Category: मनोरञ्जन

  • अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?

    अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?

    काठमाडौं । अयोध्यामा बनेको भव्य राम मन्दिरमा भगवान रामललाको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम आज (सोमवार)का लागि राखिएको छ यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन् । राम जन्मभूमि ट्रस्टका अनुसार कार्यक्रमको सबै तयारी पुरा भएको छ । प्राण प्रतिष्ठा समारोहमा आमन्त्रित व्यक्तिहरु अयोध्या पुग्न सुरु भइसकेको छ । जसमा प्रमुख सन्त, नेता, फिल्म स्टार र खिलाडी समावेश छन् ।

    अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमलाइ लक्षित गरी सुरक्षा प्रवन्ध कडा बनाइएको छ । दस हजार सीसीटीभी क्यामरा, आर्टिफिसियल इन्टिलेन्स देखि ड्रोन सम्मले यहाँका गतिविधिको निगरानी गरिने भएको छ । अयोध्यामा सोमवार को प्राण प्रतिष्ठा कार्यक्रम अपरान्ह साढे १२ बजेहुने छ । कार्यक्रम एक बजेसम्म हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विधि विधानका साथ यसमा भाग लिने भएका छन् । त्यसपछि मन्दिर आम मानिसको दर्शनका लागि खुल्ने छ ।

  • अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक

    अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन महानगरभित्र मदिरा र माछामासु बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । पशुपन्छी र जीवजन्तुको बध गर्न, मदिरा र माछामासु बिक्री तथा वितरणमा रोक लगाउने निर्णय भएको महानगरले निकालेको सूचनामा उल्लेख छ।

    माघ ८ गते वीरगञ्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ। यस्तै सोही दिन भारतको अयोद्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको पनि कार्यक्रम छ। यी दुई कार्यक्रमलाई लक्षित गर्दै महानगरले मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो।

  • कालिन्चोकमा हिमपात, पर्यटकलाइ अवसर

    कालिन्चोकमा हिमपात, पर्यटकलाइ अवसर


    काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।

    दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको स्थानीय  होटल सञ्चालकहरुले जानकारी दिएका छन् । जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ।

    तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसोबाट हिमपात सुरु भएको थियो । निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको छ ।
    हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि हुने र कालिञ्चोकमा पुगेका पर्यटक खुशी देखिएको छ ।

    कालिन्चोक क्षेत्रमा विगतका वर्षमा यो वर्ष भने पहिलोपटक हिमपात भएको हो। कालिन्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ ।

    हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिन्चोकमा यो वर्ष हिमपात नहुँदा  पर्यटकको चहलपहल खासै बढेको थिएन।

    पछिल्लो समय कालिञ्चोकमा भारतको केरला, पश्चिम बंगाल, पाकिस्तान, बंगलादेश लगायतबाट उल्लेख्य पर्यटक आउने गरेका छन् ।

    कालिन्चोकमा हिउँ खेल्न नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट समेत ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।  कालिन्चोकको कुरीमा झन्डै ९० सय वटा साना तथा ठूला होटल छन्। 

  • ब्रुनाईका राजकुमारको विवाहले विश्वभर पाएको चर्चा

    ब्रुनाईका राजकुमारको विवाहले विश्वभर पाएको चर्चा

    काठमाडौं । एसियाकै सबैभन्दा योग्य वरको उपमा पाएका ब्रुनाईका राजकुमार अब्दुल मतीन विवाह बन्धनमा बाँधिएका छन् । उनको विवाहको चर्चा विश्वभर भइरहेको छ । सैन्य सेवामा गरेको काम र आकर्षक व्यक्तित्वका कारण उनी प्रशंसामा रहने गर्छन् । राजकुमारको विवाह एक सर्वसाधारण महिलासँग भएसँगै उनको चर्चा अझ चुलिएको हो । उनको वैवाहिक कार्यक्रम १० दिनसम्म चलेको छ । इन्टरनेटमा चर्चित राजकुमारले गत डिसेम्बरमा याङ मुलिआ अनिशा रोस्नासँग विवाह हुन लागेको खुलासा गरेका थिए।

    उनकी दुलही ब्रुनाईका नेता सुल्तान हसनल बोकिआकी नातिनी हुन्। उनले फेसन र पर्यटनसम्बन्धी कम्पनी सञ्चालन गर्दै आएको बताइएको छ। स्तान नूरूल इमान दरबारमा भएको वैवाहिक कार्यक्रममा ३२ वर्षका राजकुमार औपचारिक पोसाकमा देखिएका छन्। उनकी २९ वर्षीय दुलहीले सेतो रङ्गको लामो पोसाक र गरगहना लगाएकी छिन्।

    विवाहमा ५,००० जना निम्तालुहरू बोलाइएको जनाइएको छ। जसमा साउदी अरब र जोर्डनका राज परिवारका सदस्यहरू साथै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र फिलिपिन्सका नेता फर्डिनान्ड मार्कोस जुनिअर पनि थिए। यो जोडी माथिल्लो भाग खुला रहेको रोल्स रोएसमा चढेर आफ्ना शुभेच्छुकहरूलाई हात हल्लाउँदै विवाहित दम्पतीको रूपमा आफ्नो पहिलो सार्वजनिक उपस्थिति देखाएको थियो।

    उनीहरूको भव्य टोली राजधानी बन्दुर श्री बगावन हुँदै अघि बढेको थियो। विद्यालयकी एक जना शिक्षिका नोर्लिहा मोहम्मदले राज परिवारको यो दम्पतीलाई देख्ने मौका “जीवनमा एक पटक मात्रै पाइने” दुर्लभ अवसर भएको एएफपी समाचार संस्थासँग बताइन्। यो सानो तेलको धनी राष्ट्रका स्थानीय टेलिभिजन स्टेसनहरूले बुधवार वैवाहिक कार्यक्रमका केही झलकहरू प्रसारण गरेका थिए।


    सबैभन्दा लामो समयसम्म शासन गर्ने विश्वकै एक मात्र सुल्तानका राजकुमार मतीन दशौँ सन्तान हुन्। ब्रुनाईका सुल्तान विश्वमै धनी शासकहरूमध्ये पनि एक हुन्। राजकुमार मतीनले ब्रुनाईको सिंहासनको उत्तराधिकारी दाबी गर्ने स्थिति छैन। तर इन्स्टाग्राममा दशौँ लाख फलोअर रहेका उनको व्यक्तित्व भने निकै उच्च भएको छ।

    राजकुमारले शाही कार्यक्रमहरूमा सहभागिता जनाउँदाका, पोलो खेल्दाका हुन् वा सैन्य पोसाकमा देखिँदाका सम्पादित भिडिओ क्लिपहरू अनलाइनमा व्यापक भेटिन्छन्। जनवरी ७ मा सुरु भएको वैवाहिक कार्यक्रम आइतवार भव्य समारोहसँगै समापन भएको छ । इस्लाम परम्परा बुधवार विवाह भएपछि राजकुमार मतीनको विवाहले औपचारिक मान्यता पाएको थियो। उक्त कार्यक्रममा बिहे गर्ने पक्षबाट राजकुमार र उनका बुबा लगायत पुरुषहरू मात्रै उपस्थित थिए।

    बुधवारका भिडिओहरूमा राजकुमार मतीन उनकी दुलही ल्याउन सुनको गुम्बज भएको मस्जिदमा जाँदै गर्दा राजधानीका सडकमा नागरिकहरू लाइन लागेको देखिन्छ। राजकुमार मतीनले परम्परागत सेतो पहिरन लगाएका छन् र शिरमा हीराको बुट्टा भएको गहना लगाएका छन्। इमामले आशीर्वाद दिइसकेपछि उनले झुकेर आफ्ना बुबाप्रति आदर देखाएका थिए।

    BBC

  • देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सार्वजनिक बिदा

    देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सार्वजनिक बिदा

    काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई निम्तो गरिएको छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।

    माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।


    तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

  • न्युयोर्क सहरमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी नाइट हुने

    न्युयोर्क सहरमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी नाइट हुने

    न्युयोर्क

    नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा आगामी जनवरी १९ तारिख शुक्रबार कमेडी नाइट हुने भएको छ ।
    “अब हाँस्छ अमेरिका” नारासहित अमेरिकाका विभिन्न सहरमा दर्शकलाई हँसाउन कलाकारहरुको जम्बो टोली अमेरिकाको यात्रामा छ । न्युयोर्कमा हुने “अब हाँस्छ न्युयोर्क” कमेडी नाइटको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको हो ।


    बिदेशमा कामको तनाव, समयको अभाव, सबै प्रकारको समस्यालाई केही छिन भएपनि हास्य मनोरञ्जनको माध्यामबाट मन मस्तिस्कलाई शान्त पार्दै मज्जाले हाँस्नको लागि यो सोले मद्द्त गर्ने आयोजकले बताएको छ ।
    उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्सस्थित उडसाइडमा रहेको टिबेटेन कम्युनिटी सेन्टरमा हुने स्थानीय आयोजक विनिता तामाङ र मनिता गुरुङले बताएका छन । बेलुका ७ बजेदेखि राति १२:०० बजेसम्म हुने कार्यक्रममा हास्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कार्की, विष्णुप्रसाद गौडेल, साजन श्रेष्ठ, कैलाश कार्की, सन्तोष थापा, भरतमणी पौडेल, सुमन कोइरालाको प्रस्तुति रहनेछ। साथै कार्यक्रमको ध्वनि नियन्त्रण र साँगितिक समायोजन न्युयोर्कका चर्चित डिजे एलएसले गर्ने भएको छ ।


    जनरल टिकटको मूल्य ७० डलर र भीआईपी १०० डलर तोकिएको छ । भीआईपी १०० डलरको टिकटमा मिट एण्ड ग्रिट र एउटा नि:शुल्क पेयपदार्थ समावेश रहेको छ । टिकट र सामुहिक प्याकेजका लागि विनिता तामाङ र मनिता गुरुङलाई ३४७ ५१० २१७३ र ६४६ ९२५ ७२३७ मा पनि सम्पर्क गर्न सकिन्छ ।
    साथै नियमित टिकट अनलाइनबाट पनि किन्न सकिने व्यवस्था रहेको छ ।
    एक महिना बढी चल्ने यात्रा न्युयोर्क लगायत अमेरिकाको १९ विभिन्न राज्यहरुमा कार्यक्रम हुने बताइएको छ। बिशुद्ध मनोरञ्जनात्मक कार्यक्रमको सफलताको लागि स्थानीय व्यवसायीहरुले पनि सहयोग गरेका छन् ।

  • लमजुङमा खुल्यो हाइ अल्टिच्युड प्याराग्लाइडिङ विद्यालय

    लमजुङमा खुल्यो हाइ अल्टिच्युड प्याराग्लाइडिङ विद्यालय

    काठमाडौं । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए ।

    नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उनको भनाइ छ । प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्वपूर्ण हुने उनको भनाइ छ ।

    पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताए । उनले भने, ‘पर्यटकीय क्षेत्रमा नै विद्यालय सञ्चालन हुँदा स्थानीयलाई रोजगारी प्राप्त हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको समेत अवसर हो ।’

    बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालैमात्र रेडबुलको ‘एड्भेन्चर’ टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो । त्यसपश्चात उनीहरुले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताए ।

    नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ‘हाइ अल्टिच्युड’ प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था ९ना० का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताए । सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि हाइ अल्टिच्युड भने नभएको उनको भनाइ छ ।

    नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको अत्यधिक सम्भावना रहेकाले उक्त विद्यालय महत्वपूर्ण हुने भट्टराईको विश्वास छ । ‘नेपालमा प्याराग्लाडिङ र साहसिक पर्यटनका लागि धेरै उत्कृष्ट गन्तव्य छन्,’ उनले भने । विद्यालय सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

  • पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद

    पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासहरुमा धन्यवाद पत्र पठाएको छ । पर्यटनमन्त्री सुदन किरातीले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई शुभकामना दिँदै पत्र लेखेका हुन् । मन्त्रालयका प्रवक्ता हेमराज तामाङका अनुसार पत्रमा नेपालमा पर्यटक भित्राएर नेपाल सरकारको लक्ष्य पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले विदेशी राजदूत र दूतावासलाई धन्यवाद ज्ञापन गरेको हो ।

    नेपालको आर्थिक समृद्धिको सपनालाई पर्यटन मार्फत साकर पार्नका साथै दुई देशविचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन दुतावासले खेलेको भूमिका प्रशंसनीय रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पत्रमा उल्लेख छ । मन्त्रालयले नेपालमा पर्यटकको संख्या बढ्नुमा नेपालस्थित विदेशी कूटनीतिक नियोगको महत्वपूर्ण योगदान र भूमिका रहेको समेत बताएको छ ।

    नेपाल सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो । सन २०२३ मा १० लाख १४ हजार ८ सय ७१ पर्यटक नेपाल आएका छन् । मन्त्री किरातीले नेपाल भ्रमण दशक २०२३–२०३२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वार्षिक ३५ लाख पु¥याउने लक्ष्य रहेको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गर्न समेत आग्रह गरेका छन् ।

  • नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँ लगियो सुजन र वीरेन्द्रको शव

    नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँ लगियो सुजन र वीरेन्द्रको शव

    काठमाडौँ । ललितपुरको बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ ।

    आज (मंगलबार) बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

    गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो । वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

    दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो । दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो ।

    त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पु-याइने एसपी कार्कीले जानकारी दिएका छन् । मृतक परिवारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको थियो । सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो ।

    सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने सहमति गरेको थियो । मृतक परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एक–एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो ।

    सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ । दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुबै जनाको शव परिवारले बुझ्ने पनि सहमति भएको थियो ।

  • ‘महाजात्रा’को फष्टलुक्समा हरिवंशसँगै देखिए विपिन र दुई रवीन्द्र

    ‘महाजात्रा’को फष्टलुक्समा हरिवंशसँगै देखिए विपिन र दुई रवीन्द्र

    काठमाडौं । आगामी चैत्र ९ गतेबाट नेपालसहित विदेशमा समेत प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’ फर्स्टलुक्स सार्वजनिक गरिएको छ ।

    जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार ‘जात्रा’ देखि नै फणीन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) देखिएका छन्। उनीहरूले अभिनेता आचार्यलाई बन्दी बनाएको देख्न सकिन्छ। ‘पोस्टरमा देखिएका पात्रले सिनेमाको कथासार झल्काउँछ ।

    फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको छ।

    फिल्ममा वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको पनि अभिनय छ।

  • एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक

    एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक

    काठमाडौं \रासस। पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।

    एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएको जानकारी दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिकको मुस्ताङमा आगमन बढेको छ ।


    सन् २०२२ मा ६५ हजार नौ सय ४०, सन् २०२१ मा दुई हजार तीन सय र २०२० मा दुर्ई हजार तीन सय ४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए ।

    सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार एक सय ९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)राष्ट्रका र १८ हजार एक सय ६६ जना तेस्रो मुलुकका छन् । दश हजार सात सय ३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताए ।

    कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ ।

    उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

    म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।

  • आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै

    आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै

    काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

    इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

  • आज तमु ल्होसार, देशभर सरकारले दियो बिदा

    आज तमु ल्होसार, देशभर सरकारले दियो बिदा

    काठमाडौं । आज तमु ल्होसार, गुरुङ समुदायमा नयाँ वर्षका रुपमा मनाइंदैछ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

    यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको छ।

    तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले यो पर्वले आपसीविश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध देश निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गरेका छन् । आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

  • अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै

    अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै

    काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाडौंको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव आयोजना भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ३१ डिसेम्बरका दिन बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ ।

    परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको पर्यटन क्षेत्रको विकासका लागि ठमेलमा रहेको सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ नाराकासाथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम हुनेछ । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख ८० हजार जनाको सहभागिता रहने परिषद्को अनुमान छ ।

    ठमेल सडक महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले जानकारी दिए । विगतको तुलनामा यसवर्ष ठमेलभित्रका हरेक चोकमा सीसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ ।

    सडक महोत्सव सम्पन्न गर्न २२ लाख रुपैयाँको हाराहारीमा खर्च हुने परिषद्का अध्यक्ष शर्माले बताए । नेपाल आएका पर्यटकमध्ये झण्डै ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेको परिषद्ले जनाएको छ । ठमेलभित्र झण्डै दुई हजार व्यवसायी तथा घरधनी रहेका छन् । ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले ठमेल क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि परिषद्ले विभिन्न निकायसँग छलफल गरिरहेको बताए ।

  • हात्ती सौन्दर्य प्रतियोगताको उपाधी सेल्फीकलीलाई

    हात्ती सौन्दर्य प्रतियोगताको उपाधी सेल्फीकलीलाई

    काठमाडौं । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको घोषणा गरे । प्रतियोगितामा ३९३ नम्बरसहित निकुञ्जको रिमझिमकली द्धितीय र ३५६ अंकसहित सम्मृद्धिकली तृतिय भए ।

    प्रतिस्पर्धामा चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकलीसहित सम्वृद्धिकली, लक्ष्मीकली, विजुलीकली, रानीमायाकली, चम्पाकली र सेल्फीकली सहभागी भएका थिए । निकुञ्जका ३० र सौराहाका व्यससायीहरुले पालेका ४० गरेर ७० हात्तीबाट छानिएका ७ हात्तीका बीचमा सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी हात्तीहरुको आनीवानी, चिल्लोपना, अनुशासन, शारीरिक बनावट, हिँडाइ, नङहरुको विकास र व्यवस्थापन, चहकिलोपन जस्ता विषयका आधारमा अंक दिइएको थियो ।

    राइनो लज एण्ड होटलका सञ्चालक रामकुमार अर्यालले सेल्फीकली सौन्दर्य प्रतियोगितामा उत्कृष्ट भएकोमा खुसी लागेको बताए । उनले १२ वर्ष अगाडि पर्साबाट यसलाई ल्याएका थिए । अर्यालसँग सेल्फीकली र सोनाकली गरेर दुई हात्ती छन् । ‘सेल्फीकली मान्छेलाई नहान्ने, नरिसाउने, ज्ञानी, भनेको मान्ने खालको छ’ अर्यालले भने, ‘मलाई पनि माया गर्छ, म पनि उसलाई अति नै माया गरेर विषेश ख्याल गर्छु ।’ यी दुबै हात्तीका माहुते किशोर कुमाल र पुष्कर चौधरी हुन् । दुबै हात्ती दिनमा २ पटक पर्यटक लिएर जंगल जाने गरेको अर्यालले बताए ।

    यसपटकको हात्ती महोत्सवमा हात्तीको श्रृङ्गार, हात्ती वनभोज जस्ता कार्यक्रम राखिएका छन् । हात्ती दौड, हात्तीको फुटबल र हात्ती पोलो जस्ता कार्यक्रम हटाइएका छन् । पुस १० गतेबाट सुरु भएको महोत्सव १४ गतेसम्म ५ दिन सञ्चालन हुनेछ । कोराना भाइरसको संक्रमण भएपछि रोकिएको हात्ती महोत्सव ४ वर्षपछि पहिलोपटक भएको हो । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको महोत्सवमा २० हजारभन्दा बढि पर्यटकहरु आउने अपेक्षा छ । सौराहामा ११२ भन्दा बढि होटल तथा रिर्सोट र ८० भन्दा बढि रेष्टुरेन्टहरु छन् । एक रातमा ६ हजार ५ सय पर्यटकहरू राख्न सक्ने क्षमता सौराहाको छ ।

  • हात्ति महोत्सवमा आज शृङ्गार प्रतियोगिता हुँदै

    हात्ति महोत्सवमा आज शृङ्गार प्रतियोगिता हुँदै

    काठमाडौं । चितवनको सौराहामा शुरु भएको १७औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले जानकारी दिए । यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार प्रतियोगिता, भोलि राप्ती नदीमा डुङ्गा दौड, पर्सि शुक्रवार हात्तीको वनभोज र शनिवार समापनको कार्यक्रम छ ।

    हिजोदेखि शुरु भएको पाँच दिने महोत्सव रत्ननगर नगरपालिका–७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा आयोजना गरिएको छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका छन् ।

    कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि शुरु भएको हो । क्षेत्रिय होटल संघ (हान) चितवन सौराहाले गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेण्ट एण्ड बार एसोसिएशन चितवन छन् ।

  • उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै

    उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै

    काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन्।

    किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ। वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो। बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।

    उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ। यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ। किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन्।

  • आज यःमरी पुन्हि मनाइंदै

    आज यःमरी पुन्हि मनाइंदै

    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

    यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेका छन् । आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

    यःमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको छ । यःमरी पुन्हि सुरु हुनुअघि घर(घरमा भित्र्याइएको धानलाई पाँच(छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ ।

    आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा छ । यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

  • क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना

    क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा शुभकामना दिंदै उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

    राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनको भनाइ छ ।

  • क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास

    क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख छ ।

    २१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । प्रधामन्त्री प्रचण्डले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताएका छन् ।

  • आज क्रिसमस डे, विश्वभर मनाइदैं

    आज क्रिसमस डे, विश्वभर मनाइदैं

    काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ ।

    येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

    ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

  • मधेष प्रदेशमा आज बिदा, राम जानकी विवाह महोत्सव मनाइंदै

    मधेष प्रदेशमा आज बिदा, राम जानकी विवाह महोत्सव मनाइंदै

    काठमाडौं । आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।

    मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।

    आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ । राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

    स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ । यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ । राम र जानकीको डोल निस्केपछि अवलोकन तथा दर्शन गर्न श्रद्धालुझजनहरुको घुइँचो लाग्ने गर्दछ । स्वयम्बर र बिवाह हेर्न श्रद्धालु भक्तजनले जनकपरधाम खचाखच भरिएको छ । अझ पनि श्रद्धालु भक्तजन आउने क्रम जारी रहेको छ ।

    सप्ताहाव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो पाँचौ दिन राम र जाजकीको मटकर सम्पन्न भएको थियो । त्यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ । आज छैटौं दिन रामाजानकीको विवाह पश्चात भोलि सोमबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने छ ।

    रामकलेवामा जन्तीका रुपमा आएका श्रद्धालु भक्तजनलाई मिष्टान मिथिला भोजन गराई दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन छ । विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु भक्तजनहरु विभिन्न स्थानहरुमा हुने संस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कलासंस्कृतिहरुको झझल्को यस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरुलाई, राम, सीता, लक्ष्मण बनाएर नाटक प्रदर्शन, नाचागान, भजनकीर्तन, झाँकी र भगवानको रुपमा पूजाआजा समेत गरिन्छ । यसलै श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् । यता विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा २०८० को क्यालेन्डरमा छुट्याएको छ । जुन राजपत्रमा समेत प्रकाशित छ ।

  • विवाह बन्धनमा बाँधिइन् पूर्वमिस नेपाल श्रृंखला

    विवाह बन्धनमा बाँधिइन् पूर्वमिस नेपाल श्रृंखला

    काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । बिहीवार सञ्चार उद्यमी सम्भव सिरोहियासँग वैवाहिक जीवनमा बाँधिएकी छन् ।

    विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि साथीभाइ सहभागी छन् । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

  • मेनुका पौडेललाई भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

    मेनुका पौडेललाई भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

    काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का लागि गीत गाउने मौका पाएको जानकारी दिइएको हो ।

    ‘सालार’ सिनेमाका लागि गीत गाउने मौका पाउनु आफ्ना लागि जिन्दगीकै टर्निङ पोइन्ट भएको उनले बताएकी छन् । उनको यो पहिलो प्लेब्याक सिङगिङ हो ।

    जज श्रेया घोषालले मेनुकालाई बधाई दिँदै केजीएफ निर्माता कम्पनीको नयाँ फिल्म सालार ठूलो प्रोजेक्ट रहेको र यसमा गाउन पाउनु खुशिको कुरा भएको बताएकी छन् । उनले संगीतकार बसरु अब्बल संगीतकार भएको पनि बताएकी छन् ।

    यो जानकारी गराएपछि मेनुकाको सम्मानमा इन्डियन आइडलको स्टेजमा निर्णायकले उठेर सम्मान गरेका थिए ।

  • चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

    चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

    काठमाडौं । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

    हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार लामो समयदेखि रोकिएको महोत्सव यसपटकदेखि नयाँ ढङ्गले गर्न लागिएको छ । महोत्सवका लागि सरोकारवालासँग छलफल सुरु गरिएको छ । हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरेर अघिल्ला महोत्सवभन्दा यसपटक फरक बनाउन खोजिएको उनले बताए । पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यस वर्ष त्यस्ता गतिविधि नगर्ने उनको भनाइ छ ।

    यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने योजनामा आयोजक रहेको क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार गरिनेछ । हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता भएको भन्दै उनले हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङ्कन गरी हात्तीलाई सुन्दरीको उपाधि दिइनेछ । महोत्सवमा हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइनेछ ।

    यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । यहात्तीको संरक्षण प्राथमिकतामा राखिएको भन्दै उनले हात्तीको स्याहार, स्वास्थ्यसहितको कार्यक्रम अहिलेको मुख्य आकर्षण हुने बताए ।

    यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतका अवलोकन गर्ने बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

    यहाँ आउने पर्यटकलाई नयाँ स्वादको मनोरञ्जन प्रदान गर्न हात्ती महोत्सव गरिँदै आएको सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिने महोत्सवले स्वदेशीसँगै विदेशी पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ ।

  • बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने हललाई कारबाही

    बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने हललाई कारबाही

    काठमाडौं । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौंको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।

    प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६ बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी सो हलमा तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको हो।

    हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो।

    सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ। यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ।

    बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गरेको छ।

  • ११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक

    ११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक

    काठमाडौं । नेपालमा सन् २०२३ को ९ महिनाको अवधिमा पर्यटक आगमन ९ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा कुल ९ लाख १८ हजार ३०८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    पछिल्लो दुई महिनायता मासिक १ लाख भन्दा माथि पर्यटक आगमन हुँदा समग्र आगमन संख्यामा उत्साहजनक वृद्धि भएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नोभेम्बरमा मात्र १ लाख ८ हजार ६३० जना पर्यटकले नेपाल भ्रमण गरे । यसअघि अक्टोवर महिनामा १ लाख १७ हजार ३०६ जनाले नेपाल भ्रमण गरेका थिए ।


    नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर २०२३ मा सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट एक महिनामा २४ हजार ४४३ जनाले नेपाल भ्रमण गरेका छन् । दोस्रो स्थानमा अमेरिकी पर्यटक छन् । अमेरिकी पर्यटकको संख्या ११ हजार ४६१ जना रहेको छ । तेस्रो स्थानमा चिनियाँ नागरिक छन् । उनीहरुको संख्या ७ हजार ६०१ जना रहेको छ ।

    यस्तै बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार ९६२, बंगलादेशबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलंकाबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । पछिल्लो तथ्यांकले सो लक्ष्य भेट्ने आंकलन गरिएको छ ।

  • इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    काठमाडौं । इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मङ्सिर १२ देखि अष्ट्रेलियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेटस् सेभ द प्लानेट इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो ।

    भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, ‘आर्टिफिसियल इन्टलिजेन्स’ का कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको छ । इन्टरपोल प्रेसिडेन्ट मेजर जनरल डा। अहमेद नाजिर एएल–आरएआइएसआइ बाट नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त भएको छ ।

    इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरद्वारा ‘हाउ डु यु इन्भाइजेज इन्टरपोल कनेक्टिङ एण्ड इम्पावरिङ ग्लोबल ल इन्फोर्समेन्ट फर अ सेफर वर्ल्ड इन २०३०’ विषयमा आधारित रही उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूलाई आह्वान गरिएको थियो । उक्त महासभामा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।

  • हङकङ फिल्म फेस्टिवलका लागि नेपाली फिल्म ‘बोजु’ छनोट

    हङकङ फिल्म फेस्टिवलका लागि नेपाली फिल्म ‘बोजु’ छनोट

    काठमाडौं । हङकङका नेपाली युवाले बनाएको फिल्म बोजू हङकङकै फिल्म फेस्टिभल अल अबाउट अस फिल्म फेस्टिभल २०२३ मा छनौट भएको छ । फिरेन्स राईको निर्देशनमा बनेको यो फिल्ममा अंग्रेजी र नेपाली भाषाको प्रयोग गरिएको छ । फिल्ममा नाती र हजुरआमा (बोजू)को सम्बन्धलाई प्रस्तुत गरिएको छ । यो फिल्म निर्माणमा कलाकार विपिन कर्माले मेन्टरिङ गरेका हुन् ।

    निर्देशनमा आफूलाई तयार गर्दै आइरहेका विपिन नेटफ्लिक्समा प्रदर्शनमा आएको ह्यान्ड रोल्ड सिगरेटका कलाकारसमेत हुन् । हङकङका चर्चित कलाकार गोर्डेन ल्यामसँगै प्रमुख भूमिकामा अभिनय गरेपछि हङकङ निवासी नेपालीबिच विपिन चर्चामा आएका हुन् । विपिन संलग्न यही फिल्म अल अबाउट अस फिल्म फेस्टिभल २०२३को ओपनिङ फिल्म पनि हो ।

  • जहाज चार्टर्ड गरी चीनबाट १ सय भन्दा बढी खेलाडी पोखरा आउँदै

    जहाज चार्टर्ड गरी चीनबाट १ सय भन्दा बढी खेलाडी पोखरा आउँदै

    काठमाडौं । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।

    उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवतरण गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरू चिनियाँ सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् । प्रतियोगितामा नेपाल र चीनका १०–१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने छन् ।
    यसअघि सन् २०१९ मा पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता आयोजना हुन सकेको थिएन । प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता पातले छाँगो हुँदै विश्व शान्ति स्तूप पुगेर फेवातालमा बोटिङ गरी व्यक्तिगत दौड पूरा गर्नुपर्नेछ भने आम नागरिक र विद्यार्थीका लागि पाँच–पाँच किलोमिटरका दौड प्रतियोगिता आयोजना गरिनेछ ।

    नेपाली र चिनियाँ धावकबिच हुने प्रतियोगिताका प्रथम हुने टोलीले रु. तीन लाख ३० हजार, दोस्रो हुनेले रु. दुई लाख ८८ हजार, तेस्रो हुनेले रु दुई लाख १६ हजार, चौथो हुनेले रु. एक लाख ४४ हजार र पाँचौँ हुनेले रु. ९० हजार पुरस्कार पाउनेछन् । व्यक्ति स्पर्धातर्फ प्रथम हुनेले रु एक लाख ४४ हजार, दोस्रो हुनेले रु. एक लाख आठ हजार, तेस्रो हुनेले रु. ५४ हजार नगद प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ चौथोदेखि अन्तिम स्थानमा आउने र विद्यार्थीको दौडमा भाग लिने सबैलाई नगद पुरस्कारको व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

    प्रतियोगिता सञ्चालनका लागि २२ वटा उपसमिति गठन गरिएको छ । यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी पोखरा आएका थिए । रासस