काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पल ३० खर्ब अमेरिकी डलर बजार मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । एप्पलको सेयर मूल्य बढेर बजार मूल्य ३० खर्ब डलर पुगेसँगै नयाँ रेकर्ड राखेको हो । अमेरिकी स्टक एक्सेन्चको तथ्यांक अनुसार नयाँ वर्षको पहिलो दिन एप्पलको सेयर ३ प्रतिशतले बढी १८९.८८ अमेरिकी डलर पुगेको थियो । यो… Continue reading एप्पल भारतको अर्थतन्त्रभन्दा ठूलो बजार मूल्य हुने विश्वकै पहिलो कम्पनी
Category: फिचर
नेपाली शेयर बजारमा दोहोरो अंकको करेक्शन
काठमाडौं । केही दिन लगातार बढेको शेयर बजार साताको कारोबारको चौथोदिन घटेको छ । तीनदिन १५५.४५ अंकले बढेको शेयर बजार मापक सूचक नेप्से ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३६ कम्पनीको ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५२८ रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९ कित्ता… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको करेक्शन
यस्तो छ आजदेखी हुने हिउदे वर्षाको संभावना
काठमाडौं । आजबाट देशभर पुनः हिउँदे वर्षा हुने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम प्रतिकुल रहने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने छ । विभागले हिउँदे वर्षाले पु-याउने असरबाट… Continue reading यस्तो छ आजदेखी हुने हिउदे वर्षाको संभावना
तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो
तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जनाको शव भेटिएको छ । राससका अनुसार व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उता, आँबुखैरेनी गाउँपालिका–३… Continue reading तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो
चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु
जनकपुर । पछिल्लो सातायता बढेको चिसो र शीतलहरले धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेको स्थानीय संचारमाध्यमले लेखेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उता… Continue reading चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु
अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि
वासिङ्टन डिसि । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा मानिसमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ ।जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको यो आङ्कडा अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका हुन् । यो कुनै पनि मुलुकमा देखिएको हालसम्म कै सबैभन्दा ठूलो सङ्ख्यामा सङ्क्रमण हो । संक्रमण बढ्दो क्रममा रहे पनि… Continue reading अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि
राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ४३ जनाले दिए उम्मेदवारी, कुन प्रदेशमा को ? (सूचीसहित)
काठमाडौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन्। जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता… Continue reading राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ४३ जनाले दिए उम्मेदवारी, कुन प्रदेशमा को ? (सूचीसहित)
धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन
धरान । धरानमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उपमहानगरपालिका–६ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रको मङ्गलबार उदघाटन गरेका हुन् । फोहोरमैला प्रशोधन गरि उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर प्रधानमन्त्री देउवाले टेम्पोको शुभारम्भ समेत गरे । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी… Continue reading धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन
बुधबारबाट मौसम प्रतिकुल हुने, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपालमा बुधबारबाट मौसम प्रतिकुल बन्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएसङ्गै मौसम प्रतिकुल बन्ने भएको हो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यो साताभर वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविदले अनुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी… Continue reading बुधबारबाट मौसम प्रतिकुल हुने, वर्षा र हिमपातको सम्भावना
लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित
काठमाडौं । सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई दिने कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित गरेको छ । प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी कोभिड–१९ विरुद्धको ‘अतिरिक्त मात्रा’ खोप दिने कार्य स्थगित भएको जनाएकी छिन् । थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने विज्ञप्तिमा उल्लेख… Continue reading लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित
बंगलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’ डा भोला रिजाललाई
काठमाडौं । बंगलादेशदेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बंगलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ। बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स्वर्ण वर्षका अवसरमा बङ्गलादेश र अन्य देशका विद्वान् एवं सामाजिक अभियानकर्मीसँगै रिजालद्वयलाई शनिबार राजनीतिक–सामाजिक सेवावापत सो सम्मान… Continue reading बंगलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’ डा भोला रिजाललाई
कोरोनाको नयाँ भेरियन्ट ‘आइएचयू’ भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक
काठमाडौं । ओमिक्रोनको त्रासबीच फ्रान्समा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ । ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्। डेलिमेलको अनुसार अफ्रिकी देश क्यामरुनबाट फर्किएका १२ जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो । यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्। वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको… Continue reading कोरोनाको नयाँ भेरियन्ट ‘आइएचयू’ भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक
राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत, को-को परे (नामावलीसहित)
काठमाडौं । राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्। मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ प्राडा गीताभक्त जोशीलगायत रहेका छन्। राप्रपा केन्द्रीय सदस्यमा को को मनोनीत भए ? १. दिपक बोहरा, रुपन्देही २. हरिबहादुर बस्नेत, उदयपुर ३. नवराज… Continue reading राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत, को-को परे (नामावलीसहित)
नेप्सेमा लगातार उछाल, तीन दिनमै नेप्से १५६ अंकले बढ्यो
काठमाडौं । साताको कारोबार तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६३.१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेको हो । आइतबार ६०.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको थियो । तीन दिनमा बजारमा १५५.४५ अंकको सुधार देखिएको हो। नेपाल स्टक एक्सचेन्जका… Continue reading नेप्सेमा लगातार उछाल, तीन दिनमै नेप्से १५६ अंकले बढ्यो
नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३९३ जनामा… Continue reading नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए
रोजगारीका लागि विदेश जाने बढे
काठमाडौं । वैदेशिक रोजगारीका विदेश जाने नागरिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको हो । कोरोनाका कारण रोकिएको कामदारको माग पुनः बढ्न थालेसङ्गै रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या समेत बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मङ्सिर)मा ९७ देशमा जान… Continue reading रोजगारीका लागि विदेश जाने बढे
६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास
काठमाडौं/एजेन्सी । हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीको हत्या प्रयास भएको छ । यो मुलुकमा ६ महिना अगाडि रास्ट्रपतिको हत्या भएको थियो । बिबिसीका अनुसार उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको हो । अनलाइनमा पोस्ट गरिएका भिडिओहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ।… Continue reading ६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास
आज राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता गरिदै
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुने भएको छ । आगामी माघ १२ मा निर्वाचन हुदैछ । सो प्रयोजनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको छ । निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले… Continue reading आज राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता गरिदै
इपीएसबाट कोरिया गएकाको भिसा अवधि एक वर्ष थपियो
काठमाडौं । ईपीएसमार्फत दक्षिण कोरिया पुगि काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । राससका अनुसार कोरिया श्रम… Continue reading इपीएसबाट कोरिया गएकाको भिसा अवधि एक वर्ष थपियो
नेपालमा पनि बुस्टर डोज दिने निर्णय, प्राथमिकतामा को छन् ?
काठमाडौं । सरकारले नेपालमा कोभिड १९ विरुद्धको अतिरिक्त मात्रा खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो । अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले जनाएको छ… Continue reading नेपालमा पनि बुस्टर डोज दिने निर्णय, प्राथमिकतामा को छन् ?
लगानीकर्ताको फाइल रोकियो भने मलाई भन्नुहोस : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । सोमबार लगानी बोर्डको कार्यालयमा लगानीकर्तासँग अन्तर्क्रिया गर्दै उनले यस्तो आग्रह गरे । आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै उनले आयोजनामा भएका समस्या समयमै जानकारी गराउन आग्रह गरे । ‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर… Continue reading लगानीकर्ताको फाइल रोकियो भने मलाई भन्नुहोस : अर्थमन्त्री
रेल सञ्चालनको मिति कहिले तय होला ?
काठमाडौं । जनकपुर–जयनगर रेल परीक्षणको लामो समय भएपछि संचालनमा आएको छैन । भारतसँगको सहमतिमा मात्र रेल संचालन गर्नुपर्ने भएकाले नेपाल आफैले यसबारे निर्णय लिन सकेको छैन । रेल सञ्चालनको मिति प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणपछि तय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जानकारी गराएकी छिन् । प्रधानमन्त्री देउवा पुस अन्तिम साता भारत… Continue reading रेल सञ्चालनको मिति कहिले तय होला ?
माओवादी केन्द्रले सोमबार गरेन पदाधिकारी चयन, प्रचण्ड बने अध्यक्ष
काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी चयन गर्ने भनिए पनि चयन हुन सकेन । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको हो । सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको हो । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति,… Continue reading माओवादी केन्द्रले सोमबार गरेन पदाधिकारी चयन, प्रचण्ड बने अध्यक्ष
नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टामा ३२६ जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी ३२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार… Continue reading नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टामा ३२६ जना संक्रमित थपिए
नेपालमा ५ वर्ष यताकै कम धान उत्पादन, कुन प्रदेशमा कति भयो उत्पादन ?
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत ५ वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार… Continue reading नेपालमा ५ वर्ष यताकै कम धान उत्पादन, कुन प्रदेशमा कति भयो उत्पादन ?
एमालेले जितेको सिटमा यसरी मिल्यो गठबन्धनको भागबण्डा, कसलाई कति सिट ?
काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभामा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले संयुक्त उमेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले कुन पार्टीले कति सिट पाउने भनी भागबण्डा लगाएका हुन् । स्रोतका अनुसार कांग्रेसले आफ्नो ३ सहित थप ३ पाउने, माओवादीले आफ्नो ४ सहित थप एक पाउने त्यस्तै, एकीकृत समाजवादीले पनि आफ्नो… Continue reading एमालेले जितेको सिटमा यसरी मिल्यो गठबन्धनको भागबण्डा, कसलाई कति सिट ?
विद्युत प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता, प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा छुट पाउने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । सोमबार नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौंतामा हस्ताक्षर भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर… Continue reading विद्युत प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता, प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा छुट पाउने
विदेशमा ८८ प्रतिशत नेपालीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज
काठमाडौं । नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले कोभिड(१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके,… Continue reading विदेशमा ८८ प्रतिशत नेपालीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज
नेपालमा आउने धेरै पर्यटक मध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक
काठमाडौं । नेपालमा एक वर्षको अवधि (सन २०२१) १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको यो तथ्यांक अनुसार नेपालमा भारतीय नागरिक पछि अमेरिकी नागरिक बढी आएका छन् । कोरोना अघि भारतिय र चिनियाँ नागरिकको बाहुल्यता थियो । सन् २०२१ मा यो संख्या सन् २०२०… Continue reading नेपालमा आउने धेरै पर्यटक मध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक
सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?
काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पद त्यागको घोषणा गरेका छन् । सुडानमा अहिले आन्दोलन चर्किएको छ । जहाँ सेनाले गोलि चलाएको खबर छ । त्यसलगत्तै प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । उनलेकेही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका थिए । सोको विरोधमा सुडानमा आन्दोलन चर्किएको हो । प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका… Continue reading सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?