काठमाडौं । शेयर बजार सामान्य अंकले बढेको छ । दुई दिनमा ७३ अंकले घटेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो । मंलगबार बजार मापक सूचक नेप्से २।६८ अंकले बढेर २६६४।६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँ बराबरको १ करोड… Continue reading सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने ठूलो गिरावट
Category: फिचर
नासाले मंगल ग्रहमा उडायो हेलिकोप्टर
काठमाडौं\एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले पहिलो पटक मंगलग्रहमा हेलिकोप्टर उडाउन सफल भएको छ । वैज्ञानिकले पहिलो पटक एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा हेलिकोप्टर उडाउन सफल भएका हुन् । नासाले पठाएको अन्तरिक्ष यान पर्सिभरेन्सले यो हेलिकप्टर लिएर गएको हो । सोमबार पहिलो पटक मंगल ग्रहमा हेलिकोप्टरले उडान गरेको छ । नासाका अनुसार इन्जेन्युटी नामको… Continue reading नासाले मंगल ग्रहमा उडायो हेलिकोप्टर
सबै नागरिकलाई कोरोनाविरूद्ध खोप देउ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले प्रत्येक नागरिकलाई कोरोनाविरूद्ध खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले कोरोनाबाट जनतालाई बचाउन विशेष कार्ययोजना तयार पारी सबै नागरिकसँग खोपको पहुँच पुर्याउन माग गरेको हो । जनताको जीवन रक्षका लागि विशेष कार्ययोजना आवश्यक रहेको निष्कर्षमा कांग्रेस पुगेको हो । कोरोनाविरूद्ध खोप विश्व बजारमा उपलब्ध भइसकेको भन्दै… Continue reading सबै नागरिकलाई कोरोनाविरूद्ध खोप देउ : कांग्रेस
२०७८ सालमा तीन वटा दशैं, पहिलो आज
काठमाडौं । आज हिन्दु धर्मावलम्बी नेपालीले नेपाल तथा विदेशमा चैते दशैं पर्व मनाउँदैछन् । २०७८ सालमा कुल तीन वटा दशैं परेका छन् । त्यसमध्ये आज एउटा हो । बडा दशैं असोज र आगामी चैतमा चैते दशैं मनाइने छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाउने गरिन्छ । गतवर्षको… Continue reading २०७८ सालमा तीन वटा दशैं, पहिलो आज
सेतो मच्छेन्द्रनाथको रथयात्रा हेर्न राष्ट्रपति जाँदै
काठमाडौं । आजबाट काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यक्रम तय भएको छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने कार्यक्रम छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु हुने छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी… Continue reading सेतो मच्छेन्द्रनाथको रथयात्रा हेर्न राष्ट्रपति जाँदै
ट्राइ नेसन्स सिरिज : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । काठमाडौंमा जारी ट्राइ नेसन्स सिरिज क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । दिउँसो सवा एक बजेबाट शुरु हुने खेलमा आज पनि नेपाल उच्च मनोवलका साथ मैदान उत्रने छ । नेपालले जारी सिरिजमा नेदरल्याण्ड्लाई शनिबार ९ विकेटले हराएको थियो । सोमबार मलेसियालाई समेत ९ विकेटले हराएको नेपाल अहिले उच्च फर्ममा देखिएको छ ।… Continue reading ट्राइ नेसन्स सिरिज : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
लुम्बिनी प्रदेशमा मूख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद बने मन्त्री, कारवाही गर्ने पार्टीको तयारी
बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा सोमबार नाटकीय घटनाक्रम देखिएको छ । सोमबार बिहान लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरे । प्रस्ताव दर्ता गरेको केही बेरमै जसपाका ४ जना नेता मन्त्रीमा नियुक्त भए । त्यसमध्ये तीन सांसद मन्त्री बनाइए, जसले मूख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए… Continue reading लुम्बिनी प्रदेशमा मूख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद बने मन्त्री, कारवाही गर्ने पार्टीको तयारी
मंगलबारबाट रंगशालामा दर्शक बीनै खेल खेलाइने
काठमाडौं । नेपालमा मंगलबारबाट सबै प्रकारका खेलहरु दर्शकबीना खेलाईने भएको छ । नेपाल क्रिकेट संघ क्यानले कीर्तिपुरमा क्रिकेट मैदानमा जारी ट्राइ नेशन्स् क्रिकेट सिरिज अन्तर्गतका खेल मंगलबारदेखि दर्शक बिना नै खेलाउने निर्णय गरेको छ । उता, सरकारले रंगशालामा दर्शक बीना नै खेल खेलाउनु पर्ने नियम ल्याएका कारण अब हुने सबै प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति… Continue reading मंगलबारबाट रंगशालामा दर्शक बीनै खेल खेलाइने
नेपालमा एकैदिन १२८१ जना कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप १२८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १ जनाको पीसीआर परीक्षणबाट १२२७ जना र ५४७ एन्टिजेन परीक्षणबाट ५४ जनाको रिपोर्ट पोजेटिभ हो । यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८५ हजार ९०० जना पुगेको छ।… Continue reading नेपालमा एकैदिन १२८१ जना कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु
कुशल र आशिफको उत्कृष्ट ब्याटिङले मलेसियाविरुद्ध नेपालको शानदार जित
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । नेपालले दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको हो । टियु क्रिकेट मैदानमा ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ओभरमै भेट्टाएको थियो। नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । आशिफ ११.१ ओभरमा ४२ रन बनाएर आउट भएका थिए। तेस्रो… Continue reading कुशल र आशिफको उत्कृष्ट ब्याटिङले मलेसियाविरुद्ध नेपालको शानदार जित
रात्रिकालीन व्यवसाय बैशाखभर बन्द, यातायातलगायत सार्वजनिक स्थानमा मापदण्ड तोकिने
काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको बताउँदै उनले धार्मिक स्थलमा समेत २५… Continue reading रात्रिकालीन व्यवसाय बैशाखभर बन्द, यातायातलगायत सार्वजनिक स्थानमा मापदण्ड तोकिने
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय,अनलाइन कक्षा सञ्चालन गरिने
काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निणय गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही पहिले नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर… Continue reading शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय,अनलाइन कक्षा सञ्चालन गरिने
त्रिदेशिय क्रिकेट सिरिज : नेपाल र मलेसिया भिड्दै
काठमाडौं । त्रिदेशीय टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो एक बजेबाट क्रिकेट शुरु हुनेछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएका कारण उच्च मनोवलका साथ मैदानमा उत्रने छ । मलेसिया भने आइतबार नेदरल्याण्ड्ससँग १५ रनले हारेको छ । यद्दपी मलेसियाले ब्याटिंगमा… Continue reading त्रिदेशिय क्रिकेट सिरिज : नेपाल र मलेसिया भिड्दै
गगन थापासहित सांसदद्धारा वायु प्रदुषणबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं । गगन थापासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका चार सांसदले वायु प्रदुषणबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । वायु प्रदूषण बढेको र यसबारे छलफल गर्न अत्यावश्यक रहेको भन्दै सांसदहरुले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् । वायु प्रदूषण न्युनिकरण गर्न तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी तथा पहल कदमीबारे… Continue reading गगन थापासहित सांसदद्धारा वायु प्रदुषणबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
आज माओवादी केन्द्रको स्थायी समिति बैठक, सरकार गठनबारे ठोस निर्णय आउला ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । सरकारले एमसीसी संसदमा अगाडी बढाउन गरेको प्रस्ताव र यसले कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ… Continue reading आज माओवादी केन्द्रको स्थायी समिति बैठक, सरकार गठनबारे ठोस निर्णय आउला ?
कोरोनाविरुद्धको दोस्रो डोज खोप भोलीबाट लगाइने
काठमाडौं । मंगलबारबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो खोप लगाइसकेका व्यक्तिका लागि दोस्रो डोज लगाइने भएको छ । पहिलो डोज लगाएका पहिलो प्राथमिकतामा परेका व्यक्तिका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाउने दिन तोकिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने… Continue reading कोरोनाविरुद्धको दोस्रो डोज खोप भोलीबाट लगाइने
बुद्ध एयरद्धारा पोखराबाट चार अन्तर प्रदेश उडानको घोषणा
काठमाडौं । नेपालको निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अब अन्तर प्रदेश उडान गर्ने भएको छ । १ मेबाट एकै पटक चार गन्तब्य जोड्ने गरी अन्तर प्रदेश उडानको घोषणा बुद्धले गरेको हो । बुद्धले पर्यटकीय शहर पोखराबाट विराटनगर, सिमरा र नेपालगन्जलाई एकै पटक जोड्न लागेको हो । साथै भैरहवाबाट भरतपुर उडानको तयारी समेत… Continue reading बुद्ध एयरद्धारा पोखराबाट चार अन्तर प्रदेश उडानको घोषणा
गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रबाट सांसद बनेका उनलाई पार्टीले कारवाही गरेसँगै सांसद पद गुमेको हो । सांसद पद गुमेपनि उनी आजै गृहमन्त्री पदमा भने पुनःनियुक्त भएका हुन् । अब उनी नेकपा एमालेका नेताको हैसियतमा गृहमन्त्री बनेका छन् । गृहमन्त्रीमा नियुक्त भएका उनले अब सांसद बीना बढीमा ६… Continue reading गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त
कुम्भ मेलामा भाग लिएकालाई दिल्लीमा १४ दिन अनिवार्य क्वारेन्टिन, नेपालमा जयजयकार ?
काठमाडौं । भारतको हरिद्वारमा संचालन भएको कुम्भ मेलाका कारण ठूलो संख्यामा कोरोना भाइरस संक्रमण फैलिएको भन्दै भारतको राजधानी दिल्लीको सरकारले त्यहा भाग लिएका सबैलाई १४ दिन क्वारेन्टिन राख्ने निर्णय गरेको छ । यस्तो निर्णय भएकै दिन नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति नेपाल फर्किएका छन् । उनीहरु त्रिभुवन विमानस्थल आउँदा सयौं समर्थक विमानस्थल पुगेर जयजयकार गरेका… Continue reading कुम्भ मेलामा भाग लिएकालाई दिल्लीमा १४ दिन अनिवार्य क्वारेन्टिन, नेपालमा जयजयकार ?
प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाको प्रस्ताव
जनकपुर । प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाले प्रस्ताव गरेका छन् । प्रदेश सभा २ सचिवालयले नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गराउन सांसदहरुसँग आह्वान गरेको थियो । सोही अनुसार सत्तारुढ जनता समाजवादी पार्टी र माओवादी केन्द्रले समान नाम र राजधानीको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयले वैशाख… Continue reading प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाको प्रस्ताव
पेडियाट्रिक सोसाइटीको ५ बुँदे अपिल-‘बालबालिकालाई भिडभाडमा नलैजानूस्’
काठमाडौ । बाल रोग विशेषज्ञ चिकित्सकहरुको संगठन नेपाल पेडियाट्रिक सोसाइटीले अभिभावकहरुलाई ५ बुँदे अपिल जारी गरेको छ। पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बालबालिकामा बढ्न थालेपछि उक्त अपिल गरेको हो । अपिलमा सोसाइटीले अतिआवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान, स्वास्थ्यका मापदण्ड पालनना गर्न, स्वास्थ्य मापदण्ड पुरा हुने भएमा मात्र बालबालिकालाई… Continue reading पेडियाट्रिक सोसाइटीको ५ बुँदे अपिल-‘बालबालिकालाई भिडभाडमा नलैजानूस्’
नेपालमा एकैदिन १०९६ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८४ जनाको पीसीआर परीक्षणबाट १ हजार १५ जना र ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि… Continue reading नेपालमा एकैदिन १०९६ जना कोरोना संक्रमित थपिए
नेपाली शेयर बजारमा उच्च अंकको करेक्शन
काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०७ कम्पनीको ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको करेक्शन
भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेको छ । यहाँ दैनिक संक्रमण साढे २ लाख माथि पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । शनिबार २४ घण्टामा भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । यो अहिलेसम्मकै सर्वाधिक ठूलो संख्या हो । शुक्रबार २ लाख ३४… Continue reading भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण
कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री
काठमाडौं । प्रदेश तहमा कांग्रेस, माओवादी र एमाले (नेपाल) समुहको सहमतिमा एमाले (ओली) समुह एक्लो बन्दै गएको छ । यसले एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरु ढल्ने देखिन्छ । यसबाट केन्द्रिय समिकरणमा समेत असर पुग्ने देखेसँगै प्रधानमन्त्री ओलीले नयाँ कार्ड खेलेका छन् । उनले शनिबार सर्वदलीय बैठक बोलाए । जसको मूख्य एजेण्डा कोरोना भाइरसको रोकथाममा सरकारले… Continue reading कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री
कोपा डेल रे : १२ मिनेटभित्र चार गोल, उपाधी बार्सिलोनालाई
काठमाडौं\एजेन्सी । स्पेनिस क्लव बार्सिलोनाले सिजनको पहिलो उपाधी जितेको छ । च्याम्पियन्स लीगबाट बाहिरी सकेको बार्सिलोनाका लागि लालिगामा समेत उपाधी जित्नु निकै कठिन छ । यस्तो परिस्थितिमा कोपा डेल रे फाइनलमा भने क्लवले कुनै गल्ती गरेन । खेलको सबै समय दवदवा बनाएको बार्सिलोनाले १२ मिनेट भित्र ४ गोल गर्दै उपाधी जितेको छ । बार्सिलोनाले एथ्लेटिक… Continue reading कोपा डेल रे : १२ मिनेटभित्र चार गोल, उपाधी बार्सिलोनालाई
दाउन्ने बस दुर्घटनामा ३ जनाको मृत्यु
नवलपुर । शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते मध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार दुई महिला र एक पुरुषको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा इलामका २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ का ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन… Continue reading दाउन्ने बस दुर्घटनामा ३ जनाको मृत्यु
बेलायती महारानी एलिजाबेथका पति फिलिपको अन्तिम संस्कार गरियो
लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन्न भएको छ । बीबीसीका अनुसार उनको विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा अन्तिम संस्कार गरिएको हो । राजकुमार फिलिपको शवलाई त्यहाँस्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ। राजपरिवारका सदस्यको उपस्थितिमा उनको अन्तिम संस्कारको कार्यक्रम सम्पन्न भएको हो । अन्तिम संस्कारको विधि गरिएको बेला… Continue reading बेलायती महारानी एलिजाबेथका पति फिलिपको अन्तिम संस्कार गरियो
नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । फागुनयता सरकारले करीव एक दर्जन पटक मूल्य वृद्धि गरिसकेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको जनाएको छ । यसअघि चैत २२ मा पछिल्लो पटक मूल्य बढेको थियो । नयाँ मूल्य… Continue reading नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फ्लोर क्रस गरेका कर्णाली प्रदेशका तीन सांसदलाई मन्त्रीमा नियुक्त
सुर्खेत । कर्णाली प्रदेशमा फ्लोर क्रस गरी माओवादी नेतृत्वको सरकार जोगाएका तीन जना एमालेका सांसदलाई मन्त्रीमा नियुक्त गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै फ्लोर क्रस गरेका तीन जनालाई मन्त्री बनाएका हुन् । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग,… Continue reading फ्लोर क्रस गरेका कर्णाली प्रदेशका तीन सांसदलाई मन्त्रीमा नियुक्त