प्रशिक्षक अलमुताइरीको व्यवहारका कारण फुटबल टीमका खेलाडीले छाडे क्याम्प

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका सिनियर सदस्य रोहित चन्दमाथि अन्याय गरेसँगै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङसहित एक दर्जन खेलाडीले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीप्रति असन्तुष्टी देखाउँदै असन्तुष्टि जनाएका छन्। केही खेलाडीले होटेल र क्याम्प नै छाडेका छन् । किरण चेमजोङ भने अहिले माल्दिभ्समा छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि जनाउँदै खेलाडीको… Continue reading प्रशिक्षक अलमुताइरीको व्यवहारका कारण फुटबल टीमका खेलाडीले छाडे क्याम्प

नेपाल टेलिकमले इ-सिम बाड्ने, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ई-सिम उपलब्ध गराउने भएको छ । त्यसका लागि आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्द बीच सम्झौता भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम… Continue reading नेपाल टेलिकमले इ-सिम बाड्ने, यस्ता छन् विशेषता

चितवनको भरतपुरमा आगलागी, ६ घर जले

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा आगलागी हुँदा ६ वटा घर जलेका छन्् । रातीबाट लागेको आगो बिहीबार बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बिहान २ बजेदेखि आगो निभाउन सुरु गरिएको थियो । चार वटा दमकलको सहयोगमा बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी… Continue reading चितवनको भरतपुरमा आगलागी, ६ घर जले

गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

तस्विर:रासस

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एयरलाइन्सको बाइडबडी जहाज अवतरण गर्ने भएको छ । एअरबस ए–३३० वाइडबडी जहाज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने छ । जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने भएका छन् । जहाज भैरहवामा दुई बसेर… Continue reading गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

आङ सान सू चीलाई थप ५ वर्षको कैद सजाय सुनाइयो

काठमाडौं (बीबीसी) । सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सू चीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन्। सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ। उनले सबै आरोपहरूको… Continue reading आङ सान सू चीलाई थप ५ वर्षको कैद सजाय सुनाइयो

सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने

काठमाडौं । सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले यसअघिको समय तालिका संसोधन गर्दै २३ वैशाखमा काठमाडौंमा दिनको १ बजे केन्द्रीय तहको चुनावी सभा गर्ने निर्णय गरेको हो । यसअघि सत्ता गठबन्धनले ८ वैशाखमा सातै… Continue reading सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने

भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ

काठमाडौं । भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ । भारतको ऊर्जा एक्सचेञ्ज बजारमा नेपाल विद्युत् प्राधिकरणले माग गरेअनुसारको बिजुली पाउन नसक्दा त्यसको असर नेपालका औद्योगिक क्षेत्रमा पर्ने देखिएको छ । समस्या समाधानका लागि अझै १५ देखि २० दिन थप लाग्ने देखिएको छ । प्राधिकरणले भारतबाट… Continue reading भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ

तालमेल विपरित परेको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित परेका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित ६ महानगर र ११ उपमहानगरमा दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गराउने निर्णय गरेको हो । बैठकले केन्द्रबाट भागवण्डा भएका ६ महानगर र ११ उपमहानगरमा वडाको सिट बाँडफाँटका लागि… Continue reading तालमेल विपरित परेको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

झिनो अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँ बराबरको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading झिनो अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्। बैठकले परीक्षणका रुपमा लागू हुने गरी उक्त निर्णय गरेको हो । कार्यालय समय भने विहान ९:३० देखि… Continue reading जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?

reuters

काठमाडौं । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ। पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको जनाएको बीबीसीले लेखेको छ । बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ। रुसले मित्रवत् व्यवहार नगर्ने… Continue reading रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?

सिंगापुरमा एक मलेसियन नागरिकलाई दिइयो मृत्युदण्ड

सिंगापुर । सिंगापुरले तिब्र विरोधका बीच एक मलेसियन नागरिकलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार लागुऔषध हेरोइन तस्करी गरेको अभियोग उनीमाथि रहेको थियो । उनी १३ वर्षदेखि जेलमा थिए । समाचार संस्था रोयटर्सका अनुसार ३४ वर्षका नागेनथ्रन धर्मलिंगमलाई बुधबार बिहान मृत्युदण्ड दिइएको छ । उनका भाइ नवीन कुमारका अनुसार धर्मलिंगमको शव मलेसिया पठाउन लागिएको… Continue reading सिंगापुरमा एक मलेसियन नागरिकलाई दिइयो मृत्युदण्ड

तासदेखि कुरकुरेसम्मको आयात रोकियो

काठमाडौं । अर्थतन्त्रमा बढ्दो आयातका कारण परेको चापका कारण सरकारले विलासिताका वस्तु नेपाल ल्याउन रोकेको छ । चालु आर्थिक वर्षभर यी वस्तु नेपाल ल्याउन नपाउने गरि नियम ल्याइएकोृ हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना निकाल्दै सो जानकारी गराएको छ । यसमा विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।… Continue reading तासदेखि कुरकुरेसम्मको आयात रोकियो

मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

विराटनगर । मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली चिकित्सक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् । दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी गराएका… Continue reading मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रयोजनका लागि मतपत्र जिल्लामा पठाउन शुरु भएको छ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको हो । उनका अनुसार मतपत्र ढुवानीका लागि सार्वजनिक सवारीसाधन भाडामा लिइएको छ ।… Continue reading मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो

शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिन समस्या देखिएको छ । मङ्गलवार दिउँसोदेखि लागेको डढेलो निभाउने प्रयास भइरहेको छ । दिउँसा हेलिकोप्टरबाट पानी खन्याइएको छ । तर, त्यसले पनि आगो नियन्त्रणमा आइसकेको छैन । प्रहरीका अनुसार साँझ पछि हेलिकोप्टरको प्रयोग रोकिए पनि दमकल तथा अन्य माध्यमबाट आगो निभाउने प्रयास… Continue reading शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीको जिल्लामा कांग्रेस पूर्वजिल्ला सभापति निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीविपरीत गतिविधि गरेको भन्दै कांग्रेसले मंगलबार सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्ललाई कांग्रेसको सदस्यबाट निकालेको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरि यस्तो जानकारी गराएका छन् । मल्ललाई साधारण सदस्यसमेत नरहने निष्काशनमा परेका हुन् । ‘कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं… Continue reading एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीको जिल्लामा कांग्रेस पूर्वजिल्ला सभापति निष्काशित

श्रममन्त्रीसहितको टीम बुधबार मलेसिया जाने, के छ एजेण्डा ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया प्रस्थान गर्ने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागेका हुन्। मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरे। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्धिपक्षिय हितका साथै… Continue reading श्रममन्त्रीसहितको टीम बुधबार मलेसिया जाने, के छ एजेण्डा ?

काठमाडौंमा २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन… Continue reading काठमाडौंमा २२ जना चिनियाँ नागरिक पक्राउ

स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ४७ हजार नाघ्यो, कुन प्रदेशमा कति उम्मेदवार ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेद्वारी दर्ता गरेकाहरुको संख्या सार्वजनिक गरेको छ । आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार (दिउँसो ३:३०) सम्ममा मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४७ हजार २ सय ७४ जना रहेका छन् । तर, आयोगले सार्वजनिक गरेको संख्या प्रणाली प्रविष्ट भएको संख्या मात्रै हो । आयोगले जनाएअनुसार ७ सय ५३… Continue reading स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ४७ हजार नाघ्यो, कुन प्रदेशमा कति उम्मेदवार ?

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पछिल्लो १ वर्ष यताकै कम

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोेदिन शेयर बजार मापक सूचक (नेप्से) १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँ बराबरको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पछिल्लो १ वर्ष यताकै कम

स्थानीय तहमा देशभर १ लाख ३७ हजारको उमेदवारी (८ः३० को अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर १ लाख ३७ हजारको उमेदवारी परेको छ । यो बिहान ८ः३० बजेसम्मको अपडेट हो । निर्वाचन आयोगले तथ्यांक अध्यावधि भइरहेको जनाएको छ । सोहीकारण यो संख्या अझै बढ्ने सम्भावना छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सबै पदमा कुल १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् ।… Continue reading स्थानीय तहमा देशभर १ लाख ३७ हजारको उमेदवारी (८ः३० को अपडेट)

इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

Copyright POOL/AFP/File Britta Pedersen

काठमाडौं । सामाजिक ट्विटरको सञ्चालक समितिले कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमती जनाएको छ । बीबीसीका अनुसार मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ४४ अर्ब डलरमा ट्विटरको बोली लगाएका थिए। उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए। उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका… Continue reading इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

काठमाडौंको मेयर बन्न ५६ जना आकंक्षी

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका लागि ५६ जना आकंक्षी मैदानमा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा ५६ जनाको उम्मेदवारी परेको हो । यसमा यसमा मूख्य प्रतिस्पर्धा भने गठबन्धन र एमाले बीच हुने छ । स्वतन्त्रतर्फ बालेन साह लोकप्रिय बनेका छन् । राप्रपा र विवेकसिलले समेत… Continue reading काठमाडौंको मेयर बन्न ५६ जना आकंक्षी

स्थानीय तहमा ३५ हजार, २२१ जना उमेदवारका लागि ७१ हजार २३७ जनाको उमेदवारी (साँझ ८ बजेसम्म)

काठमाडौं । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि सोमबार उमेदवारी दर्ताको समय सकिएको छ । आइतबार र सोमबार गरि दुई दिन उमेदवारी दर्ताको समय तोकिएको थियो । निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो विवरण अनुसार स्थानीय तहमा ७१ हजार, २३७ जना चुनावी मैदानमा उत्रिएका छन् । कुल ३५ हजार, २२१ जना पदाधिकारीका लागि वैशाख… Continue reading स्थानीय तहमा ३५ हजार, २२१ जना उमेदवारका लागि ७१ हजार २३७ जनाको उमेदवारी (साँझ ८ बजेसम्म)

काठमाडौंबाट जापान अब साताको तीन उडान हुने

काठमाडौं । काठमाडौं–नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले अहिले काठमाडौं–नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको… Continue reading काठमाडौंबाट जापान अब साताको तीन उडान हुने

एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

काठमाडौं । चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा बढेको छ । फागुनको तुलनामा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट… Continue reading एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

काठमाडौं । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । यसससँगै अनौपचारिक रुपमा एकिकृत समाजवादीले खाता खोलेको छ । तर, यसको औपचारिक घोषणा भने निर्वाचन पछि मात्र हुने छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराए । डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत… Continue reading डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

प्रचण्ड पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेद्वारी परेको छ । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर पदमा रेणुमाथि कांग्रेस नेताले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र… Continue reading प्रचण्ड पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेदवारी दर्ता

एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको शेयर बजार मापक सूचक (नेप्से) सोमबार ३६.९४ अंकले घटेर २३८४.९० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३९ कम्पनीको २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर… Continue reading एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से