भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवार बाहिर, ८० वर्षका खड्गे नयाँ अध्यक्ष

एजेन्सी । भारतमा भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएसँगै नेतृत्व गान्धी परिवार बाहिर गएको हो । मतपरिणाम अनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी ६६ शशि थरूरले १०७२ मत मत ल्याएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। ४१६… Continue reading भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवार बाहिर, ८० वर्षका खड्गे नयाँ अध्यक्ष

खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख… Continue reading खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Gorakhapatra

काठमाडौं । सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । लामिछानेलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा… Continue reading सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

आर्मीकी धाविका जयरानीको दबादबा कायमै, जितिन् चार स्वर्ण

फोटो: कान्तिपुरबाट

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीकी जयरानी थारुको दबादबा कायमै रहेको छ । आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन् । उनले बुधवार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन् । उनले यसअघि प्रतिस्पर्धा गरेको ३ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखे अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो । मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका… Continue reading ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

युक्रेनमा पानी र विद्युतको आपूर्ति नराम्रोसँग प्रभावित

काठमाडौं । रुसी सेनाले युक्रेनको उर्जा सेवालाई फेरि निसानामा पार्दा राजधानी किएभका केही क्षेत्रसहित अन्य सहरमा बिजुली र पानी आपूर्ति बन्द भएको छ। बीबीसीका अनुसार राजधानीमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ । डिनिप्रो नदी नजिकैको ऊर्जा केन्द्र वरपरबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ। किएभको पश्चिममा रहेको जितोमीरमा बिजुली र पानीको आपूर्ति काटिएको छ… Continue reading युक्रेनमा पानी र विद्युतको आपूर्ति नराम्रोसँग प्रभावित

आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान

काठमाडौं । आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी गराएको छ । आज छुटेका बालबालिकालाई भोलि खुवाइने छ । स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए… Continue reading आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान

विप्लव पुन: महासचिव चुनिए

काठमाडौं । नेकपाको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । हालै सम्पन्न नवौं महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएको पार्टीले जनाएको छ । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो । महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई… Continue reading विप्लव पुन: महासचिव चुनिए

झापामा गोली हानेर एक व्यक्तिले गरे आत्महत्या

प्रतिकात्मक तस्वीर

झापा । झापामा आफैलाई गोली हानेर एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको को गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर घाइते बनाएका एक व्यक्तिले ‘आत्महत्या’ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको अनुमान गरिएको छ । उनले… Continue reading झापामा गोली हानेर एक व्यक्तिले गरे आत्महत्या

काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

काठमाडौं । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन… Continue reading काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् । पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै ओलीले… Continue reading एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनासम्म विकास बजेटको जम्मा ५ प्रतिशत मात्र खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज)सम्म सरकारले १९ अर्ब ६८ करोड पूँजीगत खर्च गरेको हो । चालु आवमा कुल ३ खर्ब ८० अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा कुल बजेटको जम्मा… Continue reading ३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा दर्ता गर्न ३० दिनको अल्टिमेटम दिएको छ । महानगरपालिकाले मंगलवार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय महानगरपालिकामा पनि दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो । अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना गरिने चेतावनी समेत… Continue reading संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने

नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?

काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ६८ प्रतिशतले बढेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०७८ सालको साउनमा नेपालमा १ करोड १० लाख ३४ हजार फोरजी प्रयोगकर्ता थिए। जुन २०७९ को असारसम्म १ करोड ८५ लाख ५९ हजार पुगेको छ। एक वर्षमा ७५ लाख २५ हजार फोरजी प्रयोगकर्ता थपिएका छन्। २०७९ को असारसम्म नेपाल टेलिकमका… Continue reading नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?

बुधबार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

काठमाडौं । कात्तिक २ गते (बुधबार) ४ घण्टा ग्लोबल आइएमई बैंकका कुनै पनि कार्ड तथा एटीएम सेवा नचल्ने भएको छ । बैंकका कार्ड र एटीएम दिउँसो १:३० बजेदेखि ५:३० बजेसम्म नचल्ने भएका हुन् । बैंकको कार्ड स्वीचिङ सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको नेटवर्क स्वीचमा कार्ड नेटवर्कको म्यानडेट इन्स्टल गर्नुपर्ने भएकाले कार्ड र एटीम सेवा… Continue reading बुधबार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

काठमाडौं । प्रसिद्ध धार्मिकस्थल केदारनाथनजिकै हेलिकप्टर दुर्घटना भएको छ। केदारनाथभन्दा दुई किलोमिटर पर गरुडचट्टीमा आज हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सवार सातै जनाको मृत्यु भएको छ। खराब मौसम र बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ। हेलिकप्टर गुप्तकाशीबाट केदानरनाथतर्फ उडेको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर निजी कम्पनी आर्यन हेलीको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिनपछि केदारनाथकै… Continue reading केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

ट्वान्टी–२० विश्वकप: श्रीलंकाविरुद्ध यूएईका मयप्पनको ह्याट्रिक

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई)का कार्थिक मयप्पनले ह्याट्रिक विकेट लिएका छन् । श्रीलंकाविरुद्ध यूएईका मयप्पनले १५ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार तीन विकेट लिएका हुन् । जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो । सन् २००७ देखि सुरु भएको ट्वान्टी–२० विश्वकपमा यो पाँचौँ ह्याट्रिक हो । विश्वकपमा… Continue reading ट्वान्टी–२० विश्वकप: श्रीलंकाविरुद्ध यूएईका मयप्पनको ह्याट्रिक

अरिंगालको टोकाईबाट सल्यानमा आमा-छोरीको मृत्यु

सल्यान । अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी छन् । सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा… Continue reading अरिंगालको टोकाईबाट सल्यानमा आमा-छोरीको मृत्यु

तापक्रम घट्दै, चिसो बढ्दै

काठमाडौं । मनसुन अन्त्य भएसँगै नेपालमा तापक्रम घट्ने क्रम शुरु भएको छ । खासगरी देशभर न्यूनतम तापक्रम घट्न थालेको हो । दिउँसो भने बादल नलाग्दा घाम चर्किने गरेको छ । यसले अधिकतम तापक्रममा ठूलो गिरावट आएको छैन । मंगलबार काठमाडौंको बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ । सोमबार १२ दशमलव २ डिग्री सेल्सियस मापन… Continue reading तापक्रम घट्दै, चिसो बढ्दै

राष्ट्रिय खेलकुद : पदक तालीकामा विभागीय टोलीको दवदवा, एनआरएनए छैठौं स्थानमा

पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत चौथो दिनसम्ममा विभागीय टोलीको दवदवा कायम छ । जसमा नेपाल आर्मी १२८ पदकसहित शीर्षस्थानमा कायमै छ। आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्यपदक सहित कुल १२८ पदक जितेको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लब २३ स्वर्ण १७ रजत र २५ कास्य सहित… Continue reading राष्ट्रिय खेलकुद : पदक तालीकामा विभागीय टोलीको दवदवा, एनआरएनए छैठौं स्थानमा

पुकार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा… Continue reading पुकार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

बागी उम्मेदवारलाई फकाउँदै कांग्रेस

TKP

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै ४ कात्तिकभित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने उल्लेख गरेका छन् । कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिनेलाई निष्कासनको कारबाही गरेको थियो । यदि उम्मेदवारी निष्क्रिय बनाए… Continue reading बागी उम्मेदवारलाई फकाउँदै कांग्रेस

झापामा दुई मोटरसाइकल ठोक्किए, २ जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा सोमबार साँझ मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे३प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु… Continue reading झापामा दुई मोटरसाइकल ठोक्किए, २ जनाको मृत्यु

अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण

पोखरा । अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिका सिंहले स्वर्ण पदक संख्या चार पुर्याएकी छिन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा गौरिका सिंहले सोमबार थप दुई स्वर्ण जितेसँगै उनको स्वर्ण संख्या चार पुगेको हो । त्रिभुवन आर्मीकी गौरिकाले ५० मिटर ब्याकस्ट्रोमा स्वर्ण जितिन्। उनले ३०.८० सेकेन्डमा निर्धारित दूरी पौडिएर जारी स्पर्धामा तेस्रो स्वर्ण भित्र्याएकी हुन्।… Continue reading अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण

मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा

काठमाडौं । विश्वचर्चित टेलिभिजन प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपाल आएका छन् । उनी आइतबार काठमाडौं अवतरण गरेका हुन् । उनी सोमबार बिहान लुक्ला उडेका छन् । कीर्तिमानी आरोही तथा नेटफ्लिक्सको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ फेम्ड निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडसनमार्फत उनी नेपाल आएको स्थानीय संचारमाध्यमले जनाएका छन् । लुक्लामा उनले स्काई डाइभिङ गर्ने छन्… Continue reading मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा

निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्ति निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने जनाएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले… Continue reading निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज

सत्यमोहन जोशीको निधनको शोकमा मंगलवार सार्वजनिक बिदा

काठमाडौं । सरकारले कात्तिक १ गते मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालय सोमबार एक विज्ञप्ति जारी गरी शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिएको हो । १०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो ।

मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा अर्बपति उम्मेदवार

तस्बिरः चौधरीको सचिवालय

काठमाडौं । फोर्ब्सको अर्बपति सूचीमा पर्ने एक मात्र नेपाली उम्मेदवार चुनावी अभियानमा लागेका छन् । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विनोद चौधरी मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा लागेका हुन् । चौधरीले नवलपरासी पश्चिम क्षेत्र नम्बर १ को सिसानी, प्रतापपुर क्षेत्रमा चुनावी अभियान शुरु गरेका छन्… Continue reading मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा अर्बपति उम्मेदवार

शेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२१ कम्पनीको ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँ बराबरको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

Photo : The Rising Nepal

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ४७ मिनेट जुरेको जनाएको हो । अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ… Continue reading भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा