Category: मनोरञ्जन

  • इन्दिरा र शरद विवाह बन्धनमा बाँधिए

    इन्दिरा र शरद विवाह बन्धनमा बाँधिए

    काठमाडौं । गायिका इन्दिरा जोशीले र शरद केडिया विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त सहभागी भए । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने तयारी गरेका छन् । इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए ।

  • कबड्डी ४ चलचित्रले बौद्ध  धर्मको मानमर्दन गरेको भन्दै प्रशासनमा पर्यो उजुरी

    कबड्डी ४ चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै प्रशासनमा पर्यो उजुरी

    काठमाडौं । कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएका छन् । निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

    उजुरीमा लामाले भनेका छन्, ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’ रामबाबु गुरुङ निर्देशित फिल्मले प्रदर्शनको १६ दिनसम्म २० करोड रुपैयाँ कमाइ गरिसकेको छ ।

  • मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द

    मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ। निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रने, जंगलमा भएका स(साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरूद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो। ‘अर्को सूचना जारी नभए सम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको छ,’ उनले भने।

    निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ। योसँगै राप्ती नदीमा गरिने डुंगा सफारी बन्द गरिएको उनले जानकारी दिए। वर्षातको समयमा डुंगा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो। निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आवको वैशाखसम्म आठ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। सो समयमा एक लाख ५९ हजार ८८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए।

    उनीहरूमध्ये एक लाख ३६ हजार ५२२ नेपाली, १० हजार ९३४ सार्क मुलुकका र १२ हजार ४२५ अन्य मुलकका रहेको निकुञ्जले जनाएको छ। सोही अवधिमा निकुञ्जभित्र दुई करोड ४१ लाख ४० हजार पटक जंगलमा जिप सफारी गरिएको छ। निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जंगल सफारी रहेको छ । रासस

  • लगनगाँठो कस्ने तयारीमा गायिका इन्दिरा जोशी

    लगनगाँठो कस्ने तयारीमा गायिका इन्दिरा जोशी

    काठमाडौं । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले प्रेमी शरद् केडियासँग आगामी मंगलबार विवाह गर्न लागेकी हुन् । उनले आइतबार एक सन्देश जारी गर्दै भनेकी छिन्, ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ ।’

    इन्दिराले अगाडी लेख्छिन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’ तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरद् फेसन डिजाइनर हुन् ।

  • ‘चिसो मान्छे’को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

    ‘चिसो मान्छे’को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

    काठमाडौं । दिपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।

    आइतबार सार्वजनिक भएको भिडियो ‘ओएसआर डिजिटल’को यूट्यूबमार्फत रिलिज भएको हो ।

    गीतको सुरुवाती अंश देउडा रहेको छ। गीतको देउडा भाकामा रेखा जोशीले स्वर दिएकी छन् भने बाँकी भाग निखिता थापाले गाएकी छन्।

    सहदेव अर्याल र हर्क साउदको शब्द रहेको गीतमा सुवास भुसालको संगीत र उदय राज पौडेलको एरेन्ज छ।

    शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ।

    चलचित्रमा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्ती, सृष्टी आचार्य, विकाश खनाल लगायत कलाकारको पनि अभिनय छ।

    निर्देशक खनालले छायांकन गरेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरिकी छिन्। चलचित्र असार ३ गतेबाट देश तथा विदेशमा प्रदर्शनमा आउँदै छ।

    यो चलचित्र असार ३ गतेदेखि प्रदर्शन हुँदैछ।

  • अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी

    अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी

    सुपेन्द्र बस्नेत, बोष्टन

    तन अमेरिकामा भएपनि मन भित्र भने ‘मेरो देश, मेरो गौरव’ भन्ने आत्मीय भावना सुरक्षित राखेका गैर आवासीय नेपालीहरुले, नेपालीपन झल्काउदै नेपाल उत्सव मनाउने भव्य तयारी थालेका छन्। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ यही आउदो जुन २५ तारिख शनिबारका दिन अमेरिकाको म्याचेच्युसेट्स राज्यको समरभिल सिटीमा’ नेपाल उत्सव-७९’ (Nepal festival-2022) मनाउन आवश्यक तयारी थालिएको हो।

    ग्रेटर बोस्टन नेपाली समाज, समरभिल कला परिषद र आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा हुन गइरहेको उक्त कार्यक्रम, समरभिलस्थित युनियन स्क्वायरमा दिउसो ३:३० बजेदेखि प्रारम्भ हुने आयोजकले जनाएको छ। बोस्टनबासी नेपाली भाषीहरुलाई संगठित गर्नु, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, पहिरन, खानपिन आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्नुका साथै, समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था ग्रेटर बोस्टन नेपाली समाजका अध्यक्ष मिलन कुमार कार्कीले बताउनु भयो।कार्कीले भन्नु भयो,’विश्व सामु नेपाल र नेपाली समुदायको पहिचान झल्काउने गरी कार्यक्रमको आवश्यक तयारी गरिएको छ। कार्यक्रम मनोरञ्जनात्मक, प्रभाकारी र फलदायी हुने छ।’

    सन् २०१७ देखि मनाउन सुरु गरिएको महोत्सव, विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि आयोजना गरिएको यस बृहत् खुल्ला महोत्सवमा आप्रवासी नेपालीहरुको उत्साहजनक उल्लेखनीय सहभागिता रहने आयोजकले विश्वास लिएको छ। कार्यक्रमलाई मनोरञ्जनात्मक, प्रभाकारी र फलदायी बनाउन नेपाली भाषी समुदायको सक्रिय सहभागिताका लागि आयोजकले चुले निम्तोसहित कार्यक्रम सफल बनाउन आवश्यक साथ सहयोगका लागि अनुरोध समेत गरेको छ।’यो कार्यक्रम नेपाली भाषी समुदायकै उथ्थानका लागि केन्द्रिकृत भएकाले, कार्यक्रमलाई सफल बनाउन यथासक्य सहयोगका लागि म्याचेच्युसेट्सबासी सबै नेपाली भाषीहरुलाई अनुरोध छ। साथै, कार्यक्रममा उल्लेखनीय सक्रिय सहभागिताका लागि चुल्है निम्तो छ।’ अध्यक्ष कार्कीले भन्नु भयो ,’ सकेसम्म नेपाली पहिचान झल्काउने पहिरन लगाएर कार्यक्रममा उपस्थित भइदिनहुन पनि हामी सबैलाई अनुरोध गर्दछौं।’
    कार्यक्रममा नेपाली पहिचान झल्काउने मनोरञ्जनात्मक विविध साँस्कृतिक कार्यक्रम, नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरु र नेपाल र नेपाली संझाउने स्टलहरुको व्यवस्था गर्ने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ।

    करिब १५ देखि २० हजारसम्म नेपाली भाषीहरुको बसोबास रहेको अनुमान गरिएको अमेरिकाको यस म्याचेच्युसेट्स राज्यमा, नेपाली भाषीहरुका विभिन्न संघ संस्थाहरु लामो समयदेखि संगठित भएर सामाजिक क्रियाकलापहरु क्रियाशिल रहदै आइरहेका छन्।र, उनीहरुले नेपाल र नेपाली भाषीहरुको पहिचान तथा उथ्थानका लागि बेला बखतमा आवश्यक यथासक्य विविध क्रयाकलापहरु गर्दै आइरहेका छन्। यद्यपि, कार्यक्रमहरुमा लक्षित समुदायहरुको सक्रिय सहभागिता भने सन्तोषजन हुन सकिरहेको देखिदैन।

  • गाराचा किराँतको ‘घर फर्क साथी हो’ सार्वजनिक

    गाराचा किराँतको ‘घर फर्क साथी हो’ सार्वजनिक

    शान्तिराज राई न्युयोर्क

    गाराचा किराँतको रचना एवम्अभिनय रहेको “घर फर्क साथी हो” बोलको म्युजिक भिडियो आमा पदम कुमारी चाम्लिंग फ्लिमस मार्फत बजारमा सार्वजनिक भएको छ । अमेरिकाको व्यस्त जीवनशैलीका वावजुद पनि समाजसेवी किराँतले विभिन्न समयमा नेपाली गीत संगीतप्रति समर्प्रित हुँदै आएका छन । यही क्रममा स्वदेशको माया हुदाँहुदै आफ्नो परिवार, प्रेमीप्रेमिका छाडेर विदेशीनुको पिडालाई गीतको माध्यामबाट उजगार गर्न खोजेका छन । उनले गीत मार्फत विदेशीएका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका हुन ॥

    अमेरिकाको न्युयोर्कमा रहेर समाजसेवामा व्यस्त गाराचाको यही फ्राइडे “घर फर्क साथी हो” बोलको गित सार्वजनिक भएको हो ।

    “घर फर्क साथी हो” गायक देवेश राई र आशिष ताम्राकारको स्वरसंगै आशिष ताम्रकारकै संगीतमा तयार गरिएको हो । उक्त गीतको एरेंज, महाराज थापा मिक्स मास्टरिंग मित्र लामाको रहेकोछ ।

    यो गीतको म्युजिक भिडियोमा शम्भु मोक्तान र श्याम तमांगको छायाँकन, भरत रेग्मीको सम्पादन, यस गीतकै गीतकार गणेश राई गाराचा किराँतको निर्देशन रहेको छ। गीतको भिडियोमा गाराचा किरात, रोशन राई, शौरभ राई, अनुशा जीरेल लगायतको अभिनय रहेको छ ।

  • आज मच्छिन्द्रनाथको भोटो देखाइंदै, देशभर सार्वजनिक बिदा

    आज मच्छिन्द्रनाथको भोटो देखाइंदै, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज वर्ष र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ। शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्‍याइएको थियो। मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ।

    भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ। भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्‍याइन्छ। यसैबीच सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ। राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिवार देशभर सार्वजनिक बिदा रहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

  • राष्ट्रपति आज बडिमालिका भ्रमणमा जाने

    राष्ट्रपति आज बडिमालिका भ्रमणमा जाने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सुदुरपश्चिमको चर्चित धार्मिक गन्तब्य बडिमालिकाको भ्रमणमा जाने भएकी छिन् । उनी बुधबार बिहान बाजुरा प्रस्थान गर्ने कार्यक्रम छ । सोही सिलसिलामा उनी मंगलबार नै सुर्खेत पुगेकी छिन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी मंगलबार सुर्खेत आएकी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी मंगलबार १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेको जानकारी दिएका छन् । उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेका छन् । बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी छिन् ।

  • ‘कबड्डी चार’ चलचित्र : अभिनेत्री र दर्शकबीचको विवाद टुंगियो, दुई पक्षबीच सहमती

    ‘कबड्डी चार’ चलचित्र : अभिनेत्री र दर्शकबीचको विवाद टुंगियो, दुई पक्षबीच सहमती

    काठमाडौं । कवड्डी–४’ फिल्म हेर्न पुगेका दर्शक र अभिनेत्री मिरुना मगरबीचको विवाद सहमतीमा टुंगिएको छ । फिल्म निर्माण पक्षका अभिनेता दयाहाङ राई, निर्देशक रामबाबु गुरुङ र बौद्ध भिक्षुका तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ आदिले संयुक्त हस्ताक्षर गरी विवाद टुंगाइएको हो ।

    दुबै पक्षवीच भएको सम्झौता पत्रमा लेखिएको छ, ‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कवड्डी द फाइनल म्याचको दर्शकसँग साक्षतकार गर्ने क्रममा सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी दिएकी छिन् ।’अभिनेत्रीले कुनैपनि जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको सम्झौता पत्रमा स्पष्ट पारेकी छिन् ।

    ‘आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्द धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्’ सम्झौता पत्रमा उल्लेख छ । दुबै पक्षका अभिभावकहरु बसेर आगमी दिनमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई टिप्पणी नगर्ने, धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबैसमक्ष अपिल गरिएको उक्त पत्रमा लेखिएको छ ।

    सम्झौता पत्रमा अभिनेत्री मगरको पक्षबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सन्जोग लाफा मगर, पशुपति राई, कालिप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् । यसैगरी फूर्पा तामाङको पक्षबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् । फिल्म हेर्न सुन्धारास्थित सिभिल मलको क्युएफएक्स हलमा पुगेका फूर्पा तामाङले आफुलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मिरुना तामाङले थप्पड हानेकी थिइन् ।

    साथै उनले तामाङलाई प्रहरीको जिम्मा लगाएकी थिइन् । प्रहरीले वौद्ध भिक्षुसमेत रहेका तामाङलाई हिरासतमा राखेपछि उनका पक्षधर ‘रिहाइ’को माग गर्दै विरोधमा उत्रिएका थिए । उनीहरुले विरोध प्रदर्शन गर्दै चावहिलको केएल टावरमा फिल्मको पोस्टर जलाएका थिए । विवादकै कारण केएल टावरस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म कवड्डी–४ को प्रदर्शन स्थगित गरेको थियो ।

  • सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा

    सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा

    काठमाडौं । संसारकै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा भएको छ । सोही सम्झनामा आज नेपाल र विदेशमा समेत अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथा ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाइंदैछ । सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन् १८४७ मा विश्वकै अग्लो हिमालको रुपमा सगरमाथाको पहिचान भएको थियो ।

    सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जलवायु परिवर्तनले हिमाली जनजीवनमा जोखिम बढेको र विश्व तापमानमा देखिएको वृद्धिसँगै हिमालमा हिउँ पग्लन थालेकाले कार्बन उत्सर्जनलाई कम गर्नुपर्नेमा जोड दिएको छ । सगरमाथा नेपालमा पर्यटक आकर्षित गर्ने मूख्य माध्यम पनि हो ।

  • रिलिजको पहिलो दिनमै कबड्डी-४ को ऐतिहासिक कमाई

    रिलिजको पहिलो दिनमै कबड्डी-४ को ऐतिहासिक कमाई

    काठमाडौं । नेपालमा स्वदेशी चलचित्रले एकै दिन गरेको कमाईमा कबड्डी ४ ले यस अघिका सबै कीर्तिमान तोडेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीले फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको बताएका छन् । शुबmबार मल्टिप्लेक्सका सबै शोमा शतप्रतिशत अकुपेन्सीमा फिल्म चलेको बताइएको छ । ‘कबड्डी ४’ले सबैभन्दा धेरै मल्टिप्लेक्स च्यानल रहेको क्यूएफएक्समा शुक्रबार १ सय ७ शो पाएको थियो । यो संख्या आइतबारसम्म बढ्ने देखिएको छ ।

    फिल्मले पहिलो दिन नेपालभरबाट साढे तीन करोडको व्यापार गरेको आकलन निर्माण पक्षको रहेको छ । आइतबारसम्मका लागि सबै टिकट ‘सोल्डआउट’ भएका कारण समेत उनीहरु उत्साहित भएका हुन् । यो फिल्मलाई बिग मुभिजले १७ र एफक्युबले १७ वटा शो दिएका थिए । कीर्तिपुरमा समेत ६ वटा शो हाउसफुल बनेका छन् । फिल्ममा तीन करोड लगानी भएको बताइएको छ । पहिलो दिनमै लगानी उठेपछि निर्माण पक्ष हर्सित छ । रिलिजअगाडि नै फिल्मले डिजिटल राइट्स र ओभरसिज राइट्स (विदेश व्यापार) बाट समेत लगानी भए बराबरको रकम उठाइसकेको थियो ।

    पहिलो सिरिज विदेशमा अत्यधिक प्रदर्शन भएकैले चौथो सिरिजले डायस्पोरामा राम्रो शो पाएको हो । युरोपभित्रका २० देशमा फिल्म पुगिसकेको हो । माल्टा, साइप्रस, इटाली, नर्वे, जर्मन, पोल्यान्ड, हल्यान्ड, स्विट्जरल्यान्डमा प्रदर्शनको घोषणा भएको निर्माण पक्षले जनाएको छ । न्युजिल्यान्ड, अस्ट्रेलियासँगै अमेरिकाका ६४ राज्यमा प्रदर्शन घोषणा भएको छ । यो संख्या पहिलाको तुलनामा अत्यधिक रूपमा बढेको गुरुङ बताउँछन् । भारतको सुष्मा प्रोडक्सनसँग पनि सम्झौता भइसकेको छ ।

  • ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने

    ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने

    काठमाडौं । सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने भएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

    ‘ताप्लेजुङ–दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नतिलाई प्राथमिकता दिइने छ’, निति तथा कार्यक्रममा भनिएको छ।

    त्यस्तै सरकारले काठमाडौ–निजगढ द्रूतमार्गलाई समयमै सम्पन्न गर्ने जनाएको छ। काठमाडौं र मधेशलाई छिटो जोड्ने उक्त आयोजना केही समयदेखि निर्माणाधीन रहेको छ।

  • वरिष्ठ गायिका डेजी बराइली र गायक प्रेम सेन्चुरीको नयाँ गीत सार्वजनिक

    वरिष्ठ गायिका डेजी बराइली र गायक प्रेम सेन्चुरीको नयाँ गीत सार्वजनिक

    काठमाडौँ ।

    अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको सुमधुर स्वरमा रास्ट्रिय भावानाले ओतप्रोत ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द संगीत स्वयम् गायक सेन्चुरीको रहेको छ। गीतलाई बिमल बुढाथोकीले संगीत संयोजन गरेका हुन्।

    सबै मिलि देश बनाउन, जहाँ भएपनि नेपाली पहिचान र नेपाली संस्कृतिलाई जोगाएर राख्न आह्वान यस गीत मार्फत गरिएको छ। लिरिकल भिडियोको रुपमा सार्वजनिक यस गीतलाई प्रोमोशन नेपाल संगको सहकार्यमा तयार पारिएको हो। यसअघि गायक सेन्चुरीको स्वरमा समावेश गर्मीमा एसी जाडो हिटर चुम चुम ‘जीवन यहाँ यस्तै छ’ ‘परदेशीले मलाई रुवायो’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। गायक सेन्चुरीले नयाँ गीतलाई सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

  • बाजुराली भाषा र भूगाेल समेटिएको फिल्म ‘चिसाे मान्छे’काे ट्रेलर सार्वजनिक

    बाजुराली भाषा र भूगाेल समेटिएको फिल्म ‘चिसाे मान्छे’काे ट्रेलर सार्वजनिक

    काठमाडौं । नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ ।

    स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सोमवार सार्वजनिक भएको हो । दीपेन्द्र के खनालको कथा, छायांकन तथा निर्देशनमा तयार भएको ‘चिसो मान्छे’को ट्रेलरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् ।

    यसअघि नै यो लुक्समा स्वस्तिमाले राम्रो चर्चा बटुलिसकेकी छिन् । टिजरमा अभिनेता अर्पण र देशभक्त खनाल पनि देखिएका छन् ।

    डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको यो चलचित्रमा कर्णाली क्षेत्रको कथा रहेको जानकारी निर्माण टिमले दिएको छ ।

    चलचित्रलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् । आगामी असार ३ गतेलाई प्रदर्शन मिति तोकेको ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन् ।

  • सगरमाथा आरोहण गरेर फर्किए गायक राजु लामा, बनाए नयाँ कीर्तिमान

    सगरमाथा आरोहण गरेर फर्किए गायक राजु लामा, बनाए नयाँ कीर्तिमान

    काठमाडौं । गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन्। गायक लामा बिहीबार काठमाडौँ ओर्लिएका हुन् ।

    उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए।

    सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई नेपाली हुनुमा गर्व लागेको बताए।

    गायक लामाले जल वायु परिवर्तन सिर्जित घटनाक्रमबारे जनजेतना जगाउन आफू सगरमाथा चढ्न लागेको बताएका थिए ।

    उनले ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए।

    आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन्। यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए।

    यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्।

  • आज २५६६ औं बुद्ध जयन्ती, लुम्बिनीसहित संसारभर मनाइंदैछ

    आज २५६६ औं बुद्ध जयन्ती, लुम्बिनीसहित संसारभर मनाइंदैछ

    काठमाडौं । आज २५६६औँ बुद्ध जयन्ती विविध कार्यक्रम आयोजना विश्वभर मनाइँदै छ । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् । बुद्ध जयन्तीमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरी बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा लाग्न सबैलाई आग्रह गरेकी छन् ।

    उनले बुद्धका उपदेशको पालना गरेर हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने बताएकी हुन् । राष्ट्रपति भण्डारीले समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको कुरा उल्लेख गरेकी छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धले दिनुभएको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउनुपर्ने बताउएका छन् । उनले बुद्धका उपदेशको पालना गरेर समाजलाई समुन्नत बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले बुद्धका उपदेश अहिले पनि मानव जातिका लागि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत भएकाले मानव जीवनलाई उत्कृष्ट बनाउन बुद्धका अर्ति उपदेशलाई व्यवहारमा उतार्न जरुरी भएको कुरा सन्देशमा उल्लेख गरेका छन् ।

  • आजबाट नेपालमा सातामा दुई दिन बिदाको प्रावधान कार्यान्वयनमा

    आजबाट नेपालमा सातामा दुई दिन बिदाको प्रावधान कार्यान्वयनमा

    नेपालमा आइतबारबाट सातामा दुई दिन सार्वजनिक बिदाको प्रावधान कार्यान्वयनमा आएको छ । यस अनुसार अब शनिबार र आइतबार लगातार कार्यालय खुल्ने छैनन् । यस्तो प्रावधानका कारण अब सरकारी कार्यालय, शिक्षण संस्था तथा बैंकतथा वित्तीय संस्थामा बिदा थप भएको छ ।

    तर, अत्यावश्यक सेवा भने बिदाका कारण रोकिने छैन । कार्यालयहरुले कर्मचारीलाई दुई दिन बिदा दिएर सेवा भने सूचारु राखिराख्नु पर्नेछ । सरकारको पेट्रोलियम पदार्थको बढ्दो खपत कम गर्न यस्तो प्रावधान ल्याएको बताएको छ ।

  • निर्वाचनको दिन देशभर सार्वजनिक बिदा

    निर्वाचनको दिन देशभर सार्वजनिक बिदा

    काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको हो । यस दिन सार्वजनिक यातायात चल्ने छैनन् । निजी सवारी साधनले पनि पास लिनु पर्ने गरि नियम बनाइएको छ ।

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा

    कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा

    काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेका छन् । उनले गत वर्ष आफैले राखेको कीर्तिमान तोडेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका हुन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले यसको पुष्टी गरेको छ ।

    टोली शनिबारसाँझ ६ बजे चुचुरो पुगेको थियो । यो टोलीले आरोहणको सहजिकरणका लागि बाटो बनाउने र डोरी टाँग्ने काम पुरा गरेको छ । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

    कामीरितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा । फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा छन् । यस्तै फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार पनि कामीरितासँगै सगरमाथा चुचुरोमा पुगेका छन् ।

  • आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

    आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

    काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विश्वभर मुस्लिम समुदायले विशेष नमाज पाठ र ठूलाबडाबाट आशीर्वाद थाप्दै ईदउल फित्र पर्व मनाउँदै छन् । आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद थाप्ने प्रचलन रहेको छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

    खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुन्छ । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो। यो पर्वमा दीनदुःखी र गरिबलाई दान दिइन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको छ ।

  • बलिउड अभिनेत्री फर्नान्डिजको करोडौंको सम्पत्ति जफत, यस्तो छ कारण

    बलिउड अभिनेत्री फर्नान्डिजको करोडौंको सम्पत्ति जफत, यस्तो छ कारण

    मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको साढे ७ करोडको सम्पत्ति जफत भएको छ । भारतको पर्वतर्न निर्देशनालाय(ईडी)ले सम्पत्ति शुद्धीकरण मुद्दामा ७ करोड २७ लाख बराबरको सम्पत्ति जफत गर्ने निर्णय गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । सम्पत्ति शुद्धीकरण प्रकरणमा सुकेश चन्द्रशेखरसँगको सम्बन्ध बाहिरिएपछि ज्याकलिन उक्त प्रकरणमा जोडिएकी हुन् । चन्द्रशेखरविरुद्ध चलिरहेको आपराधिक क्रियाकलापसम्बन्धीको मुद्दामा ज्याकलिनको नाम आएपछि ईडी अफिसले उनलाई धेरै पटक सोधपुछ गरेको थियो ।

    चन्द्रशेखरले ज्याकलिनलाई महँगा उपहार दिएका थिए । ती उपहारहरु अवैध सम्पत्ति आर्जन र मानिसहरुलाई ठगेर कमाएको पाइएको थियो । सुकेस चन्द्रशेखरसँगै फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिविन्दर मोहन सिंहकी श्रीमती अदिति सिंह पनि अवैध सम्पत्ति आर्जन मामिलामा जोडिएकी छन् । ज्याकलिनले गत वर्षको अगस्ट र अक्टोबरमा ईडी अफिसलाई सुकेशचन्द्रबाट आफूलाई महँगो मूल्य पर्ने ब्याग, इयर रिंग्स, जुत्ता,ब्रेसलेटलगायतका उपहारहरु पाएको बयान दिएकी थिईन् ।

    ज्याकलिनले चन्द्रशेखरबाट ९ लाख रुपैयाँ पर्ने ३ वटा पर्सियन बिरालो, ५२ लाख रूपैयाँ पर्ने एउटा अरेबियन घोडा, १५ जोडी हिराको इयररिंग्स, महँगा मूल्य पर्ने भाडावर्तन, गुचीलगायतका ब्रान्डका महँगा ब्याग तथा जिममा लगाइने पोशाक,विभिन्न ब्रान्डका जुत्ता, एउटा रोलेक्स घडी,गाडीलगायतका उपहारहरू लिएको ईडी अफिसले जनाएको छ ।

  • ३० अर्ब रुपैयाँ लगानीको चलचित्र ‘अवतार : द वे अफ वाटर’को प्रदर्शन कहिलेबाट ?

    ३० अर्ब रुपैयाँ लगानीको चलचित्र ‘अवतार : द वे अफ वाटर’को प्रदर्शन कहिलेबाट ?

    काठमाडौं । ३० अर्ब रुपैयाँ बजेटमा निर्माण भएको हलिउड चलचित्र ‘अवतार : द वे अफ वाटर’को विश्वव्यापी प्रदर्शनको मिति सार्वजनिक गरिएको छ । निर्माता जेम्स क्यामरुनका अनुसार यो सिनेमा आगामी १६ डिसेम्बरबाट विश्वव्यापी प्रदर्शनमा आउने छ । सिनेमा कन्भेन्सनको मञ्चमा उनले सो घोषणा गरेका हुन् । योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । यो अवतार चलचित्रको दोस्रो भाग हो । यसअघि आधिकारिक शीर्षक समेत सार्वजनिक गरिएको थिएन् ।

    अब ‘अवतारः द वे अफ वाटर’का रुपमा यो चलचित्र प्रदर्शन हुने भएको हो । रिलिज मितिसँगै फिल्मको फर्स्ट लुक समेत सार्वजनिक गरियो । फिल्ममा केट विन्सलेट, साम वर्थिंगटन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल येओह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन र थप कलाकारले अभिनय गरेका छन् । ुअवतार २ बजेट २५० मिलियन अमेरिकी डलर (३० अर्ब रुपैयाँ)मा बनेको हो ।

  • सामाजिक सञ्जालमा समीक्षा अधिकारीको ‘कमब्याक’, लेखिन्- ‘तिम्रो लागि सधैँ म हार्न सक्छु’

    सामाजिक सञ्जालमा समीक्षा अधिकारीको ‘कमब्याक’, लेखिन्- ‘तिम्रो लागि सधैँ म हार्न सक्छु’

    काठमाडौं । गायिका समीक्षा अधिकारी लामो समयपछि सामाजिक सञ्जालमा फर्किएकी छन् ।

    दुई महिना ११ दिनपछि अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा आफूले माया गर्ने व्यक्तिका लागि जे पनि गर्न तयार भएको अभिव्यक्तिसहित सामाजिक सञ्जालमा ‘कमब्याक’ गरेकी हुन् ।

    ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
    तिम्रो लागि आफैँलाई दुःखमा पार्न सक्छु
    “तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
    त्यसैले तिम्रो लागि सधैँ म हार्न सक्छु ।’ उनले फेसबुकमा लेखेकी छन् ।

    उनको पछिल्लो स्टाटस पछिल्लो घटनाक्रमलक्षित भएको अनुमान गरिएको छ । उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् ।

    उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ ।

  • सेनाको सगरमाथा सफाई टीम आधार शिविर पुग्यो

    सेनाको सगरमाथा सफाई टीम आधार शिविर पुग्यो

    काठमाडौं । सगरमाथा, ल्होत्से, कञ्‍चनजंघा र मनास्लु गरी ४ वटा हिमाल सफाई गर्ने टोली आधार शिविर पुगेको छ। नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली योजनानुसार आ(आफ्नो आधार शिविर पुगेका हुन्। सफाइ अभियान अन्तर्गत सगरमाथारल्होत्सेमा खटिएका टोली वैशाख १ गते, कञ्‍चनजंघामा खटिएका टोली वैशाख ८ गते र मनास्लुमा खटिएका टोली वैशाख ९ गते आधार शिविर पुगेका हुन्।

    आधार शिविरमा पुगेका टोलीले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्‍चात स्थानीय संस्कार अनुसारको पूजाआजा गरेका छन्। बेशक्याम्प पुगेपश्चात उक्त टोलीले फोहोर संकलन गर्ने काम शुरू गरेको नेपाली सेनाले जानकारी दिएको छ। हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन गर्नेछ।

  • हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित

    हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित

    काठमाडौं । नेपालमा वसन्त ऋतुमा हुने हिमाल आरोहणमा अमेरिकी नागरिकको उच्च आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार आइतबारसम्म कुल ८७६ जना आरोहीले नेपालका दुई दर्जन हिमाल आरोहण गर्न अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिका र युरोपबाट आएका छन् । तथ्यांकअनुसार कुल १ सय ८ समूहका ८७६ जना आरोहीले अनुमति लिएका हुन् । जसमा सगरमाथाका लागि ३७ समूहका ३०२ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । अमेरिकाबाट २७ महिलासहित १३२ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएको विभागले जनाएको छ ।

    विभागका अनुसार दोस्रो नम्बरमा बेलायती नागरिक रहेका छन् । बेलायतबाट वसन्त ऋतुमा हिमाल चढ्न १४ महिलासहित १०५ जना आरोहीले अनुमति लिएका छन् । तेस्रो नम्बरमा नेपाली आरोही छन् । नेपालबाट ६२ जना आरोहीले विभिन्न हिमालका लागि अनुमति लिएको विभागको तथ्यांकमा देखिएको छ । भारतबाट ५८ आरोही नेपाल आएको देखिएको छ ।

    फ्रान्सबाट ५५, क्यानडाबाट ३४, अष्ट्रेलियाबाट २९, रुसबाट २८ जना र चीनबाट २२ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । विभागका तथ्यांक अनुसार आइतबारसम्म ७३ मुलुकका आरोहीले आरोहण अनुमति लिइसकेका छन् । जसमा युक्रेनबाट एक जनाको अनुमति रहेको छ । युरोपेली मुलुकमध्ये स्पेनबाट २५, नेदरल्याण्ड्सबाट १७, चेक रिपब्लिकबाट ११ जना आएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार आतइबारसम्म कुल २५ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ ।

    यसमा सबैभन्दा धेरै सगरमाथाका लागि आएका छन् । सगरमाथा चढ्न ३७ समूहका ३०२ जनाले अनुमति लिएका हुन् । दोस्रो स्थानमा ल्होत्से हिमाल आरोहणमा बढी अनुमति जारी भएको छ । यस हिमालका लागि २२ महिलासहित १०३ जनाले अनुमति लिएका छन् । अमादब्लम हिमालमा १८ महिलासहित ९७ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

  • बक्स अफिस जडानमा कडाई गर्दै बोर्ड, वैशाखभित्र नगरे हल बन्द गरिने

    बक्स अफिस जडानमा कडाई गर्दै बोर्ड, वैशाखभित्र नगरे हल बन्द गरिने

    काठमाडौं । चलचित्र विकास बोर्डले वैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिए चलचित्र हलहरु बन्द गर्ने भएको छ । बोर्डका अनुसार जेठ महिनादेखि बक्स अफिस अनिवार्य गरिएको छ । कानुन अनुसार नचल्ने हल बन्द गर्ने निर्णय गरिएको हो । सिनेमा हलहरुलाई नियम कानुनमा बाँध्न विकास बोर्डले यस्तो निर्णय गरेको जनाएको छ ।

    बक्स अफिस जडान गर्न धेरै हलहरुले अटेर गरेपछि अनिवार्य गर्न लागिएको हो । नेपालमा बक्स अफिस प्रणाली २०७५ देखि लागू भएको हो । तर, अधिकांश सिनेमा हलहरु उक्त प्रणालीसँग जोडिएका छैनन् । नेपाली सिनेमा हलहरुमा जतिपनि सिनेमा व्यापार हुन्छ, त्यसको तथ्याङ्क चलचित्र विकास बोर्डमा आउने प्रणाली नै बक्स अफिस प्रणाली हो ।

  • अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…

    अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…

    सान फ्रान्सिस्को (बीबीसी) । पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले पानीको बोतलले हानेपछि उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले दावि गरेका छन् । विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ। हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले आफूलाई दुर्व्यवहार गरिरहेका एक जना आक्रामक यात्रु माथि टाइसनले त्यस्तो प्रतिक्रिया जनाएको उल्लेख गरेका छन्। त्यसपछि प्रहरीलाई खटाइएको थियो र अस्थायी रूपमा दुई जनालाई पक्राउ गरिएको थियो।

    एक जना व्यक्तिलाई सान फ्रान्सिस्को विमानस्थलमा नै उपचार गरिएको थियो। ती व्यक्तिले घटनाबारे एकदमै कम कुरा बताए र प्रहरी अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेको सान फ्रान्सिस्कोको प्रहरी विभागकी एक जना प्रवक्ताले विज्ञप्तिमा भनेकी छन्। थप अनुसन्धान जारी रहँदा दुवैलाई रिहा गरिएको छ। प्रहरीले त्यसमा संलग्न व्यक्तिहरूको परिचय खुलाएका छैनन्। जेटब्ल्यूको बुधवार रातिको उडान सुरु हुन लाग्दा विमानभित्र उक्त घटना भएको थियो।

    सो विमान सान फ्रान्सिस्कोबाट फ्लोरिडातर्फ जान लागेको थियो। टिएमजेडले प्रकाशित गरेको भिडिओमा सम्पूर्ण विवाद देखिँदैन र त्यो फुटेजमा पानीको बोतल पनि देखिएको छैन। टिएमजेडका अनुसार उडानको सुरुवातमा ती यात्रुसँग तस्बिर खिचाउन टाइसनले सहमति जनाएका थिए तर ती व्यक्तिले टाइसनले शान्त रहनु भन्दा भन्दै पनि उनलाई दुर्व्यवहार गरिरहे। भिडिओमा अर्का यात्रुले शान्त बनाउने प्रयासमा माइकलाई नामले बोलाएको सुनिन्छ तर अर्को व्यक्तिले टाइसनलाई धकेल्ने प्रयास गरेको देखिन्छ। त्यसपछि ती व्यक्तिको निधारमा रगत लागेको जस्तो देखिन्छ।

    सान फ्रान्सिस्कोको प्रहरी डिपार्टमेन्टले सम्भवतः घटनालाई समेटिएको हुनसक्ने उक्त भिडिओबारे जानकार रहेको जनाएको छ। सो फुटेजलाई उक्त घटनाबारे क्षेत्राधिकार भएको प्रहरीको कार्यालयमा पठाइएको जनाइएको छ। रिङभित्र र रिङबाहिर पनि विभिन्न किसिमका हिंसात्मक गतिविधिका कारण टाइसन विवादमा पर्ने गरेका छन्। सन् १९९२ मा बलात्कारमा दोषी ठहर भएपछि उनले तीन वर्ष जेलमा बिताएका थिए। सन् १९९७ मा प्रतिद्वन्द्वीको कान टोकिदिएपछि उनलाई बक्सिङबाट अयोग्य घोषणा गरिएको थियो। सन् २०२१ को फेब्रुएरी यता अमेरिकामा ७ हजार भन्दा बढी यात्रुसँग जोडिएका यस्ता घटना भएका छन्।

  • नायिका केकी अधिकारीले जिवनसाथीका रुपमा रोजिन् व्यवसायी रोहित तिवारी

    नायिका केकी अधिकारीले जिवनसाथीका रुपमा रोजिन् व्यवसायी रोहित तिवारी

    काठमाडौं । अभिनेत्री केकी अधिकारी र व्यवसायी रोहित तिवारी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा सिमित साथिहरु र परिवारका सदस्यको उपस्थितिमा उनीहरुले बिबाह गरेका हुन् । विवाहपछि तस्वीरहरु स्वयमः नायिका अधिकारीले सार्वजनिक गरेकी छिन् ।

    फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’

    उनीहरुले एक वर्षदेखिको प्रेमलाई बिहेमा परिणत गरेका छन् । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

  • मिस नेपाल २०२२ का लागि आवेदन खुला

    मिस नेपाल २०२२ का लागि आवेदन खुला

    काठमाडौं । मिस नेपाल २०२२का लागि आवेदन खुला भएको छ । द हिडन ट्रेजरले आगामी नयाँ संस्करणका लागि आवेदन खुला भएको जानकारी गराएको हो । प्रतियोगितामा भाग लिन सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन दिन सकिने भएको छ । यसको लागि उचाइ ५ फिट ३ इन्च र उमेर ८ देखि २७ वर्ष हुनुपर्ने गरि तोकिएको छ ।

    अडिसन काठमाडौंलगायत धरान, वीरगञ्ज, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । काठमाडौंमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुने आयोजकले जानकारी दिएको हो । हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार चार मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने समेत जनाइएको छ ।