काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएका विधेयकलाई प्रमाणीकरण गरेकी हुन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न… Continue reading राष्ट्रपति भण्डारीद्वारा एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण
Category: फिचर
‘माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन ,एक सिटसम्म जिताइदिनू’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन आवद्ध दलको बुथ कब्जा गर्ने रणनीति भएको आफूले थाहा पाएको बताएका छन् । लोकतान्त्रि तमु संघको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मंगलबार पोखरा पुगेका अध्यक्ष ओलीले कुन–कुन जिल्लाको कुन–कुन बुथ कब्जा गर्ने भन्ने रणनीति बनाएको आफूलाई जानकारी आएको बताए । प्रहरी र प्रशासनलाई निस्पक्ष भूमिका निर्वाह… Continue reading ‘माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन ,एक सिटसम्म जिताइदिनू’
पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको परीक्षणमा २०३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार १३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ जना र ३७५९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या… Continue reading पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य
नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतको मात्रै ७५ अर्ब
काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड पुगेको हो । लगानी गर्नेमा विभिन्न ५५ देश रहेको सर्वेक्षणले देखाएको छ । जसमध्ये, भारतबाट सबैभन्दा… Continue reading नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतको मात्रै ७५ अर्ब
शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो
काठमाडौं । केही दिनदेखि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको तेस्रोदिन बजार दोहोरो अंकले बढेको हो । मंगलवार बजार मापक सूचक नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको हो । मंगलवार २३१ कम्पनीको ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच भएको… Continue reading शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो
ब्रिटेनका नयाँ राजा चार्ल्सले पहिलो पटक गरे बेलायती संसदमा सम्बोधन
लण्डन । ब्रिटेनका राजा चार्ल्स तृतीयले त्यहाँको संसद्लाई लोकतन्त्रको जीवन्त अङ्ग भन्दै प्रशंसा गरेका छन्। राजाका रूपमा संसद्मा गरेको पहिलो सम्बोधनका क्रममा उनले महारानी एलिजाबेथ द्वितीयाको निधनमा सांसदहरूले व्यक्त गरेको समवेदना स्वीकारेको बीबीसीले लेखेको छ । राजा चार्ल्सले आफ्नी आमाले गरेको निःस्वार्थ सेवाका उदाहरण अनुशरण गर्ने बताए। राजा बनेपछि पहिलो पटक संसद्लाई सम्बोधन गर्न वेस्टमिन्स्टर… Continue reading ब्रिटेनका नयाँ राजा चार्ल्सले पहिलो पटक गरे बेलायती संसदमा सम्बोधन
कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ
सोल । दक्षिण कोरियामा मंगलबारदेखि हुने हरित जलवायु कोष सम्मेलनमा सहभागी हुन आएका अर्थमन्त्री जनार्दन शर्माले यहाँ रहेका धेरै नेपालीले हुन्डीमार्फत् पैसा पठाउनुमा सरकारको कमजोर नीति नै प्रमुख कारण रहेका बताएका छन् । सोमबार सोलमा भएको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘वैधानिक बाटोबाट पैसा… Continue reading कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ
एएफसी यू-२० एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार
काठमाडौं । बहराइनमा चलिरहेको एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। गतराति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गरे। नेपालले भने एक मात्र गोल आत्मघाती उपहार पायो ।… Continue reading एएफसी यू-२० एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार
चिनियाँ जनकांग्रेसका अध्यक्ष आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने
काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।… Continue reading चिनियाँ जनकांग्रेसका अध्यक्ष आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने
निर्वाचन आयोगको व्याख्या : प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्र
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने गरी व्याख्या गरेको छ । समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय असोज २ र ३ गतेलाई तोकिएको छ । त्यसअगावै प्रतिनिधिसभाको कार्यकाल सकिने व्याख्या आयोगले गरेको हो । आयोगले यसबारे संघीय संसद सचिवालयलाई पत्र लेखेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले आइतबार… Continue reading निर्वाचन आयोगको व्याख्या : प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्र
डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन
काठमाडौं । चिकित्सक डा. गोविन्द केसी धनगढीमा आमरण अनसन बसेका छन् । धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ७ बुँदे माग राख्दै अनसन थालेका हुन् । सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्नेसहितका विभिन्न माग राख्दै उनी आमरण अनसनमा बसेका हुन् । माग पूरा गर्न… Continue reading डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन
महिला साफ च्याम्पियनसिप : श्रीलंकामाथि सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गर्दै नेपाल अन्तिम चारमा समूह विजेता बनेर पुगेको हो। नेपालले पहिलो हाफमै चार गोल गरेको थियो। नेपालका लागि खेलको दशौं मिनेटमा रश्मीकुमारी घिसिङले हेडमार्फत पहिलो गोल गरेकी थिइन्। लगत्तै… Continue reading महिला साफ च्याम्पियनसिप : श्रीलंकामाथि सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा
मिटर ब्याजीविरुद्ध २२८९ उजुरी
काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक भीष्मकुमार भूसालले २२ बुँदे सिफारिससहित मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलका अनुसार मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ । तीमध्ये भदौ २६ गतेसम्म ५९… Continue reading मिटर ब्याजीविरुद्ध २२८९ उजुरी
चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी
काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ल्ट एण्ड रोड इनिसिएटिभमार्फत दुई देशबीच… Continue reading चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी
केराउ, सुपारी र कालो मरिचको आयात खुला
काठमाडौं । सरकारले आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ । २१ भदौमा प्रकाशित राजपत्रको सूचना सोमबार सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । सूचना अनुसार उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित… Continue reading केराउ, सुपारी र कालो मरिचको आयात खुला
‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छन् । नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनको आज यहाँ आयोजना गरेको Building Back Better and Greener with Sustainable Hydropower विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जलविद्युत आयोजनाहरूको दिगो विकासका लागि भरपर्दो… Continue reading ‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री
खुल्न थाल्यो खासा नाका, भित्रिन थाल्यो रोकिएका कन्टेनर
काठमाडौं । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ रहेको… Continue reading खुल्न थाल्यो खासा नाका, भित्रिन थाल्यो रोकिएका कन्टेनर
रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १३.५९ अंकले घटेर १९१२.६६९ विन्दुमा झरेको हो । सोमवार २२५ कम्पनीको ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित
काठमाडौंबाट कतारको हमाद विमानस्थलमा भइरहेका उडान अब दोहा सरे
काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौबाट कतारमा गरिरहेको उडानको विमानस्थल परिवर्तन भएको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमलाई यस्तो जानकारी गराएको हो । निगमकाअनुसार अहिले हमाद इण्टरनेशनल एयरपोर्टबाट भइरहेको निगमको उडान अब दोहा इन्टरनेसनल एयरपोर्टमा सरेको हो । यस्तो नियम १५ सेप्टेम्बर २०२२ बाट ३० डिसेम्बर २०२२ सम्मका लागि लागू हुने भएको हो । कतारमा… Continue reading काठमाडौंबाट कतारको हमाद विमानस्थलमा भइरहेका उडान अब दोहा सरे
निर्वाचनको सुरक्षामा तीन लाख सुरक्षाकर्मी खटिने
काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन लाख सुरक्षाकर्मी खटिने भएका छन् । सरकारले निर्वाचन लक्षित सुरक्षा योजना स्वीकृत गरेको छ । आमनिर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी परिचालन हुनेछन् । सुरक्षा योजनामा सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट पौने २ लाख तथा म्यादीका १ लाख… Continue reading निर्वाचनको सुरक्षामा तीन लाख सुरक्षाकर्मी खटिने
महिला साफ च्याम्पियन्सिप : आज नेपाल र श्रीलंका भिड्दै
काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम… Continue reading महिला साफ च्याम्पियन्सिप : आज नेपाल र श्रीलंका भिड्दै
टी-२० एसिया कपको उपाधी श्रीलंकालाई
काठमाडौं । टी–२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । बलिङ, ब्याटिङ र फिल्डिङ तीन वटै क्षेत्रमा श्रीलंकाका खेलाडीले उत्कृष्ट प्रदर्शन गन सफल भए । श्रीलंकाले फाइनलमा पाकिस्तानलाई २३ रनले हराएको हो । पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट… Continue reading टी-२० एसिया कपको उपाधी श्रीलंकालाई
राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा
काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका सिलसिलामा आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियतामा उनी छन् । उनीभन्दा माथि राष्ट्रपति रहेका छन् । चीनबाट हुन लागेको यो उच्च स्तरीय भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । चान्सु सभामुख अग्नि… Continue reading राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा
डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेङ्गु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौँ… Continue reading डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै
समानूपातिकको बन्द सूचि पेश गर्न दलहरुलाई एक साताको समय
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिएको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो ।निर्वाचन आयोगले बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । उम्मेदवारको… Continue reading समानूपातिकको बन्द सूचि पेश गर्न दलहरुलाई एक साताको समय
युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग
काठमाडौं । युक्रेनको सेनाले पूर्वी युक्रेनमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३,००० वर्गकिलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनःप्राप्ति गरेको जनाएको छ। प्रत्याक्रमणको यो उल्लेख्य अवस्था यदि पुष्टि भएमा त्यो किएभका फौजले ४८ घण्टाभन्दा केही बढी समयमा तीन गुणाले गुमेका भुभाग पुनःप्राप्ति गरेको देखिने बीबीसीले जनाएको छ । बिहीवार साँझ राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर र… Continue reading युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग
नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न पाउँदा खुसी, माया र पीडामा साथ दिने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘नेपाली फुटबलको सेवामा ५२५… Continue reading नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा
काठमाडौं महानगरले तीनकुने–कोटेश्वर क्षेत्रमा पुनः चलायो ‘डोजर’
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन पुन डोजर चलाएको छ । तीनकुने–कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन यसअघि पटक–पटक माइकिङ गर्दै आएको महानगरले फुटपाथ मिचेर बनाइएको भर्याङ भत्काउन आइतवार डोजर चलाएको हो । महानगरले सूचना दिँदा पनि अटेर गरेर फुटापाथ ढाकेर बनाएको पाली, भर्याङ तथा सिँढीहरू हटाएको महानगरले जनाएको छ । अघिल्लो हप्ता… Continue reading काठमाडौं महानगरले तीनकुने–कोटेश्वर क्षेत्रमा पुनः चलायो ‘डोजर’
देश विकास गर्न अर्थतन्त्रका साना-साना सूचकलाई बलियो बनाउनुपर्छ – न्यायाधीश सिन्हा
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा न्यायाधीश सिन्हाले उक्त कुरा बताएका हुन् । नेपालले खुला अर्थतन्त्रको नीति अबलम्बन गरेको स्मरण गराउँदै न्यायाधीश सिन्हाले देशलाई दिगो… Continue reading देश विकास गर्न अर्थतन्त्रका साना-साना सूचकलाई बलियो बनाउनुपर्छ – न्यायाधीश सिन्हा
भाटभटेनी सुपरमार्केटमा पनि पस्यो महानगर, बेसमेन्टको बनेको संरचना हटाउन २४ घण्टे अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा रहेको संरचना हटाउन शुरु गरेको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको हो । अन्डरग्राउन्डमा बनेका अवैध संरचना हटाउन नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोलीलाई भाटभटेनी आफैँले हटाउने भनेपछि २४ घण्टे अल्टिमेटम दिएर फर्किएको छ । निरीक्षणमा निस्किएको नगर प्रहरीको… Continue reading भाटभटेनी सुपरमार्केटमा पनि पस्यो महानगर, बेसमेन्टको बनेको संरचना हटाउन २४ घण्टे अल्टिमेटम