काठमाडौं । आज हिन्दु धर्मावलम्बी नेपालीले नेपाल तथा विदेशमा चैते दशैं पर्व मनाउँदैछन् । २०७८ सालमा कुल तीन वटा दशैं परेका छन् । त्यसमध्ये आज एउटा हो । बडा दशैं असोज र आगामी चैतमा चैते दशैं मनाइने छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाउने गरिन्छ । गतवर्षको… Continue reading २०७८ सालमा तीन वटा दशैं, पहिलो आज
Category: मनोरञ्जन
सेतो मच्छेन्द्रनाथको रथयात्रा हेर्न राष्ट्रपति जाँदै
काठमाडौं । आजबाट काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यक्रम तय भएको छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने कार्यक्रम छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु हुने छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी… Continue reading सेतो मच्छेन्द्रनाथको रथयात्रा हेर्न राष्ट्रपति जाँदै
रात्रिकालीन व्यवसाय बैशाखभर बन्द, यातायातलगायत सार्वजनिक स्थानमा मापदण्ड तोकिने
काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको बताउँदै उनले धार्मिक स्थलमा समेत २५… Continue reading रात्रिकालीन व्यवसाय बैशाखभर बन्द, यातायातलगायत सार्वजनिक स्थानमा मापदण्ड तोकिने
कुम्भ मेलामा भाग लिएकालाई दिल्लीमा १४ दिन अनिवार्य क्वारेन्टिन, नेपालमा जयजयकार ?
काठमाडौं । भारतको हरिद्वारमा संचालन भएको कुम्भ मेलाका कारण ठूलो संख्यामा कोरोना भाइरस संक्रमण फैलिएको भन्दै भारतको राजधानी दिल्लीको सरकारले त्यहा भाग लिएका सबैलाई १४ दिन क्वारेन्टिन राख्ने निर्णय गरेको छ । यस्तो निर्णय भएकै दिन नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति नेपाल फर्किएका छन् । उनीहरु त्रिभुवन विमानस्थल आउँदा सयौं समर्थक विमानस्थल पुगेर जयजयकार गरेका… Continue reading कुम्भ मेलामा भाग लिएकालाई दिल्लीमा १४ दिन अनिवार्य क्वारेन्टिन, नेपालमा जयजयकार ?
आज नयाँ साल २०७८ को पहिलो दिन, कोरोनाको संकट हट्ने अपेक्षा
काठमाडौं । आजबाट बिक्रम संवत् २०७८ साल शुरु भएको छ । नयाँ वर्षको आज पहिलो दिन, सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । वैशाख १ गतेलाई नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाउने गर्छन् । यो वर्ष धेरैले कोरोना महामारीको संकट हट्ने र मानिसका लागि सहज दिनहरु आउने अपेक्षा गरेका छन् । गत वर्ष धेरैका लागि… Continue reading आज नयाँ साल २०७८ को पहिलो दिन, कोरोनाको संकट हट्ने अपेक्षा
धरहराको वैशाख ११ गते उद्घाटन हुने
काठमाडौं । भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धराहरा उद्घाटन गर्दैछन् । धरहरा पुनर्निर्माणका क्रममा पहिलो चरणमा टावर मात्र खडिएको हो । सो भागको उद्घाटन हुने छ । नेपाल पुनर्निर्माण प्राधिकरणले धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । अहिले रंग लगाउने… Continue reading धरहराको वैशाख ११ गते उद्घाटन हुने
आज घोडे जात्र पर्व मनाईंदै
काठमाडौं । नेपालमा आज घोडे जात्रा पर्व मनाईंदै छ । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्छ । यस दिनको उपलक्ष्यमा नेपाली सेनाले विशेष कार्यक्रम तथा प्रदर्शनी आयोजना गर्छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै एक तिहाइ पाहुनालाई मात्र बोलाएर कार्यक्रम गर्न लागिएको सेनाले जानकारी गराएको छ । राष्ट्रपतिसहित उच्च पदस्थ अधिकारी घोडेजात्रा अवलोकनमा… Continue reading आज घोडे जात्र पर्व मनाईंदै
हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै
काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेला जारी छ । यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विशेष सम्मान दिईंदै छ । ज्ञानेन्द्र शाही स्नानमा सहभागी हुनेछ । त्यसक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका लागि विशेष रथको व्यवस्था गरिने भएको हो । नेपाली संचारमाध्यमहरुका अनुसार श्रीपञ्चायती निरन्जनी अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको निमन्त्रणमा उनी हरिद्धारमा शाही स्नानमा सहभागी… Continue reading हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै
कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
काठमाडौं । कलाकार दीपाश्री निरौलासहितको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ परेका छन् । साइबर ब्युरोले कलाकारहरूको फेसबुक अकाउण्ट ह्याक गरेको अभियोगमा पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो । निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने उजुरी प्रहरी समक्ष पुगेको थियो । प्रहरीले १४… Continue reading कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
मनकामना केवलकार ६ दिन बन्द हुने
चितवन । मनकामना केबुलकार ६ दिनसम्म बन्द हुने भएको छ । यो केवलकार परियोजनालाई अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्ने कामका लागि २५ चैतबाट ३० गतेसम्म बन्द हुन लागेको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको काम अनुसार बुल ह्विल बेरिङ नयाँ फेरिने भएको छ । बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना… Continue reading मनकामना केवलकार ६ दिन बन्द हुने
आज तराईमा खेलिँदैछ होली
जनकपुर । आज तराई भेगमा फागु (होली) को उत्सव मनाइदैछ । आइतबार पहाड र हिमालमा मनाइएको होली सोमबार भने तराई तथा मधेसका जिल्लामा मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार पहाडी र हिमाली भेगमा बिदा थियो । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा… Continue reading आज तराईमा खेलिँदैछ होली
होलीको दिन ट्राफिक नियम मिच्ने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा
काठमाडौं । होली पर्वको दिन ट्राफिक नियम मिचेर सवारी चलाउने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसर यो आंकडा उपत्यकाभित्र गरिएको चेकजाँचको मात्र हो । आज बिहानै देखि काठमाडौंमा प्रहरीले चेकजाँच कडा पारेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक नियम मिच्ने दुई पाङ्ग्रे ९ सय ५० र… Continue reading होलीको दिन ट्राफिक नियम मिच्ने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा
मह जोडीले पाए महामुर्खको उपाधि
जनकपुर । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) ले महामुर्खको उपाधि पाएका छन् । मिथिला नाट्य परिषद्ले हरेक वर्ष होली पर्वमा यो उपाधि दिने गर्छ । यो वर्षको महामुर्खको उपाधि महजोडीलाई दिइएको हो । आइतबार जानकी मन्दिर प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी उपाधि प्रदान गरियो । परिषद्ले यो वर्षको मुर्ख शिरोमणीको उपाधि… Continue reading मह जोडीले पाए महामुर्खको उपाधि
कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान
काठमाडौं । यो वर्षको होलीपनि कोरोना त्रासले नै फिक्का बनाईदिएको छ । यस वर्षको फागुमा त कोरोना त्रास कम होला र धुमधामसँग पर्व मनाउन पाइएला भन्ने थियो, तर अवस्था पुनः त्रासपूर्ण हुन गएको छ। हरेक वर्ष होलीको दिन पाइला टेक्नसम्मको ठाउँ नहुने वसन्तपुर यो वर्ष मा खासै भिडभाड देखिन्न । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण… Continue reading कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान
राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक
न्युयोर्क नेपाली आधुनिक संगीतको मुख्य वजन त्यसका शब्दहरु हुन् । त्यस्तै वजनदार शब्द एवम् मनको बोली मसीमा व्यक्त गर्न माहिर गीतकार राखी गौचनद्वारा रचित नयाँ गीत “हे मन” डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको छ । गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो डिजिटल बजारमा आएको हो… Continue reading राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक
बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति
काठमाडौं । बहराइनका राजपरिवारका सदस्य शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टीमले वसन्त ऋतुमा सगरमाथा चढ्न अनुमति प्राप्त गरेको छ । पर्यटन विभागले यो टोलीका लागि आरोहण अनुमति जारी गरेको हो । यस सिजनका लागि अहिलेसम्म सगरमाथा चढ्न दुई समुहले अनुमति लिएका छन् । बहराइनबाट त्यहाँको डिफेन्स फोर्सका १६ जनाको टोली २ चैतमा नेपाल आएको हो… Continue reading बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति
दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीले सार्वजनिक रुपमा होली मनाउन रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतका विभिन्न राज्यमा प्रतिवन्ध शुरु भएका छन् । यसै क्रममा नयाँ दिल्लीमा सार्वजनिक स्थानमा होली, सबै प्रकारको विवाह उत्सव तथा नवरात्रिको उत्सव मनाउन समेत रोक लगाइएको छ । दिल्ली आपतकालिन प्रवन्धन प्राधिकरण (डीडीएमए)ले औपचारिक आदेश… Continue reading दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक
नेपालमा आजबाट गैंडा गणना थालिने
काठमाडौं । नेपालमा आजबाट एक सिंगे गैंडाको गणना थालिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले यस कार्यको शुभारम्भ गर्ने कार्यक्र छ । उनले त्यहाँ वनदेवीको पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपालमा चार वटा निकुञ्जमा एक सिंगे गैंडा पाइन्छ । त्यसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन्… Continue reading नेपालमा आजबाट गैंडा गणना थालिने
अस्ट्रेलियन सुन्दरी मोडेल म्यानटिन अभिनित ‘सुस्तरी’ सार्वजनिक (भिडियोसहित)
मेलबर्न । अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिन पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन । अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’को भिडियोमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् । सुस्तरीको भिडियोलाइ अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । जसमा निर्देशक गिरीको प्रसस्तै निर्देशकीय कला देख्न सकिन्छ… Continue reading अस्ट्रेलियन सुन्दरी मोडेल म्यानटिन अभिनित ‘सुस्तरी’ सार्वजनिक (भिडियोसहित)
आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै
काठमाडौं । यो वर्ष आरोहण सिजनलाई सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिने भएको छ । आपतकालिन समयमा आरोही तथा सहयोगीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले काजमा डाक्टर खटाउने भएको छ । पर्यटन विभागका अनुसार सगरमाथाको आधार शिविर र नाम्चेदेखि आधार शिविरको बीचमा एक स्थानमा डाक्टर रहने छन् । उनीहरुले आरोहीलाई प्राथमिक उपचार गरी… Continue reading आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै
बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए
काठमाडौं । बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल खालिफासहित बहराइनको फौजी टोली सगरमाथा चढ्न नेपाल आएको छ । यो टोलीमा कुल १६ जना छन् । गत अक्टोवरमा नेपालका लोबुचे र मनास्लु हिमाल चढेर फर्केको टोली आगामी सिजन सगरमाथा चढ्न लागेको हो । आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आएको हो… Continue reading बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए
दीप श्रेष्ठको कर्णप्रिय स्वरमा गुन्जियो ‘मायामा धेरैधेरै’ (भिडियोसहित)
काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठको कर्णप्रिय स्वरमा गुन्जिएको ‘मायामा धेरै धेरै’ बोलको गीत तयार भएको छ । गीतको भिडियोसहित यसैसाता अमेरिकाबाट सार्वजनिक गरिएको छ । अब्बल गीतकार रविन पियाको यो भिडियो अमेरिकाको टेक्सास स्थित अस्टिनमा छायाँकन गरिएको हो । ‘मायामा धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके’, बोलको गीतको म्यूजिक भिडियो उत्कृष्ट बनेको बताइएको छ… Continue reading दीप श्रेष्ठको कर्णप्रिय स्वरमा गुन्जियो ‘मायामा धेरैधेरै’ (भिडियोसहित)
विदेशीएका युवाको कथामा हृदयस्पर्सी गीत ‘लाहुरे’ सार्वजनिक ( भिडियोसहित)
काठमाडौं । सुन साहिँलीपछि गौरभ पहारीको हृदयविदारक गीत ‘लाहुरे’ सार्वजनिक भएको छ । जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरभ पहारीले यो गीत बजारमा ल्याएका हुन् । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको लाहुरेमा गौरभ र लक्ष्मी बर्देवाको अभिनय रहेको छ मनमा धेरै रहर मारेर… Continue reading विदेशीएका युवाको कथामा हृदयस्पर्सी गीत ‘लाहुरे’ सार्वजनिक ( भिडियोसहित)
महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न
अमृता के सी ( रोनी ) काठमाडौँ/गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री पर्व २०७७ को अवसरमा विशेष बागमती गङ्गा आरति सम्पन्न भएको छ।गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले हरेक महिनाको अन्तिम सोमबार गर्दै आएको बागमती गङ्गा आरति शिवरात्रिको अवसरमा भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने भएकोले विशेष बागमती गङ्गा… Continue reading महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न
आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै
काठमाडौं । आज हिन्दुधर्मावलम्बीको महान पर्व महाशिवरात्रि देश तथा विदेशमा मनाईंदैछ । आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका साथ यो पर्व मनाउने गरिन्छ । आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । भगवान शिवको मूख्य मन्दिर काठमाडौंको पशुपतिनाथसहितका देशभरका शिवालयमा भक्तजनको घुईचो लाग्छ । पशुपतिनाथ मन्दिरमा मात्र १० लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।… Continue reading आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै
महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?
काठमाडौं । यस वर्षको महाशिवरात्री पर्व बिहीबार मनाइदैछ । यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा भब्य मेला लाग्छ । लाखौं भक्तजन महादेवको दर्शनका लागि पशुपति मन्दिर पुग्ने गर्छन । यसको तयारी पुरा भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार यस वर्ष महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसर प्रवेश गर्न… Continue reading महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?
ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त
लण्डन । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले बेलायती राजपदवी त्याग गरी अलग भएका छन् । उनीहरु राजदरबार छोडेर पहिला क्यानडा पुगे, त्यसपछि एक धनाढ्यको सहायतामा अमेरिका पुगेर त्यही बसोबास गरिरहेका छन् । बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले यसै साता अमेरिकामा एक दिएको एक अन्तर्वाता बहुचर्चित बन्यो ।… Continue reading ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त
महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने
काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनमा जाने सबै जनाले मास्क अनिवार्य पहिरिनु पर्ने भएको छ । कोरोना महामारी अझै पनि जारी रहेका कारण संक्रमण फैलन नदिन यस्तो नियम बनाइएको पशुपति क्षेत्र विकास कोषको भनाई छ । अनिवार्य मास्क लगाएर आउन र मास्क नलगाए दर्शन गर्न नपाइने कोषको भनाई छ । महाशिवरात्रिको तयारी पुरा भएको समेत… Continue reading महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने
सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….
काठमाडौं । नेपाली सेनाका प्यारासुटमा उडेर आकासबाट ग्राउण्डमा झरेका ६ जना सैनिक आज टुडिखेलको निर्धारित स्थानभन्दा बाहिर अवतरण भएका छन् । नेपाली संचारमाध्यमले जनाए अनुसार सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सैनिक टुँडिखेल बाहिर ल्यान्ड भएका हुन् । यद्दपी यस दौरान कुनै दुर्घटना भने हुन पाएन । नेपाली सेनाका अनुसार अहिले सैनिकले शिवरात्री तथा सेना… Continue reading सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….
म्युजिक भिडियोमा आकाश र सम्झनाको प्रेम (भिडियो)
काठमाडौं । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ । गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको… Continue reading म्युजिक भिडियोमा आकाश र सम्झनाको प्रेम (भिडियो)