Category: फिचर

  • नेपालमा थप ६३९ जनामा कोरोना पुष्टी, १६०० जना संक्रमण मुक्त

    नेपालमा थप ६३९ जनामा कोरोना पुष्टी, १६०० जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ जना र २९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७४ हजार ४९३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १६०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ ।

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित

    काठमाडौं । पाँच दलीय गठबन्धनमा तीव्र मतभेदले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजाने विषयमा निर्णय नहुँदा त्यसको प्रभाव शेयर बजारमा परेको छ ।

    बुधवार संसदमा टेबल हुने हल्लाले उच्च अंकले बढेको नेप्से बुधवार भने दोहोरो अंकले घटेको छ ।

    एमसीसी संसदमा लैजाने भएपछि जलविद्युत समूहमा लगानीकर्ता आर्कर्षित भएका थिए ।

    साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बु्धवार २३१ कम्पनीको ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये ११ वटाको परिसूचक हरियो भएको छ भने २ वटाको घटेको छ । मंगलवारको तुलनामा कारोबार रकममा भने घटेको छ । त्यसदिन ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज गुँरास लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सामान्य वृद्धि भएको छ । बुद्धभूमी नेपाल हाइड्रोपावरको र मैलुङ खोला जलविद्युतको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

    यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । मैलुङ खोला ५ प्रतिशत, सिंगटी हाइड्रो ४.६९, सीईडीबी हाइड्रोपावर ४.०३, शिवश्री हाइड्रोपावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनाइटेड मोदी, राधी जलविद्युत् र वरुण हाइड्रोपावरको मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेशनल हाइड्रोका १७ करोड ७८ लाख र तेस्रो अरुण भ्यालीको १६ करोड र नेपाल दूरसञ्चार कम्पनीको १४ करोडको कारोबार भएको छ ।

  • एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, चैत ७ र ८ मा चुनाव

    एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, चैत ७ र ८ मा चुनाव

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनावी कार्यतालिका सार्वजनिक भएको छ ।

    संघले बुधबार चुनावी कार्यक्रम सार्वजनिक गरेको हो । आगामी चैत ७ र ८ मा हुने चुनावको कार्यतालिका सार्वजनिक भएको हो ।

    कार्यतालिकाअनुसार फेब्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ मा मतदाता नामावलीमा दाबी विरोध र मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

    यस्तै मार्च ४ र ५ मा उम्मेद्वारको मनोनय दर्ता, मार्च ६ मा उम्मेदवारको नामावली प्रकाशन, मार्च ६ र ७ सम्म उम्मेदवारमाथि दाबी विरोध, ८ मार्चमा दाबी विरोधमाथि निर्णय, ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन र ११ मार्चमा उम्मेदवारी फिर्ताको कार्यतालिका छ ।

    यस्तै १२ मार्चमा मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मार्च २१ देखि २२ मा मतदान गर्ने र त्यसपछि मतगणना र नतिजा सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ ।

    फेव्रुअरी १४ मा अध्यक्ष पन्तले ३६३४ जना मतदाता नामावलीको सूची निर्वाचन समिति संयोजक बञ्जारालाई बुझाएका थिए ।

    एनआरएनएको इतिहासमै पहिलोपटक विद्युतीय मतदान प्रणालीबाट यसपटकको चुनाव हुँदैछ । निर्वाचन समितिले इ–भोटिङको पूर्वतयारी सम्पन्न भैसकेको जनाएको छ ।

  • देउवा–प्रचण्डबीच गठबन्धनका शीर्ष नेताको बैठक बोलाउने सहमति, आज एमसीसी टेबल नगर्ने

    देउवा–प्रचण्डबीच गठबन्धनका शीर्ष नेताको बैठक बोलाउने सहमति, आज एमसीसी टेबल नगर्ने

    काठमाडौं । बुधवारको लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल नहुने भएको छ ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप निर्णयविना एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।

    माओवादी केन्द्रको संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

    सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने कुरा बताएपछि देउवा ब्याक भएका हुन्।

    एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् ।

    प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। दुई नेताबीचको छलफलबाट भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बालाइएको छ ।

  • एमसीसीको विपक्षमा उभियो माओवादी, सहमतिविना टेबल भए सरकार छाड्ने चेतावनी

    एमसीसीको विपक्षमा उभियो माओवादी, सहमतिविना टेबल भए सरकार छाड्ने चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    संसदीय दलको बैठकले संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्।

    उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारे।

    ‘संसदमा एमसीसी टेबल भए विपक्षमा उभिने निर्णय भएको छ’, प्रमुख सचेतक गुरुङले भने, ‘जबरजस्ती गरे सरकार छोड्ने निर्णय भएको छ।’

    माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले ‘नेकपा माओवादीको संसदीय दलको बैठक सकियो, संसद सुचारू नहुँदासम्म र सहमति नबन्दासम्म MCC टेबल गर्न नसकिने निष्कर्ष,’ फेसबूकमा लेखेकी छन् ।

  • चर्चित भारतीय संगित निर्देशक बप्पी लहरीको निधन

    चर्चित भारतीय संगित निर्देशक बप्पी लहरीको निधन

    मुम्बई । हिन्दी फिल्ममा डिस्को संगितलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ संगित निर्देशक बप्पी लहरीको निधन भएको छ । उनको मुम्बईस्थित क्रिटी केयर अस्पतालमा गत राती ११ बजे निधन भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार ६९ वर्षिय लहरीले १९७० देखि ८० को दशकमा हिन्दी संगितको माहोल नै परिवर्तन गराइदिएका थिए ।

    उनले डिस्को डान्सर तथा शराबी जस्ता फिल्ममा लोकप्रिय स्वरका साथ गित गाएका थिए । उनले अन्तिम गित फिल्म बागी ३ का लागि सन् २०२० मा गाएका थिए । उनको जन्म २७ नोभेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको हो । आफ्ना पिता समेत गायक भएका कारण उनलाई संगितमा आउन सहज भएको थियो ।

  • एमसीसी टेबुल गर्ने निर्णयको विरोधमा नेपाल बन्द आह्वान, प्रभाव सामान्य

    एमसीसी टेबुल गर्ने निर्णयको विरोधमा नेपाल बन्द आह्वान, प्रभाव सामान्य

    काठमाडौं । बुधबार सरकारले संसदमा एमसीसी टेबुल गर्ने सम्भावना छ । यस दिनको विरोधमा विभिन्न कम्यूनिष्ट घटकहरुले नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको आह्वान गरेसँगै गृह मन्त्रालयले समेत काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा सुरक्षा सतर्कता बढाएको बताएको छ । अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा ६ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् ।

    मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी), नेत्रविक्रम चन्द )विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको हो। बन्दको प्रभाव काठमाडौं उपत्यकामा भने त्यति परेन । लामो दूरीका सवारी साधन भने प्रभावित भएका छन् ।

  • स्वस्थानी व्रतको आज अन्तिम दिन

    स्वस्थानी व्रतको आज अन्तिम दिन

    काठमाडौं । स्वस्थानी व्रतको आज अन्तिम दिन समापन गरिदैंछ । हिन्दु धर्मावलम्बीले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुनेछ । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

    परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए । माधवनारायणको व्रत बसेका व्रतालुले पनि बुधबार नै व्रत समापन गर्दैछन् । व्रत समापनमा सहभागी हुन साँखु र त्यस वरपरको क्षेत्रका बासिन्दालाई निम्तो गरिएको छ ।

    बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने शंख बजाएर व्रत समापनको निम्ता गर्ने प्राचीनकालदेखिको विधि छ । व्रत समापनलाई स्थानीयले अश्वमेध यज्ञ गर्ने पनि भन्छन् । साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ व्रत बसेका छन् । माघ महिनामा स्वस्थानी र माधवनारायणको व्रत गरेमा मनोकांक्षा पूरा हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

    सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूणिर्माका दिन व्रतालुले व्रत समापन गरेको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा छ ।

  • आज प्रतिनिधिसभाको बैठक, एमसीसी पेश गर्ने तयारी

    आज प्रतिनिधिसभाको बैठक, एमसीसी पेश गर्ने तयारी

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारका लागि बोलाइएको छ । दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सत्तँरुढ दलहरुबीच बुधबार नै अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने सहमति जुटेको छ । नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव राखेका छन् । यसमा पास गर्ने दिन आफुहरु अनुपस्थित हुने शर्तमा माओवादी र समाजवादीले समेत सहमति गरेको बुझिएको छ ।

    यस्तो अवस्थामा गठबन्धन कायम रही एमसीसी पास गर्न एमालेको भूमिका निर्णायक हुनेछ । मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको हो । एमसीसी अनुमोदन भने कहिले हुने निश्चित छैन । अमेरिकाले एमसीसीबारे छिटो टुंगोमा पुग्न भनेको छ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन ।

  • रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

    रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

    काठमाडौं । नेपाली साहित्वमा ताना शर्मा नामबाट परिचित तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान निधन भएको हो । इलाममा जन्मिएका उनी काठमाडौंमा सक्रिय रहे । काठमाडौँस्थित उनको निजी निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए । लेखन कृतिमा उनको योगदान ठूलो छ । प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं १९९१ असार ९ मा भएको हो । अङ्ग्रेजी साहित्यमा एमए र भाषा विज्ञानमा विद्यावारिधि गरेका उनी मदन पुरस्कार, साझा पुरस्कार लगायतबाट सम्मानित छन् ।

    उनको ‘बेलाइततिर बरालिँदा’ नामक कृतिले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । ‘सम र समका कृति’ ले २०२९ सालमा साझा पुरस्कार पाएको हो । विसं २०२३ मा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत उनले पाए । यनले २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा निबन्ध लेखन थालेका थिए ।

    अध्ययनका सिलसिलामा भारतको खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकालेका उनले ‘हिमध्वनि’ पत्रिकाको सम्पादकसमेत रहेर काम गरेका थिए । प्रकाशित मध्ये उनको अन्तिम कृति ‘चरी भरर’ निबन्ध सङ्ग्र्रह हो ।

  • पोखराबाट धनगढी र जनकपुरमा हुने भयो सिधा उडान

    पोखराबाट धनगढी र जनकपुरमा हुने भयो सिधा उडान

    काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढी सिधा हवाई उडान हुने भएको छ । बुद्ध एयरले सिधा उडानको घोषणा गरेको हो । कम्पनीका नुसार आगामी १७ फागुनबाट यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने आइतबार, बुधबार र शुक्रबार उडान हुने गरी तोकिएको छ । पछिल्लो समय बुद्धले क्षेत्रीय उडानलाई प्राथमिकता दिएको छ । पोखराबाट साढे ११ बजे उड्ने जहाज धनगढीबाट भने १२ः४० मा पोखराका लागि उड्ने छ । बुद्धले अहिले पोखराबाट सिमरा, नेपालगञ्ज, भैरहवामा सिधा उडान गरिरहेको छ ।

  • ज्ञानेन्द्र शाहीको समूह राप्रपामा प्रवेश गर्ने

    ज्ञानेन्द्र शाहीको समूह राप्रपामा प्रवेश गर्ने

    काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने प्रस्ताव अनुमोदन गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन ६ गते राप्रपा र शाही नेतृत्वको अभियानबीच एकता घोषणा हुने भएको छ ।

    राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्न महामन्त्री डा। धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । सो वार्ता समितिले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्न प्रस्ताव गरेको थियो । आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाही विवादित पात्र हुन् ।

  • एमसीसी पास हुने चर्चाले नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक

    एमसीसी पास हुने चर्चाले नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक

    काठमाडौं । साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

    कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर किनबेच भएका छन् ।

    सोमवारको तुलनामा कारोबार रकममा भने घटेको छ । त्यसदिन ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ बराबरकोरुपैयाँ कारोबार भएको थियो ।

    कारोबारमा आएका १३ समूहका परिसूचक हरियो भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ १४ , होटल तथा पर्यटन ४९, निर्जीवन बीमा १८५, माइक्रोफाइनान्स १४५, जलविद्युत १३८ अंकले बढेको छ ।

    विकास बैंक १२७, फाइनान्स ६५, उत्पादन समूह ३७ र लगानी समूह ३ अंकले बढेको छ । अन्य उपसमूह ७५ अंकले बढेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ ।

    त्यसैगरी, नारायणी विकास बैंक, राधी जलविद्युत्, जीवन विकास लघुवित्त, विजय लघुवित्त, घलेम्दी हाइड्रो, रुरु जलविद्युत्, नेरुडे लघुवित्त र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    त्यस्तै, आज एनआइसी एसिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको आज २२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेशनल हाइड्रोका १८ करोड ५३ लाख र तेस्रो नेपाल दूरसञ्चार कम्पनीको १८ करोड २३ लाखको कारोबार भएको छ ।

  • संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

    संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पेश गर्ने निर्णय गरेको छ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकले एमसीसी संसद्‌मा पेश गर्ने निर्णय गरेको हो ।

    गठबन्धनमा रहेका अन्य दलहरुले पनि एमसीसीलाई सकारात्मक रुपमा लिँदै संसदबाट अनुमोदन गराउन सहयोग गर्नुपर्ने कांग्रेसको ठहर छ ।

    पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए ।

    उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप समेत लगाए। नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरु बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए।

    एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानून अनुसार सम्झौता गरिएको उनको भनाइ छ।

    उनले बीआरआई र इण्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताए । एमसीसी सहयोग कुनै पनि मुलुकको हितविपरित नभएको दाबीसमेत उनले गरे।

  • हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर

    हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर

    काठमाडौं । कोरोनाविरुद्ध खोपको हराएको भनिएको २४ लाख मात्रा खोप विवरण अध्यावधिक नगरेको पाइएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बुझाएको प्रतिवेदनले उक्त ठहर गरेको हो ।

    प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक गर्न छुटाएको, खोप लिएर पनि स्वघोषणा गर्नुपर्ने व्यक्तिहरूले विवरण नटिपाएको, खोप भन्डारणमा पनि समस्या देखिएकोलगायत उल्लेख छ । सोही कारणले तथ्यांक हराएको रिपोर्टमा उल्लेख गरिएको स्रोतले जनाएको छ ।

    प्रतिवेदनमा कति खोप खेर गयो, कति खोपको म्याद गुज्रिएर फालियो, कति खोप लगाइयो र कति खोप मौज्दात छ भन्ने विवरण समेत आएको बताइएको छ।

    सरकारले डा गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो।

    समितिमा डा. गुणनिधि शर्मा, डा. अभियान गौतम, यशोदा अर्याल र अनिल थापा थिए।

  • भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा नियमित उडान प्रभावित हुने

    भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा नियमित उडान प्रभावित हुने

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० दिन परीक्षण उडान (क्यालिब्रेसन उडान) हुने भएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ गते सम्म परीक्षण उडान हुन लागेको हो ।

    नागरिक उड्डयन प्रधिकरणले मंगलवार एक सूचना जारी गर्दै परीक्षण उडानको समयमा नियमित उडान प्रभावित हुने जनाएको छ ।

    क्यालिब्रेसन फ्लाइट विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने विधि हो।

    यो उडानले विमानस्थलमा जडान भएका उपकरणहरु उपयुक्त छ/छैन भन्ने परीक्षण गर्नेछ । यो आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) ले पाएको छ ।

    उक्त कम्पनीले क्यालिब्रेसन फ्लाइटको जिम्मा समेत लिएको हो । एरोथाई कम्पनीले क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम चरणका काम गरिरहेको छ ।

    यसका लागि पाँच/सात सिट भएको विमानले विमानस्थललाई केन्द्रित गरी उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसन लगायतका सूचना ठीक छ छैन भनी परीक्षण गरिन्छ।

    क्यालिब्रेसन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अरू जहाजको उडान र अवतरण सुरू गरिन्छ।

    बुद्ध जन्मस्थल लुम्बिनीसँगै जोडिएर निर्माण भइरहेको गौतमबुद्ध विमानस्थललाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको थियो ।

    २०७४ साल पुस मसान्तभित्रै निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरू गरिएको रूपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ५ वर्ष ढिलो गरी सम्पन्न भएको हो।

    २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गरेका थिए ।

  • बुटवलमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    बुटवलमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा परेको हो । सो क्रममा चालक घाइते छन् भने पछाडी बसेका दुई जनाको मृत्यु भएको हो । घाइतेको अवस्था समेत गम्भीर छ । लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बिहान चार बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको हो । दुबै जनाको उपचारका क्रममा बुटवलक्ँे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जाँनकारी गराएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको उपचार जारी छ ।

  • लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

    लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

    काठमाडौं । लगातार दुई खेल हारेको नेपालको आइसीसी टी २० वरियता एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी २० वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नेपाल १३ औं स्थानमा आएको छ । यसअघि १२ औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी २० सिरिजमा तीन खेलमध्ये एक खेलमा मात्र नेपाल विजयी भएको छ ।

    दुई खेल हारेको छ । नेपालले पहिलो खेलमा ओमानलाई हराए पनि यूएई र आयरल्याण्डसँग भने हार्यो । एसोसिएटबाट सबैभन्दा अगाडि रहेको युएईले १८७ रेटिङ पाएको छ। नेपालले १८६ पाएको छ । १४ औं स्थानमा रहेको स्कटल्याण्डले १८५ रेटिङ पाएको छ । १५औं स्थानमा आयरल्याण्डले १८४ रेटिङसहित छ । ओमान १८औं स्थानमा छ। नेपालले शुक्रबारदेखि ओमानमा टी-२० विश्वकप छनोट खेल्दैछ ।

  • एमसीसीबारे नेपाली नेताहरुलाई नधम्काएको अमेरिकी राजदूतको स्पष्टिकरण

    एमसीसीबारे नेपाली नेताहरुलाई नधम्काएको अमेरिकी राजदूतको स्पष्टिकरण

    काठमाडौं । एमसीसीको विषयमा अघिल्लो साता अमेरिकी मन्त्रीले नेपाली नेताहरुलाई धम्की दिएको खबर सार्वजनिक भएको थियो । यो खबरलाई नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले खण्डन गरेका छन् । उनले अमेरिकाले नेपालका नेताहरूलाई कुनै किसिमको धम्की नदिएको स्पष्टिकरण दिएका हुन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै राजदूत बेरीले एमसिसी परियोजना संसदबाट पारित नभए दुई देशको सम्बन्ध पुनरावलोकन हुने धम्की आएको भन्ने खबर झुट रहेको दावि गरे ।

    अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लाई फोन गरी एमसिसीबारे कुराकानी भने गरेका थिए । सो क्रममा उनले नेताहरुलाई धम्क्याएको खबर बाहिरिएको थियो । राजदूत बेरीका अनुसार टेलिफोन कुराकानीमा सहायक विदेशमन्त्री लुले नेपाली नेताहरूले गरेको प्रतिवद्धता पूरा गर्न सम्झाएको मात्र बताए । राजदूत बेरीले नेपाल र अमेरिकाको सम्बन्ध निकै फराकिलो भएकाले एउटा सम्झौताले मात्रै त्यो निर्धारण नहुने उल्लेख गरे ।

  • कांग्रेसको संसदीय दलको बैठक आज, महाअभियोग प्रस्तावबारे छलफल हुने

    कांग्रेसको संसदीय दलको बैठक आज, महाअभियोग प्रस्तावबारे छलफल हुने

    काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । बिहान ९ बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ । कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । सो प्रस्तावबारे आज छलफल हुने भएको छ ।

    प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरूद्ध सत्तारूढ गठबन्धनले महाअभियोग प्रस्ताव बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले काउन्टरमा केही न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरिरहेको सन्दर्भमा आंकग्रेसको बैठकलाई चासोका साथ हेरिएको हो ।

  • सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

    सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

    काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन्।

    चारदेशीय शृंखलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् ।

    यो सँगै नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर बनेका छन्।

    ओमानमा जारी टी-२० सिरिजमा उनले आयरल्यान्डका जर्ज डकरेललाई २८ रनमा आउट गरेका हुन्।

    उनले समग्र टी-२० मा भने ११८ खेलमा १५५ विकेट लिइसकेका छन्। उनी नेपालका लागि टी-२० मा सय विकेट पूरा गर्ने पहिलो खेलाडी हुन्।

    सन्दीप नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्। एकदिवशीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिइसकेका छन् ।

    सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिजविरुद्ध सन्दीपले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

  • नेपालमा थप ७४७ जनामा कोरोना पुष्टी,२३१९ जना संक्रमण मुक्त

    नेपालमा थप ७४७ जनामा कोरोना पुष्टी,२३१९ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको
    छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जना र २४१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७३ हजार ५४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३१९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४० हजार ९०२ पुगेको छ । संक्रिय संक्रमितको संख्या २० हजार ७३९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ८ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ ।

  • धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छनोट, को-को परे ?

    धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छनोट, को-को परे ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिसमा परेको छ ।

    नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले उत्कृष्ट ५ बाट ३ जना अध्यक्ष छनोटका लागि सिफारिस गरेको हो ।

    अब मन्त्रीपरिषद बैठकले ती तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । सिफारिस गरिएका नामहरुमा गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल छन् ।

    छनोट भएका ५ जनामध्येबाट समितिले निरज गिरी र खगेन्द्र कटुवालको छनोटमा परेन् । उत्कृष्ठ ५ जनाको आइतबार प्रस्तुति थियो ।

    उनीहरूले दिएको प्रस्तुतिमध्ये सबैभन्दा कमजोर प्रस्तुति खगेन्द्र कटुवालको रहेको स्रोतको दाबी छ । बोर्डको अध्यक्षमा हमालको पल्ला भारी देखिने सम्भावना रहेको स्रोतको दाबी छ ।

    हमालले दिएको प्रस्तुति अन्यको तुलनामा बढी देखिएको र उनलाईलाई अर्थमन्त्री जनार्दन शर्माको साथ रहेको बताइएको छ ।

    सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेल छन् । सदस्यमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ भुसाल छन् ।

    यसअघि छनोट समितिले १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको थियो ।

    अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो । पहिलो सिफारिस समितिको गठन प्रक्रियामै प्रश्न उठेपछि सरकारले दोस्रो पटक समिति गठन गरेको थियो ।

    गत कात्तिक ११ गते अध्यक्षका लागि पहिलोपटक दरखास्त माग गरेको मन्त्रालयले दुई महिनापछि फेरि नयाँ विज्ञापन खुलाएको थियो ।

    बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।

    धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

  • चार न्यायाधीशविरुद्ध तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमालेको निर्णय

    चार न्यायाधीशविरुद्ध तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले तत्काल सर्वोच्चका ४ न्यायाधीश विरुद्ध महाभियोग अघि नबढाउने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको वैठकले उक्त निर्णय गरेको हो ।

    अध्यक्ष केपी शर्मा ओलीले महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा होइन, सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताए ।

    ओलीले परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सत्ता गठबन्धन कसरी प्रस्तुत हुन्छ, त्यस आधारमा निर्णय गर्ने बताएका छन्।

    आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । छापामार शैलीमा उक्त प्रस्ताव आएकाे भाेलिपल्टै बसेको एमाले संसदीय दलको बैठकले वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै यसबारे निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

    बैठकबारे जानकारी गराउँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यसको म्याण्डेट उच्च तहका नेताहरूलाई दिएको जानकारी दिए । ‘एमालेले चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर समाचारहरु आए, यो पूर्वअनुमान मात्रै थियो । हतारमा निर्णय गरिनुहुँदैन । वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै निर्णय गर्छौ,’ उनले भने ।

    त्यस्तै अर्को विषय अमेरिकी सहायता परियोजना (एमसीसी) बारे पहिले सत्ता पक्षको धारणा आउनुपर्ने पुरानै अडान दोहोर्‍याएको छ । ‘जबसम्म उहाँहरू एउटै धारणका साथ आउनहुन्न तबसम्म एमाले पर्ख र हेरको नीतिमा उभिएको छ,’ उनले भने, ‘आवश्यक परेका बेला एमालेले आवश्यक निर्णय लिन्छ ।’

    बैठकमा आफ्ना धारणा राखेका मध्ये भीम रावल, घनश्याम भुसाललगायतले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नहुने बताएका थिए । अन्य सांसदहरूको पनि यी दुई विषयमा पार्टीको ठोस धाराणा आउनुपर्ने सुझाव थियो ।

  • शेयर बजार स्थिर, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

    शेयर बजार स्थिर, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

    काठमाडौं । शेयर बजार स्थिर देखिएको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)०.०८ अंकले बढेर २९००.९८ विन्दुमा पुगेको छ ।

    साताको कारोबारको पहिलोदिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार २२७ कम्पनीको ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ बराबरको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर किनबेच भएका छन् ।

    आइतवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    सोमवार कारोबारमा आएका १३ समूहका परिसूचक मध्ये ५ राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै ०.६५ प्रतिशतले बढेको छ भने व्यापार समूह १.३४ प्रतिशतले घटेको छ ।

    ७ हरियो र १ स्थिर रहेको छ । बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

    त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स ४.७२, नेशनल हाइड्रो ४.२८, किसान लघुवित्त ३.६०, नेपाल हाइड्रो डेभलपर ३.५५, कालिका लघुवित्त, सप्तकोशी विकास बैंक, ङादी ग्रुप, माउन्टेन हाइड्रो र वरुण हाइड्रोपावरको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपवारको भएको छ । यस कम्पनीको ५४ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेपाल दूरसञ्चार कम्पनीको १७ करोडको कारोबार भएको छ । अरुण भ्यालीको १५ करोडको कारोबार भएको छ ।

    मैलुङ खोला जलविद्युत्का शेयरधनीले भने सबैभन्दा धेरै ३.८५ प्रतिशत गुमाएका छन् ।

  • युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

    युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

    काठमाडौं । युक्रेनले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको छ। युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन्। बीबीसीका अनुसार विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई अर्को कदम बताउँदै त्यसमा रुसी योजनाको पारदर्शिता खोजिएको बताएका हुन् ।

    युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको बताइएको छ। उक्त सम्झौतालाई एउटा युरोपेली अन्तरसरकारी सुरक्षा सङ्गठन ओएससीईले स्वीकारेको छ, जसमा रुस समेत सदस्य रहेको छ । युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले हमलाको योजनालाई अस्वीकार गर्दै आएको छ।

    तर केही पश्चिमा देशले रुसले हमलाको तयारी गरिरहेको आरोप लगाएका छन्। अमेरिकाले मस्कोले जुनकुनै बेला हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ। एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन्।

  • आज एमालको संसदीय दलको बैठक, संसदमा महाअभियोगको प्रतिवाद गर्ने तयारी

    आज एमालको संसदीय दलको बैठक, संसदमा महाअभियोगको प्रतिवाद गर्ने तयारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध सत्तारूढ दलले ल्याएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने सम्बन्धमा महत्त्वपूर्ण निर्णय गर्ने भएको छ । आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले संसदीय दलको बैठकले यसबारे महत्त्वपूर्ण निर्णय लिने बताएका थिए । सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । प्रतिवादको स्वरुप के हुने भन्नेबारे संसदीय दलको बैठकले निर्णय गर्नेछ ।

  • सभामुखले बोलाएको सर्वदलीय बैठक आज

    सभामुखले बोलाएको सर्वदलीय बैठक आज

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ । सभामुख सापकोटाले दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

    बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । संसदमा नेकपा एमालेको अवरोध कायम रहेको छ । संसदमा एमसीसी लैजाने विषयमा समेत छलफल हुने भएको छ ।

  • चार देशीय टी-२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै

    चार देशीय टी-२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै

    काठमाडौं । ओमानमा जारी चार देशीय टी २० सिरिजमा आज नेपाल र आयरल्याण्ड भिड्ने भएका छन् । यो नेपालको तेस्रो तथा अन्तिम खेल हो । खेल मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुने कार्यक्रम छ । ओमानमा १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप सिरिज भइरहेको छ ।

    यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
    नेपालले आयरल्याण्डसँग यसअघि दुई टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको इतिहास छ ।

  • हिउँ खेल्दा वेपत्ता भएका दुई किशोर मृत फेला

    हिउँ खेल्दा वेपत्ता भएका दुई किशोर मृत फेला

    काठमाडौं । गोरखामा हिउँ खेल्ने क्रममा वेपत्ता भएका बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार उनीहरूको शव फेला परेको प्रहरीको भनाई छ । हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका १ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट २ का करण घले लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरू सम्पर्कविहीन थिए ।

    २३ गते आफन्तले खोजी कार्यका लागी भन्दै प्रहरीमा निवदेन दिएपछि स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । आइतबार साँझ करिब पाँच बजे उनीहरू मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ । ‘घटनाको प्रकृति हेर्दा हिउँ खेल्ने क्रममा उनीहरु चिप्लिएर खोचमा पुगेको र माथि आउन नसकेर त्यही मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।