महाशिवरात्रीमा पशुपतिमा मात्र ४ हजार सुरक्षाकर्मी

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेर सुरक्षाकर्मी परिचालन गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार प्रहरी जनशक्ति विहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । जिल्ला प्रहरी… Continue reading महाशिवरात्रीमा पशुपतिमा मात्र ४ हजार सुरक्षाकर्मी

नेपाली सेना दिवस आज, टुडिखेलमा विशेष कार्यक्रम

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका… Continue reading नेपाली सेना दिवस आज, टुडिखेलमा विशेष कार्यक्रम

महाशिवरात्रीमा पशुपतिको भिआइपी पास बन्द

काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ । विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो ।तर यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनहरुको सहजताका लागि प्रयोग… Continue reading महाशिवरात्रीमा पशुपतिको भिआइपी पास बन्द

महाशिवरात्री पर्व आज, शिवमन्दिरमा भीड

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको… Continue reading महाशिवरात्री पर्व आज, शिवमन्दिरमा भीड

पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?

काठमाडौं । महाशिवरात्रि पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात उपसमिति गठन गरी काम अन्तिम चरणमा पुर्याएको छ । कोषले महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन,… Continue reading पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?

अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने

काठमाडौं । विराटनगर महानगरपालिका भित्र अब रातको १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । यसअघि १० बजेपछि नै बन्द गर्नुपर्ने बाध्यता थियो । सरोकारवालाको बैठकले अब १२ बजेसम्म होटल व्यवसाय चलाउन पाइने गरी समय तोकेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म… Continue reading अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने

अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती

काठमाडौं । अमेरिकाका विभिन्न सहरमा नेपाली हास्यव्यंग कलाकारले दर्शकलाई हँसाएका छन्। फ्लाई नेपाको आयोजनामा अब हाँस्छ अमेरिका शीर्षकमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा हास्यकलाकार सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद पौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा प्रस्तुती दिएका हुन् ।… Continue reading अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती

भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै

काठमाडौं । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु उद्घाटन समारोहमा सहभागी हुने दावी गरेको छ । घुमौं भरतपुर भन्ने नाराका साथ शुभारम्भ गर्न लागिएको भ्रमण बर्षको उद्घाटन… Continue reading भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै

नेपालका ३४ विमानस्थलमा टेलिकमको निशूल्क वाइफाई हुने

काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच ११ फागुनमा फ्री वाइफाइ इन्टरनेट सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्… Continue reading नेपालका ३४ विमानस्थलमा टेलिकमको निशूल्क वाइफाई हुने

राष्ट्रपति आज बागलुङ र अछाम जाँदै

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ र अछाम जाने भएका छन् । राष्ट्रपति पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोट जाने कार्यक्रम छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन् । बिहान ९ बजेर तीस मिनेटमा राष्ट्रपति पौडेल पञ्चकोट जाने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी… Continue reading राष्ट्रपति आज बागलुङ र अछाम जाँदै

आगामी वर्षको दशैं असोज २६ गते

काठमाडौं । २०८१ सालको दशैंको टीका असोज २६ गते परेको छ । तिहारको भाइटीका कात्तिक १८ गते परेको छ । यसैगरी, असोज १७ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुनेछ । २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ । यस्तै, आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै सरकारले… Continue reading आगामी वर्षको दशैं असोज २६ गते

सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रूपमा रहेको बताएका छन्। सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए। सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै… Continue reading सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस

आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना

काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चनासहित श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ। ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम… Continue reading आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना

मेनुका पौडेललाई राष्ट्रपतिको सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को उत्कृष्ट दशमा परेकी गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।सोमबार शितल निवासमा राष्ट्रपति पौडेलले गायिका मेनुकालाई सम्मान गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च बनाएको बताएका थिए। ‘मेहनत र अभ्यासले मानिसलाई सफल बनाउँछ,’ उनले भने।

आज सोनाम ल्होसार, देशभर मनाइंदै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर… Continue reading आज सोनाम ल्होसार, देशभर मनाइंदै

फागुन १ गतेदेखि गोपीकृष्णहल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। मूभिजका प्रवन्ध निर्देशक निरक पौडेलको शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएका हुन् ।‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा चलचित्र निर्माण, प्रर्दशन… Continue reading फागुन १ गतेदेखि गोपीकृष्णहल बन्द हुने

राजनीतिक विश्लेषक प्रेमकृष्ण श्रेष्ठको ‘थ्वं छ खोला‘ आउँदै

किर्तिपुर नेवारी गीतको बजार अहिले राम्रो हुँदै गएको छ । ‘सालुगु गाचा’ र ‘अयला लुवया’ पछि सांगीतिक फडको लिएको बजारमा अहिले नेवारी गीतको संख्या बढदै गएको छ । यही मेसोमा राजनीतिक विश्लेषक तथा गीतकार प्रेमकृष्ण श्रेष्ठको शब्द र गायक ईश्वर मागियाको नयाँ नेवारी गीत ‘थ्वं छ खोला’ बजारमा आउने तर्खरमा छ । नेपाली भाषाको गायकहरु… Continue reading राजनीतिक विश्लेषक प्रेमकृष्ण श्रेष्ठको ‘थ्वं छ खोला‘ आउँदै

चर्चित पाकिस्तानी गायक असलम नेपाल आउने

काठमाडौं । पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । असलमले नयाँ वर्षको पूर्वसन्ध्यामा होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । चैत ३० गते ‘आतिफ असलम लाइभ इन नेपाल’ मा प्रस्तुति दिने असलम त्यसको एक दिनअघि नै नेपाल आउँदै छन् । कार्यक्रम एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले गर्न… Continue reading चर्चित पाकिस्तानी गायक असलम नेपाल आउने

आज देशभरका चलचित्र घर बन्द हुने

काठमाडौं । सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको समर्थन गर्दै… Continue reading आज देशभरका चलचित्र घर बन्द हुने

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई… Continue reading इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

आफैले दिएको मृत्युको खबर आफैले झुटो सावित गरिन मोडल पुनमले

ASHISH VAISHNAV/SOPA IMAGES/LIGHTROCKET VIA GETTY IMAGES

काठमाडौं । इन्स्टाग्राममा आफ्नो ‘मृत्युको खबर’ सार्वजनिक गरिएको एक दिनपछि भारतीय मोडल पुनम पाण्डेले इन्स्टाग्राममै आफू जीवित रहेको बताएकी छिन्। शनिवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडिओ सन्देश जारी गर्दै उनले भनिन्, म तपाईँहरू सबैसँग केही महत्त्वपूर्ण कुरा शेअर गर्न आवश्यक ठान्छु। म जीवित छु। एक दिनअघि पुनम पाण्डेको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट उनको… Continue reading आफैले दिएको मृत्युको खबर आफैले झुटो सावित गरिन मोडल पुनमले

पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने

काठमाडौं । हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त… Continue reading पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने

भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेको निधन

एजेन्सी । भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। ३२ वर्षीय पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित रहेको आजतकले जनाएको छ। परिवारजनले उनको इन्स्टाग्राम ह्यान्डलमार्फत पूनमको निधन भएको जानकारी दिएका हुन् । उनी ३२ वर्षकी थिइन् । उक्त पोष्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ। पाठेघरको मुखको क्यान्सरका कारण… Continue reading भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेको निधन

यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकसाथ दुइटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५००… Continue reading यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

काठमाडौं । अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो । स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पदयात्रा,… Continue reading मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

पशुपति क्षेत्रको अतिक्रमिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरेर बनाइएका अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । बैठकको एजेन्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल… Continue reading पशुपति क्षेत्रको अतिक्रमिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

श्री एयरलाइन्सको माउण्टेन फ्लाइटबाट अब कैलाश पर्वत अवलोकन गर्न सकिने

काठमाडौं । श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर देखिने गरी पर्वतीय उडान थालेको छ । नेपालको इतिहासमै पहिलोपटक एयरलाइन्सको सिआरजे नाइनएन एमबी विमानले नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको हो। एयरलाइन्सले सोमबार प्रेस नोट नारी गर्दै नेपाली भूभागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ।… Continue reading श्री एयरलाइन्सको माउण्टेन फ्लाइटबाट अब कैलाश पर्वत अवलोकन गर्न सकिने

चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा–नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गरेका छन् । यसले पक्कै पनि द्विपक्षीय जनता–जनताबीचको सम्बन्धलाई नयाँ… Continue reading चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

फिल्म खेल्दै केपी ओली, के हो भूमिका ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म खेल्ने भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म नमेटिने घाउमा अभिनय गर्न लागेका हुन्। काठमाडौंमा आइतबार फिल्मको औपचारिक घोषणा गरिएको हो। सो कार्यक्रममा ओलीसमेत उपस्थित रहेका थिए। फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन्। फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको… Continue reading फिल्म खेल्दै केपी ओली, के हो भूमिका ?

तराईमा हुस्सु–कुहिरो, हवाई उडान प्रभावित

काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु–कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको… Continue reading तराईमा हुस्सु–कुहिरो, हवाई उडान प्रभावित