Category: फिचर

  • दोहोरो अंकले घट्ने नेपाली शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार

    दोहोरो अंकले घट्ने नेपाली शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.४८ अंकले घटेर २८७१.५ विन्दुमा झरेको छ । आइतवार शेयर बजारमा उछाल आएको थियो । त्यसदिन १०५ अंकले बजार बढेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२५ कम्पनीको ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५५९ रुपैयाँ बराबरको १ करोड, १ लाख ५ हजार ५९८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । आइतवार ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहमध्ये १० वटाको परिसूचक राताम्मे भएका छन् भने ३ वटा हरियो भएको छ । दोहोरो अंकले घटेको बजारमा बैंकिङ १९ , होटल तथा पर्यटन २३, निर्जीवन बीमा १७८, जलविद्युत २३ अंकले घटेको छ ।

    विकास बैंक ११०, फाइनान्स ४३ उत्पादन समूह ७१ र जीवन बीमा समूह २२१ अंकले घटेको छ । अन्य उपसमूह २८ अंक, माइक्रोफाइनान्स ३० र लगानी समूह २ अंकले बढेको छ ।

    सोमवार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

    त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर ८.९७, एचआइडीसीएल ७.३७, सीईडीबी हाइड्रोपावर ७.१८, जीवन विकास लघुवित्त ५.४२, एनआरएन इन्फ्रस्ट्रक्चर ४.४२, लिबर्टी इनर्जी, महुली सामुदायिक लघुवित्त र नेपाल टेलिकमको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ५७ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    अपर तामाकोशीको शेयरको ३१ करोडको कारोबार भएको छ । नेपाल टेलिकमको ३१ करोडको कारोबार भएको छ ।

    त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, सिभिल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, पञ्चकन्यामाइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ ।

  • किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई

    किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको ब्याजदरमा कडाई गरेसँगै अब किस्तामा गाडी किन्दा मूल्य बढी पर्ने भएको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को तेस्रो संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो। जसमा औसत ब्याजदर अन्तर ४ प्रतिशत भन्दा बढी नहुने गरी निर्धारण गनुपर्ने व्यवस्था भएको छ । हायर पर्चेज कम्पनीको चुक्ता पुँजी ३० करोड हुनु पर्ने ब्यवस्थालाई निरन्तरता दिइएको छ ।

    हायर पर्चेज कम्पनीले निजी तथा सार्वजनिक यातायातका साधन बिक्री वितरण गर्छन्। साथै मेसिन, इक्विपमेन्टको बिक्री समेत यी कम्पनीबाट हुन्छ । यस अघि यो दर ३ प्रतिशत मात्र थियो । यस संगै अब किस्ताबन्दीमा गाडी खरीद गर्दा महंगो हुने भएको हो । अब कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यस अघि यो सीमा तोकिएको थिएन।

    अब भने नयाँ गाडी खरीद गर्दा न्युनतम २० प्रतिशत रकम सुरु मै तिर्नु पर्ने छ । यस अघि शुन्य प्रतिशत किस्ताबन्दीमा पनि कम्पनीहरुले अफर ल्याएका थिए । यी कम्पनीहरूले अब अर्धवार्षिक नभई त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पेस गर्नुपर्ने भएको छ ।

  • एमसीसीको बाहनामा गठबन्धन नटुटोस, छिटो पास गरौं : बाबुराम भट्टराई

    एमसीसीको बाहनामा गठबन्धन नटुटोस, छिटो पास गरौं : बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहनामा गठबन्धन टुट्न नहुने बताएका छन् । आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने समेत उनको भनाई छ । सोमबार सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने बताएका हुन् ।

    भट्टराईले लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’ उनी अगाडी लेख्छन्, ‘एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्, देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका लागि सत्ता गठबन्धन टुटाउने चेतावनी दिएको खबर बाहिरिएको छ । एमसीसी जस्ताको तस्तै पास हुन नहुने अडानमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी छन् । एमालले भने गठबन्धन फुट्ने अवस्थामा कांग्रेसलाई साथ दिने संकेत गरिसकेको छ ।

  • बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

    बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

    ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । चोरी भएको एक सातासम्म पनि यो मूर्तिबारे प्रहरीले कुनै सुराक पाउन सकेको छैन । बालकुमारी गुठीले विशेष सूचना निकालेर पुरस्कार घोषणा गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरिएको जानकारी गराएका छन् ।

    सुराकी दिने व्यक्तिको गोपनीयता कायम गरिने भएको छ । चोरी भएको मूर्तिको सम्बन्धमा अनुसन्धान गर्न अहिले महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ। अघिल्लो आइतवार माघ ९ गते ललितपुर महानगरपालिका–२७ मा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो ।

  • खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

    खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

    काठमाडौं । सरकारले अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकका लागि कोभिडविरुद्ध खोप अनिवार्य गरेसँगै भएको विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। बीबीसीका अनुसार राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ।

    रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू निन्दनीयभन्दा पनि माथि भएको बताएकी छिन् । ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई अपवित्र पारेको बिषयमा अनुसन्धान थालिएको जनाएको छ। उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि दिइएको धम्कीू र गरिएको धम्कीपूर्ण व्यवहारूको पनि अनुसन्धान गरिरहेको बताएको छ ।

    ट्रक चालकले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर अवरुद्ध पारेका छन्। ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन्। उक्त रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए। सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले र परिवारका साथ शनिवार ओटावास्थित आफ्नो घर छाडेका छन्।

    क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्। सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको भए पनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन्। कतिपय प्रदर्शनकारीहरूले उक्त निर्णय हटाइए पनि देशव्यापी रूपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखिरहेका छन्।

    प्रधानमन्त्री ट्रुडोले यसै साताको सुरुमा एउटा पत्रकार सम्मेलनमा प्रदर्शनकारीहरूलाई सानो सङ्ख्याका अल्पसङ्ख्यक भनेका थिए। कन्जरभेटिभ नेता एरिन ओटूलले केही प्रदर्शनकारीहरूलाई भेटेका छन् र शान्तिपूर्ण प्रदर्शनको अधिकारको पक्षमा बोलेका छन्। तर उनले ओटावामा रहेका स्मारकहरूको अपमान गर्ने व्यक्तिको आलोचना गरेका थिए ।

    टूडोको लिबरल सरकारले जनवरी १५ मा खोपसम्बन्धी एउटा आदेश जारी गरेको थियो। त्यसमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ। अमेरिकाले पनि हालै विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ।

  • राजनीतिका कारण अर्थतन्त्रमा समस्या आएको हो : अर्थमन्त्री

    राजनीतिका कारण अर्थतन्त्रमा समस्या आएको हो : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा अपेक्षित उन्नती हुन नसक्नुमा राजनीतिको दोष रहेको बताएका छन् । विकासमैत्री नीतिको अभाव रहेको भन्दै उनले यस्तो बताएका हुन् । आइतवार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको उल्लेख गरे । विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव देखिरहेको भन्दै मन्त्री शर्माले ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेको बताए ।

    उनले संविधानअनुसार देशको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखापरेको समेत उल्लेख गरे । सबै समस्याको जड राजनीति भएको भन्दै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । राजनैतिक दलहरूमा देशलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ छ । मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिबद्धता पनि व्यक्त गरे ।

    छलफलमा विज्ञहरूले तथ्याङ्कका आधारमा देशको अर्थतन्त्र धराशायी भइ नसकेको बताए । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाव दिए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उहाँहरूको सुझाव रहेको थियो ।

    यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझावसमेत विज्ञहरूले दिए । छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै भारतका लागि नेपालका पूर्व राजदूत डा.दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा.रामकुमार फुयाललगायत उपस्थिति थियो ।

  • राफेल नाडाललाई कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि

    राफेल नाडाललाई कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि

    काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडालले कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि जितेका छन् । उनी सर्वाधिक पटक ग्रान्डस्लाम टेनिस उपाधी जित्ने पहिलो खेलाडी बन्न सफल भए । आइतबार मेलवर्नमा भएको अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्दै ३५ वर्षीय नाडालले महत्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाए । उनले विश्व दोस्रो वरीयतामा रहेका रुसी स्टार डानियल मेदभेदेभलाई हराएका हुन् । पहिलो दुई सेट गुमाएका नाडालले त्यसपछिका तीन सेट लगातार जिते ।

    पहिलो सेट २–६ र दोस्रो सेट ६–७(५) ले गुमाएका नाडालले त्यसपछि ६–४, ६–४ र ७–५ ले जित्दै कीर्तिमान राखेका हुन् । नाडालले २१औं ग्रान्डस्लामको उपाधि जित्न सफल भएका हुन् । नाडालले अस्ट्रेलियन ओपन दोस्रो पटक जितेका हुन्। यसअघि उनले सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका थिए। नाडाल यसअघि नोभाक जोकोभिच र रोजर फेडेररसँग बराबरीमा थिए । दुबै खेलाडीको नाममा २० ग्रान्डस्लाम उपाधि छ ।

  • बीना सुनुवाई भारतमा ४१ वर्ष जेल जिवन काटेका दुर्गाप्रसादकी आमाको निधन

    बीना सुनुवाई भारतमा ४१ वर्ष जेल जिवन काटेका दुर्गाप्रसादकी आमाको निधन

    काठमाडौं । भारतमा बीना सुनुवाई ४१ वर्ष जेल जिवन काट्न बाध्य भई गत वर्ष नेपाल र्फकन सफल दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ । भारतको जेलमा बिना सुनुवाई ४१ वर्ष जेल सजाय काटेका उनी घर आएसँगै आमाको मुहारमा खुसी फर्किएको थियो । तिम्सिनाकी आमा धनमाया ८७ वर्षकी थिइन् । धनमायाको आइतबार बिहान निधन भएको नाति गोपाल तिम्सिनाले संचारमाध्यमलाई जानकारी गराएका छन् ।

    इलामको माई नगरपालिका–१० लुम्बाकस्थित गाउँमा धनमायाले आफ्नो छोरालाई ४१ वर्षपछि ८ चैत २०७७ देखेकी थिइन् । दुर्गाप्रसाद मानसिक रुपमा विक्षप्त छन् । उनी अझै पूर्णरुपमा स्वस्थ भइसकेका छैनन् । छोरासँग खुलेर कुरा गर्ने आमाको धोको भने अधुरै रहेको छ । २०२४ सालमा श्रीमानको मृत्यु भएको थियो । दुर्घटनामा परेर उनको एउटा हात काट्नुपरेको थियो ।

    कामको खोजीमा दुर्गाप्रसाद परदेश भासिएपछि जीवनको लामो अवधि धनमायाले अभाव र पिर चिन्तामा गुजारेकी थिइन् । कामको खोजीमा दार्जिलिङ गएका दुर्घ प्रसाद भने हत्या अभियोगमा पक्राउ परे । तर उनको पक्षमा बहस गरिदिने कोही भएन । सोहीकारण उनी जेलमा बीना सुनुवाई ४१ वर्ष रहनु पर्यो । वेस्ट बंगाल रेडियो क्लबमा उनीबारे समाचार आएपछि उनको रिहाईको बाटो खुलेको थियो ।

  • थप ३५४० जनामा कोरोना पुष्टी, ६३५९ जना संक्रमण मुक्त

    थप ३५४० जनामा कोरोना पुष्टी, ६३५९ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३५४०जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २३५ जना र ३०४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४९१ गरी३५४०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५० हजार ९३२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६३५९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५४ हजार ४४८७०७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३२ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट एकैदिन ३२ जनाको निधन

    नेपालमा कोरोना संक्रमणबाट एकैदिन ३२ जनाको निधन

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३२ जनाको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा देशभर ३२ जना संक्रमितको निधन भएको हो । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।

  • नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक

    नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक

    काठमाडौं । सत्ता पक्षीय गठबन्धनबीच आगामी जेठसम्म स्थानीय तहको चुनाव गर्ने सहमती भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ ।

    शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

    निर्वाचन हुने निश्चित भएपछि शेयर लगानीकर्तामा आइतवार बजार खुलेदेखिनै उत्साह बढेको छ । चुनाव हुँदा ठूलो धनराशी परिचालन हुने र अर्थतन्त्र चलायमान हुँदा शेयर बजारमा पनि सकारात्मक असर पर्ने लगानीकर्ताको बुझाइ छ ।

    साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

    कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) १०५.५५ अंकले बढेर २८८५. ५३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ४६ , होटल तथा पर्यटन १४१, निर्जीवन बीमा ४३१, माइक्रोफाइनान्स १७१, जलविद्युत १८२ अंकले बढेको छ ।

    विकास बैंक ३१८, फाइनान्स १५२, उत्पादन समूह १९७ र लगानी समूह ५ अंकले बढेको छ । अन्य उपसमूह ८३ अंकले घटेको छ ।

    आइतवार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जि कम्पनी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फाइन्ट्रक्चर, अरुण भ्याली हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

    त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा, प्रोग्रेसिभ फाइनान्स, हिमाल दोलखा र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    त्यस्तै, लुम्बिनी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, हिमालयन पावर, सिन्धु विकास बैंक, कामना सेवा बैंक लगायत २ दर्जन कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल टेलिकमको २० करोडको कारोबार भएको ।

    मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्

    वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्

    काठमाडौं । तपाइ वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ ? वा विदेश जाने तयारीमा हुनुहुन्छ ? आफू जान लागेको काम वा कम्पनीबारे कुनै जिज्ञासा छ ? वा शुल्क कति लाग्ने भन्ने अन्यौलमा हुनुहुन्छ ?

    अब तपाइ सिधै सरकारलाई फोन गर्न सक्नुहुन्छ। तपाइको गुनासो सुन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्वन्धी गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कक्षको उद्घाटन गरेका हुन्।

    यसअघि पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको हो।

    पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भीसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरु, दक्षिणपुर्वी एसियाली मुलुकहरु, युरोपेली तथा अमेरिकी मुलुकहरु र अफ्रिकी महादेशका देशहरुमा गैरकानुनी रुपमा पुर्‍याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो।

    अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ।

    यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्वर ९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ।

  • वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

    वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

    काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनाराको दुवै तर्फ अनाधिकृत रुपमा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

    समितिले सूचना जारी गर्दै समितिले वाग्मती नदी किनारको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथली पुलसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थयाी संरचना हटाउन निर्देशन दिएको हो ।

    यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

    तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ ।

    समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदि किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।

    यदी सात दिनभित्र उक्त संरचना नहटाइए समिति आफैँले भत्काउने उक्त सूचनामा उल्लेख छ । उक्त क्षेत्र खाली गराउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने जनाइएको छ ।

  • आज बोलाइएको संसद बैठक २६ माघसम्मका लागि सारियो

    आज बोलाइएको संसद बैठक २६ माघसम्मका लागि सारियो

    काठमाडौं । आइतबार बस्ने गरि बोलाइएको प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेसम्म स्थगित गरेको हो । त्यसो त दलहरबीच सहमति नबन्दा एमालेले संसदमा लगातार अवरोध गरिरहेको छ । सचिवालयका अनुसार आइतबार दिउँसो १ बजे बस्ने गरि बोलाइएको बैठक अब माघ २६ गते बुधबार दिउँसो १ बजे बस्ने गरि सारिएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक सारिएको हो ।

  • भारी हिमपातपछि अमेरिकी ५ राज्यमा आपतकालिन अवस्था घोषणा

    भारी हिमपातपछि अमेरिकी ५ राज्यमा आपतकालिन अवस्था घोषणा

    न्यूयोर्क । अमेरिकामा भारी हिमपातपछि ५ राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपात भएको हो । अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका छन् । हिमपातले सडक, विद्युत र हवाई उडान अवरुद्ध भएको अन्तरर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । शुक्रबारदेखि आइतबारसम्म करिब ६ हजार उडानहरु रद्ध भएको बीबीसीले उल्लेख गरेको छ ।

    नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै ६१ सेन्टिमिटरसम्म हिउँ जमेको छ । म्यासाचुसेट्सका झण्डै एक लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । म्यासाचुसेट्समा केप कोड क्षेत्र बढी प्रभावित छ । यो आँधी क्यारोलिनासदेखि मेनसम्म फैलिने आशंका गरिएको छ । चिसो हावा समुद्रको तातो हावासँग मिसिदा वायुमण्डलमा नयाँ चापीय प्रणाली विकसित भई ‘बम्ब साइक्लोन’को सम्भावना रहेको छ ।

    यसले तटीय क्षेत्रमा बाढी नित्याउन सक्ने सम्भावना रहेको चेतावनी विज्ञहरुले दिएका छन् । बोस्टनको राष्ट्रिय मौसम सेवाले अत्यावश्यक काम भएमा मात्रै घरबाट बाहिर निस्किन भनेको छ । यसअघि सन् २०१६ मा अमेरिकाको पूर्वी क्षेत्रमा आएको हिमआँधीमा परि १७ जनाले ज्यान गुमाएका थिए ।

  • आज नेपालमा शहीद दिवस, विविध कार्यक्रम गरि मनाईंदै

    आज नेपालमा शहीद दिवस, विविध कार्यक्रम गरि मनाईंदै

    काठमाडौं । नेपालमा आज शहीद दिवस मनाइंदैं छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेको सम्झनामा हरेक वर्ष १६ माघमा शहीद दिवस मनाइन्छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउँछ ।

    स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । माघ १६ गते आइतबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिंदैछ ।

    प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ ।

  • मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल

    मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरिससलाई नेपालले हराएको छ । यी दुई मुलुकबीच पहिलो पटक भेटमा भएको हो । घरेलु मैदानमा भएको खेलमा नेपालले बाजी मारेको हो । विमल घर्ती मगरले गरेको एक मात्र गोल नेपालको जितमा निर्णायक बन्यो । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन् । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले उत्कृष्ट पुनरागमन गर्न सफल भए ।

    सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर भएका थिए । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्द‌ै पहिलो रोजाइमा अवसर दिएका हुन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच बने । खेलमा नेपालले गोल गर्ने केही अवसर पाए पनि गोलमा परिणत हुन सकेन ।

    पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन् । यसैगरी सुनिल बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो । नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुँदैछ ।

  • नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

    नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।


    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,९२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १४०४, ललितपुरमा ३०५, कैलालीमा १२०, काभ्रेमा ११६, कास्की र चितवनमा ११५र११५, भक्तपुरमा १११ र धनुषामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

  • स्थानीय तहको निर्वाचन जेठ भित्र गर्ने सत्तारुढ दलबीच सहमति

    स्थानीय तहको निर्वाचन जेठ भित्र गर्ने सत्तारुढ दलबीच सहमति

    काठमाडौं । स्थानीय तहको निर्वाचन जेठ भित्रै गर्न सत्तारुढ गठबन्धनमा रहेका दल सहमत भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ ।

    बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । ऐनमा रहेको स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति समेत दलहरुबीच भएको छ । सरकारले तोकिएको समयमा स्थानीय तहको निर्वाचन नगर्ने आशंकका बीच स्थानीय तहको निर्वाचनका लागि माहोल तयार बनेको हो ।

  • माधव नेपालले भने : वैशाखमा चुनाव भएपनि सामना गर्न तयार छौं

    माधव नेपालले भने : वैशाखमा चुनाव भएपनि सामना गर्न तयार छौं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमा भएपनि पार्टी त्यसको सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आफूहरु चुनावसँग नडराउने बताए । चुनावसँग समाजवादी पार्टी नआत्तिएको भन्दै उनले भने, ‘चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं ।’

    उनले स्थानीय तहको पहिले भएपनि केन्द्रीय चुनाव पहिले भए पनि सामना गर्न तयार रहेको बताए । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही मितिमा चुनावमा जान आफूहरु तयार रहेको बताए । अध्यक्ष नेपालले २०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते भएकाले त्यसैलाई आधार मानेर ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राखेका हुन् ।

  • पश्चिमा राष्ट्रलाई युक्रेनले भन्यो : आतंक नफैलाउ

    पश्चिमा राष्ट्रलाई युक्रेनले भन्यो : आतंक नफैलाउ

    काठमाडौं । पछिल्लो समय पश्चिमा मुलुकले युक्रेनमा रुसले आक्रमण गर्न थालेको भन्दै हरेक दिन बताइरहँदा युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्। निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको भन्दै उनले आतंक सिर्जना नगर्न भनेका छन् ।

    बीबीसीका अनुसार उनको भनाई अमेरिकातर्फ लक्षित छ । बिहिवार अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आफ्नो विश्वास रहेको बताएका थिए। रुसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ। शुक्रवार रुसी विदेश मन्त्रीले मस्कोले युद्ध नचाहेको बताएका छन् । रुसले युक्रेनसँगको सीमा नजिकै एक लाख सेना तैनाथ गरेको छ।

    जेलेन्स्कीले भने गत वर्षको रुसी सैन्य उपस्थितिको तुलनामा अहिले बढी खतरा नदेखेको बताएका छन्। शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त क्षेत्रमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको उपस्थिति बलियो बनाउन सेनाको सानो टुकडी पूर्वी युरोपमा पठाउने बताएका थिए। उनले सेनाको उपस्थिति कहाँ हुनेछ वा उनीहरू कहिले त्यहाँ पुग्नेछन् भन्ने विषय भने स्पष्ट पारेनन्।

    यसै हप्ता करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले जनाएको थियो। अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मुख्य मागलाई अस्वीकार गरिदिएको छ र समाधानका लागि रुसलाई गम्भीर कूटनीतिक बाटो प्रस्ताव गरिरहेकोमा जोड दिएको छ।

    पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सुरक्षा चासोलाई पश्चिमा राष्ट्रहरूले बेवास्ता गरेको आरोप लगाए। अमेरिकाले युक्रेनमाथि आक्रमण गरिए रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको छ ।

  • नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

    नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

    काठमाडौं । नेपालमा ७३ लाख मात्रा भन्दा खोप भण्डार केन्द्रमा स्टक रहेको सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक छ । खोप लगाउन आवश्यक पर्ने ६१ लाख ६८ हजार सिरिन्ज समेत सरकारसँग स्टक रहेका कारण तत्काल नेपालमा खोप अभाव नहुने सरकारको भनाई छ ।

    महाशाखाका अनुसार भेरोसेल छ लाख ११ हजार ३८२ मात्रा, जोन्सन एण्ड जोन्सन ६ लाख ३२ हजार २ सय, अस्ट्राजेनेका १३ लाख १९ हजार, कोभिसिल्ड २५ लाख ४३ हजार ३१० मात्रा, फाइजर तीन लाख ५२ हजार ९६८ र मोडर्ना १८ लाख ७६ हजार ५४० मात्रा स्टमा रछ । नेपालमा पहिलो पटक भारतबाट अनुदानमा गत वर्ष माघ ८ गते खोप आएको थियो। अहिलेसम्म नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप प्राप्त भएको छ।

    खरिद गरिएको एक करोड २० लाख, विभिन्न दातृ निकायबाट अनुदानमार्फत् प्राप्त गरेको ५४ लाख ६२ हजार ७२०, कोभ्याक्समार्फत खरिद गरिएको ७५ लाख ९७ हजार २००, कोभ्याक्समार्फत् अनुदानमा प्राप्त रहेको एक करोड दुई लाख ३६ हजार १२०, कोभ्याक्सको एएमसीमार्फत् प्राप्त भएको आठ लाख ७२ हजार ६०० गरी नेपालले अहिलेसम्म चार करोड ३३ लाख ६८ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ।

    नेपालमा कोभिसिल्ड ९४ लाख ८७ हजार, भेरोसेल एक करोड ९७ लाख ३६ हजार ४००, जान्सन एण्ड जान्सन ३७ लाख ११ हजार ५००, अस्ट्राजेनेका, ४३ लाख ५६ हजार ५६०, फाइजर सात लाख ६५ हजार १८०, मोर्डना ५३ लाख १२ मात्रा खोप नेपालले प्राप्त गरेको छ । नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ।

    सरकारले गत वर्ष माघ १४ गते अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिलाई खोप दिएर खोप अभियान सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म तीन करोड ६ लाख चार हजार १५२ मात्रा खोप लगाइसकेको छ ।
    एक करोड ६४ लाख ७४ हजार ५१४ ले एकमात्रा र एक करोड ३८ लाख ३३ हजार ६२९ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। कुल जनसंख्याको ५४.२ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

  • नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै

    नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीच आज पहिलो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल ४ः४५ बजे सुरु हुँदैछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल्दा जितको लक्ष्य राखेको छ । यी दुई टीमको फिफा वरियता करीव समान छ । नेपाली टीमको कप्तानी किरण चेम्जोङले पगर्दैछन् । माल्दिभ्समा व्यवसायिक फुटबल खेल्ने उनी नेपाल यसै साता नेपाल आएका थिए । पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्दा फरक अनुभव र सिकाई हुने उनको भनाई छ ।

    प्रशिक्षक अलमुताइरीले जित र हार खेलको पाटो भएको भन्दै फाइटिङ स्प्रिटमा ध्यान दिइने बताएका छन् । नेपालले साफ च्याम्पियनपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । फिफा वरीयतामा नेपाल १६९औं स्थान र मोरिसस १७२ औं स्थानमा छन् । नेपाल र मोरिससबीचको खेलमा दशरथ रंगशालको कूल क्षमताको एक तिहाइ दर्शकलाई नेपाल सरकारको कोभिड–१९ प्रोटोकल अनुसार प्रवेश अनुमति दिएको छ ।

  • इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान

    इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान

    काठमाडौं । इलोन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किएर विस्फोट हुने अनुमान गरिएको छ । फाल्कोन ९ बूस्टर नाम दिइएको उक्त रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । आफ्नो लक्ष्य पूरा गरेपछि पुनः पृथ्वीमा फर्कन आवश्यक इन्धन अभाव भएपछि यो रकेट अन्तरिक्षमै रहेको थियो । खगोलास्त्री जोनाथन म्याकडोवेललाई उदृत गर्दै बीबीसीले लेखे अनुसार चन्द्रमामा अनियन्त्रित रूपमा रकेट बज्रिन पुग्ने अहिलेसम्मकै यो पहिलो ज्ञात घटना हुनेछ। तर यसको असर ठूलो नहुने उनको भनाई छ ।

    अन्तरिक्षमा मौसमसम्बन्धी भूउपग्रह पठाउने कामको सुरुवातका लागि प्रक्षेपण भएको यो रकेट आफ्नो लक्ष्य पूरा भएपछि सात वर्षदेखि पृथ्वीको उच्च कक्षमा अलपत्र थियो। भविष्यमा अन्य ग्रहहरूमा पनि मानव बस्ती बसाउने मस्कको व्यापारिक अन्तरिक्ष अन्वेषण कार्यक्रम स्पेस एक्सकै एउटा कामका लागि यो रकेट पठाइएको थियो। सन् २०१५ यता उक्त रकेटलाई पृथ्वी, चन्द्रमा र सूर्यका फरक फरक गुरुत्वाकर्षण शक्तिले तानेर राखेका थिए।

    अमेरिकाको हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापक म्याकडोवेल फरक फरक गुरुत्वाकर्षण शक्तिका कारण यसले तय गर्ने बाटो ‘विश्रृङ्खल’ भएको बताउँछन्। आफ्नो लक्ष्य पूरा गरेपछि पृथ्वीमा फर्कन आवश्यक ऊर्जा नभएका कारण अन्तरिक्षमै छोडिएका उपकरणहरूका लाखौँ अन्तरिक्ष फोहोरहरूकै रूपमा यो रकेट पनि रहेको थियो। फाल्कोन ९ को सम्भावित दुर्घटनाबारे पत्रकार एरिक बर्जरले सबैभन्दा पहिले अन्तरिक्षसम्बन्धी वेबसाइट आर्स टेक्निकामा र तथ्याङ्क विश्लेषक बिल ग्रेले आफ्नो ब्लगमा उल्लेख गरेका थिए।

    यो रकेट आगामी मार्च ४ मा चन्द्रमाको सतहमा पुगेर ठक्कर खाएपछि विस्फोट हुनेछ। रकेटले चन्द्रमाको सतहमा एउटा सानो खाडल बनाउनेछ। सफ्टवेयरको प्रयोगबाट पृथ्वी नजिकका अन्तरिक्ष उपकरणहरू निगरानी गर्दै आएका बिल ग्रेका अनुसार यो रकेट ज्यानुअरी ५ मा पृथ्वीको नजिकैबाट झरेको थियो। उनका अनुसार यो मार्च ४ मा चन्द्रमाको पल्लो छेउमा बज्रनेछ।

  • स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

    स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

    काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्ने सहमति सत्तारुढ दलमा जुट्दै गएपछि आज मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान गरिएको छ ।

    निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिइसकेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को प्रावधान छ । शुक्रबार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफलमा यसबारे अनौपचारिक सहमति जुटेको बताइएको छ ।

  • हराएको भनि सूचना दिएपछि भेटिएमा पुरानो राहदानी बोकेर यात्रा नगर्न सरकारको आह्वान

    हराएको भनि सूचना दिएपछि भेटिएमा पुरानो राहदानी बोकेर यात्रा नगर्न सरकारको आह्वान

    काठमाडौं । नेपालबाट विदेश यात्रा गर्ने नेपाली नागरिकले साविकमा हराएको वा चोरी भएको भनी राहदानी विभागमा जानकारी गराएको राहदानी भेटिएमा त्यस्तो राहदानी बोकेर यात्रा नगर्न सरकारले सचेत गराएको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना निकालेर यस्तो आह्वान गरेको हो । एक जना व्यक्तिसँग एउटा मात्र राहदानी हुने भन्दै एक भन्दा बढी राहदानी हुनु गैरकानूनी मानिने भन्दै अध्यागमनको भनाई छ ।

    यसरी कुनै व्यक्तिले यात्रा गरेको भेटिएमा जफत गर्न समेत मातहतका कार्यालयलाई निर्देशन दिएको छ । सूचनामा भनिएको छ, ‘विगतमा राहदानी हराएको वा चोरी भएको कारण देखाई नयाँ प्राप्त गरिसकेका नागरिकको साविकको राहदानी अरु कसैले दुरुपयोग नगरोस भनी सबै राहदानी हराएको जानकारी प्राप्त भइसकेपछि सम्बन्धित निकायमार्फत इन्टरपोलाई समेत जानकारी गराउने गरिन्छ ।’

    सोही कारण हराएको वा चोरी भएको भनी राहदानी विभागलाई जानकारी गराइसकिएका राहदानी पुनः फेला परेमा त्यसका आधारमा यात्रा नगर्न विभागले अनुरोध गरेको छ । हराएको वा चोरी भएको भनि अभिलेखमा जनाइएका नेपाली राहदानीको विवरण विदेशस्थित अध्यागमन विन्दु तथा सुरक्षा निकायबाट समेत चेकजाँच हुने भन्दै त्यस्ता राहदानी साथमा राख्दा कानूनी झण्झट आउनेतर्फ समेत अध्यागमनले सचेत गराएको छ ।

  • त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

    त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा फ्रन्ट लाइनमा खटिने कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने भएका छन् । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको छ । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न पाउने छन् ।

    उक्त कार्य भए, नभएको भने वरिष्ठ अध्यागमन अधिकृतले अनुगमन गर्नेछन् । मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने गरी सूचना जारी गरिएको हो । अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र प्योग गर्न पाइने भएको छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्नु पर्ने भएको छ ।

    प्रशासनले कर्मचारीलाई अफिसियल सिम र मोबाइलको व्यवस्था मिलाउने र अध्यागमन डेस्क अफिसरबाहेकका कर्मचारीले भने अध्यागमनको काम कारवाहीलाई नियमन गर्न व्यक्तिगत तथा सरकारी फोन प्रयोग गर्न सक्ने गरि निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ

  • माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

    माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

    काठमाडौं । माघ मसान्तसम्म भौतिक उपस्थितिमा शिक्षण संस्थामा कक्षा संचालन नहुने भएको छ । कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको हो । शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

    जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस गरिएको हो । सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो । माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालय खुला हुँदैछन् ।

  • काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो

    काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो

    काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हटेको छ । निजी सवारीमा भने कायम छ । बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली लागु हुने छैन । आम सर्वसाधारणलाई अन्य सबै गतिविधि कायम राखेर यातायातमा कडाई गरेको भन्दै सरकारको कडा आलोचना भएको थियो । यसले सार्वजनिक सवारी साधनमा अत्यधिक भिडभाड हुँदा कोभिडको अझै जोखिम बढेको भन्दै विरोध भएको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेपछि प्रशासनले सो निर्णय गरेको हो ।

  • नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टी, १० संक्रमितको निधन

    नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टी, १० संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६०७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २० गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४४हजार ७४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५४३२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ९४ हजार ४७४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १० रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।