दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं

फाइल तस्वीर

काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। राससका अनुसार यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले… Continue reading दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं

दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै

काठमाडौं\रासस। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन… Continue reading दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै

देशभरका दशैं घरमा भित्राइयो फूलपाती

काठमाडौं । आइतबार देशभरका दशैं घरमा फूलपाती भित्राइएको छ । काठमाडौंको हनुमान ढोकासहित देशभरका शक्तिपिठमा आज फूलपाति भित्राइएको हो । हनुमानढोकामा गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली… Continue reading देशभरका दशैं घरमा भित्राइयो फूलपाती

आज फूलपाती, शुरु भयो दशैंको बिदा

काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ… Continue reading आज फूलपाती, शुरु भयो दशैंको बिदा

जगडोलमा चङ्गाचेट

काठमाडौं । काठमाडौं उपत्यकाकै सुन्दर पर्यटकीय स्थल जगडोलमा तेश्रो चङ्गाचेट प्रतियोगिता सम्पन्न भएको छ । लगातार दुुई वर्ष कोभिडका कारण रोकिएको चंगाचेट र सांस्कृतिक कार्यक्रम यस वर्ष भने भब्य रुपमा सम्पन्न भएको आयोजक यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सञ्जय पौडेलले जानकारी दिए । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ जगडोलस्थित झण्डा पार्कमा कार्यक्रम आयोजना गरिएको हो… Continue reading जगडोलमा चङ्गाचेट

मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण

RSS

काठमाडौं । यस वर्षको मनसुन एक साता धकेलिने प्रक्षेपणसँगै नवमीबाट ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको भएको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ। महाशाखाले… Continue reading मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण

नेपाल र नेपालीको पहिचान बोकेको बृहत् महान चाड हो-बडा दशैं

सुपेन्द्र बस्नेत, बोष्टन यतिबेला स्वदेशमा रहने नेपालीलाई मात्र हैन, विदेशमा रहने नेपालीहरुलाई पनि नेपालीहरुको महान चाड ‘बडा दशैंले छोइसकेको छ। हिन्दु धार्मिकग्रन्थ अनुसार, रामले रावरणको र महादुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव हो यो बडा दशैं। जसलाई असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण र पूजन गर्ने गरिन्छ।… Continue reading नेपाल र नेपालीको पहिचान बोकेको बृहत् महान चाड हो-बडा दशैं

दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम

Source : Hamro patro

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य कमजोर हुँदै जादा दशैंको समयमा ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब मनसुन अन्त्य हुने अवस्थामा छ । यसले दशैंमा यात्रा गर्नेहरुलाई केही सहज हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न सक्ने अवस्था भने छैन… Continue reading दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम

आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा

काठमाडौं । नवरात्रको पाँचौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको पूजा आराधना हुँदैछ । आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना हुन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा… Continue reading आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा

वरिष्ठ कलाकार श्रेष्ठ अभिनित ‘सुखी हुनु छैन मलाई’

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर गायक स्वरूपराज आचार्यले दिएका छन् । गीतका रचनाकार केदार पनेरु हुन् । पनेरूले मानिसको जीवनका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीत तयार पारेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव रहेका पनेरूले… Continue reading वरिष्ठ कलाकार श्रेष्ठ अभिनित ‘सुखी हुनु छैन मलाई’

दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा

काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ ।यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण… Continue reading दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा

आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देविको पूजा

काठमाडौं । आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आरधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शिरमा घण्टा आकारको अर्धचन्द्र रहन्छ । सोहीकारण देवीलाई चन्द्रघण्टा भनिएको मानिन्छ । चन्द्रघण्टा देवीको आराधना गरे शारीरिक र मानसिक कष्टबाट छुटकारा पाउने मान्यता छ । नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी,… Continue reading आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देविको पूजा

आजबाट खाद्य कम्पनीले बिक्रि गर्ने खसी बोका किन्न पाइने

काठमाडौं । आजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रि गर्ने खसीबोका र च्याङ्ग्रा किन्न पाइने भएको छ । कम्पनीले बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गर्ने जनाएको छ । दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा… Continue reading आजबाट खाद्य कम्पनीले बिक्रि गर्ने खसी बोका किन्न पाइने

त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंको समयमा उडाइने चंगाका कारण हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । खासगरी त्रिभुवन विमानस्थल आसपास जहाजको बढी उडान तथा अवतरण हुने क्षेत्रमा चंगा उडाउँदा त्यसले उडान सुरक्षामा असर पर्ने प्राधिकरणको भनाई छ । प्राधिकरणले यस्तो कार्य नगर्न भनेको छ । अटेर गरी… Continue reading त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा

काठमाडौं । आज बडा दशैंको दोस्रो दिन देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा हुँदैछ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै… Continue reading आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा

आजबाट सवारी साधनलाई रुट परमिट खुला

काठमाडौं । आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाडौं… Continue reading आजबाट सवारी साधनलाई रुट परमिट खुला

न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ। कार्यालयले आइतबार एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप… Continue reading न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

‘प्रेमगीत ३’ को भारतमा संतोषजनक कमाई

काठमडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणले भारतमा राम्रो सुरूआत गरेको छ। भारतीय ट्रेड विश्लेषक तरण आदर्शले फिल्मले पहिलो दिन १ करोड ४७ लाख रूपैयाँ (९२ लाख भारतीय रूपैयाँ) कमाएको उल्लेख गरेका छन् । ‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘टिकटको दर… Continue reading ‘प्रेमगीत ३’ को भारतमा संतोषजनक कमाई

दशैंमा चलचित्र हेरेर मनोरञ्जन गर्ने मुडमा हुनुहुन्छ ? यी हुन् प्रदर्शनमा आउने चलचित्र

काठमाडौं । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र विगतको बन्दाबन्दीका कारण… Continue reading दशैंमा चलचित्र हेरेर मनोरञ्जन गर्ने मुडमा हुनुहुन्छ ? यी हुन् प्रदर्शनमा आउने चलचित्र

महापुरुष चलचित्रको गीत रिलिज

काठमाडौं । चलचित्र ‘महापुरुष’ समावेश ‘बेमौसमी’ बोलको गीत रिलिज भएको छ । तिहारको भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । गीतको भिडियोमा दुई पुस्ताका चार कलाकारहरुलाई… Continue reading महापुरुष चलचित्रको गीत रिलिज

न्युयोर्कमा भव्य इन्द्रजात्रा

बीके नेवा, न्युयोर्क न्युयोर्क । न्युयोर्क नेवा गुठीले तेश्रो पटक न्युयोर्कको ज्याक्सन हाइट्समा इन्द्रजात्रा भव्यरुपमा मनाएको छ । दुई वर्ष कोरोनाका कारण स्थगित यो जात्रा यस पटक भने भव्य रुपमा मनाइएको हो ।पहिलेका जात्रामा कुमारीको मात्र पूजा गरिन्थ्यो भने यसपालि कुमारी, गणेश र भैरवको रथारोहण गरी परिक्रमा गराइएको थियो । लाखे नाचमा झ्याँलिन्चाले जिस्क्याउने नृत्य… Continue reading न्युयोर्कमा भव्य इन्द्रजात्रा

‘प्रकाश’र ‘राधा’लाई पछि पार्दै ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

काठमाडौं । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डका लागि सिफारिसमा परेको छ । सोमबार बसेको नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिको बैठकले समितिलाई प्राप्त चलचित्र मध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । नेपालबाट दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका… Continue reading ‘प्रकाश’र ‘राधा’लाई पछि पार्दै ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

आज जितिया पर्व मनाईंदै, प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । आज जितिया पर्वको मुख्य दिन, मध्यतराईका महिलाले विशेष रुपमा मनादईछ । यो पर्वको विधिवत् सुरुवात शुक्रबार नै भएको हो । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत् रुपमा पर्वको समापन गरिनेछ । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । जितियामा निराहार व्रत बसेका… Continue reading आज जितिया पर्व मनाईंदै, प्रधानमन्त्रीको शुभकामना

न्युयोर्कमा ओलाङचुङेहरुको बनभात

ससांग लामा, न्युयोर्क क्याम्पिङ जानेहरुले आ-आफ्ना टेण्टहरु वलुङ किदुकको भवनमा August 31 मा पुर्याइ सक्नुपर्नेछ ” भनेर उर्दी जारी भाको थियो ।क्याम्पिङको हल्ला त २ महिनाअघि नै पिटिइेएको थियो । न्युयोर्के वलुङेहरु क्याम्पिङ्गको लागि आत्तुरी रहेका थिए । कंक्रिटको जंगलमा बस्दा बस्दा दिक्क भएर, दुइ तिन दिनको लागि भएपनि झोली तुम्बी भिरेर जंगलबास गर्न सुरिरहेका… Continue reading न्युयोर्कमा ओलाङचुङेहरुको बनभात

आज विश्वकर्मा पूजा, देशभर मनाईदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा… Continue reading आज विश्वकर्मा पूजा, देशभर मनाईदै

राप्रपामा जाने भए रवीन्द्र मिश्र

THT

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा जाने भएका छन् । उनलाइ राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता दिने भएको हो ।विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन् । मिश्रको पद उपाध्यक्ष हुनेछ । उनले यसअघि सहअध्यक्ष पद… Continue reading राप्रपामा जाने भए रवीन्द्र मिश्र

९ वटा क्यासिनोले काठमाडौं महानगरलाई बुझाए ८४ लाख मनोरन्जन कर

काठमाडौं । काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले ४५ वटा संस्थालाई मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् । महानगरलाई कर बुझाउनेमा… Continue reading ९ वटा क्यासिनोले काठमाडौं महानगरलाई बुझाए ८४ लाख मनोरन्जन कर

आजबाट काठमाडौंमा इन्द्रजात्रा शुरु

काठमाडौं । आजदेखि विधिवत् रुपमा इन्द्रजात्रा सुरु भएको छ । काठमाडौंमा मनाइने ठूलो पर्व आज बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो । बेलुका काठमाडौंमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । आज दिउँसो लाखे, सवःभक्कु, पुलुकिसिलगायत विभिन्न मुखौटा लगाइएका नाचहरु पनि सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ । यसै… Continue reading आजबाट काठमाडौंमा इन्द्रजात्रा शुरु

बलात्कार मुद्दामा पलले पाए सफाई, बाल यौनदुराचारको मुद्दामा साढे २ वर्ष जेल

काठमाडौं । अभिनेता पल (पूर्णविक्रम) शाहले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले उनलाई सफाई दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने उनले साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना भोग्नु पर्ने भएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर अदालतले गरेको… Continue reading बलात्कार मुद्दामा पलले पाए सफाई, बाल यौनदुराचारको मुद्दामा साढे २ वर्ष जेल

आज गौरा पर्व मनाईदै

काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने… Continue reading आज गौरा पर्व मनाईदै