काठमाडौं । देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहे पनि केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले आज दशैंको टिकाको दिन यात्रा गर्नेहरुको यात्रा कष्टकर हुने देखिएको छ । आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र वाग्मती प्रदेशका… Continue reading देशभर भारी वर्षा, दशैंको टिका लगाउन गरिने यात्रा कष्टकर
Category: फिचर
अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका-जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा त्यो समय उपयुक्त नहुन सक्ने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो । स्थानीय पञ्चाङ्गअनुसार… Continue reading अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?
पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट दशैंको टिका थाप्न चाहनेहरुले आज ३ बजेपछि टिका ग्रहण गर्न सक्ने भएका छन् । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले भने यस पटक सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन् । उनको स्वास्थ्य कारण टिका वितरणको कार्यक्रम स्थगित भएको हो । राष्ट्रपति कार्यलयमा आज दुईथरि कार्यक्रम छ । विजया दशमीको दिन… Continue reading पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने
आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा
काठमाडौं । आज बडा दशैंको मुख्य दिन मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष… Continue reading आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा
तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार
काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। क्वान्टम मेकानिक्स सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो। यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन्। पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ। गत वर्ष पनि… Continue reading तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार
भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता
नयाँ दिल्ली । भारतको उत्तराखण्डमा हिम पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको (द्रोपदीको डाँडा) २’मा हिम पहिरो गएको हो । हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ । २८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि… Continue reading भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता
पाँच दलीय गठबन्धनको प्रचण्डलाई आह्वान : चितवन ३ नछाड्नु
काठमाडौं । पाँचदलीय गठवन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न आग्रह गरेको छ । कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको छ । बैठकको निर्णयमा भनिएको छ,… Continue reading पाँच दलीय गठबन्धनको प्रचण्डलाई आह्वान : चितवन ३ नछाड्नु
राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं २०७९ को अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका र प्रसाद प्रदान गर्ने भएकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ। राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख,… Continue reading राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने
मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु
काठमाडौं । उत्तरी गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । अघिल्लो साता दुई जनाको मृत्यु भएको थियो । आइतबार पुनः आधार शिविरमै हिउँ पहिरो आएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो… Continue reading मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु
आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ… Continue reading आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै
आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै
काठमाडौं । आजबाट वर्षा शुरु हुने भएको छ । जसका कारण दशैं हिलाम्य हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको… Continue reading आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै
मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार
काठमाडौं । स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । नोबेल पुरस्कार वितरण समितिले सोमबार पुरस्कार घोषणा गर्यो । पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले… Continue reading मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार
माओवादीका हुम्लाका सांसद छक्कबहादुर लामा एमाले प्रवेश
काठमाडौं । माओवादीका नेता तथा गत निर्वाचनमा हुम्लाबाट जितेका सांसद छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । उनी माओवादीको केन्द्रीय सदस्य समेत थिए । लामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा पार्टी प्रवेश गराए । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र… Continue reading माओवादीका हुम्लाका सांसद छक्कबहादुर लामा एमाले प्रवेश
नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले लिए सपथ, बेरी बिदा भए
काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शुक्रबार शपथ ग्रहण गरेका छन् । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले शपथ गराएकी छन् । उनी केही साताभित्र आफ्नो कार्यकाल सम्हाल्न नेपाल आइपुग्ने बताइएको छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएसँगै उनको नियुक्ती भएको हो ।… Continue reading नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले लिए सपथ, बेरी बिदा भए
बाबुराम भट्टराईको घोषणा : आगामी चुनावमा उम्मेदबार बन्दिन
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सोमबार यस्तो घोषणा गरेका हुन् । उनले २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराउने गोर्खाका मतदातालाई धन्यवाद भनेका छन् । आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक… Continue reading बाबुराम भट्टराईको घोषणा : आगामी चुनावमा उम्मेदबार बन्दिन
मकवानपुरमा बस दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक–५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी–८ का कल्पना राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमलाई उदृत गर्दै सञ्चारमाधयमले जनाएका छन् । एक जनाको हेटौँडा अस्पताल र एक… Continue reading मकवानपुरमा बस दुर्घटना, २ जनाको मृत्यु
कतारस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई टिका-प्रसाद वितरण गर्ने
काठमाडौं । कतारस्थित नेपाली दूतावासले दशैंको टीका–प्रसाद वितरण गर्ने भएको छ । दोहास्थित दूतावासले कतारमा रहेका नेपालीलाई दूतावासमा टीका–प्रसाद ग्रहण गर्ने कार्यक्रम राखेको दूतावासले जनाएको छ । ऐन खालिदा दोहामा १९ असोज ९बुधबार०का दिन टीका–प्रसाद वितरण गर्नेछ । टिका ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार साढे १० बजेबाट १२ बजेसम्म चल्ने दूतावासको भनाइ छ ।
समानुपातिकको सूचि सच्याउने सीमा आज
काठमाडौं\रासस । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आज संशोधित सूची बुझाउँदैछन्। आयोगले संशोधित सूची बुझाउन ती दललाई दिएको सात दिनको अवधि आज सकिँदैछ। उक्त प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),… Continue reading समानुपातिकको सूचि सच्याउने सीमा आज
दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं
काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। राससका अनुसार यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले… Continue reading दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं
दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै
काठमाडौं\रासस। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन… Continue reading दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै
१९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए
जाकार्ता । हुलदङ्गामा उत्रिएका फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्याँस हानेपछि इन्डोनेसियाको एक फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको मृुत्यु भएको छ । बीबीसीका अनुसार अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्। यो घटनाले सन् १९६४ मा लिमामा पेरु र अर्जेन्टिनाबीच भएको… Continue reading १९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए
अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात हुन्छ नेपाली अचार
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो । नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको… Continue reading अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात हुन्छ नेपाली अचार
देशभरका दशैं घरमा भित्राइयो फूलपाती
काठमाडौं । आइतबार देशभरका दशैं घरमा फूलपाती भित्राइएको छ । काठमाडौंको हनुमान ढोकासहित देशभरका शक्तिपिठमा आज फूलपाति भित्राइएको हो । हनुमानढोकामा गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली… Continue reading देशभरका दशैं घरमा भित्राइयो फूलपाती
इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु
जाकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १२९ जनाको मृत्यु भएको छ । १८० भन्दा बढी घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने समाचार एजेन्सीहरुले बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार खेलका क्रममा भएको हिंसा भएको थियो । रोयटर्सका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक… Continue reading इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु
काठमाडौंको बाङ्गेमुडामा मेयर बालेनविरुद्ध किन सडकमा उत्रिए स्थानीय ?
काठमाडौं । काठमाडौंको बांगेमुढामा मेयर बालेन साहविरुद्ध नाराबाजी तथा पुत्ला दहन भएको छ । सामुदायिक भवन (थायमदु त्वाःछे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरे । डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाउँदै उनीहरु… Continue reading काठमाडौंको बाङ्गेमुडामा मेयर बालेनविरुद्ध किन सडकमा उत्रिए स्थानीय ?
आज फूलपाती, शुरु भयो दशैंको बिदा
काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ… Continue reading आज फूलपाती, शुरु भयो दशैंको बिदा
युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना
काठमाडौं\बीबीसी । अन्तर्राष्ट्रिय निन्दा हुनेगरी रुसले युक्रेनका चारवटा अधीनस्थ क्षेत्रहरूलाई औपचारिक रूपमा रुसमा गाभेको छ। शुक्रवार क्रेम्लिनको सेन्ट जोर्जेज् हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मस्कोले स्थापना गरेका नेताहरूका साथ त्यससम्बन्धी सन्धिहरूमा हस्ताक्षर गरेका थिए। पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्। कुलीन रुसी… Continue reading युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना
नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि
काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या… Continue reading नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि
एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको दावि गरे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ,… Continue reading एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली
जगडोलमा चङ्गाचेट
काठमाडौं । काठमाडौं उपत्यकाकै सुन्दर पर्यटकीय स्थल जगडोलमा तेश्रो चङ्गाचेट प्रतियोगिता सम्पन्न भएको छ । लगातार दुुई वर्ष कोभिडका कारण रोकिएको चंगाचेट र सांस्कृतिक कार्यक्रम यस वर्ष भने भब्य रुपमा सम्पन्न भएको आयोजक यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सञ्जय पौडेलले जानकारी दिए । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ जगडोलस्थित झण्डा पार्कमा कार्यक्रम आयोजना गरिएको हो… Continue reading जगडोलमा चङ्गाचेट