Category: फिचर

  • यूएईसँग हारेसँगै नेपालको विश्वकप यात्रा समाप्त

    यूएईसँग हारेसँगै नेपालको विश्वकप यात्रा समाप्त

    काठमाडौं । नेपालले टी–२० विश्वकप खेल्ने सूनौलो अवसर गुमाएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले हार्न पुग्यो । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन । युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटियो । ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल युएईसँग भने कमजोर देखियो ।

    नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेयता पुनः विश्वकपमा छनोट हुने अवसर यस पटक थियो । मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्डले विश्वकपको टिकट पक्का गरेको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८.३ ओभरमा १०९ रनमा अलआउट भयो ।

    ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्ड पुगेका छन् । १७६ रनको लक्ष्य पछ्याउँदा पहिलो ओभरमै युएईका जुनैद सिद्धिकीले ओपनर आसिफ शेख र तेस्रो नम्बरमा आएका लोकेश बमलाई आउट गरेपछि नेपाल दवावमा आयो । त्यसपछि सम्हालिनै सकेन ।

  • नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि

    नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो ।

    त्यस अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

    गत आवको सोही अवधिमा नेपालको ७ अर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

    तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलकमा हुने निर्यात ४२.७८ प्रतिशतले बढेको छ ।

    गत पुससम्म ९५.४८ प्रतिशतले आयात बढेकोमा माघ महिनामा आयात घटेको हो ।

    यस्तै, नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ ।

    तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड बराबरको थियो ।

    त्यस अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख वरावरको वस्तु आयात भएको छ । यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

    सात महिनाको अवधिमा नेपालबाट १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

  • एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ, दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

    एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ, दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ गरिदिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले दिएकाे रिट मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।

    सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उक्त रिट दरपीठ भएको जनाइएको छ । लामो समयको विवादमा रुमलिएको एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा टेबुल भएको छ । साडे दुई वर्षपछि सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरेका हुन् ।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियतामा आइतबारको संसद बैठकमा एमसीसी टेबुल हुन पुगेको हो । संसद्को नेतृत्व, सत्ता साझेदार केही दलहरुले एमसीसी संसदमा लैजाने प्रस्तावको विरोधमा रहे पनि कांग्रेस र प्रधानमन्त्री देउवाको अडानमा एमसीसी संसदीय प्रक्रियामा प्रवेश गरेको हो ।

    केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले ३० असार २०७६ मा संसद सचिवालयमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव दर्ता गरेका थिए । तर, तत्कालीन सरकार नेतृत्वकर्ता दल नेकपाभित्र मतभेद हुँदै अन्य दलसहित नागरिकस्तरबाट पनि विरोध भएपछि संसद बैठकमा पेस हुन सकेको थिएन । २९ भदौ २०७४ मा एमसीसी सम्झौता भएको थियो ।

  • शेयर बजार दोहोरो अंकले बढ्यो, ३ अर्ब २१ करोडको कारोबार

    शेयर बजार दोहोरो अंकले बढ्यो, ३ अर्ब २१ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको ६० लाख ८१ हजार ८२२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरकोकारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ हरियो भएको छ । भने २ वटा घटेको छ । आज टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

    दोहोरो अंकले बढेको बजारमा बैंकिङ ८ , होटल तथा पर्यटन ४ अंक, माइक्रोफाइनान्स १५ अंकले बढेको छ । निर्जीवन बीमा १२८, जलविद्युत २७ अंकले बढेको छ ।

    विकास बैंक ७०, फाइनान्स ४३, जीवन बीमा समूह ७ ,अन्य उपसमूह ४६ अंक ले बढेको छ । , उत्पादन समूह १८ र लगानी समूह घटेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र मैलुङ खोला रहेको छ । यी दुवैको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    त्यसैगरी, सामलिङ पावर ८.५२, तेह्रथुा पावर ६.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.०४, वरुण हाइड्रोपावर ५.४३, घलेम्दी हाइड्रोपावर ५.१५, आइसीएफसी फाइनान्स ४.८४, न्यादी हाइड्रोपावर ४.७० प्रतिशतले बढेको छ ।

    एभरेष्ट बैंक, बुद्धभूमि नेपाल, गोर्खा फाइनान्स, शिखर इन्स्ष्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर र मध्यभोटेकोशीको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको २१ करोड ४९ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा अरुण भ्यालीको भएको छ । यस कम्पनीको १२ करोड ७८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    तेस्रोमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको ११ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    बढ्दोे बजारमा आज सिभिल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ ।

  • बेलायती राजदूत बेगनास ताल फेरोमा साइकलमा सरर…

    बेलायती राजदूत बेगनास ताल फेरोमा साइकलमा सरर…

    पोखरा । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले सोमबार बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेको राससले लेखेको छ । पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएका उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए ।

    उनका अनुसार पोलिटले सोमबार बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी हुन् । पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन् , ‘सोमबारको बिहान निकै रमाइलो भयो । माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।’

    कोभिड–१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना सङ्क्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गरिन् । उनले भनिन्, ‘नेपाल भूबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।’

    उनले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवर्द्धनको आवश्यक रहेको बताइन् । उनले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवद्र्धन हुँदै जाने विश्वास व्यक्त गरिन् । सो अवसरमा उनले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन् । उनले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन् ।

  • स्थानीय तहको निर्वाचन गर्न ९ अर्ब बजेट माग

    स्थानीय तहको निर्वाचन गर्न ९ अर्ब बजेट माग

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ मागेको छ । सरकारले आगामी ३० वैशाखमा निर्वाचन घोषणा गरेको हो । निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्तामा खर्च गर्न आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग गरेको हो । कोभिडको बेला स्वास्थ्य मापदण्ड पालना गराउन आवश्यक सामग्री राख्दा पनि अघिल्लो स्थानीय तहको निर्वाचनको भन्दा कम खर्चमा गर्न लागेको आयोगको दाबी छ ।

    अघिल्लो निर्वाचनको लागि सरकारले आयोगलाई १० अर्ब २९ करोड उपलब्ध गराएको थियो । यस वर्ष निर्वाचनमा खटिने कर्मचारीको भत्तामा झण्डै ४० प्रतिशत कटौती गरेको आयोगले जनाएको छ । अघिल्लो वर्ष तबलको १ सय २१ प्रतिशत र अरु सुविधासहित १ सय ४० सम्म निर्वाचन भत्ता लिएकोमा यसपटक एक सय प्रतिशत मात्रै दिन लागिएको छ । यसअघि आयोगले निर्वाचनको लागि १२ अर्ब लाग्ने अनुमान गरेको थियो । स्थानीय तहमा रहेका कर्मचारीलाई नै मतदान स्थल र केन्द्रमा खटाउने, नियुक्ति लिन जिल्लामा आउन नपर्ने भएपछि खर्च कटौती भएको पौडेलले बताए । निर्वाचनमा करिब २ लाख कर्मचारी खटिँदैछन् ।

  • युक्रेनका दुई क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

    युक्रेनका दुई क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

    मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका छन् ।
    स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। बीबीसीका अनुसार रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ। उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्।

    घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमाु शान्ति स्थापनाका लागि भूमिका निर्वाहु गर्ने उल्लेख गरिएको छ। एक सम्बोधनका क्रममा पुटिनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन भनेका छन्।

    सम्बोधनका क्रममा उनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन्। रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट छुट्टिन चाहेका क्षेत्रका मानिस लक्षित प्रतिबन्ध लगाउने आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ।

  • लमजुङमा भूकम्पको धक्का महसुस

    लमजुङमा भूकम्पको धक्का महसुस

    कास्की । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका १० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो । यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ ।

    जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु ३.२ रेक्टर स्केलकै भूकम्प गएको थियो । त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका(१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ । जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति पुर्‍याएको थियो ।

  • विश्वकप छनोट: आज यूएईलाई हराउन सके नेपाल विश्वकपमा जाने

    विश्वकप छनोट: आज यूएईलाई हराउन सके नेपाल विश्वकपमा जाने

    काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत आज सेमिफाइनल चरणका खेल हुँदैछन् । नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराएको नेपाल समूह बीको विजेता हो । यूएई समूह एको उपविजेता हो । दोस्रो सेमिफाइनल खेल समेत आजै हुनेछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।

    आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो । दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुनेछन् । यूएईलाई हराए नेपालले विश्वकपको टिकट काट्ने छ ।

  • बैतडीमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

    बैतडीमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

    बैतडी । बैतडीमा भएको टिपर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडकमा सोमवार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटनामा परेको हो ।

    सो क्रममा स्थानीय सिगास माध्यमिक विद्यालयका दुई विद्यार्थी र एक जना स्थानीयवासीको ज्यान गएको प्रहरीको भनाई छ । मृत्यु हुनेमा पाटन नगरपालिका–३, जडाकोटका १२ वर्षीया ज्ञानु बिष्ट, सोही ठाउँका १७ वर्षीय अलीत अवस्थी र जनकराज पन्त रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । कच्ची सडक भएकाले ब्याक गर्ने क्रममा जमिन भासिएर दुर्घटना भएको बताइएको छ ।

  • नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

    नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

    काठमाडौं । विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् नेपालले सोमबार क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता ओमानमा जारी छ ।

    ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘ओमानमा जारी टी–२० विश्व कप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना ।’

    क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बधाई दिएका छन् । उनले समेत सामाजिक सञ्जालबाट नेपाली क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।

    प्रधानमन्त्री देउवाले लेखेका छन्, , ‘क्यानडासँगको खेलमा जित निकाल्दै टी–२० विश्व कप ग्लोबल छनोट को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’ उनले मंगलबारको खेलमा जितको शुभेच्छा समेत व्यक्त गरेका छन् ।

  • नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

    नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

    काठमाडौं । नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोटको नजिक पुगेको छ । मंगलबार नेपालले यूएईलाई हराएर फाइनलमा प्रवेश गर्न सकेमा विश्वकपमा छनोट हुने छ । सोमबार नेपालले क्यानडालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै आइसीसी टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यससँगै अब एक खेलबाट नेपालको विश्वकप यात्रा तय हुने छ ।

    नेपालले लीग चरणको अन्तिम खेलमा क्यानडालाई हराएको हो । टस जितेर ब्याटिङ रोजेको क्यानडालाई नेपालले १५ ओभरमा ८० रनमा अलआउट गर्यो । जवाफमा १४.१ ओभरमा दुई खेलाडी गुमाई नेपालले ८१ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरीले २७ रन प्रहार गरे । उनीहरु अन्तिम सम्म क्रिजमा रहे । आसिफ सेख १७ रनमा आउट भए ।

    कुशल मल्लले रन जोड्न सकेनन् । नेपालले सबै तीन खेल जितेर समूह ुबी को विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । यो समूहबाट ओमान दोस्रो बनेर सेमिफाइनल पुगेको छ । समूह (ए)बाट विजेता बनेको आयरल्याण्डले ओमानको सामना गर्नेछ । दुबै खेल मंगलबार हुने छन् ।

  • नेपालमा थप ३८८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    नेपालमा थप ३८८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जना र २९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ गरी ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७५ हजार ८०६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५२ हजार ५९९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ ।

  • अमेरिकी बजारमा बढ्यो नेपाली अर्गानिक चियाको माग

    अमेरिकी बजारमा बढ्यो नेपाली अर्गानिक चियाको माग

    काठमाडौं ।अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन्।

    शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै रहेका सो महोत्सवमा सहभागीले जनाएका राससले समचार लेखेको छ ।

    सो महोत्सवमा चिया र कफीको सहभागिताका लागि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतको कार्यालयले समन्वय गरेको थियो । यस्ता प्रदर्शनीमा सहभागिताले नेपालका पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत पुग्ने कन्सुलर जनरल विष्णु गौतमले बताए।

    चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लागेका व्यवसायीले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी रहेको उनले बताए।

    विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको अमेरिकामा प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दै आएका नेपाल टी एलएलसीका संस्थापक निश्चल बाँस्कोटाले महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवद्र्धनमा मद्दत पुगेको बताउँछन्।

    अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीमा समेत सहभागिता जनाउँदै आएका बाँस्कोटाले नेपालको अर्गानिक चियाको राम्रो बजार रहेको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताउँछन्।

    उनले भने, ‘परिमाणमा अहिले यति नै भन्न नसकिए पनि अमेरिकी बजारमा नेपाली चियाको माग दिनप्रतिदिन बढ्दै गएको छ, हामीसँग नेपाली चिया माग्ने उपभोक्ता पहिलेभन्दा निकै धेरै छन्।’

    उनले नेपालका कृषकले उत्पादन गरेको अर्गानिक चिया अमेरिकी बजारमा सिधै उपभोक्तासम्म याउनका लागि पहल गरिरहेको बताउँदै विश्वबजारमा चियामा उच्च प्रतिस्पर्धा रहेको तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेकाले उपभोक्तासम्म पु¥याउन सजिलो भएको जानकारी दिए।

  • २ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने

    २ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने

    काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपश्चात् अस्ट्रेलियाले प्रवेश दिने भएको छ। एउटा सरकारी विज्ञप्तिमा भनिएको छः परिवर्तनहरूले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ।

    सोमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ।पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ।

    कोरोना भाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो।खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन। तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ।

    मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ।अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन्।

    सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए । परिवार सदस्यलाई छुट्ट्याएको र व्यवसायमा प्रभाव पारेका कारण अस्ट्रेलियामा लागू गरिएको कडा नियमको आलोचना भएको थियो।

    तर उक्त नियमले खोप उपलब्ध हुनुअघि कैयौँ मानिसको ज्यान जानबाट जोगाएको जस पनि दिइएको छ। अस्ट्रेलियामा कोभिडका कारण हालसम्म झन्डै ४,९०० जनाको मृत्यु भएको छ।

  • दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार २ अर्ब ९९ करोडमा सीमित

    दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार २ अर्ब ९९ करोडमा सीमित

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से)२५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार २२४ कम्पनीको २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४० रुपैयाँ बराबरको भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ १६ , होटल तथा पर्यटन ३४ अंक, माइक्रोफाइनान्स १२ अंकले बढेको छ । निर्जीवन बीमा ३९, जलविद्युत ७२अंकले बढेको छ ।

    विकास बैंक २२, फाइनान्स २७, उत्पादन समूह ६६ र जीवन बीमा समूह १९ ,अन्य उपसमूह २९ अंक र लगानी समूह १ अंकले बढेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तय संस्था रहेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको २६ करोड ३ लाख भन्दा बढीको कारोबार भएको छ । तेस्रोमा अरुण भ्यालीको १० करोडको कारोबार भएको छ ।

    त्यस्तै, आज नविल डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ ।

  • मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ

    मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ

    काठमाडौं । मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीन लाइनका सञ्चालक अग्रवाललाई बैंकिङ कसुरको आरोपमा प्रहरीले शनिबार प्रक्राउ गरेको हो ।

    उनलाई हाल अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

    अग्रवालमाथि संजय अधिकारीलाई दिएको ५० लाख र टंक शम्शेर जबरालाई दिएको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको आरोप छ ।

    बैंक र मिटरब्याजीको १ अर्ब बढी ऋण तिर्न नसकेपछि अमितसहित उनका परिवारका ९ सदस्य गत पुस २२ गते भारत गएका थिए । त्यसपछि उनी माघ २३ गते काठमाडौं फर्किएका थिए ।

    नेपाल आए लगत्तै पत्रकार सम्मेलन गर्दै अग्रवालले आफूले बैंक सबै ऋण तिर्ने र उक्त ऋणभन्दा बढी सम्पत्ति भएको बताएका थिए ।

  • खोपको मात्रा पुरा गरेका यात्रुलाई अस्ट्रेलिया खुला

    खोपको मात्रा पुरा गरेका यात्रुलाई अस्ट्रेलिया खुला

    मेलवर्न । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपछि अस्ट्रेलियाले प्रवेश अनुमति खुला गरेको छ । बीबीसीका अनुसार सोमवार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ। पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ।

    कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो। खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन। तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ। मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ।

    अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन्। सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए। परिवार सदस्यलाई छुट्ट्याएको र व्यवसायमा प्रभाव पारेका कारण अस्ट्रेलियामा लागु गरिएको कडा नियमको आलोचना भएको थियो। तर उक्त नियमले खोप उपलब्ध हुनुअघि कैयौँ मानिसको ज्यान जानबाट जोगाएको जस पनि दिइएको छ। अस्ट्रेलियामा कोभिडका कारण हालसम्म झन्डै ४,९०० जनाको मृत्यु भएको छ।

  • सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

    सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । सोमबार समेत नेपालको पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार जस्तै साँझबाट पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । आइतबार पोखरामा भीषण असिना पानी परेको थियो । पछिल्लो मौसमी प्रणालीको प्रभाव मंगलबारबाट हट्ने छ ।

    बुधबार भने पुनः पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना छ । त्यसपछि बुधवार र बिहीवार देशका धेरै ठाउँमा पानी पर्नेछ । तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा बुधवार र बिहीवार वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । अहिले पूर्वी क्षेत्र बाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

  • टी-२० विश्वकप छनोट : नेपालले आज अमेरिकी मुलुक क्यानडाको सामना गर्दै

    टी-२० विश्वकप छनोट : नेपालले आज अमेरिकी मुलुक क्यानडाको सामना गर्दै

    काठमाडौं ।, आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर एमा नेपालले आज समूह चरणको अन्तिम खेल अमेरिकी मुलुक क्यानडासँग खेल्दैछ ।
    खेल ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा हुने छ । नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे खेल शुरु हुने भएको छ । नेपालले यसअघि लगातार दुई खेल जितिसकेको छ । नेपाल समूहको शीर्ष स्थानमा छ । क्यानडा नेपालभन्दा कमजोर रहेका कारण उसलाई पराजित गर्ने अपेक्षा गरिएको छ । क्यानडालाई हराउन सके समूह विजेता बन्दै नेपाल सेमिफाइनल पुग्नेछ ।

    सेमिफाइनल चरण पार गरेमा भने नेपाल विश्वकपमा छनोट हुने छ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । नेपाल क्यानडासँग हारेमा र ओमानले फिलिपिन्सलाई हराएमा तीन टोलीको समान अंक हुनेछ र त्यस अवस्थामा नेट रनरेटका आधारमा समूहबाट विजेता र उपविजेता छानिनेछन् ।

  • पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

    पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

    पोखरा । नेपाल को पर्यटकीय नगरी पोखरामा भीषण असिना पानी वर्षिएको छ । बाक्लो असिनासहितको पानीका कारण पोखराको सडकमा असिना थुप्रिएको थियो । सो असिना अटाउन डोजको प्रयोग गर्नुपरेको छ । स्थानीयका अनुसार पोखरामा यती भयानक असिना परेको अनुभव यसअघि भएको थिएन । असिना पानीका कारण पोखरामा आइतबार दिउँसो सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडक ढोको थियो ।

    सवारीसाधन रोकिनुका साथै बाटो हिड्नेलाई समेत अवरोध सिर्जना भएको थियो । अचानक परेको असिना पानीले धेरैलाई प्रभावित बनाएको थियो । असिना पानिले पोखरा महानगर क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतका अन्नबालीमा क्षति पुगेको बताइएको छ । यसले मौसमी तरकारीलाई ठूलो क्षती गरेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पानीसहित असिना परिरहेको मौसमविद्ले जनाएका छन् ।

  • ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी

    ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी

    लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको छ । बकिङघम राजदरवारले यस्तो जानकारी गराएको छ । दरवारले महारानीलाई ूसामान्य चिसो लागेजस्तो लक्षण देखिएको जनाएको छ। तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ।

    बीबीसीका अनुसार उनी निरन्तर स्वास्थ्य निगरानीमा रहनेछिन् र आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्नेछिन् । गत साता सङ्क्रमण पुष्टि भएका उनका जेठा छोरा प्रिन्स अफ वेल्ससँग उनको भेट भएको थियो। महारानीको निवास रहेको विन्डसर क्यासलमा धेरै जनालाई कोभिड सङ्क्रमण भएको बुझिएको छ।


    पन्चानब्बे वर्षीय महारानीले यसै महिना आफ्नो शासनको ७० वर्ष पूरा गरेकी हुन्। बेलायतमा सबैभन्दा लामो शासन गरेकी महारानीको गत फेब्रुअरी ६ मा शासनको ७० वर्षे उत्सव मनाइएको थियो। त्यसको पूर्व सन्ध्यामा उनी तीन महिनापछि सार्वजनिक भेटघाटमा सामेल भएकी थिइन्।

    महारानीले गत वर्षको जनवरीमा उनले कोभिड विरुद्धको पहिलो खोप लगाएकी थिइन् । त्यसपछिका मात्रा पनि लगाइको विश्वास गरिएको छ। बीबीसीका राजपरिवार मामिला सम्वाददाताका अनुसार गत अक्टोबरमा स्वास्थ्य परीक्षण पछि उनले जीवनलाई सहजै लिएकी छिन्। राजदरबारमा यसअघि प्रिन्स चार्ल्स र त्यसपछि उनकी श्रीमतीलाई कोभिड सङ्क्रमण भएको थियो।

  • आइतबार दिनभर बानेश्वरमा हिंसात्मक झडप, अमेरिकी अनुदानका विरोधीमाथि प्रहरी दमन

    आइतबार दिनभर बानेश्वरमा हिंसात्मक झडप, अमेरिकी अनुदानका विरोधीमाथि प्रहरी दमन

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी समर्थकमाथि प्रहरी निर्मम रुपमा प्रस्तुत भएको छ । आइतबार नयाँ बानेश्वर क्षेत्रमा भएको विरोध प्रदर्शनका दौरान प्रहरीले निर्ममतापूर्वक प्रदर्शनकारीमाथि रबरको गोली, अरुग्यास, लाठी तथा पानीको फोहोरा बर्साएको छ । नयाँ बानेश्वर क्षेत्रलाई घेरेर राखेका सुरक्षाकर्मीसँग प्रदर्शनकारीले दिनभरजसो मुकाविला गरिरहेका थिए । साँझ ५ बजेपछि भने आन्दोलनकारी फर्किए । जसका कारण माइतीघर तीनकुने सडक खण्ड समेत सूचारु भयो ।

    सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका हुन् । प्रदर्शन सुरु हुनासाथ सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको थियो । यो खबर बाहिरिएपछि एमसीसी विरोध प्रदर्शन चर्किएको थियो ।

    नयाँ बानेश्वरको एभरेस्ट होटल नजिक प्रहरीले सडकमा बार राखेर प्रदर्शनकारीलाई संसद भवनतर्फ अघि बढ्न रोकेको थियो प्रदर्शनकारीले समेत प्रहरीतर्फ ढुंगा हानेका थिए । प्रहरीले फुटपाथमा हिँडिरहेका सर्वसाधारणलाई समेत अन्धाधुन्ध लाठी हानेर घाइते बनाएको छ । घाइतेको संख्या भने खुलिसकेको छैन ।

  • नेपालमा थप २६२ जनामा कोरोना पुष्टी, १३३८ जना संक्रमण मुक्त

    नेपालमा थप २६२ जनामा कोरोना पुष्टी, १३३८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ३२४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ गरी २६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७५ हजार ५५९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, जीवन विकासको सर्वाधिक कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, जीवन विकासको सर्वाधिक कारोबार

    काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

    कारोबार शुरु भएदेखि नै ओरोलो लागिरहेको शेयर बजार मापक सूचक (नेप्से) ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४० रुपैयाँ बराबरको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये १ वटाको परिसूचक हरियो भएको छ भने १२ वटाको घटेको छ । आइतवार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    जीवन बीमा समूह सबैभन्दा धेरै २.४४ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादनमूलक, निर्जीवन बीमा र फाइनान्स समूह पनि २ प्रतिशतले घटेको छ

    शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । युनाइटेडको शेयरमूल्य १० प्रतिशत र तेह्रथुमको ८.६४ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ५८ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको १९ करोड र अरुण भ्यालीको १७ करोडको कारोबार भएको छ ।

    त्यस्तै नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविदुत परियोजना र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

    आइएमई जनरल, मिथिला लघुवित्त, नेरुडे लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स, गोर्खा फाइनान्स, युनियन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्सको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

  • एमसीसी अनुमोदन अझै अनिश्चित, कार्यान्वयन भए के हुन्छ ?

    एमसीसी अनुमोदन अझै अनिश्चित, कार्यान्वयन भए के हुन्छ ?

    काठमाडौं । लामो समयको संघर्षपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् बैठकमा टेबल भएको छ।

    अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसद्‍मा विरोध गरेका थिए ।

    सम्झौताप्रति माओवादीको फरक मत जारी रहेकाले माओवादी केन्द्रका कुनै पनि मन्त्रीले सम्झौता प्रस्तुत नगर्ने अडान लिएका थिए।

    अझै यस विषयमा दलहरूबीचको शक्ति संघर्ष भने जारी नै छ। सत्तामै रहेका प्रमुख २ दल विपक्षमा छन्।

    माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत नभए अब एमसीसी पारित गर्ने नगर्ने सरकारको नेतृत्व गरेको नेपाली काङ्ग्रेससँगै प्रमुख प्रतिपक्षी दल एमाले, सरकारमा रहेको जसपा र प्रतिपक्षीमा रहेको लोसपाको निर्णयमा भर पर्ने देखिएको छ।

    कार्यान्वयन भए के हुन्छ ?

    कूल दुई करोड ३० लाख १० हजार नागरिकले प्रत्यक्ष रुपमा प्रतिफल प्राप्त गर्ने विद्युत् प्रसारण लाइन तथा सडक पूर्वाधारसँग जोडिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अगाडि बढ्ने भएको छ ।

    कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र परियोजना सम्पन्न हुँदा त्यसबाट करिब ५० लाख घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

    काठमाडौंको नाङ्लेभारेबाट सुरु हुने र बुटवलसम्म पुग्ने कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनले नेपालको ऊर्जा क्षेत्रमा मेरुदण्डका रुपमा काम गर्नेछ ।

    तामाकोसी, भोटेकोसी, त्रिशूली, बूढीगण्डकी र कालीगण्डकी करिडोरमा निर्माण भएका, हुने क्रममा रहेका आयोजनाको बिजुली सहज रुपमा राष्ट्रिय प्रणालीमा ल्याउनसमेत यो आयोजना महत्वपूर्ण छ ।

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यकालमा सुरु भएको परियोजनामा सबै जसो पूर्वप्रधानमन्त्री जोडिएका थिए । नेपालको ऊर्जा तथा यातायात क्षेत्रको विकासका लागि एमसिसीले करिब ५५ अर्ब अनुदान सहायता उपलब्ध गराउनेछ ।

    त्यसमा नेपाल सरकारका तर्फबाट करिब १४ अर्ब बराबरको लगानी हुनेछ । उक्त अनुदान सहायता आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, विद्युत् प्रसारण लाइन निर्माणमा र सडक मर्मतमा खर्च हुने तथा नेपालको दिगो विकासमा सहयोग गर्नेछ ।

    सत्तारूढ प्रमुख दलका बीचमा आज भएको सहमतिअनुसार अब अमेरिकी अनुदान सहयोगसम्बन्धी सो परियोजना संसद्मा टेबल हुनेछ । सत्तारूढ दलहरुको सहमतिअनुसार अब यो सम्झौता संसदीय प्रक्रियामा प्रवेश भएको छ । कुनै एउटा प्रक्रियामार्फत सम्झौता सामान्य बहुमतबाट स्वीकृत हुनेछ । त्यसपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ ।

    नेपाल विद्युत् प्राधिकरणको गुरुयोजनाअनुसार नै तयार भएको उच्च क्षमताको प्रसारण लाइन निर्माण हुँदा गुणस्तरीय पूर्वाधारको विकास हुनेछ ।

    यस्तै अन्तरदेशीय विद्युत् प्रसारण लाइन परियोजनाले विद्युत् व्यापारलाई पनि बढावा दिने र यसको लाभ नेपालले लिन सक्नेछ । त्यसका लागि बुटवलबाट भारतको गोरखपुर जोड्ने ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको छ ।

    यसबाट नेपालले भारत र बङ्गलादेशमा बिजुलीको व्यापार गर्ने मार्ग प्रशस्त गर्नेछ ।

    काठमाडौं उपत्यकालगायत प्रमुख सहरको विद्युत् प्रसारण लाइनमार्फत बिजुली आपूर्तिको विश्वसनीयताको सुनिश्चिततासमेत हुनेछ । त्यसबाट विद्युत् खपतमा वृद्धि भई विद्युत् उत्पादनतर्फ थप लगानी आकर्षित हुनेछ ।

    हालको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७५ माघ २५ गते सरकार र अमेरिकी सहयोग निकाय एमसिसीबीच भएको अनुदान सम्झौतालाई अनुमोदन गर्नका लागि नेपाल सन्धि ऐन, २०४७ को दफा ४ को व्यवस्थाबमोजिम सङ्घीय संसद्मा पेस गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

    नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता भएको थियो । एमसिसीको हरेक प्रक्रियामा नेपालमा धेरै जसो पूर्वप्रधानमन्त्री सहभागी भएकाले राष्ट्रिय हितका लागि पनि यसको अनुमोदन जरुरी रहेको आवश्यकता औँल्याइँदै आएको थियो ।

    विद्युत् प्रसारण लाइन आयोजनाले ऊर्जा व्यापारमा रणनीतिक महत्व राख्ने भएकाले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिएको छ । मन्त्रिपरिषद्को २०७५ असोज ५ को निर्णयअनुसार एमसिसी परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गरिएको छ ।

    एमसीसीले उपलब्ध गराउने अनुदान सहायताले बन्ने ४०० केभी क्षमताको लप्सीफेदी, रातमाटा र दमौलीमा तीनवटा सबस्टेशन निर्माण हुनेछन् । नुवाकोटको रातमाटामा निर्माण हुने सबस्टेशनमा प्रस्तावित रसुवागढी–केरुङ ४०० केभी क्षमताको प्रसारण लाइन पनि जोडिनेछ ।

    काठमाडौं उपत्यकाको विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि ४०० केभी क्षमताको प्रसारणलाइन जरुरी छ । हाल काठमाडौं उपत्यकामा हेटाैँडाबाट २२० केभी लाइन, नुवाकोटबाट २२० केभी लाइन र किर्नेटार हुँदै अर्को लाइन काठमाडौं उपत्यकामा भित्रिएको छ ।

    विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिन र हरेक घरघरमा विद्युतीय चुल्होको प्रयोग बढाउन पनि उच्च क्षमतामा प्रसारण राजमार्ग आवश्यक पर्ने ऊर्जा उद्यमीहरुको भनाइ छ ।

    सङ्घीय राजधानीसमेत भएकाले आगामी दिनमा मेट्रो रेलको आवश्यकता झनै बढेर गएको छ । त्यसका लागि ठूला क्षमताका प्रसारण लाइन आवश्यकता र बाध्यता दुवै बन्न पुगेको छ ।

    जनघनत्वका हिसाबले पनि बिजुलीको माग सम्बोधन गर्न तथा निर्माणमा रहेका आयोजनाको बिजुली जोड्न पनि ‘हाई भोल्टेज’ लाइन जरुरी रहेकाले यसलाई बिना अवरोध अगाडि बढाउनुपर्ने मत जबर्जस्ती रुपमा स्थापित छ ।

    यसैगरी आगामी पाँच वर्षमा थप १३ हजार मेगावाट विद्युत् उत्पादन हुने र त्यसको प्रवाहका लागि उत्तर–दक्षिण, पूर्व–पश्चिम ४००, २२०, १३२ र ३३ केभी क्षमताका प्रसारण लाइन तथा सबस्टेशनको निर्माण र स्तरोन्नति गर्नु आवश्यक छ ।

    त्यसका लागि मात्रै नौ खर्बभन्दा बढी लगानी आवश्यक पर्नेछ । आगामी पाँच वर्षमा १३ हजार मेगावाट विद्युत् उत्पादन भएको खण्डमा जलविद्युत् क्षेत्रमा मात्रै करिब रु ३० खर्बको हाराहारीमा लगानी हुनेछ ।

  • माओवादीको विरोध र एमालेको नाराबाजीबीच एमसीसी टेबल, फागुन १२ गतेसम्म संसद स्थगित

    माओवादीको विरोध र एमालेको नाराबाजीबीच एमसीसी टेबल, फागुन १२ गतेसम्म संसद स्थगित

    काठमाडौं । लामो समयको संघर्षपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् बैठकमा टेबल भएको छ।

    अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसद्‍मा विरोध गरेका थिए ।

    सम्झौताप्रति माओवादीको फरक मत जारी रहेकाले माओवादी केन्द्रका कुनै पनि मन्त्रीले सम्झौता प्रस्तुत नगर्ने अडान लिएका थिए।

    संसद् बैठकको सुरुमै आफ्नो धारणा राख्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेकपा एमालेका नेता भीम रावल नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले दलहरूको असहमतिबीच एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका थिए।

    लामो समयदेखि राजनीतिक दलहरुका बीचमा एमसीसी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने कि नगर्ने भन्ने बारेमा विवाद रहँदै आएको थियो।

    लामो छलफल र सकारात्मक प्रयासपछि गरिबी निवारण र भौतिक पूर्वाधारको विकासका लागि प्राप्त भएको सहयोगका सम्बन्धमा दलहरुबीच साझा मत बनेको हो।

    एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।

  • प्रचण्डको छेवैमा बसेर संसदमा देव गुरुङको आपत्ति एमसीसी टेबल नगरौं

    प्रचण्डको छेवैमा बसेर संसदमा देव गुरुङको आपत्ति एमसीसी टेबल नगरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले मिलिनियम च्यालेन्ज कर्पोरेशन संसदमा टेबल हुन लागेको भन्दै आपत्ति जनाएका छन्।

    आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले प्रतिपक्षी
    दल नेकपा एमालेले ६ महिनादेखि अवरोध गरिरहेको बेला महत्वपूर्ण विधेयकहरु अघि बढाउन नहुने बताए।

    एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले महत्वपूर्ण विधेयकहरु अघि बढाउन नहुने बताए।

    एमसीसी सम्झौतामा रहेका प्रतिकुल प्रावधान संसोधन गर्नुपर्छ भन्ने दलको धारणा हो,उनले भने। गुरुङले संविधान प्रतिकुल रहेकाले एमसीसी संसोधन बिना अघि बढ्न नसक्ने धारणा राखे।

    संघीय ऐन २०४७ संग पनि मेल खादैन्। विगत कालमा कुनै पनि सम्झौता सदनमा टेबल भएको छैन्। सदनमा आउने जुन कुरा भएको छ सामान्य मान्यता भन्दा पनि भिन्न भएकाले राष्ट्रिय सहमति जुटन पर्छ।

  • संसदमा एमालेको नाराबाजी कायमै, एमसीसी कार्यसूचीमा

    संसदमा एमालेको नाराबाजी कायमै, एमसीसी कार्यसूचीमा

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो नाराबाजीलाई कायम राखेको छ ।

    प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

    प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

  • सत्ता गठबन्धनको बैठकः एमसीसी संसदमा पेश गर्ने सहमति

    सत्ता गठबन्धनको बैठकः एमसीसी संसदमा पेश गर्ने सहमति

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो।

    तर सत्ता गठबन्धनले निर्णय सार्वजनिक गरिसकेको छैन।

    गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको थिएन।

    अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिँदै आएको छ।

    आजै प्रतिनिधि सभा बैठक पनि बस्‍दैछ । दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ ।