नेपालमा सुनको कीर्तिमानी मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार कीर्तिमान कायम गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँमा कारोबार भयो । यो अहिलेसम्मकै बढी हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको… Continue reading नेपालमा सुनको कीर्तिमानी मूल्य

कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

कास्की । कास्कीमा कार दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटीमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका, १७ बस्ने २१ वर्षीया जमुना क्षेत्री रहेको प्रहरीले जनाएको छ । शुक्रबार करीव… Continue reading कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलले एमसीसीका कतिपय प्रावधानमा सशोधनको आवश्यकता औल्याएको छ । कार्यदलले शुक्रबार आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीलाई बुझाएको छ । उक्त प्रतिवेदनको सार सम्झौताका कतिपय बुँदा सच्याउनु पर्ने देखिएको बताइएको छ । बुँदा नसच्याएसम्म संसदबाट अनुमोदन… Continue reading एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष

अब त्रिभुवन विमानस्थलमा रोबोटको सेवा

काठमाडौं । त्रिभुवन विमानस्थलमा रोबोटको सेवा प्रारम्भ भएको छ । तपाई वैदेशिक यात्राका क्रममा निस्कनु हुन्छ भने अब आगमन र प्रस्थान दुबै कक्षमा तपाईको सेवामा एक एक वटा रोबोट खटिएका हुनेछन् । नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्न सक्ने यी रोबोटले सूचना प्रवाह, मनोरन्जन र अभिवादन प्रदान गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री… Continue reading अब त्रिभुवन विमानस्थलमा रोबोटको सेवा

आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

काठमाडौं । आज महाशिवरात्री पर्व । हिन्दूधर्मालम्बीका लागि आराध्यदेव भगवान शिवको पूजाआराधना गर्ने विशेष दिनका रुपमा देशभर धुमधामका साथ मनाइदैछ । आज नेपाल र भारतका शिव मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । पशुपतिनाथ मन्दिरमा १० लाख भन्दा बढी भक्तजन यस दिनको अवसर पारी पुग्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट शिवरात्री नामकरण भएको मानिन्छ ।… Continue reading आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

बास्कोटासँग बार्गेनिंग गर्ने मिश्रलाई कारवाही गर्न लेखा समितिको पत्राचार

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसनका विषयमा बार्गेनिंग गर्ने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रहरी समक्ष पत्राचार गरेको छ। उनलाई लेखा समितिका सदस्य सांसदको चरित्र हत्या हुने गरी सार्वजनिक टीकाटिप्पणीमा उत्रिएको भन्दै समितिले कारवाहीका लागि पत्राचार गरेको हो। यसअघि मिश्रले एक अनलाइनसँग कुराकानी गर्दै बाँस्कोटासँगको अडिओ… Continue reading बास्कोटासँग बार्गेनिंग गर्ने मिश्रलाई कारवाही गर्न लेखा समितिको पत्राचार

संचार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडाले पाएका छन् । गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीबाट जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकिदिएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले… Continue reading संचार मन्त्रालयको जिम्मा खतिवडालाई

बास्कोटाले गरे राजिनामा

काठमाडौं । आर्थिक लेनदेनका लागि मोलमोलाई गरेको अडियो सार्वजनिक भएसँगै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका हुन् । आफूमाथि उठेको प्रश्नका कारण नैतिक रुपमा जिम्मेवारी लिँदै राजिनामा गरेको मन्त्री बास्कोटाले उल्लेख गरेका छन् । सेक्यूरिटी प्रेस खरीद गर्ने सम्बन्धमा उनले कमिसनवापत प्राप्त हुने रकमका सम्बन्धमा… Continue reading बास्कोटाले गरे राजिनामा

संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजनीति तात्तिएको छ । सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा स्विस कम्पनीका एजेन्टसङ्गको अडियो वार्तामा मन्त्री बास्कोटाले कर्मचारीलाई अश्लील शब्दसमेत बोलेका छन् । उनले भनेका छन्, “यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले… Continue reading संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

अब नेपालमा पनि निजी विमान राख्न पाउने

काठमाडौं । विश्वमा धनाढ्य व्यापारी, खेलाडी तथा सेलिब्रेटीका लागि आफ्नै विमान हुनु कुनै नौलो कुरा होइन् । भारतमा समेत यसको व्यवस्था छ । सोहीकारण कुनै बेला भारतीय धनाढ्यहरुले नेपालमा निजी विमान ल्याएर पार्क गर्ने गरेको समाचार आइरहन्छ । यो सुविधा अब नेपाली नागरिकका लागि समेत उपलब्ध हुने भएको छ । सरकारले हवाई ऐन २०७६ मा… Continue reading अब नेपालमा पनि निजी विमान राख्न पाउने

पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

काठमाडौं । करीव १० लाख भक्तजनले दर्शन गर्ने विश्वास गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पुरा भएको छ । पशुपति क्षेत्र विकास कोषले तयारी पुरा भएको जानकारी दिएको छ । यस वर्षको महाशिवरात्री मेला फागुन ९ गते परेको छ । शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाड व्यवस्थित गर्न ५ हजार स्वयंसेवक खटिदैछन् । नेपाल स्काउटबाट ठूलो संख्यामा स्वयंसेवक… Continue reading पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक

काठमाडौं । द काठमाडौं पोष्ट’मा प्रकाशन भएको एक लेखको विषयमा मंगलबार नेपालस्थित चिनियाँ दूतावासले कडा शब्दमा विज्ञप्ति जारी गर्यो । खासगरी माओको तस्वीरमा मास्क प्रयोग भएको कार्टुनसहित प्रकाशित विज्ञप्तीपछि नेपालमा दूतावास आलोचित बन्न पुगेको छ । बुधबार नेपाली संचारमाध्यमका सम्पादकले दूतावासको विज्ञप्तीप्रति आफनो ध्यानाकर्षण भएको बताएका छन् । सम्पादकहरुले बुधबार एक संयक्त वक्तव्यमा जारी गरेका… Continue reading चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक

३२९ कैदीको कैद मिनाहा

काठमाडौं । सरकारले ३२९ जना कैदीको कैद मिनाहा गरिदिएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गर्ने प्रावधान रहेको छ । उनीहरुको कैद मिनाहा आजैबाट लागु हुने भएको छ । ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले उल्लेख… Continue reading ३२९ कैदीको कैद मिनाहा

आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

काठमाडौं । एक सय चार वर्षे जहाँनियाँ राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिन आज फागुन ७ गते । यसै दिनको सम्झनामा आज नेपालमा ७० औँ प्रजातन्त्र दिवस मनाइदैछ । देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मान गर्दै सरकारले फागुन ७ मा औपचारिक समारोह आयोजना गर्छ । यस दिन नेपाली सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना… Continue reading आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

रौतहटमा गोली हानाहान, पटेल पक्राउ

रौतहट । व्यक्ति हत्यालगायत विभिन्न अपराधको अभियोग लागेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीले गोली हानेर उनलार्ई नियन्त्रणमा लिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ११ बजे चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियाबाट नियन्त्रणमा लिएको बताएको छ… Continue reading रौतहटमा गोली हानाहान, पटेल पक्राउ

नेपाललाई कोरोना मुक्त क्षेत्रका रुपमा प्रचार गरिने

काठमाडौं । सरकारले नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने निर्णय गरेको छ । अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी नेपाललाई कोरोना भाइरस मुक्त क्षेत्रका रुपमा सम्प्रेषित गर्ने निर्णय भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सरोकारवालासँग छलफल गरेको थियो । छलफलका क्रममा कोरोना भाइरस र यसका कारण… Continue reading नेपाललाई कोरोना मुक्त क्षेत्रका रुपमा प्रचार गरिने

खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार

काठमाडौं । चीनबाट नेपाल फर्किएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको भक्तपुरस्थित खरीपाटी आसपासका बासिन्दा त्रसित छन् । किनकी उनीहरुलाई कतै कोरोना भाइरसले संक्रमण गरिहाल्ने हो की भन्ने चिन्ता छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्र परिसरमा नेपाली विद्यार्थीलाई राखेपछि स्थानीय आन्दोलित सम्म भए । तर, अब भने सरकार उनीहरुलाई सम्झाउन थालेको… Continue reading खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार

आजबाट उड्दैछ क्वारेन्टाइनमा राखिएको नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । चीनबाट नेपाली विद्यार्थी लिएर आएको नेपाल एरलाइन्सको वाइडबडी जहाज आजबाट नियमित उडानमा प्रयोग गरिदैछ । ४८ घण्टाको क्वारेन्टाइन अवधी पुरा भएसँगै यो जहाज नियमित उडानमा जान लागेको हो । चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज विमानस्थलको रिमोट पार्किंग स्थलमा क्वारेन्टानमा राखिएको थियो । जहाज मंगलबार राति… Continue reading आजबाट उड्दैछ क्वारेन्टाइनमा राखिएको नेपाल एयरलाइन्सको जहाज

सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

काठमाडौं । काठमाडौंमा सरकारले सडक पेटीमा बस्नु नपर्ने अवस्था सिर्जना गर्छु भन्दै केही महिना अगाडी सडकबाट मानिसहरुलाई उठाउन थाल्यो । रात रात चलाएको यो अभियानका दौरान सयौं मानिसलाई सडकबाट उठाएर मानव सेवा केन्द्रमा पठाइएको थियो । तर, सडकमा सुत्ने र माग्न बस्ने मानिसको संख्या भने घटेको छैन । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लामा टिपरको… Continue reading सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते । उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्तिले मात्र छनोट हुन सक्ने यो कठिन प्रतिस्पर्धामा यस पटक नेपाली युवा… Continue reading अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद

काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्ण बहादुर महराले जेलबाट रिहा भएसँगै पहिलो वक्तब्य सार्वजनिक गरेका छन् । उनले सांसदको हैसियतमा वक्तब्य निकालेका हुन् । उनले वक्तब्यमा प्रहरी हिरासत र त्यसपछिको जेल बसाईका क्रममा आफूप्रति सदभाव राख्ने सबैलाई धन्यवाद भनेका छन् । उनले अब आफ्नो प्राथमिकता मुलुकको स्वाधिनता रक्षामा हुने समेत बताएका छन् ।… Continue reading रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद

छूटे महरा, जेलबाट सिधै निवासतर्फ

काठमाडौं । जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका पूर्वसभामुख कृष्ण बहादुर महरा आजै जेलबाट मुक्त भएका छन् । उनी डिल्लीबजार कारागारबाट बिदाई भई निजी निवासतर्फ लागे । उनको रिहाईका बेला सयौं कार्यक्रता तथा समर्थक जेल बाहिर पुगेका थिए । जेलबाट बिदाईका क्रममा महराले संक्षिप्त प्रतिक्रिया दिँदै जेलमा रहँदा सबैबाट राम्रो व्यवहार भएको भन्दै खुसी व्यक्त… Continue reading छूटे महरा, जेलबाट सिधै निवासतर्फ

महराले पाए सफाइ, आजै रिहा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महराले सफाइ पाएका हुन् । उनले सोमबार जिल्ला अदालत काठमाडौंबाट बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका हुन् । जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने… Continue reading महराले पाए सफाइ, आजै रिहा

प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

काठमाडौं । प्रहरी सङ्गठनमा जागिर छाड्ने युवाको सङ्ख्या बढ्दो छ । खासगरी एक पटक सुरक्षा फौजमा तालीम प्राप्त गरि अनुभव बटुलेका युवालाइ विदेशमा राम्रो पारिश्रमिकमा काम पाइने प्रलोभनले धेरै युवा पेशाबाट पलायन हुने गरेका छन् । नेपालको मगङ्गिमा पारिश्रमिकले खान लाउन, बालबच्चा पढाउन र बाउ आमाको उपचार खर्च नै नधान्ने अवस्था नेपालमा छ । त्यसकारण… Continue reading प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

खरिपाटीका स्थानीयमा कोरोना आतंक

भक्तपुर । चीनको वुहानबाट ल्याइएका नेपाली यतिबेला दङ्ग छन् । उनीहरुले सरकारलाइ स्यावासी दिइरहेका छन । अर्कोतर्फ उनीहरुलाई राखेको स्थान खरिपाटीमा भने एक प्रकारको आतंक छ । खरिपाटिमा स्थानीयहरु अब कोरोना फैलन्छ भन्ने त्रासमा छन् । त्यसकारण संभव हुनेहरूले आइतबारबाटै घर र डेरा छाडेर अन्तै जान थालेका छन् । सोमबार खरिपाटिबाट दर्जनौ व्यक्तिले सो स्थान… Continue reading खरिपाटीका स्थानीयमा कोरोना आतंक

काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

काठमाडौं । काठमाडौं उपत्यकाको आकासमा देखिने तार अब भुमिगत गरिने भएको छ । सरकारले सोमबारबाट काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामको शुरुआत गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जमा यसको शुरुआत गर्दैछन् । नेपाल विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भुमिगत गर्न लागेको हो । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र… Continue reading काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

महराको मुद्दामा आज आउला फैसला ?

काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार र शारीरिक हिंसा गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाबारे आज फैसला दिने तयारी अदालतले गरेको छ । काठमाडौं जिल्ला अदालतले आइतबार हेर्दाहेर्दैमा राखेको यो मुद्दामा आज अन्तिम फैसलाको संभावना रहेको छ । आइतबार बहस भए पनि फैसला आउन सकेन । जिल्ला अदालतका अनुसार समय अभावका कारण आइतबार फैसला… Continue reading महराको मुद्दामा आज आउला फैसला ?

काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दुई वर्षको काममा सरकार “फेल” भएको विश्लेषण गरेको छ । सरकारले यस अवधिमा गरेका कामलाइ पास मार्क समेत दिन नसकिने विश्लेषण काङ्ग्रेसको रहेको छ । त्यसो त काङ्ग्रेसले आफ्नो प्रतिपक्षी भूमिका समेत प्रभावकारी भने नभएको बताएको छ । काङ्ग्रेसले आइतबार सरकारका कामको विश्लेषण बारे आफ्नो धारणा सार्वजनिक गरेको हो… Continue reading काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

घर फर्किएका नेपालीमा बर्सियो खुसी, सरकारको तारिफ

काठमाडौं । नेपाल सरकारले चीनबाट १७५जना नेपालीलाई आइतबार बिहान काठमाडौं अवतरण गरायो । उनिहरु चीनको वुहान र यस आसपासका शहरमा बसोबास गर्ने नेपाली हुन् । वुहान कोरोना भाइरस उत्पत्ति भएको शहर हो । यहाँ मात्र करिब १ हजार मानिसको ज्यान गइसकेको छ । एक हिसावले हेर्दा काल कोठरी सरह बनेको शहरको एक कोठामा थुनिएर बसेका… Continue reading घर फर्किएका नेपालीमा बर्सियो खुसी, सरकारको तारिफ

बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु

काठमाडौं  । काठमाडौं उपत्यकासहित देशभर तापक्रम बढ्न थालेको छ । पछिल्ला केही दिनयता तापक्रम वृद्धि भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराइ भेगमा गर्मी शुरु भइसकेको छ । काठमाडौं उपत्यका सहित पहाडी र हिमाली भेगमा समेत तापक्रम बढ्दो क्रममा रहेको छ । कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने महाशाखाको… Continue reading बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु