Category: मनोरञ्जन

  • आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै

    आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन ९डोरो० बाँधेर मनाइँदै छ । तिथी घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

    यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए ।

    तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेर्ने गर्दछन् ।

    अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । डा. शास्त्रीका अनुसार वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

    रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको चहलपहल छ । यसैगरी रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ ।

    नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाइ ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

  • ‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

    ‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

    काठमाडौं । रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    एसोसिएसनले प्रत्येक शनिबार दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरणका लागि आयोजना गरिएको हाटबजारमा प्रत्यक्ष ठेकीमा मही निःशुल्क खुवाउने छ । यो अभियानले युवा पुस्तामा मौलिक उत्पादन र रैथाने उत्पादनको ज्ञान प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको एसोसिएसनका अध्यक्ष दाहालले बताए । अब प्रत्येक हप्ता लाग्ने हाटबजारमा बिहान ६ बाट बिहान १२ भित्र सबै जना उपस्थित भई रैथाने कृषि सामग्री अवलोकन गर्ने कार्यक्रम हुँदै आएको छ ।

    एसोसिएसनले आफैँ सुरुवात गरेको यो अभियान ठुलो अभियानकर्ता रैथानेसँग जोडिएर गर्न लागेकाले यसले थप प्रोत्साहन प्राप्त हुने उनले बताए । रैथाने एग्रोका अध्यक्ष ढकालले यो सम्झौताले रैथाने बाली र खाद्यान्नमा विकास हुने बताए । उनले आफ्ना सन्ततिले अब रैथाने किसिमका उत्पादन र संस्कृति बिर्संदै आएकाले यसको जगेर्नाका लागि अहोरात्र खटिएको बताए ।

  • आज पश्चिम नेपालमा मनाइदैछ गौरा पर्व

    आज पश्चिम नेपालमा मनाइदैछ गौरा पर्व

    काठमाडौं । आज महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिममा उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइदैछ । चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमा मनाउन थालिएको हो ।

    चन्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

    कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

    गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो । यस पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीले शुभकामना दिएका छन् ।

  • पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै

    पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै

    काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो ।

    बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्‍कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

    विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउने भएको छ । एक अमेरिकी र एक भियतनामी पाइलटले बेलुन उडाउने भएका छन् ।

    पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइने भएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बेलुनमा उड्न सक्नेछन् ।

    हट एयर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ । उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म्को दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र समेत दिइन्छ । नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

  • बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो

    बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो

    काठमाडौं । बंगलादेशको एक कम्पनीले आफ्नो उद्योगभित्रका ७०० कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ । बंगलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको हो ।

    बंगलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो । शुक्रबार १७५ जनाको पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्ड तथा नेपाली पर्यटन व्यवसायीले स्वागत गरे । उनीहरुलाई पञ्चेबाजाले स्वागत गरिएको हो ।

    बाँकी टोली आजै साँझ र शनिबारसम्म नेपाल आइपुग्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल सभा सम्मलेनका लागि पनि आकर्षक गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न यो भ्रमणले ठूलो भूमिका खेल्ने बोर्डका सञ्चार संयोजक टीपी भुसालले बताए । उनका अनुससार यो टोलीले काठमाडौं आसपासका पर्यटकीय क्षेत्रमा भ्रमण गर्नेछ ।

    नेपालमा चार दिनसम्म रहँदा बंगलादेशी टोलीले आफ्नो कम्पनीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपालमा सम्मेलन समेत आयोजना गर्नेछ । ‘पहिलो पटक कुनै कम्पनीले घुमफिरको प्रयोजनमा यति ठूलो समूह नेपाल पठाएको छ’ भुसालले भने, ‘उनीहरुलाई नेपालमा पहिलो आतिथ्य अविस्मरणीय बनाउन बोर्डले भव्य स्वागत गरेको हो ।’

    यो टोलीलाई नेपाली गाइडहरुले काठमाडौं आसपासका क्षेत्रमा घुमाउने छन् । उनीहरु स्वयम्भु, पाटन दरवार, चन्द्रागिरि, धुलिखेल र भक्तपुर भ्रमणमा जाने छन् । पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको आगमन निरन्तर बढ्दैछ । जुलाई २०२३ मा २६ सय ९६ जना पर्यटक नेपाल आएका थिए ।

    जुनमा यो संख्या २४ सय २ थियो । मेमा २१ सय ६४, अप्रिलमा २२ सय १७, मार्चमा २४ सय ६६, फेब्रुअरीमा १९ सय ७ र जनवरीमा २४ सय ६८ जना बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ ।

  • चर्चित भारतीय गायक अरिजितले नेपालमा आफ्नो प्रस्तुति दिने

    चर्चित भारतीय गायक अरिजितले नेपालमा आफ्नो प्रस्तुति दिने

    काठमाडौं । चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् । गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने अरिजीत सिंह लाइभ इन नेपालका लागि उनी मंसिर ९ मा नेपाल आउनेछन् ।

    हायात ग्राउन्डमा हुने लाइभ कार्यक्रममा अरिजीत नेपाली प्रशंसकहरूबीच गुञ्जने छन् । सिंहका थुप्रै गीतहरु चर्चित छन् । अगर तुम साथ हो, कबिरा, तु हे तो मुझे, केसरिया तेराु, झुमे जो पठान, खैरियत, अपना बनालेुलगायत उनका थुप्रै गीत चर्चित छन् । एमएन प्रोडक्सनका निर्देशक निल विक्रम शाहीले आफूहरुका लागि यो कार्यक्रम अपेक्षित र ऐतिहासिक रहेको बताए ।

    ‘संगीत मन पराउने दर्शकलाई विश्वकै तेस्रो स्ट्रिमिङमा पर्ने गायकलाई ल्याउँदैछौं भन्ने जानकारी गराउन पाउँदा खुसी छौं, उनले भने । अरिजीतले कार्यक्रममा ३–४ घन्टा प्रस्तुति दिनेछन् । मोबाइल वालेट ‘खल्ती’का विनय खड्काले पनि गराज र एमएनको यो कार्यक्रमसँग आबद्ध हुँदा खुसी व्यक्त गरेका छन् । अरिजीत सिंहलाई नेपाल ल्याउने भनेर ८–९ वटा इभेन्ट अर्गनाइजर आाइपुग्नु भएको थियो । सुरुमा आउने गराज थियो र यसलाई सफल बनाउने पनि यही बन्यो, उनले भने, खल्तीले विगत ७ वर्षदेखि मनोरञ्जन, इभेन्ट कार्यक्रममा सहकार्य गर्दैआएको छ।

    गराजका रसिक भट्टराईले मुम्बईसम्म पुगेर अरिजीतको टिमलाई भेटेपछि उनलाई नेपाल ल्याउन सम्भव भएको बताए । आफूहरुले १५ हजार दर्शक अपेक्षा गरेको पनि आयोजकको भनाइ छ । लाइभको साधारण टिकट ४ हजारबाट सुरु हुने जनाइएको छ । साउन ३० बाट नै टिकट बिक्री खुला हुने बताइएको छ । साथै टिकट खल्ती डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिने छ ।

    ‘नेपालमा विगत लामो समयदेखि विभिन्न कलाकार, सर्जक, गायक तथा संगीतकारहरूलाई एउटै छातामार्फत व्यवस्थापन, संगीत सिर्जना, वितरण तथा कन्सर्टहरु आयोजना गर्दै आएको गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले नेपालमा यस क्षेत्रको विकासका लागि थप योगदान पुर्‍याउने हेतुले भविष्यमा पनि यस्तै प्रकारका कार्यक्रमहरू आयोजना गर्नेछ’, आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने

    सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने

    काठमाडौं । गोरखामा भेटिएको टल्कने ढुंगा (क्वार्ज क्रिष्टल) लाई गोरखा दरबारमा राखिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगा गोरखा दरबारमा राख्ने निर्णय गरेको हो । १४ असारमा प्रहरीले गोरखा नगरपालिका सतिपीपलस्थित राममाया शाहीको घरबाट एउटा टल्किने ढुंगा बरामद गरेको थियो । शाही परिवारले पुस्तौंदेखि पूजा गर्दै आएको सो ढुंगा बिक्री गर्न लागेको जानकारी पाएपछि प्रहरीले कार्यालयमा ल्याई राखेको थियो ।

    खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गर्दा सो ढुंगा बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल भएको खुलेको थियो । त्यसपछि उक्त ढुंगा गोरखामा नै राख्ने कि भूगर्भ विभागलाई पठाउने भन्ने विवाद भएको थियो । गोरखा नगरपालिका र स्थानीय बासिन्दाले उक्त ढुंगा गोरखामा नै राख्नुपर्ने धारणा राख्दै आएका थिए । यो ढुंगालाई ऐतिहासिक तथा पुरातात्विक सम्पदाका रुपमा गोरखा दरबारमा राख्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

  • कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने

    कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने

    काठमाडौं । कोरोना महामारीपछिको पहिलो गाईजात्रा कमलादीस्थित प्रज्ञाभवनमा आयोजना हुने भएको छ । भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने उक्त गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ुचिप्लेटी अंकलु, सीता न्यौपाने, राधिका कंडेल, दीपकप्रसाद आचार्य काकु, प्रभात लामा, रुबिना अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।

    यस वर्ष उपत्यका बाहिर पनि ु८० सालको गाईजात्राु आयोजना हुनेछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । सधैं झैं यस पटक पनि रंगमञ्चसँगै टेलिभिजनमा पनि डिजिटल गाईजात्रा प्रसारण हुने बताइएको छ । अहिले ७ एपिसोडमा प्रसारण हुने डिजिटल गाईजात्रा अको पोस्ट प्रोडक्सन सकेर कलाकारहरू रङ्गमञ्चमा हुने ८० सालको गाईजात्रा को तयारीमा व्यस्त छन् ।

  • किन विवादमा फस्यो बलिउड चलचित्र ‘बवाल’ ?

    किन विवादमा फस्यो बलिउड चलचित्र ‘बवाल’ ?

    काठमाडौं । बलिउड चलचित्र बवाल विवादमा तानिएको छ । व्यवस्थित रूपमा मच्चाइने नरसंहार तथा प्रलयलाई धेरै हल्का रूपमा प्रस्तुत गरिएको भन्दै चलचित्र प्रदर्शन रोक्न भनिएको छ । अनलाइन प्रसारण माध्यम अमेजनलाई यहुदी समुदायले चलचित्र प्रसारण रोक्न पत्राचार समेत गरेका छन् ।

    यहुदी समुदायको संगठन साइमन सेन्टरले चलचित्रले असह्य पीडा र व्यवस्थित ढंगबाट गरिएको मानवीय नरसंहारलाई चलचित्रले निकै हलुका रुपमा प्रस्तुत गरेको र मजाक उडाएको उल्लेख गरेको छ । चलचित्रको भारतमा समेत आलोचना भइरहेको छ । कलाकार तथा निर्देशकहरुले भने आलोचनालाई अनुचित भनेका छन् ।

    शुक्रबार प्राइम भिडियोमार्फत सार्वजनिक भएको चलचित्रको समीक्षक तथा दर्शकले आलोचना गरेका हुन् । केन्द्रीय पात्रको प्रेमकथा प्रस्तुतिका लागि नरसंहारलाई मजाक उडाइएको भन्दै आलोचना भएको हो । चलचित्रमा एडोल्फ हिट्लरले यहुदीको नरसंहारका लागि प्रयोग गरेको ग्यास च्याम्बरमा अतिनै काल्पनिक दृश्य समावेश छ । चलचित्रमा बरुण धवन र जानवी कपुर केन्द्रीय भूमिकामा छन् । नवविवाहित जोडीका रुपमा रहेका उनीहरु युरोप भ्रमणमा गएका हुन् ।

    चलचित्रमा उनी इतिहासका शिक्षक छन् र विद्यार्थीलाई दोस्रो विश्वयुद्धको इतिहास पढाउन र बुझाउनका लागि उनले रिल बनाइरहेका हुन्छन् । बलिउड चलचित्रको व्यापार ट्र्याक गर्ने वेबसाइटका अनुसार बवाल व्यापारिक रुपमा हिट छ । उसले ६० देखि ७० लाख दर्शक पाइसकेको छ । प्राइम भिडियोले यसलाई भारतमा टप टेनको सुचीमा राखेको छ।

    चलचित्र रिलिजको दिनदेखिनै आलोचनामा फसेको छ । यो चलचित्रले सकारात्मक पृष्ठपोषण पाएको छैन । समीक्षकहरुले यो चलचित्रमा ग्यास च्याम्बरको काल्पनिक दृश्यले दर्दनाक इतिहास र मानवीय नरसंहारमाथि मजाक उडाएको टिप्पणी गरेका छन् । चलचित्रको एक दृश्यमा हिटलरलाई मानवीय लालचको विम्बको रुपमा प्रयोग गरिएको छ । आफ्नो संवादमा नायिका कपुर भन्छिन्, ‘हामी केही न केही मात्रामा हिटलरझैँ छौँ । छैनौँ र ?’

    र सम्बन्धका दरार चित्रण गर्नका लागि उनी अस्वीचको सहारा लिन्छन् । ‘हरेक सम्बन्धहरुले अस्वीचको नियती भोग्नुपर्छ’, अर्को संवादमा उनी भन्छिन् । जान्वीका केही संवाद निकैनै आलोचित भएका छन् । क्याम्पमा त्रासदीपूर्ण दृश्य देखाउनका लागि अर्धनग्न जोडीहरुलाई ग्यान च्याम्बरमा हालिन्छ र वरिपरि धेरै मानिसहरु चिच्याएको र निस्सासिएको देखाइन्छ ।

    मानवअधिका सम्बन्धी यहुदी संस्थाले अस्वीचलाई सम्बन्धको विम्बको रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ । ‘मानवीय नरसंहारको निकृष्ट उदाहरणलाई मानवीय सम्बन्धको विम्बका रुपमा प्रयोग गरिनु जायज होइन’, संस्थाले भनेको छ । त्यस संस्थाको विज्ञप्तिमा भनिएको छ, ‘मानवीय सम्बन्धहरुले अस्वीचमाझैँ नियति व्यहोर्नुपर्ने कुरा उल्लेख गरेर निर्देशकले मानवीय नरसंहार र ६० लाख यहुदीको दर्दनाक नरसंहारमाथि मजाक उडाएका छन् ।’

    संस्थाले निर्देशकको उद्देश्य यदि मानवीय नरसंहारको मजाक उडाउनुथियो भने उनी त्यसमा सफल भएको भन्दै व्यंग्य गरेको छ । संस्थाले अमेजन प्राइमलाई तत्कालै चलचित्र हटाउन भनेको छ । यस विषयमा निर्माताले कुनै जवाफ दिएका छैनन् ।

    तर चलचित्रको प्रवर्द्धन यात्राका क्रममा बरुणले भनेका छन्’‘अंग्रेजी चलचित्रमा जस्तो दृश्य राखेपनि मानिसहरुलाइ आपत्ति हुँदैन । तर हिन्दी चलचित्रमा सानो केही अंश राखियो वा पर्‍यो भने मानिसहरु त्यसमा आक्रोशित हुन्छन् ।’

    चलचित्रका निर्देशक नितेश तिवारीले आलोचनाबारे भनेका छन् , ‘कलालाई म्याग्निफाइङ ग्लासका साथ हेरिनुहुँदैन । यदि त्यसो गरियो भने हरेक कलामा समस्यै समस्या देखिनेछन् ।’

  • आज खिर खाने दिन, यस्तो छ महत्व

    आज खिर खाने दिन, यस्तो छ महत्व

    काठमाडौं । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दुधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

    संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

    साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

    चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।

    नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

    नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

  • बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

    बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

    काठमाडौं । कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ।
    गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक-पटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

  • आज साउने संक्रान्ति, यस्तो छ महिमा

    आज साउने संक्रान्ति, यस्तो छ महिमा

    काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।

    साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ ।

    परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।

    साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । कर्णाली प्रदेशमा साउने संक्रान्तिको दिन आज सार्वजनिक बिदा दिइएको छ । आजको दिनलाई कर्णालीमा देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।

  • पशुपतिनाथ मन्दिरमा ७५ सय भन्दा कम रुपैयाँमा विशेष पूजा नहुने

    पशुपतिनाथ मन्दिरमा ७५ सय भन्दा कम रुपैयाँमा विशेष पूजा नहुने

    काठमाडौं । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
    कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन । पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

    आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । धेरैजसोले साधारण तरिकाले लाइनमा बसेर पशुपतिको पूजा गरे पनि विशेष पूजा गर्नेहरुका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।

    साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्छ । काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।

  • भुवन केसीविरुद्धको मुद्दा साम्राज्ञीले जितिन्

    भुवन केसीविरुद्धको मुद्दा साम्राज्ञीले जितिन्

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ। बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ। साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली(बेइज्जती मुद्दा हालेका थिए।

    साम्राज्ञी शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बुधबारै अन्तिम बहस सकिएको र आफ्नो पक्षले मुद्दा जित्ने गरी फैसला आएको बताए।
    ‘अन्तिम बहस आज भएको थियो। न्यायाधीश वासुदेव पौडेलले भुवन केसीले लगाएको मुद्दामा उनको दाबी नपुग्ने फैसला गर्नुभएको छ, उनले भने, फैसला हाम्रो पक्षमा आएको छ। यसको पूर्णपाठ आउन भने समय लाग्ने अदालतले हामीलाई जानकारी गराएको छ।

    सुटिङका क्रममा भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै साम्राज्ञी शाहले तीन वर्षअघि सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन्। साम्राज्ञीले आफ्नो गाली(बेइज्जती गरेको भन्दै भुवनले उनीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दिएका थिए।

    सोही मुद्दामा बुधबार जिल्ला अदालत काठमाडौंले साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो। साम्राज्ञीले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गरेकी छन्। उनले आफ्ना वकिल, प्रशसंक र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्।

  • वान एक्स बेटिङ काण्डमा मुछिएका कलाकार धरौटीमा छुटे

    वान एक्स बेटिङ काण्डमा मुछिएका कलाकार धरौटीमा छुटे

    काठमाडौं । वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका १० जना धरौटी बुझाएर छुटेका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै छुटेको जिल्‍ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।

    प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई मुख्य अभियुक्तको रूपमा मुद्दा पेश गरेको थियो। खड्कासँग अदालतले १० लाख र धितालसँग ५ लाख धरौटी माग गरेको छ। यस्तै, विज्ञापन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार एवं युट्युबरहरूलाई भने ५\५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।

    युट्युबर एवं कलाकारहरू जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा (जिडी), बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स( पवन खतिवडा) पक्राउ परेका थिए।

    सरकारी वकिलले अभियुक्त खड्का र धितालविरूद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको थियो। राष्ट्र बैंकको ऐन अनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ।

    मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न पनि माग गरेको थियो। त्यसबाहेक उनीहरू दुबैविरूद्ध एकीकृत कसुर बापत थप सजायको माग गरेको थियो।

  • आजबाट साउने व्रत सुरु

    आजबाट साउने व्रत सुरु

    काठमाडौं । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो । यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न सुरु गरिएको हो । समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबारमा व्रत लिनुपर्ने निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

    पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए ।


    साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए । चन्द्रमास अनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । रासस

  • फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन

    फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो ।

    मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए ३० दिन भित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याउनुपर्नेछ ।’ पत्रअनुसार डिजिटल प्रणाली महानगरको राजस्व विभागलाई पहुँच गराउन निर्देशन दिएको छ ।

    बागमती प्रदेश सरकारले मनोरञ्जन कर चलचित्र घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थिएटर,नाटकघर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, दोहोरी साँझ, डान्सबार, क्यासिनो, फुट्सल, जुम्बा, नाइट क्लब, मसाज एवम् स्पा, जिपलाइन, बन्जिजम्प, स्वीमिङ पुल र पार्क लगायत मनोरञ्जन स्थलमा लगाउने कानुनी व्यवस्था गरेको छ ।

    उक्त व्यवस्था बमोजिम चलचित्र घरमा प्रवेश गर्ने प्रति टिकटमा महानगरमा ५ प्रतिशत मनोरञ्जन कर बुझाउनुपर्नेछ । यस्तै क्यासिनोमा प्रवेश गर्ने प्रतिव्यक्तिबाट ५० रुपैयाँ मनोरञ्जन कर छुट्याउनुपर्नेछ । फनपार्क, वाटर गार्डेन, बाल उद्यान जस्ता स्थानमा ३ प्रतिशत, दोहोरी साँझ, नाइट क्लब लगायतमा प्रवेश गर्ने टिकटमा ५ प्रतिशत मनोरञ्जन कर महानगरमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

  • बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध

    बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध

    काठमाडौं, १९ असार । बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध गरिएको छ । काठमाडौं महानगरपालिकालका मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् । काठमाडौंको पहिचान नै यहाँका सम्पदा भएको भन्दै उनले विश्वलाई सानसँग देखाउन सक्ने यस्ता सम्पदामा अब सवारी साधन रोकिने जनाएका हुन् ।

    हजारौं पर्यटकले घुमफिर गर्ने यी क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको शान्त वातावरण कायम राख्न यस्तो निर्णय लिइएको उनले बताएका छन् । यस क्षेत्रमा सवारी साधन रोक्न माग भएपनि सरकारले निर्णय लिन सकेको थिएन ।

  • आज धान दिवस तथा रोपाई महोत्सव

    आज धान दिवस तथा रोपाई महोत्सव

    काठकाडौं । जलवायु अनुकूलित कृषकमैत्री प्रविधि , धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।
    आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ ।

    नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ ।

    आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।

    जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुने मन्त्रालयको विश्वास छ ।

    नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।
    असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

    कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।


    कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।

  • आज बकर इद, सार्वजनिक बिदा

    आज बकर इद, सार्वजनिक बिदा

    काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।

    धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग ९जत्रत० मा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई मुसलमानहरुले कायम राखेको पाइएको छ ।

    निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मत्रत ९दुवा० माग्दै भनेका थिए कि यदि अल्लाहले मलाई सन्तान सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीका लागि सपनामा कुर्बानी गर्न आदेश दिँदा उनले धेरै जनावरको कुर्बानी त गरे तर अल्लाह खुसी भएनन् ।

    अन्तममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई खुसी गराउन खोजे पछि उनको परीक्षामा सफल भएकाले कुर्बानी गर्ने स्थानमा मानिसको नभइ पालिएका दुम्बाको कुर्बानी दिइएको बतइन्छ । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।

    गएको वर्षमा बकरिद पर्व असार २६ गते परेको थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डरअनुसार १०र१० दिन पछि सर्दै जाने भएकाले ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ । यस पटक नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।

    बकरिद पर्वका निम्ति गरिने कुरबानीका लागि खरिद गरिने जनावर पूर्ण रुपमा स्वस्थ हुनुपर्छ । जनावरको आँखा, कान, खुट्टा र सिङ टुटफुट हुनु नहुने र हेर्दा पनि आकर्षक हुनुपर्छ । बिना मोलमोलाई खरिद गरिने भएकाले कुर्बानीका लागि मानिसहरुले सके घरका सबै मानिसहरुको नाममा नभए घरको अभिभावकका नामबाट कुर्बानी गर्ने चलन छ ।

    ठूलो जनावरमा (राँगा, भैँसी, ऊँटजस्ता जनावर) हलाल गरिन्छ त्यसमा सातजना मिलेर कुर्बानी गर्नुपर्छ भने साना जनावर जस्तै, खसी, बहिला बाख्रा, दुम्बा भने एकै जनाले कुर्बानी गर्नुपर्छ । कतिपय मानिसहरुले मृतात्मा (बुबा, हजुर बुबाआमा, पत्नी वा पति)को संझनामा कुर्बानी दिने गर्दछन् ।

    अरब देशमा बुधबार मनाइएको बकरिद नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा आजै मनाइने भएको छ । किनकि यी देशका नागरिकहरुले अरब देशको भन्दा एक दिन पछि चन्द्रमा हेर्न पाएका हुन्छ । यो चाडको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

  • आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

    आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

    काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

    आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।

    तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

  • बालेनको भुमिकामा फिल्म बन्ने

    बालेनको भुमिकामा फिल्म बन्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कार्यमा आधारित रहेर निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । मेयर भएपछि बालेनले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको निर्देशक गिरीले घोषणा गरे । फिल्मको लोगो समेत सार्वजनिक गरिएको छ ।

    ‘बालेनजी मेयर भएपछि उहाँले गरेका सकारात्मक कार्यहरुलाई फिल्ममा समेट्ने छौं । यो फिल्मले देश परिवर्तनमा राम्रो सन्देश दिनेछ भन्ने आशा हामीले राखेका छौं,’ गिरीले भने । फिल्ममा समाजको लागि काम गर्दा उनले भोग्नुपरेका पारिवारिक चुनौतीलाई पनि कथावस्तुमा समेटिने उनले बताए 
    भदौ अन्त्यदेखि छायांकन सुरु हुने बताइएको यो फिल्मका कलाकार तय गर्न बाँकी छ । अहिले प्रि–प्रोडक्सन र पटकथा लेखनको कार्य भैरहेको छ ।

    विनिता फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहनेछ । फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सहनिर्माता हुन् । निर्देशक गिरीको अर्को फिल्म ‘नम्बरी सुन’ भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

  • सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ

    सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ


    काठमाडौं । काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्‍ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

    उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले  जानकारी  दिए । एसपी रेग्मीका अनुसार  पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ ।

    यसअघि जेठ ३२ गते अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपालीलाई पक्राउ गरेको थियो । सोही दिन प्रहरीले वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो

    पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो।

    नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    पक्राउ परेकाले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएको छ ।

    सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरे पनि अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने प्रवृत्तिमा नियन्त्रण हुन सकेको छैन ।

  • ड्रागन बोट रेसको उपाधी सिचुवानलाई, नेपाल दोस्रो

    ड्रागन बोट रेसको उपाधी सिचुवानलाई, नेपाल दोस्रो

    काठमाडौं । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित निकालेको हो

    । प्रतियोगितामा पहिलो भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ । त्यस्तै, प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दोस्रो बन्न सफल भएको छ । २ र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएका उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ ।

    मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो । प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।

    विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि भारतीय राजदूत छन् छोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

    ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको ८ वटा फाइबरका डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका ८ वटा डुंगा केरुङ नाका हुँदै पोखरा ल्याइएको थियो ।

    चिनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ड्रागन बोट महोत्सवमा यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको हो । ‘डान्बु जी’ भनेर पनि चिनिने ड्रागन बोट फेस्टिबल महत्वपूर्ण महोत्सवका रुपमा लिन्छन् । चाइनिज क्यालेन्डर ‘लुनार’अनुसार पाँचौं महिनामा यसलाई भव्य रुपमा मनाउँदै आएका छन् ।

  • पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

    पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

    काठमाडढौं । नेपालमा काम गर्ने पर्यटन मजदुरको पारिश्रमिक बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार अब पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । टानका महासचिव विनोद सापकोटाका अनुसार बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ ।

    विगतमा पदयात्रा क्षेत्र अनुसार फरक फरक पारिश्रमिक रहेको थियो । यसलाई अब समान दरमा रुपान्तरण गरिएको छ । पर्यटक मजदुरको पारिश्रमिक २०७५ मंसिरमा पछिल्लो पटक बढेको थियो । त्यसको ५ वर्षपछि पारिश्रमिक बढाउने निर्णय टानले गरेको हो । यसबीचमा श्रमिकसँग भएका सम्झौता, नेपाल सरकारले कायम गरेको दररेट र मूल्य वृद्धिसमेतको अवस्थालाई मध्यनजर गरी नयाँ पारिश्रमिक तोकिएको उनले बताए ।

    नयाँ पारिश्रमिक दर अनुसार पथ प्रदर्शक (गाइड)को प्रतिदिन पारिश्रमिक ३ हजार १०० रुपैयाँ पुगेको थियो । यसअघि अन्नपूर्णमा जाने गाइडको दर २ हजार १०० रुपैयाँ प्रतिदिन थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।

    अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो । सहयोगी श्रमिकरमजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।

  • वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’

    वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’

    वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’
    काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ नेपालभरका हलमा प्रदशर्न रोकिएको छ । चलचित्रको नेपाल वितरक कम्पनी श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा. लि.ले चलचित्रको प्रदर्शन नेपालभर रोकिएको जानकारी दिएको छ ।

    ‘आदिपुरुष काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रर्दशन बन्द भएको विषयमा विभिन्न भ्रामक समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानकर्षण भएको छ ।

    उक्त चलचित्र कामपाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिको आधारमा उपत्यका हल व्यवसायीले शान्ती सुरक्षाको कारण देखाएर प्रदर्शन स्थगित गरेको छ,’ श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा. लि.ले भनेकाे छ ।

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।

  • पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

    पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

    काठमाडौं । काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको छ । महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै मेयर आचार्यले दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्। मेयर आचार्यले पोखरामा रहेका सिनेमा घरहरु बाराही चलचित्र मन्दिर क र ख, श्रीकृष्ण चलचित्र मन्दिर, मिडटाउन ग्यालेरिया र सिनेप्लेक्सलाई उक्त पत्र पठाएका छन् ।

    ‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ,’ मेयर आचार्यले सिनेमा हललाई लेखेको पत्रमा भनिएको छ । महानगरबाट पत्र प्राप्त भएपछि भोलि सोमबार चलचित्र आदिपुरुषको कुनै पनि शो हलहरुले राखेका छैनन् । काठमाडौं महानगरपालिकाका हलहरूमा पनि आजदेखि भारतीय सिनेमा नचलाउन मेयर बालेनले निर्देशन दिइसकेका छन्।

  • काठमाडौं महानगरमा सोमबारदेखि भारतीय चलचित्र निषेध

    काठमाडौं महानगरमा सोमबारदेखि भारतीय चलचित्र निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार यो निर्णय लिएका हुन् ।

    उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् -भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ ।
    नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।
    नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
    काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।

  • ‘आदिपुरुष’ फिल्म विवाद : भारतमा पनि शब्द नसच्याए काठमाडौंमा सबै हिन्दी फिल्मको प्रदर्शन रोक्ने बालेनको चेतावनी

    ‘आदिपुरुष’ फिल्म विवाद : भारतमा पनि शब्द नसच्याए काठमाडौंमा सबै हिन्दी फिल्मको प्रदर्शन रोक्ने बालेनको चेतावनी

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् । उनले यो सच्याउन तीन दिनको समय दिएको उल्लेख गरेका छन् ।

    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपालको सेन्सर बोर्डले पनि फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेसँगै नेपालमा भने सो शब्द हटाइने भएको छ । यससँगै सेन्सर बोर्डबाट भने फिल्मले अनुमति पाएको छ । यद्दपी भारतमा समेत यो शब्द हटाउनु पर्ने बालेनको शर्तले भने अन्यौल थपेको छ ।

  • प्रचण्डको पशुपति यात्रामा बाबुरामको शंका

    प्रचण्डको पशुपति यात्रामा बाबुरामको शंका

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्।

    डा. भट्टराईले त्यसरी जाँदा राजनीतिक हुने टिप्पणी गरेका हुन्। ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो,’ उनले फेसकुकमा लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’ यता प्रधानमन्त्रीको सचिवालयले भ्रमण विशुद्ध अवलोकनका लागि भएको बताएको छ।

    पछिल्लो समय संस्कृति, पर्यटनमन्त्री सुदन किराती आफैँ सक्रिय भएर पाशुपत परिसरमा नियमित सरसफाइ गर्दै आएका छन्। पशुपति क्षेत्रको सफाइलाई अभियानकैरूपमा अघि बढाउने उनको अठोट छ। त्यसका अलावा पशुपतिभित्रका बेथिति हटाउने र पशुपति क्षेत्र विकास कोषलाई उत्तरदायी बनाउने कार्यमा सरकार उत्तिकै क्रियाशील रहेकाले प्रधानमन्त्री निरीक्षणका लागि गएको सचिवालयको भनाइ छ।