Category: फिचर

  • राष्ट्रपति निर्वाचन : आज मनोनयन दर्ता

    राष्ट्रपति निर्वाचन : आज मनोनयन दर्ता

    काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । यसका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकेको छ । उम्मेदवारी दर्ता हुनुभन्दा अघि नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ–आफ्ना पार्टीका बैठक बोलाएका छन्। बैठकले उम्मेदवारको नाम तय गर्नेछ । पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठकले राष्ट्रपतिमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ ।


    राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय अरू सात दलले शुक्रबार साँझ नै गरिसकेका छन्। वर्तमान सत्ता गठबन्धनको नेतृत्वको गरिरहेको नेकपा (माओवादी केन्द्र), सरकारमा रहेको जनमत पार्टीसहित सरकारलाई विश्वासको मत दिएका जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चाले पनि कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन्।

    आफ्नो पहलमा पुस १० गते बनेको सत्ता गठबन्धन फेरिन लागेपछि अब कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्न नेकपा (एमाले) को पनि बैठक बस्न लागेको छ। पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी थियो। सत्ता गठबन्धन नै धरापमा परेपछि अब राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने र सरकारबारे के गर्ने भन्ने निर्णय गर्न एमालेको सचिवालय बैठक बस्न लागेको हो। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।

  • पाकिस्तान भ्रमणमा जाँदा कागजात अनिवार्य बोक्न दूतावासले गरायो सचेत

    पाकिस्तान भ्रमणमा जाँदा कागजात अनिवार्य बोक्न दूतावासले गरायो सचेत

    काठमाडौं । पाकिस्तान भ्रमणमा जाने नेपालीलाई आवश्यक कागजात बोक्न इस्लामावादस्थित नेपाली राजदूतावासले सचेत गराएको छ । शुक्रबार एक सूचना जारी गदैृ दूतावासले भारतको बाटो हुँदै पाकिस्तान जाने नेपाली नागरिकलाई आवश्यक भिषा, खोप कार्डलगायत कागजात बोक्न अनुरोध गरेको हो ।

    ‘भारतको बाटो हुँदै सतहर स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, खोपलगायतका कागजातहरू दुरुसत नभई यात्रा गर्न नपाउने र यात्राको प्रक्रियामा विलम्ब हुने गरेको स्थितिमा भ्रमणपूर्व नै आवश्यक कागजातहरू दुरुस्त रहेको यकिन गरेर मात्रै भ्रमण गर्न अनुरोध गरिएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • राजदूतहरुलाई परराष्ट्र मन्त्रीको निर्देशन : सेवा प्रभावकारी बनाउनुहोस

    राजदूतहरुलाई परराष्ट्र मन्त्रीको निर्देशन : सेवा प्रभावकारी बनाउनुहोस

    काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरिन् ।

    उनले दूतावासहरुलाई मित्र राष्ट्रहरुसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चहरुमा उपस्थित भइ नेपालको छविलाई उकास्न निर्देशन दिइन्।

    विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सिप र क्षमताको पहिचान गरी आबश्यक पर्दा नेपालको विकासमा सदुपयोग गर्ने वातावारण बनाउन पनि उनले आग्रह गरिन्। श्रमका लागि विभिन्न देशमा पुगेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई समस्या आइ पर्दा प्रभावकारी सेवा दिन दूतावासहरुमा २४सैं घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न पनि उहाँले विशेष जोड दिइन्।

    नेपालीहरुले मुलुक बाहिर रहँदा कुनै पनि प्रकारका दुःख पाउन नहुने भन्दै परराष्ट्रमन्त्री पौड्यालले उनीहरुलाई आपत् पर्दा तत्काल राहत र उद्घार गर्न कुनै कसर बाँकी नराख्न पनि उनीहरुलाई निर्देशन दिइन्।

  • अन्ततः राष्ट्रपति कांग्रेसको पोल्टामा, प्रचण्डले बदले गठबन्धन

    अन्ततः राष्ट्रपति कांग्रेसको पोल्टामा, प्रचण्डले बदले गठबन्धन

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गठबन्धन परिवर्तन गर्ने निर्णय लिएको छ । यससँगै अब प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले राष्ट्रपति पाउने निश्चित भएको छ । यससँगै ८ दलको नयाँ गठबन्धन बनेको छ । गठबन्धनले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ ।

    शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो नयाँ राजनीतिक यात्रा सुरुवात हुने उनको तर्क थियो । प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । उम्मेदवार भने कांग्रेसले छान्ने छ ।

  • सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति,आइतवार दुवै रिटमा सुनुवाइ

    सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति,आइतवार दुवै रिटमा सुनुवाइ

    काठमाडौं । विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने बताउँदै लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ।

    जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर उनको अपिल अनुसार आदेश नहुने सर्वोच्चको आदेश छ।

  • ऋणीले भाखा नाघेको ३० दिनभित्र साँवा-ब्याज तिरे जरिवाना नलाग्ने

    ऋणीले भाखा नाघेको ३० दिनभित्र साँवा-ब्याज तिरे जरिवाना नलाग्ने

    काठमाडौं । अब भाखा नाघेको कर्जाको साँवा–ब्याज ३० दिनभित्र तिरेमा पेनाल ब्याज (जरिवाना) नलाग्ने भएको छ।

    नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गरेर यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था २०८० जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको साँवा ब्याजमा लागु हुने राष्ट्र बैंकले जनाएको छ ।

    तर यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिने राष्ट्र बैंकले जनाएको छ ।

    यसैगरी साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुल उपर गरी देहायका सर्तहरुको अधीनमा रही कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

  • सन्दीपको बलिङ वरीयतामा सुधार, १२ औँ स्थानमाथि उक्लिए

    सन्दीपको बलिङ वरीयतामा सुधार, १२ औँ स्थानमाथि उक्लिए

    काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सार्वजनिक गरेको एकदिवसीय बलिङको नयाँ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने ३१औँ स्थानमा उक्लिएका छन् ।

    सन्दीप गएको साता यो वरीयताको ४३ औँ स्थानमा थिए । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा सन्दीप नेपाली टिमबाट बलिङमा सबैभन्दा प्रभावकारी देखिएका थिए । उनले शृंखलाका चार खेलमा १३ विकेट लिएका थिए ।

  • नेपाललाई एकवर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार, राष्ट्रपति बनाउन मानेन

    नेपाललाई एकवर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार, राष्ट्रपति बनाउन मानेन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावमा कांग्रेसले असहमति जनाएको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए ।

    तर, कांग्रेसले पाँच वर्षभित्र माधव नेपाललाई पनि एकवर्ष प्रधानमन्त्री बनाएर राष्ट्रपति आफैंले राख्ने प्रस्ताव अघि सारेको छ ।

  • बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच ‘निर्णायक’ छलफल

    बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच ‘निर्णायक’ छलफल

    काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

    पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका हुन्।

    दाहालले आज बिहानमात्रै नेपाली कांग्रेससहितका चार दलसँग छलफल गरेका थिए। चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको नेताहरुले संकेत गरेका छन्। शनिबार राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ।

    ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलको समर्थन जुटाएका थिए।

  • जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

    जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

    काठमाडौं । जापानको एक समुन्द्री तटमा विशाल मेटल बल भेटिएको छ । जसलाई क्रेनको सहायतामा हटाइएको जापानी सञ्चारमाध्यमले लेखेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जापानको तटमा भेटिएको यो मेटलका कारण सथानीयमा त्रास थियो । जापानको हमामात्सु शहरको नजिकै यो भेटिएको हो ।

    स्थानीय अधिकारीहरुका अनुसार यस बललाई निश्चित समयसम्म संग्रह गरेर राखिने छ । त्यसपछि यसलाई नष्ट गरिनेछ । जापानी अधिकारीहरुले यो के थियो भन्ने बारे स्पष्ट पार्न भने सकेका छैनन् । यस साताको सुरुमै तटमा एक असामान्य वस्तु रहेको जानकारी स्थानीय पुलिसलाई दिइएको थियो । कतिपयले यो वस्तु अन्तरिक्षबाट झरेको समेत अनुमान गर्छन् ।

  • जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

    जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

    काठमाडौं । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।


    यसअघि गत सोमबार हात्तीको आक्रमणमा परी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । यसैगरी बुधबार राति हेटौंडा–१८, मानेडाँडामा पनि हात्तीको आक्रमणमा परी ३० वर्षीय देव वाईवा घाइते भएका थिए ।

  • अर्थमन्त्ती पौडेल भारतमा

    अर्थमन्त्ती पौडेल भारतमा

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० अर्थमन्त्रीको सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुँदैछ। सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।

    उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालसमेत भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो। जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्र छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • राष्ट्रपतिबारे दलहरुबीच के होला सहमती ?

    राष्ट्रपतिबारे दलहरुबीच के होला सहमती ?

    काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार छान्न दलहरुलाई निकै मुस्लिक परेको छ । बिहीबार शीर्ष नेताहरूबीचको वार्ता टुंगोमा पुग्न सकेन । शुक्रवार निर्णायक वार्ता हुँदैछ । शनिवार राष्ट्रपतिका लागि मनोनयन दर्ताको कार्यक्रम छ । सोहीकारण आज बेलुकासम्म साझा उम्मेदवार टुङ्गो लगाउनु पर्नेछ । ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को संयुक्त बैठक पनि आजै बस्ने तयारी छ ।

    हिजो बिहीवार बसेको माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको थियो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँच दलीय पुरानो गठबन्धन ब्युँताउनेबारे अन्तिम प्रयास गर्नेछ । पुरानो पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका थिए ।

    कांग्रेसले राष्ट्रपतिको विषयमा निर्णय गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठकले कांग्रेसका तर्फबाट उम्मेदवारको नाम टुङ्ग्याउनेछ । वर्तमान सत्ता गठबन्धनमा रहेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि यसबारेमा पनि सहमतिको प्रयास भइरहेको छ । आउँदो २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

  • काठमाडौं महानगरले सार्वजनिक स्थानमा सीसीटीभी क्यामरा बढाउने

    काठमाडौं महानगरले सार्वजनिक स्थानमा सीसीटीभी क्यामरा बढाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा सिसीटीभी जडानको संख्या बढाउने भएको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकले महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । चालु आर्थिक वर्ष २०७९–८० मा काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

    महानगर आफैंले शहरी सञ्चार सुरक्षाका लागि भन्दै ६ करोड विनियोजन गरेको छ । काठमाडौंको मुल सडकमा नेपाल प्रहरी मार्फत सीसीटीभी जडान गर्ने तयारी छ । चोक तथा गल्लीहरुमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा वडा कार्यालय मार्फत सीसीटीभी जडान हुनेछ । महानगरले सार्वजनिक स्थानमा आवश्यकता अध्ययनको आधारमा सीसीटीभी जडान गर्ने बताएको छ ।

  • ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता

    ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता

    काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउनु पर्ने भएको छ । सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएको भन्दै महानगरले सार्वजनिक सूचनामार्फत यस्तो अनुरोध गरेको हो । ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ ।

    सूचनामा लेखिएको छ, ‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिंदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं ।’

    ‘महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित निकायहरुले आफैं हटाउनु हुन अनुरोध छ ।’ यदि सात दिनभित्र तारहरु नहटाए कारबाही हुने चेतावनी महानगरपालिकाले दिएको छ ।

  • मेयर बालेन लण्डन जाने

    मेयर बालेन लण्डन जाने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लण्डन जाने भएका छन्। लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ। बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो।

    बालेनको वैदेशिक भ्रमण गर्न मन्त्रिपरिषद्‍बाट बैठकले अनुमति दिएर स्वीकृत गर्नुपर्ने हुन्छ। कार्यपालिका बैठकले पारित गरेको मेयर शाहको भ्रमणसम्बन्धी प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइने अधिकारीले बताए। उक्त समिटमा फुड एण्ड हाइजिन लगायतका विषयमा कुरा हुने बताइएको छ ।

  • परिचय पत्र बीना अब वैदेशिक रोजगार विभाग छिर्न नपाइने

    परिचय पत्र बीना अब वैदेशिक रोजगार विभाग छिर्न नपाइने

    काठमाडौं । वैदेशिक रोजगार विभागले अब परिचयपत्र विना विभाग परिसर भित्र छिर्न रोक लगाएको छ । केही दिनयता विभागको नियमित काम प्रभावित हुने गरी पिडितको नाममा कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गर्ने र कार्यालयमा आतंक मच्याउने काम भएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए ।


    उनका अनुसार यसले कार्यालयको काम गर्ने वातावरण बिग्रिएको भन्दै विभागले गुनासाहरुलाई कानुनी बाटोबाट ल्याउन आग्रह गरेको हो । अब कार्यालय प्रवेशमा कडाइ गरिएको र विभागमा आउने सेवाग्राहीसँग अनिवार्य परिचयपत्र साथमा हुनुपर्ने नियम बनाइएको उनले जानकारी दिएका छन् ।

  • उपत्यकाको सडकमा ‘स्पीड लिमिट’ तोकियो

    उपत्यकाको सडकमा ‘स्पीड लिमिट’ तोकियो

    काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा सवारीको गति तोकिएको छ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सडकको भौतिक अवस्थालाई मध्येनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सडक अनुसार सवारीको गति तोकेको हो ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था अनुसार सवारीको गति तोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरीका अनुसार कलंकी-कोटेश्‍वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने छ ।

    त्यसैगरी, कोटेश्‍वर-भक्तपुर सडकखण्डमा प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ । साथै उपत्यकाको अन्य स्थानमा आवश्यकता अनुसार गति माी तोकी सोही स्थानमा बोर्डहरू राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    तोकिएको सडकमा तोकिएकोभन्दा बढी गतिमा सवारी चलाए कारबारी र जरिवाना हुने ट्राफिक प्रहरीले बताएको छ ।

  • विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

    बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्।

    खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाइ छ। तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”

    प्रधानमन्त्रीले भने, “तपाईंको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। तपाईंहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।”

    “पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन” प्रधानमन्त्रीले भने, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ।”

    “सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधै तपाईंहरूको साथमा छु। खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु” प्रधानमन्त्रीले भने, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ।”

    सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे।

  • शेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट

    शेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट

    काठमाडौं । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइपछि शेयरमूल्य उच्च भएका लघुवित्तमा नकारात्मक सर्किट लागेको छ। लगानी बचाउने नाममा यतिबेला लघुवित्त समूहका लागनीकर्ता धमाधम शेयर बिक्रीमा लागिपर्दा बजार उच्च अंकले घटेको छ ।

    कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक(नेप्से) ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६० कम्पनीको २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँ बढीको ६३ लाख २६ हजार १०५ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तु्लनामा कारोबार रकम बढेको छ । बुधवार १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह को परिसूचकमा राताम्मे छाएको छ ।

    लघुवित्तका समूह सबैभन्दा धेरै ९.५४ प्रतिशतले घटेको छ । बजारमा लगानी फस्ने मनोविज्ञानका साथ बिक्रीमा होमिएका लगानीकर्ताले लघुवित्त शेयर बिक्री चाप बढाउँदा कारोबारमा आएका सबै लघुवित्त कम्पनीहरूको शेयर मूल्यमा पहिरो गएको छ।

    आज छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ७० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एसिया बैंकको ७ करोड ९६ लाख रहिमालयन डिस्ट्रीलरीको ७ करोड २१ लाख बढीको कारोबार भएको छ ।

    छिमेक लघुवित्त, स्वाबलम्बन, समिट, स्वरोजगार, जनउत्थान, नयाँ सारथी, कालिका, ग्लोबल आइएमई, सूर्योदय, मेरो माइक्रो फाइनान्स, माइक्रोफाइनान्स, आरएसडीसी, फरवार्ड, महुली, उन्नती, वीन ,नाडेप, आरम्भ, सामुदायिक, आँधिखोला, महिला, जीवन विकास, राष्ट्र उत्थान, जाल्पा, नेष्डो, आदर्श, धौलागिरी, शिर्जनशील र मिथिला लगायत लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

    राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ व्यवस्था गरेको छ।

    त्यसैगरी वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्नेछ।

  • सन्दीप लामिछानेले गुमाए युएईको खेल, परेनन् राष्ट्रिय टोलीमा

    सन्दीप लामिछानेले गुमाए युएईको खेल, परेनन् राष्ट्रिय टोलीमा

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को युएईमा हुने खेलमा सन्दीप लामिछाने जान नपाउने भएका छन् । उनको ठाउँमा प्रतिस जिसी छानिएका छन् । नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो । नेपालले लिग २ अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दै छ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते युएई जाँदैछ ।

  • ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

    ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

    आन बिहान ताजकिस्तानमा ६.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेले बताए अनुसार बिहीबार बिहान ६ बजेको समयमा ताजकिस्तानमा ठूलो भूकम्प आएको हो । यसको धक्का चीनसम्म अनुभव गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    यूएसजीएसका अनुसार भूकम्पको केन्द्र पूर्वी ताजिकिस्तानको मुरग़ोबबाट ६७ किलोमिटर पश्चिम क्षेत्रमा हो । जमिनबाट २०.५ किलोमिटर गहिराईमा यसको केन्द्र मापन गरिएको छ । मानिसहरु हताहती तथा सरचनाको क्षतिबारे जानकारी आइसकेको छैन । समाचार अनुसार मानिसहरुको बसोबास कम भएको पहाडी भेगमा केन्द
    रहेको छ ।

  • अमेरिकासँग नेपालको नाफाको व्यापार

    अमेरिकासँग नेपालको नाफाको व्यापार

    नेपालले १५३ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये धेरैजसो मुलुकसँग नेपालको व्यापार घाटामा छ । किनकी चालु आथिर्गक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा नेपालले कुल वैदेशिक व्यापारमा ९० प्रतिशत आयात र १० प्रतिशत मात्र निर्यात गर्न सकेको छ । तर, अमेरिकासँग भने नेपालको व्यापार नाफामा देखिएको छ ।

    अमेरिकासँग १० अर्ब ६४ करोडको आयात हुँदा १० अर्ब ७३ करोडको निर्यात भई व्यापार नाफामा रहन पुगेको छ । भारतसँग ५ खर्ब ७० अर्बको आयात र ६६ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको छ । यसले सबैभन्दा ठूलो व्यापार घाटा पनि सोही मुलुकसँग छ । चीनसँग १ खर्ब २५ अर्बको आयात हुँदा मात्र ४२ करोडको वस्तु निर्यात भएको छ ।


    नेपालले प्रतिमहिना सवा खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार माघसम्म नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ । नेपालले माघसम्म ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

    निर्यात भने मात्र ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र हुँदा व्यापार घाटा उच्च हुन पुगेको हो । आयात र निर्यात दुवै खुम्चिँदा कुल वैदेशिक व्यापारको आकार नै खुम्चिन पुगेको छ । भन्सार विभागका अनुसार माघसम्म १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ ।

  • दक्षिण कोरियाले मौसमी कामदार नलैजाने

    दक्षिण कोरियाले मौसमी कामदार नलैजाने

    काठमाडौं । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।

    दक्षिण कोरियामा रहेको नेपाली दूतावासका अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका मौसमी श्रमिक ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको खण्डमा सो देशबाट मौसमी श्रमिक ल्याउन तीन वर्ष प्रतिबन्ध लगाउने नीतिअनुसार नेपाललाई रोक लगाइएको हो ।

    नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको दूतावासले जनाएको छ । यसअघि बेलायत सरकारले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लागाएको थियो

  • ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला

    ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला

    सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। उनको कन्चटमा गोली लागेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो।

    प्रहरी निरीक्षक झरना सुनारका अनुसार मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको जनाएको छ।

  • प्रचण्डले एमालेको साथ छोड्ने परिस्थिति बनेको हो ?

    प्रचण्डले एमालेको साथ छोड्ने परिस्थिति बनेको हो ?

    काठमाडौं । राष्ट्रपति चुनाव नजिकिँदै जाँदा नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन टुट्ने सम्भावना बनेको नेताहरुले बताएका छन् । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँतिन सक्ने समेत बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको हो ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बनेको थियो । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । तर दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बनेको नेताहरुको भनाई छ ।

    पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर भए पनि गठबन्धन जोगाउन पहल गरिरहेका छन् । एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता गर्नुपर्ने ओलीको प्रस्ताव समेत छ । एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिका लागि पहल गर्ने निर्णय गरेको छ । उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु पनि आफ्ना अध्यक्ष महन्थ ठाकुरको नाममा सहमति जुटाउन खटिएका छन् ।

  • स्वास्थ्य मन्त्री गिरी र डब्यूएचओ प्रमुखबीच भेट

    स्वास्थ्य मन्त्री गिरी र डब्यूएचओ प्रमुखबीच भेट

    काठमाडौं । विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए । विशेष गरी खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम, निवारण र उन्मूलनमा खेलेको भूमिकाको मन्त्री गिरीले प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

    साथै मातृ शिशु स्वास्थ्य, २०७२सालको भूकम्प, हैजाको प्रकोप, कोभिड कोभिडविरुद्धको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले सह्रानीय भूमिका खेलेको मन्त्री गिरीले बताएका थिए । डा। गेब्रेयससले नेपालले स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको भन्दै डब्ल्यूएचओको तर्फबाट आवश्यक सहयोग निरन्तर हुने आश्वासन दिएका थिए । भेटमा नसर्ने रोग, प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा लगायतका विषयमा पनि छलफल भएको थियो ।

  • लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई

    लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई

    काठमाडौं । लघुवित्तका ऋणी समस्यामा पर्न थालेसँगै नेपाल राष्ट्र बैंकले कडाई थालेको छ । नेपाल राष्ट्र बैंकले एक जना व्यक्तिले एउटा लघुवित्त संस्थाबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था गरेको छ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एकमात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था पनि गरेको छ ।

    यस्तै लघुवित्त संस्था वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गरेको छ । यस्तै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले बचकर्तालाई दिने ब्याजदरको सीमा पनि तोकेको छ । लघुवित्तले कर्जा लगानी गर्दा दिने ब्याजदरको ५० प्रतिशत ब्याजदर निक्षेपमा पनि दिनैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यस्तै लघुवित्तलाई कर्मचारीको क्षमता अभिवृद्धिमा समेत काम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

  • मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित

    मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित

    काठमाडौं । अफ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा संयुक्त राष्ट्र संघको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना सैनिकको मृत्यु भएको छ। मालीमा मंगलबार भएको उक्त बिस्फोटमा परी अन्य पाँच जना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ।

    मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी गराएका छन् । नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए। मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन्।

  • राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित

    राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।

    सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।