काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । बुधबार इतिहासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको बजारमा आज करेक्शन आएको हो । तीव्र उतरचढाव देखिएको बजार यस साता समग्रमा करिब २२ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । यससाता औसतमा दैनिक १४ अर्ब माथि कारोबार हुँदै आएकोमा आज… Continue reading सर्वाधिक विन्दुको कीर्तिमान बनाएको सेयर बजारमा दोहोरो अंकको करेक्शन
Category: फिचर
सर्वोत्तमको शेयर प्रकरण : धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थमन्त्रालयले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको छ । ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै मन्त्रालयले स्पष्टीकरण माग गरेको हो । अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यले पत्रकाटी सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य तथ्य के… Continue reading सर्वोत्तमको शेयर प्रकरण : धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थमन्त्रालयले सोध्यो स्पष्टीकरण
कांग्रेसले क्रियासिल सदस्यको विषय टुंग्याउँदै, आज पदाधिकारी बैठक
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले क्रियासिल सदस्यताको विषय टुंग्याउँदै छ । करीव साढे ४ लाख नयाँ सदस्य थप गरि सभापतिलाई प्रस्ताव गरिएको सदस्यताको विषयबारे छलफल गर्न आज सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसको भनाई छ । बैठक दिउँसो २ बजे सभापति… Continue reading कांग्रेसले क्रियासिल सदस्यको विषय टुंग्याउँदै, आज पदाधिकारी बैठक
इपीएसबाट नेपाली कामदार छिट्टै कोरिया लैजाने राजदूतको प्रतिवद्धता
काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले इपीएएस प्रणालीबाट छिट्टै नेपाली कामदार कोरिया जान सक्ने बताएका छन् । बुधबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटवार्तामा उनले यस्तो जानकारी गराएका हुन् । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तिर्ण गरी कोरिया जान नपाएका युवालाई कोरिया जाने वातावरण बनाउन आग्रह गरेका थिए । कोभिड… Continue reading इपीएसबाट नेपाली कामदार छिट्टै कोरिया लैजाने राजदूतको प्रतिवद्धता
कमल थापा, महेश बस्नेत, गोकुल बास्कोटा खुसी नभए हुन्छ, प्रतिगमन स्वीकार्दैनौ : पाण्डे
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतलाई प्रतिगमनको बाटो नलिन स्पष्ट संकेत गरेका छन् । दुई दिन अगाडी पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहको प्रस्ताव गरेका थिए । यो प्रस्तावमा कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतले सही थापेका थिए… Continue reading कमल थापा, महेश बस्नेत, गोकुल बास्कोटा खुसी नभए हुन्छ, प्रतिगमन स्वीकार्दैनौ : पाण्डे
काठमाडौं महानगरपालिकामा ५० वर्ष माथिका सबैले आजबाट खोप लगाउन सक्ने
काठमाडौं । काठमाडौं महानगरपालिकामा ५० वर्ष उमेर भन्दा माथिका सबैले आजबाट कोराना भाइरस (कोभिड १९) विरुद्धको भेरोसेल खोप लगाउन पाउने भएका छन् । महानगरपालिकाले यसको जानकारी दिएको हो । महानगरपालिकाका अनुसार यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहले आज बिहीबारबाट खोप लगाउन पाउने छन् । महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि… Continue reading काठमाडौं महानगरपालिकामा ५० वर्ष माथिका सबैले आजबाट खोप लगाउन सक्ने
सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन
सिन्धुली । सिन्धुलीमा युद्ध संग्रहालय तयार भएको छ । दुई वर्ष अगाडी शुरु भएको संग्रहालय निर्माणको काम सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । राष्ट्रपति बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुलीगढी पुगिन । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । संग्रहालय छ हजार २७५… Continue reading सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन
चिनियाँ समकक्षीले देउवालाई दिए बधाई, मिलेर काम गर्न चाहेको सन्देश
काठमाडौं । चीनका प्रधानमन्त्री ली खछयाङले नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेका छन् । उनले चीन प्रधानमन्त्री देउवासँग मिलेर काम गर्न आतुर रहेको समेत बताएका छन्। प्रधानमन्त्री देउवालाई सरकारको नेतृत्व गरेकोमा बधाई सन्देश दिँदै चिनियाँ प्रधानमन्त्री लीले दुवै देशबीच रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने बताएको नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छिन्… Continue reading चिनियाँ समकक्षीले देउवालाई दिए बधाई, मिलेर काम गर्न चाहेको सन्देश
गुल्मीको मुसिकोटमा कर तिर्न सदरमुकाम हिँडेका व्यापारी चढेको जिप दुर्घटना, तीन जनाको मृत्यु
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा बुधबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर चार जनाको पाल्पामा उपचार जारी छ । बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४… Continue reading गुल्मीको मुसिकोटमा कर तिर्न सदरमुकाम हिँडेका व्यापारी चढेको जिप दुर्घटना, तीन जनाको मृत्यु
अष्ट्रेलियाको सिड्नीमा डेल्टा भेरियन्ट फैलियो, एक महिना थपियो लकडाउन
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा कोरोनाको डेल्टा भेरियन्टको महामारी फैलिएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै जाँदा सिड्नीमा अर्को एक महिनाका लागि लकडाउन थपिएको बीबीसीले जनाएको छ । जून महिनाको अन्त्यबाट घरमा नै बस्न मानिसहरुलाई आदेश दिइएको छ। यस वर्षको खराब महामारीले सिड्नीमा २,५०० व्यक्तिलाई सङ्क्रमित बनाइसकेको तथ्यांक आएको छ । सिड्नीको… Continue reading अष्ट्रेलियाको सिड्नीमा डेल्टा भेरियन्ट फैलियो, एक महिना थपियो लकडाउन
नेपालमा थप ३८४० जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३८४० जनामा संक्रमण पुष्टी भएको हो । काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा… Continue reading नेपालमा थप ३८४० जनामा कोरोना पुष्टी
दैनिक नयाँ रेकर्ड बनाउँदै नेपाली सेयर बजार
काठमाडौं । यस साता सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारमा होटल र फाइनान्स समूहको सेयरमा चमक आउँदा नेप्सले आज पनि नयाँ रेकर्ड बनाएको हो । आज नेप्सेले ३०९४ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०९० विन्दु माथि पुगेको पहिलो पटक हो ।… Continue reading दैनिक नयाँ रेकर्ड बनाउँदै नेपाली सेयर बजार
गौरिका सिंहको राष्ट्रिय कीर्तिमान,अर्को चरणमा पुग्ने सम्भावना सकियो
काठमाडौं । टोकियो ओलम्पिकबाट सबैभन्दा बढी आशा गरिएकी गौरिका सिंहले औसत प्रदर्शन गरेकी छिन् । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्। समग्रमा ५१ खेलाडी… Continue reading गौरिका सिंहको राष्ट्रिय कीर्तिमान,अर्को चरणमा पुग्ने सम्भावना सकियो
इजरायलमा एक हजार नेपालीलाई आकर्षक जागिर, कसरी जान सकिन्छ ?
काठमाडौं । इजरायलले एक हजार नेपाली नागरिकलाई कामदारका रुपमा माग गरेको छ । नेपाली श्रमिकले वैधानिक च्यानलबाट इजरायलमा रोजगारी पाउने छन् । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना निकाल्दै औपचारिक रुपमा इजरायलमा रोजगारीका लागि खुला भएको जानकारी गराएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर)को कामका लागि… Continue reading इजरायलमा एक हजार नेपालीलाई आकर्षक जागिर, कसरी जान सकिन्छ ?
सौराहामा जंगल सफारी खुला
चितवन । कोरोना भाइरसको महामारीका कारण रोकिएको सौराहाको जंगल सफारी खुला भएको छ । विगत तीन महिनादेखि सवारी साधन वा हात्तिमार्फत गरिने सफारी बन्द थियो । चितवनको सौराहाका सामुदायिक वनमा पर्यटकको घुमफिरको एक आकर्षण जंगल सफारी समेत हो । महामारीको दोस्रो लहर आएपछि १६ वैशाखबाट सफारी बन्द गरिएको थियो । मङ्गलबार सफारी सूचारु भएको चितवन… Continue reading सौराहामा जंगल सफारी खुला
१२ वर्ष भन्दा माथिका किशोर-किशोरीलाई लगाउन भाइजर खोप किन्दै नेपाल
काठमाडौं । नेपालले १२ वर्ष भन्दा माथिका किशोर किशोरीमा कोरोना विरुद्धको खोप दिने प्रयोजनका लागि भाइजर खोप किन्ने तयारी गरेको छ । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले नन डिस्क्लोजर अग्रीमेन्टमा हस्ताक्षर गरिसकेको बीबीसीले लेखेको छ । उसले स्वास्थ्य मन्त्रालयका सचिव लक्षण अर्याललाई यो विषयको पुष्टी गरेको छ । सरकारले… Continue reading १२ वर्ष भन्दा माथिका किशोर-किशोरीलाई लगाउन भाइजर खोप किन्दै नेपाल
१४० जना चढेको डबल डेकर बसलाई उत्तर प्रदेशमा ट्रकले ठक्कर दिँदा कम्तिमा १९ को मृत्यु
उत्तरप्रदेश । भारतको उत्तर प्रदेशमा एक भयानक सडक दुर्घटनामा कम्तिमा १९ जनाको ज्यान गएको छ । कुल १४० जना चढेको डबल डेकर बसलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर हिँदा यो दुर्घटना भएको हो । बसमा मजदूर सवार थिए । बस पन्जाबबाट बिहारका लागि छुटेको थियो । भारतीय संचारमाध्यमहरुका अनुसार बसको बाटो बिग्रिएर रोकिराखेको समयमा अकस्मात… Continue reading १४० जना चढेको डबल डेकर बसलाई उत्तर प्रदेशमा ट्रकले ठक्कर दिँदा कम्तिमा १९ को मृत्यु
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोनवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीच मंगलबार साँझ टेलिफोनमा करीव १० मिनेटसम्म वार्ता भएको छ । ब्लिन्केन अहिले भारतको भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छद् । उनले देउवालाई नयाँ दिल्लीबाटै फोन गरेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्केनबीच… Continue reading प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोनवार्ता, के भयो कुराकानी ?
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थशास्त्री पौडेल नियुक्त, अर्थविद्ले गरे निर्णयको स्वागत
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो बैठकले आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त भएका छन् । पौडेल कांग्रेस निकट हुन् । फुयाँल र लिम्बू भने माओवादी केन्द्रको सिफारिसमा आयोगमा सदस्य बनेका… Continue reading राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थशास्त्री पौडेल नियुक्त, अर्थविद्ले गरे निर्णयको स्वागत
ओलीसँग देउवा सरकारले लियो बदला, फेरिए दुई प्रदेशका प्रमुख
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका दुई प्रदेश प्रमुखले पुनः नियुक्ति पाएका छन् । यससँगै ओलीले नियुक्त गरेका प्रदेश प्रमुखहरुको भने जागिर गएको छ । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश… Continue reading ओलीसँग देउवा सरकारले लियो बदला, फेरिए दुई प्रदेशका प्रमुख
कांग्रेसमा थपिए चार लाख भन्दा बढी क्रियासिल सदस्य, अधिकांश युवा
काठमाडौं । नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थप भएका छन् । आसन्न १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएको नेपाली कांग्रेसले जनाएको छ । जसमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थप भएका हुन् । क्रियाशील सदस्यता छानविन समितिले मंगलबार… Continue reading कांग्रेसमा थपिए चार लाख भन्दा बढी क्रियासिल सदस्य, अधिकांश युवा
नेपालमा कोरोना संक्रमण बढ्यो, २४ घण्टामा ३४२१ जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५५ जनाको पीसीआर २७२६जनामा र ४८६३ जनाको एन्टिजेन परीक्षणमा ११७३ जना गरी ३८९९ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ ।… Continue reading नेपालमा कोरोना संक्रमण बढ्यो, २४ घण्टामा ३४२१ जना संक्रमित थपिए
टोकियो ओलम्पिक: हिट जित्दै नेपाली खेलाडी एलेक्सले राखे राष्ट्रिय कीर्तिमान
काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा एलेक्सले निर्धारित दुरी ५३।४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । एलेक्सको… Continue reading टोकियो ओलम्पिक: हिट जित्दै नेपाली खेलाडी एलेक्सले राखे राष्ट्रिय कीर्तिमान
पूर्व सभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरिदिएको हो। सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि… Continue reading पूर्व सभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ
हाइड्रो चम्किँदा नेपाली सेयर बजारले बनायो फेरि नयाँ कीर्तिमान
काठमाडौं । सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारमा हाइड्रोपावरको सेयरमा चमक आउँदा नेप्सले नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो । आज नेप्सेले ३०७९ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०७५ विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक ३०५८ विन्दुको रेकर्ड… Continue reading हाइड्रो चम्किँदा नेपाली सेयर बजारले बनायो फेरि नयाँ कीर्तिमान
रसुवाबासीले सम्झनुपर्ने अग्रज व्यक्तित्व; दावा फिन्जो तामाङ
सरस्वती न्यौपाने, रसुवा रसुवा जिल्लालाई विकास निर्माण,शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा अतुलनीय योगदान गरी जिल्लाको मुहार फेर्ने अग्रज व्यक्ति दावा फिन्जो तामाङ रसुवावासीले सम्झिरहनुपर्ने उदाहरणीय व्यक्ति हुन् । १९९४ साल असार १५ गते साविकको स्याफ्रु – ४ सानो भार्खु हाल गोसाईकुण्ड गाउँपालिका- ५ भार्खुमा बाबु डिनडुव वाङदी तामाङ(ब्लोन) तथा आमा निम ल्हेनजेन थोकरवाट जन्मिनु भएका उहाँ… Continue reading रसुवाबासीले सम्झनुपर्ने अग्रज व्यक्तित्व; दावा फिन्जो तामाङ
विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा इपीएल खेल्ने निश्चित
काठमाडौं । पाकिस्तानका विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता खेल्ने निश्चित भएको छ । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन् । आगामी असोजमा काठमाडौंको कीर्तिपुरमा आयोजना हुने इपीएलमा उनी काठमाडौं किंग्स ११ को तर्फबाट मैदानमा उत्रने छन् । असोजमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग आयोजना हुँदैछ ।… Continue reading विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा इपीएल खेल्ने निश्चित
बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित
सुदर्शन केसी (सान) । राजधानीको आसपासमा उचाईमा रहेका पर्यटकीय आकर्षणका केन्द्रहरु दुर्ब्यसनीको अखडा बन्न थालेसँगै स्थानीयमा त्रास बढेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक पर्यटकको रुपमा लागु औषध दुर्ब्यसनीको जमात बढन थालेसँगै स्थानीयमा त्रास बढेको हो । लागु औषध प्रयोगकर्ता, अनैतिक क्रियाकलाप र मादक पदार्थ सेवन गरि अनेक हर्कत देखाउने… Continue reading बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित
सन् २०२१ भित्र अमेरिकी सेनाले इराक छाड्ने बाइडेनको घोषणा
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकले सन् २०२१ को अन्त्यसम्ममा इराक छाडिसक्ने घोषणा गरेका छन् । तर, इराकको सेनालाई तालिम र सल्लाह दिन भने त्यहाँ अमेरिकी सेना रहने उनको भनाई छ । बीबीसीका अनुसार इराकी प्रधानमन्त्रीको वासिङ्टन भ्रमणका अवसरमा सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । इराकी प्रधानमन्त्री मुस्ताफा अल(खादिमीसँग… Continue reading सन् २०२१ भित्र अमेरिकी सेनाले इराक छाड्ने बाइडेनको घोषणा
अमेरिकाको युटामा भयानक सडक दुर्घटना, २२ गाडी ठोक्किँदा कम्तिमा ८ को मृत्यु
युटा । संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार भएको हो । दुर्घटनाको कारण भने मरुभूमीमा आएको आँधि मानिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार धुलो, बालुवाुसहितको आँधीले सडकमा अवरोध गरेको थियो । जसका कारण गाडीहरु एक आपसमा ठोक्किएका थिए । कानोस… Continue reading अमेरिकाको युटामा भयानक सडक दुर्घटना, २२ गाडी ठोक्किँदा कम्तिमा ८ को मृत्यु