Category: फिचर

  • प्रदेश १ नामाकरण विवाद: विराटनगरका केही स्थानमा निषेधित क्षेत्र घोषणा

    प्रदेश १ नामाकरण विवाद: विराटनगरका केही स्थानमा निषेधित क्षेत्र घोषणा

    काठमाडौं । जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

    प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको सूचना जारी गरिएको हो।

    सूचनामा प्रदेशसभा भवनको आसपास अस्पतालचौकदेखि देवकोटा चौकसम्म, जिल्ला प्रशासन कार्यलय परिसर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा मन्त्री निवास आसपास सभा, सम्मेलन, विरोध धर्ना र जुलुश गर्न निषेध गरिएको उल्लेख गरिएको छ।

    अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहने उल्लेख गरिएको छ।

    आज प्रदेश सभामा प्रदेश १ को नामका लागि दुई प्रस्ताव दर्ता भएका छन्। एमालेले कोशी नाम राख्न प्रस्ताव दर्ता गरेको छ। एमालेको प्रस्तावमा यसअघि समर्थक बसेको कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ।

  • रास्वपाको चुनाव चिह्न परिवर्तन, घण्टी बाहिरको गोलाकार हटाइयो

    रास्वपाको चुनाव चिह्न परिवर्तन, घण्टी बाहिरको गोलाकार हटाइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा सामान्य परिवर्तन गरिएको छ ।

    रास्वपाको चुनावचिह्न यसअघि गोलाकारभित्रको घण्टी थियो । अहिले गोलाकार हटाइ घण्टी मात्र राखिएको छ ।

    रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै चुनाव चिह्न परिवर्तन गरिएको जानकारी दिएका हुन् ।

    घण्टी चुनाव चिह्न भएको रास्वपाले बाहिरको गोलाकार हटाइदिन निर्वाचन आयोगमा पत्राचार गरेको थियो । आयोगले रास्वपाको प्रस्ताव फागुन १५ गते स्वीकारेपछि चुनाव चिह्न फेरिएको हो ।

  • रेसुंगा विमानस्थलमा हुने नेपाल एयरलाइन्सको उडान शुक्रवारलाई सर्‍यो

    रेसुंगा विमानस्थलमा हुने नेपाल एयरलाइन्सको उडान शुक्रवारलाई सर्‍यो

    काठमाडौं । रेसुंगा विमानस्थलमामा बुधवार हुने भनिएको नेपाल एयरलाइन्सको उडान शुक्रवारको लागि सरेको छ ।

    निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ । यो उडान बुधबार तोकिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका कारण आजको उडान रोकिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए ।

    शुक्रबार उडान हुने तयारी भइसकेको र सो परीक्षण अवतरणमा पाइलट, डिस्प्याचर, इन्जिनिय र प्राधिकरणका प्राविधिक मात्र सहभागी हुन पाउने उनले बताएका छन् । यो परीक्षणपश्चात गुल्मीमा नियमित उडान गर्ने गरी निगमले तयारी गरेको छ ।

    विमानस्थलको शिलान्यास २०६३ सालमा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले गरे पनि २०७२ सालपछि मात्र निर्माणको कामले निरन्तरता पाएको थियो ।

    कुल १ सय ५६ रोपनी जग्गामा फैलिएको विमानस्थलको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग रहेको छ । काठमाडौं–गुल्मी एक घण्टाको उडान हुने छ । यहाँ १८ सिट क्षमताको ट्वीनअटर जहाज मात्र उड्छ ।

  • प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मको लागि स्थगित

    प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मको लागि स्थगित

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ ।

    संसद् सचिवालयले विशेष कारणले स्थगित भएको बताएको छ। राष्ट्रपति निर्वाचन र आठ दलीय गठबन्धन लगायतका विविध कारणले प्रतिनिधिसभाको बैठक सारिएको बताइएको छ। अर्को बैठक फागुन २५ गतेको राष्ट्रपति र चैत ३ गतेको उपराष्ट्रपतिको निर्वाचनपछि बस्नेछ।

    facebook sharing button
    twitter sharing button
  • प्रदेश १ को नाम ‘कोसी’ राख्न संसद सचिवालयमा प्रस्ताव दर्ता

    प्रदेश १ को नाम ‘कोसी’ राख्न संसद सचिवालयमा प्रस्ताव दर्ता

    काठमाडौं । प्रदेश नं १ को नाम ‘कोसी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक बसेर प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।

    प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’

  • प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी

    प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी

    काठमाडौं । प्रदेश १ को नाम संसदमा प्रस्तुत हुने भएको छ । अनुसार प्रदेशसभामा आजै नामको विषय प्रवेश गराउने तयारी छ । दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने भएको हो । आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

    बैठकमा सहमति भए आजै नामको विषय टेबल हुने नेताहरुले बताएका छन् । दलहरु कोसी र किराँत नाममा छलफल गरिरहेका छन् । नेपालमा ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले मात्र नाम राख्न सकेको छैन । यस पटक नाम टुंगो लगाउने तयारी दलहरुको छ ।

  • मनोहरामा अतिक्रमिक घर-टहरा हटाउन ७ दिनको अल्टिमेटम

    मनोहरामा अतिक्रमिक घर-टहरा हटाउन ७ दिनको अल्टिमेटम

    काठमाडौं । मनोहरा जग्गा एकीकरण आयोजना टेकुले आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन समय दिएको छ।

    आयोजनाले आज गोरखापत्रमा सूचना जारी गर्दै ७ दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएको हो। ‘अन्यथा आयोजनाबाटै हटाउँदा लागेको खर्च कानूनबमोजिन असुरउपर गरिने जानकारी गराइन्छ,’ आयोजनाले भनेको छ। आयोजना क्षेत्रभित्र स्वीकृत डिपिआरअनुसार सडक खोलेर स्वीकृत नक्साबमोजिम आयोजनाबाट विकसित घडेरीहरू सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिँदै आइएको पनि आयोजनाले बताएको छ।

  • सुरु भयो प्रि-मनसुन, हिउँदयाम पानी नपरी बित्यो

    सुरु भयो प्रि-मनसुन, हिउँदयाम पानी नपरी बित्यो

    काठमाडौं । यस वर्षको हिउँदयाम पानी नपरी सकिएको छ । हिउँदमा १४ वर्ष यताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । यसपालि हिउँदयाम सकिने बेलामा केही दिन अघि मात्रै काठमाण्डौ, पोखरासहित केही ठाउँमा सामान्य वर्षा भएको छ । यसअघि माघ महिनामा पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । यसपालि उच्च पहाडी र हिमाली जिल्लामा पनि खासै हिमपात हुन सकेन ।

    हिउँदयाम सकिएसँगै प्रि मनसुन सुरु भएको छ । मौसमविद् मन्जु बासीका अनुसार मार्च १ तारिख अर्थात् आजदेखि हिउँदयाम सकिएर प्रि–मनसुन सुरु भएको मानिन्छ । आजदेखि सुरु हुने प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहने छ । त्यसपछि मनसुन सुरु हुन्छ । प्रि मनसुनमा दिउँसो पनि मेघगर्जन–चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ ।

  • राष्ट्रपति निर्वाचनमा आजबाट आचारसंहित लागु

    राष्ट्रपति निर्वाचनमा आजबाट आचारसंहित लागु

    काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यहि फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुनेछ ।

    आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।

    आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार उम्मेदवारका प्रतिनिधिसँग आज छलफल राखिएको छ । छलफलमा आचारसंहिताबारे प्रतिनिधिलाई जानकारी गराइनेछ ।

    कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नहुने, दल वा उम्मेदवारले गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने आचारसंहिताले व्यवस्था गरेको छ । आचारसंहिता लागू भएको अवधिमा योजनाको शिलान्यास, उद्घाटन र सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा अनुदान दिने जस्ता कार्यक्रम गर्न रोक लगाइएको छ ।

    निर्वाचन आचारसंहिता, २०७४ अनुसार राष्ट्रपति वा उपराष्ट्रपतिको चुनावमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियोको माध्यमबाट प्रचार प्रसार गर्दा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने व्यवस्था छ । उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट प्रचार प्रसार गर्दा प्रत्येक दिन बढीमा सात इन्च लम्बाइ र सात इन्च चौडाइसम्मको आकार मा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यवस्था छ ।

    राष्ट्रपति चुनावका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजो दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयसम्म दुवै जनाले फिर्ता नलिएपछि उम्मेदवारी कायम भएको हो ।

  • ग्रिसमा रेल दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

    ग्रिसमा रेल दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

    काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । एपी समाचार एजेन्सीले पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको छ ।

    घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ । मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

    स्थानीय सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा गभर्नर कोस्टास अगोरास्टोले भनेका छन्, ‘निकै ठूलो दुर्घटना भयो । यो भयंकर रात रह्यो । दुर्घटनाको दृष्य यति भयानक थियो कि वर्णन गर्न गाह्रो छ ।’ भिडियो फुटेजहरुमा दुर्घटनास्थलमा धुवाँको बाक्लो मुस्लो उडेको र रेलका डिब्बामा आगो दन्किएको देखिन्छ ।

    हेड ल्याम्प लगाएका उद्धारकर्ताहरुले धुवाँको मुस्लोमा छिरेर रेलमा च्यापिएका घाइतेहरुको उद्धार गरेका थिए । उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरुले बताएका छन् । रेल ठोक्किनुको कारण खुलेको छैन ।

  • कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर

    कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर

    काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।
    भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।

    फैसलामा पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर गरिएको छ । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिनेछ । २०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ५ जनालाई सफाई, ९ जनालाई दोषी ठहर गरेको हो ।

  • राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम

    राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम

    काठमाडौं । राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङ दुईजनाको अन्तिम नामावली प्रकाशन भएको छ ।

    पौडेल पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष हुन् । निर्वाचन अधिकृत कार्यालयले फागुन १६ गते मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएकोमा सो समयभित्र कुनै पनि उम्मेदवारको नाम फिर्ता नलिएको जानकारी दिएको छ ।

  • बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन

    बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन

    काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखिएको हो ।

    बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने उद्देश्यले नेपाल उद्योग परिसंघले सेजनसँगको सहआयोजना र पायोनियर ल एसोसिएट्ससँगको बौद्धिक साझेदारीमा ‘सीएनआई बजेट वाच’ कार्यक्रम सुरू गरेको थियो ।

    त्यसअन्तर्गत परिसंघले आर्थिक विकास, लगानी तथा निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदा पहिचान गरेको थियो । सेजनले ती बुँदाको कार्यान्वयन अवस्थाका सम्बन्धमा हालै अध्ययन गरी तयार पारेको विवरणले चालु वर्षको माघ मसान्तसम्ममा आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखाएको हो ।

    नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्षको बजेटमा सम्बोधनका लागि सुझाएका बुँदाहरुमध्ये करिब ४८ प्रतिशत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम ९बजेट०मा समेटिएका थिए । निजी क्षेत्रमैत्री बजेटले अर्थतन्त्रलाई समृद्धितर्फ उन्मुख हुन प्रेरित गर्ने हुँदा आर्थिक विकासका लक्ष्य हासिल गर्न सरकारले निजी क्षेत्रसँग गहिरो सहकार्यको अपरिहार्यता महसुस गरेको रुपमा यसलाई बुझिएको प्रतिवेदनमा उल्लेख छ ।

    तर बजेटमा समेटिएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयन पक्ष सर्वाधिक महत्त्वपूर्ण हुने भए पनि चालु वर्षको पहिलो सात महिना (माघ मसान्त) बितिसक्दा पनि यसको प्रगति भने सन्तोषजनक देखिएको छैन ।

    ‘सीएनआई बजेट वाच’ अन्तर्गत नवउद्यम, नवप्रवर्तन र सूचना प्रविधि, पर्यटन, उद्योगः औद्योगिक विकास, औद्योगिक क्षेत्र व्यवस्थापन, साना तथा मझौला उद्योग, लगानीः सार्वजनिक निजी साझेदारी तथा प्रत्यक्ष वैदेशिक लगानी, ऊर्जा, पूर्वाधार, र कृषि, स्वदेशी उत्पादन तथा निर्यात प्रवर्द्धन गरी आठ मुख्य क्षेत्रगत वर्गीकरण गरेर त्यसअन्तर्गतका महत्वपूर्ण बुँदा (नीति तथा कार्यक्रम) हरुलाई सूचीवद्ध गरिएको छ । तिनलाई परिसंघले चालु आवको बजेटलगत्तै ’आर्थिक वर्ष २०७९\८० को बजेट कार्यान्वयन योजना’ पुस्तिकाका रुपमा समेत प्रकाशित गरेको थियो ।

    तिनै क्षेत्रहरुसँग सम्बन्धित ६३ बुँदामध्ये १४.२८ प्रतिशत (९ बुँदा) मात्र पूर्णरुपमा कार्यान्वयन भएको सेजनको अध्ययनबाट देखिएको छ । यसरी कार्यान्वयन भएको देखिएकामध्ये पनि अधिकांश कर नीतिसँग सम्बन्धित व्यवस्था छन्, जुन बजेट लगत्तै वा आर्थिक वर्षको पहिलो दिनबाटै स्वतः लागु भएका प्रावधान हुन् ।

    वैदिशक लगानीका सम्बन्धमा न्यूनतम सीमा रु। २ करोड कायम, रु. १० करोडसम्मको लगानी स्वचालित प्रणालीबाट स्विकृति, वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण, ठूला वैदेशिक लगानीलाई विद्युतीय माध्यमबाटै सात दिनभित्र प्रारम्भिक स्विकृती लगायतका व्यवस्था कार्यान्वयन भएका छन् । २८.५७ प्रतिशत (१८ बुँदा) आंशिक रुपमा कार्यान्वयनमा गएको पनि अध्ययनले देखाएको छ । तर बाँकी ५७.१४ प्रतिशत (३६ बुँदा) नीति तथा कार्यक्रमहरुमा भने प्रगति शुन्य देखिएको छ ।

    बजेट प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा सरकारको राजस्व लक्ष्यमा धक्का पुग्नुका साथै प्रणालीमा तरलता असहज हुँदै मागमा ठूलो संकुचन आउने अध्ययनको निष्कर्ष छ । यसको चक्रिय असर रोजगारी सिर्जना लगायत अन्य क्षेत्रहरुमा पनि परेको अध्ययनले देखाएको छ । आर्थिक विकासका लागि महत्वपूर्ण मानिने निजी क्षेत्रको लगानीसँग जोडिएको उद्योग, भूमी, पूर्वाधार, प्रत्यक्ष विदेशी लगानी (एफडीआई), सार्वजनिक निजी साझेदारी लगायत क्षेत्रसम्बद्ध चालु आवको बजेटमा घोषणा भएका अधिकांश नीति तथा कार्यक्रमहरुको प्रगति शुन्य रहेको पाइएको छ ।

    चितवनको शक्तिखोर लगायत सम्भावित क्षेत्रमा सार्वजनिक निजी साझेदारीमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्ने, उद्योग स्थापनाका लागि आवश्यक जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने, उद्योगका लागि जग्गा ५० वर्षसम्म लिजमा दिने व्यवस्था मिलाउने, उद्योग व्यवसायको नाममा रहेको हदबन्दी भन्दा बढी जग्गा धितो राखी कर्जा लिन व्यवसाय टाट उल्टेमा बिक्री गरी सरकारी राजस्व तिर्न र बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था गर्ने लगायतका बजेटका नीति तथा कार्यक्रममा प्रगति शून्य छ ।

    गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानीसम्बन्धी कानुन तथा प्रक्रियामा सुधार गर्ने, नेपाली निर्माण व्यवसायीहरुलाई विदेशमा निर्माण व्यवसाय गर्न अनुमति प्रदान गर्ने, हरित ऋणपत्र निष्कासन गरी पूर्वाधार विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउने, मिर्चैया–लुक्ला–सगरमाथा द्रूतमार्ग निजी क्षेत्रको लगानीमा निर्माणको प्रबन्ध मिलाउने इत्यादि बुँदा पनि हालसम्म कार्यान्वयनमा गएका छैनन् । अन्य क्षेत्रहरुसँग सम्बन्धित बजेटका घोषणाहरुको कार्यान्वयन अवस्था पनि निक्कै निराशाजनक छ ।

  • सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ

    सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् ।

    मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए।

    उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए । उनले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको बताए ।

    निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए । उनले पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको बताए । उनले ११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिव ७ हजार मेगावाटको पीपीए भइसकेको बताए

    निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताए । उनले एजीम बैंकबाट ७ सय मिलियन,जाइकाले १४० मिलियन,विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रविद्धता आएको उल्लेख गरे । उनले जलविद्युत उत्पादनको लागि नयाँनयाँ प्रोजेक्टहरू बनाउन अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताए ।

    उनले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताए । उनले प्राधिकरण जलविद्युत उत्पादनको लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि बताए ।

  • झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५रुपैयाँ बराबरको ३९ लाख ४६ हजार २४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । सोमवार १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    घट्दो बजारमा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला,आदर्श र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल १० प्रतिशतले बढेको छ ।

    आज प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, सामलिङ पावर र तारागाउँ रिजेन्सीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यसको शेयर ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ५० लाख र सानिमा माइको ६ करोड ४६ लाखको कारोबार भएको छ ।

  • यू-१९ एसिया विश्वकप छनोट : नेपालले मलेसियालाई १० विकेटले हरायो

    यू-१९ एसिया विश्वकप छनोट : नेपालले मलेसियालाई १० विकेटले हरायो

    काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित हात पारेको छ ।

    मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् ।

    दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।

    त्यसअघि युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको थियो।

    मलेसियाका लागि अक्रम मालेकले २६ रन जोड्दा हाइरिल हरिसन र मोहमद साहिरले १२-१२ रन जोडे। मलेसियाका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

    बलिङमा नेपालका दिपेश कडेँलले ४ विकेट लिए। उनले १० ओभरमा ११ रन खर्चिए। आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ विकेट र सुवास भण्डारीले १ विकेट लिए।

    यसअघि सोमबार नेपालले हङकङलाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो ।

    यसअघि सोमबार नेपालले हङकङलाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । अन्तिम खेलमा आयोजक युएईलाई हराए नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा पुग्नेछ।

  • सिंहदरवार भित्रको व्यस्त क्यान्टिनमा ममको किमामा ढुँसी

    सिंहदरवार भित्रको व्यस्त क्यान्टिनमा ममको किमामा ढुँसी

    काठमाडौं । केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण भएको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो सेन्ट्रल क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको भेटाएको छ । क्यान्टिनलाई तीन लाख जरिवाना गरिएको छ । त्यहाँ मम बनाउने किमामा समेत ढुँसी परेको भेटिएको छ ।

    विभागको आकस्मिक अनुगमन टोलीले उक्त क्यान्टिनको अनुगमनका क्रममा मसला, बेसार, धुलो दूधका प्याकेट म्याद नाघेको भेटाएको हो । विभागका अनुसार उक्त क्यान्टिन सहरी विकास मन्त्रालयको टेन्डरबाट भाडामा लिएर सञ्चालन गरिएको हो । उक्त क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत बिक्रीका लागि फ्रिजिङ गरेर भण्डार गरेको अवस्थामा भेटिएको छ । विभागका अनुसार अनुगमन टोलीले म्याद नाघेका दूध, मसला, बेसार र बासी वा दुर्गन्धित खानेकुरा नष्ट गरेको छ ।

  • अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना

    अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना

    काठमाडौं । काठमाण्डौ महानगरपालिकाले बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ। कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्याएको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरिएको हो । कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जो सुकैलाई पनि कारबाही हुने महानगरपालिकाले जनाएको छ । यो ठाउँमा सबै किसिमका अस्पतालजन्य फोहरको व्यवस्थापन गर्न रोक लगाइएकोछ ।

    यस्ता फोहरहरू अन्य सामान्य फोहरभन्दा हानिकारक हुने भएकाले रोक लगाइएको हो । अस्पतालजन्य फोहर हानिकारक मानिने हुँदा उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहरमा बदल्नु पर्छ । त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सक्ने व्यवस्था छ । अस्पतालबाट निस्कने फोहर मात्र होइन कामपाले अन्य सबै किसिमको फोहरलाई पनि स्रोतमा नै वर्गीकरण गरेर लाने तयारी गरिरहेको छ ।

  • आज कस्तो रहने छ मौसम ?

    आज कस्तो रहने छ मौसम ?

    काठमाडौं । मंगलबार आंशिकदेखि सामान्य बदली भइ देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेकाले उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। आज राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहानमा डी तथा हिमाली भू–भागका एक–दुई स्थाहल्का हिमपातको सम्भावना छ।

  • देउवाको ओलीलाई पत्र : रामचन्द्रलाई भोट दिनुहोस

    देउवाको ओलीलाई पत्र : रामचन्द्रलाई भोट दिनुहोस

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेकै दिन सोमबार देउवाले ओलीलाई पत्र पठाएका हुन्।

    राष्ट्रपतिमा पुस १० को सहमतिअनुसार नेकपा माओवादीले आफूहरूलाई सहयोग नगरेको भन्दै एमालेले सरकार छाडेको छ । सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोटस्थित निवास पुगेर ओलीलाई बुझाएका छन् ।

    गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेबाट नेता सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए। राष्ट्रपतिमा मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे मंगलबार फिर्ता लिने समय छ। उम्मेदवारी फिर्ता लिने पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका हुन्।

  • उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने

    उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने

    काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस्तो जानकारी गराए । सोमबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री किरातीले नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरु माथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको जानकारी गराएका हुन् ।

    पछिल्लो समय ककपिट भित्रै एयरहोस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा निगमका पाइलटमाथि छानविन भइरहेको छ । मन्त्री किरातीले नेपाल एयरलाइन्सका जहाज ग्राउन्डेड हुने समस्याबारे छानविन गर्न समिति गठन गर्ने समेत उनले जानकारी दिए । उक्त अवसरमा मन्त्री किरातीले पशुपति विश्वविद्यालय स्थापनाको योजना रहेको समेत जानकारी दिए ।

    उनकाअनुसार पशुपति सरसफाइ ३ महिने अभियान, नेपाल सरसफाई संस्थागत गर्न निर्देशिका तयार गरिने समेत उनले जानकारी दिए । सम्पदा क्षेत्रमा ९हप एण्ड हप अप० यातायात सञ्चालन गर्ने योजना उनले सुनाएका छन् । मन्त्री किरातीले नागरिक उडड्यन विद्येयक प्रक्रिया अगाडि बढाउने समेत जानकारी दिए ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनितिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने समेत उनले जानकारी गराए । मन्त्री किरातीले आफू मन्त्री भएपछि ५ वटा काम सम्पन्न भएको समेत जानकारी गराए ।

    जसमा नेपाल एयरलाइन्सको अनलाइन टिकेटिङ सुचारु भएको उनले बताए । सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी काम गर्ने निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन रहेको उनले बताए ।

  • मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

    मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

    काठमाडौं । अर्जेन्टिनाका स्टार विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पारे । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् ।

    मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए । यो अवार्ड जित्दा आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै उनले भने, ‘मेरा साथीहरुविना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।’

  • सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने

    सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने

    काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि नरोक्ने गरी तयार तालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकामा कर्मचारीहरुले सिफ्टमा काम गर्नेछन् । सार्वजनिक विदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउने बताइएको छ ।

  • आईसीसी क्रिकेट विश्वकप लिग-टूमा नेपालको सानदार प्रदर्शन जारी, पीएनजीलाई सहजै हरायो

    आईसीसी क्रिकेट विश्वकप लिग-टूमा नेपालको सानदार प्रदर्शन जारी, पीएनजीलाई सहजै हरायो

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालको सानदार प्रदर्शन जारी छ । सोमबार नेपालले लगातार पाँचौं जित निकाल्ने क्रममा पपुवा न्युगिनीलाई सहजै हरायो । खेल नेपालले ४ विकेटले जितेको हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो । जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग खेल्दैछ ।

    पपुवा न्युगिनीसँगके खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्‍यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १–१ विकेट लिए ।

    त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । पीएनजीका लागि चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६–३६ रन बनाए । नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए ।

  • सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

    सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र उपस्थित हुनुपर्ने सर्तसहित प्रतिबन्ध हटाइएको हो । यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ।

  • सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर

    सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर

    काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

    न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन नपर्ने भन्दै उच्च अदालतले धरौटीमा छोडन दिएको आदेश सदर गरेको हो । उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई सशर्त २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो। आदेशअनुसार धरौटी रकम बुझाएर पुस २९ गते लामिछाने थुनामुक्त भएका थिए।

    विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको थियो। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको थियो। तर क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

  • सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति

    सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति

    काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न अनुमति दिएको छ।

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।

    लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो।

  • यू–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    यू–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ ।

    हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आकाश त्रिपाठीले नटआउट ५८ रन र उत्तम थापा मगरले नटआउट ३९ रन जोडे। अर्जुन कुमाल १६ रनमा आउट भए।

    यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो।

    नेपालले अब चौथो खेलमा फागुन १६ गते मलेसियासँग खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ।

  • एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामूहिक राजीनामा

    एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामूहिक राजीनामा

    काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । पार्टीले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो। मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई थिए ।

  • ७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ

    ७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ

    काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । जसमा पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

    गएको कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट यादवको औषधि उपचारका लागि रकम निकासा गर्ने निर्णय गरिएको थियो ।

    सो निर्णयानुसार मन्त्रालयले कात्तिकमै २५ लाख रुपैयाँ औषधि उपचार खर्च निकासा गरिएको जनाएको छ ।