नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं  । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सुदूरपश्‍चमका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- २की ४३ वर्षीया महिला रहेका छन् । उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो । गोदावरी… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

नेपालमा थपिए एकैपटक ६७१ कोरोना संक्रमित, संक्रमित संख्या ७८४८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८… Continue reading नेपालमा थपिए एकैपटक ६७१ कोरोना संक्रमित, संक्रमित संख्या ७८४८ पुग्यो

मृत भेटिएका अर्घाखाँचीका पुरुषमा समेत कोरोना पुष्टी

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा मृत अवस्थामा भेटिएका ४४ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आए आएपछि शिततगंगा–५ का देबबहादुर विक मंगलबार राति रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । विकको जेठ २४ गते आरडीटी परीक्षण प्रतिवेदन पोजेटिभ आएको थियो । त्यसपछि जेठ २५ गते पीसीआर परीक्षणका गर्न… Continue reading मृत भेटिएका अर्घाखाँचीका पुरुषमा समेत कोरोना पुष्टी

आफुलाई चुनाव जित्न सघाउन चीनका राष्ट्रपतिलाई ट्रम्पको गुहार, पूर्व सल्लाहकारले खोले राज

फाईल फोटो

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिय चुनावमा सघाउन चीनियाँ समकक्षि सि जिनफिङलाई गुहार मागेको उनकै पूर्व निकट सल्लाहकारले दावी गरेका छन् । ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रहि सकेका जोन बोल्टनले आफ्नो नयाँ किताबमा गत बर्ष जी २० को बैठकमा ट्रम्पले जिनफिङसँग उक्त अनुरोध गरेको उल्लेख गरेका हुन् । जी २० को बैठक… Continue reading आफुलाई चुनाव जित्न सघाउन चीनका राष्ट्रपतिलाई ट्रम्पको गुहार, पूर्व सल्लाहकारले खोले राज

लकडाउनमा अमेरिकाका पूर्वी तटीय राज्यका बालबालिका धेरै मोटाए; मोटाउनेमा न्युजर्सी नम्बर एकमा

कोरोना भाईरस महामारी पछि उत्पन्न परिस्थितीका कारण अमेरिकाको पूर्वी तटीय राज्यमा बसोबास गर्ने बालबालिकाहरुमा मार्चदेखि यता शरिरको तौलमा औसत ७ पाउण्ड बृद्धि भएको एक अध्ययनले जनाएको छ । पूर्वी तटीय राज्यहरु मध्ये न्युजर्सी राज्यमा बसोबास गर्ने बालबालिकाहरुको औसत १० दशमलब २० पाउण्ड तौल बढेको छ भने न्युयोर्क र म्यासाच्युसेट्स राज्यमा बसोबास गर्ने बाल बालिकाको तौल… Continue reading लकडाउनमा अमेरिकाका पूर्वी तटीय राज्यका बालबालिका धेरै मोटाए; मोटाउनेमा न्युजर्सी नम्बर एकमा

कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड राखे तीन वटा अमेरिकी राज्यले

अमेरिकाको तीन वटा राज्यमा पहिलो पटक अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन् । एरिजोना, फ्लोरिडा  र टेक्सस राज्यले कोरोना संक्रमितको संख्यामा लगातार उकालो लाग्दै अहिलेसम्म कै उच्च संख्यामा पुगेको हो । एरिजोनामा अहिलेसम्मकै उच्च २४ सय जनामा एकै दिन संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ३९ हजार संक्रमित भएका छन् । टेक्ससमा ९… Continue reading कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड राखे तीन वटा अमेरिकी राज्यले

ठेक्का लिंदै मानव हत्या गरेको अभियोगमा एक युवक पक्राऊ

एजेन्सी अमेरिकाको पेन्सिल्भानिया राज्यस्थित फिलाडेल्फिया सहरमा ठेक्का लिएर मानब हत्या गर्दै हिंडने एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ । प्रहरीले २५ बर्षीय स्टेभन विलियम्सलाई हजारौं डलर लिएर मानव हत्या गर्दै हिंडेको अभियोग अन्तर्गत पछिल्ला ४ हत्यामा संलग्न भएको आरोपमा गत शुक्रबार पक्राऊ गरेको हो । विलियम्सलाई सन् २०१८ को सेप्टेम्बरदेख यता ८ महिना भित्र भएका… Continue reading ठेक्का लिंदै मानव हत्या गरेको अभियोगमा एक युवक पक्राऊ

बुधबार चार मुलुकबाट करीव १ हजार नेपाली घर फर्किए

File Photo

काठमाडौं । बुधबार विभिन्न चार वटा मुलुकबाट १ हजार भन्दा बढी नेपाली घर फर्किएका छन् । बुधबार थाइल्याण्डको बैंककबाट २४६ जना नेपाली घर आएका छन् । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी जहाजले काठमाडौं ल्याएको हो । चार्टर्ड उडानमा दुई जना दुई वर्ष मुनीका बालबालिकासहित २४६ जना यात्रु थिए । नेपाल एयरलाइन्सले काठमाडौंबाट भने थाइल्याण्डका लागि १६… Continue reading बुधबार चार मुलुकबाट करीव १ हजार नेपाली घर फर्किए

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रावधानको विपक्षमा कांग्रेस, जुटेन सहमति

काठमाडौं । नेपाली कांग्रेसको असहमतिका कारण नागरिकता विधेयकमा आज पनि सहमति जुट्न सकेन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई नेपालमा बिहे भएको ७ वर्षपछि मात्र नेपालको नागरिकता मिल्ने प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसले भने विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ । बुधबार बिहान… Continue reading विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रावधानको विपक्षमा कांग्रेस, जुटेन सहमति

मृत भेटिएकी युवतीमा कोरोना पुष्टी

सर्खेत । सुर्खेतमा मृत भेटिएकी युवतीमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । झुण्डिएको अवस्थामा मृत भेटिएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्केर १४ दिन क्वारेन्टिनमा बसेकी उनी घर फर्केपछि घर नजिकै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सुर्खेतको सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय ती युवतीको पोष्टमार्टम गर्नु अगाडी नै कोरोना… Continue reading मृत भेटिएकी युवतीमा कोरोना पुष्टी

सरकारले घटायो बिजुलीको शुल्क, अब कति तिर्नुपर्छ ? (सूचीसहित)

काठमाडौं । विद्युत् नियमन आयोगले असार १ गतेदेखि लागू हुने गरी नयाँ महसुल निर्धारण गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सरदर १० प्रतिशत विद्युत् महसुल दर घटेको जनाएको छ । नयाँ महसुल अनुसार विद्युत क्षेत्रको नियमन गर्ने आयोगले औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोगमा राहत दिनेगरी नयाँ महशुल निर्धारण गरिएको छ । नयाँ महशुलमा घरायासी… Continue reading सरकारले घटायो बिजुलीको शुल्क, अब कति तिर्नुपर्छ ? (सूचीसहित)

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा। जागेश्‍वर गौतमका अुनसार बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या उच्च दरले वृद्धि, एकैदिन ५८६ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या उच्च दरले वृद्धि, एकैदिन ५८६ जना थपिए

विदेशी बुहारीलाई नेपालमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव

काठमाडौं । नेपालमा भित्रने विदेशी बुहारीले ७ वर्षपछि मात्र नागरिकता पाउने गरी कानून प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिले यस्तो प्रस्ताव गरी कानूनको मस्यौदामा छलफल अगाडी बढाएको छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव समितिको रहेको छ । नागरिकता नपाएसम्म भने आर्थिक,… Continue reading विदेशी बुहारीलाई नेपालमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव

कालिखोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

File

चितवन । चितवनको कालिखोलामा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बुधबार बिहानको समयमा खसेको पहिराले बाटो अवरुद्ध बनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेको हो । बिहानैबाट पहिरो पन्छाउन थालिएको छ । सडक बन्द भएपछि यातायात सूचारु हुन सकेको छैन । मनसुन प्रवेशसँगै अहिले… Continue reading कालिखोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, २० पुग्यो ज्यान गुमाउने

नेपालगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । बाँकेमा सोमबार साँझ ज्यान गएकी एक महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । बाँकको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार निधन भएको थियो । महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ… Continue reading नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, २० पुग्यो ज्यान गुमाउने

भारतले भन्यो सिमानामा चीनसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्‍यु

भारत र चीन बीचको सिमा बिबादका क्रममा झडप हुँदा २० जना भारतीय सैनिकको मंगलवार मृत्‍यु भएको छ । भारतीय सैनिक मुख्यालयलाई हवाला दिदै रेउटर्स र एसोसिएट्स प्रेसले समाचार सम्प्रेसण गरेको छ । दक्षिण एसियाका दुई आणबिक शक्ती राष्ट्र बीचको सिमा बिबादका कारण ५३ बर्ष पछिको यो मानबीय क्षति हो । यस अगाडि ३ जना भारतीय… Continue reading भारतले भन्यो सिमानामा चीनसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्‍यु

न्युयोर्क सहर छाडेर जानेको हकमा

योगेश आदी जहाँ बस्यो त्यहींको चासो र सरोकार बढी हुन्छ । न्युयोर्कको समाचार बनेपछि कतिपयले मलाई फोन गर्छन वा सम्झन्छन् । न्यूयोर्कबाट अन्त बसाई सर्ने मानिसहरुको गत एप्रिल महिनामा मात्र ८१ हजार ओटा ‘ठेगाना परिवर्तन सम्वन्धि अनुरोध’ प्राप्त भएको सुचना अमेरिकाको हुलाक बिभागले निकालेपछि सनसनी फैलिएको छ । मेरो चासो भने न्युयोर्कका नेपाली समुदायमा गएर… Continue reading न्युयोर्क सहर छाडेर जानेको हकमा

भारत-चीन सीमामा तनाव, भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २०

नयाँ दिल्ली । भारत-चीन सीमा विवाद बढ्दै जाँदा त्यसले भयानक रुप लिएको छ । लद्दाखमा सोमबार भएको भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २० पुगेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । चीनसँगको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको आजतकमा उल्लेख छ । यसबाहेक दैनिक भास्करसहित सबैजसो भारतीय सञ्चारमाध्यमले २० जना… Continue reading भारत-चीन सीमामा तनाव, भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २०

कोरोना प्रभावले घट्यो नेपाल आउने रेमिट्यान्स

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच नेपाल आउने रेमिट्यान्समा समेत व्यापक कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा रेमिट्यान्समा ६ दशलमव १ प्रतिशतले कम भएको छ । वैशाख मसान्तसम्म ६ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको यही… Continue reading कोरोना प्रभावले घट्यो नेपाल आउने रेमिट्यान्स

रौटहतबाट एकै दिन १३७ जना कोरोना संक्रमित डिस्चार्ज

रौटहत । नेपालमा रौतहटबाट मात्र एकै दिन १३७ जना कोरोना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको अन्तिम पटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । रौतहटको परोहा नगरपालिकामा स्थापित आइसोलेसनमा बसेका ६१ जना र राजपुर नगरपालिकामा स्थापित आइसोलेसनमा बसेका ७६ जना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार… Continue reading रौटहतबाट एकै दिन १३७ जना कोरोना संक्रमित डिस्चार्ज

पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

न्युयोर्क लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ  शुभकामना समाचार आउन थालेका छन् ।  यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो मुल्य र सर्वसुलभ ‘डेक्जामेथाजोन’ ले कोरोना संक्रमणबाट झण्डै मृत्‍यु सैय्यामा पुग्न लागेका बिरामीलाई बचाउने नयाँ… Continue reading पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

म्याच फिक्सिङको आरोपबाट सागर थापासहित सबैले ६ वर्षपछि सफाइ

काठमाडौं । म्याच फिक्सिङ मुद्दामा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, अन्य खेलाडी र एक फिजियोथेरापिष्टसहित ६ जनाले सर्वोच्च अदालतबाट पनि सफाई पाएका छन् । सरकारी पक्षले २०७५ मंसिर २० गते सर्वोच्चमा गरेको पुनरावेदनमा मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह… Continue reading म्याच फिक्सिङको आरोपबाट सागर थापासहित सबैले ६ वर्षपछि सफाइ

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण, ६५९१ पुगे संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको छ… Continue reading नेपालमा थप ३८० जनामा कोरोना संक्रमण, ६५९१ पुगे संक्रमित

अमेरिकाका चार शहरबाट उड्ने भए नेपाल जाने जहाज, टर्कीस र कतार एयरवेजको चार्टर्ड उडान

काठमाडौं । अमेरिकाबाट नेपालका लागि विभिन्न चार शहरबाट चार्टर्ड उडान निश्चित भएको छ । अमेरिकास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो । नेपाल फर्कन चाहने र समस्यामा रहेका नेपालीबाट दूतावासले फारम मागेको थियो । सोहीअनुसार उनीहरुलाई नेपाल फर्काउन आगामी साता दुई दिन चारवटा चार्टर उडान हुने दूतावासले जनाएको छ । अमेरिकाबाट जुन २३ र २५… Continue reading अमेरिकाका चार शहरबाट उड्ने भए नेपाल जाने जहाज, टर्कीस र कतार एयरवेजको चार्टर्ड उडान

नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द

File Photo

काठमाडौं । नेपालीको उद्दारका लागि तय भएका युएईका दुई उडान रद्द भएका छन् । समस्यामा परेका नेपालीको उद्धार गर्न भन्दै मंगलबार र बिहीबारका लागि निर्धारित चार्टर्ड उडान रद्द गरिएको छ । नेपाल एयरलाइन्सले जहाज नउड्ने जनाएको छ । युएई सरकारको तर्फबाट उडान उडान अनुमति नभएका कारण रद्द गर्न परेको नेपाल एयरलाइन्सको भनाई रहेको छ ।… Continue reading नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द

गण्डकीमा एकाबिहानै थपिए १८ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार १८ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टी भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित देखिएका हुन् । अब यो प्रदेशमा कुल संक्रमित २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले दिएको जानकाी अनुसार गोरखा नगरपालिकाका २१… Continue reading गण्डकीमा एकाबिहानै थपिए १८ कोरोना संक्रमित

बेइजिङमा कोरोना फैलन सक्ने आंशका, मानिसको गतिविधि बन्द

काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना भाइरसको जोखिम बढेपछि बढी भिडभाड हुने क्षेत्र बन्द गराइएको छ । बेइजिङका सबै जसो जिल्लामा विद्यालय बन्द भएका छन् । सुरक्षा चेक जाँच बढाइएको छ । बेइजिङवासीलाई कोरोना परीक्षण गराउन समेत सरकारले आग्रह गरेको छ । यस शहरका सबै खेल र मनोरन्जन स्थल बन्द गरिएका छन् । अब समुहमा… Continue reading बेइजिङमा कोरोना फैलन सक्ने आंशका, मानिसको गतिविधि बन्द

आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली

काठमाडौं । सोमबार ओमानबाट १६६ नेपाली घर फर्किएका छन् । कोराना भाइरसको महामारीसँगै उत्पन्न संकटका बीच अहिले नेपालीको उद्दारको काम जारी छ । सोहीक्रममा ओमानबाट नेपालीलाई घर ल्याइएको हो । सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत नेपाली घर आएका छन् । ओमानबाट एउटा शव पनि ल्याइएको छ । समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ… Continue reading आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली

सात वटै प्रदेशले ल्याए बजेट, रोजगारी सिर्जना र कृषि प्राथमिकतामा-स्वास्थ्य पूर्वाधारमा जोड

काठमाडौं । सोमबार सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट सार्वजनिक गरेका छन् । कृषिको व्यवसायिकरणबाट रोजगारी सिर्जना, स्वास्थ्य पूर्वाधारको विकास र सुदृढिकरण तथा कोरोना रोथथामलाई प्राथमिकता दिँदै प्रदेश सरकारको बजेट आएको छ । सात प्रदेशबाट कुल २ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजनिक भएको छ । यसमा सबैभन्दा ठूलो बजेट बागमति प्रदेशले… Continue reading सात वटै प्रदेशले ल्याए बजेट, रोजगारी सिर्जना र कृषि प्राथमिकतामा-स्वास्थ्य पूर्वाधारमा जोड