Category: मनोरञ्जन

  • मिस युनिभर्सको उपाधि निकारागुआलाई, नेपाल अन्तिम २० मा

    मिस युनिभर्सको उपाधि निकारागुआलाई, नेपाल अन्तिम २० मा

    एजेन्सी । मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्।

    एल-साल्भाडोरमा आयोजित भएको कार्यक्रममा ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ुमिस युनिभर्सु को उपाधि जितेकी हुन्। दक्षिण अमेरिकी मुलुकका लागि मिस युनिभर्स टाइटल पहिलोपटक हो । थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भइन् ।

    नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका ग्यारेटउत्कृष्ट २० मा पुगेर बाहिरिएकी छन्। उनले ‘प्लस साइज मोडल’ को रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी थिइन्।

  • छठको आज दोस्रो दिन, खरना मनाइदै

    छठको आज दोस्रो दिन, खरना मनाइदै


    काठमाडौं । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

    दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।

    सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन्।

    तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ ।

    छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ ।

    यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ 

    अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

  • छठ पर्व आजबाट शुरु

    छठ पर्व आजबाट शुरु

    काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

    पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्दछन् ।

    तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

    छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ ।
    अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

    तराई मधेशपासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा व्यस्त छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ ।

    छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाइएको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाइएको छ ।

    अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वका सुमधुर गीत र भजनले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।

    छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

  • राष्ट्रपतिले दुई बहिनीको हातबाट टीका थाप्दै

    राष्ट्रपतिले दुई बहिनीको हातबाट टीका थाप्दै


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने भएका छन् ।

    राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरूको हातबाट टीका र आर्शिवाद लिलिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।

    भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

  • आज भाइटिका, उत्तम साइत कुन?

    आज भाइटिका, उत्तम साइत कुन?


    काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

    टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

    भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।

  • वर्षमा एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर आज दिनभर खुल्ने

    वर्षमा एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर आज दिनभर खुल्ने


    काठमाडौं । वर्षको एक दिन भाइटीकामा मात्र खुला हुने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बिहानै बेलुकीसम्मै खुल्ला हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    दाजुभाइ–दिदीबहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

    २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ ।

    दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम छ ।

  • नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै

    नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै

    काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

    ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।

    विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

    विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिकक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

    आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म ९म्हः० पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ ।

    भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो । देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दैछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ ।

  • आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै

    आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।

    गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौं बलि राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।

    वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार वा अपभ्रंश भई हल तिहार पनि भनिन्छ ।

  • काठमाडौंका चुचुरोलाई एक फन्को मार्दै पुरा भयो ‘मन्जुश्री ट्रेल’

    काठमाडौंका चुचुरोलाई एक फन्को मार्दै पुरा भयो ‘मन्जुश्री ट्रेल’

    काठमाडौं । काठमाडौंलाई एक फन्को मार्दै पुरुष तर्फ रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र महिला तर्फ अनिता राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा १७० किलोमिटर पार गर्दै मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करणको उपाधी जित्न सफल भएका छन्। अल्ट्रा ट्रेल रेसमा ३ वर्षदेखि रुचि राख्दै आएका रमेश लिम्बू यस किसिमको रेसमा भने पहिलोपटक सहभागी भएको बताउँछन्। पहिले घरबाट स्कुल जाँदा ताप्लेजुङमा करिब एक घण्टाको बाटो दौडने गरेको बानी नै आफ्नो दौडको आधार भएको लिम्बुले बताए।

    विजेता लिम्बू र राईले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने ुअल्ट्रा टुर मोन्टा रोसुमा सहभागी हुनेछन्। सो अवसरमा उनीहरूको आर्थिक लगायत यात्रा व्यवस्थापनमा मञ्जुश्री ट्रेल रेसले सम्योजन गर्नेछ।

    शुक्रबार बिहान ६ बजे काठमाडौंको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट १७० किलोमिटर दौड सुरू भएको थियो। यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाई छ।

    ट्रेल रेसमा दौडने क्रममा प्रतियोगीहरूले फूल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भस्मासुर र चन्द्रागिरी लगायतका पहाडहरू चढ्ने, झर्ने गर्नुपर्थ्यो। सो क्रममा उनीहरूले ती सबै पहाड गरी कुल ९८०० मिटरको उचाइ लिएका थिए।

    मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीको लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता पनि समावेश थिए। सबै दौडहरू दह चोक स्थित कालु पाँडे डाँडामै पुगेर सकिएका थिए।

    ९२ किलोमिटर रेस २० घण्टा १३ मिनेट ३ सेकेन्डमा पार गर्दै पुरुष तर्फ बिक्रम थामी विजेता बने। महिला सहभागी कसैले पनि ९२ किलोमिटर रेस पूरा नगरेकाले सो विधामा महिलातर्फ विजेता बनेनन्। ५४ किलोमिटर रेस ८ घण्टा ३३ मिनेट १९ सेकेन्डमा पार गर्दै पुरुष तर्फ बिकल्प पोख्रेल र महिला तर्फ ८ घण्टा ३६ मिनेट ३ सेकेन्डमा पार गर्दै मन्जु रावत प्रथम भएका छन्।

    यस्तै २४ किलोमिटर रेस ३ घण्टा ५ सेकेन्डमा पार गर्दै पुरुष तर्फ श्याम मग्राती र महिला तर्फ ३ घण्टा ३९ मिनेट ९ सेकेन्डमा पार गर्दै प्रिया राई प्रथम हुन सफल भएका छन्। विजेताले प्रमाणपत्र र ुएड्भेन्चर गियरु लगायतका पुरस्कार प्राप्त गरेका छन्।

    प्रतियोगिताका चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी थिए। जसमध्ये ६९ जना पुरुष र १९ जना महिला रहेको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए।

    विभिन्न देशबाट यो कार्यक्रमकै लागि भनेर सहभागी आउनुले नेपालको ट्रेल रेस अन्तराष्ट्रिय जगतमा परिचित हुँदै गएको र राम्रो सम्भावना भएको पुष्टि गरेको आयोजक बताउँछन्।

    पर्वतीय पर्यटन व्यवसायमा आवद्ध बेलायती नागरिक रोल्याण्ड हुन्टेर भन्छन् , गाह्रो होला तर यो ट्रेल निकै उत्कृष्ट छ। युरोपका विभिन्न ट्रेल दौडिसकेको छु तर यो ट्रेल निकै राम्रो लाग्यो।

    हुन्टेर १७० किलोमिटर दौडमा दोस्रो भएका सहभागी हुन् ।

    ट्रेल रेसका लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य हो, यसको अझै प्रचार र व्यवस्थापन हुन सके ट्रेल रेसको हबका रूपमा नेपाललाई विकास गर्न सकिन्छ, अन्तराष्ट्रिय क्षेत्रमा ट्रेल रेसको क्षेत्रमा लागि परेका जिम्मी ओस्त्रोमले भने।

    उनी थप्छन्, १७० किलोमिटर दौडदा ९० प्रतिशत भन्दा भढी भागमा मानव निर्मित संरचना भेटिँदैन। राजधानी नजिक भएर पनि यसरी कृत्रिम संरचना रहित भएर प्रकृतिको काखमा रमाउन पाउनुमा बेग्लै आनन्द छ।

    ुनेपालमा प्रचुर सम्भावना भएर पनि ट्रेल रेसको कल्चर भने विस्तारै विकास हुँदै गइरहेको छ, रेस व्यवस्थापक महेश दाहाल भन्छन्, यस किसिमको प्रतियोगिताले नेपालमा रेस कल्चरको विकास गर्न र नेपाली धावकहरूलाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्ठित ट्रेल रेसमा प्रतिष्पर्धा गर्नका लागि योग्य बन्न अभिप्रेरित गर्छ।

    विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए। त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रुट छिचोले। जिमि ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रूटहरू सहित नक्साङ्कन गरेका थिए। विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रूट पूर्णरूपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो।

    फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

  • तिहारको तेस्रो दिन आज गाई पूजा

    तिहारको तेस्रो दिन आज गाई पूजा

    काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ ।

    गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।


    आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । रासस

  • आज लक्ष्मी पूजा, कुकुर तिहार समेत मनाइंदै

    आज लक्ष्मी पूजा, कुकुर तिहार समेत मनाइंदै

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।


    आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

    दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

    लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।

    आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।

    प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

  • काठमाडौंमा चार स्थानमा फूलमाला बिक्रि गर्न महानगरले तोक्यो स्थल

    काठमाडौंमा चार स्थानमा फूलमाला बिक्रि गर्न महानगरले तोक्यो स्थल

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानलाई बिक्रीस्थल तोकेको छ । तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगरका मेयर बालेनले जानकारी दिएका छन् ।

    नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उनले बताए । यी चार स्थानमा फूल बेच्न बस्नेलाई महानगरपालिकाले अवरोध नगर्ने मेयर बालेन शाहले बताएका छन् । ‘नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ’, उनले फूल बिक्री गर्ने स्थान तोक्नुको प्रयोजनबारे फेसबुकमा लेखेका छन् ।

    नेपाल फ्लोरिकल्चर एशोसिएनका अध्यक्ष मीनबहादुर तामाङले अघिल्ला वर्षको तुलनामा यस वर्ष करिब दुई सय बिघा बढी जग्गामा फूलखेती वृद्धि भएकाले नेपाली बजारमा स्वदेशी उत्पादनले धान्ने बताए । ‘स्वदेशी फूल र माला मात्रै प्रयोग गर्ने भनिए पनि अहिलेसम्म करिब तीन लाख किलोभन्दा बढी फूल भित्रिएको तथ्याङ्क छ’, उनले भने ।

    विगतका वर्षमा प्रमुख चाडमा ९० प्रतिशत फूल भारतसँग निर्भर रहने गरेकामा केही वर्षयता नेपाली फूलले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको उनले बताए । भारतीय फूलको माला सुतलीमा उनिएको हुन्छ भने नेपाली फूलको माला सेतो धागोबाट तयार हुने भएकाले सहजै चिन्न सकिने व्यवसायीको भनाइ छ ।

    नेपाल चेम्बर्स अफ कमर्श काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले फूलैफूलको पर्व तिहारमा उपभोक्तालाई मनासिव मूल्यमा नेपाली उत्पादन पुर्‍याउने र क्रमशः आत्मनिर्भर हुने प्रयासमा सहयोग पुर्‍याउन आह्वान गरे ।

    ‘स्वदेशी ताजा र सुगन्धित फूल र माला चढाएर लक्ष्मी खुसी पार्नुस्, दाजु र भाइलाई पूजा गर्नुस् । सहजरुपमा गुणस्तरीय नेपाली फूलमा किनेर किसानलाई समर्थन र सहयोग गर्नुपर्छ’, उनले भने । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेकामा सयपत्रीको ३५ लाख थान तथा बाँकी गोदावरी, मखमलीलगायत फूलको माला बिक्री हुने गरेको छ । तिहारमा मात्रै करिब ३५ करोड रुपैयाँको फूलको कारोबार हुने अनुमान छ ।

  • सुरु भयो यमपञ्चक, आज कागतिहार

    सुरु भयो यमपञ्चक, आज कागतिहार

    काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

    कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो,’उनले भने । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी ९धनतेरस० पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ ।

    तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

    कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

    गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

    कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०ः५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ।

    भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ ।

    बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन । रासस

  • काठमाडौंका चुचुरो समटिएको १७० किलोमिटर लामो मन्जुश्री ट्रेल रेस हुँदै

    काठमाडौंका चुचुरो समटिएको १७० किलोमिटर लामो मन्जुश्री ट्रेल रेस हुँदै

    काठमाडौं । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस आयोजना हुने भएको छ । रेस २४–२६ कात्तिकसम्म आयोजना हुने भएको आयोजकले जनाएको छ । ७ वर्ष अघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो । २४ कात्तिकका दिन बिहान ६ बजे काठमाडौंको दहचोकबाट १७० किलोमिटर दौड सुरू हुनेछ ।

    यो लम्बाइको ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाइ छ । मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीका लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता हुनेछ । सबै दौडहरू दह चोकस्थित कालु पाण्डे स्मारकमा पुगेर सकिनेछन् ।

    गैरनाफामूलक संस्था ’मञ्जुश्री ट्रेल रेस’ले ट्रेलमाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए । कार्यक्रमको व्यवस्थापनमा आयोजक समितिका पदाधिकारी सहित ५० जना स्वयंसेवक खटिने छन् ।
    आयोजकका अनुसार १७० किलोमिटरको दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्वीट्जरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रोस ९यूटीएमआर०’ मा सहभागी हुने अवसर पाउनेछन् । सो अवसरमा उनीहरूको अर्थिक लगायत सम्पूर्ण व्यवस्थापनको संयोजन मञ्जुश्री ट्रेल रेसले गर्ने बताइएको छ ।

    स्वीटजरल्याण्डमा आयोजना हुने यूटीएमआर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेस भएकाले धावकहरूले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ अवसर पाउने थापा बताउँछन् ।

    विजेताले नगद र प्रमाणपत्रसहित ’एड्भेन्चर गियर’ पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले बताएको छ ।

    रेसको गत वर्षको संस्करणमा ४२ जना नेपाली र ३१ जना विदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए ।

    आयोजकले दौडका लागि आह्वान सुरू गरिसकेको छ । अनलाइनमार्फत नेपाली एवम् विदेशी धावकले आफूलाई इच्छा लागेको दौडका लागि आवेदन दिन सक्नेछन् । जसका लागि आयोजक संस्थाको आधिकारिक वेबसाइटमा विहीबारसम्म आवेदन दिन सकिन्छ ।

    विश्वचर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रुट छिचोलेका थिए । जिमी, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रुटहरू सहित नक्साङ्‍कन गरेका थिए । विभिन चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

    फ्रान्स स्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन ९आईटीआरए० र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था यूटीएमबीको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

    आईटीआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आईटीआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आईटीआरए सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

    यस अगाडि केही सहभागीले २ दिनमा र केहीले ३ दिनमा दौड पूरा गर्ने गरेको थापाले जानकारी दिए । सुविधा सम्पन्न राजधानी र अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक यो जस्तो उत्कृष्ट ट्रेल रेसको रुट अन्य मुलुकमा सायदै भएको आयोजकको भनाइ छ ।

    ट्रेल रेसको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मन्जुश्री ट्रेल रेस प्रतिष्ठित मानिन्छ । मञ्जुश्री काठमाडौंको ऐतिहासिकतासँग जोडिएको नाम हो। पहिले काठमाडौं उपत्यकामा रहेको पानीलाई मञ्जुश्रीले बगाएर बस्न योग्य बनाएको किम्बदन्ती छ ।

    मन्जुश्री ट्रेल रेसको रुट काठमाडौं उपत्यकालाई घेरेका पहाडहरूको डाँडैडाँडा भएर अगाडि बढ्छ । चोभारको डाँडा काटेर मन्जुश्रीले काठमाडौं उपत्यका बनाउन अगाडि अवलोकन गर्दा हिडेको बाटो अझ भनौं मन्जुश्रीको पदचाप पछ्याउँदै ट्रेल रेसको रुट बनाइएको छ ।

    आयोजकका अनुसार दौडको रुटमा १९ चेक पोइन्ट रहेको छ । कालु पाण्डे स्मारकबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिपले, गोर्जे भञ्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भञ्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाण्डे स्मारकमा नै पुगेर सम्पन्न हुन्छ ।

    मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी सहासिक खेल पर्यटकका लागि आकर्षण बनेको छ ।

    हिमालय शृङ्खला, काठमाडौं उपत्यका, जंगल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।१७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस आयोजना हुने भएको छ । रेस २४–२६ कात्तिकसम्म आयोजना हुने भएको आयोजकले जनाएको छ । ७ वर्ष अघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

    २४ कात्तिकका दिन बिहान ६ बजे काठमाडौंको दहचोकबाट १७० किलोमिटर दौड सुरू हुनेछ । यो लम्बाइको ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाइ छ ।

    मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीका लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता हुनेछ । सबै दौडहरू दह चोकस्थित कालु पाण्डे स्मारकमा पुगेर सकिनेछन् ।

    गैरनाफामूलक संस्था ’मञ्जुश्री ट्रेल रेस’ले ट्रेलमाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए । कार्यक्रमको व्यवस्थापनमा आयोजक समितिका पदाधिकारी सहित ५० जना स्वयंसेवक खटिने छन् ।

    आयोजकका अनुसार १७० किलोमिटरको दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्वीट्जरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रोस ९यूटीएमआर०’ मा सहभागी हुने अवसर पाउनेछन् । सो अवसरमा उनीहरूको अर्थिक लगायत सम्पूर्ण व्यवस्थापनको संयोजन मञ्जुश्री ट्रेल रेसले गर्ने बताइएको छ ।

    स्वीटजरल्याण्डमा आयोजना हुने यूटीएमआर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेस भएकाले धावकहरूले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ अवसर पाउने थापा बताउँछन् ।

    विजेताले नगद र प्रमाणपत्रसहित ’एड्भेन्चर गियर’ पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले बताएको छ ।

    रेसको गत वर्षको संस्करणमा ४२ जना नेपाली र ३१ जना विदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए ।

    आयोजकले दौडका लागि आह्वान सुरू गरिसकेको छ । अनलाइनमार्फत नेपाली एवम् विदेशी धावकले आफूलाई इच्छा लागेको दौडका लागि आवेदन दिन सक्नेछन् । जसका लागि आयोजक संस्थाको आधिकारिक वेबसाइटमा विहीबारसम्म आवेदन दिन सकिन्छ ।

    विश्वचर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रुट छिचोलेका थिए । जिमी, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रुटहरू सहित नक्साङ्‍कन गरेका थिए । विभिन चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

    फ्रान्स स्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन ९आईटीआरए० र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था यूटीएमबीको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

    आईटीआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आईटीआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आईटीआरए सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

    यस अगाडि केही सहभागीले २ दिनमा र केहीले ३ दिनमा दौड पूरा गर्ने गरेको थापाले जानकारी दिए । सुविधा सम्पन्न राजधानी र अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक यो जस्तो उत्कृष्ट ट्रेल रेसको रुट अन्य मुलुकमा सायदै भएको आयोजकको भनाइ छ ।

    ट्रेल रेसको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मन्जुश्री ट्रेल रेस प्रतिष्ठित मानिन्छ । मञ्जुश्री काठमाडौंको ऐतिहासिकतासँग जोडिएको नाम हो। पहिले काठमाडौं उपत्यकामा रहेको पानीलाई मञ्जुश्रीले बगाएर बस्न योग्य बनाएको किम्बदन्ती छ ।

    मन्जुश्री ट्रेल रेसको रुट काठमाडौं उपत्यकालाई घेरेका पहाडहरूको डाँडैडाँडा भएर अगाडि बढ्छ । चोभारको डाँडा काटेर मन्जुश्रीले काठमाडौं उपत्यका बनाउन अगाडि अवलोकन गर्दा हिडेको बाटो अझ भनौं मन्जुश्रीको पदचाप पछ्याउँदै ट्रेल रेसको रुट बनाइएको छ ।

    आयोजकका अनुसार दौडको रुटमा १९ चेक पोइन्ट रहेको छ । कालु पाण्डे स्मारकबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिपले, गोर्जे भञ्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भञ्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाण्डे स्मारकमा नै पुगेर सम्पन्न हुन्छ ।

    मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी सहासिक खेल पर्यटकका लागि आकर्षण बनेको छ ।

    हिमालय शृङ्खला, काठमाडौं उपत्यका, जंगल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।

  • भाइटिकाको साइत कुन मुलुकमा कति बजे ? (सूचिसहित)

    भाइटिकाको साइत कुन मुलुकमा कति बजे ? (सूचिसहित)

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ । नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको उत्तम रहेको छ । भारतमा नोभेम्बर १५ को ११ बजेर ५ मिनेट, न्युयोर्क, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर ५५ मिनेट, टेक्सास, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर २५ मिनेटमा उत्तम साइत निकालिएको छ ।

    अस्ट्रेलियाको मेलबर्नमा सोही दिनको११ बजेर ३४ मिनेट तथा पोर्चगलमा १४ नोभेम्बरको ११ बजेर ५१ मिनेटमा टिका लगाउनुपर्नेछ । यता पेरिसमा बस्नेहरुले सोही दिनको ११ बजेर ५ मिनेट तथा हङकङबासीले नोभेम्बर १५ को बिहान ११ बजेर ५ मिनेटमा भाइटीका लगाउनुपर्नेछ ।

    यसैगरी वासिङट्न डिसीमा नोभेम्बर १४ को ११ बजेर २१ मिनेट तथा क्यालिफोर्नियामा सोही दिन १० बजेर ५५ मिनेटलाई उत्तम साइत निकालिएको छ । यसैगरी टोरन्टो, क्यानडामा नोभेम्बर १४ को ११ बजेर ४५ मिनेट तथा टोकियो जापानमा नोभेम्बर १५ को बिहान ११ बजेर १५ मिनेटका लागि साइत निकालिएको छ ।

  • भाइटीकाको साइत १०:५१ मिनेटमा

    काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

    टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

  • जब ८४ वर्षिय वृद्ध बन्जी जम्पका लागि तम्सिए..

    जब ८४ वर्षिय वृद्ध बन्जी जम्पका लागि तम्सिए..

    काठमाडौं । ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले नेपालमा बन्जी गरेका छन् । उनले ‘द क्लिफ’मा उनले बन्जीसँगै स्विङ, स्काइ साइक्लिङ, स्काइ ग्लाइडिङ लगायत अन्य साहसिक खेल समेत खेलेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ८४ वर्षीय मिसेलले बन्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तका रेकर्ड कायम गरेका छन् ।

    यसअघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बन्जी गरेकी थिइन् । बन्जीपछि निकै उत्साहित रहेका क्यानेडियन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए । कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

    बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

  • मनास्लु भ्रमणमा जाने पर्यटक बढे

    मनास्लु भ्रमणमा जाने पर्यटक बढे

    काठमाडौं । मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेखनीय सुधार आएको छ । असोज महिनामा मात्र दुई हजार दुई सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप)का अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार नौ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन् ।

    साउन महिनामा ८० र भदौ महिनामा ५ सय ७० विदेशी पर्यटक मनास्लु क्षेत्र आएको एमक्यापमका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए । ‘दैनिक एक सय भन्दा बढी पर्यटक मनास्लु क्षेत्र आएका छन्,’ उनले भने,‘यो वर्ष चाडो हिमपात सुरु नभए कात्तिक महिनामा अझै पर्यटक बढ्ने अनुमान छ ।’ पर्यटकको आवागमन बढेपछि मनास्लु क्षेत्रका होटल तथा पैदलमार्गमा चहलपहल बढेको छ ।

    फ्रान्स, स्पेन, नेदरल्याण्ड, चीन, जर्मनलगायतका देशका पर्यटक बढी मनास्लु क्षेत्रमा भित्रिएका हुन् । मनास्लु क्षेत्र आउने पर्यटक चुम र नुव्री उपत्यका हुँदै लार्के पास गर्ने गरेको उनले बताए । सन् २०२१ मा नौ सय २५ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । सन् २०२२ को एक वर्षको अवधिमा ६ हजार एक सय दुई जना पर्यटक मनास्लु भित्रिएका थिए । यस वर्ष भने असोजसम्मको तथ्याङ्क अनुसार ५५ सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् विदेशी मात्र नभइ पछिल्लो समय आन्तरिक पर्यटक पनि मनास्लु क्षेत्र भ्रमणमा जाने गरेका छन् 

  • पुर्व राजा ज्ञानेन्द्र शाहले लगाए सर्वसाधारणलाई टीका

    पुर्व राजा ज्ञानेन्द्र शाहले लगाए सर्वसाधारणलाई टीका


    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । मंगलवार कपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाइ टीका लगाइदिएका हुन् ।

    पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । त्यस अवसरमा उनको  हातबाट टीका ग्रहण गर्ने सर्वसाधारणको भीड लागेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।

    दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँघर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानेर लगाउने गरिन्छ । 

    आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिने गरिन्छ ।

  • मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा छनोट

    मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा छनोट

    काठमाडौं । नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरियो ।

    अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशि छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इण्डियासँग भने, ‘छनोट भएका सबै प्रतिस्पर्धी एकसे एक छन् ।’

    पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरुले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजलाई उपहार समेत प्रदान गरेकी थिइन् ।

    अडिसन चरणमा मेनुकाले ‘तुम्हारे बिना हमारे कोनो नही’को बोलको शाष्त्रीय भजन गाउँदै दर्शक र जजको मन जितेकी थिइन् । उनले यो प्रस्तुतिमा गोल्डेन माइक समेत जितिन् ।

    झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

  • टीका लगाइदिने र लगाउने व्यक्ति कता फर्किने ?

    टीका लगाइदिने र लगाउने व्यक्ति कता फर्किने ?

    काठमाडौं । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. भट्टराई बताएका छन्  । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनको भनाइ छ  । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

    आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । 

    घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । 

    त्रेतायुगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।   

    आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

  • राष्ट्रपतिले आज सर्वसाधारणलाई टीका लगाइदिने

    राष्ट्रपतिले आज सर्वसाधारणलाई टीका लगाइदिने


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

    राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।
    राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ ।

    अन्य सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

  • आज बडा दशै, टीका जमरा ग्रहण गरिदै

    आज बडा दशै, टीका जमरा ग्रहण गरिदै

    काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

    टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ । दुर्गा बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ । कसैलाई टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उनले बताए ।
    घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

    आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ !

  • आज महाअष्टमी, शक्तिपिठमा घुइचो

    आज महाअष्टमी, शक्तिपिठमा घुइचो

    काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ ।

    आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

    आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लागेको छ 

    यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

  • दशैको तीन दिन मनकामना केवलकार बन्द हुने

    दशैको तीन दिन मनकामना केवलकार बन्द हुने

    काठमाडौं । मनकामना केबलकार दशैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

    शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको शहीद लखन गाउँपालिकामा रहेकाे प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

  • आज नवरात्रको पाँचौं दिन, स्कन्ध माताको पूजा आरधना

    आज नवरात्रको पाँचौं दिन, स्कन्ध माताको पूजा आरधना

    काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन् ।

    दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।


    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।

  • आज दशैंको तेस्रो दिन, चण्द्रघण्टा देवीको आरधना

    आज दशैंको तेस्रो दिन, चण्द्रघण्टा देवीको आरधना

    काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको आज पनि भीड लागेको छ । काठमाडौं उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
    उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ । यसैगरी चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

    पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ । चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।

  • दसैं मान्न तीन दिनमा डेढ लाखले छाडे काठमाडौं

    दसैं मान्न तीन दिनमा डेढ लाखले छाडे काठमाडौं

    काठमाडौं । दसैं मनाउन तीन दिनमा एक लाख ५० हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सघ(संस्था बन्द भएपछि दसैं मनाउनका लागि यात्रु गाउँ फर्किन थालेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

    उनका अनुसार आइतबार बिहानदेखि सोमबार बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्। शनिबार बिहानदेखि आइतबार बिहानसम्म ५१ हजार २७९ र शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म ४७ हजार ६४३ यात्रु बाहिरिएका हुन्।

    ट्राफिक प्रहरीले २४ घन्टाको रेकर्ड राख्ने गरेको छ। दसैंको दोस्रो दिन चलिरहँदा बाहिरिनेको संख्या बढिरहेको एसएसपी भट्टले जानकारी दिए। ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ, उनले भने, ुयातायात सहजताका लागि उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरिएको छ ।

    नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले दैनिक २५ हजारभन्दा बढी यात्रु बाहिरिएको जानकारी दिए। लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौं, उनले भने। दसैंका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए।

    दसैंका लागि यातायात व्यवस्थापनलाई सहज बनाउन असोज २६ गतेदेखि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा यसपटक धेरै यात्रुहरू बाहिरिने अनुमान छ।

    rss

  • ‘एनआरएन द सिंगर’को उपाधि युकेकी युक्ति विमलीलाई

    ‘एनआरएन द सिंगर’को उपाधि युकेकी युक्ति विमलीलाई

    काठमाडौं । खोजी उत्कृष्ट प्रवासी प्रतिभा’ भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको ‘एनआरएन द सिंगर’को उपाधि युकेकी युक्ति विमलीले हात पारेकी छिन् । ग्रान्ड फिनालेका लागि पाँचमा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् ।

    भर्चुअल माध्यमबाट ग्रान्ड फिनालेमा उनले गोठालो जाँदा लाएको माया बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनी कार्यक्रममा उपस्थित नभएपछि युरोप संयोजक सन्तोष भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीबाट ग्रहण गरिदिएका थिए । उपाधि जित्ने युक्तिले पाँच लाख नगद प्राप्त गरेकी छन् ।

    प्रतियोगितामा फस्ट रनरअप जापानका कर्मादोङ तामाङ बने । उनले नगद २ लाख र ट्रफी प्राप्त गरे । कर्मादोङले ग्रान्ड फिनालेमा कर्मादोङ तामाङले तातोपानी बजार बोलको तामाङसेलो र आफैंले सिर्जना गरेको उत्कृष्ट गीत प्रस्तुतत गरेका थिए । यसैगरी सेकेन्ड रनरअपको रुपमा सुवासचन्द्र पुनमगर रहे । पोर्चुगलका पुनमगरले सुवासचन्द्र पुन मगरले तिम्रो न्यास्रो आउँछ निरमाया र फूलको थुंगा हौकी भन्ने बोलको गीत प्रस्तुत गरेका थिए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, ग्रान्ड फिनालेमा विष्णु क्षत्री र गुनामगर निसुले पनि प्रतिस्पर्धा गरेका थिए ।

    एनआरएन द सिंगरमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटना तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र नेपालीसँग जोडिने रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा व्यक्त गरे । पर्यटनको पहिलो आधार नै संस्कृति भएको बताउँदै संसारको पर्यटनको केन्द्र रहेको बताए । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै यसबाट नेपालले लाभ लिनका लागि एनआरएनले सहयोग गर्नुपर्नेमा जोड दिए ।

    अहिलेको अवस्थामा नेपालमा केही निराशाको सञ्चार भएको बताउँदै हाम्रा संस्कृति र सम्पदाबाट पर्यटनको विकास गर्दै सकारात्मक कुराको सञ्चार गर्न आवश्यक रहेको बताए । गीत संगीत एकताको सूत्रमा बाध्ने माध्यम भएकाले हामीले यसको संरक्षण गर्नका लागि सरकारले काम गरिरहेको बताए । पूर्वअध्यक्ष भवन भट्टले भाषा र साहित्यले सवैलाई जोड्ने भएकाले यसको आवश्यकता रहेको बताए ।

    कार्यक्रममा कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालले गर्व गर्नु पर्ने विषय मध्य यहाँको भाषा र संस्कृति रहेको बताउँदै भाषा र संस्कृति जोगाउने आफूहरुको दायित्व रहेको बताए । उनले विदेशमा रहेका आफूहरुले सन्ततीलाई नेपाली भाषा र संस्कृतिका बारेमा सिकाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको पनि बताए ।

    एनआरएन अध्यक्ष रवीना थापाले विदेशमा बस्ने नेपालीहरुको भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले मद्दत पुग्ने बताइन् । भाषा र संस्कृति जोगाउनका लागि हामी सबै मिलेर विदेशमा बसेर छोरा छोरीलाई नेपालसँग जोड्नका लागि यस्ता कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउनेमा जोड दिइन् ।

    एनआरएनएका पूर्व अध्यक्ष जीवा लामछिानेले संस्कृति तथा सम्पदा विभागले विदेशमा रहेका नेपालीहरुलाई गीत संगीतमार्फत जोड्ने प्रयास गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरु आयोजना हुनुपर्नेमा जोड दिए । एनआरएनका पूर्व अन्तर्राष्ट्रिय संयोजक भीम उदासले यो कार्यक्रमको कनसेप्ट बनाउनेहरु नै बधाईको पात्र रहको बताए ।

    नेपालभित्र एनआरन हाउसहोल्ड नाम भइसकेको बताउँदै एनआरएनका कारण देशको समृद्धि र विकास हुने बताए । देश भित्र र बाहिर बसेका सबै नेपालीहरु मिलेर देशलाई समृद्धि बनाउन लाग्नु पर्नेमा जोड पनि दिए । एनआरएन द सिंगरका प्रमुख निर्णायक शम्भु राईले संस्कृति विनाको समाजा र संस्कृति विनाको राजनीति परिकल्पना गर्न नसकिने बताए ।

    यो कार्यक्रमले ऐतिहासिक काम गरेको बताउँदै आगामी दिनमा पनि नेपाली पहिचान दिलाउनका लागि सधैं साथ रहने बताए । कार्यक्रममा वरिष्ठ संगीतकार आनन्द कार्कीले आफूहरुले नेपाली गीत संगीतलाई विदेशमा पुर्‍याउन अभियान चलाइरहेका बेला एनआरएन द सिंगर कार्यक्रमले राम्रो काम गरेको बताए ।

    गोविन्द गौतमले कार्यक्रम समापन गर्दै प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीलाई कलाका माध्यमबाट नेपालसँग जोड्ने उद्देश्यले एनआरएनको संस्कृति तथा सम्पदा समितिले यो कार्यक्रम गरेको बताए । उनले २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

    एनआरएन द सिंगरको कार्यक्रम पार्टनरको रुपमा युनिटेक रहेको थियो भने सहयोगीको रुपमा वी ड्रिम रियल स्टेट र हाथफोर्ड एडुकेसन मार्केटेडबाइको रुपमा सनबी होल्डिङ, इभेन्ट पार्टनरको रुपमा रोविन प्रसाद सेरचन र ब्रोडकास्टिङ पार्टनरको रुपमा फोके र भोटिङ पार्टनरको रुपमा खल्ती एप रहेको थियो ।

  • दशैं केन्द्रित खसी-बोकाको बिक्रि सुरु

    दशैं केन्द्रित खसी-बोकाको बिक्रि सुरु

    काठमाडौं । नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउँदैछन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्छन् ।

    चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उनको भनाइ छ । उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उनको भनाइ छ ।

    दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँको हाराहारीमा खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ । हाल बजारमा प्रतिकेजी जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपियाँ सम्म पर्छ । गैरकानुनी तवरबाट व्यापारीले भारतबाट खसीबोका ल्याउने गरेको थापाको
    भनाइ छ ।

    दसैँमा सबैले अधिक मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । देशका विभिन्न स्थानमा हुने स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनको तिब्बतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गर्छन् । भारतबाट गैरकानुनी ढङ्गले पनि खसीबोका भित्रिने गरेको व्यवसायीको भनाइ छ ।

    सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्न लागेको छ । कम्पनीले विभिन्न जिल्लामा खसीबोकाको खरिद प्रक्रियासमेत सुरु गरिसकेकाले आइबार वा सोमबारसम्म उपत्यकामा आइपुग्ने जनाएको छ । खसीबोका आएको भोलिपल्टबाट बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

    सरकारले दसैँमा उपभोक्तालाई राहत दिन खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिएको छ । बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दिन प्रत्येक वर्ष छुटमा बिक्री गरिन्छ । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्राको बिक्री हुन्छ । दाङको तुलसीपुर, मकवानपुरको हेटौँडा, धादिङ, कैलालीबाट खसीबोका ल्याइँदै छ । यस्तै रसुवाबाट च्याङ्ग्रा आउने कम्पनीले जनाएको छ ।