काठमाडौं । विश्वव्यापी भोकमरी सूचीमा नेपालले आफुलाई उल्लेख्य सुधार गरेको पाइएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई)को आंकडा अनुसार विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । २०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । नेपालका छिमेकी मुलुकहरुमा भोकमरी भयावह देखिएको छ… Continue reading भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार
Category: फिचर
लौरो स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नभएको आयोगको स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको हो। आयोगका सहसचिव… Continue reading लौरो स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नभएको आयोगको स्पष्टीकरण
राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?
काठमाडौं । अहिले नवौं राष्ट्रिय खेलकुद जारी छ । पोखरामा गत शुक्रबार औपचारिक उद्घाटन भएको प्रतियोगिता गण्डकी प्रदेशमा जारी छ । तेस्रो दिनका खेल सकिदासम्म पदक तालिकामा विभागीय टीमहरुको दवदवा देखिएको छ । पदक तालिकामा नेपाल आर्मी ८६ पदकसहित शीर्षस्थानमा छ । उसले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक सहित कुल ८६ पदक जितेको… Continue reading राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?
भारतीय कंग्रेसको नेतृत्वका लागि आज निर्वाचन
नयाँ दिल्ली । भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्ष चुन्न सोमबार मतदान हुने भएको छ । भारतको पुरानो राजनीतिक पार्टी कंग्रेसले २२ वर्षपछि चुनावबाट पार्टी अध्यक्ष छान्न लागेको छ । कंग्रेसको अध्यक्षका लागि मालिकार्जुन खार्गे र शशि थरूर चुनावी मैदानमा छन्। टाइम्स अफ इन्डियाका अनुसार अध्यक्षको दौडमा ८० वर्षका खार्गे थरूरभन्दा अघि छन्। कर्नाटका राज्यबाट माथिल्लो… Continue reading भारतीय कंग्रेसको नेतृत्वका लागि आज निर्वाचन
बेलायतमा कहिलेबाट जान पाउँछन् नेपाली नर्स ?
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड)को मस्यौदा बनाएको छ । मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी छ । नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमित भएको थियो । मन्त्रालयले… Continue reading बेलायतमा कहिलेबाट जान पाउँछन् नेपाली नर्स ?
एउटै खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला
दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुई जना किशोर–किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका १३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।, उनीहरु तीन दिनअघि बाट सम्पर्क… Continue reading एउटै खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला
राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा रिटको सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो । बैंकिङ कसुरमा दोषी ठहर भएपछि कालोसूचीमा परेका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द… Continue reading राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२१ कम्पनीको ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा सर्किट
खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित
काठमाडौं । सरकारले देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो। आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी यो खेल बन्द गरिएको हो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा… Continue reading खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित
शताब्दी पुरूषको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। संस्कृतिविद् जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका परिसरमा पुगेर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका हुन् । १०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो । श्रद्धाञ्जली दिँदै… Continue reading शताब्दी पुरूषको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा
शताब्दी पुरूष सत्यमोहन जोशीको दाहसंस्कार नहुने, पार्थिव शरीर अध्ययनका लागि राखिने
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । जोशीको शरीरमा नगल्ने खालको केमिकल प्रयोग गरेर अध्ययनका लागि किष्ट मेडिकल कलेजमा नै अध्ययनका लागि राखिने भएको हो । जोशीले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार राख्न लागिएको हो । जोशीको किष्ट… Continue reading शताब्दी पुरूष सत्यमोहन जोशीको दाहसंस्कार नहुने, पार्थिव शरीर अध्ययनका लागि राखिने
सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने
काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा घोषणा गरेको छ । आइतबार किष्ट मेडिकल कलेजमा जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त जनाकारी गराएका हुन् । जोशीको पार्थिव शरीरलाई अहिले अस्पताल परिसरमै राखिएको छ ।
नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको खसेर मृत्यु भएको छ। क्रस कन्ट्री प्याराग्लाइडिङ खेल उडिरहेको प्याराग्लाडिङ अचानक खस्दा त्रिभुवन आर्मी क्लबका तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको… Continue reading नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु
सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा संयुक्त प्रशिक्षण दिँदै
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज काठमाडौंमा कार्यकर्तालाई चुनावी रणनीतिबारे संयुक्त प्रशिक्षण दिँदै छन् । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रम छ। उक्त कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण… Continue reading सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा संयुक्त प्रशिक्षण दिँदै
शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?
काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएसँगै उनको अन्त्येष्टी प्रक्रियाबारे तयारी थालिएको छ । उनले आफ्नो शरीर दान गरिसकेका छन् । सोहीकारण कसरी अन्त्येष्टि गर्ने भन्ने बारे किष्ट अस्पतालमा ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच तयारी बारे छलफल भइरहेको छ । उनले मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका थिए… Continue reading शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?
एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली
पोखरा । अमेरिकामा जन्मिएको १६ वर्षीय एस्लि सापकोटा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान नेपालमा छिन । उनले नेपालमा सनसनीपुर्ण प्रदर्शन जारी राख्दा नेपालबाट अन्तर्राष्ट्रिय प्रदर्शनको प्रस्ताव समेत शुरु भएको छ ।एनआरएनएको टिममा समावेश भएपछि एक महिनाको विषेश तयारीपछि एस्ली गत सोमबार नेपाल आइपुगेकी हुन् । शनिबारदेखि सुरु पौडी प्रतियोगितामा एस्लीले पहिलो दिन नै तीन स्वर्ण… Continue reading एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली
रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको१०३ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट स्रोतलाइ उदृत गर्दै संचारमाध्यमले पुष्टि गरेका छन् । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल… Continue reading रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी
प्रचण्डले घुमे गोरखा दरवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले शनिबार बिहान दरबार अवलोकन गरेका हुन् । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने… Continue reading प्रचण्डले घुमे गोरखा दरवार
टर्कीमा कोइला खानीमा विष्फोट, कम्तिमा २५ जना मारिए
इस्तानबुल\बीबीसी । उत्तरी टर्कीको बार्टिन प्रान्तमा एउटा कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २५ जना मारिनुका साथै दर्जनौँ मानिसहरू पुरिएका छन्।विस्फोटको समयमा खानीमा करिब ११० जना मानिसहरू काम गरिरहेका थिए। जसमध्ये आधा भन्दा धेरै मानिसहरू खानीभित्र ३०० मिटरको गहिराइमा थिए। टर्कीका स्वास्थ्य मन्त्रीले ११ जना मानिसहरूको उद्धार गरिएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताएका छन्। आपतकालिन… Continue reading टर्कीमा कोइला खानीमा विष्फोट, कम्तिमा २५ जना मारिए
अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई काम गर्न पाउने समय घट्यो, नेपाली पनि प्रभावित हुने
सिड्नी\एजेन्सी । अस्ट्रेलियामा कोभिड महामारीका बेला अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको पूर्णकालीन काम गर्न सक्ने अधिकार घटेको छ । यससँगै अब काम गर्न पाउने समय कम हुने भएको छ । जसका कारण त्यहाँ रहेका हजारौं नेपाली समेत प्रभावित हुनेछन् । गृह मन्त्रालयले आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने भनेको छ । अस्ट्रेलियामा… Continue reading अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई काम गर्न पाउने समय घट्यो, नेपाली पनि प्रभावित हुने
डडेलधुरामा कर्ण मल्ललाई सघाउने निर्णयबाट पछि हट्यो एमाले, देउवालाई सहज
काठमाडौं । नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल रद्द गरेको छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो । प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । तर आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा… Continue reading डडेलधुरामा कर्ण मल्ललाई सघाउने निर्णयबाट पछि हट्यो एमाले, देउवालाई सहज
आयोगको अनुमति बीना मन्त्रीहरु चुनाव प्रचारमा जान नपाउने
काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा निकायका अधिकारीहरुले… Continue reading आयोगको अनुमति बीना मन्त्रीहरु चुनाव प्रचारमा जान नपाउने
नेपालले एडीबीबाट साढे २६ अर्ब ऋण लिने
काठमाडौं । नेपालले एसियाली विकास बैंकबाट २० करोड अमेरिकी डलर (साढे २६ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि सो रकम बराबरको ऋण लिने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि… Continue reading नेपालले एडीबीबाट साढे २६ अर्ब ऋण लिने
विलासिताका वस्तुको आयातमा लागेको प्रतिवन्ध मंसिर मसान्तसम्म निरन्तर
काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराएका हुन् । यस सम्बन्धी सूचना शुक्रबारको राजपत्रमा प्रकाशित भएको छ । ढुकुटीमा विदेशी मुद्राको… Continue reading विलासिताका वस्तुको आयातमा लागेको प्रतिवन्ध मंसिर मसान्तसम्म निरन्तर
राष्ट्रिय खेलकुदको महाकुम्भ पोखरामा शुरु
पोखरा । नर्वौं राष्ट्रिय खेलकुद पोखरामा औपचारिक रुपमा शुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको हो । शुक्रबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासहित राष्ट्रिय खेल अभियान प्रारम्भ भएको हो । राष्ट्रपति… Continue reading राष्ट्रिय खेलकुदको महाकुम्भ पोखरामा शुरु
वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने
काठमाडौं । सरकारले नेपालमा प्रत्यक्ष विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । यसअघि ५ करोड रुपैयाँ रहेको सीमा २ करोडमा झार्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारको पछिल्लो निर्णयले साना तथा मझौला उद्योगमा समेत… Continue reading वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बनेको छ । उनको ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइहरको छ । जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बनेको अस्पतालले जनाएको छ । जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम गर्न छाडेको चिकित्सकले… Continue reading शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल
ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण
काठमाडौं । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम शुरु भएको छ । असोज १५ देखि वैशाख १५ बीचको समयमा दुई सिजन शिकारको अनुमति दिइन्छ । कात्तिक÷मंसिरमा चल्ने पहिलो सिजनका लागि कुल ९ वटा नाउर र ७ वटा झारलको शिकार गर्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति दिएको छ । सोही अनुसार शिकारी… Continue reading ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण
नेटोद्धारा युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजवुत पार्ने घोषणा
काठमाडौं\बीबीसी । नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ। पछिल्ला क्षेप्यास्त्र हमलापछि यूके, क्यानडा, फ्रान्स र द नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन्। अमेरिकाले यसअघि नै त्यस्तो बाचा गरेको थियो। जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ। ब्रसल्सस्थित पश्चिमा सैन्य… Continue reading नेटोद्धारा युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजवुत पार्ने घोषणा
नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबलमा भिड्दै
काठमाडौं । नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबल खेल्ने भएका छन् । पाकिस्तानको फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आगामी महिना नेपाल आउन लागेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो । यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ ।… Continue reading नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबलमा भिड्दै