काठमाडौं । बिहीबार मकवानपुरमा बस दुर्घटनामा ज्यान गुमाएका मध्ये ६ जनाको सनाखत भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएकोमा एक जनाको सनाखत भएको छैन । दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका… Continue reading मकवानपुर बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जनाको पहिचान
Category: फिचर
रुसमा हजारौं प्रदर्शनकारी पक्राउ
मस्को । युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ। बीबीसीका अनुसार रुसी मानवअधिकार समूह ओभीडी(इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्।… Continue reading रुसमा हजारौं प्रदर्शनकारी पक्राउ
नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दरर्ता भएका रिटको आज (शुक्रबार) सुनुवाइ हुने भएको छ ।राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको छ । राष्ट्रपतिको यो कदम संविधान विपरीत भन्दै उक्त विधेयक प्रमाणीकरण गर्न आदेश माग गर्दै… Continue reading नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई
देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना
काठमाडौं । शुक्रबार मौसममा बदली भएको छ । मौसम आंशिकदेखि सामान्य बदली भएकोले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ… Continue reading देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले… Continue reading दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु
रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङ्सी बगरमा बस दुर्घटनामा परेको छ । बिहीबार अपरान्ह भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटनामा परेको रुकुम पूर्वका प्रहरी… Continue reading रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु
प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच पूर्वआइजिपी खनाल एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरे । कार्यक्रममा पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मिया लगायतका व्यक्तिहरु पनि एमाले प्रवेश गरेका छन् । खनाल… Continue reading प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश
काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो। दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचार… Continue reading काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा
काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार… Continue reading डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा
नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ६५ करोडमै सीमित
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले फेरि निरन्तरता पाएको छ । बुधवार झिनो अंकले रोकिएको शेयर बजारमा साताको कारोबारको अन्तिम दिन झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार… Continue reading नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ६५ करोडमै सीमित
वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपासमा बनेको अवैध संरचना डोजर चलाएको छ। महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि विहीवार दिउँसो डोजर चलाएको हो। बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो। त्यही निर्देशन अनुसार उक्त स्थान खाली गर्न लागेको महानगरपपालिकाका प्रहरीले जनाएको छ । फार्मेसी… Continue reading वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर
कपन आगलागीमा ज्यान गुमाउने तीन जनाकै पहिचान
काठमाडौं । काठमाडौंको कपनमा भिषण आगलागीमा परी ज्यान गुमाउने तीन जनाकै पहिचान खुलेको छ । प्रहरीका अनुसार ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाण्डौ महानगरपालिका वडा नं २६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पाको ज्यान गएको छ । ज्यान गुमाएकाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको… Continue reading कपन आगलागीमा ज्यान गुमाउने तीन जनाकै पहिचान
गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा
काठमाडौं । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी… Continue reading गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा
आजबाट अस्थायी मतदाताको नामावली संकलन गरिँदै
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन थाल्दैछ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ । यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने… Continue reading आजबाट अस्थायी मतदाताको नामावली संकलन गरिँदै
खोला तर्ने क्रममा बगाउँदा दैलेखमा दुई जनाको मृत्यु
दैलेख । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु भएको हो । उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अवस्थामा खोला तर्दैगर्दा बगेको र पछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ… Continue reading खोला तर्ने क्रममा बगाउँदा दैलेखमा दुई जनाको मृत्यु
कांग्रेसको घोषणा पत्र लेखन उपसमितिमा स्वर्णिम वाग्ले संयोजक
काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन भएको छ । जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा. प्रीति मण्डल सदस्य रहेका छन् । बुधबार बसेको घोषणापत्र तयारी समितिले सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शंकर तिवारी… Continue reading कांग्रेसको घोषणा पत्र लेखन उपसमितिमा स्वर्णिम वाग्ले संयोजक
अमेरिकी एनआरएनएमा तेश्रो धार
बिष्णु सिंह\न्युयोर्क । गैरआवाशीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषद शेस घले पक्षले पनि अमेरिकी राष्ट्रिय परिषद गठन गरेसंगै न्युयोर्कमा एक पत्रकार भेटघाट तथा अन्तर्कृया आयोजना गरिएको छ । गैर आवासिय नेपाली संघ केन्द्रदेखी नै फुटे सँगै विभिन्न देशमा राष्ट्रिय परिषद फुट्ने क्रम जारी छ । एनआरएनए घले पक्षले अमेरिकामा सुर्य लम्सालको नेतृत्वमा ३५ जना संम्मिलित… Continue reading अमेरिकी एनआरएनएमा तेश्रो धार
टिचिङ हस्पिटल भर्ना भए डा. केसी
काठमाडौं । अनसनरत डा. गोविन्द केसी बुधबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी चिकित्सा क्षेत्रमा सुधारका विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशनरत थिए । सरकारले उनको स्वास्थ्य बिग्रिएपछि सेनाको जहाजबाट मंगलबार काठमाडौं ल्याउन चाहेको थियो । तर, उनी आज १० औं दिनमा आफ्नै खर्चमा काठमाडौं आएका छन् । अस्पताल भर्ना… Continue reading टिचिङ हस्पिटल भर्ना भए डा. केसी
कपन आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको कपनस्थित एक घरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । कपनको राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी रहेको घरमाआगलागी भएको हो । घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको काठमाडौं प्रहरीका एसएसपी भरत बोहरालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्… Continue reading कपन आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो
कपनमा भिषण आगलागी, एक जनाको मृत्यु
काठमाडौं । कपनको एक घरमा भीषण आगलागी भएको छ । घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने प्रयास बुधबार राती अबेरसम्म जारी छ । कपनको राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको हो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डर पड्किएर ठूलो क्षति भएको प्रहरीको अनुमान छ ।… Continue reading कपनमा भिषण आगलागी, एक जनाको मृत्यु
यी हुन् काठमाडौं महानगरले १० दिन भित्र कर तिर्न ‘अल्टिमेटम’ दिएको ४१ संघ संस्था
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिभिल मल, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ वटा संघसंस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले सूचना जारी गर्दै घरजग्गा तथा सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएका हुन् । महनगरले १० दिन भित्रमा सम्बन्धित वडा कार्यालयमा गएर घरजग्गा/ सम्पत्ति कर र सोको जरिवाना बुझाउन आग्रह गरेको… Continue reading यी हुन् काठमाडौं महानगरले १० दिन भित्र कर तिर्न ‘अल्टिमेटम’ दिएको ४१ संघ संस्था
एडीबीले भन्यो -‘नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिन्छ’
काठमाडौं । एसियाली विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ। सरकारले ८ प्रतिशतको लक्ष्य लिएको बेला एसियाली विकास बैंकले डेभलपमेन्ट आउटलुकमा प्रकाशित गर्दै नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो । यो गत अप्रिलमा गरेको ५ प्रतिशतको अनुमान भन्दा पनि कम हो । अर्थतन्त्रमा देखिएका दबाबले… Continue reading एडीबीले भन्यो -‘नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिन्छ’
दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन
काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा ४, ललितपुरमा २ , सिन्धुपाल्चोकमा २, मकवानपुरका १, सिन्धुलीमा १ र धादिङमा १ जनाको… Continue reading दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन
नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको चौंथो दिन बजार झिनो अंकले बढेको हो । बजार मापक सूचक (नेप्से)११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको २५… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
नेपाल र जापानबीच दुई आयोजना कार्यान्वयन लागि १६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न दुई सम्झौतामा हस्ताक्षर भएको छ । जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता… Continue reading नेपाल र जापानबीच दुई आयोजना कार्यान्वयन लागि १६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता
‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’
काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणीकरण नगर्नू संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएकोमा राष्ट्रपतिको यो कदम संविधान र संसदीय मर्यादामाथिको प्रहार रहेको निष्कर्ष निकाल्दै वक्तव्य जारी गरेको छ । बैठकपछि… Continue reading ‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’
काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न सूचित गरेको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको छ । ‘असोज ५ गतेबाट अनुमति बीना बाह्य विज्ञापन सञ्चालन नगर्नर नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।… Continue reading काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु
वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै
काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास… Continue reading वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै
राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गर्ने काम गरेको प्रतिक्रिया दिएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नुपर्ने भए पनि मंगलबार अस्वीकार गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राजनीतिक प्रणाली नै खतरामा पार्ने… Continue reading राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल
आज पनि देशभर मौसम प्रतिकुल, पश्चिम भेगमा वर्षा
काठमाडौं । बुधबार समेत देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा हुने भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने… Continue reading आज पनि देशभर मौसम प्रतिकुल, पश्चिम भेगमा वर्षा