राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको कुन-कुन जिल्लामा हुँदैछ ?

काठमाडौं । राष्ट्रिय खेलकुदको नवौं संस्करण आजबाट औपचारिक रुपमा शुरु हुँदैछ । यसअघि अनौपचारिक रुपमा खेलहरु भने जारी छन् । नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये पोखराको घरेलु मैदानमा नै २६ वटा खेल हुनेछन् । अन्य खेल गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा तोकिएको छ । गण्डकीका सबै… Continue reading राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको कुन-कुन जिल्लामा हुँदैछ ?

राष्ट्रिय खेलकुदको उद्घाटन आज

rss

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रपतयोगिता आज औपचारिक रुपमा शुरु हुँदैछ । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुने भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटनमा पुग्दैछन् । उदघाटन समारोहको सबै तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिले जनाएको छ ।… Continue reading राष्ट्रिय खेलकुदको उद्घाटन आज

३१ असोजसम्म उम्मेदवारी फिर्ता लिने बागीलाई कांग्रेसले कारवाही नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहीवार विज्ञप्ति निकालेर असोज ३१ गतेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । उम्मेदवारी फिर्ता लिए पार्टीले गरेको कारबाही फुकुवा हुने उल्लेख छ । बुधवारमात्रै कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच… Continue reading ३१ असोजसम्म उम्मेदवारी फिर्ता लिने बागीलाई कांग्रेसले कारवाही नगर्ने

सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना

काठमाडौं । सत्ता गठबन्धनले चुनावी कमाण्डर रामचन्द्र पौडेललाई तोकेको छ । सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएको छ । बिहीवार बसेको गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको… Continue reading सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना

सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

Gorakhapatra

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो । अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनी असोज २० मा पक्राउ परेका थिए । लामिछानेलाई यसअघि… Continue reading सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

ओलीप्रति आक्रोसित रावल, एमाले भने नछाड्ने

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले एमाले नछाड्ने घोषणा गरेका छन् । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बन्न पार्टीको क्षेत्र र जिल्लाबाट एकल सिफारिसमा परेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका थिएनन् । उनीजस्तै टिकट नपाएका घनश्याम भुसालले एमाले छाडेसँगै भीम रावलप्रति समेत धेरैको चासो थियो ।… Continue reading ओलीप्रति आक्रोसित रावल, एमाले भने नछाड्ने

जसपाका मन्त्री हटाइए

Photo : Ekantipur.com

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाएका छन् । सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेपछि सपाका चार जना मन्त्रीको पद समेत गुमेको हो । जसपाबाट राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा… Continue reading जसपाका मन्त्री हटाइए

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत नेपाल आए

काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आएका छन् । र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक सातापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आएका हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही दिन आराम गरेपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । ‘आउँदा केही… Continue reading नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत नेपाल आए

भारतमा धन सम्पत्ति पाइने लोभमा दुई महिलाको बली दिएको खुलासा

केरला । दक्षिणी भारतीय राज्य केरलाको पथानामथिट्टा जिल्लामा आर्थिक समृद्धिको निम्ति दुईजना महिलाको बलि दिएको घटना खुलासा भएको छ । अङ्ग्रेजी अखबार द हिन्दूमा प्रकाशित समाचारलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार केरलाको दुईवटा जिल्लाका प्रहरीले त्यहाँ केही समयदेखि हराइरहेका दुईजना महिला पद्म र रोसलीको खोजकार्य गरिरहेका थिए। यसै सिलसिलामा कोच्ची नगरको प्रहरीले एक दम्पति भगवल सिंह… Continue reading भारतमा धन सम्पत्ति पाइने लोभमा दुई महिलाको बली दिएको खुलासा

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

काठमाडौं । अर्थमन्त्री शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा… Continue reading अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको राससले जनाएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा… Continue reading अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा नेपालको मतदान

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा नेपालले मतदात गरेको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरे । नेपालले यस प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय… Continue reading युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा नेपालको मतदान

कांग्रेसका बागी उम्मेदवार ५ वर्षका लागि पार्टीबाट निष्कासित

TKP

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निष्कासन गरेको जानकारी दिएका छन्… Continue reading कांग्रेसका बागी उम्मेदवार ५ वर्षका लागि पार्टीबाट निष्कासित

बारामा एकै परिवारका तीन जनाको हत्या

बारा । बारामा एउटै परिवारका तीन जनाको हत्या भएको छ । बाराको प्रसौनी गाउँपालिका ५ प्रष्टोका बस्ने दीपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजाता चौधरी, ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । तीनै जनाको शव बुधबार दिउँसो गाउँकै ढोरा खोलाको किनारमा भेटिएको छ । आमा र… Continue reading बारामा एकै परिवारका तीन जनाको हत्या

टुकुचा खोला उत्खनन् विरुद्ध परेको रिटको सुनुवाइ सर्‍यो,कात्तिक १ सम्म डोजर चलाउन नपाउने

काठमाडौं । टुकुचा खोलाको भूमिगत सुरूङमाथि बनेका निजी घरहरू काठमाडौं महानगरपालिकाले कानुनविपरीत भत्काएको भन्दै उच्च अदालत पाटनमा परेका रिटको सुनुवाइ सरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एउटा प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्राप्त नभएको भन्दै सुनुवाइ कात्तिक १ गतेलाई सरेको हो। अदालतबाट जारी अल्पकालीन अन्तरिम आदेश पनि कात्तिक १ सम्म निरन्तरता दिइएको छ। काठमाडौं… Continue reading टुकुचा खोला उत्खनन् विरुद्ध परेको रिटको सुनुवाइ सर्‍यो,कात्तिक १ सम्म डोजर चलाउन नपाउने

सर्लाही २ मा राजेन्द्र महतो एक्लिए, सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय

काठमाडौं । सर्लाही क्षेत्र नम्बर-२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो एक्लिएका छन् । सत्ता गठबन्धनद्वारा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय गरेसँगै महतो एक्लिएका हुन् । यसअघि नै उक्त क्षेत्रमा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गरेका थिए। यादवले माआवादीको चुनाव चिह्नबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीसँग सत्ता… Continue reading सर्लाही २ मा राजेन्द्र महतो एक्लिए, सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय

विनोद चौधरीलाई टक्कर दिन एमालेको समर्थन हृदयेश त्रिपाठीलाई

काठमाडौं । नेकपा एमालेले आफ्नो नवलपरासी (पश्चिम)- १ बाट उमेदवारी फिर्ता लिएको छ । जनता प्रगतिशील पार्टीका त्रिपाठीलाई समर्थन गर्दै एमालेका सिन्धु जलेसा बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । सत्ता गठबन्धनका तर्फवाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी छन् । व्यवसायी चौधरीलाई टक्कर दिन एमालेले त्रिपाठीलाई समर्थन दिएको छ। एमालेले यसअघि चितवन ३ कांग्रेसका बाथी रविन… Continue reading विनोद चौधरीलाई टक्कर दिन एमालेको समर्थन हृदयेश त्रिपाठीलाई

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार, आईसीयूबाट क्याबिनमा सारियो

काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिएपछि आईसीयूबाट डिलक्स क्याबिनमा सारेर सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जानकारी दिएको छ । उनको अवस्थामा केही सुधार आएको र दोहोरो कुराकानी गर्नसक्ने भएको अस्पतालले जनाएको छ । छातीमा समस्या देखिएपछि उनलाई यही असोज ७ गते ललितपुरस्थित… Continue reading सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार, आईसीयूबाट क्याबिनमा सारियो

शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । बुधबार नेप्से परिसूचक ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा पुगेको हो । यसदिन २२३ कम्पनीको ६९ करोड १७ लाख रुपैयाँ बढीको २० लाख ८५ हजार २८४ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापार… Continue reading शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

रुपन्देही–१ मा एमालेलाई झड्का, घनश्यामलाई समर्थन गर्दै ३७ नेताले त्यागे पार्टी

काठमाडौं । रुपन्देही–१ मा एमालेलाई झड्का लागेको छ । केपी ओलीले निरंकुशता लादेजस्तै छविलाल विश्वकर्माले निरंकुशता लादेका कारण ३७ नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बुधबार विज्ञप्ति निकालेर उनीहरुले घनश्याम भूसाललाई सर्मथन गर्दै एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् । पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य मुलायम सिंह यादव, रोहिणी गाउपालिका सचिव इन्द्रजित… Continue reading रुपन्देही–१ मा एमालेलाई झड्का, घनश्यामलाई समर्थन गर्दै ३७ नेताले त्यागे पार्टी

उपत्यकामा पानीको बोतल १६ र जार ४७ रुपैयाँ मात्र पर्ने गरी तोकियो मूल्य

काठमाडौं । काठमाडौं उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेसँगै उपभोक्ताले यो भन्दा महंगो मूल्य तिर्नुपर्ने छैन । उपत्यकाबाहिर एक लिटर बोतलको पानीको… Continue reading उपत्यकामा पानीको बोतल १६ र जार ४७ रुपैयाँ मात्र पर्ने गरी तोकियो मूल्य

एकै पटक ४३३ उपसचिव र ११२ सहसचिव पदमा आवेदन खुल्यो

काठमाडौं । एकै पटक ठूलो सं्ख्यामा उपसचिव र सहसचिवको माग भएको छ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको हो । आयोगले सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलाएको छ । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । आर्थिक… Continue reading एकै पटक ४३३ उपसचिव र ११२ सहसचिव पदमा आवेदन खुल्यो

रेशम चौधरी पनि चुनाव लड्न नपाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका दुबै प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । ७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी… Continue reading रेशम चौधरी पनि चुनाव लड्न नपाउने

विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । एमाले नेता विष्णु पौडेलको क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी दर्ता खारेज भएको छ । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । गुरुङ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । अन्य दुई भने हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी… Continue reading विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज

आयोगले आज अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावाली आज प्रकाशन गर्दैछ । त्यसपछि आज निर्वाचन चिह्न प्रदान समेत प्रदान गर्ने भएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ । स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले चिह्न दिनेछ । निर्वाचन चिह्न वितरण गर्ने समय आज… Continue reading आयोगले आज अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने

प्रधानमन्त्रीविरुद्ध परेको उजुरी खारेज, उम्मेदवारी कायम

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहेको छ । उनको उम्मेदवारीविरूद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जनाएका छन् । उम्मेदवारविरूद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गर्दा उम्मेदवारविरूद्ध रेको उजुरी भने कानुनसम्मत नदेखिएको उनको भनाई छ… Continue reading प्रधानमन्त्रीविरुद्ध परेको उजुरी खारेज, उम्मेदवारी कायम

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर भएको छ । उृनीमाथि उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएको छ । वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थारुको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय… Continue reading नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

२० घण्टाभित्र बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

काठमाडौं । गठबन्धनले २० घण्टाभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको हो। प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त… Continue reading २० घण्टाभित्र बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६५ प्रतिशत सकियो

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ६५.३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार असोज २४ गतेसम्म सुरुङ खन्ने काम ३ हजार ५९३ मिटर… Continue reading नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६५ प्रतिशत सकियो

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो

काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिएपछि अक्सिजनको मात्रा घटाइएको अस्पताल स्रोतले जनाएको छ । उनले बोल्न र नजिकै रहेकालाई चिन्न पनि थालेका छन् । छातीमा समस्या देखिएपछि उनलाई यही असोज ७ गते ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना… Continue reading सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो