Category: मनोरञ्जन

  • चर्चित भारतीय संगित निर्देशक बप्पी लहरीको निधन

    चर्चित भारतीय संगित निर्देशक बप्पी लहरीको निधन

    मुम्बई । हिन्दी फिल्ममा डिस्को संगितलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ संगित निर्देशक बप्पी लहरीको निधन भएको छ । उनको मुम्बईस्थित क्रिटी केयर अस्पतालमा गत राती ११ बजे निधन भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार ६९ वर्षिय लहरीले १९७० देखि ८० को दशकमा हिन्दी संगितको माहोल नै परिवर्तन गराइदिएका थिए ।

    उनले डिस्को डान्सर तथा शराबी जस्ता फिल्ममा लोकप्रिय स्वरका साथ गित गाएका थिए । उनले अन्तिम गित फिल्म बागी ३ का लागि सन् २०२० मा गाएका थिए । उनको जन्म २७ नोभेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको हो । आफ्ना पिता समेत गायक भएका कारण उनलाई संगितमा आउन सहज भएको थियो ।

  • स्वस्थानी व्रतको आज अन्तिम दिन

    स्वस्थानी व्रतको आज अन्तिम दिन

    काठमाडौं । स्वस्थानी व्रतको आज अन्तिम दिन समापन गरिदैंछ । हिन्दु धर्मावलम्बीले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुनेछ । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

    परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए । माधवनारायणको व्रत बसेका व्रतालुले पनि बुधबार नै व्रत समापन गर्दैछन् । व्रत समापनमा सहभागी हुन साँखु र त्यस वरपरको क्षेत्रका बासिन्दालाई निम्तो गरिएको छ ।

    बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने शंख बजाएर व्रत समापनको निम्ता गर्ने प्राचीनकालदेखिको विधि छ । व्रत समापनलाई स्थानीयले अश्वमेध यज्ञ गर्ने पनि भन्छन् । साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ व्रत बसेका छन् । माघ महिनामा स्वस्थानी र माधवनारायणको व्रत गरेमा मनोकांक्षा पूरा हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

    सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूणिर्माका दिन व्रतालुले व्रत समापन गरेको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा छ ।

  • ट्रेन्डिङमा राजेश हमाल र निरुता सिंहको ‘हजुर मुसुक्कै’

    ट्रेन्डिङमा राजेश हमाल र निरुता सिंहको ‘हजुर मुसुक्कै’

    काठमाडौं । महानायक राजेश हमाल र ‘दर्पण छायाँ’ की अभिनेतृ निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’ सार्वजनिक गरिएको छ ।

    आइतबार गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको संगीत एंव शब्द रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बिकको स्वर छ ।

    १५ मिनेट लामो गीति कथा बोकेको भिडियोमा जिवी आग्रीको कथा, पटकथा एवं निर्देशन छ । छायाँकन संजय लामा र नृत्य निर्देशन कविराज गहतराजको छ ।

    निकै नै आकर्षक बनेको ‘हजुर मुसुक्कै’ गीतको भिडियोमा राजेश हमाल र निरुता सिंहसँगै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरविर पण्डित लगायत अन्य कलाकारहरुको अभिनय छ । राजेश हमाल र निरुता सिंहले १२ वर्षपछि एकसाथ काम गरेका हुन् ।

    ‘हजुर मुसुक्कै’ले स्रोता-दर्शकको अत्यधिक माया पाइरहेको छ । आइतबार मात्रै रिलिज गरिएको गीतको भिडियो रिलिजको २० घण्टाभित्रै ट्रेन्डिङमा परेको छ ।

  • सिनेमा हल र रात्रिकालिन व्यवसाय खुल्ने

    सिनेमा हल र रात्रिकालिन व्यवसाय खुल्ने

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण बन्द रहेका रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट, डान्स बार, र सिनेमा हलसहितका व्यवसाय आजबाट चलाउन पाइने भएको छ । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिसमा डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्न सकिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् ।

    खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित भई जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सकिन्छ । सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरे अनुसार आजबाट संचालन हुन लागेका हुन् ।

  • शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

    शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

    काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरपछि माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सूचना जारी गरि यसबारे जानकारी गराएको हो । कोषले बुधबार जारी गरेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।

    कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो। कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जारी गरेको सूचनामा विश्वस्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ। कोरोना सङ्क्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।

  • होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

    होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

    काठमाडौं । सरकारले पाँचतारे होटेल याक एण्ड यति बन्द गर्न निर्देशन दिएको छ । होटेलको बैंक खाता रोक्का गर्दै पर्यटन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटेल संचालनमा समेत रोक लगाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार यस्तो निर्णय गरेको पर्यटन विभागले सूचना जारी गरि जानकारी गराएको छ ।

    यस होटेल परिसरमा रहेको क्यासिनोले सरकारलाई बुझाउनु पर्ने दस्तुर तथा राजस्व नबुझाएको र सरकारले पटक पटक ताकेता गर्दा समेत अटेर गरेका कारण पर्यटन मन्त्री प्रेम आलेको सक्रियतामा होटेलमाथि कारवाही भएको समेत बताइएको छ । क्यासिनोले सरकारलाई ४२ करोड रुपैयाँ रोयल्टी बुझाउनु पर्नेमा नबुझाएपछि होटेललाई कारवाही गरिएको हो । साथै ह्याप्पी आवरका नाममा जारी भएका क्यासिनो समेत बन्द गरिएका छन् ।

  • अमेजनले ६० करोडमा किन्यो विजयको ‘लाइगर’

    अमेजनले ६० करोडमा किन्यो विजयको ‘लाइगर’

    काठमाडौं । साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’ डिजिटल राइट अमेजन प्राइम भिडियोले किनेको छ ।

    फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडमा किनेको हो । यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्नेछन् ।

    फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ । फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर बाहिर आएको थियो । जसमा दुवैजना स्टन्ट गरिरहेको देख्न सकिन्थ्यो ।

    फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैछन् । माइकले केही दिनअघि फिल्मको लागि सुटिङ पूरा गरेका थिए । फिल्ममा माइकको स्पेसल केमियो हुनेछ । फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदैछन् ।

  • भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

    भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

    काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।

    कोरोनासँगै निमोनिया भएर मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारत लता आइतवार बिहान निधन भएको हो । लता मंगेशकर करिब एक महिनादेखि बिरामी थिइन् ।

    लता मंगेशकरलाई ८ जनवरीमा कोरोना संक्रमण भएपछि निमोनिया पनि भएको थियो । लताको उमेर देखेर चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरेका थिए ।

    त्यसयता उनी निरन्तर संघर्ष गरिरहेकी छिन् । उपचारका क्रममा उनलाई २ दिन मात्र भेन्टिलेटरबाट हटाइएको थियो ।

    उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

  • आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

    आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज देश तथा विदेशमा रहेका तामाङ समुदायले सोनाम ल्होछार मनाउँदैछन् । नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ ।

    यस वर्षको पर्वमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औं वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ ।

  • उपत्यका भित्रका सबै संग्रहालय बन्द

    उपत्यका भित्रका सबै संग्रहालय बन्द

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण काठमाडौं उपत्यका भित्रका सबै संग्रहालय बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको हो । हनुमानढोका दरबार सङ्ग्रहालय, नारायणहिटी, पाटन, ललितपुरको सङ्ग्रहालय अर्को सूचना नआउन्जेलका लागि शनिबारबाट बन्द गरिएको छ । मानिसहरुको बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने सरकारको निर्णय अनुसार संग्रहालय बन्द गरिएको हो । कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र काठमाडौं उपत्यका हो ।

  • हिउँले ढाकियो सहारा मरुभूमी

    हिउँले ढाकियो सहारा मरुभूमी

    काठमाडौं । सामान्यतया हिमाली भेगमा हिमपात नौलो विषय होइन । तर, पछिल्ला दिनमा सहारा मरुभूमिमा हरेक वर्ष जसो हिउँ पर्न थालेको छ । यस वर्ष समेत यहाँ हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको छ । बीबीसीका अनुसार यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो ।

    त्यसैले अहिले सहारा मरुभूमिमा हिमपात हुनु सामान्य जस्तै मान्न थालिएको छ । मरुभूमीको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुगेको छ । यो अधिकतम तापक्रम ५८ देखि ६० डिग्री सेल्सियससम्म पुग्ने भूमि हो । सहारा मरुभूमिमा अहिले हल्का हिमपात हुँदा बुट्टा भरेको जस्तो सुन्दर दृष्य देखिन्छ । त्यो दृष्य अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । बाव मिडियाका फोटोग्राफर करिब बोचेताले कैद गरेका तस्वीरहरु यतिबेला सोसल मिडियामा भाइरल भएका छन् । हिमपातले यस भेगका मानिसहरुलाई समेत राहत दिएको छ ।

  • कोरोनाका कारण मनकामना दर्शन रोकिने

    कोरोनाका कारण मनकामना दर्शन रोकिने

    गोरखा । गोरखाको मनकामना मन्दिरमा शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए ।

    समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको हो । माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको हो । बन्दको समयमा आएमा मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ । मनकामनामा अहिले दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको बताइन्छ ।

  • मधेश प्रदेश बनेको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा

    मधेश प्रदेश बनेको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा

    जनकपुर । मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राखिएको हो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेसँगै प्रदेश नं २ ले आफ्नो स्थायी राजधानी र नाम टुंग्याएको हो । अब प्रदेश नं एक मात्र यो प्रक्रिया टुंग्याउन बाँकि रहेको प्रदेश हो ।

  • आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल

    आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल

    काठमाडौं । हिन्दु धर्मावलम्बीले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गर्ने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत आरम्भ गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने गरिन्छ ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ,आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

    सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।

    यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ ।

    सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।


    यसैबीच आजबाट एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ । यहाँ कोभिड विरुद्धको प्रोटोकल पालना गर्नुपर्नेछ । यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गरिने भएको छ । वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ ।

  • आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

    आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

    काठमाडौं । माघ १ गते विभिन्न सम्प्रदायले आफ्नै तरिकाले मनाउने पर्व हो । माघी पर्वका रुपमा थारु समुदायले भने आज नयाँ वर्षका रुपमा मनाउँछन् । स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

    माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

    तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ । विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।

    विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

  • चिडियाखाना छिर्न बनाइयो मापदण्ड, जनावरलाई खाना खुवाउन नपाइने

    चिडियाखाना छिर्न बनाइयो मापदण्ड, जनावरलाई खाना खुवाउन नपाइने

    काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनमा जाने अवलोकनकर्ताका लागि मापदण्ड बनाइएको छ । सबै अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। राससका अनुसार बढ्दो कोरोना भाइरसको संक्रमणका बीच मापदण्ड बनाइएको हो । चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको छ ।

    अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ। स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि झैं हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ। हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीव जनावर छन्।

    जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन्। ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुनलागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ। उक्त स्थानमा अवलोकनका गर्न विदेशीलाई १ हजार रुपैयाँ, सार्क राष्ट्रका पाहुनालाई ५०० रुपैयाँ, नेपालीलाई २०० रुपैयाँ, विद्यार्थीलाई १३५ रुपैयाँ र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

  • होटेल, सिनेमा हल, रंगशाला र हवाई यात्रामा खोप कार्ड अनिवार्य

    होटेल, सिनेमा हल, रंगशाला र हवाई यात्रामा खोप कार्ड अनिवार्य

    काठमाडौं । सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ । नेपालमा कोरोना भाइरसको बढ्दो संक्रमण र मानिसहरुलाई खोपमा अनिवार्य गराउन यस्तो निर्णय लिइएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आइतबार यस्तो निर्णय गरेको हो । व्यवस्था माघ ३ बाट लागु हुने भएको छ । निर्णय अनुसार सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश गर्न खोप कार्ड चाहिने भएको हो ।

    आन्तरिक हवाई यात्रामा समेत खोपकार्ड अनिवार्य गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म १ करोड ११ लाख ३४ हजार ६९८ जनाले पूर्ण मात्रामा अर्थात दुबै डोज खोप लगाएका छन् । ४० लाख मानिसले कम्तीमा एक डोज खोप लगाइसकेका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीडभाड कम हुने गरी उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने भएको छ ।

    नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउने र पोजेटिभ आएकाहरुलाई होटल, होल्डिङ सेन्टर लगातका आइसोलेसन सेन्टरमा राख्ने निर्णय सीसीएमसीसीले गरेको हो । सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन टेष्ट बुथ राखिने भएका छन् । साथै नेपालमा कोरोना खोपलाई अभियानका रुपमा चलाइने भएको छ ।

  • नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो

    नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो

    काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले संरचना भत्काएको बताइएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काइएको हो । बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्शा पास विनै बनाएको सो संरचनालाई नारायणहिटी दरबार संग्रहालयले समेत अनदेखा गरेर बसिरहेको थियो ।

    सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि पर्यटन मन्त्रीको मौखिक आदेशमा समितिले पुस २० गते कम्पनीलाई पत्र लेख्दै सो संरचना निर्माणको काम रोक्न निर्देशन दिएको थियो । बताससँग कफी शप राख्ने विषयमा भएको सम्झौताबारे छानबीन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार समिति गठन गरेको छ । समितिको म्याद तीन दिनको छ ।

  • इण्डियन आइडल पवनदीप राजन नेपाल आउने

    इण्डियन आइडल पवनदीप राजन नेपाल आउने

    काठमाडौं । इन्डियन आइडलको पछिल्लो संस्करणका विजेता पवनदीप राजन नेपाल आउने भएका छन्। आगामी माघ १ गते ठमेलस्थित एलओडी क्लबमा आयोजना गरिएको कार्यक्रममा भाग लिन उनी नेपाल आउने निश्चित भएको आयोजकले बताएको छ । पवनदीपले क्लबमा आफ्नो प्रस्तुतीहरु दिनेछन् । पनवदीप १२ औं संस्करणको इन्डीयन आइडल विजेता हुन्।

  • नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

    नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

    काठमाडौं । सरकारले नारायणहिटी संग्रहालय भित्र क्याफे खोल्न लागिएको बारे छानविन गर्न समिति गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरेको छ ।

    समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी तोकिएका छन् । दरबार सङ्ग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिए ।

    मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई गत सोमबार निर्देशन दिएका थिए । नारायणहिटीमा पूर्वमन्त्री योगेश भट्टराईको पालामा क्याफे खोल्न अनुमति दिइएको दावि समितिले गरेको छ । योगेशले भने यो खबरको खण्डन गरेका थिए ।

  • आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै

    आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै

    काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने मान्यता लिइन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिएको हो । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

    विवादकै कारण यो पात्रो रुसमा २०० वर्षपछि मात्र प्रचलनमा ल्याइएको थियो । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा भने छैन । तर, पछिल्लो समय यसलनई उत्सवगका रुपमा मनाइन्छ । संसारका विभिन्न शहरमा भने प्रकाशका माध्यमबाट बनाइएका विभिन्न आकृतिका साथ मनाइएको छ ।

  • आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

    आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज  गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामसाथ मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न १५ पुसका दिन तमु ल्होसार मनाउने गरिन्छ । 

    ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

    ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

    यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

  • बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा

    बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।

    सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ । बुधबार मन्त्रीपरिषद बैठक नबस्दै बिदाको फेक सूचना भाइरल गराइएको थियो ।

  • चन्द्रागिरिसहित काठमाडौं आसपासका चुचुरोमा हिमपात

    चन्द्रागिरिसहित काठमाडौं आसपासका चुचुरोमा हिमपात

    काठमाडौं । नेपालको मूख्य पर्यटकीय गन्तब्यमध्ये एक चन्द्रागिरि डाँडा र यस पासपासका चुचुरोमा हिमपात भएको छ । मंगलबार रातीबाट शुरु भएको वर्षाले काठमाडौंमा हिमपात गराएको हो । चन्द्रागिरमा हिमपातले सेताम्य भएको चन्द्रागिरि हिल्सले जनाएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ ।

    चन्द्रागिर क्षेत्र सेताम्य छ । आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमताप भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

  • ‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु

    ‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु

    काठमाडौ । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु भएको छ ।

    कालीगण्डकी माथिको भिरमा रिसोर्ट परिसरमा ९बाग्लुङ बलेवा तर्फ० स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुई तर्फी गरि छ सय मिटर रहेको बताइएको छ ।

    प्रतिव्यक्ति ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत छुट दिइने बताइएको छ ।

    गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्कीले बताए ।

    विश्वमा २ सय अठ्ठाइस मिटर उचाइमा र छ सय मिटरको कुनै पनी ब्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ ।

    बिश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

  • आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै

    आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै

    काठमाडौं । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसर पारी आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखमा येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास क्रिश्चियन समुदायमा छ ।

    मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवकै रुपमा मनाउन थालिएको हो । यस वर्ष सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट

    गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट

    काठमाडौं । गुगललाई जित्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । प्रयोगकर्ता अब गुगलमा भन्दा धेरै समय टिकटकमा रमाउन थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको छ ।

    इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा यो वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा नै टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाएको थियो । त्यसपछि अगस्ट महिनायता टिकटक नम्बर एक स्थानमा रहेको छ । गत वर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइट प्रथम दशमा थिए ।

    क्लाउड फ्लेअरका अनुसार वेबसाइटमा जाने ट्राफिकको निगरानी गर्ने उसको उपकरण क्लाउड फ्लेअर रेडारको प्रयोग गरेर डेटा अनुगमन गरेको हो । टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान गरिएको बीबीसीले लेखेको छ ।

    यो वर्षको जुलाई महिनासम्ममा टिकटक एप तीन अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले जनाएको छ। बाइटडान्स नामको चिनियाँ कम्पनीको स्वामित्व रहेको सामाजिक सञ्जालको वेबसाइट टिकटकको हाल संसारभरि एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन् र त्यो सङख्या बढ्दो क्रममा रहेको ठानिएको छ।

  • क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

    क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

    ज्यूरिच । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले तिव्र फैलावट लिइरहेको समयमा क्रिसमस र न्यू इयरको रौनक समेत सँगै शुरु भएको छ । यस्तो बेला गरिने यात्रामा संक्रमण फैलावटमा सहयोग पुग्ने भन्दै जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। बीबीसीका अनुसार जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हुने सुझाव विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दिएका हुन् । केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुने उनको भनाई छ ।

    उनका अनुसार ओमिक्रोन डेल्टा भेरियन्टको तुलनामा निकै तीव्र गतिमा फैलिरहेको छ । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियम लागु गर्दै कोरोना फैलिन नदिन यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ आएको हो । उता, नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियम सार्वजनिक गरेको छ। अमेरिकाले भने यस्तो प्रतिवन्धको तयारी समेत गरेको छैन ।

    अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी भने दिएका छन्। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन्।

  • नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार

    नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार

    काठमाडौं । नेपालमा होटेल तथा रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार भएको छ । स्वयमः गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । व्यवसायीले भने लामो समयदेखि रात्रिकालिन व्यवसाय संचालनको वातावरण बनाउन माग गरिरहेका थिए । गृहमन्त्री खाणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने बताए । सोमबार अर्थ मन्त्रालयमा पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफलका क्रममा गृहमन्त्री खाँणले यस्तो प्रस्ताव गरेका हुन् ।

    यसबाट व्यवसाय फस्टाउने र राजस्व समेत वृद्धि हुने उनको भनाइ छ । यस प्रयोजनका लागि सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको समेत गृहमन्त्री खाणले बताए । नेपालमा ठमेल, पोखराको लेकसाइट तथा चितवनको सौराहमा अबेर सम्म पर्यटक सडकमा बस्न रुचाउँछन् । पछिल्लो समय नगरकोट, धुलिखेलसहितका क्षेत्र समेत चलायमान भएका छन् ।

    तर, रातीमा व्यवसाय संचालन गर्न प्रशासनले रोक लगाउने गरेको छ । यसबाट पर्यटकको गतिविधिमार्फएत हुने आम्दानी घटेको हो । कोरोना महामारीका कारण समस्यामा परेको व्यवसायलाई अगाडी बढाउन यो नियम कार्यान्वयनमा ल्याउन व्यवसायीले माग गरिरहेका छन् ।

  • न्युयोर्कमा फिल्म निर्देशक श्रेष्ठको सम्मान

    न्युयोर्कमा फिल्म निर्देशक श्रेष्ठको सम्मान

    बीके नेवा, न्युयोर्क ।

    नेपाली चलचित्र जगतका बरिष्ठ निर्देशक, लेखक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा भव्य सम्मान गरिएको छ । न्युयोर्क नेवा: गुठीले उहाँको सम्मान गरेको हो ।
    छोटो समयका लागि अमेरिका आउनुभएका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले खादा लगाइदिएर सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।


    नेपाली सिनेमामा गाउँले नामक चलचित्रको निर्देशन गरी यस क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले ३० भन्दा बढी चलचित्रमा निर्देशन गरिसक्नुभएको छ ।
    हालै उहाँले घिन्ताङ नामक अन्तर जातीय फिल्म सकाएर अमेरिकाको भ्रमणमा आएको जानकारी गराउनुभयो ।
    कार्यक्रममा नेवा गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । उक्त फिल्म बनाउने जिम्मेवारी बरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय भएको छ । उहाँले उक्त कुरा सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने बचन दिनुभयो ।


    कार्यक्रममा उहाँले आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताउनुभयो ।


    ज्याक्सन हाइट्सको उडसाइड क्याफेमा भएको उक्त कार्यक्रमको सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गर्नुभएको थियो भने कार्यत्रममा स्वागत तथा समापन अध्यक्ष विजयमान सिंहले गर्नुभएको थियो ।