोर्चुगलमा ज्यान गुमाउनु परेको छ । पोखरा स्थायी घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको पोर्चुगलस्थित अपार्टमेन्टमा निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको बताइएको छ । परिवारसहित पोर्चुगलमा बस्दै आएको उनी मधुमेह र… Continue reading पोर्चुगलमा दुई साता भित्र तीन नेपालीको ज्यान गयो

सीमा अतिक्रमण बिरुद्ध ह्वाइट हाउस अगाडि नेपालीहरुद्वारा प्रदर्शन

न्यूयोर्क/अमेरिका भारतले पछिल्लो समय गरेको सीमा अतिक्रमण बिरुद्ध अमेरिकामा रहेका नेपालीहरुले बिरोध प्रदर्शन गरेका छन् । नेपालको पूर्वीक्षेत्रको सीमानामा पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा आइतबार वासिङटन डिसी स्थित ह्वाइट हाउस अगाडि प्रदर्शन गरिएको हो । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज अमेरिका (वाना)का पूर्व अध्यक्ष तथा ट्रष्टी सभापति कुलमणी आचार्यको… Continue reading सीमा अतिक्रमण बिरुद्ध ह्वाइट हाउस अगाडि नेपालीहरुद्वारा प्रदर्शन

लायन्स क्लब न्यूयोर्कको बालबालिका लक्षित कार्यक्रम सम्पन्न

डिसेम्बर १४, न्यूयोर्क लायन्स क्लब ईन्टरनेशनल, क्वीन्स बुद्ध लायन्स क्लब डिस्ट्रिक्ट २० के १ ले स्कुल जाने ३ देखि १२ ग्रेड सम्मका बालबालिकालाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइट्समा शनिवार साँझ सम्पन्न कार्यक्रम शिक्षा क्षेत्रमा केन्द्रित रही बालबालिकालाई लक्षित गरी गरेको हो । सहभागीहरुले “Achieve Your Dreams & Aspirations” बिषयमा… Continue reading लायन्स क्लब न्यूयोर्कको बालबालिका लक्षित कार्यक्रम सम्पन्न

सिटी अफ अर्भिङ र गोकर्णेश्वर नगरपालिकाका बीच भगिनी सम्बन्ध स्थापनाको पहल : सिटी अफ अर्भिङका मेयर लगायतले नेपाल भ्रमण गर्ने

टेक्सस अमेरिकाको टेक्सस राज्यको सिटी अफ अर्भिङ र काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बीचमा भगिनी सम्बन्ध स्थापनाका लागि पहल अघि बढाईएको छ । नेपाली समुदायको बाक्लो बसोबास रहेको सिटी अफ अर्भिङसँग भगिनी सम्बन्ध स्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाको एक प्रतिनिधि मण्डलले सिटी अफ अर्भिङमा मेयर लगायत पदाधिकारीसँग भेटघाट समेत गरेको छ । टेक्ससको डलासमा रहेको नेपलिज अमेरिकन च्याम्बर… Continue reading सिटी अफ अर्भिङ र गोकर्णेश्वर नगरपालिकाका बीच भगिनी सम्बन्ध स्थापनाको पहल : सिटी अफ अर्भिङका मेयर लगायतले नेपाल भ्रमण गर्ने

न्युयोर्कमा नेपाली कमेडी नाइट

न्युयोर्क डिसेम्बर १३ गोरखाली समाज न्युयोर्कको आयोजनामा हास्यकवि शैलेन्द्र सिंखडा कमेडी नाइट सम्पन्न भएको छ । कार्यक्रम अमेरिका भ्रमणको क्रममा रहेका हास्यकवि सिंखडाको सम्मानमा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित शेर्पा किदुङको हलमा शनिवार साँझ भएको हो । नेपालका चर्चित हास्यकवि सिंखडाले कार्क्रममा आफ्ना पुरानै कविताहरू वाचन गरेका थिए । युट्युवमा रहेका पुरानै कविताहरू वाचन गर्न थालेपछि दर्शकदीर्घाबाट… Continue reading न्युयोर्कमा नेपाली कमेडी नाइट

किदुगमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षेबाट प्रवचन

न्यूयोर्क/अमेरिका युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुग)ले एक कार्यक्रम आयोजना गरी बौद्ध दर्शनका गुरु खेन्पो साङगे राङज्युङ रिन्पोक्षे द्वारा महत्वपूर्ण अभिषेक र आगम प्रदान गराएको छ । किदुगको आफ्नै गुम्बामा आयोजित कार्यक्रममा अभिषेक ग्रहण गर्न बौद्ध धर्मावलम्बीहरुको ठूलो घुँइचो लागेको थियो । नेपाली भाषामा व्याख्या सहितको अभिषेक, आगम र प्रवचन सुन्नका लागि बिहानैदेखि भक्तजनहरु जम्मा भएका… Continue reading किदुगमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षेबाट प्रवचन

न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा

डिसेम्बर ९, न्यू योर्क  वेष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस‘ घोषणा गरेको छ । रक्तदान अभियान र सो सम्वन्धिज्ञानलाई विश्वमाझ फैलाउन अतुलनीय योगदान पुर्याएबापत उक्त सम्मान गरेको हो । रक्तदानको ईतिहासको सन्धर्भमा; प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्नीलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेरश्रीमानकै पाखुराबाट चार औंस… Continue reading न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा

रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सिनेटरद्वारा सम्मानित

भर्जिनिया गिनिज बुक अफ वर्ल्ड रेकर्डको पाँच बिभिन्न स्पर्धामा आफ्नो नाम राख्ने नेपाली खेलाडी उज्ज्वल ठकुरी अमेरिकामा सम्मानित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यका सिनेटर टिम केनले एक कार्यक्रममा ठकुरीलाई शनिवार डिसेम्बर ७ तारिखका दिन प्रमाणपत्र सहित सम्मान गरेको हो ।एनआरएनए अमेरिकाले गत निर्वाचनमा अमेरिका क्षेत्रबाट निर्वाचित पदाधिकारीहरुको सम्मानमा डिसी क्षेत्रमा आयोजित कार्यक्रममा खेलाडी उज्ज्वललाई… Continue reading रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सिनेटरद्वारा सम्मानित

गौरिकाको नाममा दोस्रो स्वर्ण

गौरिका सिंह

काठमाडौं । बेलायतमा बसे पनि नेपालका लागि खेल्ने जलपरी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि दोस्रो स्वर्ण जितेकी छिन् । पौडीमा राष्ट्रिय स्तरमा सबैखालका रेकर्ड आफ्नो नाममा बनाएकी उनले जारी सागमा दोस्रो स्वर्ण जितकेी हुन् । शुक्रबार सम्पन्न २०० मिटर ब्याकस्ट्रोकमा उनी पहिलो स्थानमा रहन सफल भईन् । उनले निर्धारित… Continue reading गौरिकाको नाममा दोस्रो स्वर्ण

बिदेशिएका नेपालीको आक्रोस

मिनबहादुर पण्डित (दुबई) घर परिवार बाट टाडा २० बर्ष बिदेश बसेर अरबको तातो गर्मीमा काम गरी खाइ नखाइ बनाएको जम्मा एउटा घर छ । त्यसमा पनी नगरपालिका कर, तिरो आदि बाहेक १०५ मासिक घर बाहाल कर पनि तिर्नु पर्ने रे । तिर्छु यदी मैले तिरेको पैसाले देश विकास हुन्छ भने । तिर्छु यदी मैले तिरेको… Continue reading बिदेशिएका नेपालीको आक्रोस

एनआरएनएबाट ८३ वटा मुलुकमा भ्रमण वर्ष लक्षित कार्यक्रमको तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संजाल बिस्तार भएका विश्वका ८३ औं मुलुकमा नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै कार र्याली आयोजना हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तले उक्त जानकारी दिएका हुन् । उनका अनुसार ८३ वटै मुलुकमा साइकल र्याली, कार र्याली, विभिन्न प्रवद्धनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भ्रमण वर्षको प्रचार प्रसार गर्ने… Continue reading एनआरएनएबाट ८३ वटा मुलुकमा भ्रमण वर्ष लक्षित कार्यक्रमको तयारी

गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटेको छ । भेटमा संघका अध्यक्ष कुमार पन्तले संघका पछिल्ला गतिविधीबारे परराष्ट्र मन्त्रीलाई जानकारी गराएका थिए । नेपालको पूर्वाधार विकासका लागि गैरआवासीय नेपालीको रु. १० अर्ब लगानी भित्र्याउने घोषणा गरिएको छ । यस अभियानमा थप सहजीकरणका लागि परराष्ट्र मन्त्री ज्ञवालीमार्फत सरकारको ध्यानाकर्षण… Continue reading गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग

मृगौला दिने आफन्त सहित प्रधानमन्त्री ओली बाल्टिमोरको अस्पतालमा उपचार गर्न आउंदै

बिश्वन्युज संवाददाता काठमाडांैं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि बाल्टीमोर आउने तयारीमा छन् । प्रधानमन्त्रीको उपचारका लागि अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले तयारी थालेका छन् । त्यसका लागि नेपालबाट चिकित्सकसहितको टोली अमेरिका आएर तयारी थालेको बालुवाटार स्रोतले जनाएको छ । चर्चा–परिचर्चा भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अहिलेसम्म औपचारिक रुपमा अमेरिकामा उपचार हुने… Continue reading मृगौला दिने आफन्त सहित प्रधानमन्त्री ओली बाल्टिमोरको अस्पतालमा उपचार गर्न आउंदै

नेपाल भ्रमण वर्ष सफल बनाउन न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने

कल्पना घिमिरे न्युयोर्क/अमेरिका नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन अमेरिकाको न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने भएको छ । न्युयोर्कस्थित नेपाली महाबाणिज्य दुतावासले आइतबार नेपाली समुदायसंग छलफल गर्दै आगामी दिनमा गरिने कार्यक्रम तालिकाबारे जानकारी गराएको हो । सन् २०२० को मे महिनामा १५ र १६ गते न्युयोर्कमा पर्यटकीय र सांस्कृतिक कार्यक्रम गर्ने तय भएको छ ।… Continue reading नेपाल भ्रमण वर्ष सफल बनाउन न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने

अमेरिकामा नेपाली भाषाले पायाे मान्यता

सुपेन्द्र बस्नेत / बोष्टन क्षेत्रफलका हिसाब सानाे भए पनि बिरताकाे हिसाबले बिश्व हल्लाउने पहिचान बनाएका गाेर्खालीकाे देश नेपालकाे नेपाली भाषाले बिश्व शक्ति राष्ट्र अमेरिकामा मान्यता प्राप्त गरेकाे छ । अमेरिकाकाे मासाचुसेट्स राज्यकाे साेमरभिल सिटीले मुख्य कामकाजी भाषा अंग्रेजी रहे पनि सहयाेगी भाषाका रुपमा नेपाली भाषालाई मान्यता दिएकाे हाे । साेमरभिल सिटीमा बसाेबास गर्नेहरु मध्ये नेपालीहरुकाे… Continue reading अमेरिकामा नेपाली भाषाले पायाे मान्यता

कांग्रेसका प्रभावशाली नेता तथा सांसद सिंहले अमेरिकामा भने : नेपालमा कम्युनिष्ट अधिनायकबादको खतरा बढ्यो

न्युयोर्क    झन्डै तीन हप्ता लामो पारिवारिक र राजनैतिक भ्रमणका क्रममा अमेरिका आइपुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा साँसद प्रकाशमान सिंहले नेपालमा कम्युनिष्ट अधिनायकबादको उदय हुने पो हो कि ? भन्दै चिन्ता ब्यक्त गरेका छन् । अमेरिकास्थित कांग्रेस प्रवास संगठन जन सम्पर्क समिति न्युयोर्क च्याप्टरदेखि क्यालिफोर्निया च्याप्टरसम्मले आयोजना गरेका झन्डै आधा दर्जन अन्तर्कृया र आफ्नै… Continue reading कांग्रेसका प्रभावशाली नेता तथा सांसद सिंहले अमेरिकामा भने : नेपालमा कम्युनिष्ट अधिनायकबादको खतरा बढ्यो

२१ औं पार्क रोड परेडमा कनेक्टिकट समाजको सहभागिता

धन लामा / नोभेम्बर ११, २०१९ कनेक्टिकट, अमेरिका  नेपाली समुदाय माझ विविध कार्यक्रम र गतिविधीहरुका साथ कनेक्टिकट नेपाली समाजले यसपाली वेस्ट हार्टफोर्ड टाउनद्वारा आयोजित स्थानीय सडक परेडमा सहभागिता जनाएको छ । गत अक्टोवर ५ तारिखका दिन आयोजित “२१ औं पार्क रोड परेड” मा बिभिन्न झाँकीहरु सहित सक्रियताका साथ सहभागिता जनाएको हो । नेपाली राष्ट्रिय पोशाक… Continue reading २१ औं पार्क रोड परेडमा कनेक्टिकट समाजको सहभागिता