नेपालमा थप २९७७ जनामा कोरोना पुष्टी, १६७८ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ३९८ पीसीआर परीक्षणमा १९८२ र ३६१० जनाको एन्टिजेन परीक्षणमा ९९५ जना गरी २९७७ जनामा संक्रमण पुष्टी भएको हो । काठमाडौं उपत्यकामा थप ६१३ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा सबैभन्दा बढी ४१० जना, ललतिपुर… Continue reading नेपालमा थप २९७७ जनामा कोरोना पुष्टी, १६७८ जना संक्रमण मुक्त

अब पोखरा–नेपालगन्ज रुटमा नियमित हवाई उडान

काठमाडौं । बुद्ध एयर काठमाडौं केन्द्रित उडानलाई प्रदेशहरुबाट पनि विस्तार गरिरहेको छ । जस अन्तर्गत आउँदो १ अगस्त अर्थात साउन १७ गतेबाट पोखराबाट नेपालगञ्जको सिधा उडान भर्न लागेको हो । शुरुवातमा साताको ३ दिन अर्थात आईतबार, बुधबार र शुक्रवार उडान भर्नेछ । अलिक समयपछि यात्रुको माग अनुसार बुद्ध एयरले दैनिकी उडान भर्ने योजना पनि बनाएको… Continue reading अब पोखरा–नेपालगन्ज रुटमा नियमित हवाई उडान

नेम्वाङको कटाक्ष -‘देउवालाई सरकारमा जाने जनादेश कहाँबाट आयो’ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका उपनेता पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आयो भन्दै प्रश्न उठाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेम्वाङले जनताले प्रतिपक्षमा बस्न कांग्रेसलाई जनातले जनादेश नदिएको दाबी गरे । “प्रधानमन्त्रीलाई बधाई दिनु छ, उहाँले कहाँबाट जनादेश प्राप्त गर्नुभएछ मैले थाहा पाइँन,” नेम्वाङले… Continue reading नेम्वाङको कटाक्ष -‘देउवालाई सरकारमा जाने जनादेश कहाँबाट आयो’ ?

अमेरिकी डिफेन्स टीमबाट नेपाललाई ३ लाख डलर बराबरको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । यूएस डिर्पाटेमन्ट अफ डिफेन्स टीमले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालस्थित अमेरिकी दुतावासले शुक्रबार यी मेडिकल सामग्री नेपाललाई हस्तान्तरण गरेको जनाएको छ । दूतावासले नेपालस्थित अमेरिकी मिशन महामारीको यो समयमा यथासक्य मेडिकल उपकरणको नेपालमा पहुँच बढाउन निरन्तर प्रयासरत रहेको उल्लेख गरेको छ । टीमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा झन्डै ३ लाख… Continue reading अमेरिकी डिफेन्स टीमबाट नेपाललाई ३ लाख डलर बराबरको स्वास्थ्य सामग्री प्रदान

एमाले नेता भीम रावलले फिर्ता लिए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। नेता रावलले सभामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारस्थित संसद सचिवालयमा भेटेर राजीनामा फिर्ता लिएका हुन्। बिहीबार एमाले वरिष्ठ नेता माधव नेपाल रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। त्यसअघि अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए। गत… Continue reading एमाले नेता भीम रावलले फिर्ता लिए राजीनामा

आज टोकियो ओलम्पिकको उद्घाटन, के छ तयारी ?

File Photo : AP

टोकियो । ओलम्पिकलाई विश्व खेलकुदको कुम्भमेला मानिन्छ । ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजनाको जिम्मेवारी पाएको जापानले आज उद्घाटनमार्फत विश्वमा आफ्नो चमत्कार देखाउने अवसर पाएको छ । औपचारिक उद्घाटन आज हुनेछ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि उद्घाटन समारोह शुरु हुनेछ… Continue reading आज टोकियो ओलम्पिकको उद्घाटन, के छ तयारी ?

भारतमा सरकारको बढी आलोचना गर्ने दैनिक भास्कर र भारत समाचार टिभीमा आयकर विभागको छापा

नयाँ दिल्ली । भारतमा सरकारले आफ्नो विरोधी संचारमाध्यममाथि आक्रमण शुरु गरेको छ । कोरोनाभाइरस महामारीका बेला सरकारको कामको सबैभन्दा बढी आलोचना गरेका संचारमाध्यममा त्यहाँको आयकर विभागले छापा मारेको हो । भारतीय संचारमाध्यमका अनुसार भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाको कार्यालयमा आयकरले छापा मारेको छ । उनीहरुमाथि कर छलीको उजुरी परेको भन्दै अनुसन्धान थालेको… Continue reading भारतमा सरकारको बढी आलोचना गर्ने दैनिक भास्कर र भारत समाचार टिभीमा आयकर विभागको छापा

यातायातसँग सम्बन्धित कर अब अनलाइन प्रणालीबाटै तिर्न सकिने

काठमाडौं । नेपालमा अब यातायातसँग सम्बन्धित सबै प्रकारका कर अनलाइन प्रणालीबाट तिर्न सकिने भएको छ । यससँगै अब यातायात कार्यालयमा हुने अत्यधिक भिडभाड नियन्त्रण हुने अपेक्षा गरिएको छ । बाग्मती प्रदेशका यतायात सम्बद्ध कर राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको हो । यसमा लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायत राजस्व रहेको बाग्मती… Continue reading यातायातसँग सम्बन्धित कर अब अनलाइन प्रणालीबाटै तिर्न सकिने

ओलीको कदमलाई साथ दिएको जसपाको महन्थ ठाकुर पक्ष पार्टी भित्र पनि संकटमा

काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई साथ दिँदै सरकारमा गएको जसपाको महन्थ ठाकुर पक्ष राजनीतिक कोर्ष बदलिउपछि भने अब पार्टी भित्र कमजोर अवस्थामा पुगेको छ । निर्वाचन आयोगले १२ असार २०७७ मा कायम कार्यकारिणी समितिमा बहुमत पुर्‍याउने पक्षलाई नै जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता दिने निर्णय गरेको छ… Continue reading ओलीको कदमलाई साथ दिएको जसपाको महन्थ ठाकुर पक्ष पार्टी भित्र पनि संकटमा

कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै सचेत रहन भनेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढेको बताएका छन् । यसले तेस्रो लहरको जोखिम बढेको उनको भनाइ… Continue reading कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अब पार्टीको बैठक नराखिने भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारको चरम दूरुपयोग गरिएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पहिलो बैठक बालुवाटारमा बोलाएपछि उनको समेत आलोचना भएको थियो । पार्टी कार्यालयमा धर्ना रहेका कारण बालुवाटारमा बोलाउनु परेको उनले बताएका थिए । तर, शुक्रबार र शनिबार… Continue reading कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने

खोप किन्न एडीबीले दिने भयो करीव २० अर्ब ऋण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना खोप किन्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने निर्णय गरेको छ । नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीको भनाई छ । यो रकमले करीव १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने भएको छ । एडीबीका… Continue reading खोप किन्न एडीबीले दिने भयो करीव २० अर्ब ऋण

देशभर २७१४ जनामा कोरोना संक्रमण पुष्टी, १२८८ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७१४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९१२२ पीसीआर परीक्षणमा १८५५ र ३७०७ जनाको एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । पछिल्लो २४… Continue reading देशभर २७१४ जनामा कोरोना संक्रमण पुष्टी, १२८८ जना संक्रमण मुक्त

अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?

Reuters

काठमाडौं । नेपालमा अहिले विभिन्न देशबाट ल्याइएका र अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ। अनुदानमा प्राप्त विभिन्न कम्पनीका खोपहरू नागरिकलाई दिइन लागिएको हो। जसमध्ये अहिले चीनले उपलब्ध गराएको भेरोसेल र अमेरिकाले उपलब्ध गराएको जोन्सन खोपबारे मानिसको चासो बढेको पाइन्छ। यी दुई मध्ये कुन खोप लगाउने नागरिकमा केही अन्यौलता पनि देखिएको छ। जोन्सन र भेरोसेल… Continue reading अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?

राष्ट्र बैंकले भन्यो-‘बैकिङ्ग सिस्टम ठिक छन्, ह्याकर खोज्दैछौं’

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका सबै बैंक तथा वित्तीय संस्थाका प्रणालीहरू सुरक्षित रहेको जनाएको छ । ह्याकरहरुले बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्न धम्की दिएपछि राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित रहेकाले आतंकित र त्रसित नहुन सबैलाई आग्रह गरेको हो । ह्याकरहरुले आतंक फैलाउन यस्तो फण्डा मच्चाएको भन्दै राष्ट्र बैंकले सबैलाई ढुक्क हुन आग्रह गर्दै… Continue reading राष्ट्र बैंकले भन्यो-‘बैकिङ्ग सिस्टम ठिक छन्, ह्याकर खोज्दैछौं’

बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । विहिबार शेयर बजार मापक सूचक नेप्से १८.७६ अंकले बढेर ३००४.३३ विन्दुमा पुगेको हो । आज २२२ कम्पनीको ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन… Continue reading बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन

काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकमा ह्याकरले पैसा चोरी गर्न सक्ने भन्दै चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्तालाई फोनमार्फत नै धम्की दिइएको छ भने अन्य बैंकमा भने इमेल पठाइएको छ । ह्याकरले बैंकको प्रणाली ह्याक गरि पैसा निकाल्ने धम्की दिएका छन् । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक,… Continue reading नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन

चितवनमा नहरमा डुबेर दुई किशोरको ज्यान गयो

भरतपुर । चितवनमा नहरमा डुबेर दुई जना किशोरको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको हो । उनीहरु स्थानीय चौरमा क्रिकेट खेलेर सफा हुन नहर पुगेका थिए । त्यसक्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए। प्रहरीका अनुसार… Continue reading चितवनमा नहरमा डुबेर दुई किशोरको ज्यान गयो

गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

लण्डन । गोर्खाले उठाइरहेको माग पुरा नगरेको भन्दै बेलायतको लण्डनमा रिले अनशन थालिएको छ । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको राससले जनाएको छ । बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा… Continue reading गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

चीनमा भुमिगत रेल स्टेशनमा छिर्यो बाढी

Photo : SCMP

जङ्जो । चीनमा बाढीको कहर जारी छ । मङ्गलवार त्यहाँ एक व्यस्त भूमिगत रेल स्टेशनमा बाढी पसेको छ । यसले ठूलो भौतिक क्षति गरेको छ । यात्रुमा भने भागाभाग भएको बीबीसीले लेखेको छ । केही मानिसलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढासम्म पुर्‍याएको छ । रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म… Continue reading चीनमा भुमिगत रेल स्टेशनमा छिर्यो बाढी

नेपाल समुहले दवाव बढाएपछि ओलीले भने : दोस्रो अध्यक्ष दिन तयार छु

काठमाडौं । नेकपा एमालेमा करीव एक वर्ष देखि बल्झिएको विवाद अझै जारी छ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले निरन्रत अडानसहित पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दवाव बर्ढापछि ओलीले आफु वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको घोषणा गरेका छन् । एमालेको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकमा उनले यस्तो घोषणा गरेका… Continue reading नेपाल समुहले दवाव बढाएपछि ओलीले भने : दोस्रो अध्यक्ष दिन तयार छु

राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति

Photo : freepressjournal

मुम्बई । बलिउडकी चर्चित नायिका शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको अश्लिल फिल्मको धन्धा बाहिरिएसँगै यतिबेला संचारमाध्यममा उनी छाएका छन् । पोर्न भिडियोबाटै दैनिक ५ लाख भन्दा बढी आम्दानी हुन थालेपछि उनी यो धन्धामा लागेको खुलेको छ । कुन्द्रा व्यापारी हुन् । उनी अर्बपति पनि हुन् । शिल्पासँग उनको दोस्रो विवाह हो । पोर्न सामग्री बनाउने… Continue reading राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति

फेवातालमा पुनः डुंगा संचालन खुल्यो

file

काठमाडौं । पोखराको मूख्य पर्यटकीय आकर्षण फेवातालको डुङ्गा शयर पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसको महामारी बढेसँगै फेवातालमा ढुंगा व्यवसाय समेत रोकिएको थियो । निषेधाज्ञा लागु भएपछि १४ वैशाखबाट फेवातालमा डुंगा चलाउन बन्द भएको थियो । डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएको राससले लेखेको छ । डुङ्गा चढ्दा यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ । भीडभाड… Continue reading फेवातालमा पुनः डुंगा संचालन खुल्यो

कांग्रेस नेता अमरेश कुमार सिंह सभापति देउवासँग किन भड्किए ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजिनामा गरेका छन् । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सांसद पदबाट दिएको राजीनामा पत्र थमाएका छन् । कांग्रेसको महाधिवेशन नजिकिएको छ । यो असन्तुष्टी महाधिवेशनका सन्दर्भमा उठेको असन्तुष्टीको एक झिल्को मात्र हो । क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई… Continue reading कांग्रेस नेता अमरेश कुमार सिंह सभापति देउवासँग किन भड्किए ?

थप २८३८ जनामा कोरोना संक्रमण पुष्टी, १४७५ जना संक्रमण मुक्त

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ जनाको एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७१ हजार ८७१ पुगेको छ । पछिल्लो २४… Continue reading थप २८३८ जनामा कोरोना संक्रमण पुष्टी, १४७५ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३० जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ।

झलनाथको उपचारमा सरकारी खर्च प्रयोग गर्नु गैरकानुनी- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा गरिएको उपचार खर्च व्यहोर्न नमिल्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । नेता थापाले नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने समाचार सार्वजनिक भएपछि नेता थापाले सरकारको निर्णय गैरकानुनी भएको भन्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । ‘२०७४ सालमा… Continue reading झलनाथको उपचारमा सरकारी खर्च प्रयोग गर्नु गैरकानुनी- गगन थापा

अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

CNN

टेक्सास । अन्तरिक्ष वैज्ञानिक बाहेक आम सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा एक सपना मात्र हो । तर यो सपना पुरा गरेका छन् । अमेरिकी अर्बपति जेफ बेजोस र अन्य तीन यात्रुले । उनीहरुले मंगलबार अन्तरिक्षको सफल यात्रा पुरा गरि धर्तिमा ओर्लिएका छन् । अन्तरिक्ष पर्यटनलाई बढावा दिन यो अभियान शुरु गरिएको हो । बेजोसको आफ्नै कम्पनी… Continue reading अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

चीनबाट खोप ल्याउन नेवानिले आजबाट लगातार तीन उडान गर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले आजबाट चीनमा खरीद गरेको कोरोना भाइरसविरुद्धको ओप ल्याउँदैछ । सो प्रयोजनका लागि लगातार तीन दिन जहाज चीन जाने भएको छ । नेपाल एयरलाइन्सका अनुसार आज पौने ६ बजे चीन जाने जहाजले बिहीबार बिहान खोप ल्याउने छ । यो जहाज बिहीबार साँझ पुनः चीन उड्ने छ । सो जहाज शुक्रबार… Continue reading चीनबाट खोप ल्याउन नेवानिले आजबाट लगातार तीन उडान गर्दै

अमेरिकाको ओरेगनमा भिषण आगलागी, स्थिती भयावह बन्ने चेतावनी

Photograph: Us Forest Service Handout/EPA

ओरेगन । अमेरिकी राज्य ओरेगनको जंगलमा लागेको आगोको फैलावटसँगै यहाँ स्थिति भयावह हुने चेतावनी जारी भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अहिलेसम्म आगोको चपेटामा तीन लाख एकड जमीन आइसकेको छ । भयानक आगोलागीसँगै आसपासका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । करीव दुई हजार भन्दा बढी फायरफाइटर्स आगो नियन्त्रणमा खटिएका छन् । सो राज्यमा इतिहासकै सबैभन्दा… Continue reading अमेरिकाको ओरेगनमा भिषण आगलागी, स्थिती भयावह बन्ने चेतावनी