Category: मनोरञ्जन

  • हरितालिका तीजको आज पहिलो दिन, घर-घरमा दर  खाइदैं

    हरितालिका तीजको आज पहिलो दिन, घर-घरमा दर खाइदैं

    काठमाडौं\रासस । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।

    माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्वतयारी गर्छन् ।

    विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

    पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् ।

    यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ ।

    पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रुप लिँदै गएको छ ।

    सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार, ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

    तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

    पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

    हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा लाखौं महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेको सुन्न सकिन्छ ।

  • न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

    न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

    न्युयोर्क

    हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको संयोजकत्वमा संयुक्त तीज कार्यक्रम भव्यताका साथ मनाएका छन् ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा स्याङ्जा समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मंच न्युयोर्क च्याप्टर र दर्शन ठकुरी समाज अमेरिकाको संयुक्त आयोजनामा तीज मनोरञ्जनात्मक कार्यक्रम गरेको हो । प्रवेश नि:शुल्क गरिएको कार्यक्रममा आगन्तुक सबैलाई दर खुवाई सामुहिक मनोरञ्जन गराएका थिए ।

    च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको छोटो औपचारिक सत्रमा न्युयोर्कस्थित वाणिज्यदूत गणेश प्रसाद अधिकारी प्रमुख आतिथ्यता थियो । त्यसैगरी च्याप्टरका सचिव बासु लामिछाने (दण्डपाणी) ले सञ्चालन गरेको कार्यक्रममा सह-आयोजक संस्थाका अध्यक्षहरु मिलन शाही, बिमला हमाल, शंकर पौडेल, सोमेन्द्र रञ्जित, निशा सुनारको उपस्थिति थियो । अध्यक्षले सबैलाई कृतज्ञता जाहेर गर्दै शुभकामना दिएका थिए ।

    किम्वदन्ति अनुसार सत्ययुगमा पार्वतीले निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास गरिएसँगै अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ । सोही पवित्र कार्यको खुसीमा तीजमा नाचगान मनोरञ्जन गर्ने गरिएको हो ।

    तजको दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज समापन हुने चलन छ ।

    अमेरिकाको न्युयोर्क सहरमा मनाइने तीजलाई प्रवासमा मनाइने सबैभन्दा ठुलो तीज कार्यक्रमको रुपमा समेत हर्ने गरिएको छ । अघिल्ला वर्षहरूमा पनि न्युयोर्कमा यस्ता तीज कार्यक्रम निरन्तर गरिंदै आएका थिए ।

  • आज कुशे औशी, बुबाको मुख हेर्ने दिन

    आज कुशे औशी, बुबाको मुख हेर्ने दिन

    काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व, घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।

    कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो । आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस समेत भनिन्छ ।

    आजका दिन बाबु नहुनेहरू भने काठमाडौंको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीको संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिधा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिधा दान गर्ने गरिन्छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिधा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।

  • न्युयोर्क सहरमा एनआरएनएको संयोजनमा तीज कार्यक्रम हुने

    न्युयोर्क सहरमा एनआरएनएको संयोजनमा तीज कार्यक्रम हुने

    न्युयोर्क

    नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा संयुक्त तीज मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ ।

    यही आउॅदो शनिवार अगष्ट २७, २०२२ का दिन साँझ ६-११ बजेसम्म सत्यनारायण मन्दिरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको संयोजनमा संयुक्त तीज विशेष कार्यक्रम मनाउन लागेको हो ।
    अमेरिकी नेपालीहरुको छाता संगठन एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा हुने कार्यक्रमलाई स्याङ्जा समाज अमेरिका, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मंच न्युयोर्क च्याप्टर र दर्शन ठकुरी समाज अमेरिकाले सहयोग गर्ने भएको छ । न्युयोर्क सहरमा संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम गर्न लागिएको यो पहिलो पटक भएकोले कार्यक्रम भव्य र थप व्यवस्थित हुने संयोजक थापाले बताएका छन् ।

    कार्यक्रममा प्रवेश निशुल्क रहने तथा सबैलाई दर (तीज विशेष खाना) प्रदान गरिने समेत जानकारी गराएका छन् । एकल तथा सामुहिक नृत्यको लागि सबैलाई समान अवसर प्रदान गर्ने भएको छ ।

    तीजका दिन नेपाली महिलाले भगवान महादेवको पूजा आराधना तथा निराहार व्रत बसी यो पर्व मनाउने प्रचलन रहेको छ । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गर्दा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्लो दिन राति दर खाएर महिलाहरुले आज निराहार व्रत राख्छन् । तीजको दिन शिव पार्वतीको पूजा आरधनासँगै नाचगान समेत हुने गर्छ । यसैको निरन्तरता दिन प्रवासमा समेत यस्ता कार्यक्रमहरु आयोजना हुने गरेका छन् ।

    सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास गरिएसँगै अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ ।


    दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    आयोजक संस्थाहरुले विभिन्न सामाजिक संजाल तथा व्यक्तिगत तवरमा सबैलाई उपस्थितिको लागि आह्वान गरेका छन् ।

  • हर्क र बालेनलाई दिपकराजको व्यंग्य: लठ्ठी नै जुधाएर भाँच्यौ भने के टेक्छौ ?

    हर्क र बालेनलाई दिपकराजको व्यंग्य: लठ्ठी नै जुधाएर भाँच्यौ भने के टेक्छौ ?

    काठमाडौं । तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् ।

    काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् ।

    यी दुई मेयरको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरुले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारकाे रुपमा उनीहरु निर्वाचित भएका हुन् ।

    उनीहरुबीचको घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् ।

    कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘ लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’

  • आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै

    आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै

    काठमाडौं । श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । सरकारले आज सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

    श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल छ । भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शनका लागि राष्ट्रपति जाने चलन छ ।

    पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

  • ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

    ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

    धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ ।

    विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ । आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ । साथै देउडा र पिङ खेलेर रमाइलो गर्ने चलन पनि छ ।

  • फिल्म ‘महानगर’को आधिकारिक पोस्टर सार्वजनिक

    फिल्म ‘महानगर’को आधिकारिक पोस्टर सार्वजनिक

    काठमाडौं । कार्म र मेनुका प्रधान अभिनित फिल्म ‘महानगर’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको फिल्मलाई मोहन राईले निर्देशन गरेका हुन् ।

    महानगर माउन्टेन रिभर फिल्म्सको सहकार्यमा मिडलवे फिल्म्स प्रा.लि.ले निर्माण गरेको हो भने यसको कार्यकारी निर्माता गोविन्द पराजुली तथा निर्माता नवनिधि दाहाल हुन् ।

    फिल्ममा महेश शाक्य ‘कर्मा’ र मेनुका प्रधानको प्रमुख भूमिका रहेको छ । महानगरमा सिमान्तकृत बन्न पुगेका मानिसको कथा महानगरमा छ ।

    अन्जान दुई पत्रा एक घटनासँग जोडिँदा भेटभएपछि उनीहरुबीच त्यो रात र दिनमा भएका जीवन भोगाई साटासाटका अनुभूतिलाई फिल्मले कथावस्तु बनाएको छ ।

    नरेन्द्र मैनालीको सिनेमाटोग्राफी रहेको फिल्मको सम्पादन परिक्षित झाले गरेका हुन् । त्यस्तै ‘महानगर’मा साउण्ड डिजाइनर किशोर आचार्य हुन् भने संगम पन्थीको ब्याकग्राउण्ड स्कोर रहेको छ । त्यस्तै फिल्मको राजेन्द्र मोक्तान कलरिस्ट, अरुण रेग्मी प्रोडक्सन म्यानेजर हुन् ।

    सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विश्व प्रिमियर भएको ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ भइसकेको छ । साथै इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि छनोट भएको छ ।

  • बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र

    बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र

    तीजको लहर आयो बरी लै…

    बर्षौदेखि नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा एकछत्र गुन्जने गीत हो यो। तीजका अवसरमा अन्य तीज लक्षित गीतहरु पनि गुन्जिने गर्दछन्। जब तीज नजिकिन थाल्छ, तब यस्ता गीतहरुले आफ्नो मौनता तोडदै गाँउदेखि शहरसम्म सर्वत्र गुन्जिन थाल्छन् । जसले नेपालीहरुमा हर्षोल्लास र उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ । यस वर्ष पनि हरितालिका तीज नजिकिसकेका कारण तीज लक्षित गीतहरु गाँउदेखि शहरसम्म, देशदेखि बिदेशसम्म गुञ्जिन थालिसकेका छन् । र, नेपाली समुदायमा उल्लास तथा उमङ्ग छाउन सुरु भैसकेको छ। कलाकार तथा संघ संस्थाहरुलाई पनि भ्याइ नभ्याइ हुन थालिसकेको छ। महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई तीजले प्रतक्ष्य अप्रतक्ष्य रुपमा छोइ सकेको छ।यसबाट अमेरिकाको मासाचुसेट्स राज्यमा बसोबास गर्ने नेपाली/नेपाली भाषी समुदाय पनि यसबाट अछुतो रहन सकेका छैनन्।

    केही वर्षदेखि कोरोना कहरका कारण सामूहिक तीज कार्यक्रमहरु प्रभावित हुदै आइरहेका छन्। गत वर्ष मासाचुसेट्स बासी नेपाली/नेपाली भाषी समूदायले सामूहिक तीज कार्यक्रम गर्न निकै तयारी गरेका थिए। तर, दुर्भाग्य ! अन्तिममा गएर तय गरिएको तीज कार्यक्रम कोरोना कहरकै कारण देखाउदै रद्ध गर्न आयोजक बाध्य भएको थियो। यस वर्ष भने अवस्था केही सुध्रिएकाले तीज पर्व सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको थियो। यसका लागि बोस्टन स्थित नेपाली समुदायको संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा ’बोस्टन तीज महोत्सव-२०२२’ भव्य र सभ्य रुपमा मनाउन आवश्यक तयारी तिब्र रुपमा गरिदै छ। उक्त कार्यक्रम वाटर टाउन सिटीको सेन्ट जेम्स अर्मेनियन चर्च भवनमा, यही आउदो अगष्ट २० तारिख (शनिवार)का दिन आयोजना गर्ने गरी आवश्यक तयारीलाई तिब्रता दिइरहेको आयोजकले जनाएको छ।
    तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, साँस्कृतिक, परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्दै मनोरञ्जन गर्ने तीज महोत्सव-२०२२को मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

    आयोजक संस्था गैर आवासीय नेपाली संघ, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भए अनुसार, महोत्सवमा नेपाली पहिचानसहितका विभिन्न मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रम पनि समेटिएको छ। उहाँले भन्नु भयो,‘कोरोना कहर सुरु भएदेखि हाम्रो तीज कार्यक्रम प्रभावित भएको छ। यस वर्ष भने सहज वातावरण भएकाले भव्य र सभ्य रुपमा तीज मनाउन हामी तयारीमा जुटिरहेका छौं। यस वर्षको तीज महोत्सव मार्फत परदेशमा रहेका नेपालीहरु बिच आत्मीय एकताको अपरिहार्यता महसुस गरेर सोही अनुरुप आवश्यक एकताको सन्देश समेत दिने गरी तयारी गरिरहेका छौं।’
    अध्यक्ष तामाङले तीज महोत्सव-२०२२लाई लक्ष्य र उद्देश्य अनुसार सफल बनाउन, आवश्यक सहयोग र सहभागिताका लागि सरोकार वालाहरु र सम्पूर्ण बोस्टन बासी नेपाली/नेपाली भाषीहरुलाई अनुरोध समेत गर्नु भएको छ।

    तीज महोत्सवलाई चाडको मर्ममा केन्द्रिकृत गर्दै सक्दो मनोरञ्जनात्मक तथा उल्लासमय बनाउने गरी आवश्यक तयारीमा जुटेको कुरा अर्को आयोजक संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले जानकारी दिनु भयो। अध्यक्ष कार्कीले भन्नु भयो,’ हरितालिका तीजको मर्ममा केन्द्रिकृत भएर तीज महोत्सव-२०२२ मनाउन सक्दो प्रयास गर्ने छौं।’ अध्यक्ष कार्कीका अनुसार आयोजकले नेपालीहरु बिचको एकता र आत्मीय भातृत्वलाई सुमधुर बनाउनमा कार्यक्रमले अहम भूमिका खेल्ने आशा गरेको छ।’ उहाँले जिकिर गर्नु भयो,’ यो तीज महोत्सव कार्यक्रमले नेपाली/नेपाली भाषीहरुको बिच सामिप्यता, एकता र भातृत्वलाई थप मजबुत बनाउन अहम भूमिका खेल्छ भन्नेमा हामी आशावादी छौं।’

    आयोजकले जानकारी दिए अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि प्रति व्यक्तिले सहयोग स्वरुप अग्रिम टिकट खरिद गरेमा ३५ डलर र कार्यक्रम स्थलमै टिकट खरिद गरेमा ४५ डलर भुक्तान गर्नु पर्ने व्यवस्था गरिएको छ भने, १२ वर्ष मुनिका बाबालिकालाई शुल्क नलाग्ने र १२ वर्ष माथिकालाई पुरा शुल्क लाग्ने छ। उक्त कार्यक्रममा ३५० टिकट बिक्री गर्ने आयोजकको लक्ष्य रहेको छ।

    महोत्सवलाई मनोरञ्जनात्मक तथा हर्षोल्लासमय बनाउन, साँगितिक कार्यक्रमको पनि आयोजना गर्ने गरी तयारी गरिएको आयोजकले दावी गरेको छ। महोत्सवमा स्थानीय नेपाली कलाकारहरुद्वारा नेपालीपन झल्किने तीज केन्द्रित गीतहरु र नृत्यहरु समेत पस्किने छन्।

    हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासका आधारमा सोही अनुसार यो चाड मनाइदै आइरहेको छ। जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अतिरिक्त यस चाडलाई माइती र चेली बिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ। तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा, भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेकोप्रति भने सर्वत्र चिन्ता बढ्दै गएको छ ।यस प्रति सबै सचेत हुन जरुरी छ।

    –सुपेन्द्र बस्नेत

  • रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै

    रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै

    काठमाडौं (रासस) । आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर उल्लासमय वातावरणमा मनाइंदैछ । यस दिन नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाउने गरिन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

    यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

    तागाधारीले यज्ञोपवीत धारण गर्दै

    आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

    स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

    वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

    क्वाँटीको परम्पररा

    जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा। शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।

    तराई क्षेत्रमा राखी बाँधिदै

    नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

    यस दिन काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने लागछ ।

  • आज गाइजात्रा, यस्तो छ मनाउने कारण

    आज गाइजात्रा, यस्तो छ मनाउने कारण

    काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।


    नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पर्व हो यो । मृत्युमा शोक मनाउनुपर्नेमा हास्यव्यङ्ग्य गर्ने अनौठो चलन चलिआएको छ ।

    कसरी सुरू भयो ?
    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।

    यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको भनिने गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।

    यद्यपि गाईजात्रा प्रताप मल्लको समयभन्दा अघि नै थालिएको तर्क गर्ने विद्वानहरू पनि छन् । प्रताप मल्लले कुनै पनि अभिलेखमा यो पर्व आफूले शुरू गरेको उल्लेख नगर्नु र गोपालराज वंशावलीमा पनि त्यस्तो उल्लेख नहुनुले यो पर्व कम्तीमा ६०० वर्ष पहिले नै शुरू भइसकेको विद्वानहरूको तर्क छ । ६०० वर्ष पहिले जयस्थिति मल्लको समयको गोपालराज वंशावली ९पत्र ६१० मा ‘साँ यात’ उल्लेख छ । यो भनेको ‘गाईको यात्रा’ हो । यसले गाईजात्रा जयस्थिति मल्लको समयभन्दा पनि पहिल्यै शुरू भएको पुष्टि गर्ने बताइन्छ ।

    गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि धुमधामका साथ मनाइन्छ ।

  • भुवन केसीको नियुक्ति अयोग्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर

    भुवन केसीको नियुक्ति अयोग्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुन उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा केसीविरुद्ध रिट दायर भएको हो । बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले केसीविरुद्ध अदालतमा रिट दर्ता गरेका हुन् ।

    रिटमा केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरिएको छ। विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उतीर्ण हुनुपर्ने भए पनि रिट निवेदकहरुले केसीले प्रमाणपत्र तह मात्र उतीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन्।

    मन्त्रिपरिषदको साउन ९ गतेको बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

  • अधिकांश सुटिङ नेपालमा भएको बलिउड चलचित्र उचाईको पोस्टर सार्वजनिक

    अधिकांश सुटिङ नेपालमा भएको बलिउड चलचित्र उचाईको पोस्टर सार्वजनिक

    काठमाडौं । अधिकांश सुटिङ नेपालमा भएको बलिउड चलचित्र ‘उचाई’को टिजर पोस्टर सार्वजनिक भएको छ । यो चलचित्र कात्तिक २५ मा रिलिज हुँदैछ । फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो ।

    सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य पात्रले हिमाल आरोहण गरिरहेको चित्रण गरिएको छ । नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ । मित्रताको कथा भन्ने यो फिल्मले तीन प्रमुख पात्रको नेपाल घुमघामको कथा प्रस्तुत गर्छ । ‘उचाई’ले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने अपेक्षा छ ।

  • महजोडीको महापुरुष कात्तिक १९ बाट प्रदर्शनमा

    महजोडीको महापुरुष कात्तिक १९ बाट प्रदर्शनमा

    काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा गरिएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् ।

    अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । फिल्ममा मह जोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रुपमा छन् । प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन् ।

  • अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन ‘दिवेश पोखरेल’को ‘नेपाल टुर’को मिति तय

    अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन ‘दिवेश पोखरेल’को ‘नेपाल टुर’को मिति तय

    काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकी आइडलका फाइनलिस्ट दिवेश पोखरेलको पहिलो नेपाल टुरको कन्सर्ट मिति निश्चित भएको छ ।

    अमेरिकन आइडलमा क्रिडेन्स क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन द रेन’ गाएर चर्चामा आएका पोखरेल साउन ३१ गते काठमाडौंमा आइपुग्ने निश्चित भएको हो ।

    उनले सात सहरमा १० वटा कन्सर्ट गर्दैछन् । उनी देशको काठमाडौंसहित चितवन, पोखरा र बुटवललगायत सहरमा गुन्जिँदै छन् ।

    उनको सांगीतिक प्रस्तुति काठमाडौंबाट सुरु हुनेछ । उनले काठमाडौंको क्लब प्लाटिनममा यही अगस्ट २० मा प्रस्तुति दिनेछन् । यसको टिकट बुकिङ खुला भइसकेको छ ।

    यस्तै, अगस्ट २४ मा चितवन, अगस्ट २६ मा पोखरा र अन्तिम प्रस्तुति अगस्ट ३१ मा बुटवलमा हुने तय भएको छ ।

    अर्थर एक महिनाका लागि नेपाल आउन लागेका हुन् । उनले अगस्टमा चार शो गर्नेछन् । बाँकी शो सेप्टेम्बरमा हुनेछ । सन् २०२० को अमेरिकी आइडलमा फस्ट रनरअप भएयता उनी पहिलोपटक नेपाल आउन लागेका हुन् ।

    गत महिना उनले लन्डनमा कन्सर्ट गरिसकेका छन् ।

    दिवेशको नेपाल कन्सर्टको जिम्मा ब्रेनसर्भिसले लिएको छ । अमेरिकन आइडलको १८ औं सिजनका फाइनलिस्ट रहेका दिवेश १९ औँ सिजनमा पनि टप सेभेनसम्म पुग्न सफल भएका थिए ।

  • तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

    तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

    काठमाडौं । सरकारले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका हुन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पगेका मन्त्री श्रेष्ठले तिलौराकोटको सम्वर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

    गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको भन्दै उनले तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पूरा गरिने बताए । तिलौराकोट दरबारको समुचित विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरूरी रहेको बताए। सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्र उत्खननबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए।

    लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्विक क्षेत्रका रूपमा विकास गर्ने सरकारको नीति छ। बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जोड दिए। तिलौराकोट इसापूर्व छैठौं शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो। गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्त्वपूर्ण स्थल मानिन्छ

  • आज नाग पञ्चमी, यस्तो छ महत्व

    आज नाग पञ्चमी, यस्तो छ महत्व

    काठमाडौं (रासस)। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

    वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।

    नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

    दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

    पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

    संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

    प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।

    गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

    संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

    आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

    वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

  • चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

    चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

    काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्।

    १० जनाको दरखास्त परेकामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।

    केहीअघिसम्म नेकपा (एमाले)मा रहेका भुवन पछिल्लो समय नेपाली कांग्रेसमा आबद्ध थिए । गएको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्या वैशाख २० गते उनी कांग्रेसमा प्रवेश गरेका थिए ।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई बालुवाटारमा बोलाएर पार्टी प्रवेश गराएका थिए।

  • एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

    एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

    काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी केही महिना अगाडीमात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

    केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेको थियो । उनले कांग्रेस प्रवेश गरेपछि प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका थिए ।

  • अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने

    अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने

    ललितपुर । ललितपुर महानगरपालिकाले अब महानगरभित्र ‘सेयर्ड बाइस्कल स्किम’ सुरु गर्ने घोषणा गरेको छ । साइकल लेनको प्रयोग बढाउने र आफ्नै साइकल नहुनेलाई साइकल प्रयोग सक्ने वातावरण बनाउन ललितपुरले साइकल स्ट्यान्ड बनाएर ठाउँ(ठाउँमा भाडामा साइकल राख्न लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार अब चोकचोकमा स्ट्यान्ड बनाएर प्रविधिको प्रयोगबाट भाडा तिर्न सकिने गरी साइकल भाडमा लिने व्यवस्था गर्न लागिएको छ ।

    महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगरका विभिन्न महत्वपूर्ण चोकहरुमा अब साइकल स्ट्यान्डहरू बनाइनेछ । जहाँ भाडामा लिन सकिने गरी साइकलहरु राखिने छ । विद्युतीय भुक्तानी गरेर साइकल प्रयोगको अनुमति लिन सकिने छ । साइकलको ‘जीपएएस’ ट्रयाकिङ हुनेछ । प्रयोगकर्ताले एउटा स्ट्यान्डबाट अर्को स्ट्यान्डमा लगेर साइकल ‘लक’ गरेर छोड्न सक्नेछन् । यो सेवाका लागि एक व्यवसायिक संस्थासँग सम्झौता हुन लागेको महानगरपालिकाले जानकारी गराएको हो ।

  • आज साउने संक्रान्ति, साउनभर महादेवको पूजा आरधना गरिँदै

    आज साउने संक्रान्ति, साउनभर महादेवको पूजा आरधना गरिँदै

    काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज मनाईंदैछ । यस दिन स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर यो चाड मनाउने गरिन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।

    माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।

    परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।

    महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए । साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

    पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ ।

    पशुपतिनाथ मन्दिरमा असार ३२ गते शनिबारदेखि नै भक्तजनको भीड लागेको छ । आइतबार साउन १ गतेदेखिका लागि स्वयंसेवक, महिला प्रहरीलगायतको व्यवस्था मिलाइएको उनले बताए ।

  • आज बकर इद, देशभर सार्वजनिक बिदा

    आज बकर इद, देशभर सार्वजनिक बिदा

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

    हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।
    मुस्लिम धर्म गुरु ९मौलाना० रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ ।

    जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय ९मदरसा० मा अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’उनले भने ।

    यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

    धार्मिक मान्यताअनुसार अल्लाहका नवी९दूत० इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

    निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए ।

    यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान(बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।

    यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइएको छ । मुस्लिम धर्मावलम्बीले मंगलबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • व्यापक आलोचनापछि बालेनले भने : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु

    व्यापक आलोचनापछि बालेनले भने : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु

    काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने घोषणा गरेका छन् । यसअघि सालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णय भएको थियो । यसको व्यापक आलोचना भएपछि मेयर बालेनले सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’ उनको यो घोषणाको समेत सामाजिक सञ्जालमा आलोचना भइरहेको छ , विगतमा आफ्नो पार्टीका नेता र उनीहरको आफन्तका शालिक बनाउने परिपाटीको विरोध गर्ने बालेनले यमबुद्धको सालिक बनाउने विषयलाई धेरैले परम्परागत संस्कारको संज्ञा दिएका छन् ।

  • अमरनाथ यात्रामा गएकाहरु बाढीको चपेटामा, कम्तिमा १३ जनाको मृत्यु

    अमरनाथ यात्रामा गएकाहरु बाढीको चपेटामा, कम्तिमा १३ जनाको मृत्यु

    कश्मीर । भारतको कश्मीर राज्य अमरनाथ गुफानजिकै भीषण वर्षा र त्यसले निम्त्याएको बाढीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । केही मानिसहरु बेपत्ता भएका आशङ्कामा खोजी कार्य भइरहेको छ । बाढी आएका बेला गुफा आसपासमा झन्डै १० हजार मानिस रहेको अनुमान गरिएको छ । त्यहाँ अस्थायी शिविरमा मानिसहरु बसेका थिए ।

    बाढीका बेला मानिसको भागाभाग भएको थियो । बाढीले भौतिक संरचनाहरु समेत बगाएको छ । अमरनाथ गुफामा जुन महिनादेखि तीर्थयात्रा सुरु हुन्छ । यसअघि सन् १९९६ मा हिम पहिरोमा परेर २ सय ५० जनाभन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका थिए । घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।

  • चलचित्र ‘परदेशी २’ को टिजर सार्वजनिक

    चलचित्र ‘परदेशी २’ को टिजर सार्वजनिक

    काठमाडौं । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी–२’ को टिजर सार्वजनिक गरिएको छ ।

    रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत चलचित्रको टिजरमा शुक्रवार सार्वजनिक गरिएको हो ।

    परदेश पुगेकाहरुको कथा–व्यथालाई प्रस्तुत गरिएको टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व र गीतको मिश्रण छ । चलचित्रमा दीलिप रायमाझी, केकी अधिकारी, प्रकाश सपुत, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

    रमेश बीजीको कथा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

    बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

    सुदीप कुँवरको सहनिर्देशन रहेको यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

    गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ ।

    ‘गोर्खापल्टन’ र ‘परदेशी’पछि नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा ‘परदेशी २’ निर्माण भएको हो । चलचित्र असोज १४ गते रिलिज हुनेछ ।

  • जलवायु परिवर्तनबारे जनचेतना जगाउन शे-फुक्सुण्डो क्षेत्रमा महिलाले पदयात्रा गर्ने

    जलवायु परिवर्तनबारे जनचेतना जगाउन शे-फुक्सुण्डो क्षेत्रमा महिलाले पदयात्रा गर्ने

    काठमाडौं । जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउन डोल्पाको शे-फुक्सुण्डो क्षेत्रमा पदयात्रा गरिने भएको छ। आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित ६० जना महिलाको समूहले पदयात्रा गर्न लागेका छन्। यो समूहमा विविध क्षेत्रका अगुवा महिलाको सहभागिता रहनेछ। साथसाथै संस्थाले यसअघि मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो।

    बुधबार भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने बताए । कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने बताइन् । संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिएकी थिइन्।

    यात्रामा सरकारका विभिन्न तह, कूट्नीतिक नियोग, पत्रकारसहितको सहभागिता हुने आयोजकले जनाएको छ। हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ। संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो।

    फोक्सुण्डु पदयात्रामा मधेशसहित विभिन्न प्रदेशबाट प्रतिनिधित्वमूलक रुपमा सांसद र अन्य जनप्रतिनिधि, डोल्पाका स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षसमेत सहभागी भई सेफुक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ। ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एण्ड नेचर वेस टुरिज्जम डेभलपमेण्ट’ भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको छ।

    RSS
  • फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

    फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

    काठमाडौं । फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने निश्चित भएको छ । फ्रान्सेली भाषामै निर्माण हुने चलचित्रको छायाङ्कन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा गरिने निर्माण पक्षले जानकारी गराएको छ । फिल्म छायाङ्कनका लागि उपयुक्त स्थानको खोजीमा नेपाल आएको निर्देशक एलन सिमोनसहितको टोलीले यसबारे जानकारी गराएको हो । नेपालमा ३५ दिनको छायाङ्कन तालिका राखिएको छ । चलचित्रमा केही नेपाली कलाकारसमेत रहने भएका छन् । रक ओपेरा सङ्गीतका चर्चित फ्रान्सेली सङ्गीतकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छायाङ्कन नेपाल र बाँकी फ्रान्समा गरिने जनाएका छन् ।

    सन् २०१५ को महाभूकम्पको समयमा नेपालीलाई सघाउन उनले कन्सर्ट आयोजना गरेका थिए । सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाएको बताए । फिल्मले आध्यात्मिकता, सङ्गीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा बोक्ने बताइएको छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारङ्गी वादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हुनेछ । काठमाडौंका पर्यटकीय सम्पदा र पर्यटकीय स्थलमा छायाङ्कन हुने भएको छ ।

  • थप ६३ फिल्मकर्मीलाई सरकारी परिचयपत्र, क-कसले पाए ? (नामावलीसहित)

    थप ६३ फिल्मकर्मीलाई सरकारी परिचयपत्र, क-कसले पाए ? (नामावलीसहित)

    काठमाडौं । नेपाल सरकारले थप ६३ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान गरेको छ ।

    बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गरेका हुन् ।

    विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा अभिनेता भुवन केसी, सन्तोष पन्त, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, रवि गिरी, राजाराम पौडेल, पवन मैनाली लगायत छन् ।

    आर्थिक वर्ष २०७३/७४ सालमै कार्यविधिअनुसार फारम भरेका कलाकारलाई परिचयपत्र प्रदान गरिएको बोर्डले जनाएको छ ।

    यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो ।

    विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेको सूची

    १. चैत्यदेवी सिंह

    २. मोहनलाल सर्राफ

    ३. गौरीशंकर धुजु,

    ४. नगेन्द्र खड्का क्षेत्री

    ५. अर्जुनजंग शाही

    ६. रवि गिरी

    ७. सानुकुमार ताम्राकार

    ८. रिदीचन्द्र श्रेष्ठ

    ९. राजाराम पौडेल

    १०. सन्तोष पन्त

    ११. मञ्जिल श्रेष्ठ

    १२. उज्वल घिमिरे

    १३. पवन मैनाली

    १४. भुवन केसी

    १५. सुन्दरलाल श्रेष्ठ

    १६. शिव ढकाल

    १७. वीरेन्द्रनारायण श्रेष्ठ

    १८. किरण केसी

    १९. जुजुभाइ महर्जन

    २०. जय श्रेष्ठ

    २१. मदन घिमिरे

    २२. प्रकाशचन्द्र सुवेदी

    २३. देशभक्त खनाल

    २४. नानीबाबु महर्जन

    २५. उत्तम केसी

    २६. अर्जुन श्रेष्ठ

    २७. गोपालकाजी कायस्थ

    २८. राजेन्द्र सलभ

    २९. दिनेश डीसी

    ३०. धीरेन शाक्य

    ३१. आरपी पन्त

    ३२. हिमाल केसी

    ३३. सुशील पोखरेल

    ३४. भोला रिजाल

    ३५. दयाराम दाहाल

    ३६. वनिशविक्रम शाह

    ३७. नरेन्द्र महर्जन

    ३८. माधव थपलिया

    ३९. लक्ष्मणविक्रम बस्नेत

    ४०. कुलबहादुर महत

    ४१. उद्धवराज भट्टराई

    ४२. कमल मैनाली

    ४३. ज्योतिलाल राना

    ४४. मनोजकुमार आचार्य

    ४५. मुकुन्दकिशोर भट्टराई

    ४६. किशोरकुमार ढकाल

    ४७. नारायण प्रधान

    ४८. उत्तक द्वा

    ४९. शिवहरि वैरागी

    ५०. चिरञ्जीवी बस्नेत

    ५१. दीर्घ गुरुङ

    ५२. लव वैष्णव

    ५३. मनोजकुमार केसी

    ५४. केशवप्रसाद पण्डित

    ५५. रीता राना

    ५६. सपना श्रेष्ठ

    ५७. प्रदीपलाल श्रेष्ठ

    ५८. रामकाजी घिमिरे

    ५९. विकासराज आचार्य

    ६०. विजय देउजा

    ६१. ज्ञानेन्द्र देउजा

    ६२. मदनमान बज्राचार्य

    ६३. राजकुमार पोखरेल

  • प्रियंका रानी जोशी बनिन् मिस नेपाल

    प्रियंका रानी जोशी बनिन् मिस नेपाल

    काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशी यसवर्षको मिस नेपाल वर्ल्ड घोषित भएकी छिन् । शनिबार साँझ सम्पन्न ललितपुरको गोदावरीमा ग्रान्ड फिनालेबाट उनले उपाधी जितेकी हुन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी छिन् । सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।

    गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरियो । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड(१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो ।

  • मिस नेपालको फाइनल आज, २४ जनाबाट छानिनेछिन् नेपाल सुन्दरी

    मिस नेपालको फाइनल आज, २४ जनाबाट छानिनेछिन् नेपाल सुन्दरी

    काठमाडौं । मिस नेपाल २०२२ को फाइनल आज हुने भएको छ । शनिबार ललितपुरस्थित गोदावरी हलमा मिस नेपालको ग्रान्ड फिनाले हुन लागेको हो । जहाँ २४ जना सुन्दरी ताजको प्रतिस्पर्धामा छन् । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य बनाउने बताएको छ । यस पटक ६ जना चिकित्सक मिस नेपालको प्रतिस्पर्धामा छन् ।

    मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ यसै प्रतियोगिताबाट छानिनेछन् । मुख्य तीन टाइटल र त्यसपछि थप ९ वटा सब(टाइटलको विजेता आज घोषणा गरिनेछ । ११ जना निर्णायकले अन्तिम विजेता घोषणा गर्नेछन् । नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याउने छिन् । फिनालेमा गीत तथा नृत्य प्रस्तुतिसमेत दिइनेछ । देशभरबाट आएका ८ सय सुन्दरीबाट अन्तिम छनोट हुन लागेको हो ।