बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक

काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमन रोकेको छ । बुधबार राती १२ बजेबाट लागु हुने गरी नेपाल सरकारले बेलायतबाट कुनै पनि यात्रु आउन नपाउने गरी रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको छ । बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको… Continue reading बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक

नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाइयो, माधवकुमार नेपाल दोस्रो अध्यक्षमा चयन

काठमाडौं । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरेको छ। मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको हो । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ भन्दा बढी सदस्य सहभागी थिए । ३१५ जना केन्द्रीय कमिटीका सदस्यले ओलीलाई हटाउने निर्णय सर्वसम्मतरुपमा… Continue reading नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाइयो, माधवकुमार नेपाल दोस्रो अध्यक्षमा चयन

राजनीतिक प्रभावबाट बाहिरियो नेपाली सेयर बजार, दुई दिनमै १२५ अंकभन्दा माथि

काठमाडौं । राजनीतिक प्रभावबाट सेयर बजार बाहिर आएको छ । सेयर बजार तीव्र उछाल आएको छ । आइतबार संसद विघटन भएसँगै इतिहासकै दोस्रो धेरै ९७ अंकले घटेको बजारमा त्यस यताका दुई दिनमै १२८ अंकले बढेको छ । आज सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । सोमबारको तुलनामा आज कारोबार रकम करिब ५ करोडले बढेको… Continue reading राजनीतिक प्रभावबाट बाहिरियो नेपाली सेयर बजार, दुई दिनमै १२५ अंकभन्दा माथि

संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्‍निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन… Continue reading संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

ओली समूहको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने बालुवाटार भेलाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा छ । प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको हो । विवाद विभाजनसम्म पुगेको छ । बालुवाटारमा भेला भएको ओली समूहको बैठकले केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेको छ । हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको… Continue reading ओली समूहको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने बालुवाटार भेलाको निर्णय

नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए। श्रेष्ठलाई पार्टी हित विपरित गतिविधि गरेको आरोप लगाएको छ । श्रेष्ठको भूमिकाप्रति ओली पक्ष केही समययता… Continue reading नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई

ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । हाल… Continue reading ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

कोरोना खोप लगाइरहेको बेलायतमा नयाँ भाइरस देखियो, संसारभर प्रतिवन्ध बढ्दै

काठमाडौं । बेलायतले संसारमै पहिलो पटक कोरोना भाइरसको खोप लगाउन थालेको हो । तर, यस मुलुकमा कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस देखा परेको छ । सोहीकारण संसारभर बेलायतबाट हुने आगमनलाई प्रतिवन्ध लगाउन शुरु भएको छ । नेपालको छिमेकी मुलुक भारतले समेत बेलायत उडान रद्द गरेको छ । अहिलेसम्म ४० भन्दा धेरै मुलुकले बेलायतबाट सम्बन्धित मुलुकमा… Continue reading कोरोना खोप लगाइरहेको बेलायतमा नयाँ भाइरस देखियो, संसारभर प्रतिवन्ध बढ्दै

जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

काठमाडौं । राष्ट्रिय जनमोर्चा र मसालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जनमोर्चाको सोमबार बसेको पार्टी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार पार्टीले सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिने निर्णय गरेको हो । ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी कदम चालेका… Continue reading जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै

काठमाडौं । आज तीन ठूला दल सरकारको कदमको प्रतिरोध गर्ने सम्बन्धमा आगामी रणनीति तय गर्न जुट्दैछन् । त्यसका लागि ती दलको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । सत्तारुढ नेकपाका दुई गूटको बैठक छुट्टाछुट्टै समयमा बस्दैछ । यद्दपी प्रचण्ड समुहले सरकारको कदमबारे आफ्नो आगामी रणनीति बनाउने छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक समेत… Continue reading सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै

के आज नेकपा फूटको औपचारिक दिन हो ? दुबै गूटका छुट्टाछुट्टै केन्द्रिय समिति बैठक आह्वान

काठमाडौं । सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आज छुट्टाछुट्टै केन्द्रिय समिति बैठक बोलाएका छन् । यसलाई नेकपा फूटको औपचारिक विन्दुका रुपमा हेरिएको छ । किनकी आजको बैठकमा प्रधानमन्त्री ओली पक्षले अध्यक्ष प्रचण्डलाई कारवाहीको निर्णय गर्ने बताएको छ । प्रचण्डले नेतृत्व गरेको समूहको स्थायी समिति बैठकले भने यसअघि नै ओलीलाई कारवाही गर्नेै निर्णय गरी… Continue reading के आज नेकपा फूटको औपचारिक दिन हो ? दुबै गूटका छुट्टाछुट्टै केन्द्रिय समिति बैठक आह्वान

४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीले पछिल्लो चार महिनाको अवधिमा करीव साढे ३ खर्ब रुपैयाँ नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कोरोना महामारीका वावजुत पनि नेपालमा रेमिट्यान्स ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कुल ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र… Continue reading ४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब

प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख तीन दलले निष्कर्ष निकालेका छन् । आज नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित भएका मूख्य तीन दलले यस्तो निष्कर्ष निकालेका हुन् । सरकारको कदमबारे धारणा बनाउन आज संयुक्त बैठक बसेको थियो । नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेपाल… Continue reading प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण

नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७४२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ भने अहिलेसम्म २ लाख ४३ हजार ७४३ जना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो… Continue reading नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज

प्रधानमन्त्री सम्बोधन:असहयोग, विरोध र घेराबन्दी गरेपछि जनतासामू जानुको विकल्प रहेन (पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको घटना अप्रत्यासित र आकस्मिक नभएको बताएका छन् । जनादेश र जनभावना विपरीत सरकारलाई घेराबन्दीमा पारेपछि जनतासामू जानुको विकल्प आफूसँग नरहेपछि संसद विघटन गरिएको उनको दाबी थियो । उनले संसद… Continue reading प्रधानमन्त्री सम्बोधन:असहयोग, विरोध र घेराबन्दी गरेपछि जनतासामू जानुको विकल्प रहेन (पूर्णपाठ)

ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन् । आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने बताएका हुन् । उनले ६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको निर्णय अदालतले उल्ट्याउन नसक्ने दाबी भेलामा गरेका हुन् । प्रधानमन्त्री ओलीले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता… Continue reading ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन

पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?

काठमाडौं । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् । पुल्चोकस्थित सरकारी निवासमा उनले सोमबार बिहान आफू निकट सांसद र नेताहरुलाई भेलामा बोलाएका हुन् । पुर्व माओवादीमा बादल समुहका ३५ जना केन्द्रिय सदस्य छन् । त्यसैगरी उनको पक्षमा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव… Continue reading पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?

‘पार्टी एकतावद्ध छ, केपी ओलीको गतिविधिले कुनै असर पर्दैन-‘प्रचण्ड’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका गतिविधिले पार्टी एकतालाई असर नपार्ने बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन्। ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी… Continue reading ‘पार्टी एकतावद्ध छ, केपी ओलीको गतिविधिले कुनै असर पर्दैन-‘प्रचण्ड’

आज प्रधानमन्त्री ओली गूटको भेला वालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफुनो गूटमा रहेका नेता र विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई वालुवाटारमा भेला गराएका छन् । उनीहरुलाई ९ बजे बिहान आमन्त्रण गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नयाँ निर्वाचनको मिति तोकिएको छ । यसले निम्तिएको राजनीतिक परिस्थितिका बारेमा नेताहरुलाई ओलीले… Continue reading आज प्रधानमन्त्री ओली गूटको भेला वालुवाटारमा

विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीले समेत चर्को आलोचना गरेको छ । पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अपनाएको फाँसिवादी चरित्रका कारण वर्तमान राज्य व्यवस्थाको नै विकल्प खोजिनुपर्ने तर्क गरेका छन् । आफु संकटमा पर्दा संसारभरका शासकले अपनाउने उपाय केपी ओलीले अपनाएको… Continue reading विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ

कांग्रेसले आज बोलायो सर्वदलीय बैठक

काठमाडौं । नेपाली कांग्रेसले उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । आज पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । बैठक ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी मध्यावधी चुनाव घोषणा भएपछि यसको व्यापक विरोध भइरहेको छ । तर, स्वयमः कांग्रेस भित्र… Continue reading कांग्रेसले आज बोलायो सर्वदलीय बैठक

सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । उनिमाथि कारवाहीको निर्णयको प्रस्ताव पुस ७ मा बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध… Continue reading सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने

सात मन्त्रीले दिए सामूहिक राजीनामा, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ओली पक्षमा

काठमाडौं । संसद विघटनको विरोधमा सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । एक कार्यक्रमकाबीच पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये सात जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्‍तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगर रहेका छन् । यसैगरी… Continue reading सात मन्त्रीले दिए सामूहिक राजीनामा, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ओली पक्षमा

अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्। संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो । चन्द पूर्वएआइजी हुन्। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा देउवाले चन्दलाई प्रहरी महानिरीक्षक बनाउन जोड गरेका थिए। तर, चन्दलाई सर्वोच्च अदालतले महानिरीक्षक नियुक्तिबाट रोक लगाएको… Continue reading अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू

राष्ट्रपतिद्वारा संसद विघटन, आउँदो वैशाख १७ र २७ गते निर्वाचन घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसहितको प्रस्ताव स्वीकृतीका लागि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा गएका थिए । नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन। संविधानको… Continue reading राष्ट्रपतिद्वारा संसद विघटन, आउँदो वैशाख १७ र २७ गते निर्वाचन घोषणा

संविधानमा संसद विघटनसम्बन्धी यस्तो छ व्यवस्था, सिफारिसपछि अब के हुन्छ ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघटनका लागि सिफारिस गरेका हुन् ।ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् । नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट देखिँदैन । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम… Continue reading संविधानमा संसद विघटनसम्बन्धी यस्तो छ व्यवस्था, सिफारिसपछि अब के हुन्छ ?

संविधानविद्हरु भन्छन्- ‘संसद् फेस गर्न सक्दिनँ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो, विघटनको अधिकार छैन’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । हाम्रो संविधानमा संसद विघटनको प्रावधान छैन’ थापाले भने । अर्का संबिधानविद डा। भीमार्जुन आचार्यले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न नसक्ने बताए । उनले बहुमत सिद्ध भएको प्रधानमन्त्रीले… Continue reading संविधानविद्हरु भन्छन्- ‘संसद् फेस गर्न सक्दिनँ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो, विघटनको अधिकार छैन’

संसद विघटनको सिफारिस संविधान विपरीत, अधिनायकवादी आकांक्षा- कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक राखी संसद विघटन गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्री ओलीको उक्त कदम संविधान, लोकतन्त्रको मर्म र राष्ट्रहित विपरीत रहेको वरिष्ठ नेता पौडेलले टिप्पणी गरेका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त सिफारिसकोे प्रतिवाद… Continue reading संसद विघटनको सिफारिस संविधान विपरीत, अधिनायकवादी आकांक्षा- कांग्रेस

संसद विघटनको प्रस्ताव पारित गरेर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् । राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ। आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने… Continue reading संसद विघटनको प्रस्ताव पारित गरेर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनका लागि सिफारिस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघठनका लागी सिफारीस गरेका हुन् । प्रधानमन्त्री ओली उक्त निर्णय गरेर हिडेका छन् । तर,मन्त्रीहरु भने बैठकमा बसिरहेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमा भएको बेला प्रधानमन्त्रीले उक्त निर्णय गरेका हुन् । यसअघि मन्त्रीहरुलाई… Continue reading प्रधानमन्त्री ओलीद्वारा संसद विघटनका लागि सिफारिस