काठमाडौं । काठमाडौं उपत्यकामा फेरि १० निषेधाज्ञा थपिएको छ । विहिबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ। हाल सञ्चालनमा रहेका पसलहरु साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको भएको छ । मनोरञ्जन स्थल, सैलून, ब्युटीपार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय र चिडियाखाना अझै सञ्चालन गर्न… Continue reading उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ?
Category: फिचर
नेपालमा थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ जनाको एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु
लामो दूरीका बस चलाउने तयारी
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अहिले लामो दूरीमा सार्वजनिक यातायात चल्न सकेको छैन । जसले र्गा सर्वसाधारण निजी सवारीमा महंगो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सरकारले अब सार्वजनिक बसहरु लामो दूरीमा समेत चलाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने र लामो दूरीको यातायात खुला गर्ने विषयमा सम्भवतः आजै निर्णय… Continue reading लामो दूरीका बस चलाउने तयारी
अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु
काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सुरक्षा फौज फिर्ता हुने क्रमसँगै देशभर तालिवानले कब्जा जमाइरहेको छ । आफ्नो कब्जा जमाएको भेगमा तालिवानले आफ्नो नियमहरु समेत जारी गर्न थालेको छ । समाचार एजेंसी एएफपीलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाए अनसार उत्तरी अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा जमाएसँगै कट्टरपन्थी इस्लामिक संगठन तालिवानले आदेश जारी गरेको छ । जसमा महिलालाई… Continue reading अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु
अफगानिस्तानमा अमेरिकी फौजको सहयोग गरेका दोभासेलाई उद्धार गरिँदै
काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सैन्य फौज फिर्ता भएसँगै अधिकांश भूभाग तालिवानले कब्जा गरिरहेको छ । यस अवस्थामा अमेरिकी र नेटो सुरक्षा फौजलाई भाषाको अनुवादमा सहयोग गरेका अफगान दोभासेमाथि समेत जोखिम बढेको छ । सोहीकारण उनीहरूको अमेरिकाले उद्धार गर्ने भएको छ । अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले… Continue reading अफगानिस्तानमा अमेरिकी फौजको सहयोग गरेका दोभासेलाई उद्धार गरिँदै
कोरोना नियन्त्रणमा भइरहेका कामबारे नवनियुक्त प्रधानमन्त्रीले लिए जानकारी
काठमाडौं । कारोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासबारे नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले जानकारी लिएका छन् । बुधबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक डाक्दै उनले कोरोना महामारी नियन्त्रणमा लिन अहिलेसम्म भएका र भइरहेका कामबारे जानकारी लिएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा केन्द्रिय हुन समेत निर्देशन दिए । उनले सामाजिक… Continue reading कोरोना नियन्त्रणमा भइरहेका कामबारे नवनियुक्त प्रधानमन्त्रीले लिए जानकारी
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भाउ बढेपछि विद्यार्थी संगठनहरु संयुक्त आन्दोलनमा उत्रिएका थिए । त्यसपछि संगठन र निगमसँगको वार्तापछि मुल्य घटाइएको निगमले जनाएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेका थिए । निगम सञ्चालक समितिको निर्णय… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य
बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव
काठमाडौं । बुधबार नेपालको राजनीतिमा अर्थपूर्ण दुई भेट भएका छन् । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा उनको कोटेश्वरस्थित निवासमा पुगेका छन् । सामान्यतया प्रधानमन्त्रीसँग अन्य नेताको भेट सरकारी निवास, प्रधानमन्त्री कार्यालय वा प्रधानमन्त्रीको निजी निवासमा हुने गर्छ । अझ केपी शर्मा ओलीको कार्यकालको लामो समय त ओली बालुवाटारबाट कतै… Continue reading बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव
पोखराको पर्यटकीय ब्राण्ड नेम ‘पोखरा, पियोर एज प्याराडाइज’
काठमाडौं । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले नेपालको सबैभन्दा चर्चित गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड नाम तय गरेको छ । यसअघि प्याराडाइज पोखराको नामबाट चिनिएको पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनिने छ । सोही अनुसार प्रचार सामग्रीमा पोखरालाई चिनाइने भएको छ । नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड… Continue reading पोखराको पर्यटकीय ब्राण्ड नेम ‘पोखरा, पियोर एज प्याराडाइज’
कोरोना खोप किन्न अर्थले दियो ५ अर्ब बजेट सहमति
काठमाडौं । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा ५ अर्ब रुपैयाँ बजेट सहमति प्रदान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति अनुसार फाइल सदर गरेका हुन् । आजै अर्थले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय,… Continue reading कोरोना खोप किन्न अर्थले दियो ५ अर्ब बजेट सहमति
नेपालमा थप २९०५ जनामा कोरोना संक्रमण पुष्टी, १८ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८११८ पीसीआर परीक्षणमा २०१० र ४९१६ जनाको एन्टिजेन परीक्षणमा ८९५ जना गरी २९०५ जनामा संक्रमण पुष्टी भएको हो । आज देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १८… Continue reading नेपालमा थप २९०५ जनामा कोरोना संक्रमण पुष्टी, १८ जना संक्रमितको मृत्यु
नयाँ अर्थमन्त्रीलाई सेयर बजारले देखायो हरियो झन्डा
काठमाडौं । नयाँ अर्थमन्त्रीलाई सेयर बजारले हरियो झन्डा देखाएर स्वागत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेको पहिलो दिन बुधबार सेयर बजारमा ठूलो उत्साह नदेखिए पनि झिनो अंकले बढेर बन्द भएको हो । सूचकसँगै कारोबार रकममा भने सुधार आउन सकेन । यसअघिका दिनहरुमा जस्तै साढे ५ अर्ब हाराहारीमा कारोबार भएको छ । आज सेयर… Continue reading नयाँ अर्थमन्त्रीलाई सेयर बजारले देखायो हरियो झन्डा
जाँदाजाँदै ओली सरकारको उपहार, गाडी भाडा २८ प्रतिशतसम्म वृद्धि
काठमाडौं । जाँदाजाँदै निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतसम्म वृद्धि गरेको हो । सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टर्पूााको मूल्यवृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको… Continue reading जाँदाजाँदै ओली सरकारको उपहार, गाडी भाडा २८ प्रतिशतसम्म वृद्धि
कालीगण्डकी डाइभर्सन आयोजनाको कामरोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन… Continue reading कालीगण्डकी डाइभर्सन आयोजनाको कामरोक्न सर्वोच्चको अन्तरिम आदेश
‘माधवको गद्दारीको कारण कहिँ नभएको जात्रा भयो, अब कुनै पनि हालतमा स्वीकार गरिन्न’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई स्वीकार नगर्ने बताएका छन् । बुधबार बालुवाटारबाट बालकोट पुगेका अध्यक्ष ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षीलाई प्रधानमन्त्री बनाउन जाने नेपाललाई पार्टीमा स्वीकार नगर्ने बताएका हुन् । कार्यकर्तालाई सम्बोधन गर्दै अहिलेको अवस्था नेता नेपालको गद्दारीकै कारण आएको आरोप लगाए । उनले भने, ‘माधवकुमार… Continue reading ‘माधवको गद्दारीको कारण कहिँ नभएको जात्रा भयो, अब कुनै पनि हालतमा स्वीकार गरिन्न’
कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका गच्छदार बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकणरमा मुछिएका गच्छदार फरार थिए। अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको… Continue reading कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर
दक्षिण अफ्रिकामा भड्कियो हिंसा, कम्तिमा ७२ को मृत्यु
दक्षिण अफ्रिकामा आन्दोलन चर्किएसँगै भड्किएको हिंसामा कम्तिमा ७२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकामा हिंसा शुरु भएको हो । सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडमा कम्तिमा १० जना मारिएसँगै मर्नेको संख्या आकासिएको हो । तल्लो तलामा रहेका पसलहरूमा आगजनी गरिएसँगै डर्बनस्थित… Continue reading दक्षिण अफ्रिकामा भड्कियो हिंसा, कम्तिमा ७२ को मृत्यु
टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडी भिड्ने, को को हुन ?
काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिने निश्चित भएको छ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, ४ प्रशिक्षक र अन्य पदाधिकारी गरि कुल २६ सदस्यीय टोली ओलम्पिकमा भाग लिन जाने छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने निश्चित… Continue reading टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडी भिड्ने, को को हुन ?
कोरोना प्रभावित अर्थतन्त्र उकास्न एक साता भित्रै विशेष राहत प्याकेज
काठमाडौं । सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न एक साताभित्रै विशेष राहत प्याकेज ल्याउने भएको छ । मंगलबार राती बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ओली सरकारले कोरोना महामारी र अर्थतन्त्रमा परेको प्रभावलाई पूर्ण वेवास्ता गरेको थियो । देउवा नेतृत्वको सरकारले भने यसमा मल्हम लगाउने निर्णय गरेको हो । सरकारले ओली सरकारको पालामा… Continue reading कोरोना प्रभावित अर्थतन्त्र उकास्न एक साता भित्रै विशेष राहत प्याकेज
ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार अपरान्ह सरकारी निवास बालुवाटार छाड्दैछन् । त्यसपछि उनी निजी निवास बालकोटमा रहनेछन् । उनले बिहान ११ बजे सरकारी निवास छाड्ने योजना छ । प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार सर्ने समय भने तय भइसकेको छैन । देउवा मंगलबारे राती सपथग्रहण, पदभार ग्रहण… Continue reading ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने
देउवा सरकारको पहिलो निर्णय, चैतसम्म सबै नेपालीलाई खोप
काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले आगामी चैतभित्र सबै नागरिकलाई खोप पुर्याउने निर्णय गरेको छ । यो नयाँ सरकारको पहिलो निर्णय हो । मंगलबार राती सपथग्रहणपछि सिंहदरबार पुगी प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका थिए । त्यसपछि बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र… Continue reading देउवा सरकारको पहिलो निर्णय, चैतसम्म सबै नेपालीलाई खोप
देउवा सरकारमा को को बने मन्त्री ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको नेतृत्व गर्न पाँचौ पटक नियुक्त भएका छन् । उनले मंगलबार साँझ राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गरे । यससँगै उनले आजै ५ सदस्यीय मन्त्रिमण्डल समेत बनाए । जसमा नेपाली कांग्रेसका दुई र माओवादी केन्द्रका दुई नेताले मन्त्रिका रुपमा सपथ लिए । देउवाले बालकृष्ण खाँडलाई गृहमन्त्रीको जिम्मेवारी दिएका… Continue reading देउवा सरकारमा को को बने मन्त्री ?
देउवाको सपथ ग्रहणमा ओली गएनन, माधव नेपाल उपस्थित
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भाग लिएनन् । मंगलबार साँझ सम्पन्न भएको सपथ ग्रहणमा सामान्यतया पूर्वप्रधानमन्त्री उपस्थित भई नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिने प्रचलन रहेको छ । तर, ओली भने उपस्थित भएनन् । सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम… Continue reading देउवाको सपथ ग्रहणमा ओली गएनन, माधव नेपाल उपस्थित
प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं । आजै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उनी पाँचौ पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् । यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको सपथ
नेपालमा थप २३९८ जनामा कोरोना पुष्टी, २०७८ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७०५८ पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनाको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २३९८ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २३९८ जनामा कोरोना पुष्टी, २०७८ जना संक्रमण मुक्त
जापानले नेपाललाई आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप दिने
काठमाडौं । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको भ्याक्सिन दिने जानकारी दिएको हो । उक्त खोन जापानमा नै उत्पादन भएको हो । यसअघि मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने… Continue reading जापानले नेपाललाई आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप दिने
‘जनादेश मेरो पक्षमा थियो, म परमादेशले सरकारबाट बाहिरिए-‘ ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशले भन्दापनि परमादेशले सरकारबाट बाहिरिनु परेको बताएका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले चने जनादेशले होइन, परमादेशले सरकारबाट बाहिरिदैछु । जनादेश मेरो पक्षमा नै थियो । तर संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताए ।
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ६ बजे
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा… Continue reading शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ६ बजे
जाँदाजाँदै ओलीले वालुवाटारमै बोलाए एमाले स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा मुस्किलले आधा दर्जन पटक मात्र सरकारी कार्यालय टेकेका छन् । सबै कामकाज उनले सरकारी निवास वालुवाटारबाटै गरे । सरकारी कामबाहेक उनले पार्टीका हरेक बैठकहरु समेत सरकारी निवासमै डाके । सोहीकारण उनीमाथि सरकारी निवासलाई पार्टी कार्यालय बनाएको आरोप समेत लाग्छ । उनले जाँदा जाँदै नेकपा एमालेको… Continue reading जाँदाजाँदै ओलीले वालुवाटारमै बोलाए एमाले स्थायी कमिटी बैठक
कतिबेला हुनेछ देउवाको नियुक्ति र सपथ ?
काठमाडौं । सर्वोच्च अदालतले सोमबार दिउँसो एक बजे गरेको फैसला अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्ति दिनु पर्नेछ । यो समय आज साँझ ५ बजे सकिने भएको छ । राष्ट्रपति कार्यालय अदालतको आदेश कार्यान्वयनको तयारीमा छ । कार्यालय स्रोतका अनुसार देउवा तोकिएको समय अगाडी नै प्रधानमन्त्रीमा नियुक्त हुने छन् ।… Continue reading कतिबेला हुनेछ देउवाको नियुक्ति र सपथ ?