काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत… Continue reading एक महिनामा २ अर्ब ४२ करोडको विद्युत निर्यात, थप १०० मेगावाट निर्यात प्रस्ताव
Category: फिचर
नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, जोखिममा काठमाडौं उपत्यका
काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार… Continue reading नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, जोखिममा काठमाडौं उपत्यका
चाडपर्व लक्षित सुरक्षा: नाकाहरूमा विशेष ‘चेकिङ’, विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’
काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट,… Continue reading चाडपर्व लक्षित सुरक्षा: नाकाहरूमा विशेष ‘चेकिङ’, विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’
शेयर बजारमा उच्च अंकको गिरावट कायमै, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव पूँजी बजारमा परेको छ ।लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि बढ्न थालेकोले शेयर बजार राताम्य भएको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको १… Continue reading शेयर बजारमा उच्च अंकको गिरावट कायमै, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
मंगलबार देशैभर वर्षाको सम्भावना
काठमाडौं । मंगलबार पनि देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाई छ । आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली छ। यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही… Continue reading मंगलबार देशैभर वर्षाको सम्भावना
४८ दलले बुझाए समानुपातिकको बन्द सूची
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो ।… Continue reading ४८ दलले बुझाए समानुपातिकको बन्द सूची
गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी
काठमाडौं । फिल्मी शैलीमा गोली हानी हत्या भएका काठमाडौंको गोठाटारस्थित जम्बुडाँडाका गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको पृष्ठभूमि विवादास्पद पाइएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उनी तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालक हुन् । उनको स्थानीय घर सर्लाही हो । अज्ञात समूहले उनलाई कारमा लखेटी लखेटी गोली हानीको सीसीटीभी फुटेजमा देखिएको… Continue reading गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी
राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी
लण्डन। बेलायतकी महारानी एलिजावेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि भएको छ । लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबी गिर्जाघरमा अन्तिम संस्कार समारोह आयोजना गरिएको थियो । स्थानीय समयअनुसार सोमबार बिहान आयोजित समारोहमा बेलायतका नयाँ राजा चार्ल्स तृतीय, रानी (क्विन कन्सोर्ट) कमिला, अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रों, ६ जना बेलायती पूर्वप्रधानमन्त्री,… Continue reading राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी
गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा… Continue reading गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु
काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८, गोठाटारमा गोली चलेको छ । गोली लागेर घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी छन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका… Continue reading काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते
साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल पुनः उपविजेतामा सिमित भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । उता, बंगलादेशले भने छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास कायम गरेको छ । दशरथ रंगशालामा सोमबार… Continue reading साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी
तपाइको फोनमा ई–सिम चल्छ कि चल्दैन् ? यसरी थाहा पाउनुहोस्
काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क इ-सिम वितरण गरिरहेको छ। इ-सिमका लागि यथेष्ट संख्या मौज्दात रहेको कम्पनीले जनाएको छ। रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको इ-सिम भोलिदेखि कम्पनीको नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरू लगायत ग्राहक… Continue reading तपाइको फोनमा ई–सिम चल्छ कि चल्दैन् ? यसरी थाहा पाउनुहोस्
आरजु राणा र विमलेन्द्र निधि कांग्रेसबाट समानुपातिक उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची टुंग्याउने अन्तिम कसरत गरिरहेको छ। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ। जसमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी छन्। उनलाई सुदुरपश्चिम कांग्रेस प्रदेश समितिले खसआर्य कोटामा राखेको हो। आरजुलाई खसआर्य महिला डडेलधुरा ठेगाना… Continue reading आरजु राणा र विमलेन्द्र निधि कांग्रेसबाट समानुपातिक उम्मेदवार
नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, जोखिममा काठमाडौं उपत्यका
काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार… Continue reading नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, जोखिममा काठमाडौं उपत्यका
टुकुचा खोला खोज्ने अभियान निरन्तर, महानगर भन्छ– ‘संरचना नभत्काउने लिखित आदेश आएको छैन’
काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको काम जारी राखेको छ । आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको कामलाई निरन्तरता दिएको हो । प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले दिएको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले उक्त… Continue reading टुकुचा खोला खोज्ने अभियान निरन्तर, महानगर भन्छ– ‘संरचना नभत्काउने लिखित आदेश आएको छैन’
अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,
काठमाडौं । नेपालबाट एक वर्षमा ३० करोडको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८\०७९ मा नेपालबाट ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट… Continue reading अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,
बेलायती महारानीको अन्त्येष्टी आज, संसारभरका २ हजार पाहुना सहभागी हुने
लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज अन्त्येष्टि हुँदैछ । अन्त्येष्टि गर्ने यस दिन बेलायतमा सार्वजनिक बिदा समेत दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि समारोह हुँदैछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । बेलायतकी महारानीको शव राखिएको… Continue reading बेलायती महारानीको अन्त्येष्टी आज, संसारभरका २ हजार पाहुना सहभागी हुने
ठूला दलले समानूपातिकको सूची आज बुझाउने
काठमाडौं । निर्वाचन आयोगले दिएको समय सीमा भित्र ठूला राजनीतिक दलहरुले आज समानुपातिक तर्फको बन्द सूची आयोगमा बुझाउने भएका छन् । यसअघि आइतबार दिनभर जसो पार्टीहरुका आन्तरिक बैठक चलेका थिए । ती बैठकले नेताहरुको नाम काटछाँछ गर्दै अन्तिम रुप दिएका थिए । सोही अनुसार आज नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादीसहितका दलले आज बन्दसूची बुझाउने… Continue reading ठूला दलले समानूपातिकको सूची आज बुझाउने
जनभावना अनुसार काम गर्न सरकार कट्टीवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका… Continue reading जनभावना अनुसार काम गर्न सरकार कट्टीवद्ध छ : प्रधानमन्त्री
संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति
काठमाडा\रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न… Continue reading संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति
राष्ट्रपतिबाट ९९८ जनालाई विभुषण घोषणा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो । यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ । राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र… Continue reading राष्ट्रपतिबाट ९९८ जनालाई विभुषण घोषणा
राष्ट्रपतिबाट ७०२ जना कैदी बन्दीको कैद माफ
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ७०२ जनाको कैद माफी भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न मितिमा अदालतबाट भएका फैसला बमोजिम ७०२ जनाको कैद सजाय माफी मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम… Continue reading राष्ट्रपतिबाट ७०२ जना कैदी बन्दीको कैद माफ
बेलायती महारानीलाई श्रद्धाञ्जली दिन लण्डन पुगे परराष्ट्र मन्त्री खड्का
काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का लण्डन पुगेका छन् । उनले बेलायत पुगेर महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार बेलायतको वेष्टमिनिस्टर हलमा पुगेर उनले महारानी एलिबेथप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले साँझ नेपाल सरकारको प्रतिनिधित्व गर्दै लानक्यास्टर हाउसमा रहेको समवेदना किताबमा हस्ताक्षर समेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्का शनिबार… Continue reading बेलायती महारानीलाई श्रद्धाञ्जली दिन लण्डन पुगे परराष्ट्र मन्त्री खड्का
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा टोली अमेरिका जाने
काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाँदैछन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्क बसाईमा उनले उच्चस्तरीय भेटवार्ता समेत गर्ने छन् ।
टुकुचा खोलामाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले दिएको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले उक्त आदेश दिएको हो । अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो।… Continue reading टुकुचा खोलामाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश
घुस रकमसहित पक्राउ परेका उपसचिवविरुद्ध विशेष अदालतमा आरोपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । प्याराग्लाईडिङ्ग सञ्चालन अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो । उनी चढ्ने… Continue reading घुस रकमसहित पक्राउ परेका उपसचिवविरुद्ध विशेष अदालतमा आरोपत्र दायर
नेप्सेमा लगातार दोहोरो अंकको पहिरो यथावत, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव पूँजी बजारमा परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि बढ्न थालेकोले शेयर बजार राताम्य भएको छ । साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक (नेप्से) ३३.९७ अंकले घटेर १८७६.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२९ कम्पनीको… Continue reading नेप्सेमा लगातार दोहोरो अंकको पहिरो यथावत, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
निजगढमा अन्तराष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, प्रधानमन्त्रीलाई बुझाइयो प्रतिवेदन
काठमाडौं । अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक बीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तरराष्ट्रिय… Continue reading निजगढमा अन्तराष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, प्रधानमन्त्रीलाई बुझाइयो प्रतिवेदन
विश्व बैंकले नेपाललाई दुई आयोजनाका लागि ५२ अर्ब सहुलियतपूर्ण ऋण दिने
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच आइतबार ५२ अर्ब ९६ करोड सहुलीयतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता भएको छ । नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु. ३४ अर्ब ९६ करोड नेपाली रूपैंया) र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ करोड… Continue reading विश्व बैंकले नेपाललाई दुई आयोजनाका लागि ५२ अर्ब सहुलियतपूर्ण ऋण दिने
अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण शनिवार राति अछामका चार स्थानमा घर भत्किएर २१ जनाको मृत्यु भएको छ । भने दुई जना पहिरोमा बेपत्ता भएका छन् । वेपत्ताको खोजी तथा राहत वितरण र थप पीडित स्थानीयको उद्धारको काम सुरु गरेको जनाएको छ । अछाममा पहिरोले घर पुरिएर तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ, कमलबजार नगरपालिका–६ वीर… Continue reading अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो