काठमाडौं । पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पतन्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र दुई महिना नबित्दै गैरकानुनी रुपमा हाउजिङ कम्पनीलाई बेच्ने अनुमतिको स्वीकृति उनले दिएका थिए । नेपालमा पहिलोपटक… Continue reading पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
Category: फिचर
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
२२ जेठ, पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार… Continue reading मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
पर्यटन बोर्डले सुरु गर्यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम
२२ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो । काठमाडौँमा जारी हिमालयन ट्राभल मार्टको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले क्युआर… Continue reading पर्यटन बोर्डले सुरु गर्यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले प्रकृतिमुखी जीवनशैली अवलम्बनमा जोड दिए । “प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले… Continue reading प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
कैलाश मानसरोवर दूरदर्शन सुरु
२२ जेठ, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । पर्यटकका लागि उत्कृष्ट… Continue reading कैलाश मानसरोवर दूरदर्शन सुरु
आइसिसी विश्वकप लिग २ः नेपाल विजयी
२१ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपाल विजयी भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक… Continue reading आइसिसी विश्वकप लिग २ः नेपाल विजयी
सवारी दुर्घटनामा एक जनाको मृत्यु
२२ जेठ, भद्रपुर । दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा… Continue reading सवारी दुर्घटनामा एक जनाको मृत्यु
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री
२१ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । “जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान… Continue reading जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री
नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती
२१ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ । स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको हो । नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक… Continue reading नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती
सापकोटाविरुद्धको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेमी, डा मनोजकुमार शर्मा र डा कुमार चुँडालको संवैधानिक इजलासले आज उत्प्रेषण आदेश जारी गर्दै रोकिएको प्रक्रियामा अनुसन्धान अघि बढाउन आदेश गरेको हो । पूर्वसभामुख सापकोटाविरुद्ध काभ्रेका… Continue reading सापकोटाविरुद्धको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश
सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज नागरिकलाई प्रत्यक्ष असरपर्ने सार्वजनिक यातायात सेवामा बन्द हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ… Continue reading सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश
जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा… Continue reading जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
नयाँ तारामण्डल ‘शो’ले वैज्ञानिकहरूलाई ब्रह्माण्डीय रहस्य खोल्न सहयोग
एजेन्सी२१ जेठ, काठमाडौं । वैज्ञानिकहरूले एउटा अप्रत्याशित स्रोतबाट सौर्यमण्डलका धेरै रहस्यमध्ये एक खोलेका छन्ः सोमबार जनताका लागि खुला गरिएको तारामण्डल शो । अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा गत शरद ऋतुमा विशेषज्ञहरू ‘एन्काउन्टर्स इन द मिल्की वे’ तयार गर्न कडा मेहनत गरिरहेका थिए । यो ताराहरू र अन्य आकाशीय वस्तुहरूको चालद्वारा आकार पाएको हाम्रो घर आकाशगङ्गाको… Continue reading नयाँ तारामण्डल ‘शो’ले वैज्ञानिकहरूलाई ब्रह्माण्डीय रहस्य खोल्न सहयोग
विश्वको आर्थिक वृद्धि दर सन् २०२५–२६ मा घट्ने प्रक्षेपण
२१ जेठ, काठमाडौं । आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी) ले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशतको विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरूमा घट्दै सन् २०२५–२६ मा २.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार, सन् २०२५ मे महिनासम्म कायम रहेका भन्सार शुल्कका दरहरू यथावत् रहने प्राविधिक… Continue reading विश्वको आर्थिक वृद्धि दर सन् २०२५–२६ मा घट्ने प्रक्षेपण
वीरगञ्जलाई विरुप बनाउने खम्बाका तार हटाइँदै
रासस२१ जेठ, वीरगञ्ज । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मङ्गलबार भएको जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँगको बैठकले नगर क्षेत्रका अव्यवस्थित तारलाई… Continue reading वीरगञ्जलाई विरुप बनाउने खम्बाका तार हटाइँदै
सडक पक्की बनेसँगै सुगम बन्दैछन् पर्वतका ग्रामीण बस्ती
रासस२१ जेठ, पर्वत । कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो । विंस २०४८ तिर जिल्लामा तत्कालीन भूपि शेरचन राजमार्गको रुपमा पोखरा–बागलुङ राजमार्ग विस्तार भयो । जसले सदरमुकाम कुश्मा बजारलाई… Continue reading सडक पक्की बनेसँगै सुगम बन्दैछन् पर्वतका ग्रामीण बस्ती
अन्नपूर्ण आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’
रासस२१ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल ९८०९१ मिटर० आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारहरुको टोलीले साङ्गीतिक प्रस्तुति दिएका हुन्… Continue reading अन्नपूर्ण आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’
चल्न थाले सार्वजनिक सवारी
२१ जेठ, काठमाडौं । सरकारले यातायात व्यवसायीको माग पुरा गर्दै राइड सेयरिङ सम्बन्धी नियमावली रोक्न लगाएसँगै आजबाट सार्वजनिक यातायात र ट्याक्सीले सेवा थालेका छन् । यसअघि व्यवसायीले १९ जेठबाट देशव्यापी यातायात ठप्प पारेका थिए । व्यवसायीले अत्यावश्यक सेवा ठप्प पर्दा समेत उनीहरुलाई सरकारले कारवाही गरेन, बरु उपहार दियो र भनेजस्तै सबै माग पुरा गरिदिएको छ… Continue reading चल्न थाले सार्वजनिक सवारी
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटबारे छलफल अगाडी बढाउने तयारी
२१ जेठ, काठमाडौं । सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था… Continue reading सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटबारे छलफल अगाडी बढाउने तयारी
आरसीबीले जित्यो आइपीएल उपाधी, विराट बने भावुक
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । यस टिमका लागि भारतीय पूर्व कप्तान तथा क्रिकेट स्टार विराट कोहली लगातार १८ वर्ष खेल्दा पहिलो पटक उपाधी जिते । सो क्रममा उनी भावुक देखिएका थिए । मंगलबार सम्पन्न फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएल उपाधि… Continue reading आरसीबीले जित्यो आइपीएल उपाधी, विराट बने भावुक
ट्रम्प र सीबीच यस हप्ता वार्ता हुँदै
एजेन्सी२१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ताको अन्त्यमा लामो समयदेखि प्रतीक्षित फोन वार्ता गर्ने सम्भावना रहेको ह्वाइट हाउसले सोमबार बताएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापारिक तनाव फेरि बढ्दै गएको छ । गत हप्ता विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै ट्रम्पले चीनसँगको… Continue reading ट्रम्प र सीबीच यस हप्ता वार्ता हुँदै
विश्वव्यापी आर्थिक अनिश्चितताबीच अमेरिकी भन्सार नीतिले ऊर्जा सङ्कट निम्त्याउने सम्भावनाः अध्ययन
एजेन्सी२१ जेठ, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागू गरेको भन्सार नीतिले अमेरिकाको ऊर्जा क्षेत्रमा ‘खानी तेल’ उत्पादनदेखि लिएर नवीकरणीय ऊर्जा विकाससम्म गहिरो क्षति पु¥याइरहेको एक नयाँ अनुसन्धानले देखाएको छ । ऊर्जा तथा प्राकृतिक स्रोत विश्लेषणमा अग्रणी परामर्श संस्था वुड म्याकेन्जी (वुडम्याक) को ताजा अध्ययन अनुसार ट्रम्प प्रशासनको भन्सार नीति उल्टो असर देखाउँदैछ, जसले व्यापार… Continue reading विश्वव्यापी आर्थिक अनिश्चितताबीच अमेरिकी भन्सार नीतिले ऊर्जा सङ्कट निम्त्याउने सम्भावनाः अध्ययन
सातको मृत्यु भएको रेल विस्फोटमा युक्रेन संलग्न भएको रुसको दाबी
एजेन्सी२१ जेठ, काठमाडौं । रुसले आफ्नो पश्चिमी सीमा क्षेत्रमा भएको रेल विस्फोटको पछाडि युक्रेन रहेको बताएको छ । शनिबार राति ब्रायान्स्क क्षेत्रमा भएको विस्फोटले सडक पुललाई भत्काउँदै रेलमा दुर्घटना गराएको थियो जसमा सात जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । रुसको अनुसन्धान समितिले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “किएभ शासनको आदेशमा काम गर्ने… Continue reading सातको मृत्यु भएको रेल विस्फोटमा युक्रेन संलग्न भएको रुसको दाबी
भूकम्प त्रासबीच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार
एजेन्सी२१ जेठ, काठमाडौं । पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् ।कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेको सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनले जानकारी दिए । जेलबाट भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ… Continue reading भूकम्प त्रासबीच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
म्याग्दी २० जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए । “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार… Continue reading पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
भिजिट भिसा प्रकरण’का कारण आज संसद सूचना टाँस गरेर स्थगित
२० जेठ, काठमाडौं । सङ्घीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन् ।श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको “भिजिट भिसा प्रकरण”मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का… Continue reading भिजिट भिसा प्रकरण’का कारण आज संसद सूचना टाँस गरेर स्थगित
अन्नपूर्ण क्षेत्रमा प्रधानमन्त्री
२० जेठ, म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ पुगेका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५ औं वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५… Continue reading अन्नपूर्ण क्षेत्रमा प्रधानमन्त्री
गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी
२० जेठ, काठमाडौं । संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । काठमाडौँको टोखा नगरपालिका–८ निवासी अधिवक्ता डा प्रेमराज सिलवालले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र अधिकारीहरूलाई भेटेर सोमबार उजुरी दर्ता गरेका हुन्… Continue reading गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी
महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशी निमित्त प्रमुख
२० जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् । पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका… Continue reading महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशी निमित्त प्रमुख
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्री ओलीको जोड
२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । स्पेनको सेभिलामा यही जुन ३० देखि आगामी जुलाई ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले आह्वान गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री… Continue reading विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्री ओलीको जोड