Category: मनोरञ्जन

  • श्रेया कार्कीलाई चाहियो बुझक्की केटा 

    श्रेया कार्कीलाई चाहियो बुझक्की केटा 

    नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पुस्ताकी नायिका श्रेया कार्की चर्चामा छन् । चलचित्र बागमतीबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी कार्कीले आफूलाई नेपालकै स्थापित नायिका बनाउने उद्देश्य राखेकी छन् । काठमाडौंको बौद्धकी श्रेयाले चलचित्रमा भन्दापनि म्युजिक भिडियोमा आफूलाई स्थापित भएकी छन् । उनले झण्डै ४० म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । मिस टिन २०१३ मा भाग लिएपछि उनले मोडलिङ र चलचित्र क्षेत्रलाई आफ्नो मार्गदर्शक क्षेत्रका रुपमा स्थापित गरिन । पहिलो पटक १० हजारमा अभिनय गरेकी उनले म्युजिक भिडियोबाट राम्रो आम्दानी गरिरहेको बताउँछिन् । पछिल्लो समय फिटनेसमा पनि ध्यान दिन थालेको उनको भनाई छ । आफू हट देखिनका लागि वान पिस लगाउने उनले जानकारी दिएकी छन् । उनले जसरी हुन्छ नाम र दाम कमाउने बताउने गरेकी छन् । तर अहिलेसम्म भने प्रेम सम्बन्धमा नपरेकी कार्कीले बुझक्की केटा खोजिरहेकी छन् । उनलाई अभिनेता प्रदीप खड्का निक्कै मन पर्छ ।

  • सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान

    सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान

    काठमाडौं । नेपालका प्रितम आचार्य भारतीय चर्चित रियालीटी शो सारेगमपको तेस्रो स्थान जित्न सफल भएका छन् । जी टीभिबाट प्रसारण हुने यो कार्यक्रमको फाइनल प्रतिस्पर्धामा उनी तेस्रो भएका हुन् ।

    अर्को नेपाली बालक आयुष केसीलाई चौथो स्थान प्राप्त भयो । यस कार्यक्रकको फाइनलमा ६ जना प्रतिस्पर्धी थिए । सुनसरीको इटहरी उपमहानगरपालिका प्रितमले यस प्रतियोगिताको शुरु देखि नै आफूलाई दावेदारका रुपमा खडा गरेका थिए ।

    सन् २००६ बाट शुरु भएको यो कार्यक्रम भारतको लोकप्रिय रियालिटी शो भित्र पर्छ । यस शोमा ५ देखि १४ वर्षसम्मका बालबालिकाले भाग लिन पाउने प्रावधान रहेको छ । यस सिजनमा गायकहरू शान, अमाल मलिकका साथै रिचा शर्मा जजको भूमिकामा थिए ।

    एघार वर्षीय प्रितम इटहरीस्थित विश्व आदर्श स्कुलमा कक्षा ६ मा पढ्छन्। भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा कक्षा ७ पढ्ने आयुस वर्ष १२ का हुन् । आयुस र प्रितम नेपालबाट पहिलो चरणको अडिसन बीना नै छानिएका प्रतिभा हुन् ।

    जिटिभीले सुरशाला एकेडेमीमार्फत् आयुस र प्रितमले गाएका गीतका भिडियो हेरेर उनीहरूलाई सोझै दोस्रो चरणका लागि दिल्ली बोलाएको थियो। दिल्लीमा आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिकाले अडिसन दिएका थिए।

  • नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

    नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

    काठमाडौं । 

    नेपाली चलचित्र कलाकारहरूको छाता संगठन चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्की प्रत्याशी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् ।

    भर्खरै प्राप्त नतिजा अनुसार उपाध्यक्षमा रेजिना उप्रेती, महासचिब सानु ताम्राकार, कोषाध्यक्ष सुनिल कटवाल बिजयी भएका छन् । संघको निर्वाचन शनिबार भएको थियो । यस पटक महिला नेतृत्व चयन गर्ने भनेर तीब्र प्रचार भएपनि अन्त्यमा पुरूषले नै बाजी मारेका हुन् ।

  • रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

    रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

    काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानको विषयमा भएको विवाद र त्यसपछि आफूहरुले दिएको प्रतिक्रियाप्रति माफी मागेका छन् ।

    क्रिकेट मैदानको बारमा स्थानीयले डोजर लगाएपछि विवाद उत्पन्न भएको थियो । त्यसक्रममा कुन्जना घिमिरे (सुन्तली)ले स्थानीयप्रति दिएको अभिव्यक्तिको सामाजिक संजालमा व्यापक विरोध भएको थियो ।

    धुर्मुसले आइतबार आधिकारिक फेसबुक पेजमा सार्वजनिक अपिल राख्दै अज्ञानतावश भएको भूलप्रति क्षमा मागेका हुन् ।

    रंगशालाले घेरेको क्षेत्रमा लगाइएको छेकबार स्थानीयले डोर लगाएर भत्काएपछि विवाद शुरु भएको थियो । अहिले भने स्थानीयले समेत क्षमायाचनासहित सहमति गरिसकेपछि आयोजना पुनः अगाडी बढेको छ ।

    धुर्मुसका अनुसार रंगशालाको डीपीआर नआइसकेको अवस्थामा पनि अहिले निर्माण सामग्रीको जोहो गर्न थालिएको छ ।

    बन्दै गरेका संरचना तथा निर्माण सामग्रीको सुरक्षाका लागि रंगशाला निर्माण स्थलको तीन तर्फ छेकबार गरिएको र एकतर्फ स्थानीयकै भावनालाई मध्यनजर गरी छेकबार नगरिएको धुर्मुसले उल्लेख गरेका छन् ।

    यस्तो छ धुर्मुसले सार्वजनिक गरेको अपिल

    नमस्कार, जे नहुनु थियो, त्यो भयो । यो समयमा हामीलाई साथ दिने, सहयोग गर्नुहुने, सहानुभूति प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पूर्ण अग्रज ब्यक्तित्वहरु, सहयोगी मनहरु सहित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा नेपालीभाषीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छौं ।
    धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भई भरतपुरको चितवनमा निमार्णाधीन अवस्थामा रहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार साथै ती समाचारमाथिका क्रिया प्रतिक्रियाका बारेमा ध्यानाकर्षण गराउन चाहन्छौं । केही व्यक्तिहरूको अगुवाइमा रंगशालाको घेराबारामा डोजर लगाई गरिएको भौतिक क्षतिप्रति हामी पुनः दुःख व्यक्त गर्दछौँ ।
    रंगशालाको डीपीआर आइनसकेको अवस्थामा निर्माण सामग्री सुरक्षा तथा ग्राउण्डको काम साथै केही भौतिक संरचना बनिरहेको अवस्थामा निर्माण स्थल सुरक्षाका लागि ४ महिना अगाडि नै तीनतिर जस्ताले बेरबार गरे पनि सो साइडतिर स्थानीयकै भावनालाई नै मध्यनजर राखेर बेरबार हुन सकिरहेको थिएन । र निर्माण स्थलमा भएका सामाग्रीको सुरक्षाका लागि स्थानीय टोल विकास संस्थाका अगुवा ब्यक्तिहरुको सल्लाह अनुसार र सहमतिअनुसार नै घेराबारा गरिएको थियो । र स्मरण गराउन चाहन्छौं, कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो ठाउँमा पहिलेनै काँडेतारको बार लगाएको थियो ।
    सो भन्दा १ मिटरभित्रबाटै हामीले महानगर र वडालाई समेत जानकारी गराई र महानगरपालिकाले डीपीआर आइसकेपछि मात्रै कुन बाटो फराकिलो बनाउने, कुन बाटो प्रयोगमा ल्याउने निर्णय गरिनेछ र निर्माणस्थल सुरक्षित राख्न, अगाडि बढ्न पत्राचार गरेकै आधारमा स्थानीयको सल्लाह बमोजिम नै जस्ताको बार लगाउन सुरु गरेका थियौं ।
    बारको छेउमा कुनै चल्तीको बाटो पनि नरहेको र महानगरपालिका र वडाले यति मिटर बाटो हुनुपर्ने भनेर कुनै पनि निर्देशन नगरिरहेको अवस्थामा भ्रममा परी केही व्यक्तिले उचालेको कारणले जुन क्षति पुग्न गएको छ त्यसप्रति हामी अत्यन्त दुखी भएका छौँ । देश विदेशमा बसेर अघाउँजी नखाइ पसिना बगाइरहेका श्रमशील दाताबाट प्राप्त रकमले निर्माण गरिएको उक्त भौतिक संरचनामा प्रहार गर्दा आज कसैको जीत नभएको र दाताको पसिनाको अपमान भएको हामीले महसुस गरेका छौँ । खेलप्रेमी व्यक्ति एवम् खेलाडीहरूका मनमा चोट लागेको कुरा अनुभव गरेका छौँ ।
    हाम्रो कसैप्रति कुनै पूर्वाग्रह पनि छैन र रहने पनि छैन । मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ । अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोशित हुनु स्वभाविक हुन्छ ।
    हामीले आक्रोशमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथि ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो । स्थानीय प्रति हाम्रो केही गुनासो छैन । साथै काम गर्दै जाने क्रममा हामीबाट पनि कुनै त्रुटि भएका हुन सक्छन् । उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ । अज्ञानतावश भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौँ । मानिस हरेकको विचार भिन्न रहने भएकाले हामीसँग कसैको फरक मत पनि हुन सक्छ ।
    हामी त्यसको पनि सम्मान गर्दछौँ । कुनै विमति भए वार्ता र छलफलबाट निराकरण गर्न सकिन्छ । विध्वंस कुनै पनि कुराको निकास हैन हामी यसमा विस्वस्त छौँ । विनास र विध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउन अनुरोध पनि गर्दछौं ।
    हामीले निजी स्वार्थ राखेर यो काम गरेका हैनौ । यदि कसैमा यसको बुझाइ फरक परेको भए यो देशको गौरव र धेरै नेपालीको भविष्यसँग गाँसिएको विषय हो भन्ने कुरा बुझाउन चाहन्छौँ ।
    हामीले त्यति धेरै गरीवका घर, पीडितका बस्ती बनाईरहँदा केही भूमिहीनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियन्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् । कसैको घर जग्गा बाटोमा जान्थ्यो भने पहिलो आवाज उठाउने ब्यक्तिनै हामी हुन्थ्यौं ।
    सो ठाउँमा रङ्गशालाकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था पनि छैन । र हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौं । काममा बाधा व्यवधान नआउने हो भने हामी भनेकै मितिमा पूरा गर्न सक्नेछौं । ज्ञानबस वा अज्ञानतावश जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन अनुरोध गर्दछौं । रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका हामी सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलागीदिन हामी सबैमा आग्रह गर्दछौं ।
    अन्त्यमा, जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ ।
    साथै स्थानीय महानुभावहरुले हामीलाई बार लगाइदिने र काम सुचारु गर्न वातावरण तयार गर्ने प्रतिबद्धता जनाइसक्नु भएकाले गर्दा स्थानीय महानुभावहरु, भरतपुर महानगरपालिका साथै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल बातावरण सिर्जना गरिदिनुहुन अनुरोध गर्दछौं । सो भएमा हामी चाँडै पहिले जस्तै काममा फर्किने पनि जानकारी गराउन चाहन्छौं ।

  • बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन

    बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन

    बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ।
    बलिउडका चर्चित सिनेमाहरु रोटी कपडा और मकान, मिस्टर नटवरलाल, फुल और काँटे लगायत कयौं फिल्ममा एक्सन डाईरेक्सन गरेका वीरु देवगन बलिउड उद्योगका एक चर्चित हस्ती थिए। सोमबार ७७ वर्षको उमेरमा वीरुको निधन भएको हो।

    उनको निधनमा सम्पुर्ण भारती लगायत सिनेक्षेत्रमा सरोकार राख्ने सबैवे शोक मनाएका छन्। चर्चित कलाकारहरुले वीरुको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    सोमबार साँझ वीरुको अन्तिम संस्कार गरिने जनाइएको छ।
    एजेन्सी

  • प्रेमको कुरा लुकाउँदै नायिका एलिशा राई

    प्रेमको कुरा लुकाउँदै नायिका एलिशा राई

    काठमाडौ
    नेपाली चलचित्र क्षेत्रमा चर्चाकी नायिकामा पर्छिन् एलिशा राई । पछिल्लो समय उनको चर्चा ‘यो कुरा गोप्य’ नामक गीतमा अभिनय पछि, भइरहेको छ । यो गीत डान्सिङ बिटमा तयार गरिएको छ । गीतमा एलिशालाई उनका प्रेमीले मायाप्रेमको कुरा गोप्य राख्न आग्रह गरेका छन् । तर, उनी वास्तविक प्रेमी भने होइनन् ।
    नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री र मोडल हुन् एलिशा राई । चलचित्र लुट–२ मा उनको नृत्यले उनलाई चर्चाको शिखरमा पु¥याएको छ । त्यसो त उनलाई राई भाषाको चलचित्र बिनायोले यो स्थानसम्म ल्याएको हो । उनले धेरै सानो पर्दामा अभिनयसमेत गरेकी छन् । लुट–२ को ठमेल बजार गीतबाट एकाएक चर्चामा आएकी उनी अहिले पनि अभिनयमा व्यस्त छन् । काठमाडौं, कपनकी स्थायी बासिन्दा एलिसा अविवाहित हुन् । शारीरिक रूपमा फिट, सामान्य पहिरन लगाउने खालको केटा उनलाई मन पर्छ ।

  • मोडल मेचु धिमाललाई मसरुम चिल्ली

    मोडल मेचु धिमाललाई मसरुम चिल्ली

    काठमाडौ
    नेपाली सांगीतिक क्षेत्रमा चर्चाको नाम हो– रबिना धिमाल अर्थात् मेचु धिमाल । सन् १९९४ अगष्ट २८ मा मोरङको उर्लाबारीमा जन्मिएकी एक मोडल तथा गायिकाका रुपमा उनी परिचित छन् । भेजेटेरियन मेचुले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । खानामा दालभात मन पराउने उनका लागि मसरुम चिल्ली सबैभन्दा मनपर्ने परिकार हो ।
    पाँच फिट एक इन्च उचाइ भएकी मेचुले आफू प्रेम सम्बन्धमा नभएको बताएकी छन् । २०६८ सालमा चलचित्र भूमिरक्षकको गीतबाट आफ्नो सांगीतिक यात्रा थालेकी धिमाल मोडलिङमा पनि उत्तिकै जमेकी छन् । आफ्नै दुई गीतमा मोडलिङ गरेपछि उनी एकाएक चर्चामा छन् । नियमित योगा र डान्स गर्ने उनी कहिलेकाँही कराँतेका लागि पनि समय छुट्याउँछिन् । प्रेमका लागि अफर आए पनि अहिले प्राथमिकतामा नपरेको उनको भनाइ छ । आफूभन्दा पाँच–छ वर्ष जेठो केटासँग विवाह गर्ने उनको योजना रहेको छ ।

  • निर्देशक बन्ने स्वस्तिमाको चाहना

    निर्देशक बन्ने स्वस्तिमाको चाहना

    काठमाडौ
    नेपाली चलचित्र क्षेत्रमा नायिका स्वस्तिमा खड्का चर्चित नाम हो । उनीद्वारा अभिनित चलचित्रले निकै चर्चा बटुलेका छन् । त्यसैले उनलाई सफल नायिकाका रुपमा लिने पनि गरिन्छ । चर्चाकी नायिका भएकाले विज्ञापन, चलचित्र र अन्य साना पर्दामा समेत उनको माग बढेको छ । इन्जिनियरिङ क्षेत्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी उनी चर्चाको शिखरमा पुगेकी हुन् ।
    विभिन्न चलचित्रमा फरक–फरक भूमिकामा आफूलाई उपस्थित गराउँदा आफैंलाई मज्जा लागेको उनले बताएकी छन् । चलचित्र क्षेत्रमा व्यावसायिक रुपले लागेर निर्देशक बन्ने उनको धोको छ । चलचित्र क्षेत्रमा करियर बनाउने क्रममा उनले नायक निश्चल बस्नेतसँग विवाहसमेत गरिन् । चलचित्र जीवन साथीबाट उनी नेपाली चलचित्र नगरीमा प्रवेश गरेकी हुन् ।

  • छोटो पहिरन मन पर्छ : सुरजनी केसी

    छोटो पहिरन मन पर्छ : सुरजनी केसी

    काठमाडौ
    नेपाली चलचित्र नगरीमा नायिका सुरजनी केसीको चर्चा–परिचर्चा बाक्लिएको छ । चलचित्र पसिनाको प्रचारप्रसारमा जुटेकी नायिका केसीले चलचित्रलाई आफ्नो महत्वाकांक्षी चलचित्र भनेकी छन् । हट एण्ड बोल्ड भएर हिँड्न रुचाउने उनी भिजे हुँदै ठूलो पर्दामा आइपुगेकी हुन् । कसैले उनलाई हट एण्ड बोल्ड भनिदियो भने खुसी हुन्छिन् ।
    फिटनेसमा ध्यान दिने केसीले गर्मी महिना शुरु भएपछि पौडी खेल्न थालेकी छन् । जिम पनि सकभर छुटाउँदिनन् । उनलाई छोटो लुगा मन पर्छ । हट एण्ड बोल्ड देखिन उनले फ्रक, वान पिस, स्कर्ट लगाउने बताइन् । प्रेमका लागि स्पेसल व्यक्ति नभएको बताउने केसीलाई प्रेमका अफर भने पहिलेदेखि लगातार आएका छन् । तर, अहिले करियर बनाउने उनको योजना छ । त्यसैले प्रेमका अफरलाई उनले खासै महत्व दिएकी छैनन् ।