आउन थाल्यो रसुवागढी नाकाबाट चिनियाँ सामान

file

रसुवा ।  गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट बिहीबारदेखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ।  कोभिड–१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणपश्चात् आज बिहान ९ बजेदेखि सामान आयात हुन थालेको हो।रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिलो… Continue reading आउन थाल्यो रसुवागढी नाकाबाट चिनियाँ सामान

काठमाडौं महानगरमा डेङ्गु विरुद्ध हटलाइट सेवा शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि स्वास्थ्य परामर्श दिन २४ घण्टे हटलाइन सुरु गरेको छ ।संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुसँग परामर्श लिन सक्ने व्यवस्था मिलाएको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् । उनले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्ने पनि बताएका… Continue reading काठमाडौं महानगरमा डेङ्गु विरुद्ध हटलाइट सेवा शुरु

जलवायु परिवर्तन न्युनिकरण नगरे जिडिपीमै असर पर्छ : विश्व बैंक

काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण नगर्ने हो भने नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा गहिरो असर पर्ने विश्व बैंकले चेतावनी दिएको छ । नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले जलवायु परिवर्तनका असर न्यूनीकरण नगर्ने हो भने त्यसले जीडीपीमै असर पर्ने बताएको हो । सन् २०५० सम्म कुल गार्हस्थ उत्पादनमै ७ प्रतिशतसम्मको… Continue reading जलवायु परिवर्तन न्युनिकरण नगरे जिडिपीमै असर पर्छ : विश्व बैंक

काठमाडौं महानगर विरुद्ध आन्दोलित एमालेको तेस्रो शक्तिशाली संगठन जिफन्ट निकट फुटपाथ व्यापारी

काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अतिक्रमण खाली गराउने अभियानलाई एमालेका नेताहरूले खुलेरै विरोध गरिरहेका छन् । नेता महेश बस्नेत बालेनको यो अभियानलै ठाडो चुनौती दिँदै आएका छन् । एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेका जिफन्टको अध्यक्ष हुन् विनोद श्रेष्ठ । गोदावरीमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट पुनः विनोद श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका… Continue reading काठमाडौं महानगर विरुद्ध आन्दोलित एमालेको तेस्रो शक्तिशाली संगठन जिफन्ट निकट फुटपाथ व्यापारी

विप्लवका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता

काठमाडौं । सरकारले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता-कार्यकर्ताहरुको मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेकपाका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै गत २७ भदौको मन्त्रिपरिषद्ले मुद्दा खारेज गरेको दाबी गरेको छ। सरकारको यो निर्णयसँगै जेलमा… Continue reading विप्लवका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता

जय नेपाल हलको कम्पाउण्डमा खाल्डो खन्दा भेटियो टुकुचा खोला

काठमाडौं । जय नेपाल हलको कम्पाउण्डमा खाल्डो खन्दा भेटियो टुकुचा खोला भेटिएको छ । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटाएको छ । वडा नम्बर ४ बाट सुरु भएको टुकुचा खोला बीचमा गायब भएको छ । यसबारे महानगरले अध्ययन थालेको छ । महानगरले नक्साअनुसार खोला अतिक्रमण गरेर भौतिक संरचना बनाएको… Continue reading जय नेपाल हलको कम्पाउण्डमा खाल्डो खन्दा भेटियो टुकुचा खोला

ब्याजदर बढ्ने हल्लाले नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ । विहीवार शेयर बजार मापक सूचक (नेप्से) ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको… Continue reading ब्याजदर बढ्ने हल्लाले नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनी काठमाडौंबाट दषिण कोरिया प्रस्थान गरेका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय… Continue reading नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

काभ्रेमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

File

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिहीबार बिहान करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उनका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको हो ।… Continue reading काभ्रेमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

१ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग… Continue reading १ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सचिव पौड्याल द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका थिए । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सचिव पौड्यालले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। दुतावासका अनुसार… Continue reading भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

आजबाट नेपालमा दर्ता नभएका मोवाइल नचल्ने

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो… Continue reading आजबाट नेपालमा दर्ता नभएका मोवाइल नचल्ने

संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

Gorakhapatra

काठमाडौं । नेपालमा नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाल्ने सम्भावित कदमका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । विदेशमा बस्ने नेपाली मूलका नागरिकबीच पनि यो विधेयकका विषयमा महत्वपूर्ण हेराइ र चर्चा रहेको छ । गैरआवासीय नेपाली नागरिकताका विषयमा यो विधेयकले नै टुंगो लाग्ने भएका कारणले विदेशमा बस्ने नेपाली मूलका नागरिकलाई थप चासो र सरोकार… Continue reading संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

विदेशी लगानी भित्राउन बोर्डको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानी आकर्षण र सहजीकरणका लागि लगानी बोर्डले परिपक्व भूमिका निर्वाह गरेको बताएका छन् ।बुधबार लगानी बोर्डले आयोजना गरेको दीगो पूर्वधार लगानी फोरमको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले विदेशी लगानी आकर्षण गर्न बोर्डले सकारात्मक भूमिका खेलेको बताएका हुन् । प्रधानमन्त्री देउवाले शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन… Continue reading विदेशी लगानी भित्राउन बोर्डको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

अस्पताल भर्ना भए अनसनरत डा. केसी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । डा.केसीका सहयोगी डा. अमृत जैशीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि… Continue reading अस्पताल भर्ना भए अनसनरत डा. केसी

राप्रपामा जाने भए रवीन्द्र मिश्र

THT

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा जाने भएका छन् । उनलाइ राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता दिने भएको हो ।विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन् । मिश्रको पद उपाध्यक्ष हुनेछ । उनले यसअघि सहअध्यक्ष पद… Continue reading राप्रपामा जाने भए रवीन्द्र मिश्र

नेपालमा थप ११९ जनामा कोरोना संक्रमण, १३० डिस्चार्ज

काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ४०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार पीसीआरबाट ८९ र एन्टिजेन विधिबाट ३० जनामा संक्रमण देखिएको हो। बुधबार थप १३० जना कोरोनामु्क्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु… Continue reading नेपालमा थप ११९ जनामा कोरोना संक्रमण, १३० डिस्चार्ज

सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

फाइलफोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको ‘अल्टिमेटम’ अटेर गरिएपछि अवैध संरचनामा डोजर चलाइएको हो । महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरको अभियानअन्तर्गत काम भइरहेको बताए । यही भदौ ६ गतेदेखि महानगरले अवैध संरचनामा डोजर चलाउने अभियान सञ्चालन गर्दै आएको छ ।

चोलेन्द्रले आरोप लगाएका नेताहरुलाई बयानका लागि नबोलाउने

काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका बहालवाला न्यायाधीशलाई बयानका लागि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका न्यायाधीशलाई बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए । समितिमा बयान… Continue reading चोलेन्द्रले आरोप लगाएका नेताहरुलाई बयानका लागि नबोलाउने

लगानी बोर्डको ‘वान स्टप सेवा’ सञ्चालनमा, अब यी सेवा अनलाइनबाटै पाउने

काठमाडौं । लगानी बोर्डको कार्यालयले वेबसाइटमा आधारित ‘वान स्टप सेवा’ सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्‍घाटन गरेपछि नयाँ सेवा सञ्चालनमा ल्याइएको हाे। लगानीकर्ताहरुको सहजताका लागि सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । बोर्डले आयोजना गरेको दिगो लगानी पूर्वाधार सम्मेलनमा यो सेवा उद्घाटन गरिएको हो। अब, लगानीकर्ताले भिषा सहजीकरण, श्रम स्वीकृती, परियोजनाको लगानी गर्न… Continue reading लगानी बोर्डको ‘वान स्टप सेवा’ सञ्चालनमा, अब यी सेवा अनलाइनबाटै पाउने

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम डेढ अर्ब नजिक

काठमाडौं । साताको कारोबारको चौंथोदिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम डेढ अर्ब नजिक

नेपालले पाकिस्तानलाई दियो राहत सामग्री

Photo : ekantipur

काठमाडौं । प्राकृतिक विपद्‍मा परेको पाकिस्तानलाई नेपाल सरकारले राहत हस्तान्तरण गरेको छ । नेपाल सरकारको टोली नेपाल वायुसेवा निगमको जहाजमार्फत राहत लिएर पाकिस्तान पुगेको हो । मंगलबार परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालको नेतृत्वमा उक्त टोली टोली कराँची पुगेको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री नारायण खड्काले उक्त टोलीलाई बिदाइ गरेका थिए… Continue reading नेपालले पाकिस्तानलाई दियो राहत सामग्री

साफ यू-१७ :उपाधीका लागि नेपाल र भारत आज भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधि जित्ने अभियानमा छ । भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने तयारीमा छ । भारत साविक विजेता… Continue reading साफ यू-१७ :उपाधीका लागि नेपाल र भारत आज भिड्दै

९ वटा क्यासिनोले काठमाडौं महानगरलाई बुझाए ८४ लाख मनोरन्जन कर

काठमाडौं । काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले ४५ वटा संस्थालाई मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् । महानगरलाई कर बुझाउनेमा… Continue reading ९ वटा क्यासिनोले काठमाडौं महानगरलाई बुझाए ८४ लाख मनोरन्जन कर

बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताए। प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना… Continue reading बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री

बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको भ्रमणका कारण पछिल्लो तीन दिन देखि काठमाडौंमा सवारी साधनले निकै सास्ती पाएका छन् । यसले पैदल यात्रुले समेत ठूलो कष्ट बेहोर्नु परेको छ । यो क्रम बुधबार पनि जारी रहने छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु… Continue reading बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक

चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ । त्यसअघि आज बिहान उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम छ । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने छन् । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका… Continue reading चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण

काठमाडौं । सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो । महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त… Continue reading सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण

एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायुसम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) अन्तर्गतका सशर्त न्यूनीकरण लक्ष्य भेटाउन नेपाललाई करिब २५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । दक्षिण कोरियाको इन्चोनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पेरिस सम्झौता र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क… Continue reading एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री

साफ महिला च्याम्पियनसिप : बंगलादेशले भारतलाई हरायो

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने निश्चित भएको छ । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेको छ । यससँगै सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको छ । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका… Continue reading साफ महिला च्याम्पियनसिप : बंगलादेशले भारतलाई हरायो