शहीद स्मारक ए डिभिजन लीगको पुरस्कार राशी बढ्यो

File Photo : ANFA

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पुरस्कार राशी बढेको छ । अब विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यसअघि ए डिभिजन लिग विजेता क्लवको पुरस्कार राशी ५० लाख थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज आइतवार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने निर्णय गरेको हो । नयाँ सिजनको… Continue reading शहीद स्मारक ए डिभिजन लीगको पुरस्कार राशी बढ्यो

पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना पुष्टी, २०२० जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।… Continue reading पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना पुष्टी, २०२० जना संक्रमण मुक्त

कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

Reuters

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र नि:शुल्क दिन मन्त्रालयले आइतबार परिपत्र जारी गरेको हो । केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले उक्त निर्देशन दिएको हो । वैदेशिक रोजगारी तथा… Continue reading कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् । डुंगामा १० जना सवार थिए । पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली… Continue reading कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता

भुटानबाट आउने भयो ३ लाख डोज खोप

Reuters

काठमाडौं । भुटानले नेपाललाई कोरोना भाइरस विरुद्धको ३ लाख डोज खोप दिने भएको छ । नेपाली संचारमाध्यमले स्वास्थ्य मन्त्रालयका अधिकारीहरु उदृत गर्दै यसको पुष्टी गरेका छन् । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप नेपालले जेष्ठ नागरिकलाई एक डोज दिए पनि दोस्रो डोज दिन पाएको छैन । यो… Continue reading भुटानबाट आउने भयो ३ लाख डोज खोप

सहमतिका लागि भन्दै शनिबार रोकिएको एमाले स्थायी कमिटी बैठक आज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको निर्णायक भनिएको शनिबारको बैठक सहमतिको प्रयासका लागि भन्दै स्थगित भएको थियो । सो बैठक पुनः आज ३ बजे बस्ने गरि बोलाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको टकरावले पछिल्लो एक वर्षयता पार्टीमा आन्तरिक विवाद चुलिएको छ । एमाले ओली पक्षका केही नेता… Continue reading सहमतिका लागि भन्दै शनिबार रोकिएको एमाले स्थायी कमिटी बैठक आज

मेलम्चीमा पुनः भिषण बाढी, थप घरमा क्षति

मेलम्ची । बाढीले क्षतविक्षत पारेको सिन्धुपाल्चोकको मेलम्चीलाई पुनः बाढीले सताएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्चीमा गतरातीदेखि बाढी आउन थालेको हो । बाढीका कारण केही घर पुरिएका छन् । मानिसहरु भने सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन पाएन । तालामाराङस्थित प्रहरी चौकी समेत विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार १ असारमा… Continue reading मेलम्चीमा पुनः भिषण बाढी, थप घरमा क्षति

कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरपछि नेपालमा औसतः मृत्युदरमा कमी आएको छैन । देशभर उक्त संख्यामा मानिसहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३… Continue reading कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी

नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अकस्मात एक ट्वीट गरे । जसमा नेपाल समेत सम्बोधन भएको छ । उनले हिन्दी भाषामा भनेका छन्, ‘भूटान हो, नेपाल हो, मालदीव हो, मॉरीशस हो, हम सभी सिर्फ पड़ोसी ही नहीं हैं, बल्कि हमारी सोच और सामाजिक तानेबाने में भी बहुत समानता है। हम सभी सुख दुख के… Continue reading नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?

माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई देशद्रोहीको गम्भीर आरोप लगाएका छन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको भन्दै उनको एमालेमा अब कुनै ठाउँ नरहेको समेत बताए । वरिष्ठ नेता नेपाल पक्षले एमालेका अध्यक्ष ओलीको राजिनामा मागिरहेको समयमा उनको यस्तो उद्घोष आएको हो ।… Continue reading माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा संसदीय दलको नेता उपेन्द्र यादव चयन भएका छन्। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो। बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव दलको नेतामा चयन भएका हुन् । संसदीय दलको बैठकमा २२ जना सांसद उपस्थित थिए । २० जना प्रतिनिधिसभाका… Continue reading जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएका छन् । उनले प्रहरी र स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उनको निजी सचिवालयले… Continue reading दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन

निर्णायक भनिएको एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा विवाद टुंग्याउने प्रयोजनका लागि निर्णायक भनिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अपरान्ह ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ । बैठकमा केन्द्रीय विभागलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण मुख्य एजेण्डा रहेको एमालेले जनाएको छ… Continue reading निर्णायक भनिएको एमालेको स्थायी कमिटी बैठक बस्दै

चीनमा वुहानपछिकै खतरनाक तरिकाले कोरोना संक्रमण बढ्यो, नान्जिङ सहर बढी प्रभावित

बेइजिङ । विश्वकै सर्वाधिक धेरै जनसंख्या भएको मुलुक कोरोनाको उत्पत्ति भएको देश हो । तर, उसले निकै सावधानीका साथ महामारी नियन्त्रणमा राखेको थियो । कम क्षति र पर्याप्त सचेतनाका कारण विश्वका अन्य भेगको तुलनामा चीनको अर्थतन्त्र समेत कम प्रभावित बन्यो । तर, पछिल्लो दिनमा भाइरसको वितरण तिव्र हुँदा समेत चीनमा बढेको कोरोना संक्रमणले भने यहाँ… Continue reading चीनमा वुहानपछिकै खतरनाक तरिकाले कोरोना संक्रमण बढ्यो, नान्जिङ सहर बढी प्रभावित

मापसे गरि हेलमेट नलगाई बाइक कुदाई रहेका पारस शाहले प्रहरीलाई गरे दुर्व्यवहार

काठमाडौं । हेलमेट नलाई बाइक चलाइरहेका पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनको व्यापक आलोचना शुरु भएको छ । शुक्रबार राती महाराजगञ्जस्थित नारायणगोपाल चोकमा उनी चेकजाँचमा परेका थिए । ट्राफिक प्रहरीले रोकेपछि आक्रोसिनत बनेका उनले दुर्व्यवहार गरेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनले हेलमेट समेत नलगाएका कारण प्रहरीले समातेको थियो… Continue reading मापसे गरि हेलमेट नलगाई बाइक कुदाई रहेका पारस शाहले प्रहरीलाई गरे दुर्व्यवहार

जीपसहित कर्णालीमा हराइरहेका दम्पत्ति अझै वेपत्ता

कैलाली । शुक्रबार एकै परिवारका पाँच जना सवार रहेको जीप कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको थियो । सो क्रममा तीन जना छोराछोरी घाइते अवस्थामा उद्धार गरिएको छ भने दम्पत्ति नदीमा वेपत्ता भएका छन् । उनीहरुको खोजि कार्य जारी रहेपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरु सवार जीप भने… Continue reading जीपसहित कर्णालीमा हराइरहेका दम्पत्ति अझै वेपत्ता

मदन पुरस्कारका लागि ९ पुस्तक प्रारम्भिक सूचिमा छनोट

काठमाडौं । मदन पुरस्कारका लागि यो वर्ष ९ पुस्तक प्रारम्भिक सूचिमा छानिएका छन् । मदन पुरस्कार गुठीले हरेक वर्ष यो पुरस्कार प्रदान गर्छ । मदन पुरस्कार २०७७ का लागि संकलित दुई सय २२ पुस्तकमध्ये नौ पुस्तक प्रारम्भिक सूचीमा सूचीकृत भएका हुन् । सूचीमा परेका नौ पुस्तकमध्ये एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नित्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे,… Continue reading मदन पुरस्कारका लागि ९ पुस्तक प्रारम्भिक सूचिमा छनोट

चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार

काठमाडौं । सरकारले चीनबाट थप ६० लाख डोज खोप खरीद गर्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिद गर्न सम्झौता अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढेको… Continue reading चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार

विदेश जान भिसा लागेपछि काठमाडौं आउन लागेका युवा तुइनबाट झरेर वेपत्ता, भारतीय फौजले काटेको हो तुइन

File

दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को लापरवाहीका कारण दार्चुलामा एक नेपाली युवाको ज्यान गएको छ । तुइनबाट महाकाली नदी तरिरहेका ३० वर्षिय युजा जयसिंह धामी नदी पार नहुँदै तुइनको फलामे डोरी भारतीय सीमा सुरक्षा बलले निकालिदिंएपछि उनी नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । महाकालीमा खसेर उनी पौडिन नसकेपछि खोलाले बगाएको छ । घटना शुक्रबार… Continue reading विदेश जान भिसा लागेपछि काठमाडौं आउन लागेका युवा तुइनबाट झरेर वेपत्ता, भारतीय फौजले काटेको हो तुइन

नेपालमा ३६११ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ र ४८७८ एन्टिजेन परीक्षणमा ११४४ जना गरी ३६११ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।… Continue reading नेपालमा ३६११ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको मृत्यु

एमसीसी राष्ट्रका हितमा छैन्,सम्झौता नभई नुवाकोटमा जग्गा अधिग्रहण कसरी हुन्छ ?

काठमाडौं। नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अमेरिकी एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्मा पेश गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौताका विषयमा संसदले बुझ्न पाउनुपर्ने माग गरेका हुन्। एससीसीबारे सबैले थाहा पाउनु पर्ने उनको भनाइ थियो। यो राष्ट्रका हितमा नभएको उनको जिकिर थियो। रावलले भने, ‘एमसीसीका विषयमा जनप्रतिनिधिले गम्भीर… Continue reading एमसीसी राष्ट्रका हितमा छैन्,सम्झौता नभई नुवाकोटमा जग्गा अधिग्रहण कसरी हुन्छ ?

चार पूर्वमाओवादी नेताको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित गरिएको हो। शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए।सर्वोच्च अदालत नियमावली-२०७४ मा मुद्दाको पक्ष… Continue reading चार पूर्वमाओवादी नेताको मुद्दाको सुनुवाइ स्थगित

फास्ट ट्रयाकमा काम गर्न चिनियाँ प्राविधिक टोली नेपाल आयो

File

काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गको पहिलो प्याकेज अन्तर्गत पर्ने सुरुङमार्ग र पक्की पुलको डिजाइन बनाउन चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आएको छ । द्रुतमार्ग अन्तर्गत महादेवडाँडामा तीन किलोमिटरभन्दा लामो सुरुङमार्ग बन्ने छ । साथै पक्की पुल निर्माणको ठेक्का पाएको चीनको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका २३ जना प्राविधिक नेपाल आइपुगेका हुन् ।… Continue reading फास्ट ट्रयाकमा काम गर्न चिनियाँ प्राविधिक टोली नेपाल आयो

ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन सहभागितामै सिमित

काठमाडौं । जापानमा राजधानी टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन औसतः मात्र रह्यो । शुक्रबार बिहान नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी मैदानमा उत्रिइन् । तर, उनी समेत प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् । शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं स्थानमा रहेर दौड पुरा गरिन्… Continue reading ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन सहभागितामै सिमित

जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने व्यक्तिलाई १ सय अमेरिकी डलर दिने घोषणा गरेका छन् । अमेरिकामा पछिल्लो दिनमो कोरोनाको सङ्क्रमण बढिरहेको छ । तर, जनताले खोप लगाउन मानेका छैनन् । संक्रमण खोप नलगाएका मानिसमा तिब्र रुपमा बढेको छ । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति… Continue reading जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा

अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प

अलास्का । अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ । ८.२ रेक्टर स्केलको यो भूकम्प पछिल्लो ५० वर्षयताकै शक्तिशाली मानिएको छ । अलास्काको समुद्री क्षेत्रमा गएको भूकम्पको क्षतिको विवरण भने संकलनको क्रममा रहेको बताइएको छ । सीएनएनका अनुसार अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको छ । यसअघि यहाँ सन्… Continue reading अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प

कांग्रेसको क्रियासिल सदस्यता विवाद पाँच दिन भित्र मिलाउन शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुङ्ग्याउन शीर्ष नेतालाई जिम्मेवारी तोकेको छ । बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै यस्तो निर्णय लिएको हो । क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुङ्ग्याउन नसकेको विषयलाई अब पार्टीका शीर्ष नेताले टुंगो लगाउने छन् । यस्तो काम पाँच… Continue reading कांग्रेसको क्रियासिल सदस्यता विवाद पाँच दिन भित्र मिलाउन शीर्ष नेतालाई जिम्मेवारी

चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि

File

काठमाडौं । चीनले परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपणमा आफ्नो क्षमता बढाइरहेको अमेरिकाले दावि गरेको छ । अमेरिकी वैज्ञानिकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यस्तो जनाएका छन् । भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको बीबीसीले लेखेको छ । अमेरिकी रक्षा… Continue reading चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि

पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २३३५ र ४७८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ४४२ पुगेको छ ।… Continue reading पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको मृत्यु

सांसद पुनर्बहालीको माग गर्दै एमालेका नेताले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । सांसद पुनर्बहालीको माग गर्दै माओवादीका चार पूर्वसांसदले दिएको निवेदन ‘हेर्न नभ्याइने’मा राखिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो। नेकपा ९एमाले० प्रवेश गर्दा कारबाहीमा परेका माओवादीका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए। आफूहरू माओवादीमै रहेको जिकिर… Continue reading सांसद पुनर्बहालीको माग गर्दै एमालेका नेताले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा