काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ५५ करोड २८ लाख ९ हजार ९८४ रुपैयाँ बराबरको १७ लाख ६८ हजार ६९२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ५५ करोडमा खुम्चियो
Category: फिचर
गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीलाई नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले निकट भविष्यमै उक्त ऐन संशोधन गर्ने बताएका हुन् । गैर आवासीय नेपाली संघ(एनआरएनए)को वार्षिक साधारणसभालाई सम्बोन गर्दै प्रधानमन्त्री देउवालले गैर आवासीय नेपालीलाई नेपाल आगमनमा सहजीकरण गर्ने देखि सम्पत्ति सुरक्षित गर्नेसम्मका कार्यमा सरहारले सहयोग गर्दै आएको समेत… Continue reading गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता
अमेरिकासहित थप ४ देशमा नेपालबाट सिधा हवाई उडानको तयारी
काठमाडौं । नेपालले थप ४ मुलुकमा सिधा हवाई उडान संचालनको तयारी गरेको छ । अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डालसँग हवाई सम्झौताको तयारी गरेको हो । नेपालले हालसम्म विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । अमेरिकालगायत विभिन्न मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौताका लागि आवश्यक प्रक्रिया अघि बढाइएको… Continue reading अमेरिकासहित थप ४ देशमा नेपालबाट सिधा हवाई उडानको तयारी
रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा
काठमाडौं । रुसले युक्रेनको राजधानी किएभको केन्द्र भागमा पहिलो पटक गरेको क्षेप्यास्त्र हमलासहित कैयौँ सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भइरहेको छ। अमेरिकाले ती निर्मम हमलाहरू गैर सैनिक निशानाहरू गरिएको जनाउँदै सैन्य सहायता जारी रहने बाचा गरेको बीबीसीले लेखेको छ । जसमा एउटा विश्वविद्यालय र बालबालिकाको खेल मैदान समेत छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले… Continue reading रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा
मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचन घोषणा
क्लावालाम्पुर । मलेसियामा संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका हुन् । देशका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका… Continue reading मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचन घोषणा
पश्चिम नेपालमा बाढी र पहिरोको वितण्डा, कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । पश्चिम नेपालमा बाढी र पहिरोमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ । २० जना वेपत्ता भएका छन् । निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा मुगु, हुम्ला र कालीकोटमा १६ जनाको मत्यु भएको छ । २० बेपत्ता भएका छन् । मुगुको छायानाथरारा नगरपालिका–११ सालिम गाउँमा मात्र ८ जनाको ज्यान गएको छ । हुम्लाको चंखेली–६ देनबाडामा… Continue reading पश्चिम नेपालमा बाढी र पहिरोको वितण्डा, कम्तिमा १६ जनाको मृत्यु
कस्तो हुँदैछ आजको मौसम ?
काठमाडौं । एक साता देखि मुलुकका विभिन्न स्थानमा परिरहेको वर्षा अब क्रमशः कम हुे भएको छ । यसअघिको मौसमी प्रणाली कमजोर बन्ने क्रममा रहेका कारण अब तत्काल ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । हिजोसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर भएको छ… Continue reading कस्तो हुँदैछ आजको मौसम ?
आज उम्मेदवारको नामावली प्रकाशन
काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुने भएकोछ । बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ । हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने… Continue reading आज उम्मेदवारको नामावली प्रकाशन
सामाजिक सञ्जालमा गरेको खर्च समेत अब निर्वाचन खर्चमा गणना हुने
काठमाडौं । अब सामाजिक सञ्जालमा गरिएको खर्च समेत उम्मेदवारले निर्वाचन खर्तको विवरणमा जोड्नु पर्ने भएको छ । निर्वाचन आयोगले चुनावका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले चुनाव सकिएपछि कानुन बमोजिम पेस गर्ने चुनाव खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश… Continue reading सामाजिक सञ्जालमा गरेको खर्च समेत अब निर्वाचन खर्चमा गणना हुने
डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु
काठमाडौंं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५… Continue reading डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु
संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं । संस्कृतिविद् एवम वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनको अवस्था चिन्ताजनक रहेको जानकारी गराएको छ । ‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भनेका छन् ।… Continue reading संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर
‘हाइड्रोबाट हाइड्रोजन’को यात्रामा मुलुक, बन्दैछ ऊर्जाको वैकल्पिक स्रोत
काठमाडौं । ‘दुई वर्षअघि हाइड्रोजनबाट ऊर्जा उतपादन हुन्छ र त्यसमा नेपालले पहल गर्नुपर्छ भन्ने धारणा राख्दा धेरैले उडाएका थिए । नचाहिँदो कुरा भन्दै यसलाई अस्वीकार गर्नेहरु धेरै थिए । तर, आज ऊर्जाको वैकल्पिक स्रोतका रुपमा संसारभर नै हाइड्रोजनलाई उपयोग गर्ने योजना बनेको छ । नेपालले पनि यसलाई क्रमशः आत्मसात् गर्न थालेको छ ।’ यो भनाइ… Continue reading ‘हाइड्रोबाट हाइड्रोजन’को यात्रामा मुलुक, बन्दैछ ऊर्जाको वैकल्पिक स्रोत
चुनावी मैदानबाट बाहिरिए यी २ दर्जन शीर्ष नेता, कतिपय चर्चित अनुहारले टिकटनै पाएनन्
काठमाडौं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिएका हुन् । निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका १६५ र… Continue reading चुनावी मैदानबाट बाहिरिए यी २ दर्जन शीर्ष नेता, कतिपय चर्चित अनुहारले टिकटनै पाएनन्
एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से २७.१६ अंकले घटेर १८७१.२२ विन्दुमा झरेको छ । दशैंको बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६२ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२१ कम्पनीको ९७ करोड १७ लाख ६७… Continue reading एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुुन् धेरै मूल्य घट्ने कम्पनी
सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी आज अदालतमा उपस्थित गराएको थियो । यो म्याद उनी पक्राउ परेको मिति असोज २० गतेबाट नै लागु हुनेछ । असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट… Continue reading सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
हुम्लामा पहिरो, कम्तिमा ४ जनाको मृत्यु
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ । ३ जना घाइतेको उद्धार गरिएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदै छ । घटनास्थल… Continue reading हुम्लामा पहिरो, कम्तिमा ४ जनाको मृत्यु
भेनेजुएलामा पहिरो, २२ जनाको मृत्यु
काठमाडौं । भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएको बीबीसीले लेखेको छ । भेनेजुएलाको लस तेजरियास सहरमा पहिरो गएको हो । पहिरो प्रभावितको खोज तथा उद्धारका लागि एक… Continue reading भेनेजुएलामा पहिरो, २२ जनाको मृत्यु
रेशम चौधरीको उम्मेदवारी जेलबाटै
काठमाडौं । रेशम चौधरीले बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनी जेलमा छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको उम्मेदवारी दर्ता उनका वारेस प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो। चौधरी २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि… Continue reading रेशम चौधरीको उम्मेदवारी जेलबाटै
जनार्दन शर्माको निर्वाचन क्षेत्रमा भएन तालमेल, सबै दल एक्ला-एक्लै मैदानमा
काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धन भएपनि त्यो रुकुम पश्चिममा भने कार्यान्वयनमा आउन सकेन । दलहरुको अडानका कारण सबै दल एक्लाएक्लै भिठ्ने भएका छन् । यो नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक्लाएक्लै चुनावमा होमिएका छन्। उनीहरूले आइतबार प्रतिनिधि सभा र प्रदेश… Continue reading जनार्दन शर्माको निर्वाचन क्षेत्रमा भएन तालमेल, सबै दल एक्ला-एक्लै मैदानमा
आज उम्मेदवारको विरोधमा सूचना दर्ता गर्न सकिने
काठमाडौं । आज उम्मेदवार विरुद्ध कुनै सूचना भए दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ। निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारविरूद्ध विरोधको सूचना दिन सकिनेछ। प्रतिनिधि सभा र प्रदेश सभा… Continue reading आज उम्मेदवारको विरोधमा सूचना दर्ता गर्न सकिने
माओवादी केन्द्रले उपत्यकामा उठायो चार महिला उम्मेदवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा पाएका ५ क्षेत्रमध्ये ४ क्षेत्रमा महिला उम्मेदवार उठाएको छ । माओवादीले सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका काठमाडौं–२, ७ र ९, ललितपुर–३ र भक्तपुर–१ क्षेत्र पाएको छ । ललितपुर–३ मा पम्फा भुसालले टिकट पाएकी छिन् । माओवादी केन्द्रकी उपमहासचिव समेत रहकी भुसाल यसअघि पनि उक्त क्षेत्रबाट निर्वाचित सांसद हुन् । काठमाडौं… Continue reading माओवादी केन्द्रले उपत्यकामा उठायो चार महिला उम्मेदवार
मोडल ओसिन सिटौला गगन थापाको प्रस्तावक
काठमाडौं । मोडल तथा भिजे ओसिन सिटौला नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रस्तावक बनेकी छन् । आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट मनोनयन गर्दा गराएका थापाको उनी प्रस्तावक बनेकी हुन् । ओसिन काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ९ की मतदाता हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की थापाको समर्थक… Continue reading मोडल ओसिन सिटौला गगन थापाको प्रस्तावक
विद्यार्थी राजनीति देखिका सहयात्री विष्ट र झाँक्री गुल्मीमा प्रतिस्पर्धी
काठमाडौं । विद्यार्थी राजनीतिदेखि नै सहयात्रा गर्दै आएका दुई युवा नेता गोकर्ण विष्ट र रामकुमारी झाँक्री यस पटक भने एक अर्का विरुद्ध मैदानमा उत्रिएका छन् ।, गुल्मी २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का सचिव गोकर्णराज विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएका हुन् । विष्ट र झाँक्रीले आइतबार दिउँसो निर्वाचन… Continue reading विद्यार्थी राजनीति देखिका सहयात्री विष्ट र झाँक्री गुल्मीमा प्रतिस्पर्धी
माओवादी छाडेर एमाले गएका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी
काठमाडौं । माओवादी छाडेर एमाले छिरेका प्रभावशाली नेता प्रभु साह एमालेबाट समेत अलग भएका छन् । उनले एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेको विरोधमा साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को टिकट पाएका साहले एमाले अपवित्र भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।… Continue reading माओवादी छाडेर एमाले गएका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी
एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्ता चौधरीसँग प्रतिस्पर्धा
काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनले दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट मेटमणि एमालेका तर्फबाट ३७ हजार ९०८ मतले विजयी भएका थिए।… Continue reading एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्ता चौधरीसँग प्रतिस्पर्धा
बाहिरकालाई टिकट दिएको भन्दै विरोध भएपछि बादल काठमाडौंबाट चुनाव लड्न मानेनन्
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवारबाट पछि हटेका छन् । बाहिरका मान्छेलाई टिकट दिएको भन्दै स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटेका हुन् । बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो । यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस… Continue reading बाहिरकालाई टिकट दिएको भन्दै विरोध भएपछि बादल काठमाडौंबाट चुनाव लड्न मानेनन्
नेपाली मुद्राको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३२ रुपैयाँ २ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । यो हालसम्मकै उच्च मूल्य… Continue reading नेपाली मुद्राको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च
कांग्रेसबाट अर्बपति विनोद चौधरीलाई प्रत्यक्षमा टिकट
काठमाडौं । अर्बपति तथा व्यापारी विनोद चौधरीलाई यसपाली नेपाली कांग्रेसले प्रत्यक्षमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ। उनलाई पार्टीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बा उम्मेदवार बनाउने भएको हो। यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।
रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा, सत्ता गठबन्धनले सहयोग गर्ने
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले प्रतिनिधि सभाका लागि रुपन्देही १ बाट उम्मेदवारी घोषणा गरेका हुन्। आइतबार बिहान सञ्चारकर्मीमाझ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यद्यपि स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा… Continue reading रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा, सत्ता गठबन्धनले सहयोग गर्ने
ओनसरी घर्ती काठमाडौं २ मा माओवादीबाट उम्मेदवार
काठमाडौं । माओवादी केन्द्रबाट काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्ती मगर उम्मेदवार बन्ने भएकी छन्। सत्ता गठबन्धनमा भएको भागवण्डामा आफ्नो भागमा परेको काठमाडौं क्षेत्र नम्बर २ मा घर्तीलाई उम्मेदवार बनाउने भएको हो। काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ। २०७० को निर्वाचनमा… Continue reading ओनसरी घर्ती काठमाडौं २ मा माओवादीबाट उम्मेदवार