काठमाडौं । हिउँदे सिजनमा पहिलो पटक विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरी विश्व कीर्तिमान राखेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीको नेतृत्व विश्वविख्यात आरोही निर्मल पुर्जाले गरेका थिए । टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । विमानस्थलबाट उनीहरुलाई गाडीमा राखेर शहर परिक्रममा गराइएको थियो । त्रिभुवन विमानस्थलबाट… Continue reading माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत
Category: मनोरञ्जन
प्रधानमन्त्रीले गरे पशुपतिनाथमा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा,सवा लाख दीप प्रज्ज्वलन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्। पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् । ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति… Continue reading प्रधानमन्त्रीले गरे पशुपतिनाथमा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा,सवा लाख दीप प्रज्ज्वलन
प्रदेश १ का मूख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए, प्रधानमन्त्रीबाट बधाई
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । उनको काठमाडौंमा आइतबार जाङ्मु शेर्पासँग विवाह भएको हो । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा पर्यटन मन्त्री भानुभक्त ढकालसहित नेकपाका सिमित नेता र आफन्त मात्र सहभागी थिए । ४९ वर्षिय राईले २३ वर्षकी बेहुलीसँग किराती समुदायको परम्परागत भेषभुषामा सजिएर विवाह गरेका… Continue reading प्रदेश १ का मूख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए, प्रधानमन्त्रीबाट बधाई
बाइडेनको सपथ ग्रहण कार्यक्रममा खुलेको लेडी गागाको सुन्दरता
वासिंटन डिसी । नेपाली समय अनुसार बुधबार राती अमेरिकाका ४६ औं राष्ट्रपति राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले शपथ ग्रहण गरे । अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले दुई साता अगाडी मच्याएको वितण्डाका कारण सथप ग्रहण कार्यक्रममा सर्वसाधारणको उपस्थिति थिएन् । सिमित पाहुनाका बीचमा भएको भव्य समारोहणमा एक आकर्षण थिइन्, लेडी गागा । उनी समारोहमा… Continue reading बाइडेनको सपथ ग्रहण कार्यक्रममा खुलेको लेडी गागाको सुन्दरता
मूख्यमन्त्री राईको विवाहको खबरले तात्यो सामाजिक संजाल
काठमाडौं । राजनीतिक उचारचढावका बीच शुक्रबार एक खबर सार्वजनिक भयो, जसअनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने निश्चित भएको छ । सामाजिक संजालमा गसिपका लागि यो खबर राम्रो मसला भएको छ । ५० वर्षीय राईले माघ ११ मा काठमाडौंमा विवाह गर्ने भएका छन् । तर, उनी कोसँग बिवाह बन्धनमा बाँधिने छन्, त्यो भने… Continue reading मूख्यमन्त्री राईको विवाहको खबरले तात्यो सामाजिक संजाल
आज माघे संक्रान्ती पर्व, माघिको उपलक्ष्यमा सार्वजनिक बिदा
काठमाडौं । आज माघे संक्रान्ती, विभिन्न समुदायमा विविध परम्परा अनुसार यो पर्व मनाइर्दछ । सरकारले यस दिनको उपलक्ष्यमा सार्वजनिक बिदा समेत घोषणा गरेको छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्तिका अवसरमा नेपाल भित्र र बाहिर रहेका नेपालीले स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाउने गर्छन् । सूर्य… Continue reading आज माघे संक्रान्ती पर्व, माघिको उपलक्ष्यमा सार्वजनिक बिदा
क्रिकेटर कोहली र अभिनेत्री अनुष्कालाई पुत्रीलाभ
काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ प्राप्त भएको छ । अनुष्का स्वयमले यसको पुष्टी ट्वीटमार्फत गरेकी छिन् । सोमबार दिउँसो छोरीलाई जन्म दिएको उनको भनाई छ । उनीहरुलाई संसारभरबाट बधाई आइरहेको छ । सिने सेलिब्रेटी तथा खेलकुद क्षेत्रबाट उनीमाथि बधाई आएको हो । लोकप्रिय तथा सफल क्रिकेटर छोरीको जन्मदिनको… Continue reading क्रिकेटर कोहली र अभिनेत्री अनुष्कालाई पुत्रीलाभ
आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा
काठमाडौं । नेपाल एकिकरणको नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र आउनु अगाडी यस दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । २९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहले भने आज सार्वजनिक बिदा घोषणा गरेका छन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन… Continue reading आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा
माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् । उनले राष्ट्रिय सभामा सम्बोधन गर्दै थारू जातिको मुख्य पर्व माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् । उनले जाति तथा जनजातिको भावनालाई सम्मान गर्ने गरेको बताए । उनले भने, ‘यो बिदा थारू जातिका लागि मात्र… Continue reading माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै
काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा हवाई सम्पर्कमा जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले त्यहाँको राजधानी जकार्ताबाट नेपालको राजधानी काठमाडौंमा सिधा उडानको योजना सार्वजनिक गरेको हो । कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दै यस्तो तयारी थालेको हो । कम्पनीका अनुसार आगामी जुन, जुलाईबाट… Continue reading इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै
गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने
काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय क्षेत्रको भिडियो बनाएर प्रचार प्रसारमा ल्याउने उत्कष्ट टिकटक भिडियोलाई पुरस्कृत गर्ने भएको छ । निश्चित शर्त पुरा गरी अपलोड भएका टिकटक भिडियोलाई हरेक १५ दिनमा उत्कृष्ट छनोट गरी एक जनालाई २० हजार नगद पुरस्कार दिने घोषणा बोर्डले गरेको हो । यसअघि तनहुँको मानहुँकोट टिकटककै कारण भाइरल बनेको थियो… Continue reading गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने
शुरु भयो सन् २०२१, विश्वभर नयाँ वर्ष उत्सव मनाईदै
काठमाडौं । वर्तमान पुस्ताका लागि सम्भवतः सबैभन्दा कठिन वर्ष सन् २०२० को बिदाई र २०२१ को स्वागतका लागि आज राती संसारका अधिकांश मानिस निदाएनन् । यससँगै इस्वी संवतको नयाँ वर्ष सन् २०२१ प्रारम्भ भएको छ । नेपालसहित विश्वभर नयाँ वर्ष उत्सव मनाइदैछ । कोरोना संक्रमणको त्रास अझै रहेका कारण मानिसले विगतमा जस्तै उत्सव मनाउन त… Continue reading शुरु भयो सन् २०२१, विश्वभर नयाँ वर्ष उत्सव मनाईदै
आज पुसे १५, छुट्टाछुट्टै समुदायले विभिन्न पर्व मनाउँदै
काठमाडौं । नेपालमा पुसे १५ को विशेष महत्व छ । १५ पुुसका दिन नेपालमा सबैजसो समुदाय तथा जातिले छुट्टाछुट्टै महिमाका साथ यो पर्व मनाउँछ । आज मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमा समेत हो । ब्रामण तथा क्षेत्रीहरुमा अधिकांशको आज कुल पूजा हुने गर्छ । आजको दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने… Continue reading आज पुसे १५, छुट्टाछुट्टै समुदायले विभिन्न पर्व मनाउँदै
पाथिभरा मन्दिर आगोलागीको जोखिममा, हेलिकोप्टरबाट पानी खन्याइयो
काठमाडौं । पूर्व नेपालको चर्चित धार्मिक गन्तब्य ताप्लेजुङको पाथिभरा यतिबेला आगोलागीको उच्च जोखिममा परेको छ । एक सातायता शुरु भएको डेडलो नियन्त्रणमा आउन नसकेपछि मन्दिर र यस आसपासका संरचना जोगाउनै चूनौति थपिएको छ । प्रहरीका अनुसार सोमबार मन्दिरमै आगो पुग्ने जोखिमपछि सिम्रिक एयरको हेलिकप्टर मगाएर आकासबाट पानी खन्याइएको छ । आकासबाट पाँच पटकसम्म पानी खन्याइएको… Continue reading पाथिभरा मन्दिर आगोलागीको जोखिममा, हेलिकोप्टरबाट पानी खन्याइयो
चर्चित गायिका मेलिना राई र गायक केशव दाहालको “चौतारीमा बसौन पियारी” गीत सार्वजनिक
धन लामा, कनेक्टिकट अमेरिका निवासी गायक तथा संगीतकार केशव शर्मा दाहाल र हालका चर्चित गायिका मेलिना राईको स्वरमा “चौतारीमा बसौन पियारी” बोलको गीत डिसेम्वर २५ को दिन आफ्नै युट्युब च्यानल (Keshab S. Dahal Official) बाट सार्वजनिक गरिएको छ । यो सुन्दर गीतको सर्जक राजु बाबु श्रेष्ठ हुनुहुन्छ भने, हालका चर्चित संगीतकार राजन राज सिवाकोटीले सर्जकको… Continue reading चर्चित गायिका मेलिना राई र गायक केशव दाहालको “चौतारीमा बसौन पियारी” गीत सार्वजनिक
आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीलाई बिदा
काठमाडौं । आज संसारभर क्रिसमस डे मनाइदैछ । यस दिनको उपलक्ष्यमा नेपालमा समेत क्रिश्चियन धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार छ । यसलाई क्रिश्चियन धर्मालम्बीले क्रिसमसका रुपमा धुमधाम साथ मनाउने गर्छन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म… Continue reading आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीलाई बिदा
धरहराको २० औं तलाको काम सकियो, अब तीन तला मात्र बाँकि
काठमाडौं । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको २० औं तलाको निर्माण सम्पन्न भएको छ । यो २० औं तला बार्दली हो । यही तलाबा सर्वसाधारणले अवलोकन गर्न सक्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार २० औं तलामा बारदली बन्ने छ । यस स्थानलाई अवलोकन स्थानका रुपमा उपयोग गरिनेछ ।… Continue reading धरहराको २० औं तलाको काम सकियो, अब तीन तला मात्र बाँकि
अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना
न्युयोर्क अमेरिकामा पहिलो पटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव भव्य समारोह सहित सम्पन्न भएको छ । मिथिला सेन्टर अमेरिकाको आयोजनामा राम र सीताको विवाह स्मरण हेतु मनाईएको हो । खासगरी विवाहपञ्चमी पर्व जनकपुरधाममा विशेष रुपले मनाइएपनि अमेरिकामा पनि पहिलो चोटी मनाइएको सेन्टरका अध्यक्ष अमित प्रताप शाहले बताएका छन् । हजारौं वर्षअघि आयोजित भगवान राम र देवी सीताको… Continue reading अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना
सपनाश्री र प्रेम सेन्च्युरीको नयाँ गीत सार्वजनिक
न्युयोर्क नेपाली ग्रामिण परिवेश र पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको गीत “जीवन यहाँ यस्तै छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ।उदयपुर मिडिया हबले निर्माण गरेको उक्त म्युजिक भिडियो सहितको गीतमा शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई गायिका सपनाश्रीले साथ दिएकी छिन्।म्युजिक भिडियोमा कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश… Continue reading सपनाश्री र प्रेम सेन्च्युरीको नयाँ गीत सार्वजनिक
डान्सिङ्ग विथ द स्टार्सको उपाधी सुमी-बिजुको जोडीलाई
काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले जितेको छ । शनिबार राती सम्पन्न फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई उछिन्दै सुमी मोक्तान र बिजु पार्कीको जोडीले उपाधी कब्जा गरेको हो । यो उपाधी विजेता जोडीले बिजेताले… Continue reading डान्सिङ्ग विथ द स्टार्सको उपाधी सुमी-बिजुको जोडीलाई
९ महिनापछि खुल्यो पशुपतिनाथ दर्शन
काठमाडौं । बन्द भएको करीव ९ महिनापछि आजबाट पशुपतिनाथ दर्शन खुला भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीबाट क्षमापूजा सम्पन्न भएको थियो । त्यससँगै आजबाट भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकिने भएको छ । यसअघि १० चैत २०७६ पछि मन्दिरमा नित्यपूजाबाहेक अन्य सर्वसाधारणबाट हुने पूजा बन्द भएको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले… Continue reading ९ महिनापछि खुल्यो पशुपतिनाथ दर्शन
सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस (प्रतिवेदनसहित)
काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले सातामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो। सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस (प्रतिवेदनसहित)
आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै
काठमाडौं । कोरोना भाइरसको महामारीसँगै बन्द भएका धार्मिक तथा पर्यटकीय क्षेत्र क्रमशः खुला हुँदैछन् । सोहीक्रममा आजबाट सदर चिडियाखाना खुला भएको छ । चिडियाखाना चैत ७ देखि बन्द थियो । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरि चिडियाखाना खोलिएको हो । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था… Continue reading आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै
पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु
पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गरेको छ । सुस्ताएको पर्यटन चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु भएको हो । कोभिड १९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले बताएका छन्… Continue reading पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु
बिहीबारबाट खुल्ने भयो चिडियाखाना
काठमाडौं । सदर चिडियाखाना सर्वसाधारणका लागि बिहिबारबाट खुला हुने भएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै चैत ७, २०७६ पछि चिडियाखाना बन्द रहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाले जनाएको छ । अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने नियम चिडियाखानामा बनाइएको छ । एक… Continue reading बिहीबारबाट खुल्ने भयो चिडियाखाना
नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्
काठमाडौं । नायिका श्वेता खड्काले सोमबार विवाह गरेकी छिन् । स्व. नायक श्रीकृष्ण श्रेष्ठसँग ६ वर्ष अगाडी उनको पहिलो विवाह भएको थियो । तर, विवाहको एक महिनामै उनले पति वियोग सहनु परेको थियो । त्यसपछि आफुलाई सम्हाल्दै सिने क्षेत्रमा निरन्तर अगाडी बढेकी उनले आज दोस्रो विवाह धनगढीका विजयेन्द्र सिंह रावतसँग गरेकी हुन् । उनी चलचित्रसँगै… Continue reading नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्
फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द
काठमाडौं । फिल्म हल र रात्रिकालीन व्यवसाय अझै १५ दिन बन्द हुने भएका छन् । मानिसहरुको एकसाथ भेला हुने र भिडभाड हुने क्षेत्रलाई थप १५ दिन प्रतिवन्ध लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार फिल्म हल र मानिसहरू धेरै जम्मा हुने व्यवसाय अझैं १५ दिन कडाइका साथ बन्द… Continue reading फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द
१ पुसबाट खुल्ने भयो पशुपतिनाथ मन्दिर
काठमाडौं । ११ चैत २०७६ पछि बन्द भएको पशुपतिनाथ मन्दिर अब दर्शनार्थीको दर्शनका लागि खुला हुने भएको छ । राष्ट्रिय समाचार समितिले पशुपति क्षेत्र विकास कोषलाई उदृत गर्दै जनाएअनुसार भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गर्ने निर्णय भएको हो । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत… Continue reading १ पुसबाट खुल्ने भयो पशुपतिनाथ मन्दिर
अब हरेक शनिबार माउण्टेन फ्लाइट, एउटा टिकट किन्दा अर्को सित्तैमा
काठमाडौं । आगामी शनिबारबाट नेपालमा माउन्टेन फ्लाइट पुनः सूचारु हुने भएको छ । निजी वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरले उस्तै प्याकेज सार्वजनिक गर्दै माउन्टेन फ्लाइट खुला गरेका हुन् । कम्पनीहरुले अब एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिने भएका छन् । दुई सीटमध्ये झ्यालतर्फको सीटको टिकट किन्दा सँगैको अर्को सीटको टिकट सित्तैमा पाइने… Continue reading अब हरेक शनिबार माउण्टेन फ्लाइट, एउटा टिकट किन्दा अर्को सित्तैमा
म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड
काठमाडौं । डिएगो म्याराडोनाको निधन भएपछि अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोक घोषणा भएको छ । उनको शव राजधानीस्थित पे्रसिडेन्टल प्यालेस कासा रोसारामा राखिएको छ । जहाँ अन्तिम दर्शनको काम जारी छ । सर्वसाधारणलाई समेत अन्तिम दर्शनको मौका दिइएका कारण लाखौं समर्थकले उनको दर्शन गरिरहेका छन् । लोकप्रिय फुटबलर म्याराडोनाको बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण… Continue reading म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड